🔥 0 दिन लगातार
📖 लामो सूरा — साना भागहरूमा विभाजित (29 आयत)
0/29
57:1
🔁 0/5
سَبَّحَ لِلَّهِ مَا فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ وَهُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ ١
Sabbaha lillaahi maa fissamaawaati wal ardi wa Huwal `Azeezul Hakeem
आकाशहरू र धरतीमा जे छ सबैले अल्लाहकै गुणगान गर्दैछन् र ऊ अधिपत्यशाली ठूलो तत्वदर्शी छ ।
🎤 तपाईंको रेकर्डिङ:
57:2
🔁 0/5
لَهُۥ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ يُحۡيِۦ وَيُمِيتُۖ وَهُوَ عَلَىٰ كُلِّ شَيۡءٍ قَدِيرٌ ٢
Lahoo mulkus samaawaati wal ardi yuhyee wa yumeetu wa Huwa `alaa kulli shai`in Qadeer
आकाशहरू र धरतीको सत्ता उसैको हो, उसैले जीवन दिन्छ र मृत्यु पनि र ऊ प्रत्येक कुरामा सामथ्र्य सम्पन्न छ ।
🎤 तपाईंको रेकर्डिङ:
57:3
🔁 0/5
هُوَ ٱلۡأَوَّلُ وَٱلۡأٓخِرُ وَٱلظَّٰهِرُ وَٱلۡبَاطِنُۖ وَهُوَ بِكُلِّ شَيۡءٍ عَلِيمٌ ٣
Huwal Awwalu wal`Aakhiru waz Zaahiru wal Baatinu wa huwa bikulli shai`in Aleem
उही पहिला हो र अन्तिम पनि । व्यक्त हो र अव्यक्त पनि । र ऊ हरेक कुरा राम्ररी जान्दछ ।
🎤 तपाईंको रेकर्डिङ:
57:4
🔁 0/5
هُوَ ٱلَّذِي خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ فِي سِتَّةِ أَيَّامٍ ثُمَّ ٱسۡتَوَىٰ عَلَى ٱلۡعَرۡشِۖ يَعۡلَمُ مَا يَلِجُ فِي ٱلۡأَرۡضِ وَمَا يَخۡرُجُ مِنۡهَا وَمَا يَنزِلُ مِنَ ٱلسَّمَآءِ وَمَا يَعۡرُجُ فِيهَاۖ وَهُوَ مَعَكُمۡ أَيۡنَ مَا كُنتُمۡۚ وَٱللَّهُ بِمَا تَعۡمَلُونَ بَصِيرٌ ٤
Huwal lazee khalaqas samaawaati wal arda fee sittati ayyaamin summas tawaa `alal `Arsh; ya`lamu maa yaliju filardi wa maa yakhruju minhaa wa maa yanzilu minas samaaa`i wa maa ya`ruju feeha wa Huwa ma`akum ayna maa kuntum; wallaahu bimaa ta`maloona Baseer
उही हो जसले आकाशहरू र पृथ्वीलाई छः (६) दिनमा सृष्टि गर्यो अनि सिंहासनमाथि उच्च भयो । ऊ जान्दछ जे जति धरतीमा प्रवेश गर्दछ र जे–जति उसबाट निस्कन्छ, र जे–जति आकाशबाट अवतरित हुन्छ र जे–जति उसमा चढ्दछ । र तिमी जहाँसुकै भए पनि ऊ तिम्रो साथमा छ र अल्लाह देख्दछ, जे–जति तिमीले गर्दछौ ।
🎤 तपाईंको रेकर्डिङ:
57:5
🔁 0/5
لَّهُۥ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ وَإِلَى ٱللَّهِ تُرۡجَعُ ٱلۡأُمُورُ ٥
Lahoo mulkus samaawaati wal ard; wa ilal laahi turja`ul umoor
आकाशहरू र धरतीको सत्ता उसैको हो र अल्लाहतिर नै सबै कुरा फर्काइन्छन् ।
🎤 तपाईंको रेकर्डिङ:
57:6
🔁 0/5
يُولِجُ ٱلَّيۡلَ فِي ٱلنَّهَارِ وَيُولِجُ ٱلنَّهَارَ فِي ٱلَّيۡلِۚ وَهُوَ عَلِيمُۢ بِذَاتِ ٱلصُّدُورِ ٦
Yoolijul laila fin nahaari wa yoolijun nahaara fil lail; wa Huwa `Aleemum bizaatis sudoor
उसैले रातलाई दिनमा प्रविष्ट गराउँदछ र दिनलाई रातमा प्रविष्ट गराउँदछ । ऊ छातीमा लुकेका कुराहरू पनि जान्दछ ।
🎤 तपाईंको रेकर्डिङ:
57:7
🔁 0/5
ءَامِنُواْ بِٱللَّهِ وَرَسُولِهِۦ وَأَنفِقُواْ مِمَّا جَعَلَكُم مُّسۡتَخۡلَفِينَ فِيهِۖ فَٱلَّذِينَ ءَامَنُواْ مِنكُمۡ وَأَنفَقُواْ لَهُمۡ أَجۡرٌ كَبِيرٌ ٧
Aaaminoo billaahi wa Rasoolihee wa anfiqoo mimmaa ja`alakum mustakh lafeena feehi fallazeena aamanoo minkum wa anfaqoo lahum ajrun kabeer
(तसर्थ) अल्लाह र उसको रसूलमाथि ईमान ल्याऊ र जुन मालसामानमा उसले तिमीलाई अरुहरूको उत्तराधिकारी बनाएको छ त्यसमध्येबाट खर्च गर । त तिमीहरूमध्ये जसले ईमान ल्याए र खर्च (दान) गरिरहे उनीहरूको निम्ति ठूलो प्रतिफल छ ।
🎤 तपाईंको रेकर्डिङ:
57:8
🔁 0/5
وَمَا لَكُمۡ لَا تُؤۡمِنُونَ بِٱللَّهِ وَٱلرَّسُولُ يَدۡعُوكُمۡ لِتُؤۡمِنُواْ بِرَبِّكُمۡ وَقَدۡ أَخَذَ مِيثَٰقَكُمۡ إِن كُنتُم مُّؤۡمِنِينَ ٨
Wa maa lakum laa tu`minoona billaahi war Rasoolu yad`ookum lituu`minoo bi Rabbikum wa qad akhaza meesaaqakum in kuntum mu`mineen
तिमीहरू अल्लाहमाथि ईमान किन ल्याउँदैनौ, जब कि पैगम्बरहरूले तिमीलाई तिम्रो रब (प्रतिपालक) माथि ईमान ल्याउन आमन्त्रण गरिराखेका छन् । र यदि तिमी ईमानवाला हौ भने उसले तिमीसित दृढ वचन पनि लिइसकेको छ ।
🎤 तपाईंको रेकर्डिङ:
57:9
🔁 0/5
هُوَ ٱلَّذِي يُنَزِّلُ عَلَىٰ عَبۡدِهِۦٓ ءَايَٰتِۭ بَيِّنَٰتٍ لِّيُخۡرِجَكُم مِّنَ ٱلظُّلُمَٰتِ إِلَى ٱلنُّورِۚ وَإِنَّ ٱللَّهَ بِكُمۡ لَرَءُوفٌ رَّحِيمٌ ٩
Huwal lazee yunazzilu `alaa `abdiheee Aayaatim baiyinaatil liyukhrijakum minaz zulumaati ilan noor; wa innal laaha bikum la Ra`oofur Raheem
उही अल्लाह हो जसले आफ्नो भक्तहरूमाथि स्पष्ट आयतहरू उतारिराखेको छ ताकि उसले तिमीलाई अन्धकारहरूबाट प्रकाशतिर ल्याओस् । वास्तविकता यो छ कि अल्लाह तिमीमाथि अत्यन्त करुणामय र दयावान छ ।
🎤 तपाईंको रेकर्डिङ:
57:10
🔁 0/5
وَمَا لَكُمۡ أَلَّا تُنفِقُواْ فِي سَبِيلِ ٱللَّهِ وَلِلَّهِ مِيرَٰثُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ لَا يَسۡتَوِي مِنكُم مَّنۡ أَنفَقَ مِن قَبۡلِ ٱلۡفَتۡحِ وَقَٰتَلَۚ أُوْلَٰٓئِكَ أَعۡظَمُ دَرَجَةً مِّنَ ٱلَّذِينَ أَنفَقُواْ مِنۢ بَعۡدُ وَقَٰتَلُواْۚ وَكُلًّا وَعَدَ ٱللَّهُ ٱلۡحُسۡنَىٰۚ وَٱللَّهُ بِمَا تَعۡمَلُونَ خَبِيرٌ ١٠
Wa maa lakum allaa tunfiqoo fee sabeelil laahi wa lillaahi meeraasus samaawaati wal-ard; laa yastawee minkum man anfaqa min qablil fat-hi wa qaatal; ulaaaika a`zamu darajatam minal lazeena anfaqoo mim ba`du wa qaataloo; wa kullanw wa`adallaahul husnaa; wallaahu bimaa ta`maloona Khabeer
तिमीलाई के भएको छ कि अल्लाहको बाटोमा खर्च गर्दैनौ ? जब कि आकाशहरू र जमिनको स्वामित्व अल्लाहकै निम्ति छ, तिमीहरूमध्ये जुन व्यक्तिले (मक्काको) विजयभन्दा पहिला खर्च गर्यो र लडाई गर्यो उनीहरू अरुको समान हुन सक्दैनन् । उनीहरूको दर्जा ती मानिसहरूभन्दा बढी छ, जसले पछि खर्च गरे र धर्म युद्ध गरे । हो अल्लाहले सबैलाई भलाईको वचन त दिएको छ र जुन काम तिमीले गर्दछौ अल्लाह त्यसलाई जान्दछ ।
🎤 तपाईंको रेकर्डिङ:
57:11
🔁 0/5
مَّن ذَا ٱلَّذِي يُقۡرِضُ ٱللَّهَ قَرۡضًا حَسَنًا فَيُضَٰعِفَهُۥ لَهُۥ وَلَهُۥٓ أَجۡرٌ كَرِيمٌ ١١
man zal lazee yuqridul laaha qardan hasanan fa yudaa`ifahoo lahoo wa lahooo ajrun kareem
को छ जसले अल्लाहलाई राम्रो ऋण देओस्, कि उसले त्यसलाई उसको निम्ति धेरै गुणा बढाउँदै गरुन् । र उसको निम्ति सम्मानित प्रतिफल छ ।
🎤 तपाईंको रेकर्डिङ:
57:12
🔁 0/5
يَوۡمَ تَرَى ٱلۡمُؤۡمِنِينَ وَٱلۡمُؤۡمِنَٰتِ يَسۡعَىٰ نُورُهُم بَيۡنَ أَيۡدِيهِمۡ وَبِأَيۡمَٰنِهِمۖ بُشۡرَىٰكُمُ ٱلۡيَوۡمَ جَنَّٰتٌ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَاۚ ذَٰلِكَ هُوَ ٱلۡفَوۡزُ ٱلۡعَظِيمُ ١٢
Yawma taral mu`mineena walmu`minaati yas`aa nooruhum baina aydeehim wa biaymaanihim bushraakumul yawma jannaatun tajree min tahtihal anhaaru khaalideena feeha; zaalika huwal fawzul `azeem
कयामतको दिन तिमीले मोमिन पुरुषहरूलाई र मोमिन स्त्रीहरूलाई उनको प्रकाश उनीहरूको अगाडि अगाडि र दायाँतिर हिंडिराखेको देख्नेछौ । (उनीसित भनिने छ कि) तिमीलाई शुभसमाचार छ आज तिम्रो निम्ति यस्ता बगैंचाहरूको, जसका धरातलमा नहरहरू बगिराखेका छन्, तिनीहरूमा सदैंव रहनेछौं यही ठूलो सफलता हो ।
🎤 तपाईंको रेकर्डिङ:
57:13
🔁 0/5
يَوۡمَ يَقُولُ ٱلۡمُنَٰفِقُونَ وَٱلۡمُنَٰفِقَٰتُ لِلَّذِينَ ءَامَنُواْ ٱنظُرُونَا نَقۡتَبِسۡ مِن نُّورِكُمۡ قِيلَ ٱرۡجِعُواْ وَرَآءَكُمۡ فَٱلۡتَمِسُواْ نُورًاۖ فَضُرِبَ بَيۡنَهُم بِسُورٍ لَّهُۥ بَابُۢ بَاطِنُهُۥ فِيهِ ٱلرَّحۡمَةُ وَظَٰهِرُهُۥ مِن قِبَلِهِ ٱلۡعَذَابُ ١٣
Yawma yaqoolul munaa fiqoona walmunaafiqaatu lillazeena aamanun zuroonaa naqtabis min noorikum qeelarji`oo waraaa`akum faltamisoo nooran faduriba bainahum bisooril lahoo baab, baatinuhoo feehir rahmatu wa zaahiruhoo min qibalihi-`azaab
त्यसदिन कपटी पुरुष र स्त्रीहरू मोमिनहरूसित भन्नेछन् कि हाम्रो प्रतीक्षा त गर कि हामीले पनि तिम्रो प्रकाशबाट केही प्रकाश हासिल गरौं त उनीहरूसित भनिने छ कि तिमी पछाडि फर्केर जाऊ, (त्यहाँ) अरु प्रकाश खोज, अनि उनीहरूको बीचमा एउटा पर्खाल उभ्याइने छ, जसमा ढोका पनि हुनेछ उसको भित्री भागमा (अल्लाहको) कृपा हुनेछ र बाहिर सजाय हुनेछ ।
🎤 तपाईंको रेकर्डिङ:
57:14
🔁 0/5
يُنَادُونَهُمۡ أَلَمۡ نَكُن مَّعَكُمۡۖ قَالُواْ بَلَىٰ وَلَٰكِنَّكُمۡ فَتَنتُمۡ أَنفُسَكُمۡ وَتَرَبَّصۡتُمۡ وَٱرۡتَبۡتُمۡ وَغَرَّتۡكُمُ ٱلۡأَمَانِيُّ حَتَّىٰ جَآءَ أَمۡرُ ٱللَّهِ وَغَرَّكُم بِٱللَّهِ ٱلۡغَرُورُ ١٤
Yunaadoonahum alam nakum ma`akum qaaloo balaa wa laakinnakum fatantum anfusakum wa tarabbastum wartabtum wa gharratkumul amaaniyyu hatta jaaa`a amrul laahi wa gharrakum billaahil gharoor
यिनीहरूले (कपटाचारीहरूले मोमिनहरूसित) कराएर भन्नेछन् कि के हामी तिम्रो साथमा थिएनौं, उनीहरूले भन्नेछन् किन थिएनौ, तर तिमीले स्वयं आफूले नै आफूलाई विचलनमा पार्यौ र प्रतीक्षा गरिराख्यौ र सन्देहमा परिरह्यौ र तिम्रा व्यर्थका कामनाहरूले तिमीलाई धोकामा राखे, यहाँसम्म कि अल्लाहको फैसला आइहाल्यो र तिमीलाई अल्लाहको बारेमा धोका दिनेले धोकामै राखिराख्यो ।
🎤 तपाईंको रेकर्डिङ:
57:15
🔁 0/5
فَٱلۡيَوۡمَ لَا يُؤۡخَذُ مِنكُمۡ فِدۡيَةٌ وَلَا مِنَ ٱلَّذِينَ كَفَرُواْۚ مَأۡوَىٰكُمُ ٱلنَّارُۖ هِيَ مَوۡلَىٰكُمۡۖ وَبِئۡسَ ٱلۡمَصِيرُ ١٥
Fal Yawma laa yu`khazu minkum fidyatunw wa laa minal lazeena kafaroo; maawaakumun Naaru hiya maw laakum wa bi`sal maseer
तसर्थ आज नत तिमीबाट कुनै फिदिया (बदला) स्वीकार गरिनेछ र न काफिरहरूबाट । तिमी सबैको ठेगाना नर्क हो त्यो नै तिमीहरूको साथी हो र त्यो नराम्रो ठेगाना हो ।
🎤 तपाईंको रेकर्डिङ:
57:16
🔁 0/5
۞ أَلَمۡ يَأۡنِ لِلَّذِينَ ءَامَنُوٓاْ أَن تَخۡشَعَ قُلُوبُهُمۡ لِذِكۡرِ ٱللَّهِ وَمَا نَزَلَ مِنَ ٱلۡحَقِّ وَلَا يَكُونُواْ كَٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ مِن قَبۡلُ فَطَالَ عَلَيۡهِمُ ٱلۡأَمَدُ فَقَسَتۡ قُلُوبُهُمۡۖ وَكَثِيرٌ مِّنۡهُمۡ فَٰسِقُونَ ١٦
Alam yaani laillzeena aamanooo an takhsha`a quloo buhum lizikril laahi wa maa nazala minal haqqi wa laa yakoonoo kallazeena ootul Kitaaba min qablu fataala `alaihimul amadu faqasat quloobuhum wa kaseerum minhum faasiqoon
के मोमिनहरूको निम्ति अहिले पनि यस्तो समय अएको छैन कि उनीहरूका हृदय अल्लाहको लागि र जुन सत्य अवतरित भयो त्यसको लागि नर्म (कोमल) होस् ? र उनीहरू जस्ता नभइहालोस् जसलाई उनीभन्दा अगाडि किताब प्रदान गरेको थियो । अनि त्यस पश्चात लामो कालखण्ड बीत्यो । अनी उनीहरूका हृदय कठोर भइहाले र उनीहरूमध्ये अधिकांश अवज्ञाकारी छन् ।
🎤 तपाईंको रेकर्डिङ:
57:17
🔁 0/5
ٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ يُحۡيِ ٱلۡأَرۡضَ بَعۡدَ مَوۡتِهَاۚ قَدۡ بَيَّنَّا لَكُمُ ٱلۡأٓيَٰتِ لَعَلَّكُمۡ تَعۡقِلُونَ ١٧
I`lamooo annal laaha yuhyil arda ba`da mawtihaa; qad baiyannaa lakumul Aayaati la`allakum ta`qiloon
जानिराख कि अल्लाह नै धरतीलाई उसको मृत्यु पश्चात जीवन प्रदान गर्दछ । हामीले तिम्रो निम्ति हाम्रा आयतहरूलाई स्पष्टरूपले वर्णन गरिदिएका छौं, ताकि तिमी बुझ ।
🎤 तपाईंको रेकर्डिङ:
57:18
🔁 0/5
إِنَّ ٱلۡمُصَّدِّقِينَ وَٱلۡمُصَّدِّقَٰتِ وَأَقۡرَضُواْ ٱللَّهَ قَرۡضًا حَسَنًا يُضَٰعَفُ لَهُمۡ وَلَهُمۡ أَجۡرٌ كَرِيمٌ ١٨
Innal mussaddiqeena wal mussaddiqaati wa aqradul laaha qardan hassanany yudaa`afu lahum wa lahum ajrun kareem
निःसंदेह खैरात (दान) गर्नेवाला, पुरुषहरू र स्त्रीहरू र जसले अल्लाहलाई राम्रो ऋण दिन्छन्, त्यसलाई उनको निम्ति कैयौं गुणा प्रदान गरिनेछ र उनीहरूको निम्ति सम्मानित प्रतिफल छ ।
🎤 तपाईंको रेकर्डिङ:
57:19
🔁 0/5
وَٱلَّذِينَ ءَامَنُواْ بِٱللَّهِ وَرُسُلِهِۦٓ أُوْلَٰٓئِكَ هُمُ ٱلصِّدِّيقُونَۖ وَٱلشُّهَدَآءُ عِندَ رَبِّهِمۡ لَهُمۡ أَجۡرُهُمۡ وَنُورُهُمۡۖ وَٱلَّذِينَ كَفَرُواْ وَكَذَّبُواْ بِـَٔايَٰتِنَآ أُوْلَٰٓئِكَ أَصۡحَٰبُ ٱلۡجَحِيمِ ١٩
Wallazeena aamanoo billaahi wa Rusuliheee ulaaa`ika humus siddeeqoona wash shuhadaaa`u `inda Rabbihim lahum ajruhum wa nooruhum wallazeena kafaroo wa kazzaboo bi aayaatinaaa ulaaaika As haabul jaheem
र जुन मानिसहरू अल्लाह र उसका पैगम्बरहरूमाथि ईमान ल्याए उनीहरू आफ्नो पालनकर्ताको समीपमा साँचो र शहीद छन् । उनीहरूको निम्ति उनीहरूको प्रतिफल र प्रकाश छ र जसले कुफ्र गरे र हाम्रा आयतहरूलाई असत्य ठहराए तिनीहरू नर्कीय हुन् ।
🎤 तपाईंको रेकर्डिङ:
57:20
🔁 0/5
ٱعۡلَمُوٓاْ أَنَّمَا ٱلۡحَيَوٰةُ ٱلدُّنۡيَا لَعِبٌ وَلَهۡوٌ وَزِينَةٌ وَتَفَاخُرُۢ بَيۡنَكُمۡ وَتَكَاثُرٌ فِي ٱلۡأَمۡوَٰلِ وَٱلۡأَوۡلَٰدِۖ كَمَثَلِ غَيۡثٍ أَعۡجَبَ ٱلۡكُفَّارَ نَبَاتُهُۥ ثُمَّ يَهِيجُ فَتَرَىٰهُ مُصۡفَرًّا ثُمَّ يَكُونُ حُطَٰمًاۖ وَفِي ٱلۡأٓخِرَةِ عَذَابٌ شَدِيدٌ وَمَغۡفِرَةٌ مِّنَ ٱللَّهِ وَرِضۡوَٰنٌۚ وَمَا ٱلۡحَيَوٰةُ ٱلدُّنۡيَآ إِلَّا مَتَٰعُ ٱلۡغُرُورِ ٢٠
I`lamooo annamal hayaa tud dunyaa la`ibunw wa lahwunw wa zeenatunw wa takaasurun bainakum wa takaasurn fil amwaali wal awlaad, kamasali ghaisin a`jabal kuffaara nabaatuhoo summa yaheeju fataraahu musfaaran summa yakoonu hutaamaa; wa fil aakhirati `azaabun shadeedunw wa magh firatum minal laahi wa ridwaan; wa mal haiyaa tuddun yaaa illaa mataa`ul ghuroor
जानिराख कि संसारको जीवन एउटा खेल र तमाशा र सजावट हो र तिम्रो आपसमा एक अर्कामाथि घमण्ड दर्शाउने र मात्र धन र सन्तानको कुरामा परस्पर एक अर्काभन्दा बढी भएको प्रदर्शित गर्नु हो । जस्तो वर्षा र त्यसद्वारा उब्जनी किसानलाई राम्रो लाग्दछ । अनि त्यो जब पाकिहाल्छ, अनि तिमीले देख्छौ कि पहेंलो भइहाल्यो । अनि त्यसपछि त्यो चूर–चूर भइहाल्छ । र कयामतमा कठोर यातना पनि छ र अल्लाहको क्षमा र प्रसन्नता पनि छ । र सांसारिक जीवन त मात्र धोकाको सुखसामग्री बाहेक केही होइन ।
🎤 तपाईंको रेकर्डिङ:
57:21
🔁 0/5
سَابِقُوٓاْ إِلَىٰ مَغۡفِرَةٍ مِّن رَّبِّكُمۡ وَجَنَّةٍ عَرۡضُهَا كَعَرۡضِ ٱلسَّمَآءِ وَٱلۡأَرۡضِ أُعِدَّتۡ لِلَّذِينَ ءَامَنُواْ بِٱللَّهِ وَرُسُلِهِۦۚ ذَٰلِكَ فَضۡلُ ٱللَّهِ يُؤۡتِيهِ مَن يَشَآءُۚ وَٱللَّهُ ذُو ٱلۡفَضۡلِ ٱلۡعَظِيمِ ٢١
Saabiqooo ilaa maghfiratim mir Rabbikum wa jannatin `arduhaa ka-`ardis samaaa`i wal ardi u`iddat lillazeena aamanoo billaahi wa Rusulih; zaalika fadlul laahi yu`teehi many yashaaa`; wal laahu zul fadlil `azeem
(आऊ) आफ्नो पालनकर्ताको क्षमा र त्यस स्वर्गतिर अग्रसर होऊ जसको आकार आकाश र धरती बराबर छ, जुन ती मानिसहरूको निम्ति तयार गरिएको छ जसले अल्लाह र उसका रसुलहरूमाथि ईमान राख्दछन् । यो अल्लाहको उदार अनुग्रह हो, जसलाई चाहन्छ प्रदान गर्छ । र अल्लाह धेरै उदार ठूलो अनुग्रहको स्वामी हो ।
🎤 तपाईंको रेकर्डिङ:
57:22
🔁 0/5
مَآ أَصَابَ مِن مُّصِيبَةٍ فِي ٱلۡأَرۡضِ وَلَا فِيٓ أَنفُسِكُمۡ إِلَّا فِي كِتَٰبٍ مِّن قَبۡلِ أَن نَّبۡرَأَهَآۚ إِنَّ ذَٰلِكَ عَلَى ٱللَّهِ يَسِيرٌ ٢٢
Maaa asaaba mim musee batin fil ardi wa laa feee anfusikum illaa fee kitaabim min qabli an nabra ahaa; innaa zaalika `alal laahi yaseer
जुनसुकै मुसीबत (दुःख संकट) धरतीमा आउँछ या तिमीमाथि त्यसलाई मैले पठाउनुभन्दा पहिला एउटा किताबमा अंकित हुन्छ । यो काम अल्लाहको निम्ति सजिलो छ ।
🎤 तपाईंको रेकर्डिङ:
57:23
🔁 0/5
لِّكَيۡلَا تَأۡسَوۡاْ عَلَىٰ مَا فَاتَكُمۡ وَلَا تَفۡرَحُواْ بِمَآ ءَاتَىٰكُمۡۗ وَٱللَّهُ لَا يُحِبُّ كُلَّ مُخۡتَالٍ فَخُورٍ ٢٣
Likailaa taasaw `alaa maa faatakum wa laa tafrahoo bimaaa aataakum; wallaahu laa yuhibbu kulla mukhtaalin fakhoor
ताकि तिमीले त्यसकुराबाट अफशोच नगर जुन कि तिमीबाट गुज्रिसकेको छ, र न त्यस कुरामाथि अभिमान गर जुन उसले तिमीलाई प्रदान गरेको छ । अल्लाहलाई कुनै घमण्डी र आत्मप्रशंशकहरू मन पराउँदैनन् ।
🎤 तपाईंको रेकर्डिङ:
57:24
🔁 0/5
ٱلَّذِينَ يَبۡخَلُونَ وَيَأۡمُرُونَ ٱلنَّاسَ بِٱلۡبُخۡلِۗ وَمَن يَتَوَلَّ فَإِنَّ ٱللَّهَ هُوَ ٱلۡغَنِيُّ ٱلۡحَمِيدُ ٢٤
Allazeeena yabkhaloona wa yaamuroonan naasa bil bukhl; wa many yatawalla fa innal laaha Huwal Ghaniyyul Hameed
जो स्वयं कञ्जूसी गर्दछन् र अरुहरूलाई पनि कञ्जूसी गर्न प्रेरित गर्दछन् र (सुनिराख) जो कोही पनि विमुख होस्, अल्लाह त निस्पृह प्रशंसनीय छ ।
🎤 तपाईंको रेकर्डिङ:
57:25
🔁 0/5
لَقَدۡ أَرۡسَلۡنَا رُسُلَنَا بِٱلۡبَيِّنَٰتِ وَأَنزَلۡنَا مَعَهُمُ ٱلۡكِتَٰبَ وَٱلۡمِيزَانَ لِيَقُومَ ٱلنَّاسُ بِٱلۡقِسۡطِۖ وَأَنزَلۡنَا ٱلۡحَدِيدَ فِيهِ بَأۡسٌ شَدِيدٌ وَمَنَٰفِعُ لِلنَّاسِ وَلِيَعۡلَمَ ٱللَّهُ مَن يَنصُرُهُۥ وَرُسُلَهُۥ بِٱلۡغَيۡبِۚ إِنَّ ٱللَّهَ قَوِيٌّ عَزِيزٌ ٢٥
Laqad arsalnaa Rusulanaa bilbaiyinaati wa anzalnaa ma`ahumul Kitaaba wal Meezaana liyaqooman naasu bilqist, wa anzalnal hadeeda feehi baasun shadeedunw wa manaafi`u linnaasi wa liya`lamal laahu many yansuruhoo wa Rusulahoo bilghaib; innal laaha Qawiyyn `Azeez
निश्चय नै हामीले आफ्ना पैगम्बरहरूलाई स्पष्ट निशानीहरू दिएर पठायौं र उनीहरूमाथि किताब र तुला अवतरित गर्यौं ताकि मानिसहरू न्यायमा दृढ रहुन् र फलाम पनि उतार्यौं । त्यसमा ठूलो खतरा छ र निकै बलियो छ र मानिसहरूका लागि अरु पनि फाइदाहरू छन्, र यस कारण पनि कि अल्लाह थाहा पाइहालोस् कि को परोक्षमा रहँदै उसको र उसका रसूलहरूको सहायता गर्दछ । निश्चय नै अल्लाह शक्तिशाली र अधिपत्यशाली छ ।
🎤 तपाईंको रेकर्डिङ:
57:26
🔁 0/5
وَلَقَدۡ أَرۡسَلۡنَا نُوحًا وَإِبۡرَٰهِيمَ وَجَعَلۡنَا فِي ذُرِّيَّتِهِمَا ٱلنُّبُوَّةَ وَٱلۡكِتَٰبَۖ فَمِنۡهُم مُّهۡتَدٍۖ وَكَثِيرٌ مِّنۡهُمۡ فَٰسِقُونَ ٢٦
Wa laqad arsalnaa Noohanw wa Ibraaheema wa ja`alnaa fee zurriyyatihiman nubuwwata wal Kitaaba faminhum muhtad; wa kaseerum minhum faasiqoon
र हामीले ‘‘नूह’’ र ‘‘इब्राहीमलाई’’ संदेष्टा बनाएर पठायौं र उनीहरूको सन्ततिमा पैगम्बरी र किताबलाई (अल्लाह बाट अवतरित हुने) जारी राख्यौं अनि उनीहरूमध्ये केही त सत्मार्ग अपनाए, किन्तु उनीहरूमध्ये धेरै त अवज्ञाकारी नै रहे ।
🎤 तपाईंको रेकर्डिङ:
57:27
🔁 0/5
ثُمَّ قَفَّيۡنَا عَلَىٰٓ ءَاثَٰرِهِم بِرُسُلِنَا وَقَفَّيۡنَا بِعِيسَى ٱبۡنِ مَرۡيَمَ وَءَاتَيۡنَٰهُ ٱلۡإِنجِيلَۖ وَجَعَلۡنَا فِي قُلُوبِ ٱلَّذِينَ ٱتَّبَعُوهُ رَأۡفَةً وَرَحۡمَةًۚ وَرَهۡبَانِيَّةً ٱبۡتَدَعُوهَا مَا كَتَبۡنَٰهَا عَلَيۡهِمۡ إِلَّا ٱبۡتِغَآءَ رِضۡوَٰنِ ٱللَّهِ فَمَا رَعَوۡهَا حَقَّ رِعَايَتِهَاۖ فَـَٔاتَيۡنَا ٱلَّذِينَ ءَامَنُواْ مِنۡهُمۡ أَجۡرَهُمۡۖ وَكَثِيرٌ مِّنۡهُمۡ فَٰسِقُونَ ٢٧
Summa qaffainaa `alaa aasaarihim bi Rusulinaa wa qaffainaa be `Eesab ni Maryama wa aatainaahul Injeela wa ja`alnaa fee quloobil lazeenat taba` oohu raafatanw wa rahmatanw wa rahbaaniyyatanib tada` oohaa maa katanaahaa `alaihim illab tighaaa`a ridwaanil laahi famaa ra`awhaa haqqa ri`aayatihaa fa aatainal lazeena aamanoo minhum ajrahum wa kaseerum minhum faasiqoon
अनि उनीहरूपछि पनि हामीले एकपछि अर्को रसूल पठाउँदै गर्यौं र उनीपछि ‘‘मरियमको’’ छोरा ‘‘ईसालाई’’ पठायौं र उनलाई ‘‘इन्जील’’ प्रदान गर्यौं र उनको अनुशरण गर्नेहरूको हृदयमा हामीले करुणा र दया सृजना गर्यौं । रह्यो सन्यासको कुरा त उनीहरूले स्वयं बनाएका थिए हामीले त्यसलाई उनीहरूको निम्ति अनिवार्य गरेका थिएनौं यदि अनिवार्य गरेका थियौं त केवल अल्लाहको प्रसन्नताको चाहना । अनि उनीहरूले त्यसको निर्वाह गर्न सकेनन् । अतः ती मानिसहरूलाई जो तिनीहरूमध्ये ईमान ल्याएका थिए, उनीहरूलाई उनको प्रतिफल हामीले प्रदान गर्यौं । तर उनीहरूमध्ये धेरै अवज्ञाकारी नै छन् ।
🎤 तपाईंको रेकर्डिङ:
57:28
🔁 0/5
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ ٱتَّقُواْ ٱللَّهَ وَءَامِنُواْ بِرَسُولِهِۦ يُؤۡتِكُمۡ كِفۡلَيۡنِ مِن رَّحۡمَتِهِۦ وَيَجۡعَل لَّكُمۡ نُورًا تَمۡشُونَ بِهِۦ وَيَغۡفِرۡ لَكُمۡۚ وَٱللَّهُ غَفُورٌ رَّحِيمٌ ٢٨
Yaaa ayyuhal lazeena aamaanut taqullaaha wa aaminoo bi Rasoolihee yu`tikum kiflaini mir rahmatihee wa yaj`al lakum nooran tamshoona bihee wa yaghfir lakum; wallaahu Ghafoorur Raheem
हे मोमिनहरू ! अल्लाहसित डर र उसको रसुलहरूमाथि ईमान ल्याऊ । अल्लाहले तिमीलाई आफ्नो दयाको दुईगुणा भाग प्रदान गर्नेछ र तिम्रो निम्ति एउटा प्रकाश दिनेछ, जसको प्रकाशमा तिमी हिंड्नेछौ र तिम्रो पाप पनि क्षमा गरिदिनेछ । अल्लाह बडो क्षमाशील र अत्यन्त दयावान छ ।
🎤 तपाईंको रेकर्डिङ:
57:29
🔁 0/5
لِّئَلَّا يَعۡلَمَ أَهۡلُ ٱلۡكِتَٰبِ أَلَّا يَقۡدِرُونَ عَلَىٰ شَيۡءٍ مِّن فَضۡلِ ٱللَّهِ وَأَنَّ ٱلۡفَضۡلَ بِيَدِ ٱللَّهِ يُؤۡتِيهِ مَن يَشَآءُۚ وَٱللَّهُ ذُو ٱلۡفَضۡلِ ٱلۡعَظِيمِ ٢٩
Li`alla ya`lama Ahlul kitaabi allaa yaqdiroona `alaa shai`im min fadlil laahi wa annal fadla bi Yadil laahi u`teehi many yashaaa`; wallaahu Zul fadilil `azeem
यो यसकारण कि किताब मान्नेहरूले जानिहालुन् कि उनीहरूलाई अल्लाहको अनुग्रहको कुनै भागमाथि केही पनि अधिकार प्राप्त छैन र यो कि सम्पूर्ण अनुग्रह अल्लाहकै हातमा छ, जसलाई चाहन्छ, प्रदान गर्दछ र अल्लाह ठूलो अनुग्रहको स्वामी छ ।
🎤 तपाईंको रेकर्डिङ:
💡 लुकेको शब्दलाई अस्थायी रूपमा देखाउन ट्याप गर्नुहोस् — तपाईंको प्रगति स्वतः बचत हुन्छ।
العربيةEnglishBahasa IndonesiaTürkçeРусскийفارسیFrançaisاردوবাংলাDeutschEspañol中文हिन्दीPortuguêsItalianoภาษาไทยPolskiNederlandsShqipKiswahiliO'zbekதமிழ்MelayuBosanskiSoomaaliAzərbaycanکوردی한국어日本語SvenskaDanskNorskپښتوമലയാളംසිංහලTamazightHausaአማርኛБългарскиТоҷикӣҚазақшаFilipinoسنڌيYorùbáFulfuldeТатарчаئۇيغۇرچەКыргызчаਪੰਜਾਬੀJawaతెలుగుမြန်မာગુજરાતીOromoमराठीTiếng ViệtMalagasyНохчийнWolofދިވެހިಕನ್ನಡУкраїнськаΕλληνικάქართულიខ្មែរدریQafar afMaranaoनेपाली
पवित्र कुरान
Tuesday, August 18, 2026
Don't forget us in your sincere prayers







