सूरा यासीन अरबी र नेपाली
सूरा यासीन पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (83 आयत — مكية). यासीन सुन्नुहोस्, यासीन अनुवाद, यासीन mp3, यासीन pdf.सूरा यासीन पढ्नुहोस् र सुन्नुहोस्
🎧 आयत
M
Mishary Rashid Alafasy
✓
Mishary Rashid Alafasy
✓
M
Mahmoud Khalil Al-Husary
✓
Mahmoud Khalil Al-Husary
✓
A
Abdurrahman As-Sudais
✓
Abdurrahman As-Sudais
✓
M
Mohamed Siddiq Al-Minshawi
✓
Mohamed Siddiq Al-Minshawi
✓
A
Abdul Basit Abdul Samad
✓
Abdul Basit Abdul Samad
✓
A
Ali Al-Hudhaify
✓
Ali Al-Hudhaify
✓
A
Ahmed ibn Ali al-Ajamy
✓
Ahmed ibn Ali al-Ajamy
✓
A
Abu Bakr Ash-Shaatree
✓
Abu Bakr Ash-Shaatree
✓
M
Muhammad Ayyoub
✓
Muhammad Ayyoub
✓
A
Abdullah Basfar
✓
Abdullah Basfar
✓
A
Abdullah Al-Juhani
✓
Abdullah Al-Juhani
✓
M
Maher Al Muaiqly
✓
Maher Al Muaiqly
✓
—
x1
إِنَّكَ لَمِنَ الْمُرْسَلِينَ ٣
📖 अनुवाद
आयत 3
(हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) निःसन्देह तपार्इं पैगम्बरहरूमध्येकै हुनुहुन्छ
تَنزِيلَ الْعَزِيزِ الرَّحِيمِ ٥
📖 अनुवाद
आयत 5
(यो कुरआन) अल्लाह अत्यन्त शक्तिमान दयावान्ले अवतरित गरेको छ ।
لِتُنذِرَ قَوْمًا مَّا أُنذِرَ آبَاؤُهُمْ فَهُمْ غَافِلُونَ ٦
📖 अनुवाद
आयत 6
ताकि तपाईंले यस्ता मानिसहरूलाई डर देखाउनुस्, जसका बाउ–बाजेलाई डर देखाइएको थिएन, (यसकारण) उनीहरू लापरवाहीमा परिराखेका छन् ।
لَقَدْ حَقَّ الْقَوْلُ عَلَىٰ أَكْثَرِهِمْ فَهُمْ لَا يُؤْمِنُونَ ٧
📖 अनुवाद
आयत 7
उनीहरूमध्ये धेरै मानिसहरूमाथि कुरो प्रमाणित भइसकेको छ । अतः उनीहरूले ईमान ल्याउने छैनन् ।
إِنَّا جَعَلْنَا فِي أَعْنَاقِهِمْ أَغْلَالًا فَهِيَ إِلَى الْأَذْقَانِ فَهُم مُّقْمَحُونَ ٨
📖 अनुवाद
आयत 8
हामीले उनीहरूको घाँटीमा तौक (पट्टा) हालीदिएका छौं जुन चिउँडोसम्म छन् । तसर्थ उनीहरू टाउको निहुर्याउन सक्दैनन् ।
وَجَعَلْنَا مِن بَيْنِ أَيْدِيهِمْ سَدًّا وَمِنْ خَلْفِهِمْ سَدًّا فَأَغْشَيْنَاهُمْ فَهُمْ لَا يُبْصِرُونَ ٩
📖 अनुवाद
आयत 9
र हामीले उनीहरूको अगाडि एउटा परदा हालिदिएका छौं र उनको पछाडि पनि । जसबाट उनीहरूलाई ढाँपिदिएका छौं, तसर्थ यिनीहरूले देख्न सक्दैनन् ।
وَسَوَاءٌ عَلَيْهِمْ أَأَنذَرْتَهُمْ أَمْ لَمْ تُنذِرْهُمْ لَا يُؤْمِنُونَ ١٠
📖 अनुवाद
आयत 10
र तपाईंले उनीहरूलाई डराउनुस् वा नडराउनुस्, उनीहरूको लागि दुवै बराबर छ, उनीहरूले ईमान ल्याउने छैनन् ।
إِنَّمَا تُنذِرُ مَنِ اتَّبَعَ الذِّكْرَ وَخَشِيَ الرَّحْمَٰنَ بِالْغَيْبِ ۖ فَبَشِّرْهُ بِمَغْفِرَةٍ وَأَجْرٍ كَرِيمٍ ١١
📖 अनुवाद
आयत 11
तपाईंले त मात्र त्यस्तो व्यक्तिलाई डराउन सक्नुहुन्छ जसले उपदेशको अनुशरण गर्दछ र अल्लाहसित अदृश्य(अवस्था) मै डर्छ । अतः तपाईंले उसलाई क्षमा र सम्मानजनक प्रतिफलको शुभसूचना सुनाइदिनुस् ।
إِنَّا نَحْنُ نُحْيِي الْمَوْتَىٰ وَنَكْتُبُ مَا قَدَّمُوا وَآثَارَهُمْ ۚ وَكُلَّ شَيْءٍ أَحْصَيْنَاهُ فِي إِمَامٍ مُّبِينٍ ١٢
📖 अनुवाद
आयत 12
निःसन्देह हामीले मूर्दाहरूलाई जीवित गर्नेछौं र जेजति उनीहरूले अगाडि (आफनो कर्म) पठाइसकेका छन् र उनका ती कार्यहरू जुन पछाडि छोडेका छन्, हामीले उनलाई लेखिदिन्छौं । र हरेक कुरालाई हामीले एक स्पष्ट किताबमा लेखिसकेका छौं ।
وَاضْرِبْ لَهُم مَّثَلًا أَصْحَابَ الْقَرْيَةِ إِذْ جَاءَهَا الْمُرْسَلُونَ ١٣
📖 अनुवाद
आयत 13
र उनीहरूसित तपाईंले गाउँवालाहरूको घटनाको वर्णन गर्नुस्, जब उनको पासमा (अनेकौ) पैगम्बर आए ।
إِذْ أَرْسَلْنَا إِلَيْهِمُ اثْنَيْنِ فَكَذَّبُوهُمَا فَعَزَّزْنَا بِثَالِثٍ فَقَالُوا إِنَّا إِلَيْكُم مُّرْسَلُونَ ١٤
📖 अनुवाद
आयत 14
जब हामीले उनीहरूकहाँ दुई (पैगम्बर) पठायौं, तब उनीहरूले झूठा भने तब हामीले एउटा तेस्रोद्वारा पुष्टि गरायौं, तब उनी तीनै जनाले भनेः ‘‘कि हामी तिमीतिर (संदेष्टा) पठाइएका हौं ।’’
قَالُوا مَا أَنتُمْ إِلَّا بَشَرٌ مِّثْلُنَا وَمَا أَنزَلَ الرَّحْمَٰنُ مِن شَيْءٍ إِنْ أَنتُمْ إِلَّا تَكْذِبُونَ ١٥
📖 अनुवाद
आयत 15
उनीहरूले भने कि ‘‘तिमी त हामी जस्तै साधारण मनुष्य हौ । र अल्लाहले कुनै कुरा पनि अवतरित गरेको छैन । तिमीमात्र झूठ बोल्दछौ ।’’
قَالُوا رَبُّنَا يَعْلَمُ إِنَّا إِلَيْكُمْ لَمُرْسَلُونَ ١٦
📖 अनुवाद
आयत 16
ती रसूलहरूले भने ‘‘हाम्रो पालनकर्तालाई थाहा छ कि हामी निश्चय नै तिमीतिर पठाइएका हौं ।
وَمَا عَلَيْنَا إِلَّا الْبَلَاغُ الْمُبِينُ ١٧
📖 अनुवाद
आयत 17
र हाम्रो जिम्मेवारी त मात्र स्पष्टरूपले सन्देश पुर्याइदिनु नै हो ।
قَالُوا إِنَّا تَطَيَّرْنَا بِكُمْ ۖ لَئِن لَّمْ تَنتَهُوا لَنَرْجُمَنَّكُمْ وَلَيَمَسَّنَّكُم مِّنَّا عَذَابٌ أَلِيمٌ ١٨
📖 अनुवाद
आयत 18
उनीहरूले भनेः कि ‘‘हामीले त तिमीलाई अपशकुन मान्यौं अतः तिमी मानेनौ भने हामीले तिमीलाई ढुङ्गा हानेर मारिदिनेछौं र तिमीलाई हाम्रो तर्फबाट धेरै कष्ट पुग्नेछ ।
قَالُوا طَائِرُكُم مَّعَكُمْ ۚ أَئِن ذُكِّرْتُم ۚ بَلْ أَنتُمْ قَوْمٌ مُّسْرِفُونَ ١٩
📖 अनुवाद
आयत 19
ती रसूलहरूले भनेः कि तिम्रो अपशकुन त तिम्रो आफ्नै साथमा छ । के तिमी नसिहत गरिने कुरालाई अपशकुन सम्झन्छौ बरु तिमीहरू सीमा बाहिर जाने मानिसहरू हौ ।
وَجَاءَ مِنْ أَقْصَى الْمَدِينَةِ رَجُلٌ يَسْعَىٰ قَالَ يَا قَوْمِ اتَّبِعُوا الْمُرْسَلِينَ ٢٠
📖 अनुवाद
आयत 20
(यसैबीच) नगरको दुरवर्ती छेउबाट एउटा व्यक्ति दगुर्दै आइपुग्यो । उसले भन्योः ‘‘हे मेरो कौम (जातिबन्धु) का मानिसहरू ! यी रसूलहरूको मार्गमा हिँड्नेगर ।’’
اتَّبِعُوا مَن لَّا يَسْأَلُكُمْ أَجْرًا وَهُم مُّهْتَدُونَ ٢١
📖 अनुवाद
आयत 21
यस्ताको मार्गमा हिड्नेगर जसले तिमीसित कुनै पारिश्रमिक माँग्दैनन् र उनीहरू सोझो मार्गमा छन् ।
وَمَا لِيَ لَا أَعْبُدُ الَّذِي فَطَرَنِي وَإِلَيْهِ تُرْجَعُونَ ٢٢
📖 अनुवाद
आयत 22
‘‘र मलाई के भएको छ कि म उसको बन्दगी (उपासना) नगरूँ ? जसले मलाई सृष्टि गर्यो र उसैतिर तिमी सबैले फर्केर जानुपर्नेछ ?’’
أَأَتَّخِذُ مِن دُونِهِ آلِهَةً إِن يُرِدْنِ الرَّحْمَٰنُ بِضُرٍّ لَّا تُغْنِ عَنِّي شَفَاعَتُهُمْ شَيْئًا وَلَا يُنقِذُونِ ٢٣
📖 अनुवाद
आयत 23
के मैले उसलाई छाडेर अरुलाई उपास्य बनाऊँ ? यदि अल्लाहले मलाई कुनै कष्ट पुर्याउन चाहन्छ भने उनीहरूको सिफारिश मेरो कुनै काम आउन सक्दैन र नत उनीहरूले मलाई बचाउन सक्दछन् ।
إِنِّي إِذًا لَّفِي ضَلَالٍ مُّبِينٍ ٢٤
📖 अनुवाद
आयत 24
अनि त म अवश्य नै स्पष्ट मार्गविचलनमा परिहाल्नेछु ।
إِنِّي آمَنتُ بِرَبِّكُمْ فَاسْمَعُونِ ٢٥
📖 अनुवाद
आयत 25
म त तिम्रो पालनकर्तामाथि सच्चा मनले ईमान ल्याइहालें, अतः मेरो कुरा सुन ।’’
قِيلَ ادْخُلِ الْجَنَّةَ ۖ قَالَ يَا لَيْتَ قَوْمِي يَعْلَمُونَ ٢٦
📖 अनुवाद
आयत 26
आदेश भयोः ‘‘कि स्वर्गमा प्रवेश गरिहाल ।’’ भन्यो, काश ! मेरो जातिबन्धुलाई पनि खबर भइदिएको भए
بِمَا غَفَرَ لِي رَبِّي وَجَعَلَنِي مِنَ الْمُكْرَمِينَ ٢٧
📖 अनुवाद
आयत 27
कि अल्लाहले मलाई क्षमा प्रदान गर्यो र प्रतिष्ठित मानिसहरूमा शम्मिलित गर्यो ।’’
۞ وَمَا أَنزَلْنَا عَلَىٰ قَوْمِهِ مِن بَعْدِهِ مِن جُندٍ مِّنَ السَّمَاءِ وَمَا كُنَّا مُنزِلِينَ ٢٨
📖 अनुवाद
आयत 28
त्यस पश्चात उसको समुदायमाथि हामीले आकाशबाट कुनै सेना उतारेनौं र हामीले यसप्रकार उतार्ने पनि गर्दैनौं ।
إِن كَانَتْ إِلَّا صَيْحَةً وَاحِدَةً فَإِذَا هُمْ خَامِدُونَ ٢٩
📖 अनुवाद
आयत 29
त्यो त मात्र एउटा प्रचण्ड चित्कार थियो । सो उनीहरू सबै एक्कासी निभिहाले ।
يَا حَسْرَةً عَلَى الْعِبَادِ ۚ مَا يَأْتِيهِم مِّن رَّسُولٍ إِلَّا كَانُوا بِهِ يَسْتَهْزِئُونَ ٣٠
📖 अनुवाद
आयत 30
अफसोच छ (यस्ता) सेवकहरूमाथि ! कि जो रसूल पनि उनीहरूको पासमा आयो, उनीहरूले उसको उपहास गरे ।
أَلَمْ يَرَوْا كَمْ أَهْلَكْنَا قَبْلَهُم مِّنَ الْقُرُونِ أَنَّهُمْ إِلَيْهِمْ لَا يَرْجِعُونَ ٣١
📖 अनुवाद
आयत 31
के उनीहरूले देखेनन् कि उनीहरूभन्दा पहिला कति नस्लहरूलाई हामीले नष्ट गर्यौं, अब तिनीहरू उनीतिर फर्केर आउनेछैनन् ।
وَإِن كُلٌّ لَّمَّا جَمِيعٌ لَّدَيْنَا مُحْضَرُونَ ٣٢
📖 अनुवाद
आयत 32
जति पनि समूह छन् सबै हाम्रै, सम्मुख उपस्थित गराइनेछन् ।
وَآيَةٌ لَّهُمُ الْأَرْضُ الْمَيْتَةُ أَحْيَيْنَاهَا وَأَخْرَجْنَا مِنْهَا حَبًّا فَمِنْهُ يَأْكُلُونَ ٣٣
📖 अनुवाद
आयत 33
र एउटा निशानी उनीहरूको लागि सुख्खाभूमि हो । हामीले त्यसलाई जीवित पार्यौं र त्यसबाट अन्न उब्जायौं, जसबाट यिनीहरू खान्छन् ।
وَجَعَلْنَا فِيهَا جَنَّاتٍ مِّن نَّخِيلٍ وَأَعْنَابٍ وَفَجَّرْنَا فِيهَا مِنَ الْعُيُونِ ٣٤
📖 अनुवाद
आयत 34
र हामीले त्यसमा खजूर र अँगूरहरूको बगैंचाहरू पैदा गर्यौं र त्यसमा हामीले झरना जारी गरिदिएका छौं ।
لِيَأْكُلُوا مِن ثَمَرِهِ وَمَا عَمِلَتْهُ أَيْدِيهِمْ ۖ أَفَلَا يَشْكُرُونَ ٣٥
📖 अनुवाद
आयत 35
ताकि मानिसहरूले त्यसका फल खाउन् र उनका हातहरूले त्यसलाई बनाएको होइन अनि फेरि किन उनीहरूले आभार प्रकट गर्दैनन्
سُبْحَانَ الَّذِي خَلَقَ الْأَزْوَاجَ كُلَّهَا مِمَّا تُنبِتُ الْأَرْضُ وَمِنْ أَنفُسِهِمْ وَمِمَّا لَا يَعْلَمُونَ ٣٦
📖 अनुवाद
आयत 36
अति पवित्र छ अल्लाह जसले सबैको जोडी सृष्टि गर्यो, चाहे त्यो माटोमा उमारिएका कुराहरू होउन्, र स्वयम् तिनीहरूका (अस्तित्वका) चिन्हहरू होउन् चाहे ती वस्तुहरू होउन् जसबारे तिनीहरू जान्दैनन् ।
وَآيَةٌ لَّهُمُ اللَّيْلُ نَسْلَخُ مِنْهُ النَّهَارَ فَإِذَا هُم مُّظْلِمُونَ ٣٧
📖 अनुवाद
आयत 37
र उनीहरूको लागि एउटा निशानी रात हो । जसबाट हामीले दिनलाई तानिहाल्छौं, अनि त्यसबेला उनीहरू एक्कासी अँध्यारोमा पर्न जान्छन् ।
وَالشَّمْسُ تَجْرِي لِمُسْتَقَرٍّ لَّهَا ۚ ذَٰلِكَ تَقْدِيرُ الْعَزِيزِ الْعَلِيمِ ٣٨
📖 अनुवाद
आयत 38
र सूर्य आफ्नो निर्धारित मार्गमा हिँडिराख्छ । यो निर्धारित गरिएको हो, अधिपत्यशाली, सर्वज्ञानी अल्लाहको तर्फबाट ।
وَالْقَمَرَ قَدَّرْنَاهُ مَنَازِلَ حَتَّىٰ عَادَ كَالْعُرْجُونِ الْقَدِيمِ ٣٩
📖 अनुवाद
आयत 39
र चन्द्रको हामीले ठाउँहरू निर्धारित गरेका छौं, यहाँसम्म कि फर्केर (घट्दा–घट्दै) पूरानो हाँगाको जस्तै भइहाल्छ ।
لَا الشَّمْسُ يَنبَغِي لَهَا أَن تُدْرِكَ الْقَمَرَ وَلَا اللَّيْلُ سَابِقُ النَّهَارِ ۚ وَكُلٌّ فِي فَلَكٍ يَسْبَحُونَ ٤٠
📖 अनुवाद
आयत 40
न सूर्यबाट नै यो हुनसक्छ कि उसले चाँदलाई गएर समातिहालोस् र न रात नै दिनभन्दा पहिला आउन सक्छ । र सबै आफ्ना परिधिमा आकाशमा घुमिराखेका छन् ।
وَآيَةٌ لَّهُمْ أَنَّا حَمَلْنَا ذُرِّيَّتَهُمْ فِي الْفُلْكِ الْمَشْحُونِ ٤١
📖 अनुवाद
आयत 41
र एउटा निशानी उनीहरूको लागि यो छ कि हामीले उनीहरूका संततिलाई भरिएको डुङ्गामा सवार गर्यौं ।
وَخَلَقْنَا لَهُم مِّن مِّثْلِهِ مَا يَرْكَبُونَ ٤٢
📖 अनुवाद
आयत 42
र उनीहरूको निम्ति उसैको सदृश्य अरु पनि यस्ता कुराहरू सृष्टि गर्यौं, जसमाथि उनीहरू सवार हुन्छन् ।
وَإِن نَّشَأْ نُغْرِقْهُمْ فَلَا صَرِيخَ لَهُمْ وَلَا هُمْ يُنقَذُونَ ٤٣
📖 अनुवाद
आयत 43
र यदि हामीले चाहेको भए उनीहरूलाई डुबाई दिन्थ्यौं, अनि नत उनीहरूको कोही याचना सुन्नेवाला हुनेछ र न उनलाई बचाइन्थ्यो ।
إِلَّا رَحْمَةً مِّنَّا وَمَتَاعًا إِلَىٰ حِينٍ ٤٤
📖 अनुवाद
आयत 44
तर हामी आफ्नो तर्फबाट दया गर्दछौं र एक निश्चित समयसम्म तिनीहरूलाई फाइदा दिइरहन्छौं ।
وَإِذَا قِيلَ لَهُمُ اتَّقُوا مَا بَيْنَ أَيْدِيكُمْ وَمَا خَلْفَكُمْ لَعَلَّكُمْ تُرْحَمُونَ ٤٥
📖 अनुवाद
आयत 45
र जब उनीहरूसित भनिन्छ कि पहिलाका र पछि हुने पापहरूबाट बाँच, ताकि तिमीमाथि दया गरियोस् ।
وَمَا تَأْتِيهِم مِّنْ آيَةٍ مِّنْ آيَاتِ رَبِّهِمْ إِلَّا كَانُوا عَنْهَا مُعْرِضِينَ ٤٦
📖 अनुवाद
आयत 46
र उनीहरूको पासमा उनीहरूको पालनकर्ताका निशानीहरूमध्ये कुनै पनि निशानी यस्तो आएन जसबाट उनीहरू बेवास्ता नगरे ।
وَإِذَا قِيلَ لَهُمْ أَنفِقُوا مِمَّا رَزَقَكُمُ اللَّهُ قَالَ الَّذِينَ كَفَرُوا لِلَّذِينَ آمَنُوا أَنُطْعِمُ مَن لَّوْ يَشَاءُ اللَّهُ أَطْعَمَهُ إِنْ أَنتُمْ إِلَّا فِي ضَلَالٍ مُّبِينٍ ٤٧
📖 अनुवाद
आयत 47
र जब उनीसित भनिन्छ कि, ‘‘जुन जीविका तिमीलाई अल्लाहले दिएकोछ, त्यसमध्येबाट केही (दान) खर्च गर ।’’ त यी काफिरहरू मोमिनहरूसित भन्दछन्ः कि ‘‘हामीले ती मानिसहरूलाई किन खुवाउने, जसलाई यदि अल्लाहले चाहेको भए स्वयम् खुवाइदिन्थ्यो ? तिमी त स्पष्ट भूलमा छौ ।’’
وَيَقُولُونَ مَتَىٰ هَٰذَا الْوَعْدُ إِن كُنتُمْ صَادِقِينَ ٤٨
📖 अनुवाद
आयत 48
तिनीहरू भन्दछन्ः ‘‘कि यदि तिमी साँचो हौ भने बताऊ त्यो वचन कहिले पूरा हुनेछ ?’’
مَا يَنظُرُونَ إِلَّا صَيْحَةً وَاحِدَةً تَأْخُذُهُمْ وَهُمْ يَخِصِّمُونَ ٤٩
📖 अनुवाद
आयत 49
यिनीहरूले त एउटा ठूलो चित्कारको प्रतीक्षामा छन्, जसले उनीहरूलाई (त्यस अवस्थामा) आई समात्नेछ जब कि यिनीहरू एकआपसमा झगडा गरिराखेका हुनेछन् ।
فَلَا يَسْتَطِيعُونَ تَوْصِيَةً وَلَا إِلَىٰ أَهْلِهِمْ يَرْجِعُونَ ٥٠
📖 अनुवाद
आयत 50
फेरि त्यस बेला यिनीहरूले नत इच्छापत्र गर्न सक्नेछन् र नत आफ्ना घरवालाहरूतिर फर्कन सक्नेछन् ।
وَنُفِخَ فِي الصُّورِ فَإِذَا هُم مِّنَ الْأَجْدَاثِ إِلَىٰ رَبِّهِمْ يَنسِلُونَ ٥١
📖 अनुवाद
आयत 51
र सूर (सिंगा) फूँकिने बित्तिकै यिनीहरू सबै आफ्ना चिहानहरूबाट (निस्केर) आफ्नो पालनकर्तातिर दगुर्नेछन् ।
قَالُوا يَا وَيْلَنَا مَن بَعَثَنَا مِن مَّرْقَدِنَا ۜ ۗ هَٰذَا مَا وَعَدَ الرَّحْمَٰنُ وَصَدَقَ الْمُرْسَلُونَ ٥٢
📖 अनुवाद
आयत 52
भन्नेछन्ः ‘‘हाय–हाय कसले हामीलाई निद्राबाट जगाइदियो ? यही हो जसको रहमानले वचन दिएको थियो । र रसूलहरूले साँचो कुरा भनेका थिए’’ ।
إِن كَانَتْ إِلَّا صَيْحَةً وَاحِدَةً فَإِذَا هُمْ جَمِيعٌ لَّدَيْنَا مُحْضَرُونَ ٥٣
📖 अनुवाद
आयत 53
अनि एउटा ठूलो चित्कार हुनेछ । त उनीहरू सबै एक्कासी हाम्रो सामु उपस्थित गराइहालिने छन् ।
فَالْيَوْمَ لَا تُظْلَمُ نَفْسٌ شَيْئًا وَلَا تُجْزَوْنَ إِلَّا مَا كُنتُمْ تَعْمَلُونَ ٥٤
📖 अनुवाद
आयत 54
यस दिन कुनै व्यक्तिमाथि कुनै पनि अन्याय हुनेछैन र तिमीलाई प्रतिफलको रूपमा त्यही प्राप्त हुनेछ जुन तिमीले गर्दै आइरहेका थियौ ।
إِنَّ أَصْحَابَ الْجَنَّةِ الْيَوْمَ فِي شُغُلٍ فَاكِهُونَ ٥٥
📖 अनुवाद
आयत 55
स्वर्गवालाहरू आजको दिन कुनै नकुनै काममा व्यस्त भई आनन्द लिइराख्नेछन् ।
هُمْ وَأَزْوَاجُهُمْ فِي ظِلَالٍ عَلَى الْأَرَائِكِ مُتَّكِئُونَ ٥٦
📖 अनुवाद
आयत 56
उनीहरू र उनका पत्नीहरू पनि छाँयामा पलंगहरूमा तकिया लगाएर बसेका हुनेछन् ।
لَهُمْ فِيهَا فَاكِهَةٌ وَلَهُم مَّا يَدَّعُونَ ٥٧
📖 अनुवाद
आयत 57
त्यहाँ उनीहरूको निम्ति हरप्रकारका फलहरू हुनेछन् । र उनीहरू जे चाहन्छन् उपलब्ध हुनेछ ।
سَلَامٌ قَوْلًا مِّن رَّبٍّ رَّحِيمٍ ٥٨
📖 अनुवाद
आयत 58
दयावान् पालनकर्ताको तर्फबाट उनीहरूमाथि सलाम भनिनेछ ।
وَامْتَازُوا الْيَوْمَ أَيُّهَا الْمُجْرِمُونَ ٥٩
📖 अनुवाद
आयत 59
र हे अपराधीहरूः आज तिमी अलग भइहाल ।
۞ أَلَمْ أَعْهَدْ إِلَيْكُمْ يَا بَنِي آدَمَ أَن لَّا تَعْبُدُوا الشَّيْطَانَ ۖ إِنَّهُ لَكُمْ عَدُوٌّ مُّبِينٌ ٦٠
📖 अनुवाद
आयत 60
हे आदमका सन्तति! के हामीले तिमीसित वचन लिएका थिएनौं ? कि तिमी शैतानको पूजा नगर्नु । निश्चय नै त्यो तिम्रो स्पष्ट शत्रु हो ।
وَأَنِ اعْبُدُونِي ۚ هَٰذَا صِرَاطٌ مُّسْتَقِيمٌ ٦١
📖 अनुवाद
आयत 61
र मेरो नै उपासना गर्नु, यही नै सोझो बाटो हो ।
وَلَقَدْ أَضَلَّ مِنكُمْ جِبِلًّا كَثِيرًا ۖ أَفَلَمْ تَكُونُوا تَعْقِلُونَ ٦٢
📖 अनुवाद
आयत 62
र शैतानले त तिमीहरूमध्ये धेरै प्राणीलाई पथभ्रष्ट गरिदियो के तिमीसँग बुद्धि थिएन
هَٰذِهِ جَهَنَّمُ الَّتِي كُنتُمْ تُوعَدُونَ ٦٣
📖 अनुवाद
आयत 63
यो त्यही नर्क हो जसको तिमीलाई वचन दिइएको थियो ।
اصْلَوْهَا الْيَوْمَ بِمَا كُنتُمْ تَكْفُرُونَ ٦٤
📖 अनुवाद
आयत 64
(तसर्थ) ‘‘तिमीले गरेको कुफ्रको बदला प्राप्त गर्न आज यसमा (नर्कमा) प्रवेश गरिहाल ।’’
الْيَوْمَ نَخْتِمُ عَلَىٰ أَفْوَاهِهِمْ وَتُكَلِّمُنَا أَيْدِيهِمْ وَتَشْهَدُ أَرْجُلُهُم بِمَا كَانُوا يَكْسِبُونَ ٦٥
📖 अनुवाद
आयत 65
आज हामीले उनका मुखहरूमा छाप लगाइदिनेछौं र जेजति यिनीहरूले गर्दै आएका थिए, उनीहरूका हातले हामीसित वर्णन गर्नेछन्, र उनका खुट्टाहरू साक्षी बन्नेछन् ।
وَلَوْ نَشَاءُ لَطَمَسْنَا عَلَىٰ أَعْيُنِهِمْ فَاسْتَبَقُوا الصِّرَاطَ فَأَنَّىٰ يُبْصِرُونَ ٦٦
📖 अनुवाद
आयत 66
यदि हामीले चाहेको भए उनका आँखाहरू नष्ट (गरेर अन्धा) गरिदिने थियौं । फेरि उनीहरू बाटोतिर दौडिरहन्थे तर उनीहरूले कसरी देख्न सक्दथे
وَلَوْ نَشَاءُ لَمَسَخْنَاهُمْ عَلَىٰ مَكَانَتِهِمْ فَمَا اسْتَطَاعُوا مُضِيًّا وَلَا يَرْجِعُونَ ٦٧
📖 अनुवाद
आयत 67
र यदि हामीले चाहेको भए उनीहरूको ठाउँमै उनीहरूको रूप बिगार्न सक्थ्यौं, अनि त्यहाँबाट उनीहरू न अगाडि जान सक्छन् न पछाडि फर्कन सक्नेछन् ।
وَمَن نُّعَمِّرْهُ نُنَكِّسْهُ فِي الْخَلْقِ ۖ أَفَلَا يَعْقِلُونَ ٦٨
📖 अनुवाद
आयत 68
र जसलाई हामीले दीर्घायु दिन्छौं, उसलाई उसको जन्मको अवस्थामा फर्काइदिन्छौं । के तिनीहरूले तैपनि बुझ्दैनन्
وَمَا عَلَّمْنَاهُ الشِّعْرَ وَمَا يَنبَغِي لَهُ ۚ إِنْ هُوَ إِلَّا ذِكْرٌ وَقُرْآنٌ مُّبِينٌ ٦٩
📖 अनुवाद
आयत 69
न हामीले यस नबीलाई कविता सिकाएका छौं र न यो उसको लागि सुहाउँछ । यो त मात्र नसीहत (उपदेश) र स्पष्ट कुरआन हो ।
لِّيُنذِرَ مَن كَانَ حَيًّا وَيَحِقَّ الْقَوْلُ عَلَى الْكَافِرِينَ ٧٠
📖 अनुवाद
आयत 70
ताकि उसले त्यस्ता सबैलाई सचेत गरिदेओस् जो जीवित छन् । र काफिरहरूमाथि दुष्कर्म प्रमाणित भइजाओस् ।
أَوَلَمْ يَرَوْا أَنَّا خَلَقْنَا لَهُم مِّمَّا عَمِلَتْ أَيْدِينَا أَنْعَامًا فَهُمْ لَهَا مَالِكُونَ ٧١
📖 अनुवाद
आयत 71
के उनीहरूले देखदैनन् ? कि हामीले उनीहरूको निम्ति आफ्नो हातबाट बनाइएका कुराहरूमध्ये चौपाया बनायौं र जसको अब उनीहरू स्वामी भएका छन् ।
وَذَلَّلْنَاهَا لَهُمْ فَمِنْهَا رَكُوبُهُمْ وَمِنْهَا يَأْكُلُونَ ٧٢
📖 अनुवाद
आयत 72
र ती पशुहरूलाई हामीले उनीहरूको आज्ञापालक बनाइदियौं, जसमध्ये केही त उनीहरूको लागि सवारीको रूपमा छन् र तिनीहरूमध्ये केहीका मासु उनीहरूले खान्छन् ।
وَلَهُمْ فِيهَا مَنَافِعُ وَمَشَارِبُ ۖ أَفَلَا يَشْكُرُونَ ٧٣
📖 अनुवाद
आयत 73
र उनीहरूको निम्ति तिनीहरूमा अरु कैयन् लाभ छन् र पेय पदार्थ पनि । त के तिनीहरूले कृतज्ञता प्रकट गर्दैनन्
وَاتَّخَذُوا مِن دُونِ اللَّهِ آلِهَةً لَّعَلَّهُمْ يُنصَرُونَ ٧٤
📖 अनुवाद
आयत 74
र उनीहरूले अल्लाहलाई छाडि अरुलाई पूज्य बनाउँछन् ताकि त्यसबाट उनीहरूलाई मद्दत पुगोस् ।
لَا يَسْتَطِيعُونَ نَصْرَهُمْ وَهُمْ لَهُمْ جُندٌ مُّحْضَرُونَ ٧٥
📖 अनुवाद
आयत 75
यद्यपि तिनीहरूले उनीहरूको मद्दतको क्षमता राख्दैनन्, तापनि मुश्रिकहरू उनीहरूको (बहुदेबवादीको) फौजको रूपमा उपस्थित छन् ।
فَلَا يَحْزُنكَ قَوْلُهُمْ ۘ إِنَّا نَعْلَمُ مَا يُسِرُّونَ وَمَا يُعْلِنُونَ ٧٦
📖 अनुवाद
आयत 76
अतः उनीहरूको कुराले तपाईंलाई शोकाकूल नगरुन् । यिनीहरूले जेजति लुकाउँछन् र जेजति प्रकट गर्दछन्, हामीलाई राम्रोसँग प्रत्यक्ष, परोक्ष सबै थाहा छ ।
أَوَلَمْ يَرَ الْإِنسَانُ أَنَّا خَلَقْنَاهُ مِن نُّطْفَةٍ فَإِذَا هُوَ خَصِيمٌ مُّبِينٌ ٧٧
📖 अनुवाद
आयत 77
के मानिसलाई यति पनि ज्ञान छैन कि हामीले उसलाई पानीको थोपाबाट सृष्टि गर्यौं ? अनि त्यो प्रत्यक्ष झगडालु बनिहाल्यो ।
وَضَرَبَ لَنَا مَثَلًا وَنَسِيَ خَلْقَهُ ۖ قَالَ مَن يُحْيِي الْعِظَامَ وَهِيَ رَمِيمٌ ٧٨
📖 अनुवाद
आयत 78
र उसले हाम्रो बारेमा तुलना गर्नथाल्यो र आफ्नो पैदाइश (सृष्टि) लाई बिर्सिहाल्यो । भन्नथाल्यो किः (जब) ‘‘हाडहरू सडिगलि सक्नेछन् तब यिनलाई कसले जीवित गरिसक्नेछ ?’’
قُلْ يُحْيِيهَا الَّذِي أَنشَأَهَا أَوَّلَ مَرَّةٍ ۖ وَهُوَ بِكُلِّ خَلْقٍ عَلِيمٌ ٧٩
📖 अनुवाद
आयत 79
तपाईं जवाफ दिनुस् किः ‘‘उनीहरूलाई उसले जीवित पार्नेछ, जसले उनीहरूलाई पहिलो पटक सृष्टि गरेको छ, जो प्रत्येक सृष्टिलाई राम्ररी जान्दछ ।
الَّذِي جَعَلَ لَكُم مِّنَ الشَّجَرِ الْأَخْضَرِ نَارًا فَإِذَا أَنتُم مِّنْهُ تُوقِدُونَ ٨٠
📖 अनुवाद
आयत 80
उही हो जसले तिम्रो निम्ति हरियो वृक्षबाट आगो पैदा गरिदियो । त तिमीले त्यसद्वारा आगो सल्काउँछौ ।’’
أَوَلَيْسَ الَّذِي خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ بِقَادِرٍ عَلَىٰ أَن يَخْلُقَ مِثْلَهُم ۚ بَلَىٰ وَهُوَ الْخَلَّاقُ الْعَلِيمُ ٨١
📖 अनुवाद
आयत 81
जसले आकाशहरू र जमिनलाई सृष्टि गरेको छ, उसलाई सामथ्र्य छैन कि उनीहरू जस्तै फेरि सृष्टि गरिदेओस् ? किन होइन, जब कि त्यो महान् स्रष्टा अत्यन्त ज्ञानवान छ ।
إِنَّمَا أَمْرُهُ إِذَا أَرَادَ شَيْئًا أَن يَقُولَ لَهُ كُن فَيَكُونُ ٨٢
📖 अनुवाद
आयत 82
उसको गरिमा यो हो कि जब उसले कुनै कुराको (सृष्टि गर्ने) इच्छा गर्दछ तब उसले यति भन्नु पर्याप्त हुन्छ कि, ‘‘भइहाल’’ ! अनि त्यो भइहाल्छ ।
فَسُبْحَانَ الَّذِي بِيَدِهِ مَلَكُوتُ كُلِّ شَيْءٍ وَإِلَيْهِ تُرْجَعُونَ ٨٣
📖 अनुवाद
आयत 83
अतः पवित्र छ त्यो अल्लाह, जसको हातमा प्रत्येक कुराको पूरा अधिकार छ । र उसैतिर तिमी फर्केर आउनेछौ ।
पढ्नुहोस् सूरा यासीन नेपाली – अनुवाद, उच्चारण र अडियो
पवित्र कुरान
Tuesday, August 18, 2026
Don't forget us in your sincere prayers

