सूरा अल-फतह अरबी र नेपाली
सूरा अल-फतह पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (29 आयत — مدنية). अल-फतह सुन्नुहोस्, अल-फतह अनुवाद, अल-फतह mp3, अल-फतह pdf.सूरा अल-फतह पढ्नुहोस् र सुन्नुहोस्
🎧 आयत
M
Mishary Rashid Alafasy
✓
Mishary Rashid Alafasy
✓
M
Mahmoud Khalil Al-Husary
✓
Mahmoud Khalil Al-Husary
✓
A
Abdurrahman As-Sudais
✓
Abdurrahman As-Sudais
✓
M
Mohamed Siddiq Al-Minshawi
✓
Mohamed Siddiq Al-Minshawi
✓
A
Abdul Basit Abdul Samad
✓
Abdul Basit Abdul Samad
✓
A
Ali Al-Hudhaify
✓
Ali Al-Hudhaify
✓
A
Ahmed ibn Ali al-Ajamy
✓
Ahmed ibn Ali al-Ajamy
✓
A
Abu Bakr Ash-Shaatree
✓
Abu Bakr Ash-Shaatree
✓
M
Muhammad Ayyoub
✓
Muhammad Ayyoub
✓
A
Abdullah Basfar
✓
Abdullah Basfar
✓
A
Abdullah Al-Juhani
✓
Abdullah Al-Juhani
✓
M
Maher Al Muaiqly
✓
Maher Al Muaiqly
✓
—
x1
إِنَّا فَتَحْنَا لَكَ فَتْحًا مُّبِينًا ١
📖 अनुवाद
आयत 1
(हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) निःसन्देह हामीले तपाईलाई एउटा स्पष्ट विजय प्रदान गरेका छौं ।
لِّيَغْفِرَ لَكَ اللَّهُ مَا تَقَدَّمَ مِن ذَنبِكَ وَمَا تَأَخَّرَ وَيُتِمَّ نِعْمَتَهُ عَلَيْكَ وَيَهْدِيَكَ صِرَاطًا مُّسْتَقِيمًا ٢
📖 अनुवाद
आयत 2
ताकि अल्लाहले तपाईका अघिल्ला र पछिल्ला गलतीहरू क्षमा गरिदेओस् र तपाईमाथि आफ्नो अनुकम्पा पूर्ण गरिदेओस्, र तपाईलाई सोझो मार्गमा हिंडाओस् ।
هُوَ الَّذِي أَنزَلَ السَّكِينَةَ فِي قُلُوبِ الْمُؤْمِنِينَ لِيَزْدَادُوا إِيمَانًا مَّعَ إِيمَانِهِمْ ۗ وَلِلَّهِ جُنُودُ السَّمَاوَاتِ وَالْأَرْضِ ۚ وَكَانَ اللَّهُ عَلِيمًا حَكِيمًا ٤
📖 अनुवाद
आयत 4
उही हो जसले ईमानवालाहरूको हृदयमा संतोष र शान्ति प्रदान गर्यो ताकि आफ्नो ईमानको साथै उनीहरूले अरु ईमानको अभिवृद्धि गरुन, र आकाशहरू र धरतीका सबै फौज अल्लाहकै हो र अल्लाह सर्वज्ञ, तत्वदर्शी छ ।
لِّيُدْخِلَ الْمُؤْمِنِينَ وَالْمُؤْمِنَاتِ جَنَّاتٍ تَجْرِي مِن تَحْتِهَا الْأَنْهَارُ خَالِدِينَ فِيهَا وَيُكَفِّرَ عَنْهُمْ سَيِّئَاتِهِمْ ۚ وَكَانَ ذَٰلِكَ عِندَ اللَّهِ فَوْزًا عَظِيمًا ٥
📖 अनुवाद
आयत 5
ताकि उसले मोमिन पुरुषहरू र मोमिन स्त्रीहरूलाई यस्ता बागहरूमा प्रवेश गराओस् जसमुनि नहरहरू बगिराखेका छन् । जहाँ उनीहरू सधैं रहनेछन् र उनीहरूबाट उनका पापहरू हटाइदेओस्, र यो अल्लाहकहाँ ठूलो सफलता हो ।
وَيُعَذِّبَ الْمُنَافِقِينَ وَالْمُنَافِقَاتِ وَالْمُشْرِكِينَ وَالْمُشْرِكَاتِ الظَّانِّينَ بِاللَّهِ ظَنَّ السَّوْءِ ۚ عَلَيْهِمْ دَائِرَةُ السَّوْءِ ۖ وَغَضِبَ اللَّهُ عَلَيْهِمْ وَلَعَنَهُمْ وَأَعَدَّ لَهُمْ جَهَنَّمَ ۖ وَسَاءَتْ مَصِيرًا ٦
📖 अनुवाद
आयत 6
र ताकि कप्टाचारी पुरुषहरू र कप्टाचारी स्त्रीहरू र मुश्रिक पुरुषहरू र मुश्रिक (बहुदेववादी) स्त्रीहरूलाई सजाय देओस् जसले अल्लाहको बारेमा गलत धारणा राख्दछन् । उनीमाथि नराम्रो घेरा छ । अल्लाह उनीसँग रिसायो र उनलाई तिरस्कृत गर्यो र उनीहरूको निम्ति दोजख (नर्क) तयार गर्यो र त्यो बहुतै नराम्रो ठाउँ हो ।
وَلِلَّهِ جُنُودُ السَّمَاوَاتِ وَالْأَرْضِ ۚ وَكَانَ اللَّهُ عَزِيزًا حَكِيمًا ٧
📖 अनुवाद
आयत 7
र आकाशहरू र धरतीका सम्पूर्ण लावालस्करहरू अल्लाहकै लागि हुन् र अल्लाह अधिपत्यशाली, अत्यन्त तत्वदर्शी छ ।
إِنَّا أَرْسَلْنَاكَ شَاهِدًا وَمُبَشِّرًا وَنَذِيرًا ٨
📖 अनुवाद
आयत 8
र हामीले (हे मुहम्मद !) निःसन्देह तपाईलाई गवाही दिनेवाला र शुभसूचना दिनेवाला र सचेतकर्ता बनाएर पठाएका छौं ।
لِّتُؤْمِنُوا بِاللَّهِ وَرَسُولِهِ وَتُعَزِّرُوهُ وَتُوَقِّرُوهُ وَتُسَبِّحُوهُ بُكْرَةً وَأَصِيلًا ٩
📖 अनुवाद
आयत 9
ताकि (मुसलमानहरू !) तिमीहरूले अल्लाहमाथि र उसको रसूलमाथि ईमान ल्याऊ, उसको मद्दत गर, र उसको आदर गर र अल्लाहको पवित्रताको गुणगान गर, बिहान र बेलुका ।
إِنَّ الَّذِينَ يُبَايِعُونَكَ إِنَّمَا يُبَايِعُونَ اللَّهَ يَدُ اللَّهِ فَوْقَ أَيْدِيهِمْ ۚ فَمَن نَّكَثَ فَإِنَّمَا يَنكُثُ عَلَىٰ نَفْسِهِ ۖ وَمَنْ أَوْفَىٰ بِمَا عَاهَدَ عَلَيْهُ اللَّهَ فَسَيُؤْتِيهِ أَجْرًا عَظِيمًا ١٠
📖 अनुवाद
आयत 10
जो–जो तपाईसित ‘बैअत’ (आज्ञापालनको प्रतिज्ञा) गर्दछन् उनीहरू निःसन्देह अल्लाहसित ‘बैअत’ गर्दछन् । अल्लाहको हात उनीहरूको हातमाथि छ । अनि जसले वचन भङ्ग गर्यो त वचन भङ्गको नोक्सानी उसैलाई नै छ र जसले त्यस प्रतिज्ञालाई पूरा गर्यो, जुन उसले अल्लाहसित गरेको छ त उसलाई अल्लाहले शीघ्र ठूलो प्रतिफल प्रदान गर्नेछ ।
سَيَقُولُ لَكَ الْمُخَلَّفُونَ مِنَ الْأَعْرَابِ شَغَلَتْنَا أَمْوَالُنَا وَأَهْلُونَا فَاسْتَغْفِرْ لَنَا ۚ يَقُولُونَ بِأَلْسِنَتِهِم مَّا لَيْسَ فِي قُلُوبِهِمْ ۚ قُلْ فَمَن يَمْلِكُ لَكُم مِّنَ اللَّهِ شَيْئًا إِنْ أَرَادَ بِكُمْ ضَرًّا أَوْ أَرَادَ بِكُمْ نَفْعًا ۚ بَلْ كَانَ اللَّهُ بِمَا تَعْمَلُونَ خَبِيرًا ١١
📖 अनुवाद
आयत 11
(देहाती) गाउँलेहरूमध्ये जो पछि परिसकेका थिए उनीहरू अब तपाईसित भन्नेछनः कि ‘‘हाम्रा धन सम्पत्ति र हाम्रा बालबच्चामा हामी व्यस्त थियौं, तसर्थ तपाईले हाम्रो निम्ति क्षमाको प्रार्थना गरिदिनुहोस् !’’ उनीहरू आफ्नो जिब्रोले ती कुराहरू भन्दछन् जुन उनका हृदयमा छैनन् । भनिदिनुस् कि यदि अल्लाहले तिमीलाई नोक्सानी पुर्योउन चाहन्छ वा तिमीलाई फाइदा पुर्योउने इच्छा राख्दछ भने कसले उसको सामु तिम्रो निम्ति कुनै कुराको कुनै अख्तियारी राख्दछ ? (कोही छैन), बरु जे जति तिमीले गर्दछौ अल्लाहले त्यसलाई जान्दछ ।
بَلْ ظَنَنتُمْ أَن لَّن يَنقَلِبَ الرَّسُولُ وَالْمُؤْمِنُونَ إِلَىٰ أَهْلِيهِمْ أَبَدًا وَزُيِّنَ ذَٰلِكَ فِي قُلُوبِكُمْ وَظَنَنتُمْ ظَنَّ السَّوْءِ وَكُنتُمْ قَوْمًا بُورًا ١٢
📖 अनुवाद
आयत 12
कुरो यो छ कि तिमीहरूले यो ठान्थ्यौ कि पैगम्बर र मोमिनहरूले आफ्नो वतनमा कहिल्यै फर्किआउने छैनन् र यही कुरा तिम्रो हृदयलाई राम्रो प्रतीत भयो र तिमीले गलत अनुमान गर्यौ । वास्तवमा तिमीहरू सखाप हुनेवालाहरू हौ ।
وَمَن لَّمْ يُؤْمِن بِاللَّهِ وَرَسُولِهِ فَإِنَّا أَعْتَدْنَا لِلْكَافِرِينَ سَعِيرًا ١٣
📖 अनुवाद
आयत 13
र जसले अल्लाहमाथि र उसको रसूलमाथि ईमान ल्याउँदैन, त हामीले पनि यस्ता काफिरहरूको निम्ति आगो तयार गरिराखेका छौं ।
وَلِلَّهِ مُلْكُ السَّمَاوَاتِ وَالْأَرْضِ ۚ يَغْفِرُ لِمَن يَشَاءُ وَيُعَذِّبُ مَن يَشَاءُ ۚ وَكَانَ اللَّهُ غَفُورًا رَّحِيمًا ١٤
📖 अनुवाद
आयत 14
र आकाशहरू र धरतीको सत्ता अल्लाहकै हो । जसलाई चाहन्छ माफी दिन्छ र जसलाई चाहन्छ दण्ड दिन्छ र अल्लाह बडो क्षमाशील अत्यन्त दयावान छ ।
سَيَقُولُ الْمُخَلَّفُونَ إِذَا انطَلَقْتُمْ إِلَىٰ مَغَانِمَ لِتَأْخُذُوهَا ذَرُونَا نَتَّبِعْكُمْ ۖ يُرِيدُونَ أَن يُبَدِّلُوا كَلَامَ اللَّهِ ۚ قُل لَّن تَتَّبِعُونَا كَذَٰلِكُمْ قَالَ اللَّهُ مِن قَبْلُ ۖ فَسَيَقُولُونَ بَلْ تَحْسُدُونَنَا ۚ بَلْ كَانُوا لَا يَفْقَهُونَ إِلَّا قَلِيلًا ١٥
📖 अनुवाद
आयत 15
जब तिमी धर्मयुद्धमा प्राप्तहुने माललाई प्राप्त गर्नको निम्ति उनीहरूतिर हिंड्नेछौ त यी पछि पर्नेहरूले तत्काल भन्नेछन् कि ‘‘हामीलाई पनि आफ्नो साथ जान अनुमति दिनुस्’’ उनीहरूले चाहन्छन् कि अल्लाहको कथनलाई परिवर्तित गरिदिउन् । भनिदिनुस् कि तिमी कहिल्यै पनि हाम्रो साथमा हिंड्न सक्दैनौ । अल्लाहले अघिनै यस्तो भनिदिएको छ । अनि भन्नेछन् (होइन) तिमी त हामीसित ईष्र्या गर्दछौं । कुरो यो छ कि तिनीहरूले बहुतै कम बुझ्छन् ।
قُل لِّلْمُخَلَّفِينَ مِنَ الْأَعْرَابِ سَتُدْعَوْنَ إِلَىٰ قَوْمٍ أُولِي بَأْسٍ شَدِيدٍ تُقَاتِلُونَهُمْ أَوْ يُسْلِمُونَ ۖ فَإِن تُطِيعُوا يُؤْتِكُمُ اللَّهُ أَجْرًا حَسَنًا ۖ وَإِن تَتَوَلَّوْا كَمَا تَوَلَّيْتُم مِّن قَبْلُ يُعَذِّبْكُمْ عَذَابًا أَلِيمًا ١٦
📖 अनुवाद
आयत 16
तपाईले पछाडि छोडिएका बद्दूहरूसित भनिदिनुस् कि तिमीहरू शीघ्र नै एउटा बडो लडाकू कौम(समुदाय) सित युद्धको निम्ति बोलाइनेछौ । उनीहरूसित तिमी युद्ध गरिरहने छौ वा उनीहरूले इस्लाम स्वीकार गरिहाल्नेछन्, र यदि तिमीले आदेशपालन गर्दछौ भने अल्लाहले तिमीलाई राम्रो प्रतिफल प्रदान गर्नेछ र यदि मुख फर्काउँछौ जस्तो कि यसभन्दा पहिला तिमी मुख फर्काएका थियौ त उसले तिमीलाई कष्टदायक यातना दिनेछ ।
لَّيْسَ عَلَى الْأَعْمَىٰ حَرَجٌ وَلَا عَلَى الْأَعْرَجِ حَرَجٌ وَلَا عَلَى الْمَرِيضِ حَرَجٌ ۗ وَمَن يُطِعِ اللَّهَ وَرَسُولَهُ يُدْخِلْهُ جَنَّاتٍ تَجْرِي مِن تَحْتِهَا الْأَنْهَارُ ۖ وَمَن يَتَوَلَّ يُعَذِّبْهُ عَذَابًا أَلِيمًا ١٧
📖 अनुवाद
आयत 17
अन्धालाई कुनै गुनाह छ न लङ्गडालाई गुनाह छ र न विरामीलाई गुनाह छ । र जुन मानिस अल्लाह र उसको पैगम्बरको आदेशको पालना गर्नेछ अल्लाहले उसलाई यस्तो स्वर्गमा प्रवेश गराउनेछ जसमुनि नहरहरू बगिराखेका छन् र जो विमुख हुन्छ उसलाई दुःखद यातना दिनेछ ।
۞ لَّقَدْ رَضِيَ اللَّهُ عَنِ الْمُؤْمِنِينَ إِذْ يُبَايِعُونَكَ تَحْتَ الشَّجَرَةِ فَعَلِمَ مَا فِي قُلُوبِهِمْ فَأَنزَلَ السَّكِينَةَ عَلَيْهِمْ وَأَثَابَهُمْ فَتْحًا قَرِيبًا ١٨
📖 अनुवाद
आयत 18
निश्चय नै अल्लाह मोमिनहरूसित प्रसन्न भयो, जब उनीहरू वृक्षमुनि तपाईसित ‘‘बैअत’’ गरिराखेका थिए । उसले त्यस कुरालाई थाहा पाइहाल्यो जुन उनीहरूका हृदयमा थिए । अतः उनीहरूलाई उसले शान्ति प्रदान गर्यो र उनीहरूलाई शीघ्र नै विजय प्रदान गरिदियो ।
وَمَغَانِمَ كَثِيرَةً يَأْخُذُونَهَا ۗ وَكَانَ اللَّهُ عَزِيزًا حَكِيمًا ١٩
📖 अनुवाद
आयत 19
र धेरै माल सामान जसलाई तिनीहरूले प्राप्त गर्नेछन्, र अल्लाह अधिपत्यशाली र तत्वदर्शी छ ।
وَعَدَكُمُ اللَّهُ مَغَانِمَ كَثِيرَةً تَأْخُذُونَهَا فَعَجَّلَ لَكُمْ هَٰذِهِ وَكَفَّ أَيْدِيَ النَّاسِ عَنكُمْ وَلِتَكُونَ آيَةً لِّلْمُؤْمِنِينَ وَيَهْدِيَكُمْ صِرَاطًا مُّسْتَقِيمًا ٢٠
📖 अनुवाद
आयत 20
अल्लाहले तिमीसँग धेरै माल सामानबारे वाचा गरेको छ जसलाई तिमी प्राप्त गर्नेछौ । अर्थात यो तिमीलाई छिटै प्रदान गरिदियो । र मान्छेहरूको हात तिम्रो लागि रोकिदिएको छ । ताकि मोमिनहरूको लागि यो एउटा निशानी भइहालोस् र उसले तिमीलाई सोझो मार्गमा चलाओस् ।
وَأُخْرَىٰ لَمْ تَقْدِرُوا عَلَيْهَا قَدْ أَحَاطَ اللَّهُ بِهَا ۚ وَكَانَ اللَّهُ عَلَىٰ كُلِّ شَيْءٍ قَدِيرًا ٢١
📖 अनुवाद
आयत 21
र तिमीलाई अरु माल सामान पनि देओस् जसमाथि अहिलेसम्म तिमीले विजय पाएका छैनौ । तर अल्लाहले तिनलाई आफ्नो संरक्षणमा राखेको छ । र अल्लाह हरेक वस्तुमाथि अधिपत्य राख्दछ ।
وَلَوْ قَاتَلَكُمُ الَّذِينَ كَفَرُوا لَوَلَّوُا الْأَدْبَارَ ثُمَّ لَا يَجِدُونَ وَلِيًّا وَلَا نَصِيرًا ٢٢
📖 अनुवाद
आयत 22
र यदि इन्कार गर्नेहरू तिमीसित युद्ध गरेको भए अवश्य नै पिठ्युँ फर्काई भाग्ने थिए । अनि उनीहरूले न कोही संरक्षक पाउनेछन् न त कोही सहायक ।
سُنَّةَ اللَّهِ الَّتِي قَدْ خَلَتْ مِن قَبْلُ ۖ وَلَن تَجِدَ لِسُنَّةِ اللَّهِ تَبْدِيلًا ٢٣
📖 अनुवाद
आयत 23
यो अल्लाहको त्यस रीति अनुकूल छ जुन पहिलेदेखि नै चलिआइरहेको छ र तिमीले अल्लाहको रीतिमा कहिल्यै कुनै परिवर्तन पाउने छैनौ ।
وَهُوَ الَّذِي كَفَّ أَيْدِيَهُمْ عَنكُمْ وَأَيْدِيَكُمْ عَنْهُم بِبَطْنِ مَكَّةَ مِن بَعْدِ أَنْ أَظْفَرَكُمْ عَلَيْهِمْ ۚ وَكَانَ اللَّهُ بِمَا تَعْمَلُونَ بَصِيرًا ٢٤
📖 अनुवाद
आयत 24
उही हो जसले खास ‘‘मक्कामा’’ काफिरहरूको हात तिमीबाट र तिम्रो हातलाई उनीबाट रोकिदियो । यसपछि कि उसले तिमीलाई उनीमाथि विजयी बनाएको थियो । र तिमी जे गरिरहेका छौ अल्लाह त्यसलाई देखिरहेको छ ।
هُمُ الَّذِينَ كَفَرُوا وَصَدُّوكُمْ عَنِ الْمَسْجِدِ الْحَرَامِ وَالْهَدْيَ مَعْكُوفًا أَن يَبْلُغَ مَحِلَّهُ ۚ وَلَوْلَا رِجَالٌ مُّؤْمِنُونَ وَنِسَاءٌ مُّؤْمِنَاتٌ لَّمْ تَعْلَمُوهُمْ أَن تَطَئُوهُمْ فَتُصِيبَكُم مِّنْهُم مَّعَرَّةٌ بِغَيْرِ عِلْمٍ ۖ لِّيُدْخِلَ اللَّهُ فِي رَحْمَتِهِ مَن يَشَاءُ ۚ لَوْ تَزَيَّلُوا لَعَذَّبْنَا الَّذِينَ كَفَرُوا مِنْهُمْ عَذَابًا أَلِيمًا ٢٥
📖 अनुवाद
आयत 25
यी ती मानिसहरू नै हुन् जसले इन्कार गरे र तिमीलाई ‘‘मस्जिदे हराम’’ (कअ्बा) बाट रोकिदिए र कुर्बानीको निम्ति बाँधिएका जनावरहरूलाई पनि कुर्बानी स्थलसम्म पुग्नबाट रोकिदिए । र यदि यस्ता अनेक मुसलमान पुरुष र अनेक मुसलमान स्त्रीहरू नभएको भए जसलाई तिमी जान्दैनथियौ । कि उनीहरूलाई कुल्चिदिएको भए, उनीहरूको सिलसिलामा अज्ञानतामा तिमीमाथि पनि नोक्सान पुगिहाल्थ्यो, त तिमीलाई युद्धको अनुमति दिइने थियो । तर अनुमति यसकारण दिइएन ताकि अल्लाह जसलाई चाहन्छ आफ्नो दयालुतामा प्रवेश गराइहालोस् । यदि ती ईमानवालाहरू अलग हुन्थे भने उनीहरूमध्ये जसले इन्कार गर्नेथिए उनीहरूलाई हामीले अवश्य दुःखद यातना दिनेथियौं ।
إِذْ جَعَلَ الَّذِينَ كَفَرُوا فِي قُلُوبِهِمُ الْحَمِيَّةَ حَمِيَّةَ الْجَاهِلِيَّةِ فَأَنزَلَ اللَّهُ سَكِينَتَهُ عَلَىٰ رَسُولِهِ وَعَلَى الْمُؤْمِنِينَ وَأَلْزَمَهُمْ كَلِمَةَ التَّقْوَىٰ وَكَانُوا أَحَقَّ بِهَا وَأَهْلَهَا ۚ وَكَانَ اللَّهُ بِكُلِّ شَيْءٍ عَلِيمًا ٢٦
📖 अनुवाद
आयत 26
(यादगर) जब इन्कार गर्नेहरूले आफ्नो हृदयमा हठलाई प्रश्रय दिए, र अज्ञानपूर्वक हठ गरे । तसर्थ अल्लाहले आफ्नो रसूलमाथि र ईमानवालाहरूमाथि संतोष अवतरति गर्यो । र अल्लाहले मुसलमानहरूलाई संयमको कुरामा दृढ, राख्यो, र उनीहरू यसको धेरै हकदार र योग्य पनि थिए, र अल्लाह त प्रत्येक कुरा जान्दछ ।
لَّقَدْ صَدَقَ اللَّهُ رَسُولَهُ الرُّؤْيَا بِالْحَقِّ ۖ لَتَدْخُلُنَّ الْمَسْجِدَ الْحَرَامَ إِن شَاءَ اللَّهُ آمِنِينَ مُحَلِّقِينَ رُءُوسَكُمْ وَمُقَصِّرِينَ لَا تَخَافُونَ ۖ فَعَلِمَ مَا لَمْ تَعْلَمُوا فَجَعَلَ مِن دُونِ ذَٰلِكَ فَتْحًا قَرِيبًا ٢٧
📖 अनुवाद
आयत 27
निश्चय नै अल्लाहले आफ्नो रसूललाई सत्यकासाथ साँचो सपना देखायो । ‘‘कि यदि अल्लाहले चाह्यो भने तिमी अवश्य मस्जिदे हराम (कअ्बामा) निर्भीक भएर प्रवेश गर्नेछौ, आफ्नो टाउकोको कपाल खौराएको वा केश सानो पार्दै तिमीलाई कुनै त्रास हुनेछैन ।’’ अनि उसले ती कुराहरू जान्दछ जुन तिमी जान्दैनथ्यौ । अतः यसभन्दा पहिला उसले तिमीलाई शीघ्र प्राप्त हुनेवाला विजय प्रदान गरिदियो ।
هُوَ الَّذِي أَرْسَلَ رَسُولَهُ بِالْهُدَىٰ وَدِينِ الْحَقِّ لِيُظْهِرَهُ عَلَى الدِّينِ كُلِّهِ ۚ وَكَفَىٰ بِاللَّهِ شَهِيدًا ٢٨
📖 अनुवाद
आयत 28
उही हो जसले आफ्नो रसूललाई मार्गदर्शन र सत्यधर्मको साथ पठायो, ताकि उसलाई समस्त धर्महरूमाथि अधिपत्य प्रदान गरोस् र साक्षीको हैसियतले अल्लाह प्रयाप्त छ ।
مُّحَمَّدٌ رَّسُولُ اللَّهِ ۚ وَالَّذِينَ مَعَهُ أَشِدَّاءُ عَلَى الْكُفَّارِ رُحَمَاءُ بَيْنَهُمْ ۖ تَرَاهُمْ رُكَّعًا سُجَّدًا يَبْتَغُونَ فَضْلًا مِّنَ اللَّهِ وَرِضْوَانًا ۖ سِيمَاهُمْ فِي وُجُوهِهِم مِّنْ أَثَرِ السُّجُودِ ۚ ذَٰلِكَ مَثَلُهُمْ فِي التَّوْرَاةِ ۚ وَمَثَلُهُمْ فِي الْإِنجِيلِ كَزَرْعٍ أَخْرَجَ شَطْأَهُ فَآزَرَهُ فَاسْتَغْلَظَ فَاسْتَوَىٰ عَلَىٰ سُوقِهِ يُعْجِبُ الزُّرَّاعَ لِيَغِيظَ بِهِمُ الْكُفَّارَ ۗ وَعَدَ اللَّهُ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ مِنْهُم مَّغْفِرَةً وَأَجْرًا عَظِيمًا ٢٩
📖 अनुवाद
आयत 29
मुहम्मद (सल्लल्लाहो अलैहे वसल्लम) अल्लाहका रसूल हुन् र जुन मानिसहरू उनको साथमा छन् काफिरहरूको लागि कठोर छन् र आपसमा दयालु । तिमीले उनीहरूलाई रुकूअ्मा, सजदामा, अल्लाहको उदार अनुग्रह र उसको प्रसन्नता चाहिराखेको देख्नेछौं । उनीहरूको अनुहारमाथि सिज्दाको चिन्ह छ । तिनीहरूको यही विशेषताहरू तौरैतमा छ र इन्जीलमा पनि त्यस खेती जस्तै उल्लेखित छ, जसले आफ्नो अंकुर निकाल्यो, अनि उसलाई शक्ति पुर्यायो र त्यो मोटो भयो र त्यो आफ्नो तनमाथि (डाँठमा) सीधा खडा भयो र किसानलाई प्रसन्न पारेको छ, ताकि उनीहरूलेगर्दा इन्कार गर्नेहरूको हृदयमा ईष्र्या उत्पन्न गराओस् । यी ईमानवालाहरू र असल कर्म गर्नेहरूसित अल्लाहले क्षमा र ठूलो प्रतिफलको वाचा गरेको छ ।
पढ्नुहोस् सूरा अल-फतह नेपाली – अनुवाद, उच्चारण र अडियो
पवित्र कुरान
Tuesday, August 18, 2026
Don't forget us in your sincere prayers

