🔥 0 दिन लगातार
📖 लामो सूरा — साना भागहरूमा विभाजित (85 आयत)
📚 सबै सूराहरू
30%
🎤 आफ्नो आवाज रेकर्ड गर्न कुनै पनि आयत छेउको माइक्रोफोन आइकनमा 🎙️ थिच्नुहोस्, त्यसपछि सुन्नुहोस् र क्वारीसँग तुलना गर्नुहोस्।
0/85
40:1 🔁 0/5
حمٓ  ۝١
Haa-Meeem
हामीम
🎤 तपाईंको रेकर्डिङ:
40:2 🔁 0/5
تَنزِيلُ ٱلۡكِتَٰبِ مِنَ ٱللَّهِ ٱلۡعَزِيزِ ٱلۡعَلِيمِ  ۝٢
Tanzeelul Kitaabi minal laahil Azeezil `Aleem
यस किताबको अवतरण उस सर्वशक्तिशाली र सर्वज्ञ अल्लाहको तर्फबाट हो ।
🎤 तपाईंको रेकर्डिङ:
40:3 🔁 0/5
غَافِرِ ٱلذَّنۢبِ وَقَابِلِ ٱلتَّوۡبِ شَدِيدِ ٱلۡعِقَابِ ذِي ٱلطَّوۡلِۖ لَآ إِلَٰهَ إِلَّا هُوَۖ إِلَيۡهِ ٱلۡمَصِيرُ  ۝٣
Ghaafiriz zambi wa qaabilit tawbi shadeedil `iqaabi zit tawli laaa ilaaha illaa Huwa ilaihil maseer
जो गुनाह(पाप) क्षमा गर्नेवाला र तौबा (प्रायश्चित) स्वीकार गर्नेवाला, कठोर दण्ड दिनेवाला र शक्तिवाला छ । उस बाहेक कोही सत्य पूज्य छैन । उसैतिर फर्किजानु पर्नेछ ।
🎤 तपाईंको रेकर्डिङ:
40:4 🔁 0/5
مَا يُجَٰدِلُ فِيٓ ءَايَٰتِ ٱللَّهِ إِلَّا ٱلَّذِينَ كَفَرُواْ فَلَا يَغۡرُرۡكَ تَقَلُّبُهُمۡ فِي ٱلۡبِلَٰدِ  ۝٤
Maa yujaadilu feee Aayaatil laahi illal lazeena kafaroo falaa yaghrurka taqallubuhum fil bilaad
अल्लाहका आयतहरूमा ती मानिसहरूले नै विवाद गर्दछन्, जो काफिर छन्, तसर्थ उनीहरूको शहरहरूमा हिंड्डुल (आवागमन) ले तपार्इंलाई भ्रममा नपारोस् ।
🎤 तपाईंको रेकर्डिङ:
40:5 🔁 0/5
كَذَّبَتۡ قَبۡلَهُمۡ قَوۡمُ نُوحٍ وَٱلۡأَحۡزَابُ مِنۢ بَعۡدِهِمۡۖ وَهَمَّتۡ كُلُّ أُمَّةِۭ بِرَسُولِهِمۡ لِيَأۡخُذُوهُۖ وَجَٰدَلُواْ بِٱلۡبَٰطِلِ لِيُدۡحِضُواْ بِهِ ٱلۡحَقَّ فَأَخَذۡتُهُمۡۖ فَكَيۡفَ كَانَ عِقَابِ  ۝٥
Kazzabat qablahum qawmu Noohinw wal Ahzaabu mim ba`dihim wa hammat kullu ummatim bi Rasoolihim liyaa khuzoobhu wa jaadaloo bilbaatili liyudhidoo bihil haqqa fa akhaztuhum fakifa kaana `iqaab
नूहको जातिबन्धुले र उहाँ पश्चातका समूहहरूले पनि झूठा भने र हर उम्मतले (कौमले) आफ्ना पैगम्बरहरूको बारेमा इच्छा गरे कि तिनलाई समातिहालुन् र उनीहरूले असत्यको सहारा लिएर झगडा गरे, ताकि तिनबाट सत्यलाई बिगारिदेउन् । अतः उनीहरूलाई मैले समातिहालें, तसर्थ मेरो यातना कस्तो भयो
🎤 तपाईंको रेकर्डिङ:
40:6 🔁 0/5
وَكَذَٰلِكَ حَقَّتۡ كَلِمَتُ رَبِّكَ عَلَى ٱلَّذِينَ كَفَرُوٓاْ أَنَّهُمۡ أَصۡحَٰبُ ٱلنَّارِ  ۝٦
Wa kazaalika haqqat Kalimatu Rabbika `alal lazeena kafarooo annahum Ashaabun Naar
र यस्तै प्रकारले काफिरहरूको बारेमा तपार्इंको पालनकर्ताको आदेश पूरा भइसकेको छ कि उनीहरू नर्कबासी छन् ।
🎤 तपाईंको रेकर्डिङ:
40:7 🔁 0/5
ٱلَّذِينَ يَحۡمِلُونَ ٱلۡعَرۡشَ وَمَنۡ حَوۡلَهُۥ يُسَبِّحُونَ بِحَمۡدِ رَبِّهِمۡ وَيُؤۡمِنُونَ بِهِۦ وَيَسۡتَغۡفِرُونَ لِلَّذِينَ ءَامَنُواْۖ رَبَّنَا وَسِعۡتَ كُلَّ شَيۡءٍ رَّحۡمَةً وَعِلۡمًا فَٱغۡفِرۡ لِلَّذِينَ تَابُواْ وَٱتَّبَعُواْ سَبِيلَكَ وَقِهِمۡ عَذَابَ ٱلۡجَحِيمِ  ۝٧
Allazeena yahmiloonal `Arsha wa man hawlahoo yusabbihoona bihamdi Rabbihim wa yu`minoona bihee wa yastaghfiroona lillazeena aamanoo Rabbanaa wasi`ta kulla shai`ir rahmantanw wa `ilman faghfir lillazeena taaboo wattaba`oo sabeelaka wa qihim `azaabal Jaheem
जसले (स्वर्गदूत) अल्लाहको आसन उचालेका छन् र उसको वरिपरिका फरिश्ताहरू आफ्नो पालनकर्ताको गुणगान् गर्दछन् र उसमाथि ईमान राख्दछन् र ईमानवाला मानिसहरूको निम्ति क्षमाको प्रार्थना गर्दछन्, भन्दछन्, किः ‘‘हे हाम्रो पालनकर्ता ! तिमीले आफ्नो दयालुता र आफ्नो ज्ञानले प्रत्येक कुरामा व्याप्क छौ । अतः जुन मानिसहरूले प्रायश्चित गरे र तिम्रो मार्गको अनुशरण गरे, उनीहरूलाई क्षमा गरिदेऊ र प्रज्वलित नर्कको आगोको यातनाबाट उनीहरूलाई बचाइहाल ।
🎤 तपाईंको रेकर्डिङ:
40:8 🔁 0/5
رَبَّنَا وَأَدۡخِلۡهُمۡ جَنَّٰتِ عَدۡنٍ ٱلَّتِي وَعَدتَّهُمۡ وَمَن صَلَحَ مِنۡ ءَابَآئِهِمۡ وَأَزۡوَٰجِهِمۡ وَذُرِّيَّٰتِهِمۡۚ إِنَّكَ أَنتَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ  ۝٨
Rabbannaa wa adkhilhum Jannaati `adninil latee wa`attahum wa man salaha min aabaaa`ihim wa azwaajihim wa zurriyyaatihim; innaka Antal `Azeezul Hakeem
हे हाम्रो पालनकर्ता ! तिमीले उनीहरूलाई सधैं बासको निम्ति स्वर्गहरूमा प्रवेश गराऊ, जसको तिमीले उनीहरूसित वाचा गरेका छौ, र उनीहरूका बाउबाजे र उनीहरूका पत्नीहरू र उनका सन्ततिहरूमध्ये जो असल आचरणवाला छन् उनीहरूलाई पनि । निःसन्देह तिमी अधिपत्यशाली अत्यन्त तत्वदर्शी हौ ।
🎤 तपाईंको रेकर्डिङ:
40:9 🔁 0/5
وَقِهِمُ ٱلسَّيِّـَٔاتِۚ وَمَن تَقِ ٱلسَّيِّـَٔاتِ يَوۡمَئِذٍ فَقَدۡ رَحِمۡتَهُۥۚ وَذَٰلِكَ هُوَ ٱلۡفَوۡزُ ٱلۡعَظِيمُ  ۝٩
Wa qihimus saiyi-aat; wa man taqis saiyi-aati Yawma`izin faqad rahimtah; wa zaalika huwal fawzul `azeem
र उनीहरूलाई खराबीबाट पनि बचाइराख, सत्य त यो हो कि जसलाई तिमीले त्यस दिनको यातनाबाट बचायौ, त निःसन्देह उसमाथि तिम्रो दया भयो र यही नै ठूलो सफलता हो ।’’
🎤 तपाईंको रेकर्डिङ:
40:10 🔁 0/5
إِنَّ ٱلَّذِينَ كَفَرُواْ يُنَادَوۡنَ لَمَقۡتُ ٱللَّهِ أَكۡبَرُ مِن مَّقۡتِكُمۡ أَنفُسَكُمۡ إِذۡ تُدۡعَوۡنَ إِلَى ٱلۡإِيمَٰنِ فَتَكۡفُرُونَ  ۝١٠
Innal lazeena kafaroo yunaadawna lamaqtul laahi akbaru mim maqtikum anfusakum iz tud`awna ilal eemaani fatakfuroon
निश्चय नै जुन मानिसहरूले इन्कार गरे उनीहरूलाई पुकारेर भनिनेछः कि ‘‘तिमीहरू स्वयम् आफूसित जुन विद्वेष एवम् क्रोध गर्दथ्यौ, तिमीप्रति अल्लाहको क्रोध त्योभन्दा पनि बढी छ, किनभने जब तिमीलाई ईमानतिर बोलाइन्थ्यो तब तिमीले इन्कार गर्दथ्यौ ।
🎤 तपाईंको रेकर्डिङ:
40:11 🔁 0/5
قَالُواْ رَبَّنَآ أَمَتَّنَا ٱثۡنَتَيۡنِ وَأَحۡيَيۡتَنَا ٱثۡنَتَيۡنِ فَٱعۡتَرَفۡنَا بِذُنُوبِنَا فَهَلۡ إِلَىٰ خُرُوجٍ مِّن سَبِيلٍ  ۝١١
Qaaloo Rabbanaaa amat tanasnataini wa ahyaitanas nataini fa`tarafnaa bizunoo binaa fahal ilaa khuroojim min sabeel
उनीहरूले भन्नेछन्ः कि ‘‘हे हाम्रो पालनकर्ता ! तिमीले हामीलाई दुईपटक मृत बनायौ र दुईपटक जीवित गर्यौ । अब हामीले आफ्ना गुनाह (अपराधहरू) स्वीकार गर्यौं, त के अब कुनै निस्कने मार्ग पनि छ ?’’
🎤 तपाईंको रेकर्डिङ:
40:12 🔁 0/5
ذَٰلِكُم بِأَنَّهُۥٓ إِذَا دُعِيَ ٱللَّهُ وَحۡدَهُۥ كَفَرۡتُمۡ وَإِن يُشۡرَكۡ بِهِۦ تُؤۡمِنُواْۚ فَٱلۡحُكۡمُ لِلَّهِ ٱلۡعَلِيِّ ٱلۡكَبِيرِ  ۝١٢
Zaalikum bi annahooo izaa du`iyal laahu wahdahoo kafartum wa iny yushrak bihee tu`minoo; falhukmu lillaahil `Aliyyil Kabeer
यो सजाय (अजाब) तिमीलाई यसकारण छ कि जब एक्लो अल्लाहलाई पुकारिन्थ्यो तब तिमीले इन्कार गर्दथ्यौ । तर यदि ऊसँग अरु साझेदार ठहराइन्थ्यो भने तिमीले मानिहाल्थ्यौ । तसर्थ अब फैसला (निर्णय) अल्लाहकै हो, जो सर्वोच्च र महान् छ ।
🎤 तपाईंको रेकर्डिङ:
40:13 🔁 0/5
هُوَ ٱلَّذِي يُرِيكُمۡ ءَايَٰتِهِۦ وَيُنَزِّلُ لَكُم مِّنَ ٱلسَّمَآءِ رِزۡقًاۚ وَمَا يَتَذَكَّرُ إِلَّا مَن يُنِيبُ  ۝١٣
Huwal lazee yureekum Aayaatihee wa yunazzilu lakum minas samaaa`i rizqaa; wa maa tatazakkaru illaa mai yuneeb
उही हो जसले तिमीलाई आफ्नो निशानी देखाउँदछ । र तिम्रो निम्ति आकाशबाट जीविका अवतरित गर्दछ, उपदेश त त्यसैले प्राप्त गर्दछ जो (अल्लाहतिर) प्रवृत्त हुन्छ ।
🎤 तपाईंको रेकर्डिङ:
40:14 🔁 0/5
فَٱدۡعُواْ ٱللَّهَ مُخۡلِصِينَ لَهُ ٱلدِّينَ وَلَوۡ كَرِهَ ٱلۡكَٰفِرُونَ  ۝١٤
Fad`ul laaha mukhliseena lahud deena wa law karihal kaafiroon
तिमीले अल्लाहलाई पुकार्दै गर, धर्मलाई उसको निम्ति समर्पित गरेर यदि काफिरहरूले नराम्रो नै मान्दछन् भने पनि ।
🎤 तपाईंको रेकर्डिङ:
40:15 🔁 0/5
رَفِيعُ ٱلدَّرَجَٰتِ ذُو ٱلۡعَرۡشِ يُلۡقِي ٱلرُّوحَ مِنۡ أَمۡرِهِۦ عَلَىٰ مَن يَشَآءُ مِنۡ عِبَادِهِۦ لِيُنذِرَ يَوۡمَ ٱلتَّلَاقِ  ۝١٥
Rafee`ud darajaati zul `Arshi yulqir rooha min amrihee `alaa mai yashaaa`u min `ibaadihee liyunzira yawmat talaaq
सर्वोच्च दर्जावाला‘‘अर्श’’ को मालिक उसले आफ्ना भक्तहरूमध्ये, जसलाई चाहन्छ, आफ्नो आदेशले वह्य पठाउँदछ, ताकि साक्षात्कारको दिनबाट डराओस् ।
🎤 तपाईंको रेकर्डिङ:
40:16 🔁 0/5
يَوۡمَ هُم بَٰرِزُونَۖ لَا يَخۡفَىٰ عَلَى ٱللَّهِ مِنۡهُمۡ شَيۡءٌۚ لِّمَنِ ٱلۡمُلۡكُ ٱلۡيَوۡمَۖ لِلَّهِ ٱلۡوَٰحِدِ ٱلۡقَهَّارِ  ۝١٦
Yawma hum baarizoona laa yakhfaa `alal laahi minhum shai; limanil mulkul Yawma lillaahil Waahidil Qahaar
जुनदिन उनीहरू खुल्लारूपले अगाडि उपस्थित हुनेछन् उनीहरूको कुनै कुरा अल्लाहसित लुकेको हुनेछैन, ‘‘आज कसको राज्य छ ?’’ ‘‘अल्लाहको मात्र जो एकलै सबैमाथि शक्ति सम्पन्न छ ।
🎤 तपाईंको रेकर्डिङ:
40:17 🔁 0/5
ٱلۡيَوۡمَ تُجۡزَىٰ كُلُّ نَفۡسِۭ بِمَا كَسَبَتۡۚ لَا ظُلۡمَ ٱلۡيَوۡمَۚ إِنَّ ٱللَّهَ سَرِيعُ ٱلۡحِسَابِ  ۝١٧
Al-Yawma tujzaa kullu nafsim bimaa kasabat; laa zulmal Yawm; innal laaha saree`ul hisaab
आज प्रत्येक व्यक्तिलाई उसको कमाइको प्रतिफल दिइनेछ । आज कुनै अन्याय हुनेछैन । निःसन्देह अल्लाह शीघ्र हिसाब लिनेवाला छ ।
🎤 तपाईंको रेकर्डिङ:
40:18 🔁 0/5
وَأَنذِرۡهُمۡ يَوۡمَ ٱلۡأٓزِفَةِ إِذِ ٱلۡقُلُوبُ لَدَى ٱلۡحَنَاجِرِ كَٰظِمِينَۚ مَا لِلظَّٰلِمِينَ مِنۡ حَمِيمٍ وَلَا شَفِيعٍ يُطَاعُ  ۝١٨
Wa anzirhum yawmal aazifati izil quloobu ladal hanaajiri kaazimeen; maa lizzaalimeena min hameeminw wa laa shafee`iny-yutaa
र उनीहरूलाई शीघ्र आउने कयामतको दिनबाट सावधान गरिदिनुस्, जबकि चिन्ताले हृदय कण्ठमा आइहाल्नेछ र सबै चुपचाप हुनेछन् । अपराधीहरूको न कोही घनिष्ट मित्र हुनेछ र न सिफारिश गर्ने मानिस, जसको कुरा मानियोस् ।
🎤 तपाईंको रेकर्डिङ:
40:19 🔁 0/5
يَعۡلَمُ خَآئِنَةَ ٱلۡأَعۡيُنِ وَمَا تُخۡفِي ٱلصُّدُورُ  ۝١٩
Ya`lamu khaaa`inatal a`yuni wa maa tukhfis sudoor
उसले आँखामा लुकेको धोकेबाजी जान्दछ र जुन (कुराहरू) छातीभित्र लुकेका हुन्छन् (उनलाई पनि) ।
🎤 तपाईंको रेकर्डिङ:
40:20 🔁 0/5
وَٱللَّهُ يَقۡضِي بِٱلۡحَقِّۖ وَٱلَّذِينَ يَدۡعُونَ مِن دُونِهِۦ لَا يَقۡضُونَ بِشَيۡءٍۗ إِنَّ ٱللَّهَ هُوَ ٱلسَّمِيعُ ٱلۡبَصِيرُ  ۝٢٠
Wallaahu yaqdee bilhaqq, wallazeena yad`oona min doonihee laa yaqdoona bishai`; innal laaha Huwas Samee`ul Baseer
र अल्लाहले ठीक–ठीक फैसला गर्नेछ । र उसबाहेक जसलाई यिनीहरूले पुकार्दछन्, उनीहरूले कुनै कुराको पनि फैसला गर्न सक्दैनन् । निःसन्देह अल्लाह सबै सुन्नेवाला (र) देख्नेवाला छ ।
🎤 तपाईंको रेकर्डिङ:
40:21 🔁 0/5
۞ أَوَلَمۡ يَسِيرُواْ فِي ٱلۡأَرۡضِ فَيَنظُرُواْ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلَّذِينَ كَانُواْ مِن قَبۡلِهِمۡۚ كَانُواْ هُمۡ أَشَدَّ مِنۡهُمۡ قُوَّةً وَءَاثَارًا فِي ٱلۡأَرۡضِ فَأَخَذَهُمُ ٱللَّهُ بِذُنُوبِهِمۡ وَمَا كَانَ لَهُم مِّنَ ٱللَّهِ مِن وَاقٍ  ۝٢١
Awalam yaseeroo fil ardi fa yanzuroo kaifa kaana `aaqibatul lazeena kaanoo min qablihim; kaanoo hum ashadda minhum quwwatanw wa aasaaran fil ardi fa akhazahumul laahu bizunoobihim wa maa kaana lahum minal laahi minw waaq
के यिनीहरू धरतीमा घुमफिर गरेनन् ताकि देख्दथे कि ती मानिसहरूको परिणाम कस्तो भयो, जो उनीहरूभन्दा पहिला गुज्रिसकेका छन् ? उनीहरू शक्ति र धरतीमा आफ्ना चिन्हहरूको दृष्टिले यिनीहरूभन्दा बढी थिए, अनि उनीहरूको पापको कारण अल्लाहले उनीहरूलाई समातिहाल्यो । र अल्लाहको सजायबाट उनीहरूलाई बचाउनेवाला कोही थिएन ।
🎤 तपाईंको रेकर्डिङ:
40:22 🔁 0/5
ذَٰلِكَ بِأَنَّهُمۡ كَانَت تَّأۡتِيهِمۡ رُسُلُهُم بِٱلۡبَيِّنَٰتِ فَكَفَرُواْ فَأَخَذَهُمُ ٱللَّهُۚ إِنَّهُۥ قَوِيٌّ شَدِيدُ ٱلۡعِقَابِ  ۝٢٢
Zaalika bi annahum kaanat taateehim Rusuluhum bilbaiyinaati fakafaroo fa akhazahumul laah; innahoo qawiyyun shadeedul `iqaab
यो यसकारण कि उनीहरूको पासमा पैगम्बरहरू चमत्कार लिएर आउँदथे त तिनीहरूले कुफ्र गरे, तसर्थ अल्लाहले उनीहरूलाई समतिहाल्यो । निःसन्देह त्यो सर्वशक्तिमान् (र) भयंकर सजाय दिनेवाला छ ।
🎤 तपाईंको रेकर्डिङ:
40:23 🔁 0/5
وَلَقَدۡ أَرۡسَلۡنَا مُوسَىٰ بِـَٔايَٰتِنَا وَسُلۡطَٰنٍ مُّبِينٍ  ۝٢٣
Wa laqad arsalnaa Moosaa bi Aayaatinaa wa sultaanim mubeen
र हामीले ‘‘मूसालाई’’ आफ्ना निशानीहरू र स्पष्ट प्रमाण दिएर पठायौं ।
🎤 तपाईंको रेकर्डिङ:
40:24 🔁 0/5
إِلَىٰ فِرۡعَوۡنَ وَهَٰمَٰنَ وَقَٰرُونَ فَقَالُواْ سَٰحِرٌ كَذَّابٌ  ۝٢٤
Ilaa Fir`awna wa Haamaana qa Qaaroona faqaaloo saahirun kazzaab
(अर्थात्) ‘‘फिरऔन’’ र ‘‘हामान’’ र ‘‘कारूनतिर’’, तब उनीहरूले भने कि ‘‘यो त जादूगर र झूठो हो ।’’
🎤 तपाईंको रेकर्डिङ:
40:25 🔁 0/5
فَلَمَّا جَآءَهُم بِٱلۡحَقِّ مِنۡ عِندِنَا قَالُواْ ٱقۡتُلُوٓاْ أَبۡنَآءَ ٱلَّذِينَ ءَامَنُواْ مَعَهُۥ وَٱسۡتَحۡيُواْ نِسَآءَهُمۡۚ وَمَا كَيۡدُ ٱلۡكَٰفِرِينَ إِلَّا فِي ضَلَٰلٍ  ۝٢٥
Falamuna jaaa`ahum bil haqqi min `indinaa qaaluq tulooo abnaaa`al lazeena aamanoo ma`ahoo wastahyoo nisaaa`ahum; wa maa kaidul kaafireena illaa fee dalaal
अनि जब (मूसा अलैहिस्सलाम) उनीहरूको सामु हाम्रो तर्फबाट सत्य धर्म लिएर आए तब उनीहरूले भनेः कि यसको साथमा ईमानवालाहरू जति छन्, उनीहरूका छोराहरूलाई मारिहाल र उनीहरूका छोरीहरूलाई जीवित छाडिदेऊ । र इन्कार गर्नेहरूको षडयन्त्र त विचलित हुनलाई मात्र हुन्छ ।
🎤 तपाईंको रेकर्डिङ:
40:26 🔁 0/5
وَقَالَ فِرۡعَوۡنُ ذَرُونِيٓ أَقۡتُلۡ مُوسَىٰ وَلۡيَدۡعُ رَبَّهُۥٓۖ إِنِّيٓ أَخَافُ أَن يُبَدِّلَ دِينَكُمۡ أَوۡ أَن يُظۡهِرَ فِي ٱلۡأَرۡضِ ٱلۡفَسَادَ  ۝٢٦
Wa qaala Fir`awnu zarooneee aqtul Moosaa walyad`u Rabbahoo inneee akhaafu ai yubaddila deenakum aw ai yuzhira fil ardil fasaad
र फिरऔनले भन्यो कि मलाई छाडिदेऊ ताकि ‘‘मूसालाई’’ मारिहालूँ र उसले आफ्नो पालनहारलाई (सहायताको निम्ति) पुकारोस् । मलाई भय छ कि उसले तिमीहरूको धर्मलाई परिवर्तित नगरिहालोस् वा उसले देशमा ठूलो दंगा नभड्काइदेओस् ।
🎤 तपाईंको रेकर्डिङ:
40:27 🔁 0/5
وَقَالَ مُوسَىٰٓ إِنِّي عُذۡتُ بِرَبِّي وَرَبِّكُم مِّن كُلِّ مُتَكَبِّرٍ لَّا يُؤۡمِنُ بِيَوۡمِ ٱلۡحِسَابِ  ۝٢٧
Wa qaala Moosaaaa innee `uztu bi Rabbee wa Rabbikum min kulli mutakabbiril laayu`minu bi Yawmil Hisaab
त्यसपछि ‘‘मूसाले भनेः कि ‘‘मैले हरेक अहंकारीको खराबीबाट, जसले हिसाबको दिनमाथि ईमान राख्दैन आफ्नो र तिम्रो पालनकर्ताको शरण लिइसकेको छु ।
🎤 तपाईंको रेकर्डिङ:
40:28 🔁 0/5
وَقَالَ رَجُلٌ مُّؤۡمِنٌ مِّنۡ ءَالِ فِرۡعَوۡنَ يَكۡتُمُ إِيمَٰنَهُۥٓ أَتَقۡتُلُونَ رَجُلًا أَن يَقُولَ رَبِّيَ ٱللَّهُ وَقَدۡ جَآءَكُم بِٱلۡبَيِّنَٰتِ مِن رَّبِّكُمۡۖ وَإِن يَكُ كَٰذِبًا فَعَلَيۡهِ كَذِبُهُۥۖ وَإِن يَكُ صَادِقًا يُصِبۡكُم بَعۡضُ ٱلَّذِي يَعِدُكُمۡۖ إِنَّ ٱللَّهَ لَا يَهۡدِي مَنۡ هُوَ مُسۡرِفٌ كَذَّابٌ  ۝٢٨
Wa qaala rajulum mu`minummin Aali Fir`awna yaktumu eemaanahooo ataqtuloona rajulan ai yaqoola Rabbi yal laahu wa qad jaaa`akum bil haiyinaati mir Rabbikum wa iny yaku kaaziban fa`alaihi kazi buhoo wa iny yaku saadiqany yasibkum ba`dul lazee ya`idukum innal laaha laa yahdee man huwa musrifun kaazaab
र फिरऔनका नातेदारमध्ये एउटा मोमिन् व्यक्ति जसले आफ्नो ईमान लुकाएर राख्थ्यो भन्नथाल्यो ‘‘के तिमीले एउटा मानिसलाई यस कारण मार्न चाहन्छौ, कि उसले भन्छ कि मेरो पालनकर्ता अल्लाह हो, र उसले तिम्रो पासमा तिम्रो पालनकर्ताको तर्फबाट प्रमाणहरू पनि लिएर आएको छ ? र यदि त्यो झूठा छ भने उसको झूठको नोक्सान उसैलाई हुनेछ । र यदि सत्य छ भने जुन सजायको उसले तिमीलाई धम्की दिइराखेको छ, त्यसबाट केही न केही त तिमीमाथि आइपर्नेछ । निश्चय नै अल्लाहले त्यस्तालाई मार्ग देखाउँदैन जो अतिक्रमणकारी र बडो झूठा छन् ।
🎤 तपाईंको रेकर्डिङ:
40:29 🔁 0/5
يَٰقَوۡمِ لَكُمُ ٱلۡمُلۡكُ ٱلۡيَوۡمَ ظَٰهِرِينَ فِي ٱلۡأَرۡضِ فَمَن يَنصُرُنَا مِنۢ بَأۡسِ ٱللَّهِ إِن جَآءَنَاۚ قَالَ فِرۡعَوۡنُ مَآ أُرِيكُمۡ إِلَّا مَآ أَرَىٰ وَمَآ أَهۡدِيكُمۡ إِلَّا سَبِيلَ ٱلرَّشَادِ  ۝٢٩
Yaa qawmi lakumul mulkul yawma zaahireena fil ardi famai yansurunaa mim baasil laahi in jaaa`anaa; qaala Fir`awnu maaa ureekum illaa maaa araa wa maaa ahdeekum illaa sabeelar Rashaad
हे मेरा जातिबन्धुका मानिसहरू ! आज त तिम्रो सत्ता छ, तिमी यस धरतीमा प्रभावी छौ तर यदि हामीमाथि अल्लाहको यातना आयो भने हाम्रो सहायता कसले गर्नेछ ?’’ फिरऔनले भन्योः कि ‘‘मैले तिमीलाई त्यही सल्लाह दिइराखेछु जुन म स्वयम् देखिराखेको छु र मैले तिमीलाई ठीक बाटो नै देखाइराखेको छु“ ।
🎤 तपाईंको रेकर्डिङ:
40:30 🔁 0/5
وَقَالَ ٱلَّذِيٓ ءَامَنَ يَٰقَوۡمِ إِنِّيٓ أَخَافُ عَلَيۡكُم مِّثۡلَ يَوۡمِ ٱلۡأَحۡزَابِ  ۝٣٠
Wa qaalal lazee aamana yaa qawmi inneee akhaafu `alaikum misla yawmil Ahzaab
तब त्यस मोमिनले भन्नथाल्यो कि हे मेरा जातिबन्धुका मानिसहरू ! मलाई तिम्रो बारेमा भय छ कि तिमीमाथि (विनाशको) त्यस्तो दिन नआइहालोस् जस्तो कि अन्य विगत समुदायहरूमाथि आइपरेको थियो ।
🎤 तपाईंको रेकर्डिङ:
40:31 🔁 0/5
مِثۡلَ دَأۡبِ قَوۡمِ نُوحٍ وَعَادٍ وَثَمُودَ وَٱلَّذِينَ مِنۢ بَعۡدِهِمۡۚ وَمَا ٱللَّهُ يُرِيدُ ظُلۡمًا لِّلۡعِبَادِ  ۝٣١
Misla daabi qawmi Noohinw wa `aadinw wa Samooda wallazeena mim ba`dihim; wa mal laahu yureedu zulmal lil`ibaad
जस्तो नूहको कौम र ‘‘आद’’ र ‘‘समूद’’ र उनीहरूपछिका समुदायहरूको अवस्था भयो र अल्लाहले त आफ्ना भक्तहरूमाथि अत्याचार गर्न चाहदैन ।
🎤 तपाईंको रेकर्डिङ:
40:32 🔁 0/5
وَيَٰقَوۡمِ إِنِّيٓ أَخَافُ عَلَيۡكُمۡ يَوۡمَ ٱلتَّنَادِ  ۝٣٢
Wa yaa qawmi inneee akhaafu `alaikum yawmat tanaad
र हे मेरा जातिबन्धुका मानिसहरू मलाई तिम्रो बारेमा हाँक–पुकारको दिन (कियामत) को पनि भय छ ।
🎤 तपाईंको रेकर्डिङ:
40:33 🔁 0/5
يَوۡمَ تُوَلُّونَ مُدۡبِرِينَ مَا لَكُم مِّنَ ٱللَّهِ مِنۡ عَاصِمٍۗ وَمَن يُضۡلِلِ ٱللَّهُ فَمَا لَهُۥ مِنۡ هَادٍ  ۝٣٣
Yawma tuwalloona mud bireena maa lakum minal laahi min `aasim; wa mai yudlilil laahu famaa lahoo min haad
जुन दिन तिमी पिठ्युँ फर्काएर भाग्नेछौ, तिमीलाई कसैले पनि अल्लाहको (अजाब) बाट बचाउनेवाला हुनेछैन र जसलाई अल्लाहले मार्गविचलित गर्दछ, त्यसलाई कसैले पनि मार्गदर्शन गर्नेवाला हुनेछैन ।
🎤 तपाईंको रेकर्डिङ:
40:34 🔁 0/5
وَلَقَدۡ جَآءَكُمۡ يُوسُفُ مِن قَبۡلُ بِٱلۡبَيِّنَٰتِ فَمَا زِلۡتُمۡ فِي شَكٍّ مِّمَّا جَآءَكُم بِهِۦۖ حَتَّىٰٓ إِذَا هَلَكَ قُلۡتُمۡ لَن يَبۡعَثَ ٱللَّهُ مِنۢ بَعۡدِهِۦ رَسُولًاۚ كَذَٰلِكَ يُضِلُّ ٱللَّهُ مَنۡ هُوَ مُسۡرِفٌ مُّرۡتَابٌ  ۝٣٤
Wa laqad jaaa`akum Yoosufu min qablu bil baiyinaati famaa ziltum fee shakkim mimaa jaaa`akum bihee hattaaa izaa halaka qultum lai yab asal laahu mim ba`dihee Rasoolaa; kazaalika yudillul laahu man huwa Musrifum murtaab
(र यस अघि ‘‘यूसुफअलैहिस्सलाम)’’ पनि तिम्रो पासमा प्रमाणहरू लिएर आएका थिए, त्यसमा तिमी सधैं शंका नै गर्दथ्यौ । यहाँसम्म कि जब उनको मृत्यु भइहाल्यो, त तिमीले भन्न लाग्यौ कि अल्लाह उनी पछाडि कुनै (पैगम्बर) संदेष्टा पठाउने छैन । यस्तै प्रकारले अल्लाहले प्रत्येक त्यस व्यक्तिलाई मार्गविचलित गराइदिन्छ जो सीमा उल्लंघन गर्नेवाला (र) शंका गर्नेवाला छ ।
🎤 तपाईंको रेकर्डिङ:
40:35 🔁 0/5
ٱلَّذِينَ يُجَٰدِلُونَ فِيٓ ءَايَٰتِ ٱللَّهِ بِغَيۡرِ سُلۡطَٰنٍ أَتَىٰهُمۡۖ كَبُرَ مَقۡتًا عِندَ ٱللَّهِ وَعِندَ ٱلَّذِينَ ءَامَنُواْۚ كَذَٰلِكَ يَطۡبَعُ ٱللَّهُ عَلَىٰ كُلِّ قَلۡبِ مُتَكَبِّرٍ جَبَّارٍ  ۝٣٥
Allazeena yujaadiloona feee Aaayaatil laahi bighairi sultaanin ataahum kabura maqtan `indal laahi wa `indal lazeena aamanoo; kazaalika yatha`ul laahu `alaa kulli qalbi mutakabbirin jabbaar
जुन मानिसहरूले उनीहरूको पासमा कुनै प्रमाण नआइकन, अल्लाहका आयतहरूमा विवाद गर्दछन्, अल्लाहको नजिक र मोमिनहरूको नजिक त्यो निक्कै अप्रिय कुरो हो । यस्तै प्रकार अल्लाहले हर घमण्डी–अट्टेरीको हृदयमा छाप लगाइदिन्छ ।
🎤 तपाईंको रेकर्डिङ:
40:36 🔁 0/5
وَقَالَ فِرۡعَوۡنُ يَٰهَٰمَٰنُ ٱبۡنِ لِي صَرۡحًا لَّعَلِّيٓ أَبۡلُغُ ٱلۡأَسۡبَٰبَ  ۝٣٦
Wa qaala Fir`awnu yaa Haamaanub-ni lee sarhal la`alleee ablughul asbaab
फिरऔनले भन्योः कि हे ‘‘हामान मेरो निम्ति एउटा महल बनाऊ ताकि म त्यसमा चढेर ती ढोकाहरूसम्म पुग्न सकूँ ।
🎤 तपाईंको रेकर्डिङ:
40:37 🔁 0/5
أَسۡبَٰبَ ٱلسَّمَٰوَٰتِ فَأَطَّلِعَ إِلَىٰٓ إِلَٰهِ مُوسَىٰ وَإِنِّي لَأَظُنُّهُۥ كَٰذِبًاۚ وَكَذَٰلِكَ زُيِّنَ لِفِرۡعَوۡنَ سُوٓءُ عَمَلِهِۦ وَصُدَّ عَنِ ٱلسَّبِيلِۚ وَمَا كَيۡدُ فِرۡعَوۡنَ إِلَّا فِي تَبَابٍ  ۝٣٧
Asbaabas samaawaati faattali`a ilaaa ilaahi Moosaa wa innee la azunnuhoo kaazibaa; wa kazaalika zuyyina li-Fir`awna sooo`u `amalihee wa sudda `anis sabeel; wa maa kaidu Fir`awna illaa fee tabaab
जुन ढोकाहरू आकाशमा छन् अनि मूसाको अल्लाहलाई देखिहालू“ र म त उसलाई झूठा नै सम्झन्छु । र यस्तै प्रकारले फिरऔनका नराम्रा कर्महरू उसलाई राम्रा लाग्दथे र उसलाई मार्गबाट रोकिइहालिएको थियो र फिरऔनको चालवाजी व्यर्थमा गयो ।
🎤 तपाईंको रेकर्डिङ:
40:38 🔁 0/5
وَقَالَ ٱلَّذِيٓ ءَامَنَ يَٰقَوۡمِ ٱتَّبِعُونِ أَهۡدِكُمۡ سَبِيلَ ٱلرَّشَادِ  ۝٣٨
Wa qaalal lazeee aamana yaa qawmit tabi`ooni ahdikum sabeelar rashaad
र त्यस ईमानदार व्यक्तिले भन्योः कि हे मेरा जातिबन्धुका मानिसहरू ! तिमीहरू मेरो अनुशरण गर । म तिम्रो भलाईको ठीक बाटो देखाउनेछु ।
🎤 तपाईंको रेकर्डिङ:
40:39 🔁 0/5
يَٰقَوۡمِ إِنَّمَا هَٰذِهِ ٱلۡحَيَوٰةُ ٱلدُّنۡيَا مَتَٰعٌ وَإِنَّ ٱلۡأٓخِرَةَ هِيَ دَارُ ٱلۡقَرَارِ  ۝٣٩
Yaa qawmi innamaa haazihil hayaatud dunyaa mataa`unw wa innal Aakhirata hiya daarul qaraar
हे मेरा कौमका मानिसहरू ! यो संसारिक जीवन त मात्र अस्थायी हो । संतुष्टिको साथ स्थायी रूपले बस्ने घर त आखिरत नै हो ।
🎤 तपाईंको रेकर्डिङ:
40:40 🔁 0/5
مَنۡ عَمِلَ سَيِّئَةً فَلَا يُجۡزَىٰٓ إِلَّا مِثۡلَهَاۖ وَمَنۡ عَمِلَ صَٰلِحًا مِّن ذَكَرٍ أَوۡ أُنثَىٰ وَهُوَ مُؤۡمِنٌ فَأُوْلَٰٓئِكَ يَدۡخُلُونَ ٱلۡجَنَّةَ يُرۡزَقُونَ فِيهَا بِغَيۡرِ حِسَابٍ  ۝٤٠
Man `amila saiyi`atan falaa yujzaaa illaa mislahaa wa man `amila saaliham min zakarin aw unsaa wa huwa mu`minun fa ulaaa`ika yadkhuloonal Jannata yurzaqoona feehaa bighairi hisaab
जसले नराम्रो कर्म (गुनाह) गर्नेछ, त्यसको प्रतिफल पनि उसले त्यस्तै पाउनेछ र जसले असल काम गरेको छ, ऊ चाहे पुरुष होस् वा स्त्री र त्यो ईमानवाला छ, त यस्ता मानिसहरू बहिश्त(स्वर्ग) मा प्रवेश पाउने छन्, र त्यहाँ उनीहरूलाई असीमित जीविका प्राप्त हुनेछ ।
🎤 तपाईंको रेकर्डिङ:
40:41 🔁 0/5
۞ وَيَٰقَوۡمِ مَا لِيٓ أَدۡعُوكُمۡ إِلَى ٱلنَّجَوٰةِ وَتَدۡعُونَنِيٓ إِلَى ٱلنَّارِ  ۝٤١
Wa yaa qawmi maa leee ad`ookum ilan najaati wa tad`oonaneee ilan Naar
हे मेरो समुदाय ! यो कस्तो कुरा छ कि मैले तिमीलाई मुक्तितिर बोलाइरहेछु, र तिमीले मलाई नर्कतिर बोलाइरहेका छौ ।
🎤 तपाईंको रेकर्डिङ:
40:42 🔁 0/5
تَدۡعُونَنِي لِأَكۡفُرَ بِٱللَّهِ وَأُشۡرِكَ بِهِۦ مَا لَيۡسَ لِي بِهِۦ عِلۡمٌ وَأَنَا۠ أَدۡعُوكُمۡ إِلَى ٱلۡعَزِيزِ ٱلۡغَفَّٰرِ  ۝٤٢
Tad`oonanee li-akfura billaahi wa ushrika bihee maa laisa lee bihee `ilmunw wa ana ad`ookum ilal`Azeezil Ghaffaar
तिमीले मलाई यो आमन्त्रण गर्दैछौ कि म अल्लाहसित कुफ्र गरूँ, र उसको साझेदार ठहराऊँ, जसको बारेमा मलाई केही पनि ज्ञान छैन, र मैले तिमीलाई (अल्लाह) सर्वशक्तिशाली क्षमादातातिर बोलाइराखेको छु ।
🎤 तपाईंको रेकर्डिङ:
40:43 🔁 0/5
لَا جَرَمَ أَنَّمَا تَدۡعُونَنِيٓ إِلَيۡهِ لَيۡسَ لَهُۥ دَعۡوَةٌ فِي ٱلدُّنۡيَا وَلَا فِي ٱلۡأٓخِرَةِ وَأَنَّ مَرَدَّنَآ إِلَى ٱللَّهِ وَأَنَّ ٱلۡمُسۡرِفِينَ هُمۡ أَصۡحَٰبُ ٱلنَّارِ  ۝٤٣
Laa jarama annamaa tad`oonanee ilaihi laisa lahoo da`watun fid dunyaa wa laa fil Aakhirati wa anna maraddanaaa ilal laahi wa annal musrifeenahum Ashaabun Naar
सत्य त यो हो कि जुन कुरातिर तिमीले मलाई बोलाउँछौ, त्यो न संसारमा आमन्त्रण (पुकार्ने) योग्य छ र न आखिरतमा, र यो कि हामीलाई फर्कनु पनि अल्लाहतिरै छ र यो कि जो अतिक्रमणकारी छन्, तीनै नर्कबासी हुन् ।
🎤 तपाईंको रेकर्डिङ:
40:44 🔁 0/5
فَسَتَذۡكُرُونَ مَآ أَقُولُ لَكُمۡۚ وَأُفَوِّضُ أَمۡرِيٓ إِلَى ٱللَّهِۚ إِنَّ ٱللَّهَ بَصِيرُۢ بِٱلۡعِبَادِ  ۝٤٤
Fasatazkuroona maaa aqoolu lakum; wa ufawwidu amreee ilal laah; innallaaha baseerum bil`ibaad
अतः जे–जति मैले तिमीलाई भनिराखेको छु, शीघ्र नै तिमीले याद गर्नेछौ । म त आफ्नो कुरो अल्लाहलाई सुम्पन्छु । निःसन्देह अल्लाह आफ्ना भक्तहरूलाई देखनेवाला हो ।
🎤 तपाईंको रेकर्डिङ:
40:45 🔁 0/5
فَوَقَىٰهُ ٱللَّهُ سَيِّـَٔاتِ مَا مَكَرُواْۖ وَحَاقَ بِـَٔالِ فِرۡعَوۡنَ سُوٓءُ ٱلۡعَذَابِ  ۝٤٥
Fa waqaahul laahu saiyiaati maa makaroo wa haaqa bi Aali-Fir`awna sooo`ul `azaab
यसर्थ अल्लाहले (मूसालाई) उनीहरूका षडयन्त्रहरूको दोषबाट बचाइहाल्यो र फिरऔनीहरूलाई नराम्रो यातनाले घेरिहाल्यो ।
🎤 तपाईंको रेकर्डिङ:
40:46 🔁 0/5
ٱلنَّارُ يُعۡرَضُونَ عَلَيۡهَا غُدُوًّا وَعَشِيًّاۚ وَيَوۡمَ تَقُومُ ٱلسَّاعَةُ أَدۡخِلُوٓاْ ءَالَ فِرۡعَوۡنَ أَشَدَّ ٱلۡعَذَابِ  ۝٤٦
An Naaru yu`radoona `alaihaa ghuduwwanw wa `ashiyyanw wa Yawma taqoomus Saa`aatu adkhilooo Aala Fir`awna ashaddal `azaab
अर्थात् (नर्क) आगो छ, जसको अगाडि उनीहरू साँझ बिहान, प्रस्तुत गराउदैंछन् र जुन दिन कयामतको समय आउनेछ त्यतिखेर भनिनेछः ‘‘फिरऔनका मानिसहरूलाई निकृष्टतम यातनामा प्रविष्ट गराऊ ।’’
🎤 तपाईंको रेकर्डिङ:
40:47 🔁 0/5
وَإِذۡ يَتَحَآجُّونَ فِي ٱلنَّارِ فَيَقُولُ ٱلضُّعَفَٰٓؤُاْ لِلَّذِينَ ٱسۡتَكۡبَرُوٓاْ إِنَّا كُنَّا لَكُمۡ تَبَعًا فَهَلۡ أَنتُم مُّغۡنُونَ عَنَّا نَصِيبًا مِّنَ ٱلنَّارِ  ۝٤٧
Wa iz yatahaaajjoona fin Naari fa-yaqoolud du`afaaa`u lillazeenas takbarooo innaa kunnaa lakum taba`an fahal antum mughnoona annaa naseebam minan Naar
र जबकि उनीहरू नर्कमा एक अर्कासित झगडा गरिराखेका हुनेछन् त कमजोरहरूले उनीहरूसित जो ठूला बन्दथे, भन्नेछन् कि ‘‘हामी त तिम्रो पछि–पछि हिंड्नेवाला थियौं । अब के तिमीले हामीमाथिबाट यस आगोको केही भाग हटाउन सक्दछौ ?’’
🎤 तपाईंको रेकर्डिङ:
40:48 🔁 0/5
قَالَ ٱلَّذِينَ ٱسۡتَكۡبَرُوٓاْ إِنَّا كُلٌّ فِيهَآ إِنَّ ٱللَّهَ قَدۡ حَكَمَ بَيۡنَ ٱلۡعِبَادِ  ۝٤٨
Qaalal lazeenas takbarooo innaa kullun feehaaa innal laaha qad hakama baynal`ibaad
उनीहरू जो ठूला बन्दथे, भन्नेछन्ः ‘‘हामी त सबै यसैमा छौं । अल्लाहले आफ्ना भक्तहरूमा फैसला गरिसकेको छ’’ ।
🎤 तपाईंको रेकर्डिङ:
40:49 🔁 0/5
وَقَالَ ٱلَّذِينَ فِي ٱلنَّارِ لِخَزَنَةِ جَهَنَّمَ ٱدۡعُواْ رَبَّكُمۡ يُخَفِّفۡ عَنَّا يَوۡمًا مِّنَ ٱلۡعَذَابِ  ۝٤٩
Wa qaalal lazena fin Naari likhazanati Jahannamad-`oo Rabbakum yukhaffif `annaa yawmam minal `azaab
र सबै नर्कीहरू मिलेर नर्कको सिपाहीसित भन्नेछन् किः तिमीले नै आफ्नो पालनकर्तासित प्रार्थना गर कि उसले हामी माथिबाट कुनै दिन त यातना केही कम गरिदेओस् ।
🎤 तपाईंको रेकर्डिङ:
40:50 🔁 0/5
قَالُوٓاْ أَوَلَمۡ تَكُ تَأۡتِيكُمۡ رُسُلُكُم بِٱلۡبَيِّنَٰتِۖ قَالُواْ بَلَىٰۚ قَالُواْ فَٱدۡعُواْۗ وَمَا دُعَٰٓؤُاْ ٱلۡكَٰفِرِينَ إِلَّا فِي ضَلَٰلٍ  ۝٥٠
Qaalooo awalam taku taateekum Rusulukum bilbaiyinaati qaaloo balaa` qaaloo fad`oo; wa maa du`aaa`ul kaafireena illaa fee dalaal
उनीहरूले भन्नेछन् के तिम्रो पासमा तिम्रा रसूलले खुल्ला प्रमाण लिएर आउनु भएको थिएन ? तिनीहरूले भन्नेछन्, ‘‘किन होइन !’’ उनीहरूले भन्नेछन् ‘‘अनि तिमीहरूले नै पुकार’’ तर इन्कार गर्नेवालाहरूको प्रार्थना प्रभावहीन र बेअसर हुनेछ ।
🎤 तपाईंको रेकर्डिङ:
40:51 🔁 0/5
إِنَّا لَنَنصُرُ رُسُلَنَا وَٱلَّذِينَ ءَامَنُواْ فِي ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا وَيَوۡمَ يَقُومُ ٱلۡأَشۡهَٰدُ  ۝٥١
Innaa lanansuru Rusulanaa wallazeena aamanoo fil hayaatid dunyaa wa Yawma yaqoomul ashhaad
निश्चय नै हामीले आफ्ना रसूलहरू र ती मानिसहरू जसले ईमान ल्याए, उनीहरूको सहायता सांसारिक जीवनमा गर्नेछौं र त्यस दिन पनि, जबकि साक्षीहरू उभिनेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
40:52 🔁 0/5
يَوۡمَ لَا يَنفَعُ ٱلظَّٰلِمِينَ مَعۡذِرَتُهُمۡۖ وَلَهُمُ ٱللَّعۡنَةُ وَلَهُمۡ سُوٓءُ ٱلدَّارِ  ۝٥٢
Yawma laa yanfa`uz zaalimeena ma`ziratuhum wa lahumul la`natu wa lahum soooud daar
जुन दिन अत्याचारीहरूलाई उनीहरूको बहानाले केही पनि लाभ पुर्याउने छैन । बरु उनीहरूको लागि त तिरस्कार हुनेछ र उनीहरूको निम्ति नराम्रो घर हुनेछ ।
🎤 तपाईंको रेकर्डिङ:
40:53 🔁 0/5
وَلَقَدۡ ءَاتَيۡنَا مُوسَى ٱلۡهُدَىٰ وَأَوۡرَثۡنَا بَنِيٓ إِسۡرَٰٓءِيلَ ٱلۡكِتَٰبَ  ۝٥٣
Wa laqad aatainaa Moosal hudaa wa awrasnaa Baneee Israaa `eelal Kitaab
हामीले मूसालाई मार्गदर्शनवाला किताब (तौरात) दियौं र बनी इस्राईललाई त्यस किताबको उत्तराधिकारी बनायौं ।
🎤 तपाईंको रेकर्डिङ:
40:54 🔁 0/5
هُدًى وَذِكۡرَىٰ لِأُوْلِي ٱلۡأَلۡبَٰبِ  ۝٥٤
Hudanw wa zikraa li ulil albaab
बुद्धिमानहरूको निम्ति त्यसमा मार्गदर्शन र शिक्षा थियो ।
🎤 तपाईंको रेकर्डिङ:
40:55 🔁 0/5
فَٱصۡبِرۡ إِنَّ وَعۡدَ ٱللَّهِ حَقٌّ وَٱسۡتَغۡفِرۡ لِذَنۢبِكَ وَسَبِّحۡ بِحَمۡدِ رَبِّكَ بِٱلۡعَشِيِّ وَٱلۡإِبۡكَٰرِ  ۝٥٥
Fasbir inna wa`dal laahi haqqunw wastaghfir lizambika wa sabbih bihamdi Rabbika bil`ashiyyi wal ibkaar
अतः हे नबी धैर्य गर, निःसन्देह अल्लाहको वाचा सत्य छ र आफ्नो गुनाहको माफि माँग र साँझ–बिहान आफ्नो पालनकर्ताको प्रशंसाका साथ गुणगान गर्नेगर ।
🎤 तपाईंको रेकर्डिङ:
40:56 🔁 0/5
إِنَّ ٱلَّذِينَ يُجَٰدِلُونَ فِيٓ ءَايَٰتِ ٱللَّهِ بِغَيۡرِ سُلۡطَٰنٍ أَتَىٰهُمۡ إِن فِي صُدُورِهِمۡ إِلَّا كِبۡرٌ مَّا هُم بِبَٰلِغِيهِۚ فَٱسۡتَعِذۡ بِٱللَّهِۖ إِنَّهُۥ هُوَ ٱلسَّمِيعُ ٱلۡبَصِيرُ  ۝٥٦
Innal lazeena yujaadi loona feee Aayaatil laahi bighairi sultaanin ataahum in fee sudoorihim illaa kibrum maa hum bibaaligheeh; fasta`iz billaahi innahoo Huwas Samee`ul Baseer
जुन मानिसहरू आफूसँग आएको अल्लाहका आयतहरूको बारेमा बिना कुनै प्रमाण झगडा गर्दछन्, उनीहरूका छातीहरूमा विकार बाहेक केही छैन् । उनीहरू त्यहाँसम्म पुग्नेवाला छैनन् । अतः तिमी अल्लाहको शरणमा जाऊ । निश्चय नै ऊ सबै सुन्दछ र देख्दछ ।
🎤 तपाईंको रेकर्डिङ:
40:57 🔁 0/5
لَخَلۡقُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ أَكۡبَرُ مِنۡ خَلۡقِ ٱلنَّاسِ وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يَعۡلَمُونَ  ۝٥٧
Lakhalqus samaawaati wal ardi akbaru min khalqin naasi wa laakinna aksaran naasi laa ya`lamoon
निःसन्देह आकाशहरू र धरतीहरूको सृष्टि गर्नु, मानिसहरूको सृष्टि गर्नुभन्दा धेरै ठूलो काम हो । तर धेरै मानिसले जान्दैनन् ।
🎤 तपाईंको रेकर्डिङ:
40:58 🔁 0/5
وَمَا يَسۡتَوِي ٱلۡأَعۡمَىٰ وَٱلۡبَصِيرُ وَٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ وَلَا ٱلۡمُسِيٓءُۚ قَلِيلًا مَّا تَتَذَكَّرُونَ  ۝٥٨
Wa maa yastawil a`maa walbaseeru wallazeena aamanoo wa `amilus saalihaati wa lal museee`; qaleelam maa tatazakkaroon
अन्धा र आँखा देख्नेहरू बराबर हुँदैनन् र उनीहरू जसले ईमान ल्याए र असल कर्म गरे र जो नराम्रा काम गरे दुवै परस्परमा बराबर हुन सक्दैनन् । तिमीले धेरै विचार गर्दैनौ ।
🎤 तपाईंको रेकर्डिङ:
40:59 🔁 0/5
إِنَّ ٱلسَّاعَةَ لَأٓتِيَةٌ لَّا رَيۡبَ فِيهَا وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يُؤۡمِنُونَ  ۝٥٩
Innas Saa`ata la aatiyatul laa raiba feehaa wa laakinna aksaran naasi laa yu`minoon
कयामत त आउनेवाल नै छ, यसमा कुनै शंका छैन । तर अधिकांश मानिसहरूले ईमान ल्याएका छैनन् ।
🎤 तपाईंको रेकर्डिङ:
40:60 🔁 0/5
وَقَالَ رَبُّكُمُ ٱدۡعُونِيٓ أَسۡتَجِبۡ لَكُمۡۚ إِنَّ ٱلَّذِينَ يَسۡتَكۡبِرُونَ عَنۡ عِبَادَتِي سَيَدۡخُلُونَ جَهَنَّمَ دَاخِرِينَ  ۝٦٠
Wa qaala Rabbukumud `ooneee astajib lakum; innal lazeena yastakbiroona an `ibaadatee sa yadkhuloona jahannama daakhireen
र तिम्रो पालनकर्ताको आदेश छ कि ‘‘तिमी मसित प्रार्थना गर, म तिम्रो प्रार्थना स्वीकार गर्नेछु । जुन मानिसहरू मेरो उपासनाबाट घमण्डले अहंकार गर्छन्, अति शीघ्र नर्कमा तिरस्कृत भई प्रवेश गर्नेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
40:61 🔁 0/5
ٱللَّهُ ٱلَّذِي جَعَلَ لَكُمُ ٱلَّيۡلَ لِتَسۡكُنُواْ فِيهِ وَٱلنَّهَارَ مُبۡصِرًاۚ إِنَّ ٱللَّهَ لَذُو فَضۡلٍ عَلَى ٱلنَّاسِ وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يَشۡكُرُونَ  ۝٦١
Allaahul lazee ja`ala lakumul laila litqaskunoo feehi wannahaara mubsiraa; innal laaha lazoo fadlin `alan naasi wa laakinna aksaran naasi laa yashkuroon
अल्लाहले नै तिम्रो निम्ति रात बनायो ताकि यसमा विश्राम गर र दिनलाई प्रकाशमान् बनायो । निःसन्देह अल्लाह मानिसहरूको निम्ति बडो उदार अनुग्रहवाला छ, तर धेरै मानिसहरूले कृतज्ञता प्रकट गर्दैनन् ।
🎤 तपाईंको रेकर्डिङ:
40:62 🔁 0/5
ذَٰلِكُمُ ٱللَّهُ رَبُّكُمۡ خَٰلِقُ كُلِّ شَيۡءٍ لَّآ إِلَٰهَ إِلَّا هُوَۖ فَأَنَّىٰ تُؤۡفَكُونَ  ۝٦٢
Zaalikumul laahu Rabbukum khaaliqu kulli shai`; laaa ilaaha illaa Huwa fa annaa tu`fakoon
यही अल्लाह तिमी सबैको पालनकर्ता हो, प्रत्येक कुराको स्रष्टा हो । उस बाहेक अरु कोही सत्य पूज्य छैन । अनि तिमी कहाँ भौंतारिरहेका छौ
🎤 तपाईंको रेकर्डिङ:
40:63 🔁 0/5
كَذَٰلِكَ يُؤۡفَكُ ٱلَّذِينَ كَانُواْ بِـَٔايَٰتِ ٱللَّهِ يَجۡحَدُونَ  ۝٦٣
Kazaalika yu`fakul loazeena kaanoo bi Aayaatil laahi yajhadoon
यस्तै प्रकारले ती मानिसहरू भौंतारिरहेका थिए जसले अल्लाहका आयतहरूलाई नकार्दथे ।
🎤 तपाईंको रेकर्डिङ:
40:64 🔁 0/5
ٱللَّهُ ٱلَّذِي جَعَلَ لَكُمُ ٱلۡأَرۡضَ قَرَارًا وَٱلسَّمَآءَ بِنَآءً وَصَوَّرَكُمۡ فَأَحۡسَنَ صُوَرَكُمۡ وَرَزَقَكُم مِّنَ ٱلطَّيِّبَٰتِۚ ذَٰلِكُمُ ٱللَّهُ رَبُّكُمۡۖ فَتَبَارَكَ ٱللَّهُ رَبُّ ٱلۡعَٰلَمِينَ  ۝٦٤
Allaahul lazee ja`ala lakumul arda qaraaranw wassa maaa`a binaaa`anw wa sawwarakum fa ahsana suwarakum wa razaqakum minat taiyibaat; zaalikumul laahu Rabbukum fatabaarakal laahu Rabbul `aalameen
अल्लाह नै हो, जसले धरतीहरूलाई तिम्रो निम्ति बासको ठाउँ र आकाशलाई छाना बनायो र तिमीलाई रूप दियो र रूपहरू पनि कति राम्रो बनायो र तिमीलाई पाक (पवित्र) कुराहरू खानको निम्ति दियो । यही अल्लाह तिम्रो पालनकर्ता हो । तसर्थ बडा कल्याणकारी छ अल्लाह, सम्पूर्ण जगतको पालनकर्ता ।
🎤 तपाईंको रेकर्डिङ:
40:65 🔁 0/5
هُوَ ٱلۡحَيُّ لَآ إِلَٰهَ إِلَّا هُوَ فَٱدۡعُوهُ مُخۡلِصِينَ لَهُ ٱلدِّينَۗ ٱلۡحَمۡدُ لِلَّهِ رَبِّ ٱلۡعَٰلَمِينَ  ۝٦٥
Huwal Hayyu laaa ilaaha illaa Huwa fad`oohu mukh liseena lahudeen; alhamdu lillaahi Rabbil `aalameen
त्यो जीवन्त छ, उसबाहेक अरु कोही सत्य पूज्य छैन । अतः तिमीले उसैको उपासना गर्दै उसैलाई पुकार, सम्पूर्ण विशेषता अल्लाहकै लागि छ, जो सम्पूर्ण जगतको पालनकर्ता हो ।
🎤 तपाईंको रेकर्डिङ:
40:66 🔁 0/5
۞ قُلۡ إِنِّي نُهِيتُ أَنۡ أَعۡبُدَ ٱلَّذِينَ تَدۡعُونَ مِن دُونِ ٱللَّهِ لَمَّا جَآءَنِيَ ٱلۡبَيِّنَٰتُ مِن رَّبِّي وَأُمِرۡتُ أَنۡ أُسۡلِمَ لِرَبِّ ٱلۡعَٰلَمِينَ  ۝٦٦
Qul innee nuheetu an a`budal lazeena tad`oona min doonil laahi lammaa jaaa`a niyal biyinaatu mir Rabbee wa umirtu an uslima li Rabbil `aalameen
(हे मुहम्मद !) यिनीहरूसित तपार्इं भनिदिनुस् ! कि ‘‘मलाई तिनीहरूको उपासनाबाट मनाही गरिएको छ, जसलाई तिमीले अल्लाहबाहेक पुकार्दछौ, यस कारण कि मसँग मेरो पालनकर्ताको तर्फबाट प्रमाण पुगिसकेको छ । मलाई यो आदेश दिइएको छ कि म सम्पूर्ण संसारको पालनकर्तालाई नतमस्तक भइहालूँ ।’’
🎤 तपाईंको रेकर्डिङ:
40:67 🔁 0/5
هُوَ ٱلَّذِي خَلَقَكُم مِّن تُرَابٍ ثُمَّ مِن نُّطۡفَةٍ ثُمَّ مِنۡ عَلَقَةٍ ثُمَّ يُخۡرِجُكُمۡ طِفۡلًا ثُمَّ لِتَبۡلُغُوٓاْ أَشُدَّكُمۡ ثُمَّ لِتَكُونُواْ شُيُوخًاۚ وَمِنكُم مَّن يُتَوَفَّىٰ مِن قَبۡلُۖ وَلِتَبۡلُغُوٓاْ أَجَلًا مُّسَمًّى وَلَعَلَّكُمۡ تَعۡقِلُونَ  ۝٦٧
Huwal lazee khalaqakum min turaabin summa min nutfatin summa min `alaqatin summa yukhrijukum tiflan summa litablughooo ashuddakum summa litakoonoo shuyookhaa; wa minkum mai yutawaffaa min qablu wa litablughooo ajalam musam manw-wa la`allakum ta`qiloon
ऊ त्यही हो जसले तिमीलाई माटोबाट फेरि वीर्य (नुत्फा) बाट फेरि रक्तपिण्डबाट सृष्टि गर्यो, अनि उसले तिमीलाई एउटा बच्चाको रूपमा निकाल्दछ, अनि (तिमीलाई बढाउँछ) ताकि तिमी आफ्नो परिपक्वतालाई प्राप्त गर, फेरि वृद्धावस्थामा पुग । यद्यपि तिमीहरूमध्ये कोही यसभन्दा पहिला पनि मरीहाल्छन्, (उसले तिमीलाई छोडी दिन्छ) ताकि तिमी निर्धारित आयुसम्म पुग र यो यसकारण गर्दछ कि तिमीले बुझिहाल ।
🎤 तपाईंको रेकर्डिङ:
40:68 🔁 0/5
هُوَ ٱلَّذِي يُحۡيِۦ وَيُمِيتُۖ فَإِذَا قَضَىٰٓ أَمۡرًا فَإِنَّمَا يَقُولُ لَهُۥ كُن فَيَكُونُ  ۝٦٨
Huwal lazee yuhyee wa yumeetu fa izaa qadaaa amran fa innamaa yaqoolu lahoo kun fa yakon
त्यही हो जसले जीवन र मृत्यु दिन्छ र जब उसले कुनै कामको निर्णय गर्दछ तब त्यसको निम्ति यति भनिदिन्छ कि, ‘‘भइहाल’’, तब त्यो भइहाल्दछ ।
🎤 तपाईंको रेकर्डिङ:
40:69 🔁 0/5
أَلَمۡ تَرَ إِلَى ٱلَّذِينَ يُجَٰدِلُونَ فِيٓ ءَايَٰتِ ٱللَّهِ أَنَّىٰ يُصۡرَفُونَ  ۝٦٩
Alam tara ilal lazeena yujaadiloona feee Aayaatil laahi annaa yusrafoon
के तिमीले उनीहरूलाई देख्यौ, जसले अल्लाहको आयतहरूमा विवाद गर्दछन् ? यिनीहरू कहाँ भौंतारिराखेका छन्
🎤 तपाईंको रेकर्डिङ:
40:70 🔁 0/5
ٱلَّذِينَ كَذَّبُواْ بِٱلۡكِتَٰبِ وَبِمَآ أَرۡسَلۡنَا بِهِۦ رُسُلَنَاۖ فَسَوۡفَ يَعۡلَمُونَ  ۝٧٠
Allazeena kazzaboo bil Kitaabi wa bimaa arsalnaa bihee Rusulanaa fasawfa ya`lamoon
जुन मानिसहरूले किताबलाई झूठा भने र त्यसलाई पनि जुन कि हामीले रसूलहरूलाई दिएर पठाएका थियौं । त शीघ्र नै उनीहरूलाई वास्तविकता थाहा भइहाल्नेछ ।
🎤 तपाईंको रेकर्डिङ:
40:71 🔁 0/5
إِذِ ٱلۡأَغۡلَٰلُ فِيٓ أَعۡنَٰقِهِمۡ وَٱلسَّلَٰسِلُ يُسۡحَبُونَ  ۝٧١
Izil aghlaalu feee a`naaqi-him wassalaasilu yashaboon
जबकि तौक (पट्टा) उनीहरूको घाँटीमा हुनेछ र जंजीरहरूमा घिसारिनेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
40:72 🔁 0/5
فِي ٱلۡحَمِيمِ ثُمَّ فِي ٱلنَّارِ يُسۡجَرُونَ  ۝٧٢
Fil hameemi summa fin Naari Yasjaroon
उम्लिराखेको पानीमा, अनि नर्कको आगोमा जलाइने छन् ।
🎤 तपाईंको रेकर्डिङ:
40:73 🔁 0/5
ثُمَّ قِيلَ لَهُمۡ أَيۡنَ مَا كُنتُمۡ تُشۡرِكُونَ  ۝٧٣
Summaa qeela lahum ayna maa kuntum tushrikoon
त्यसपछि उनीसित भनिनेछः कि ‘‘उनीहरू कहाँ छन्, जसलाई तिमीले साझेदार ठहराउँथ्यौ ?’’
🎤 तपाईंको रेकर्डिङ:
40:74 🔁 0/5
مِن دُونِ ٱللَّهِۖ قَالُواْ ضَلُّواْ عَنَّا بَل لَّمۡ نَكُن نَّدۡعُواْ مِن قَبۡلُ شَيۡـًٔاۚ كَذَٰلِكَ يُضِلُّ ٱللَّهُ ٱلۡكَٰفِرِينَ  ۝٧٤
Min doonil laahi qaaloo dalloo `annaa bal lam nakun nad`oo min qablu shai`aa; kazaalika yudillul laahul kaafireen
अल्लाह बाहेक उनीहरूले भन्नेछन्ः ‘‘उनीहरू त हामीबाट बहकिहाले, बरु यसभन्दा अगाडि हामीले कसैलाई पुकार्दैन्थ्यौ ।’’ यसैप्रकार अल्लाहले इन्कार गर्नेहरूलाई मार्गविचलित गर्दछ ।
🎤 तपाईंको रेकर्डिङ:
40:75 🔁 0/5
ذَٰلِكُم بِمَا كُنتُمۡ تَفۡرَحُونَ فِي ٱلۡأَرۡضِ بِغَيۡرِ ٱلۡحَقِّ وَبِمَا كُنتُمۡ تَمۡرَحُونَ  ۝٧٥
Zaalikum bimaa kuntum tafrahoona fil ardi bighairil haqqi wa bimaa kuntum tamrahoon
‘‘यो बदला हो यस कुराको जसको कारण तिमी धरतीमा नाहक खुशी थियौ र यस कारण कि तिमी घमण्ड गरिराखेका थियौ ।
🎤 तपाईंको रेकर्डिङ:
40:76 🔁 0/5
ٱدۡخُلُوٓاْ أَبۡوَٰبَ جَهَنَّمَ خَٰلِدِينَ فِيهَاۖ فَبِئۡسَ مَثۡوَى ٱلۡمُتَكَبِّرِينَ  ۝٧٦
Udkhulooo abwaaba Jahannama khaalideena feehaa fabi`sa maswal mutakabbireen
अब नर्कका (जहन्नमका) ढोकाहरूमा प्रवेश गरिहाल, सधैं उसैमा रहनेछौ ।’’ घमण्ड गर्नेहरूको लागि कस्तो नराम्रो बासस्थान हो ।
🎤 तपाईंको रेकर्डिङ:
40:77 🔁 0/5
فَٱصۡبِرۡ إِنَّ وَعۡدَ ٱللَّهِ حَقٌّۚ فَإِمَّا نُرِيَنَّكَ بَعۡضَ ٱلَّذِي نَعِدُهُمۡ أَوۡ نَتَوَفَّيَنَّكَ فَإِلَيۡنَا يُرۡجَعُونَ  ۝٧٧
Fasbir inna wa`dal laahi haqq; fa immaa nuriyannak ba`dal lazee na`i duhum aw natawaffayannaka fa ilainaa yurja`oon
तसर्थ (हे पैगम्बर !) धैर्य गर्नुस्, अल्लाहको वचन एकदम सत्य छ । जुन कुराको हामीले उनीहरूलाई वचन दिइराखेका छौं त्यसबाट यदि केही हामीले तपार्इंलाई देखाइहाल्यौं वा तपार्इंलाई उठाइहाल्यौं, (हर अवस्थामा) उनीहरूलाई फर्कनु त हामीतिरै छ ।
🎤 तपाईंको रेकर्डिङ:
40:78 🔁 0/5
وَلَقَدۡ أَرۡسَلۡنَا رُسُلًا مِّن قَبۡلِكَ مِنۡهُم مَّن قَصَصۡنَا عَلَيۡكَ وَمِنۡهُم مَّن لَّمۡ نَقۡصُصۡ عَلَيۡكَۗ وَمَا كَانَ لِرَسُولٍ أَن يَأۡتِيَ بِـَٔايَةٍ إِلَّا بِإِذۡنِ ٱللَّهِۚ فَإِذَا جَآءَ أَمۡرُ ٱللَّهِ قُضِيَ بِٱلۡحَقِّ وَخَسِرَ هُنَالِكَ ٱلۡمُبۡطِلُونَ  ۝٧٨
Wa laqad arsalnaa Rusulam min qablika minhum man qasasnaa `alaika wa minhum mal lam naqsus `alaik; wa maa kaana li Rasoolin any yaatiya bi Aayatin illaa bi iznil laah; fa izaa jaaa`a amrul laahi qudiya bilhaqqi wa khasira hunaalikal mubtiloon
हामीले तपार्इंभन्दा अगाडि पनि धेरै संदेष्टाहरू (पैगम्बरहरू) पठायौं । उनीहरूमध्ये त केहीका वृत्तान्त हामीले तपार्इंलाई वर्णन गरिदिएका छौं र केही यस्ता छन् जसका वृत्तान्त त हामीले तपार्इंलाई वर्णन गरेका छैनौं र कुनै रसूलको पनि यो सामथ्र्य थिएन कि अल्लाहको आदेश बिना कुनै निशानी ल्याओस् । अनि जब अल्लाहको आदेश आइपुग्नेछ त न्यायपूर्ण निर्णय गरिहालिने छ । यहाँ झूठाहरू घाटामा परिहाल्ने छन् ।’’
🎤 तपाईंको रेकर्डिङ:
40:79 🔁 0/5
ٱللَّهُ ٱلَّذِي جَعَلَ لَكُمُ ٱلۡأَنۡعَٰمَ لِتَرۡكَبُواْ مِنۡهَا وَمِنۡهَا تَأۡكُلُونَ  ۝٧٩
Allaahul lazee ja`ala lakumul an`aama litarkaboo minhaa wa minhaa taakuloon
अल्लाह नै हो जसले तिम्रो निम्ति चौपायाहरू बनायो ताकि उनीहरूमध्ये केहीमाथि तिमीले सवारी गर र उनीहरूमध्ये केहीलाई तिमी खान्छौ पनि ।
🎤 तपाईंको रेकर्डिङ:
40:80 🔁 0/5
وَلَكُمۡ فِيهَا مَنَٰفِعُ وَلِتَبۡلُغُواْ عَلَيۡهَا حَاجَةً فِي صُدُورِكُمۡ وَعَلَيۡهَا وَعَلَى ٱلۡفُلۡكِ تُحۡمَلُونَ  ۝٨٠
Wa lakum feehaa manaafi`u wa litablughoo `alaihaa haajatan fee sudoorikum wa `alaihaa wa `alal fulki tuhmaloon
र उनीहरूमा तिम्रो निम्ति अरु पनि फाइदाहरू छन् र यसकारण पनि कि तिम्रा हृदयहरूमा लुकेको आवश्यकताहरू, तिनीहरूमाथि सवारी गरेर हासिल गर (चढेर त्यहाँ पुगिहाल) र उनीमाथि तथा डुङ्गाहरूमा तिमी सवार हुन्छौ ।
🎤 तपाईंको रेकर्डिङ:
40:81 🔁 0/5
وَيُرِيكُمۡ ءَايَٰتِهِۦ فَأَيَّ ءَايَٰتِ ٱللَّهِ تُنكِرُونَ  ۝٨١
Wa yureekum Aayaatihee fa ayya Aayaatil laahi tunkiroon
अल्लाहले तिमीलाई आफ्नो निशानीहरू देखाउँदै गएछ । त तिमी अल्लाहका कुन–कुन निशानीहरूलाई मान्ने छैनौ
🎤 तपाईंको रेकर्डिङ:
40:82 🔁 0/5
أَفَلَمۡ يَسِيرُواْ فِي ٱلۡأَرۡضِ فَيَنظُرُواْ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلَّذِينَ مِن قَبۡلِهِمۡۚ كَانُوٓاْ أَكۡثَرَ مِنۡهُمۡ وَأَشَدَّ قُوَّةً وَءَاثَارًا فِي ٱلۡأَرۡضِ فَمَآ أَغۡنَىٰ عَنۡهُم مَّا كَانُواْ يَكۡسِبُونَ  ۝٨٢
Afalam yaseeroo fil ardi fa yanzuroo kaifa kaana `aaqibatul lazeena min qablihim; kaanoo aksara minhum wa ashadda quwwatanw wa aasaaran fil ardi famaaa aghnaa `anhum maa kaanoo yaksiboon
के यी मानिसहरूले धरतीमा भ्रमण गरेर आफूभन्दा पहिलाका मानिसहरूको परिणाम देखेनन् । जो यिनीहरूभन्दा संख्यामा धेरै र बढी शक्तिवान् थिए र धरतीमा छोडिएको निशानीहरूको दृष्टिले पनि बढी थिए । त जे–जति उनीहरूले गर्दथे उनको काम लागेनन् ।
🎤 तपाईंको रेकर्डिङ:
40:83 🔁 0/5
فَلَمَّا جَآءَتۡهُمۡ رُسُلُهُم بِٱلۡبَيِّنَٰتِ فَرِحُواْ بِمَا عِندَهُم مِّنَ ٱلۡعِلۡمِ وَحَاقَ بِهِم مَّا كَانُواْ بِهِۦ يَسۡتَهۡزِءُونَ  ۝٨٣
Falammaa jaaa`at hum Rusuluhum bilbaiyinaati farihoo bimaa `indahum minal `ilmi wa haaqa bihim maa kaanoo bihee yastahzi`oon
यसर्थ जब उनीहरूको पैगम्बर उनीहरूको पासमा स्पष्ट निशानीहरू लिएर आए त उनीहरूले आफ्नो ज्ञानमाथि घमण्ड गर्न लागे । र आखिर जुन कुराको उनीहरूले उपहास गरेका थिए त्यही कुराले आइघेर्यो ।
🎤 तपाईंको रेकर्डिङ:
40:84 🔁 0/5
فَلَمَّا رَأَوۡاْ بَأۡسَنَا قَالُوٓاْ ءَامَنَّا بِٱللَّهِ وَحۡدَهُۥ وَكَفَرۡنَا بِمَا كُنَّا بِهِۦ مُشۡرِكِينَ  ۝٨٤
Falammaa ra aw baasanaa qaalooo aamannaa billaahi wahdahoo wa kafarnaa bimaa kunnaa bihee mushrikeen
अनि उनीहरूले हाम्रो यातना देख्ने बित्तिकै भन्न लागेः ‘‘हामीले एक्लै अल्लाहमाथि ईमान ल्यायौं र तिनीहरूको इन्कार गर्यौं जसलाई हामीले उसको साझेदार ठहराउँथ्यौं ।
🎤 तपाईंको रेकर्डिङ:
40:85 🔁 0/5
فَلَمۡ يَكُ يَنفَعُهُمۡ إِيمَٰنُهُمۡ لَمَّا رَأَوۡاْ بَأۡسَنَاۖ سُنَّتَ ٱللَّهِ ٱلَّتِي قَدۡ خَلَتۡ فِي عِبَادِهِۦۖ وَخَسِرَ هُنَالِكَ ٱلۡكَٰفِرُونَ  ۝٨٥
Falam yaku tanfa `uhum eemaanuhum lammaa ra-aw baasana sunnatal laahil latee qad khalat fee `ibaadihee wa khasira hunaalikal kaafiroon
तर हाम्रो सजाय देखी सकेपछि उनीहरूको ईमानले उनीहरूलाई कुनै पनि लाभ पुर्याउन सकेन । यही अल्लाहको रीति हो, जुन उसका भक्तहरूमा पहिलेदेखि नै चलिआइरहेको छ र यसबेला इन्कार गर्नेहरू घाटामा परिहाले ।
🎤 तपाईंको रेकर्डिङ:
💡 लुकेको शब्दलाई अस्थायी रूपमा देखाउन ट्याप गर्नुहोस् — तपाईंको प्रगति स्वतः बचत हुन्छ।

🎉
🎊 राम्रो! कण्ठ पूरा भयो
Mishary Rashid Alafasy
Mahmoud Khalil Al-Husary
Abdurrahman As-Sudais
Mohamed Siddiq Al-Minshawi
Abdul Basit Abdul Samad
Ali Al-Hudhaify
Ahmed ibn Ali al-Ajamy
Abu Bakr Ash-Shaatree
Muhammad Ayyoub
Abdullah Basfar
Abdullah Al-Juhani
Maher Al Muaiqly
0:00
0:00
-

पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers