🔥 0 दिन लगातार
📖 लामो सूरा — साना भागहरूमा विभाजित (52 आयत)
📚 सबै सूराहरू
30%
🎤 आफ्नो आवाज रेकर्ड गर्न कुनै पनि आयत छेउको माइक्रोफोन आइकनमा 🎙️ थिच्नुहोस्, त्यसपछि सुन्नुहोस् र क्वारीसँग तुलना गर्नुहोस्।
0/52
14:1 🔁 0/5
الٓرۚ كِتَٰبٌ أَنزَلۡنَٰهُ إِلَيۡكَ لِتُخۡرِجَ ٱلنَّاسَ مِنَ ٱلظُّلُمَٰتِ إِلَى ٱلنُّورِ بِإِذۡنِ رَبِّهِمۡ إِلَىٰ صِرَٰطِ ٱلۡعَزِيزِ ٱلۡحَمِيدِ  ۝١
Alif-Laaam-Raa; Kitaabun anzalnaahu ilaika litukhrijan-naasa minaz zulumaati ilan noori bi-izni Rabbihim ilaa siraatil `Azeezil Hameed
अलिफ लाम रा ! यो उच्चस्तरीय किताब हामीले तपाईमाथि उतारेका छौं, कि तपाईंं मनुष्यहरूलाई अँध्यारोबाट उज्यालोतर्फ ल्याउनुस्, उनको पालनहारको आदेशबाट महान र सबै प्रशंसा भएको अल्लाहतर्फ ।
🎤 तपाईंको रेकर्डिङ:
14:2 🔁 0/5
ٱللَّهِ ٱلَّذِي لَهُۥ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۗ وَوَيۡلٌ لِّلۡكَٰفِرِينَ مِنۡ عَذَابٍ شَدِيدٍ  ۝٢
Allaahil lazee lahoo maa fis samaawaati wa maa fill ard; wa wailul lilkaafireena min `azaabin shadeed
अल्लाहकै छ जे सुकै आकाश र पृथ्वीमा छ र काफिरहरूका लागि त कठोर सजाय छ ।
🎤 तपाईंको रेकर्डिङ:
14:3 🔁 0/5
ٱلَّذِينَ يَسۡتَحِبُّونَ ٱلۡحَيَوٰةَ ٱلدُّنۡيَا عَلَى ٱلۡأٓخِرَةِ وَيَصُدُّونَ عَن سَبِيلِ ٱللَّهِ وَيَبۡغُونَهَا عِوَجًاۚ أُوْلَٰٓئِكَ فِي ضَلَٰلِۭ بَعِيدٍ  ۝٣
Allazeena yastahibboo nal hayaatad dunyaa `alal aakhirati wa yasuddoona `ansabeelil laahi wa yabghoonahaa `iwajaa; ulaaa `ika fee dalaalim ba`eed
जो परलोकको तुलनामा सांसारिक जिन्दगीलाई रुचाउँछन् र अल्लाहको बाटोबाट रोक्छन् र त्यसमा बाङ्गा टिङ्गा गर्न चाहन्छन् उनीहरू नै ठूलो मार्गविचलनमा छन् ।
🎤 तपाईंको रेकर्डिङ:
14:4 🔁 0/5
وَمَآ أَرۡسَلۡنَا مِن رَّسُولٍ إِلَّا بِلِسَانِ قَوۡمِهِۦ لِيُبَيِّنَ لَهُمۡۖ فَيُضِلُّ ٱللَّهُ مَن يَشَآءُ وَيَهۡدِي مَن يَشَآءُۚ وَهُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ  ۝٤
Wa maaa arsalnaa mir Rasoolin illaa bilisaani qawmihee liyubaiyina lahum faiudillul laahu mai yashaaa`u wa yahde mai yashaaa`; wa Huwal `Azeezul Hakeem
हामीले प्रत्येक नबीलाई उसको सामुदायिक भाषामा नै पठाएका छौं त्यसबाट उनको सामु सजिलो र स्पष्ट किसिमले बयान गरिदेउन् । अब अल्लाह जसलाई चाहे मार्गबाट विचलित गरिदिन्छ र जसलाई चाहे बाटो देखाइदिन्छ । ऊ सर्वशक्तिशाली र अति विवेकशील छ ।
🎤 तपाईंको रेकर्डिङ:
14:5 🔁 0/5
وَلَقَدۡ أَرۡسَلۡنَا مُوسَىٰ بِـَٔايَٰتِنَآ أَنۡ أَخۡرِجۡ قَوۡمَكَ مِنَ ٱلظُّلُمَٰتِ إِلَى ٱلنُّورِ وَذَكِّرۡهُم بِأَيَّىٰمِ ٱللَّهِۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٍ لِّكُلِّ صَبَّارٍ شَكُورٍ  ۝٥
Wa laqad arsalnaa Moosaa bi Aayaatinaa an akhrij qawmaka minaz zulumaati ilan noori wa zak kirhum bi ayyaamil laah; inna fee zaalika la aayaatil likulli sabbaarin shakoor
(याद राख्नु) हामीले मूसालाई आफ्नो निशानी दिएर पठाएका थिएँ, जसबाट तिमी आफ्नो समुदायलाई अध्याँरोबाट उज्यालोमा निकाल र उनीहरूलाई अल्लाहको कृपाहरूको सम्झना दिलाऊ । निःसन्देह यसमा निशानीहरू छन् प्रत्येक धैर्यवान एवं कृतज्ञहरूका लागि ।
🎤 तपाईंको रेकर्डिङ:
14:6 🔁 0/5
وَإِذۡ قَالَ مُوسَىٰ لِقَوۡمِهِ ٱذۡكُرُواْ نِعۡمَةَ ٱللَّهِ عَلَيۡكُمۡ إِذۡ أَنجَىٰكُم مِّنۡ ءَالِ فِرۡعَوۡنَ يَسُومُونَكُمۡ سُوٓءَ ٱلۡعَذَابِ وَيُذَبِّحُونَ أَبۡنَآءَكُمۡ وَيَسۡتَحۡيُونَ نِسَآءَكُمۡۚ وَفِي ذَٰلِكُم بَلَآءٌ مِّن رَّبِّكُمۡ عَظِيمٌ  ۝٦
Wa iz qaala Moosaa liqawmihiz kuroo ni`matal laahi `alaikum iz anjaakum min Aali Fir`awna yasoomoo nakum sooo`al `azaabi wa yuzabbihoona abnaaa`akum wa yastahyoona nisaaa`akum; wa fee zaalikum balaaa`um mir Rabbikum `azeem
जुनबेला मूसाले आफ्नो समुदायसँग भनेः कि अल्लाहको त्यस कृपालाई सम्झ जुन उसले तिमीमाथि गरेको छ, जब उसले तिमीलाई फिरऔनका अनुयायीहरूबाट मुक्ति दिलायो, जो तिमीलाई साह्रै दुःख दिन्थे, र तिम्रा छोराहरूलाई हत्या गर्दथे र तिम्रा छोरीहरूलाई जीवितै छाड्दथे । र त्यसमा तिम्रो रबको तर्फबाट तिमीमाथि धेरै ठूलो परीक्षा थियो ।’’
🎤 तपाईंको रेकर्डिङ:
14:7 🔁 0/5
وَإِذۡ تَأَذَّنَ رَبُّكُمۡ لَئِن شَكَرۡتُمۡ لَأَزِيدَنَّكُمۡۖ وَلَئِن كَفَرۡتُمۡ إِنَّ عَذَابِي لَشَدِيدٌ  ۝٧
Wa iz ta azzana Rabbukum la`in shakartum la azeedannakum wa la`in kafartum inn`azaabee lashadeed
र जब तिम्रो पालनकर्ताले तिमीलाई सतर्क गराइदियो, कि यदि तिमी कृतज्ञता प्रकट गर्दछौ तब निःसन्देह हामीले तिमीलाई धेरै दिन्छौं, र यदि तिमी कृतध्नता गर्छाै भने निःसन्देह मेरो दण्ड धेरै कठोर छ ।
🎤 तपाईंको रेकर्डिङ:
14:8 🔁 0/5
وَقَالَ مُوسَىٰٓ إِن تَكۡفُرُوٓاْ أَنتُمۡ وَمَن فِي ٱلۡأَرۡضِ جَمِيعًا فَإِنَّ ٱللَّهَ لَغَنِيٌّ حَمِيدٌ  ۝٨
Wa qaala Moosaaa in takfurooo antum wa man fil ardi jamee`an fa innal laaha la Ghaniyyun Hameed
मूसाले भन्नुभयोः कि यदि तिमी सबै र यस संसारका समग्र मानिस अल्लाहको कृतध्नता गरे, भने पनि अल्लाह निस्पृह तथा प्रशंसनीय छ ।
🎤 तपाईंको रेकर्डिङ:
14:9 🔁 0/5
أَلَمۡ يَأۡتِكُمۡ نَبَؤُاْ ٱلَّذِينَ مِن قَبۡلِكُمۡ قَوۡمِ نُوحٍ وَعَادٍ وَثَمُودَ وَٱلَّذِينَ مِنۢ بَعۡدِهِمۡ لَا يَعۡلَمُهُمۡ إِلَّا ٱللَّهُۚ جَآءَتۡهُمۡ رُسُلُهُم بِٱلۡبَيِّنَٰتِ فَرَدُّوٓاْ أَيۡدِيَهُمۡ فِيٓ أَفۡوَٰهِهِمۡ وَقَالُوٓاْ إِنَّا كَفَرۡنَا بِمَآ أُرۡسِلۡتُم بِهِۦ وَإِنَّا لَفِي شَكٍّ مِّمَّا تَدۡعُونَنَآ إِلَيۡهِ مُرِيبٍ  ۝٩
Alam yaatikum naba`ul lazeena min qablikum qawmi Noohinw wa `Aadinw wa Samood, wallazeena mim ba`dihim; laa ya`lamuhum illallaah; jaaa`at hum Rusuluhum bilbaiyinaati faraddooo aydiyahum feee afwaahihim wa qaalooo innaa kafarnaa bimaaa ursiltum bihee wa innaa lafee shakkim mimmaa tad`oonanaaa ilaihi mureeb
के तिमीसम्म तिमीभन्दा पहिलेका मान्छेहरू अर्थात ‘‘नूह’’ र ‘‘आद’’ र ‘‘समूदको’’ खबर आएन र उनका पछिवालाहरूको जसलाई मात्र अल्लाह बाहेक अरु कोही जान्दैन । उनको नजिक उनका रसूलले चमत्कार ल्याए तर उनीहरूले आफ्नो हात आफ्नो मुखमा थिचिलिए र स्पस्ट भनिदिएः कि जुन वस्तु तपाईलाई दिएर पठाइएको छ हामी त्यसलाई नकार्दछौं, र जुन कुरातर्फ तपाईले हामीलाई बोलाइरहनु भएको छ हामीलाई त्यसमा ठूलो शंका छ ।’’
🎤 तपाईंको रेकर्डिङ:
14:10 🔁 0/5
۞ قَالَتۡ رُسُلُهُمۡ أَفِي ٱللَّهِ شَكٌّ فَاطِرِ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ يَدۡعُوكُمۡ لِيَغۡفِرَ لَكُم مِّن ذُنُوبِكُمۡ وَيُؤَخِّرَكُمۡ إِلَىٰٓ أَجَلٍ مُّسَمًّىۚ قَالُوٓاْ إِنۡ أَنتُمۡ إِلَّا بَشَرٌ مِّثۡلُنَا تُرِيدُونَ أَن تَصُدُّونَا عَمَّا كَانَ يَعۡبُدُ ءَابَآؤُنَا فَأۡتُونَا بِسُلۡطَٰنٍ مُّبِينٍ  ۝١٠
Qaalat Rusuluhum afillaahi shakkun faatiris samaawaati wal ardi yad`ookum liyaghfira lakum min zunoobikum wa yu`akhkhirakum ilaaa ajalim musam maa; qaaloo in antum illaa basharum mislunaa tureedoona an tasuddoonaa `ammaa kaana ya`budu aabaaa`unaa faatoonaa bisul taanim mubeen
उनको रसूलहरूले उनीलाई भनेः कि के अल्लाहको बारेमा तिमीलाई शंका छ, जसले आकाश र पृथ्वी बनाएको छ ? उसले त तिमीलाई यस कारण बोलाइरहेको छ कि तिम्रा समस्त पापहरूलाई माफ गरिदेओस् र एउटा निश्चित अवधिसम्म तिमीलाई छूट देओस्’’ । उनीहरूले भनेः कि तिमी त हामी जस्तै मान्छे हौ, तिमी चाहन्छौ, कि हामीलाई ती कुराहरूको पूजाबाट रोकी देऊ जसको पूजा हाम्रा पूर्वजहरूले गर्दै आइरहेका थिए, ठीक छ हाम्रो सामु कुनै प्रत्यक्ष प्रमाण पेश गर’’ ।
🎤 तपाईंको रेकर्डिङ:
14:11 🔁 0/5
قَالَتۡ لَهُمۡ رُسُلُهُمۡ إِن نَّحۡنُ إِلَّا بَشَرٌ مِّثۡلُكُمۡ وَلَٰكِنَّ ٱللَّهَ يَمُنُّ عَلَىٰ مَن يَشَآءُ مِنۡ عِبَادِهِۦۖ وَمَا كَانَ لَنَآ أَن نَّأۡتِيَكُم بِسُلۡطَٰنٍ إِلَّا بِإِذۡنِ ٱللَّهِۚ وَعَلَى ٱللَّهِ فَلۡيَتَوَكَّلِ ٱلۡمُؤۡمِنُونَ  ۝١١
Qaalat lahum Rusuluhum in nahnu illaa basharum mislukum wa laakinnal laaha yamunnu `alaa mai yashaaa`u min `ibaadihee wa maa kaana lanaaa an naatiyakum bisul taanin illaa bi iznil laah; wa `alal laahi falyatawakkalil mu`minonn
उनका पैगम्बरहरूले उनीसँग भनें कि यो त सत्य छ कि हामी तिमी जस्तै मानिस हौं परन्तु अल्लाह आफ्ना सेवकहरूबाट जसमाथि चाहन्छ आफ्नो पुरस्कार प्रदान गर्दछ, र अल्लाहको आज्ञा बिना हाम्रो तागत छैन कि हामी कुनै चमत्कार तिमीलाई देखाऔं । र ईमानवालाहरूले मात्र अल्लाहमाथि भरोसा राख्दैछन ।
🎤 तपाईंको रेकर्डिङ:
14:12 🔁 0/5
وَمَا لَنَآ أَلَّا نَتَوَكَّلَ عَلَى ٱللَّهِ وَقَدۡ هَدَىٰنَا سُبُلَنَاۚ وَلَنَصۡبِرَنَّ عَلَىٰ مَآ ءَاذَيۡتُمُونَاۚ وَعَلَى ٱللَّهِ فَلۡيَتَوَكَّلِ ٱلۡمُتَوَكِّلُونَ  ۝١٢
Wa maa lanaa allaa natawakkala `alal laahi wa qad hadaanaa subulanaa; wa lanasbiranna `alaa maaa aazaitumoonaa; wa `alal laahi falyatawakkalil mutawakkiloon
आखिर के कारण छ कि हामी अल्लाहमाथि भरोसा नराखौं ? जब कि उसैले हामीलाई हाम्रा बाटोहरू देखाएको छ । जुन कष्टहरू तिमीले हामीलाई दिन्छौ त्यसमाथि हामीले धैर्य नै गर्छौं । र भरोसा गर्नेवालाहरूको लागि यहि उचित छ कि उनी अल्लाहमाथि नै भरोसा गरुन् ।
🎤 तपाईंको रेकर्डिङ:
14:13 🔁 0/5
وَقَالَ ٱلَّذِينَ كَفَرُواْ لِرُسُلِهِمۡ لَنُخۡرِجَنَّكُم مِّنۡ أَرۡضِنَآ أَوۡ لَتَعُودُنَّ فِي مِلَّتِنَاۖ فَأَوۡحَىٰٓ إِلَيۡهِمۡ رَبُّهُمۡ لَنُهۡلِكَنَّ ٱلظَّٰلِمِينَ  ۝١٣
Wa qaalal lazeena kafaroo li Rusulihim lanukhrijanna kum min aardinaaa aw lata`oo dunna fee millatinaa fa awhaaa ilaihim Rabbuhum lanuhlikannaz zalimeen
काफिरहरूले आफ्ना रसुलहरू (पैगम्बर) सँग भनेंः कि हामीले तिमीहरूलाई देश निकाला गरिदिन्छौं अथवा तिमी पुनः हाम्रो धर्ममा फर्की आउनुपर्छ’’ तब उनको पालनहारले उनीतर्फ वह्य (सन्देश) पठायो ‘‘कि हामीले ती अत्याचारीहरूलाई नै नष्ट गरिदिनेछौं’’ ।
🎤 तपाईंको रेकर्डिङ:
14:14 🔁 0/5
وَلَنُسۡكِنَنَّكُمُ ٱلۡأَرۡضَ مِنۢ بَعۡدِهِمۡۚ ذَٰلِكَ لِمَنۡ خَافَ مَقَامِي وَخَافَ وَعِيدِ  ۝١٤
Wa lanuskinan nakumul arda mim ba`dihim; zaalika liman khaafa maqaamee wa khaafa wa`eed
र उनीपछि हामीले स्वयं तिमीलाई यस भूमिमा बसाउनेछौं, यो उनको लागि उपहार हो जो मेरो सामुन्ने उपस्थित हुन डर मान्दछन्, र मेरो त्रासबाट भयभीत रहन्छन् ।
🎤 तपाईंको रेकर्डिङ:
14:15 🔁 0/5
وَٱسۡتَفۡتَحُواْ وَخَابَ كُلُّ جَبَّارٍ عَنِيدٍ  ۝١٥
Wastaftahoo wa khaaba kullu jabbaarin `aneed
र उनले फैसला माँगे र समस्त बदमाश र हठी मान्छेहरू विफल भइहाले ।
🎤 तपाईंको रेकर्डिङ:
14:16 🔁 0/5
مِّن وَرَآئِهِۦ جَهَنَّمُ وَيُسۡقَىٰ مِن مَّآءٍ صَدِيدٍ  ۝١٦
Minw waraaa`ihee jahannamu wa yusqaa mim maaa`in sadeed
उनको सामुन्ने नर्क छ जहाँ तिनीहरूलाई पिपको पानी पिलाइने छ ।
🎤 तपाईंको रेकर्डिङ:
14:17 🔁 0/5
يَتَجَرَّعُهُۥ وَلَا يَكَادُ يُسِيغُهُۥ وَيَأۡتِيهِ ٱلۡمَوۡتُ مِن كُلِّ مَكَانٍ وَمَا هُوَ بِمَيِّتٍۖ وَمِن وَرَآئِهِۦ عَذَابٌ غَلِيظٌ  ۝١٧
Yatajarra`uhoo wa laa yakaadu yuseeghuhoo wa yaateehil mawtu min kulli makaaninw wa maa huwa bimaiyitinw wa minw waraaa`ihee `azaabun ghaleez
जसलाई कठीनाईका साथ घुटघुटै गरी पिउनेछन्, तर त्यसलाई घाँटीबाट तल उतार्न सक्नेछैनन् र उनलाई प्रत्येक ठाँउबाट मृत्यु आइरहेको देखिनेछ, परन्तु तिनीहरू मर्न सक्नेवाला होइनन् । फेरि त्यसको पछाडि तिनीहरूको लागि ठूलो सजाय छ ।
🎤 तपाईंको रेकर्डिङ:
14:18 🔁 0/5
مَّثَلُ ٱلَّذِينَ كَفَرُواْ بِرَبِّهِمۡۖ أَعۡمَٰلُهُمۡ كَرَمَادٍ ٱشۡتَدَّتۡ بِهِ ٱلرِّيحُ فِي يَوۡمٍ عَاصِفٍۖ لَّا يَقۡدِرُونَ مِمَّا كَسَبُواْ عَلَىٰ شَيۡءٍۚ ذَٰلِكَ هُوَ ٱلضَّلَٰلُ ٱلۡبَعِيدُ  ۝١٨
Masalul lazeena kafaroo bi Rabbihim a`maaluhum karamaadinish taddat bihir reehu fee yawmin `aasif; laa yaqdiroona mimmaa kasaboo `alaa shai`; zaalika huwad dalaalul ba`eed
उनीहरूको उदाहरण, जसले आफ्नो पालनकर्ताबाट कुफ्र गरे उनका कर्महरू त्यस खरानी जस्तो छ, जसमाथि तीव्र वायु हुरी आएको दिन चलोस, जे पनि उनीहरूले गरे त्यसमध्येबाट कुनै वस्तुमाथि आधिपत्य राख्न सक्दैनन्, र यो नै अति टाढाको भ्रम छ ।
🎤 तपाईंको रेकर्डिङ:
14:19 🔁 0/5
أَلَمۡ تَرَ أَنَّ ٱللَّهَ خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ بِٱلۡحَقِّۚ إِن يَشَأۡ يُذۡهِبۡكُمۡ وَيَأۡتِ بِخَلۡقٍ جَدِيدٍ  ۝١٩
Alam tara annal laaha khalaqas samaawaati wal arda bilhaqq; iny yashaa yuzhibkum wa yaati bikhalqin jadeed
के तिमीले देखेनौ कि अल्लाहले आकाशहरू र पृथ्वीलाई अत्यन्त कौशलको साथ बनाएको छ । यदि उसले चाह्यो भने तिमी सबैलाई नष्ट गरिदिन्छ र नयाँ प्राणीहरू ल्याइदिन्छ ।
🎤 तपाईंको रेकर्डिङ:
14:20 🔁 0/5
وَمَا ذَٰلِكَ عَلَى ٱللَّهِ بِعَزِيزٍ  ۝٢٠
Wa maa zaalika `alal laahi bi `azeez
अल्लाहको लागि यो कार्य केही पनि कठिन छैन ।
🎤 तपाईंको रेकर्डिङ:
14:21 🔁 0/5
وَبَرَزُواْ لِلَّهِ جَمِيعًا فَقَالَ ٱلضُّعَفَٰٓؤُاْ لِلَّذِينَ ٱسۡتَكۡبَرُوٓاْ إِنَّا كُنَّا لَكُمۡ تَبَعًا فَهَلۡ أَنتُم مُّغۡنُونَ عَنَّا مِنۡ عَذَابِ ٱللَّهِ مِن شَيۡءٍۚ قَالُواْ لَوۡ هَدَىٰنَا ٱللَّهُ لَهَدَيۡنَٰكُمۡۖ سَوَآءٌ عَلَيۡنَآ أَجَزِعۡنَآ أَمۡ صَبَرۡنَا مَا لَنَا مِن مَّحِيصٍ  ۝٢١
Wa barazoo lillaahi jamee`an faqaalad du`afaaa`u lillazeenas takbarooo innaa kunnaa lakum taba`an fahal antum mughnoona `annaa min `azaabil laahi min shai`; qaaloo law hadaanal laahu lahadai naakum sawaaa`un `alainaaa ajazi`naa am sabarnaa maa lanaa mim mahees
सबै अल्लाहको सामु प्रत्यक्षरूपले उभिने छन् त्यस बेला दुर्बल मान्छेहरू सवल मान्छेसँग भन्ने छन्ः कि हामी त तिम्रा अधीनस्थ थियौं । त के तिमी अल्लाहको सजायमध्येबाट केही सजाय घटाउन सक्छौ’’ ? उनी उत्तर दिनेछन् ‘‘कि यदि अल्लाहले हामीलाई मार्गदर्शन गरेको भए हामी पनि तिम्रो अवश्य नेतृत्व गथ्र्यौं’’ । अब त हामीमाथि बेचैनी र सन्तोष गर्नु दुवै एउटै छ, र हाम्रो लागि कुनै मुक्ति छैन ।
🎤 तपाईंको रेकर्डिङ:
14:22 🔁 0/5
وَقَالَ ٱلشَّيۡطَٰنُ لَمَّا قُضِيَ ٱلۡأَمۡرُ إِنَّ ٱللَّهَ وَعَدَكُمۡ وَعۡدَ ٱلۡحَقِّ وَوَعَدتُّكُمۡ فَأَخۡلَفۡتُكُمۡۖ وَمَا كَانَ لِيَ عَلَيۡكُم مِّن سُلۡطَٰنٍ إِلَّآ أَن دَعَوۡتُكُمۡ فَٱسۡتَجَبۡتُمۡ لِيۖ فَلَا تَلُومُونِي وَلُومُوٓاْ أَنفُسَكُمۖ مَّآ أَنَا۠ بِمُصۡرِخِكُمۡ وَمَآ أَنتُم بِمُصۡرِخِيَّ إِنِّي كَفَرۡتُ بِمَآ أَشۡرَكۡتُمُونِ مِن قَبۡلُۗ إِنَّ ٱلظَّٰلِمِينَ لَهُمۡ عَذَابٌ أَلِيمٌ  ۝٢٢
Wa qaalash Shaitaanu lammaa qudiyal amru innal laaha wa`adakum wa`dal haqqi wa wa`attukum faakhlaftukum wa maa kaana liya `alaikum min sultaanin illaaa an da`awtukum fastajabtum lee falaa taloomoonee wa loomooo anfusakum maaa ana bimusrikhikum wa maaa antum bimusrikhiyya innee kafartu bimaaa ashraktumooni min qabl; innaz zaalimeena lahum azaabun aleem
र जब हिसाबकिताबको फैसला गरिदिइनेछ, तब शैतानले भन्ने छः ‘‘कि वास्तवमा अल्लाहले त तिमीलाई सत्य वाचा गरेको थियो । तर मैले तिमीबाट जुन वाचाहरू गरेको थिएँ, त्यो मैले पूरा गरिनँ, मेरो तिमीमाथि कुनै दबाव त थिएन, हो मैले, तिमीलाई बोलाएँ र तिमीले मेरो कुरा मान्यौ । तिमीले ममाथि आरोप नलगाऊ बरु तिमीहरू आफूलाई नै धिक्कृत गर, म तिमीहरूलाई कुनै सहयोग गर्न सक्दिन, न तिमीहरू नै मलाई सहयोग गर्न सक्छौ । म त प्रारम्भदेखि मान्दिन कि तिमीले यस अघि मलाई अल्लाहको साझेदार ठहराइरहेका थियौ । निःसन्देह अपराधीहरूको लागि धेरै कष्टप्रद सजाय छ ।
🎤 तपाईंको रेकर्डिङ:
14:23 🔁 0/5
وَأُدۡخِلَ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ جَنَّٰتٍ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَا بِإِذۡنِ رَبِّهِمۡۖ تَحِيَّتُهُمۡ فِيهَا سَلَٰمٌ  ۝٢٣
Wa udkhilal lazeena aamanoo wa `amilus saalihaati Jannaatin tajree min tahtihal anhaaru khaalideena feehaa bi izni Rabbihim tahiyyatuhum feeha salaam
जुन मानिसहरूले ईमान ल्याए र असल कार्य गरे, तिनीहरू जन्नतमा (स्वर्गमा) प्रवेश गर्नेछन्, जसको तल झरनाहरू फुटेका छन् । जहाँ उनीहरू आफ्नो पालनकर्ताको आज्ञाले सधैं रहनेछन् । जहाँ उनको स्वागत ‘‘सलाम’’बाट हुनेछ ।
🎤 तपाईंको रेकर्डिङ:
14:24 🔁 0/5
أَلَمۡ تَرَ كَيۡفَ ضَرَبَ ٱللَّهُ مَثَلًا كَلِمَةً طَيِّبَةً كَشَجَرَةٍ طَيِّبَةٍ أَصۡلُهَا ثَابِتٌ وَفَرۡعُهَا فِي ٱلسَّمَآءِ  ۝٢٤
Alam tara kaifa darabal laahu masalan kalimatan taiyibatan kashajaratin taiyibatin asluhaa saabitunw wa far`uhaa fis samaaa
के तपाईंले देख्नु भएन कि महान अल्लाहले पवित्र कुरोको उदाहरण कुन किसिमले वर्णन गरेको छ ? एउटा पवित्र वृक्षको जस्तै जसको जरो बलियो छ र जसका हाँगाहरू अकाशमा छन् ।
🎤 तपाईंको रेकर्डिङ:
14:25 🔁 0/5
تُؤۡتِيٓ أُكُلَهَا كُلَّ حِينِۭ بِإِذۡنِ رَبِّهَاۗ وَيَضۡرِبُ ٱللَّهُ ٱلۡأَمۡثَالَ لِلنَّاسِ لَعَلَّهُمۡ يَتَذَكَّرُونَ  ۝٢٥
Tu`teee ukulahaa kulla heenim bi izni Rabbihaa; wa yadribul laahul amsaala linnaasi la`allahum yatazak karoon
जो आफ्नो पालनहारको आदेशबाट आफ्ना फलहरू संधै ल्याउँछ, र अल्लाह मानिसहरू सामु उदाहरण प्रस्तुत गर्दछ जसबाट उनीहरू राम्रो ज्ञान प्राप्त गरुन् ।
🎤 तपाईंको रेकर्डिङ:
14:26 🔁 0/5
وَمَثَلُ كَلِمَةٍ خَبِيثَةٍ كَشَجَرَةٍ خَبِيثَةٍ ٱجۡتُثَّتۡ مِن فَوۡقِ ٱلۡأَرۡضِ مَا لَهَا مِن قَرَارٍ  ۝٢٦
Wa masalu kalimatin khabeesatin kashajaratin khabee satinij tussat min fawqil ardi maa lahaa min qaraar
र अपवित्र कुरोको उदाहरण अपवित्र वृक्ष जस्तै छ, जो भूमिको माथिल्लो सतहबाटै उखेलिएको छ त्यसमा केही पनि बलियोपना छदैछैन ।
🎤 तपाईंको रेकर्डिङ:
14:27 🔁 0/5
يُثَبِّتُ ٱللَّهُ ٱلَّذِينَ ءَامَنُواْ بِٱلۡقَوۡلِ ٱلثَّابِتِ فِي ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا وَفِي ٱلۡأٓخِرَةِۖ وَيُضِلُّ ٱللَّهُ ٱلظَّٰلِمِينَۚ وَيَفۡعَلُ ٱللَّهُ مَا يَشَآءُ  ۝٢٧
Yusabbitul laahul lazeena aamanoo bilqawlis saabiti fil hayaatid dunyaa wa fil Aakhirati wa yudillul laahuz zaalimeen; wa yaf`alul laahu maa yashaaa
ईमानवालाहरूलाई अल्लाह सत्य निष्ठाको साथमा सवल राख्दछ दुनियाँको जीवनमा पनि र मृत्युपछिको जिन्दगीमा पनि, होः अन्यायीहरूलाई अल्लाहले भ्रमित गरिदिन्छ र अल्लाह जो चाहन्छ, गरिहाल्छ ।
🎤 तपाईंको रेकर्डिङ:
14:28 🔁 0/5
۞ أَلَمۡ تَرَ إِلَى ٱلَّذِينَ بَدَّلُواْ نِعۡمَتَ ٱللَّهِ كُفۡرًا وَأَحَلُّواْ قَوۡمَهُمۡ دَارَ ٱلۡبَوَارِ  ۝٢٨
Alam tara ilal lazeena baddaloo ni`matal laahi kufranw wa ahalloo qawmahum daaral bawaar
के तपाईंले तिनीहरूको स्थितिमाथि विचार गर्नु भएन जसले अल्लाहको उपहारको साटो कृतघ्नता गरे र आफ्नो समुदायलाई बर्बादीको घरसम्म पुर्याइदिए ।
🎤 तपाईंको रेकर्डिङ:
14:29 🔁 0/5
جَهَنَّمَ يَصۡلَوۡنَهَاۖ وَبِئۡسَ ٱلۡقَرَارُ  ۝٢٩
Jahannama yaslawnahaa wa bi`sal qaraar
अर्थात नर्कमा जसमा यी सबै जान्छन् जुन असाध्यै नराम्रो ठाउँ हो ।
🎤 तपाईंको रेकर्डिङ:
14:30 🔁 0/5
وَجَعَلُواْ لِلَّهِ أَندَادًا لِّيُضِلُّواْ عَن سَبِيلِهِۦۗ قُلۡ تَمَتَّعُواْ فَإِنَّ مَصِيرَكُمۡ إِلَى ٱلنَّارِ  ۝٣٠
Wa ja`aloo lillaahi andaadal liyudilloo `an sabeelih; qul tamatta`oo fa innaa maseerakum ilan Naar
उनीहरूले अल्लाहको बरोबरी (साझेदार) बनाइलिए जसबाट मान्छेहरूलाई अल्लाहको बाटोबाट विमुख गराउन् , तपाईं भनिदिनुहोस्ः ‘‘कि ठिकै छ, अलि मौज गरिलेऊ निःसन्देह तिम्रो ठेगाना त नर्कमै छ ।
🎤 तपाईंको रेकर्डिङ:
14:31 🔁 0/5
قُل لِّعِبَادِيَ ٱلَّذِينَ ءَامَنُواْ يُقِيمُواْ ٱلصَّلَوٰةَ وَيُنفِقُواْ مِمَّا رَزَقۡنَٰهُمۡ سِرًّا وَعَلَانِيَةً مِّن قَبۡلِ أَن يَأۡتِيَ يَوۡمٌ لَّا بَيۡعٌ فِيهِ وَلَا خِلَٰلٌ  ۝٣١
Qul li`ibaadiyal lazeena aamanoo yuqeemus Salaata wa yunfiqoo mimmaa razaqnaahum sirranw wa `alaaniyatam min qabli any yaatiya Yawmul laa bai`un feehi wa laa khilaal
मेरा ईमानदार सेवकहरूलाई भनिदिनुस् नमाजहरूलाई निरन्तरता दिदैं कायम गरुन्, र जुन कुरो मैले उनलाई दिइराखेको छु त्यसमध्येबाट केही नकेही खुल्ला र गोप्य रूपमा खर्च गर्दैगरुन्, यसभन्दा पहिलेः कि त्यो दिन आइपुगोस् जसमा न क्रय–बिक्रय हुनेछ नत मित्रता नप्रेम काम लाग्नेछ ।
🎤 तपाईंको रेकर्डिङ:
14:32 🔁 0/5
ٱللَّهُ ٱلَّذِي خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ وَأَنزَلَ مِنَ ٱلسَّمَآءِ مَآءً فَأَخۡرَجَ بِهِۦ مِنَ ٱلثَّمَرَٰتِ رِزۡقًا لَّكُمۡۖ وَسَخَّرَ لَكُمُ ٱلۡفُلۡكَ لِتَجۡرِيَ فِي ٱلۡبَحۡرِ بِأَمۡرِهِۦۖ وَسَخَّرَ لَكُمُ ٱلۡأَنۡهَٰرَ  ۝٣٢
Allaahul lazee khalaqas samaawaati wal arda wa anzala minas samaaa`i maaa`an faakhraja bihee minas samaraati rizqal lakum wa sakhkhara lakumul fulka litajriya fil bahri bi amrihee wa sakhkhara lakumul anhaar
अल्लाह त्यो हो, जसले पृथ्वी र आकाशलाई निर्माण गरेको छ । र आकाशबाट वर्षा बर्साएर तिम्रो जीविकाको लागि फलफूल निकालेको छ र, डुङ्गाहरूलाई तिम्रो अधीनमा गरिदिएको छ, कि समुद्रहरूमा उसको आदेशबाट हिलडुल गरुन् उसैले खोला र नहरहरू तिम्रो अधीनमा गरिदिएको छ ।
🎤 तपाईंको रेकर्डिङ:
14:33 🔁 0/5
وَسَخَّرَ لَكُمُ ٱلشَّمۡسَ وَٱلۡقَمَرَ دَآئِبَيۡنِۖ وَسَخَّرَ لَكُمُ ٱلَّيۡلَ وَٱلنَّهَارَ  ۝٣٣
Wa sakhkhara lakumush shamsa walqamara daaa`ibaini wa sakhkhara lakumul laila wannahaar
उसैले तिम्रो लागि चन्द्र र सूर्यलाई अधीनस्थ गरिदिएको छ, कि सधै नै गतिशील भइरहेका छन् र रात, दिनलाई पनि तिम्रो कार्यमा लगाइराखेको छ ।
🎤 तपाईंको रेकर्डिङ:
14:34 🔁 0/5
وَءَاتَىٰكُم مِّن كُلِّ مَا سَأَلۡتُمُوهُۚ وَإِن تَعُدُّواْ نِعۡمَتَ ٱللَّهِ لَا تُحۡصُوهَآۗ إِنَّ ٱلۡإِنسَٰنَ لَظَلُومٌ كَفَّارٌ  ۝٣٤
Wa aataakum min kulli maa sa altumooh; wa in ta`uddoo ni`matal laahi laa tuhsoohaa; innal insaana lazaloo mun kaffaar
उसैले तिमीलाई तिम्रो इच्छित सबै वस्तु दिइराखेको छ । यदि तिमीले अल्लाहको परोपकार गन्न चाहन्छौ भने तिमी पूरै गन्न पनि सक्तैनौ । निःसन्देह मानिस ज्यादै नै अन्यायकारी र कृतघ्न छन् ।
🎤 तपाईंको रेकर्डिङ:
14:35 🔁 0/5
وَإِذۡ قَالَ إِبۡرَٰهِيمُ رَبِّ ٱجۡعَلۡ هَٰذَا ٱلۡبَلَدَ ءَامِنًا وَٱجۡنُبۡنِي وَبَنِيَّ أَن نَّعۡبُدَ ٱلۡأَصۡنَامَ  ۝٣٥
Wa iz qaala Ibraaheemu Rabbij `al haazal balada aaminanw wajnubnee wa baniyya an na`budal asnaam
र जब इब्राहीम(अलैस्सिलाम)ले भन्नु भयो कि हे मेरो पालनहार यस नगर (मक्का)लाई शान्तिदायक बनाइदेऊ र मलाई र मेरा सन्तानहरूलाई मूर्तिपूजाबाट रक्षा गर ।
🎤 तपाईंको रेकर्डिङ:
14:36 🔁 0/5
رَبِّ إِنَّهُنَّ أَضۡلَلۡنَ كَثِيرًا مِّنَ ٱلنَّاسِۖ فَمَن تَبِعَنِي فَإِنَّهُۥ مِنِّيۖ وَمَنۡ عَصَانِي فَإِنَّكَ غَفُورٌ رَّحِيمٌ  ۝٣٦
Rabbi innahunna adlalna kaseeram minan naasi faman tabi`anee fa innahoo minnee wa man `asaanee fa innaka Ghafoorur Raheem
हे मेरो पूज्य पालनकर्ता ! यी मूर्तिहरूले थुप्रै मानिसहरूलाई बाटोबाट दिग्भ्रमित गरिदिएका छन्, अनि जसले मेरो अनुशरण गर्नेछ ऊ मेरो हुनेछ र जसले मेरो अवज्ञा गर्छ भने निश्चय नै तिमी असीम क्षमा गर्ने र दया दृष्टि गर्नेवाला छौ ।
🎤 तपाईंको रेकर्डिङ:
14:37 🔁 0/5
رَّبَّنَآ إِنِّيٓ أَسۡكَنتُ مِن ذُرِّيَّتِي بِوَادٍ غَيۡرِ ذِي زَرۡعٍ عِندَ بَيۡتِكَ ٱلۡمُحَرَّمِ رَبَّنَا لِيُقِيمُواْ ٱلصَّلَوٰةَ فَٱجۡعَلۡ أَفۡـِٔدَةً مِّنَ ٱلنَّاسِ تَهۡوِيٓ إِلَيۡهِمۡ وَٱرۡزُقۡهُم مِّنَ ٱلثَّمَرَٰتِ لَعَلَّهُمۡ يَشۡكُرُونَ  ۝٣٧
Rabbanaaa inneee askantu min zurriyyatee biwaadin ghairi zee zar`in `inda Baitikal Muharrami Rabbanaa liyuqeemus Salaata faj`al af`idatam minan naasi tahweee ilaihim warzuqhum minas samaraati la`allahum yashkuroon
हे हाम्रो पालनहार ! मैले आफ्ना केही सन्तान यस गैर अबादी भूमिमा तिम्रो असीम दयायुक्त घर (कअ्बा) नजिक बसालेको छु, हे हाम्रो पालनहार ! यो यसकारण, कि तिनीहरू नमाजलाई निरन्तरता देउन् । तसर्थ तिमीले केही मान्छेहरूका हृदयलाई उतातर्फ आकृष्ट गरिदेऊ, र उनीहरूलाई फलहरूको भोजन दिने कृपा गर, जसबाट तिनीहरू तिम्रो स्तुति गरुन् ।
🎤 तपाईंको रेकर्डिङ:
14:38 🔁 0/5
رَبَّنَآ إِنَّكَ تَعۡلَمُ مَا نُخۡفِي وَمَا نُعۡلِنُۗ وَمَا يَخۡفَىٰ عَلَى ٱللَّهِ مِن شَيۡءٍ فِي ٱلۡأَرۡضِ وَلَا فِي ٱلسَّمَآءِ  ۝٣٨
Rabbanaaa innaka ta`lamu maa nukhfee wa maa nu`lin; wa maa yakhfaa `alal laahi min shai`in fil ardi wa laa fis samaaa
हे हाम्रो पालनहार ! तिमीलाई राम्ररी ज्ञात छ, जुन हामी गोप्य र खुल्ला गर्छौं, र निश्चय नै पृथ्वी र आकाशको कुनै वस्तु अल्लाहबाट लुकेको छैन ।
🎤 तपाईंको रेकर्डिङ:
14:39 🔁 0/5
ٱلۡحَمۡدُ لِلَّهِ ٱلَّذِي وَهَبَ لِي عَلَى ٱلۡكِبَرِ إِسۡمَٰعِيلَ وَإِسۡحَٰقَۚ إِنَّ رَبِّي لَسَمِيعُ ٱلدُّعَآءِ  ۝٣٩
Alhamdu lillaahil lazee wahaba lee `alal kibari Ismaa`eela wa Ishaaq; inna Rabbee lasamee`ud du`aaa
हे मेरो पालनकर्ता ! मलाई सधै नमाज पढने बनाइराख र मेरा सन्तानहरूलाई पनि, हे हाम्रो पालनहार मेरो प्रार्थना स्वीकार गर ।
🎤 तपाईंको रेकर्डिङ:
14:40 🔁 0/5
رَبِّ ٱجۡعَلۡنِي مُقِيمَ ٱلصَّلَوٰةِ وَمِن ذُرِّيَّتِيۚ رَبَّنَا وَتَقَبَّلۡ دُعَآءِ  ۝٤٠
Rabbij `alnee muqeemas Salaati wa min zurriyyatee Rabbanaa wa taqabbal du`aaa
हे मेरो पालनकर्ता ! मलाई सधै नमाज पढने बनाइराख र मेरा सन्तानहरलाई पनि, हे हाम्रो पालनहार मेरो प्रार्थना स्वीकार गर ।
🎤 तपाईंको रेकर्डिङ:
14:41 🔁 0/5
رَبَّنَا ٱغۡفِرۡ لِي وَلِوَٰلِدَيَّ وَلِلۡمُؤۡمِنِينَ يَوۡمَ يَقُومُ ٱلۡحِسَابُ  ۝٤١
Rabbanagh fir lee wa liwaalidaiya wa lilmu`mineena Yawma yaqoomul hisaab
हे मेरो पालनकर्ता ! हिसाबकिताबको दिन मलाई मुक्ति प्रदान गर र मेरा आमा बुवालाई पनि मुक्ति देऊ, र अन्य मोमिनहरूलाई पनि मुक्ति देऊ ।
🎤 तपाईंको रेकर्डिङ:
14:42 🔁 0/5
وَلَا تَحۡسَبَنَّ ٱللَّهَ غَٰفِلًا عَمَّا يَعۡمَلُ ٱلظَّٰلِمُونَۚ إِنَّمَا يُؤَخِّرُهُمۡ لِيَوۡمٍ تَشۡخَصُ فِيهِ ٱلۡأَبۡصَٰرُ  ۝٤٢
Wa laa tahsabannal laaha ghaafilan `ammaa ya`maluz zaalimoon; innamaa yu`akh khiruhum li Yawmin tashkhasu feehil absaar
अन्यायकारीहरूकोे क्रियाकलापबाट अल्लाहलाई अन्जान नसम्झ, उसले त उनीहरूलाई त्यसदिनसम्म छूट दिएको छ जुन दिन आँखाहरू खुलेका खुलै हुनेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
14:43 🔁 0/5
مُهۡطِعِينَ مُقۡنِعِي رُءُوسِهِمۡ لَا يَرۡتَدُّ إِلَيۡهِمۡ طَرۡفُهُمۡۖ وَأَفۡـِٔدَتُهُمۡ هَوَآءٌ  ۝٤٣
Muhti`eena muqni`ee ru`oosihim laa yartaddu ilaihim tarfuhum wa af`idatuhum hawaaa
तिनीहरूले आफ्नो टाउको उठाएर भागदौड गरिरहने छन् स्वयं आफ्नो तर्फपनि उनको दृष्टि पर्नेछै्रन र उनका मुटु खाली र शुन्य प्रायः हुनेछ ।
🎤 तपाईंको रेकर्डिङ:
14:44 🔁 0/5
وَأَنذِرِ ٱلنَّاسَ يَوۡمَ يَأۡتِيهِمُ ٱلۡعَذَابُ فَيَقُولُ ٱلَّذِينَ ظَلَمُواْ رَبَّنَآ أَخِّرۡنَآ إِلَىٰٓ أَجَلٍ قَرِيبٍ نُّجِبۡ دَعۡوَتَكَ وَنَتَّبِعِ ٱلرُّسُلَۗ أَوَلَمۡ تَكُونُوٓاْ أَقۡسَمۡتُم مِّن قَبۡلُ مَا لَكُم مِّن زَوَالٍ  ۝٤٤
Wa anzirin naasa Yawma yaateehimul `azaabu fa yaqoolul lazeena zalamoo Rabbanaaa akhkhirnaaa ilaaa ajalin qareebin nujib da`wataka wa nattabi `ir Rusul; awalam takoonooo aqsamtum min qablu maa lakum min zawaal
मान्छेहरूलाई त्यसदिनदेखि सावधान गरिदेऊ जबकि उनीनिर सजाय आइहाल्छ । र, अन्यायकारीहरूले भन्नेछन् कि हे हाम्रो पालनकर्ता ‘‘हामीलाई थोरै समयसम्मको छूट देऊ हामी तिम्रो उपदेशलाई स्वीकार गर्नेछौं र पैगम्बरहरू (सन्देशवाहकहरू) को अनुशरण गर्नेछौं’’ । के तिमी यसभन्दा पहिले पनि शपथ खाने गरेका थिएनौ कि तिमीहरूको पतन कहिले पनि हुने छैन
🎤 तपाईंको रेकर्डिङ:
14:45 🔁 0/5
وَسَكَنتُمۡ فِي مَسَٰكِنِ ٱلَّذِينَ ظَلَمُوٓاْ أَنفُسَهُمۡ وَتَبَيَّنَ لَكُمۡ كَيۡفَ فَعَلۡنَا بِهِمۡ وَضَرَبۡنَا لَكُمُ ٱلۡأَمۡثَالَ  ۝٤٥
Wa sakantum fee masaakinil lazeena zalamooo anfusahum wa tabaiyana lakum kaifa fa`alnaa bihim wa darabnaa lakumul amsaal
र के तिमी उनीहरूको घरहरूमा बसोबास गर्दैनथ्यौ, जसले आफ्नो ज्यानमाथि अन्याय गरे र के तिमीमाथि त्यो वारदात स्पष्ट भएन कि हामीले उनीसंग के गरेका थियौं । र हामीले धेरै उदाहरण तिमीलाई सम्झाउन प्रस्तुत गरिदिएका थियौं ।
🎤 तपाईंको रेकर्डिङ:
14:46 🔁 0/5
وَقَدۡ مَكَرُواْ مَكۡرَهُمۡ وَعِندَ ٱللَّهِ مَكۡرُهُمۡ وَإِن كَانَ مَكۡرُهُمۡ لِتَزُولَ مِنۡهُ ٱلۡجِبَالُ  ۝٤٦
Wa qad makaroo makrahum wa `indal laahi makruhum wa in kaana makruhum litazoola minhul jibaal
यिनीहरूले आफ्ना–आफ्ना चालहरू चलिरहेका छन् र अल्लाहलाई उनीहरूको समस्त चालको ज्ञान छ र उनका चालहरू यस्तो थिएन कि त्यसबाट पहाड अस्थिर भइजाओस् ।
🎤 तपाईंको रेकर्डिङ:
14:47 🔁 0/5
فَلَا تَحۡسَبَنَّ ٱللَّهَ مُخۡلِفَ وَعۡدِهِۦ رُسُلَهُۥٓۚ إِنَّ ٱللَّهَ عَزِيزٌ ذُو ٱنتِقَامٍ  ۝٤٧
Falaa tahsabannal laaha mukhlifa wa`dihee Rusulah; innal laaha `azeezun zuntiqaam
तपाईं कहिले पनि यो ख्याल नराख्नुहोस् कि अल्लाह आफ्नो नबी (सन्देष्टा) हरूसंग वाचा विरुद्ध गर्नेछ । अल्लाह सर्वशक्ति सम्पन्न र प्रतिशोधक छ ।
🎤 तपाईंको रेकर्डिङ:
14:48 🔁 0/5
يَوۡمَ تُبَدَّلُ ٱلۡأَرۡضُ غَيۡرَ ٱلۡأَرۡضِ وَٱلسَّمَٰوَٰتُۖ وَبَرَزُواْ لِلَّهِ ٱلۡوَٰحِدِ ٱلۡقَهَّارِ  ۝٤٨
Yawma tubaddalul ardu ghairal ardi wassamaawaatu wa barazoo lillaahil Waahidil Qahhaar
जुन दिन यस धरतीलाई अर्कै धरतीमा परिणत गरिनेछ र आकाश पनि र सबै अल्लाहको सामु मात्र हुनेछन् जो एक्लै छ र जसको सबैमाथि आधिपत्य छ ।
🎤 तपाईंको रेकर्डिङ:
14:49 🔁 0/5
وَتَرَى ٱلۡمُجۡرِمِينَ يَوۡمَئِذٍ مُّقَرَّنِينَ فِي ٱلۡأَصۡفَادِ  ۝٤٩
Wa taral mujrimeena Yawma `izim muqarraneena filasfaad
तपाईं त्यसदिन पापीहरूलाई देख्नु हुनेछ, कि जन्जीरमा कोचिएर एकै ठाउँमा जकडिएर हुनेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
14:50 🔁 0/5
سَرَابِيلُهُم مِّن قَطِرَانٍ وَتَغۡشَىٰ وُجُوهَهُمُ ٱلنَّارُ  ۝٥٠
Saraabeeluhum min qatiraaninw wa taghshaa wujoohahumun Naar
उनका वस्त्रहरू गन्धकका हुनेछन् र आगोले उनीहरूको अनुहारलाई पनि छोपेको हुनेछ ।
🎤 तपाईंको रेकर्डिङ:
14:51 🔁 0/5
لِيَجۡزِيَ ٱللَّهُ كُلَّ نَفۡسٍ مَّا كَسَبَتۡۚ إِنَّ ٱللَّهَ سَرِيعُ ٱلۡحِسَابِ  ۝٥١
Liyajziyal laahu kulla nafsim maa kasabat; innal laaha saree`ul hisaab
यो यसकारण कि अल्लाह हरेक व्यक्तिलाई त्यसले गरेको कार्यको फल देओस्, निःसन्देह अल्लाहलाई हिसाब लिन केही बेर लाग्दैन ।
🎤 तपाईंको रेकर्डिङ:
14:52 🔁 0/5
هَٰذَا بَلَٰغٌ لِّلنَّاسِ وَلِيُنذَرُواْ بِهِۦ وَلِيَعۡلَمُوٓاْ أَنَّمَا هُوَ إِلَٰهٌ وَٰحِدٌ وَلِيَذَّكَّرَ أُوْلُواْ ٱلۡأَلۡبَٰبِ  ۝٥٢
Haaza balaaghul linnaasi wa liyunzaroo bihee wa liya`lamooo annamaa Huwa Illaahunw Waahidunw wa liyaz zakkara ulul albaab
यो (कुरआन) समस्त मानिसहरूलाई जानकारी पत्र हो कि यसको माध्यमबाट उसले उनीहरूलाई सावधान गरोस् र राम्रोसंग जानिलेउन्, कि अल्लाह मात्र एउटै मअ्बूद (पूजनीय) छ र त्यसबाट ज्ञानीहरूले सोचसमझ गर्न सकुन् ।
🎤 तपाईंको रेकर्डिङ:
💡 लुकेको शब्दलाई अस्थायी रूपमा देखाउन ट्याप गर्नुहोस् — तपाईंको प्रगति स्वतः बचत हुन्छ।

🎉
🎊 राम्रो! कण्ठ पूरा भयो
Mishary Rashid Alafasy
Mahmoud Khalil Al-Husary
Abdurrahman As-Sudais
Mohamed Siddiq Al-Minshawi
Abdul Basit Abdul Samad
Ali Al-Hudhaify
Ahmed ibn Ali al-Ajamy
Abu Bakr Ash-Shaatree
Muhammad Ayyoub
Abdullah Basfar
Abdullah Al-Juhani
Maher Al Muaiqly
0:00
0:00
-

पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers