🔥 0 दिन लगातार
📖 लामो सूरा — साना भागहरूमा विभाजित (24 आयत)
📚 सबै सूराहरू
30%
🎤 आफ्नो आवाज रेकर्ड गर्न कुनै पनि आयत छेउको माइक्रोफोन आइकनमा 🎙️ थिच्नुहोस्, त्यसपछि सुन्नुहोस् र क्वारीसँग तुलना गर्नुहोस्।
0/24
59:1 🔁 0/5
سَبَّحَ لِلَّهِ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۖ وَهُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ  ۝١
Sabbaha lillaahi maa fissamaawaati wa maa fil ardi wa Huwal `Azeezul Hakeem
जे जति आकाशहरूमा छन् र जेजति धरतीमा छन्, सबैले अल्लाहको पवित्रताको वर्णन गर्दछन् र ऊ अधिपत्यशाली तत्वदर्शी छ ।
🎤 तपाईंको रेकर्डिङ:
59:2 🔁 0/5
هُوَ ٱلَّذِيٓ أَخۡرَجَ ٱلَّذِينَ كَفَرُواْ مِنۡ أَهۡلِ ٱلۡكِتَٰبِ مِن دِيَٰرِهِمۡ لِأَوَّلِ ٱلۡحَشۡرِۚ مَا ظَنَنتُمۡ أَن يَخۡرُجُواْۖ وَظَنُّوٓاْ أَنَّهُم مَّانِعَتُهُمۡ حُصُونُهُم مِّنَ ٱللَّهِ فَأَتَىٰهُمُ ٱللَّهُ مِنۡ حَيۡثُ لَمۡ يَحۡتَسِبُواْۖ وَقَذَفَ فِي قُلُوبِهِمُ ٱلرُّعۡبَۚ يُخۡرِبُونَ بُيُوتَهُم بِأَيۡدِيهِمۡ وَأَيۡدِي ٱلۡمُؤۡمِنِينَ فَٱعۡتَبِرُواْ يَٰٓأُوْلِي ٱلۡأَبۡصَٰرِ  ۝٢
Huwal lazeee akharajal lazeena kafaroo min ahlil kitaabi min diyaarihim li awwalil Hashr; maa zanantum any yakhrujoo wa zannooo annahum maa ni`atuhum husoonuhum minal laahi faataahumul laahu min haisu lam yahtasiboo wa qazafa fee quloobihimur ru`ba yukhriboona bu yootahum bi aydeehim wa aydil mu`mineena fa`tabiroo yaaa ulil absaar
उही हो, जसले किताबवालाहरूमध्येबाट ती मानिसहरूलाई जसले इन्कार गरे उनीहरूको घरबाट पहिलो भेलाद्वार नै बाहिर निकालिदियो । तिमीलाई अनुमान पनि थिएन कि उनीहरू निस्कने छन् र उनीहरूले ठान्थे कि उनका गढीहरू अल्लाहबाट उनीहरूलाई बचाइहाल्ने छन् तर अल्लाहको क्रोध उनीहरूलाई यस्तो ठाउँबाट आइलाग्यो जसको उनीहरूलाई कल्पना पनि थिएन र उसले उनीहरूको हृदयमा अल्लाहको आतंक फैलाइदियो कि उनीहरू आफ्ना घरहरूलाई स्वयम् आफ्नै हातले र मोमिनहरूको हातबाट उजार्न थाले । अतः हे आँखाले देख्नेवालाहरू ! शिक्षा ग्रहण गर ।
🎤 तपाईंको रेकर्डिङ:
59:3 🔁 0/5
وَلَوۡلَآ أَن كَتَبَ ٱللَّهُ عَلَيۡهِمُ ٱلۡجَلَآءَ لَعَذَّبَهُمۡ فِي ٱلدُّنۡيَاۖ وَلَهُمۡ فِي ٱلۡأٓخِرَةِ عَذَابُ ٱلنَّارِ  ۝٣
Wa law laaa an katabal laahu `alaihimul jalaaa`a la`azzabahum fid dunyaa wa lahum fil Aakhirati `azaabun Naar
र यदि अल्लाहले उनीहरूको निम्ति देशनिकाला नलेखिदिएको भए संसारमै पनि उसले उनीहरूलाई अवश्य यातना दिन्थ्यो र परलोकमा त उनीहरूको निम्ति आगोको यातना छँदैछ ।
🎤 तपाईंको रेकर्डिङ:
59:4 🔁 0/5
ذَٰلِكَ بِأَنَّهُمۡ شَآقُّواْ ٱللَّهَ وَرَسُولَهُۥۖ وَمَن يُشَآقِّ ٱللَّهَ فَإِنَّ ٱللَّهَ شَدِيدُ ٱلۡعِقَابِ  ۝٤
Zaalika bi annahum shaaqqul laaha wa Rasoolahoo wa many yushaaaqqil laaha fa innal laaha shadeedul-`iqaab
यो यसकारण कि उनीहरूले अल्लाह र उसको रसूलको बिरोध गरे । र जो कोहिले पनि अल्लाहको विरोध गर्नेछ त निश्चय नै अल्लाहको यातना साह्रै कठोर छ ।
🎤 तपाईंको रेकर्डिङ:
59:5 🔁 0/5
مَا قَطَعۡتُم مِّن لِّينَةٍ أَوۡ تَرَكۡتُمُوهَا قَآئِمَةً عَلَىٰٓ أُصُولِهَا فَبِإِذۡنِ ٱللَّهِ وَلِيُخۡزِيَ ٱلۡفَٰسِقِينَ  ۝٥
Maa qata`tum mil leenatin aw taraktumoohaa qaaa`imatan`alaaa usoolihaa fabi iznil laahi wa liyukhziyal faasiqeen
(मोमिनहरू !) खजूरको वृक्ष जुन तिमीले काटिहाल्यौ वा जतिलाई आफ्नो जराहरूमा उभिरहन दियौ, यो सबै अल्लाहको आदेशबाट थियो र उद्देश्य यो थियो कि उसले अवज्ञाकारीहरूलाई अपमानित गरोस् ।
🎤 तपाईंको रेकर्डिङ:
59:6 🔁 0/5
وَمَآ أَفَآءَ ٱللَّهُ عَلَىٰ رَسُولِهِۦ مِنۡهُمۡ فَمَآ أَوۡجَفۡتُمۡ عَلَيۡهِ مِنۡ خَيۡلٍ وَلَا رِكَابٍ وَلَٰكِنَّ ٱللَّهَ يُسَلِّطُ رُسُلَهُۥ عَلَىٰ مَن يَشَآءُۚ وَٱللَّهُ عَلَىٰ كُلِّ شَيۡءٍ قَدِيرٌ  ۝٦
Wa maaa afaaa`al laahu `alaaa Rasoolihee minhum famaaa awjaftum `alaihi min khailiinw wa laa rikaabinw wa laakinnal laaha yusallitu Rusulahoo `alaa many yashaaa`; wallaahu `alaa kulli shai`in Qadeer
र उनको जुन (माल) अल्लाहले आफ्नो पैगम्बरलाई उनीहरूसित युद्ध बिना दिलाएको छ, (त्यसमा तिम्रो कुनै हक छैन,) किनभने यसको निम्ति तिमीले न घोडाहरू दगुरायौ न ऊँट । तर अल्लाहले आफ्नो रसूलहरूलाई जसमाथि चाहन्छ, अधिपत्य प्रदान गरिदिन्छ । अल्लाहलाई त प्रत्येक कुराको सामथ्र्य छ ।
🎤 तपाईंको रेकर्डिङ:
59:7 🔁 0/5
مَّآ أَفَآءَ ٱللَّهُ عَلَىٰ رَسُولِهِۦ مِنۡ أَهۡلِ ٱلۡقُرَىٰ فَلِلَّهِ وَلِلرَّسُولِ وَلِذِي ٱلۡقُرۡبَىٰ وَٱلۡيَتَٰمَىٰ وَٱلۡمَسَٰكِينِ وَٱبۡنِ ٱلسَّبِيلِ كَيۡ لَا يَكُونَ دُولَةَۢ بَيۡنَ ٱلۡأَغۡنِيَآءِ مِنكُمۡۚ وَمَآ ءَاتَىٰكُمُ ٱلرَّسُولُ فَخُذُوهُ وَمَا نَهَىٰكُمۡ عَنۡهُ فَٱنتَهُواْۚ وَٱتَّقُواْ ٱللَّهَۖ إِنَّ ٱللَّهَ شَدِيدُ ٱلۡعِقَابِ  ۝٧
Maaa afaaa`al laahu `alaa Rasoolihee min ahlil quraa falillaahi wa lir Rasooli wa lizil qurbaa wal yataamaa walmasaakeeni wabnis sabeeli kai laa yakoona doolatam bainal aghniyaaa`i minkum; wa maaa aataakumur Rasoolu fakhuzoohu wa maa nahaakum `anhu fantahoo; wattaqul laaha innal laaha shadeedul-`iqaab
जुन माल सम्पत्ति अल्लाहले आफ्नो पैगम्बरलाई कुनै लडाई वा युद्ध बेगर नगरबासीहरूबाट दिलाएको छ । त्यो अल्लाह र पैगम्बर र पैगम्बरका नजिकका नातावालाहरू र अनाथहरू र निमुखाहरू र बटुवाहरूको निम्ति हो, ताकि तिमीहरूमध्ये जो धनवान छन्, उनीहरूकै हातमा घुम्दै नरहीरहोस्, जे–जति कुरा तिमीलाई पैगम्बरले दिन्छन्, त्यो लिइहाल र जुन कुरोबाट मनाही गर्छन्, त्यसबाट पन्छिनु र अल्लाहसित डर्नेगर, निःसन्देह अल्लाह कष्टप्रद सजाय दिनेवाला छ ।
🎤 तपाईंको रेकर्डिङ:
59:8 🔁 0/5
لِلۡفُقَرَآءِ ٱلۡمُهَٰجِرِينَ ٱلَّذِينَ أُخۡرِجُواْ مِن دِيَٰرِهِمۡ وَأَمۡوَٰلِهِمۡ يَبۡتَغُونَ فَضۡلًا مِّنَ ٱللَّهِ وَرِضۡوَٰنًا وَيَنصُرُونَ ٱللَّهَ وَرَسُولَهُۥٓۚ أُوْلَٰٓئِكَ هُمُ ٱلصَّٰدِقُونَ  ۝٨
Lilfuqaraaa`il Muhaaji reenal lazeena ukhrijoo min diyaarihim wa amwaalihim yabtaghoona fadlam minal laahi wa ridwaananw wa yansuroonal laaha wa Rasoolah; ulaaa`ika humus saadiqoon
र ती गरिब आफ्नो घरबार छोड्ने वालाहरूका (मुहाजिर) निम्ति पनि जसलाई आफ्ना घरहरू र सम्पत्तिहरूबाट निकाला गरिदिइएको छ । तिनीहरू अल्लाहको अनुकम्पा र उसको प्रसन्नताको इच्छुक छन् र अल्लाह तथा उसको रसूलको मद्दत गर्छन् । यी मानिसहरू नै साँचै ईमानवाला छन् ।
🎤 तपाईंको रेकर्डिङ:
59:9 🔁 0/5
وَٱلَّذِينَ تَبَوَّءُو ٱلدَّارَ وَٱلۡإِيمَٰنَ مِن قَبۡلِهِمۡ يُحِبُّونَ مَنۡ هَاجَرَ إِلَيۡهِمۡ وَلَا يَجِدُونَ فِي صُدُورِهِمۡ حَاجَةً مِّمَّآ أُوتُواْ وَيُؤۡثِرُونَ عَلَىٰٓ أَنفُسِهِمۡ وَلَوۡ كَانَ بِهِمۡ خَصَاصَةٌۚ وَمَن يُوقَ شُحَّ نَفۡسِهِۦ فَأُوْلَٰٓئِكَ هُمُ ٱلۡمُفۡلِحُونَ  ۝٩
Wallazeena tabawwa`ud daara wal eemaana min qablihim yuhibboona man haajara ilaihim wa laa yajidoona fee sudoorihim haajatam mimmaa ootoo wa yu`siroona `alaa anfusihim wa law kaana bihim khasaasah; wa many yooqa shuhha nafsihee fa ulaaa`ika humul muflihoon
र उनीहरूको लागि जसले ‘‘मुहाजिरहरू’’ (प्रवासीहरु) भन्दा पहिला मदीनामा बसिराखे र ईमानमा उनीहरूभन्दा पहिला स्थान बनाएका छन् । र जो हिजरत (प्रवास) गरेर आउँनेहरूसित प्रेम गर्दछन् र जे जति आप्रवासीहरूलाई दिइन्छ, त्यसबाट आफ्नो हृदयमा केही छट्पटी पाउँदैनन्, बरु उनलाई आफूहरूभन्दा बढि प्राथमिकता दिन्छन्, चाहे उनीहरूलाई स्वयं त्यसको आवश्यकता किन नहोस् र जो व्यक्ति आफ्नो मनको लोभ र कञ्जूसीबाट बचाइयो यस्ता मानिसहरू नै सफल छन् ।
🎤 तपाईंको रेकर्डिङ:
59:10 🔁 0/5
وَٱلَّذِينَ جَآءُو مِنۢ بَعۡدِهِمۡ يَقُولُونَ رَبَّنَا ٱغۡفِرۡ لَنَا وَلِإِخۡوَٰنِنَا ٱلَّذِينَ سَبَقُونَا بِٱلۡإِيمَٰنِ وَلَا تَجۡعَلۡ فِي قُلُوبِنَا غِلًّا لِّلَّذِينَ ءَامَنُواْ رَبَّنَآ إِنَّكَ رَءُوفٌ رَّحِيمٌ  ۝١٠
Wallazeena jaaa`oo min ba`dihim yaqooloona Rabbanagh fir lanaa wa li ikhwaani nal lazeena sabqoonaa bil eemaani wa laa taj`al fee quloobinaa ghillalil lazeena aamanoo rabbannaaa innaka Ra`oofur Raheem
र यस सम्पत्तिमा उनको पनि (भाग छ) जो उनका पछि आएछन् । उनीहरूले भन्नेछन् कि हे हाम्रो पालनकर्ता ! हामीलाई क्षमा गरिदेऊ र हाम्रा ती दाजुभाइहरूलाई पनि जो हामीभन्दा पहिला ईमान ल्याए, र हाम्रा हृदयमा ईमानवालाहरूको निम्ति कुनै विद्धेश र शत्रुता नराख । हे हाम्रो पालनकर्ता ! तिमी निश्चय नै बडो करुणामय अत्यन्त दयावान छौ ।
🎤 तपाईंको रेकर्डिङ:
59:11 🔁 0/5
۞ أَلَمۡ تَرَ إِلَى ٱلَّذِينَ نَافَقُواْ يَقُولُونَ لِإِخۡوَٰنِهِمُ ٱلَّذِينَ كَفَرُواْ مِنۡ أَهۡلِ ٱلۡكِتَٰبِ لَئِنۡ أُخۡرِجۡتُمۡ لَنَخۡرُجَنَّ مَعَكُمۡ وَلَا نُطِيعُ فِيكُمۡ أَحَدًا أَبَدًا وَإِن قُوتِلۡتُمۡ لَنَنصُرَنَّكُمۡ وَٱللَّهُ يَشۡهَدُ إِنَّهُمۡ لَكَٰذِبُونَ  ۝١١
Alam tara ilal lazeena naafaqoo yaqooloona li ikhwaanihimul lazeena kafaroo min ahlil kitaabi la`in ukhrijtum lanakhrujanna ma`akum wa laa nutee`u feekum ahadan abadanw-wa in qootiltum lanansuran nakum wallaahu yashhadu innahum lakaaziboon
के तिमीले ती मुनाफिकहरू (कपटी) लाई देखेनौ, जसले आफ्ना काफिर भाइहरूसित जो किताबवाला छन् भन्ने गर्दछन्, कि यदि तिमीलाई देशनिकाला गरियो भने, निश्चय नै हामी पनि तिम्रो साथमा निस्केर जानेछौं, र तिम्रो बारेमा कहिल्यै कसैको भनाई मान्ने छैनौं, र यदि तिमीसँग लडाई भयो भने तिम्रो सहायता गर्नेछौं, तर अल्लाह साक्षी छ, कि यिनीहरू झूठा छन् ।
🎤 तपाईंको रेकर्डिङ:
59:12 🔁 0/5
لَئِنۡ أُخۡرِجُواْ لَا يَخۡرُجُونَ مَعَهُمۡ وَلَئِن قُوتِلُواْ لَا يَنصُرُونَهُمۡ وَلَئِن نَّصَرُوهُمۡ لَيُوَلُّنَّ ٱلۡأَدۡبَٰرَ ثُمَّ لَا يُنصَرُونَ  ۝١٢
La`in ukhrijoo laa yakhrujoona ma`ahum wa la`in qootiloo laa yansuroonahum wa la`in nasaroohum la yuwallunnal adbaara summa laa yunsaroon
यदि उनीहरू निकालिए भने यिनीहरू उनको साथमा निस्कने छैनन् र यदि उनीहरूसँग युद्ध भयो भने त उनको सहायता गर्ने छैनन् र यदि सहायता गर्न आउँछन् भने पिठ्यू फर्काइ भागिहाल्ने छन्, अनि उनीहरूलाई कतैबाट पनि सहायता प्राप्त हुनेछैन ।
🎤 तपाईंको रेकर्डिङ:
59:13 🔁 0/5
لَأَنتُمۡ أَشَدُّ رَهۡبَةً فِي صُدُورِهِم مِّنَ ٱللَّهِۚ ذَٰلِكَ بِأَنَّهُمۡ قَوۡمٌ لَّا يَفۡقَهُونَ  ۝١٣
La antum ashaddu rahbatan fee sudoorihim minal laah; zaalika bi annahum qawmul laa yafqahoon
(मुसलमानहरू !) तिम्रो भय ती मानिसहरूको हृदयमा अल्लाहभन्दा पनि बढी छ, यो यस कारण छ कि यिनीहरूले बुझ्दैनन् ।
🎤 तपाईंको रेकर्डिङ:
59:14 🔁 0/5
لَا يُقَٰتِلُونَكُمۡ جَمِيعًا إِلَّا فِي قُرًى مُّحَصَّنَةٍ أَوۡ مِن وَرَآءِ جُدُرِۭۚ بَأۡسُهُم بَيۡنَهُمۡ شَدِيدٌۚ تَحۡسَبُهُمۡ جَمِيعًا وَقُلُوبُهُمۡ شَتَّىٰۚ ذَٰلِكَ بِأَنَّهُمۡ قَوۡمٌ لَّا يَعۡقِلُونَ  ۝١٤
Laa yuqaatiloonakum jamee`an illaa fee quram muhas sanatin aw minw waraaa`i judur; baasuhum bainahum shadeed; tahsabuhum jamee`anw-wa quloobuhum shatta; zaalika biannahum qawmul laa ya`qiloon
यी सबै मिलेर पनि तिमीसित आमुन्ने–सामुन्ने लड्न सक्दैनन् । तर बस्तीहरूका गढहरूमा शरण लिएर वा पर्खालहरूको पछाडि (लुकेर) रहुन् । उनको आपसमा नै ठूलो लडाई छ । यद्यपि तिमीले यिनीहरूलाई संगठित ठान्दछौ तर उनका हृदय फाटेका (विभाजित) छन् । यो यसकारण कि उनीहरू बुद्धिहीन छन् ।
🎤 तपाईंको रेकर्डिङ:
59:15 🔁 0/5
كَمَثَلِ ٱلَّذِينَ مِن قَبۡلِهِمۡ قَرِيبًاۖ ذَاقُواْ وَبَالَ أَمۡرِهِمۡ وَلَهُمۡ عَذَابٌ أَلِيمٌ  ۝١٥
Kamasalil lazeena min qablihim qareeban zaaqoo wabaala amrihim wa lahum `azaabun aleem
उनीहरूको अवस्था ती मानिसहरूको जस्तो छ, जुन उनीभन्दा केही पहिला आफ्ना कर्महरूको यातनाको स्वाद चाखिसकेका छन् र अहिले उनीहरूको निम्ति कष्टदायक यातना तयार छ ।
🎤 तपाईंको रेकर्डिङ:
59:16 🔁 0/5
كَمَثَلِ ٱلشَّيۡطَٰنِ إِذۡ قَالَ لِلۡإِنسَٰنِ ٱكۡفُرۡ فَلَمَّا كَفَرَ قَالَ إِنِّي بَرِيٓءٌ مِّنكَ إِنِّيٓ أَخَافُ ٱللَّهَ رَبَّ ٱلۡعَٰلَمِينَ  ۝١٦
Kamasalish shaitaani izqaala lil insaanik fur falammaa kafara qaala innee bareee`um minka inneee akhaaful laaha rabbal `aalameen
(मुनाफिकहरूको) उदाहरण शैतानको जस्तो छ, उसले मानिससँग भन्यो कुफ्र गर । त जब त्यो काफिर भइहाल्यो तब भन्न थाल्यो कि मलाई तिमीसित कुनै सरोकार छैन । मलाई त सारा संसारको पालनकर्तासित डर लाग्छ ।
🎤 तपाईंको रेकर्डिङ:
59:17 🔁 0/5
فَكَانَ عَٰقِبَتَهُمَآ أَنَّهُمَا فِي ٱلنَّارِ خَٰلِدَيۡنِ فِيهَاۚ وَذَٰلِكَ جَزَٰٓؤُاْ ٱلظَّٰلِمِينَ  ۝١٧
Fakaana `aaqibatahumaaa annahumaa fin naari khaalidaini feehaa; wa zaalika jazaaa`uz zaalimeen
तसर्थ दुवैको परिणाम यो भयो कि दुवै नर्कमा गए । सधैं त्यसमा रहनेछन् र अन्यायीहरूको यही दण्ड हो ।
🎤 तपाईंको रेकर्डिङ:
59:18 🔁 0/5
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ ٱتَّقُواْ ٱللَّهَ وَلۡتَنظُرۡ نَفۡسٌ مَّا قَدَّمَتۡ لِغَدٍۖ وَٱتَّقُواْ ٱللَّهَۚ إِنَّ ٱللَّهَ خَبِيرُۢ بِمَا تَعۡمَلُونَ  ۝١٨
Yaaa ayyuhal lazeena aamanut taqul laa; waltanzur nafsum maa qaddamat lighadiw wattaqual laah; innal laaha khabeerum bimaa ta`maloon
हे ईमानवालाहरू ! अल्लाहसित डर र प्रत्येक व्यक्तिले हेर्नुपर्छ कि उसले भोलि कयामतको दिनको निम्ति के कस्तो कर्म पठाएको छ र सधैं अल्लाहसित डर मानिराख निःसन्देह अल्लाह तिम्रा सम्पूर्ण क्रियाकलापबाट अवगत छ ।
🎤 तपाईंको रेकर्डिङ:
59:19 🔁 0/5
وَلَا تَكُونُواْ كَٱلَّذِينَ نَسُواْ ٱللَّهَ فَأَنسَىٰهُمۡ أَنفُسَهُمۡۚ أُوْلَٰٓئِكَ هُمُ ٱلۡفَٰسِقُونَ  ۝١٩
Wa laa takoonoo kallazeena nasul laaha fa ansaahum anfusahum; ulaaa`ika humul faasiqoon
र तिमी ती मानिसहरू जस्तो नहुनु, जसले अल्लाहलाई बिर्सिदिए, तब अल्लाहले उनीहरूलाई यस्तो गरिदियो कि स्वयं आफूलाई नै बिर्सिहाले । यिनीहरू अवज्ञाकारी हुन् ।
🎤 तपाईंको रेकर्डिङ:
59:20 🔁 0/5
لَا يَسۡتَوِيٓ أَصۡحَٰبُ ٱلنَّارِ وَأَصۡحَٰبُ ٱلۡجَنَّةِۚ أَصۡحَٰبُ ٱلۡجَنَّةِ هُمُ ٱلۡفَآئِزُونَ  ۝٢٠
Laa yastaweee as-haabun naari wa ashaabul jannah; as haabul jannati humul faaa`izoon
नर्कवाला र स्वर्गवालाहरू समान छैनन् । स्वर्गवाला त सफलता प्राप्त गर्नेवाला हुन् (र नर्कवालाहरू असफल हुन) ।
🎤 तपाईंको रेकर्डिङ:
59:21 🔁 0/5
لَوۡ أَنزَلۡنَا هَٰذَا ٱلۡقُرۡءَانَ عَلَىٰ جَبَلٍ لَّرَأَيۡتَهُۥ خَٰشِعًا مُّتَصَدِّعًا مِّنۡ خَشۡيَةِ ٱللَّهِۚ وَتِلۡكَ ٱلۡأَمۡثَٰلُ نَضۡرِبُهَا لِلنَّاسِ لَعَلَّهُمۡ يَتَفَكَّرُونَ  ۝٢١
Law anzalnaa haazal quraana `alaa jabilil lara aytahoo khaashi`am muta saddi`am min khashiyatil laah; wa tilkal amsaalu nadribuhaa linnaasi la`allahum yatafakkaroon
यदि हामीले यस कुरआनलाई कुनै पहाडमाथि अवतरित गरेको भए, तिमीले त्यसलाई अल्लाहको भयले चूरा–चूरा भइराखेको देख्नेथ्यौ र यी उदाहरणहरू हामीले मानिसहरूको निम्ति वर्णन गर्दछौं ताकि उनीहरूले गम्भीरतापूर्वक विचार गरुन् ।
🎤 तपाईंको रेकर्डिङ:
59:22 🔁 0/5
هُوَ ٱللَّهُ ٱلَّذِي لَآ إِلَٰهَ إِلَّا هُوَۖ عَٰلِمُ ٱلۡغَيۡبِ وَٱلشَّهَٰدَةِۖ هُوَ ٱلرَّحۡمَٰنُ ٱلرَّحِيمُ  ۝٢٢
Huwal-laahul-lazee laaa Ilaaha illaa Huwa `Aalimul Ghaibi wash-shahaada; Huwar Rahmaanur-Raheem
उही अल्लाह हो, जस बाहेक अरु कोही सत्य पूज्य छैन, अदृश्य र प्रकटको ज्ञाता, बडो कृपाशील, अत्यन्त दयावान छ ।
🎤 तपाईंको रेकर्डिङ:
59:23 🔁 0/5
هُوَ ٱللَّهُ ٱلَّذِي لَآ إِلَٰهَ إِلَّا هُوَ ٱلۡمَلِكُ ٱلۡقُدُّوسُ ٱلسَّلَٰمُ ٱلۡمُؤۡمِنُ ٱلۡمُهَيۡمِنُ ٱلۡعَزِيزُ ٱلۡجَبَّارُ ٱلۡمُتَكَبِّرُۚ سُبۡحَٰنَ ٱللَّهِ عَمَّا يُشۡرِكُونَ  ۝٢٣
Huwal-laahul-lazee laaa Ilaaha illaa Huwal-Malikul Quddoosus-Salaamul Muminul Muhaiminul-`aAzeezul Jabbaarul-Mutakabbir; Subhaanal laahi `Ammaa yushrikoon
त्यही अल्लाह हो, जस बाहेक कोही सत्य पूजाको योग्य छैन । त्यो सम्राट हो, अत्यन्त पवित्र सबै दुर्गुणबाट मुक्त, शान्तिदाता, संरक्षक, अधिपत्यवाला र शक्तिशाली र महानतायुक्त पवित्र छ अल्लाह त्यस शीर्कबाट जुन उनीहरूले गर्दछन् ।
🎤 तपाईंको रेकर्डिङ:
59:24 🔁 0/5
هُوَ ٱللَّهُ ٱلۡخَٰلِقُ ٱلۡبَارِئُ ٱلۡمُصَوِّرُۖ لَهُ ٱلۡأَسۡمَآءُ ٱلۡحُسۡنَىٰۚ يُسَبِّحُ لَهُۥ مَا فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ وَهُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ  ۝٢٤
Huwal Laahul Khaaliqul Baari `ul Musawwir; lahul Asmaaa`ul Husnaa; yusabbihu lahoo maa fis samaawaati wal ardi wa Huwal `Azeezul Hakeem
उही अल्लाह हो, जो सृष्टिकर्ता र अस्तित्व दाता हो, रूप दिनेवाला हो उसैका सबै राम्रा नामहरू हुन् । जुनसुकै कुरा चाहे त्यो आकाशहरू वा धरतीमा छ, उसैको गुणगान गरिराखेको छ । र ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।
🎤 तपाईंको रेकर्डिङ:
💡 लुकेको शब्दलाई अस्थायी रूपमा देखाउन ट्याप गर्नुहोस् — तपाईंको प्रगति स्वतः बचत हुन्छ।

🎉
🎊 राम्रो! कण्ठ पूरा भयो
Mishary Rashid Alafasy
Mahmoud Khalil Al-Husary
Abdurrahman As-Sudais
Mohamed Siddiq Al-Minshawi
Abdul Basit Abdul Samad
Ali Al-Hudhaify
Ahmed ibn Ali al-Ajamy
Abu Bakr Ash-Shaatree
Muhammad Ayyoub
Abdullah Basfar
Abdullah Al-Juhani
Maher Al Muaiqly
0:00
0:00
-

पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers