सूरा अल-वाकिया अरबी र नेपाली
सूरा अल-वाकिया पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (96 आयत — مكية). अल-वाकिया सुन्नुहोस्, अल-वाकिया अनुवाद, अल-वाकिया mp3, अल-वाकिया pdf.सूरा अल-वाकिया पढ्नुहोस् र सुन्नुहोस्
🎧 आयत
M
Mishary Rashid Alafasy
✓
Mishary Rashid Alafasy
✓
M
Mahmoud Khalil Al-Husary
✓
Mahmoud Khalil Al-Husary
✓
A
Abdurrahman As-Sudais
✓
Abdurrahman As-Sudais
✓
M
Mohamed Siddiq Al-Minshawi
✓
Mohamed Siddiq Al-Minshawi
✓
A
Abdul Basit Abdul Samad
✓
Abdul Basit Abdul Samad
✓
A
Ali Al-Hudhaify
✓
Ali Al-Hudhaify
✓
A
Ahmed ibn Ali al-Ajamy
✓
Ahmed ibn Ali al-Ajamy
✓
A
Abu Bakr Ash-Shaatree
✓
Abu Bakr Ash-Shaatree
✓
M
Muhammad Ayyoub
✓
Muhammad Ayyoub
✓
A
Abdullah Basfar
✓
Abdullah Basfar
✓
A
Abdullah Al-Juhani
✓
Abdullah Al-Juhani
✓
M
Maher Al Muaiqly
✓
Maher Al Muaiqly
✓
—
x1
فَأَصْحَابُ الْمَيْمَنَةِ مَا أَصْحَابُ الْمَيْمَنَةِ ٨
📖 अनुवाद
आयत 8
त दाहिना हातवाला, दाहिना हातवाला कस्तो सौभाग्यशाली छन् ।
وَأَصْحَابُ الْمَشْأَمَةِ مَا أَصْحَابُ الْمَشْأَمَةِ ٩
📖 अनुवाद
आयत 9
र बाँया हातवाला अफशोच बाँया हातवालाको कस्तो हालत छ ।
مُّتَّكِئِينَ عَلَيْهَا مُتَقَابِلِينَ ١٦
📖 अनुवाद
आयत 16
एक अर्काको सामुन्ने तकिया लगाएर बसेका हुनेछन् ।
يَطُوفُ عَلَيْهِمْ وِلْدَانٌ مُّخَلَّدُونَ ١٧
📖 अनुवाद
आयत 17
उनको पासमा किशोरहरू जो सधैं (बालक नै रहनेछन्) आउंदैजांदै गर्नेछन् ।
بِأَكْوَابٍ وَأَبَارِيقَ وَكَأْسٍ مِّن مَّعِينٍ ١٨
📖 अनुवाद
आयत 18
अर्थात् प्याला र जगमा स्वादिलो पेयले भरिएको पात्र लिएर हिंडिरहने छन् ।
لَّا يُصَدَّعُونَ عَنْهَا وَلَا يُنزِفُونَ ١٩
📖 अनुवाद
आयत 19
जसबाट न त टाउकोमा दर्द हुनेछ र न उनको बुद्धिमा विकार आउनेछ ।
وَفَاكِهَةٍ مِّمَّا يَتَخَيَّرُونَ ٢٠
📖 अनुवाद
आयत 20
र त्यस्ता फलहरूको साथ जुन कि उनले रुचाउँछन् ।
لَا يَسْمَعُونَ فِيهَا لَغْوًا وَلَا تَأْثِيمًا ٢٥
📖 अनुवाद
आयत 25
त्यहाँ न व्यर्थका कुरा सुन्नेछन् र न गुनाहका ।
وَأَصْحَابُ الْيَمِينِ مَا أَصْحَابُ الْيَمِينِ ٢٧
📖 अनुवाद
आयत 27
र दाहिना हातवालाहरू निकै (भाग्यशाली) हुनेछन् ।
لَّا مَقْطُوعَةٍ وَلَا مَمْنُوعَةٍ ٣٣
📖 अनुवाद
आयत 33
जुन कहिल्यै समाप्त हुने छैनन् र उनीबाट कसैले रोक्नेछैन ।
إِنَّا أَنشَأْنَاهُنَّ إِنشَاءً ٣٥
📖 अनुवाद
आयत 35
हामीले उनीहरूका स्वास्नीहरूलाई विशेष प्रकारले सृष्टि गरेका छौं ।
وَأَصْحَابُ الشِّمَالِ مَا أَصْحَابُ الشِّمَالِ ٤١
📖 अनुवाद
आयत 41
र बाँया हातवालाहरू, (अफशोच) बाँया हातवाला कस्ता छन् ।
إِنَّهُمْ كَانُوا قَبْلَ ذَٰلِكَ مُتْرَفِينَ ٤٥
📖 अनुवाद
आयत 45
निःसंदेह उनीहरू यसभन्दा पहिला धेरै सुख सुविधामा थिए ।
وَكَانُوا يُصِرُّونَ عَلَى الْحِنثِ الْعَظِيمِ ٤٦
📖 अनुवाद
आयत 46
र ठूला–ठूला पापहरू गर्दै बसेका थिए
وَكَانُوا يَقُولُونَ أَئِذَا مِتْنَا وَكُنَّا تُرَابًا وَعِظَامًا أَإِنَّا لَمَبْعُوثُونَ ٤٧
📖 अनुवाद
आयत 47
र भन्ने गर्दथे कि के जब हामी मृत भइहाल्ने छौं र माटो र हाड भइहाल्ने छौं, हामी फेरि उठाइने छौं
قُلْ إِنَّ الْأَوَّلِينَ وَالْآخِرِينَ ٤٩
📖 अनुवाद
आयत 49
तपाई भनिदिनुस् कि निःसन्देह पहिला र पछिका
لَمَجْمُوعُونَ إِلَىٰ مِيقَاتِ يَوْمٍ مَّعْلُومٍ ٥٠
📖 अनुवाद
आयत 50
सबै एउटा निर्धारित दिनको समयमा अवश्य एकत्रित गरिनेछन् ।
ثُمَّ إِنَّكُمْ أَيُّهَا الضَّالُّونَ الْمُكَذِّبُونَ ٥١
📖 अनुवाद
आयत 51
अनि तिमी हे असत्य ठहराउनेवाला पथ विचलितहरू
فَشَارِبُونَ شُرْبَ الْهِيمِ ٥٥
📖 अनुवाद
आयत 55
र पिउँदा पनि (यसप्रकार पिउनेछौं जस्तो कि) तिर्खाएको ऊँट जस्तो
نَحْنُ خَلَقْنَاكُمْ فَلَوْلَا تُصَدِّقُونَ ٥٧
📖 अनुवाद
आयत 57
हामीले तिमी सबैलाई सृष्टि गरेका हौं, तसर्थ तिमीले किन (सत्य) मान्दैनौ
أَأَنتُمْ تَخْلُقُونَهُ أَمْ نَحْنُ الْخَالِقُونَ ٥٩
📖 अनुवाद
आयत 59
के तिमीले त्यसबाट मानिसको सृष्टि गर्दछौ वा हामीले नै सृष्टि गर्दछौं
نَحْنُ قَدَّرْنَا بَيْنَكُمُ الْمَوْتَ وَمَا نَحْنُ بِمَسْبُوقِينَ ٦٠
📖 अनुवाद
आयत 60
हामीले नै तिमीमा मृत्यु निर्धारित गरिदिएका छौं र हामी त्यसबाट हारेका होइनौं ।
عَلَىٰ أَن نُّبَدِّلَ أَمْثَالَكُمْ وَنُنشِئَكُمْ فِي مَا لَا تَعْلَمُونَ ٦١
📖 अनुवाद
आयत 61
कि हामीले तिम्रो ठाउँमा अरु तिमीहरू जस्तालाई पैदा गर्न सक्छौ र तिमीलाई नयाँ रूपमा त्यस संसारमा पैदा गरिदिन्छौं जसको बारेमा तिमलिाई थाहा छैन ।
وَلَقَدْ عَلِمْتُمُ النَّشْأَةَ الْأُولَىٰ فَلَوْلَا تَذَكَّرُونَ ٦٢
📖 अनुवाद
आयत 62
तिमीलाई पहिलो पटकको जन्म थाहा छ, अनि तिमीले किन शिक्षा ग्रहण गर्दैनौ
أَأَنتُمْ تَزْرَعُونَهُ أَمْ نَحْنُ الزَّارِعُونَ ٦٤
📖 अनुवाद
आयत 64
के तिमीले नै त्यसलाई उब्जाउछौं वा हामी उब्जाउनेवाला हौं
لَوْ نَشَاءُ لَجَعَلْنَاهُ حُطَامًا فَظَلْتُمْ تَفَكَّهُونَ ٦٥
📖 अनुवाद
आयत 65
यदि हामीले चाह्यौं भने त्यसलाई भुसा गरिदिन्छौं र तिमी कुरा गर्दै रहनेछौ ।
أَفَرَأَيْتُمُ الْمَاءَ الَّذِي تَشْرَبُونَ ٦٨
📖 अनुवाद
आयत 68
अनि यो बताऊ तिमीले जुन पानीलाई पिउँछौ ।
أَأَنتُمْ أَنزَلْتُمُوهُ مِنَ الْمُزْنِ أَمْ نَحْنُ الْمُنزِلُونَ ٦٩
📖 अनुवाद
आयत 69
उसलाई बादलबाट पनि तिमीले नै बर्साएका हौ वा हामीले बर्साउँछौं
لَوْ نَشَاءُ جَعَلْنَاهُ أُجَاجًا فَلَوْلَا تَشْكُرُونَ ٧٠
📖 अनुवाद
आयत 70
यदि हामीले चाह्यौं भने त्यस पानीलाई खारा बनाइदिन्छौं ? अनि तिमीले कृतज्ञता किन प्रकट गर्दैनौ
أَفَرَأَيْتُمُ النَّارَ الَّتِي تُورُونَ ٧١
📖 अनुवाद
आयत 71
हेर यो पनि बताऊ कि जुन आगो तिमीले सल्काउँछौ
أَأَنتُمْ أَنشَأْتُمْ شَجَرَتَهَا أَمْ نَحْنُ الْمُنشِئُونَ ٧٢
📖 अनुवाद
आयत 72
(के तिमीले) त्यस रुखलाई सृष्टि गर्दछौ वा हामीले त्यसको सृष्टि गरेका छौं
نَحْنُ جَعَلْنَاهَا تَذْكِرَةً وَمَتَاعًا لِّلْمُقْوِينَ ٧٣
📖 अनुवाद
आयत 73
हामीले उसलाई एउटा उपदेशको माध्यम र यात्रीहरू (र आवश्यक पर्नेहरूका) लागि लाभप्रद बनाएका छौं ।
فَسَبِّحْ بِاسْمِ رَبِّكَ الْعَظِيمِ ٧٤
📖 अनुवाद
आयत 74
अतः तिमीले आफ्नो महान् पालनकर्ताको गुणगान गर ।
وَإِنَّهُ لَقَسَمٌ لَّوْ تَعْلَمُونَ عَظِيمٌ ٧٦
📖 अनुवाद
आयत 76
र यदि तिमीले बुझ्छौ भने यो ठूलो कसम हो
لَّا يَمَسُّهُ إِلَّا الْمُطَهَّرُونَ ٧٩
📖 अनुवाद
आयत 79
त्यसलाई पवित्र (फरिश्ताहरू) मात्र हात लगाउँछन् ।
تَنزِيلٌ مِّن رَّبِّ الْعَالَمِينَ ٨٠
📖 अनुवाद
आयत 80
सम्पूर्ण संसारको स्वामीको तर्फबाट अवतरित गरिएको छ ।
أَفَبِهَٰذَا الْحَدِيثِ أَنتُم مُّدْهِنُونَ ٨١
📖 अनुवाद
आयत 81
के तिमीले त्यस वाणीलाई साधारण ठान्छौ
وَتَجْعَلُونَ رِزْقَكُمْ أَنَّكُمْ تُكَذِّبُونَ ٨٢
📖 अनुवाद
आयत 82
र आफ्नो भागमा यो लिन्छौ कि यसलाई झूठो ठहराउँदै गर
وَنَحْنُ أَقْرَبُ إِلَيْهِ مِنكُمْ وَلَٰكِن لَّا تُبْصِرُونَ ٨٥
📖 अनुवाद
आयत 85
र हामी त्यस बेला तिमीभन्दा धेरै नजिक हुन्छौं तर तिमीले देख्दैनौ ।
تَرْجِعُونَهَا إِن كُنتُمْ صَادِقِينَ ٨٧
📖 अनुवाद
आयत 87
र यस कुरामा यदि साँचो हौ, त यस प्राणलाई किन फर्काउँदैनौ
فَأَمَّا إِن كَانَ مِنَ الْمُقَرَّبِينَ ٨٨
📖 अनुवाद
आयत 88
अनि यदि कोही (अल्लाहको) दरबारको नजीक गरिएको हुनेछ ।
فَرَوْحٌ وَرَيْحَانٌ وَجَنَّتُ نَعِيمٍ ٨٩
📖 अनुवाद
आयत 89
भने उसको निम्ति आराम, सुखसामग्री र आरामदायक स्वर्गहरू छन् ।
فَسَلَامٌ لَّكَ مِنْ أَصْحَابِ الْيَمِينِ ٩١
📖 अनुवाद
आयत 91
तिमीलाई सलाम छ कि तिमी भाग्यशालीमध्येका छौ ।
وَأَمَّا إِن كَانَ مِنَ الْمُكَذِّبِينَ الضَّالِّينَ ٩٢
📖 अनुवाद
आयत 92
तर यदि कोही त्यो झूठा ठहराउने र मार्गबिचलितहरूमध्येको छ
فَسَبِّحْ بِاسْمِ رَبِّكَ الْعَظِيمِ ٩٦
📖 अनुवाद
आयत 96
अतः तिमीले आफ्नो महान् पालनकर्ताको गुणगान गरिराख ।
पढ्नुहोस् सूरा अल-वाकिया नेपाली – अनुवाद, उच्चारण र अडियो
पवित्र कुरान
Tuesday, August 18, 2026
Don't forget us in your sincere prayers

