🔥 0 दिन लगातार
📖 लामो सूरा — साना भागहरूमा विभाजित (75 आयत)
📚 सबै सूराहरू
30%
🎤 आफ्नो आवाज रेकर्ड गर्न कुनै पनि आयत छेउको माइक्रोफोन आइकनमा 🎙️ थिच्नुहोस्, त्यसपछि सुन्नुहोस् र क्वारीसँग तुलना गर्नुहोस्।
0/75
8:1 🔁 0/5
يَسۡـَٔلُونَكَ عَنِ ٱلۡأَنفَالِۖ قُلِ ٱلۡأَنفَالُ لِلَّهِ وَٱلرَّسُولِۖ فَٱتَّقُواْ ٱللَّهَ وَأَصۡلِحُواْ ذَاتَ بَيۡنِكُمۡۖ وَأَطِيعُواْ ٱللَّهَ وَرَسُولَهُۥٓ إِن كُنتُم مُّؤۡمِنِينَ  ۝١
Yas`aloonaka `anil anfaali qulil anfaalu lillaahi war Rasooli fattaqul laaha wa ahlihoo zaata bainikum wa atee`ul laaha wa Rasoolahooo in kuntum mu`mineen
यिनीहरू तपाईसित धर्मयुद्धमा प्राप्त जितिएका धनको विषयमा सोध्छन्, तपाईले भनिदिनुस्ः यी युद्घमा प्राप्त भएको धन अल्लाह र रसुलका हुन् । अतः अल्लाहसित डर र आफ्ना सम्बन्धहरू सुमधुर राख र अल्लाह र उसको रसूलको आज्ञापालन गर, यदि तिमी ईमानवाला हौ भने ।
🎤 तपाईंको रेकर्डिङ:
8:2 🔁 0/5
إِنَّمَا ٱلۡمُؤۡمِنُونَ ٱلَّذِينَ إِذَا ذُكِرَ ٱللَّهُ وَجِلَتۡ قُلُوبُهُمۡ وَإِذَا تُلِيَتۡ عَلَيۡهِمۡ ءَايَٰتُهُۥ زَادَتۡهُمۡ إِيمَٰنًا وَعَلَىٰ رَبِّهِمۡ يَتَوَكَّلُونَ  ۝٢
Innamal mu`minoonal lazeena izaa zukiral laahu wajilat quloobuhum wa izaa tuliyat `alaihim Aayaatuhoo zaadat hum eemaananw wa `alaa Rabbihim yatawakkaloon
ईमानवालाहरू ती नै हुन् जसका हृदय काम्छन्, जुनबेला अल्लाहको वर्णन हुन्छ । र जब उनका अगाडि अल्लाहका आयतहरू पढेर सुनाइन्छन् त तिनीहरूको ईमानमा झन् बृद्धि भइहाल्छ, र तिनीहरू आफ्नो पालनकर्तामा भरोसा गर्दछन् ।
🎤 तपाईंको रेकर्डिङ:
8:3 🔁 0/5
ٱلَّذِينَ يُقِيمُونَ ٱلصَّلَوٰةَ وَمِمَّا رَزَقۡنَٰهُمۡ يُنفِقُونَ  ۝٣
Allazeena yuqeemoonas Salaata wa mimmaa razaqnaahum yunfiqoon
यिनीहरू ती मानिस हुन् जो नमाजलाई कायम राख्दछन्, र हामीले उनीहरूलाई जे–जति दिएका छौं, त्यसबाट (राम्रो कामको लागि) खर्च गर्छन् ।
🎤 तपाईंको रेकर्डिङ:
8:4 🔁 0/5
أُوْلَٰٓئِكَ هُمُ ٱلۡمُؤۡمِنُونَ حَقًّاۚ لَّهُمۡ دَرَجَٰتٌ عِندَ رَبِّهِمۡ وَمَغۡفِرَةٌ وَرِزۡقٌ كَرِيمٌ  ۝٤
Ulaaa`ika humul mu`minoona haqqaa; lahum darajaatun `inda Rabbihim wa magh firatunw wa rizqun kareem
सच्चा ईमानवाला यी मानिसहरू हुन्, यिनका निम्ति यिनका पालनकर्ताकहाँ गौरवपूर्ण स्थानहरू छन् र मुक्ति र सम्मानित जीविका छ ।
🎤 तपाईंको रेकर्डिङ:
8:5 🔁 0/5
كَمَآ أَخۡرَجَكَ رَبُّكَ مِنۢ بَيۡتِكَ بِٱلۡحَقِّ وَإِنَّ فَرِيقًا مِّنَ ٱلۡمُؤۡمِنِينَ لَكَٰرِهُونَ  ۝٥
Kaamaaa akhrajaka Rabbuka mim baitika bilhaqq; wa inna fareeqam minal mu`mineena lakaarihoon
(यो त्यस्तै) जस्तो तपाईको पालनकर्ताले तपाईको घरबाट हककोसाथ विदा गर्यो, किन्तु इमानवालाहरूमध्ये एक समूहलाई यो अप्रिय लाग्यो ।
🎤 तपाईंको रेकर्डिङ:
8:6 🔁 0/5
يُجَٰدِلُونَكَ فِي ٱلۡحَقِّ بَعۡدَ مَا تَبَيَّنَ كَأَنَّمَا يُسَاقُونَ إِلَى ٱلۡمَوۡتِ وَهُمۡ يَنظُرُونَ  ۝٦
Yujaadiloonaka fil haqqi ba`da maa tabaiyana kaannamaa yasaaqoona ilal mawti wa hum uanzuroon
उनीहरूले सत्यको बिषयमा त्यो स्पष्ट भइसकेपछि तपाईसँग यसरी झगडा गरिराखेका थिए कि तिनीहरूले आँखाले देखिएको मृत्युतिर धकेलिंदै छन् ।
🎤 तपाईंको रेकर्डिङ:
8:7 🔁 0/5
وَإِذۡ يَعِدُكُمُ ٱللَّهُ إِحۡدَى ٱلطَّآئِفَتَيۡنِ أَنَّهَا لَكُمۡ وَتَوَدُّونَ أَنَّ غَيۡرَ ذَاتِ ٱلشَّوۡكَةِ تَكُونُ لَكُمۡ وَيُرِيدُ ٱللَّهُ أَن يُحِقَّ ٱلۡحَقَّ بِكَلِمَٰتِهِۦ وَيَقۡطَعَ دَابِرَ ٱلۡكَٰفِرِينَ  ۝٧
Wa iz ya`idukumul laahu ihdat taaa`ifataini annahaa lakum wa tawaddoona anna ghaira zaatish shawkati takoonu lakum wa yureedul laahu ai yuhiqqal haqqa bikalimaatihee wa taqta`a daabiral kaafireen
र तिमीहरू त्यस समयलाई यादगर जब अल्लाह तिमीसित वाचा गरिराखेको थियो कि दुई समुहहरूमध्ये एउटा तिम्रो हाथमा आउनेछ र तिमी चाहन्थ्यौं कि निःशस्त्र समूह तिम्रो हातमा आओस् । र अल्लाह यो चाहन्थ्यो कि आफ्नो आदेशको सत्यता प्रमाणित गरोस् र ती इन्कार गर्नेहरूको जरा काटिदेओस् ।
🎤 तपाईंको रेकर्डिङ:
8:8 🔁 0/5
لِيُحِقَّ ٱلۡحَقَّ وَيُبۡطِلَ ٱلۡبَٰطِلَ وَلَوۡ كَرِهَ ٱلۡمُجۡرِمُونَ  ۝٨
Liyuhiqqal haqqa wa tubtilal baatila wa law karihal mujrimoon
जसबाट सत्यलाई सत्य गरेर देखाओस् र असत्यलाई असत्य गरेर, चाहे अपराधिहरूलाई जति नै अप्रिय किन नलागोस् ।
🎤 तपाईंको रेकर्डिङ:
8:9 🔁 0/5
إِذۡ تَسۡتَغِيثُونَ رَبَّكُمۡ فَٱسۡتَجَابَ لَكُمۡ أَنِّي مُمِدُّكُم بِأَلۡفٍ مِّنَ ٱلۡمَلَٰٓئِكَةِ مُرۡدِفِينَ  ۝٩
Iz tastagheesoona Rabbakum fastajaaba lakum annee mumiddukum bi alfim minal malaaa`ikati murdifeen
त्यो समय यादगर जब तिमीले आफ्नो पालनकर्तासित विन्ती गरिराखेका थियौ, अनि महान अल्लाहले तिम्रो पुकार सुनिहाल्यो । (उसले भन्यो) म तिमीलाई एक हजार फरिश्ताहरूबाट मद्दत गर्नेछु जो लगातार आउँदै गर्नेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
8:10 🔁 0/5
وَمَا جَعَلَهُ ٱللَّهُ إِلَّا بُشۡرَىٰ وَلِتَطۡمَئِنَّ بِهِۦ قُلُوبُكُمۡۚ وَمَا ٱلنَّصۡرُ إِلَّا مِنۡ عِندِ ٱللَّهِۚ إِنَّ ٱللَّهَ عَزِيزٌ حَكِيمٌ  ۝١٠
Wa maa ja`alahul laahu illaa bushraa wa litatma`inna bihee quloobukum; wa man nasru illaa min `indil laah; innal laaha Azeezun Hakeem
र महान अल्लाहले यो सहायता मात्र यस कारणले गर्यो, कि यो एउटा शुभसन्देश होस् र यसबाट तिम्रा हृदयहरूलाई सन्तुष्टि होस्, सहायता अल्लाहबाट नै हुन्छ, जो अल्लाह अधिपत्यशाली तत्वदर्शी छ ।
🎤 तपाईंको रेकर्डिङ:
8:11 🔁 0/5
إِذۡ يُغَشِّيكُمُ ٱلنُّعَاسَ أَمَنَةً مِّنۡهُ وَيُنَزِّلُ عَلَيۡكُم مِّنَ ٱلسَّمَآءِ مَآءً لِّيُطَهِّرَكُم بِهِۦ وَيُذۡهِبَ عَنكُمۡ رِجۡزَ ٱلشَّيۡطَٰنِ وَلِيَرۡبِطَ عَلَىٰ قُلُوبِكُمۡ وَيُثَبِّتَ بِهِ ٱلۡأَقۡدَامَ  ۝١١
Iz yughashsheekumun nu`assa amanatam minhu wa yunazzilu `alaikum minas samaaa`i maaa`al liyutah hirakum bihee wa yuzhiba `ankum rijzash Shaitaani wa liyarbita `ala quloobikum wa yusabbita bihil aqdaam
त्यस समयलाई स्मरण गर, जब उसले आफ्नो तर्फबाट शान्तिका लागि तिमीलाई निद्रा प्रदान गरिरहेको थियो, र तिमीमाथि आकाशबाट पानी बर्षाइराखेको थियो, ताकि त्यस पानीबाट तिमीलाई पवित्र गरोस् र शैतानी अपवित्रतालाई तिमीबाट टाढा राखोस्, र तिम्रा हृदयहरूलाई मजबूत बनाओस् र तिम्रा पाइलाहरूलाई सुदृढ गरोस् ।
🎤 तपाईंको रेकर्डिङ:
8:12 🔁 0/5
إِذۡ يُوحِي رَبُّكَ إِلَى ٱلۡمَلَٰٓئِكَةِ أَنِّي مَعَكُمۡ فَثَبِّتُواْ ٱلَّذِينَ ءَامَنُواْۚ سَأُلۡقِي فِي قُلُوبِ ٱلَّذِينَ كَفَرُواْ ٱلرُّعۡبَ فَٱضۡرِبُواْ فَوۡقَ ٱلۡأَعۡنَاقِ وَٱضۡرِبُواْ مِنۡهُمۡ كُلَّ بَنَانٍ  ۝١٢
Iz yoohee Rabbuka ilal malaaa`ikati annee ma`akum fasabbitul lazeena aamanoo; sa ulqee fee quloobil lazeena kafarur ru`ba fadriboo fawqal a`naaqi wadriboo minhum kulla banaan
त्यो समयलाई यादगर जबकि तपाईको पालनकर्ताले फरिश्ताहरूलाई भनिराखेको थियो ‘‘कि म तिम्रो साथमा छु । अतः तिमीले ईमानवालाहरूलाई हिम्मत बढाउँदै गर । म इन्कार गर्नेवालाहरूको हृदयमा भय उत्पन्न गराइदिन्छु । तसर्थ तिमी गर्दनमा प्रहार गर र उनका औंलाहरूको टुप्पोमा चोट पुर्याऊ ।
🎤 तपाईंको रेकर्डिङ:
8:13 🔁 0/5
ذَٰلِكَ بِأَنَّهُمۡ شَآقُّواْ ٱللَّهَ وَرَسُولَهُۥۚ وَمَن يُشَاقِقِ ٱللَّهَ وَرَسُولَهُۥ فَإِنَّ ٱللَّهَ شَدِيدُ ٱلۡعِقَابِ  ۝١٣
Zaalika bi annahum shaaaqqul laaha wa Rasoolah; wa mai yushaqiqil laaha wa Rasoolahoo fa innal laaha shadeedul `iqaab
यो यस कुराको सजाय हो कि उनीहरूले अल्लाह र उसको रसूलको विरोध गरे, र जसले अल्लाहको र उसको रसूलको विरोध गर्दछ, त्यसलाई अल्लाहले निःसन्देह कठोर सजाय दिनेवाला छ ।
🎤 तपाईंको रेकर्डिङ:
8:14 🔁 0/5
ذَٰلِكُمۡ فَذُوقُوهُ وَأَنَّ لِلۡكَٰفِرِينَ عَذَابَ ٱلنَّارِ  ۝١٤
Zaalikum fazooqoohu wa anna lilkaafireena `azaaban Naar
तसर्थ यो सजाय चाख, र जानिराख कि काफिरहरूको निम्ति नर्कको यातना निर्धारित नै छ ।
🎤 तपाईंको रेकर्डिङ:
8:15 🔁 0/5
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِذَا لَقِيتُمُ ٱلَّذِينَ كَفَرُواْ زَحۡفًا فَلَا تُوَلُّوهُمُ ٱلۡأَدۡبَارَ  ۝١٥
Yaaa aiyuhal lazeena aamanoo izaa laqeetumul lazeena kafaroo zahfan falaa tuwalloohumul adbaar
ईमानवालाहरू हो ! जब काफिरहरूसित तिम्रो मुकाबिला हुन्छ त तिमी पिठ्युँ नफर्काऊ ।
🎤 तपाईंको रेकर्डिङ:
8:16 🔁 0/5
وَمَن يُوَلِّهِمۡ يَوۡمَئِذٍ دُبُرَهُۥٓ إِلَّا مُتَحَرِّفًا لِّقِتَالٍ أَوۡ مُتَحَيِّزًا إِلَىٰ فِئَةٍ فَقَدۡ بَآءَ بِغَضَبٍ مِّنَ ٱللَّهِ وَمَأۡوَىٰهُ جَهَنَّمُۖ وَبِئۡسَ ٱلۡمَصِيرُ  ۝١٦
Wa mai yuwallihim yawma`izin duburahooo illaa mutaharrifal liqitaalin aw mutahaiyizan ilaa fi`atin faqad baaa`a bighadabim minal laahi wa maawaahu Jahannamu wa bi`sal maseer
र जुन ब्यक्तिले तिनीहरूबाट यस अवसरमा पिठ्यु फर्काउनेछ,– तर यदि उसले युद्धचालको रूपमा वा अर्को टुकडीसँग शरण लिन आउँछ– त्यो अर्कै कुरा हो । बाँकी अरु जसले यस्तो गर्नेछ, त्यो अल्लाहको क्रोधमा पर्नेछ । र त्यसको बासस्थान नर्क हुनेछ र त्यो साह्रै नराम्रो ठाउँ हो ।
🎤 तपाईंको रेकर्डिङ:
8:17 🔁 0/5
فَلَمۡ تَقۡتُلُوهُمۡ وَلَٰكِنَّ ٱللَّهَ قَتَلَهُمۡۚ وَمَا رَمَيۡتَ إِذۡ رَمَيۡتَ وَلَٰكِنَّ ٱللَّهَ رَمَىٰ وَلِيُبۡلِيَ ٱلۡمُؤۡمِنِينَ مِنۡهُ بَلَآءً حَسَنًاۚ إِنَّ ٱللَّهَ سَمِيعٌ عَلِيمٌ  ۝١٧
Falam taqtuloohum wa laakinnal laaha qatalahum; wa maa ramaita iz ramaita wa laakinnal laaha ramaa; wa liyubliyal mu`mineena minhu balaaa`an hasanaa; innal laaha Samee`un Aleem
तिमीले तिनीहरूलाई मारेनौ, तर अल्लाहले नै तिनीहरूलाई मार्यो र तपाईले माटोको डल्लो फ्याँक्नु भएन बरु त्यो महान अल्लाहले फ्याँक्यो, र यस कारण कि मुसलमानहरूलाई आफ्नो तर्फबाट उनीहरूको परिश्रमको राम्रो प्रतिफल देओस् । निःसन्देह अल्लाह धेरै सुन्नेवाला, धेरै जान्नेवाला छ ।
🎤 तपाईंको रेकर्डिङ:
8:18 🔁 0/5
ذَٰلِكُمۡ وَأَنَّ ٱللَّهَ مُوهِنُ كَيۡدِ ٱلۡكَٰفِرِينَ  ۝١٨
Zaalikum wa annal laaha moohinu kaidil kaafireen
यो भयो र (दोस्रो कुरा यो छ कि) महान अल्लाहले काफिरहरूको योजनालाई कमजोर गर्नु थियो ।
🎤 तपाईंको रेकर्डिङ:
8:19 🔁 0/5
إِن تَسۡتَفۡتِحُواْ فَقَدۡ جَآءَكُمُ ٱلۡفَتۡحُۖ وَإِن تَنتَهُواْ فَهُوَ خَيۡرٌ لَّكُمۡۖ وَإِن تَعُودُواْ نَعُدۡ وَلَن تُغۡنِيَ عَنكُمۡ فِئَتُكُمۡ شَيۡـًٔا وَلَوۡ كَثُرَتۡ وَأَنَّ ٱللَّهَ مَعَ ٱلۡمُؤۡمِنِينَ  ۝١٩
In tastaftihoo faqad jaaa`akumul fathu wa in tantahoo fahuwa khairul lakum wa in ta`oodoo na`ud wa lan tughniya `ankum fi`atukum shai`anw wa law kasurat wa annal laaha ma`al mu`mineen
यदि तिमीहरू फैसला चाहन्छौ भने त्यो फैसला तिम्रो सामु मौजूदछ, र यदि यसबाट पन्छिनछौ भने यो साह्रै राम्रो छ, र यदि तिमीले फेरि त्यही काम गर्नेछौ भने हामीले पनि फेरि त्यही काम गर्नेछौं, र तिम्रो जत्था तिम्रो कुनै काम लाग्नेछैन, चाहे जति नै अधिक किन नहोस्, र सत्य कुरो यो छ कि अल्लाह ईमानवालाहरूको साथमा छ ।
🎤 तपाईंको रेकर्डिङ:
8:20 🔁 0/5
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ أَطِيعُواْ ٱللَّهَ وَرَسُولَهُۥ وَلَا تَوَلَّوۡاْ عَنۡهُ وَأَنتُمۡ تَسۡمَعُونَ  ۝٢٠
Yaaa aiyuhal lazeena aamanoo atee`ul laaha wa Rasoolahoo wa laa tawallaw `anhu wa antum tasm`oon
हे ईमानवालाहरू ! अल्लाहको र उसको रसूलको आदेश मान र त्यसबाट विमुख नहोऊ जबकि तिमी सुनी जानी राखेका छौ ।
🎤 तपाईंको रेकर्डिङ:
8:21 🔁 0/5
وَلَا تَكُونُواْ كَٱلَّذِينَ قَالُواْ سَمِعۡنَا وَهُمۡ لَا يَسۡمَعُونَ  ۝٢١
Wa laa takoonoo kallazeena qaaloo sami`naa wa hum laa yasma`oon
र तिमी उनीहरू जस्तो नहुनु जसले दावी गर्दछन् कि हामीले सुनें जबकि उनीहरू सुन्दैनन् ।
🎤 तपाईंको रेकर्डिङ:
8:22 🔁 0/5
۞ إِنَّ شَرَّ ٱلدَّوَآبِّ عِندَ ٱللَّهِ ٱلصُّمُّ ٱلۡبُكۡمُ ٱلَّذِينَ لَا يَعۡقِلُونَ  ۝٢٢
Inna sharrad dawaaabbi `indal laahis summul bukmul lazeena laa ya`qiloon
अल्लाहको दृष्टिमा त निकृष्ट प्राणी ती हुन जो बहिरा लाटा हुन्, जसले केहि पनि बुझ्दैनन् ।
🎤 तपाईंको रेकर्डिङ:
8:23 🔁 0/5
وَلَوۡ عَلِمَ ٱللَّهُ فِيهِمۡ خَيۡرًا لَّأَسۡمَعَهُمۡۖ وَلَوۡ أَسۡمَعَهُمۡ لَتَوَلَّواْ وَّهُم مُّعۡرِضُونَ  ۝٢٣
Wa law `alimal laahu feehim khairal la asma`ahum; wa law asma`ahum latawallaw wa hum mu`ridoon
यदि अल्लाहले उनीहरूमा कुनै गुण देखेको भए अवश्य नै उनीहरूलाई सुन्ने सौभाग्य प्रदान गथ्र्यो र यदि उसले उनीहरूलाई अहिले सुनाउँछ भने उनीहरू तर्केर विमुख भइहाल्थे ।
🎤 तपाईंको रेकर्डिङ:
8:24 🔁 0/5
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ ٱسۡتَجِيبُواْ لِلَّهِ وَلِلرَّسُولِ إِذَا دَعَاكُمۡ لِمَا يُحۡيِيكُمۡۖ وَٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ يَحُولُ بَيۡنَ ٱلۡمَرۡءِ وَقَلۡبِهِۦ وَأَنَّهُۥٓ إِلَيۡهِ تُحۡشَرُونَ  ۝٢٤
Yaaa aiyuhal lazeena aamanus tajeeboo lillaahi wa lir Rasooli izaa da`aakum limaa yuhyeekum wa`lamooo annal laaha yahoolu bainal mar`i wa qalbihee wa anahooo ilaihi tuhsharoon
हे ईमानवालाहरू ! तिमी अल्लाह र रसूलको आदेश मान, जबकि रसूलले तिमीलाई त्यस कुरातिर बोलाउन्छन्, जसले तिमीलाई जीवन प्रदान गर्नेछ र जानिराख कि अल्लाह मानिस र उसको हृदयको बीचमा आड बन्ने गर्दछ । र निःसन्देह तिमी सबै अल्लाहकै पासमा एकत्रित हुनेछौ ।
🎤 तपाईंको रेकर्डिङ:
8:25 🔁 0/5
وَٱتَّقُواْ فِتۡنَةً لَّا تُصِيبَنَّ ٱلَّذِينَ ظَلَمُواْ مِنكُمۡ خَآصَّةًۖ وَٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ شَدِيدُ ٱلۡعِقَابِ  ۝٢٥
Wattaqoo fitnatal laa tuseebannal lazeena zalamoo minkum khaaaassatanw wa`lamooo annal laaha shadeedul `iqaab
त्यस फसादबाट बच, जसले कि आफ्नो चपेटामा विशेषरूपले अत्याचारीहरूलाई मात्र लिने छैन, जानिराख कि अल्लाह कठोर दण्ड दिनेवाला छ ।
🎤 तपाईंको रेकर्डिङ:
8:26 🔁 0/5
وَٱذۡكُرُوٓاْ إِذۡ أَنتُمۡ قَلِيلٌ مُّسۡتَضۡعَفُونَ فِي ٱلۡأَرۡضِ تَخَافُونَ أَن يَتَخَطَّفَكُمُ ٱلنَّاسُ فَـَٔاوَىٰكُمۡ وَأَيَّدَكُم بِنَصۡرِهِۦ وَرَزَقَكُم مِّنَ ٱلطَّيِّبَٰتِ لَعَلَّكُمۡ تَشۡكُرُونَ  ۝٢٦
Wazkurooo iz antum qaleelum mustad `afoona filardi takhaafoona ai yatakhat tafakumun naasu fa aawaakum wa aiyadakum binasrihee wa razaqakum minat taiyibaati la`allakum tashkuroon
र त्यस अवस्थाको स्मरण गर जब तिमी थोरै थियौ, धर्तीमा निर्बल थियौ, भयभीत अवस्थामा रहन्थ्यौ कि अरुले तिमीहरूलाई कहीं नष्ट नगरिहालुन् अनि अल्लाहले तिमीलाई शरण दियो र आफ्नो सहायताले तिमीलाई शक्ति प्रदान गर्यो र राम्रा राम्रा कुराहरू दियो जसबाट तिमीले उसको आभार प्रकट गर ।
🎤 तपाईंको रेकर्डिङ:
8:27 🔁 0/5
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَخُونُواْ ٱللَّهَ وَٱلرَّسُولَ وَتَخُونُوٓاْ أَمَٰنَٰتِكُمۡ وَأَنتُمۡ تَعۡلَمُونَ  ۝٢٧
Yaaa aiyuhal lazeena aamanoo laa takhoonal laaha war Rasoola wa takhoonooo amaanaatikum wa antum ta`lamoon
हे ईमानवालाहरू ! जानीबुझी तिमी अल्लाह र उसको रसूलको हकको साथमा विश्वासघात नगर्नु र आफूले संरक्षण गरेको कुराहरूमा विश्वासघात नगर ।
🎤 तपाईंको रेकर्डिङ:
8:28 🔁 0/5
وَٱعۡلَمُوٓاْ أَنَّمَآ أَمۡوَٰلُكُمۡ وَأَوۡلَٰدُكُمۡ فِتۡنَةٌ وَأَنَّ ٱللَّهَ عِندَهُۥٓ أَجۡرٌ عَظِيمٌ  ۝٢٨
Wa`lamooo annamaaa amwaalukum wa awlaadukum fitnatunw wa annal laaha `indahooo ajrun azeem
र तिमी यस कुरोलाई राम्ररी जानीराख कि तिम्रा धनसम्पत्ति र तिम्रा सन्तानहरू एउटा परीक्षा सामग्री हुन् र यो कुरो पनि जानिराख कि अल्लाहसंग ठुलो प्रतिफल छ ।
🎤 तपाईंको रेकर्डिङ:
8:29 🔁 0/5
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِن تَتَّقُواْ ٱللَّهَ يَجۡعَل لَّكُمۡ فُرۡقَانًا وَيُكَفِّرۡ عَنكُمۡ سَيِّـَٔاتِكُمۡ وَيَغۡفِرۡ لَكُمۡۗ وَٱللَّهُ ذُو ٱلۡفَضۡلِ ٱلۡعَظِيمِ  ۝٢٩
Yaaa aiyuhal lazeena aamanooo in tattaqul laaha yaj`al lakum furqaananw wa yukaffir `ankum saiyi aatikum wa yaghfir lakum; wallaahu zul fadlil `azeem
हे ईमानवालाहरू ! यदि तिमी अल्लाहसित डर मान्ने गर्छौ भने उसले तिमीलाई एउटा निर्णायक कुरा प्रदान गर्नेछ । र तिम्रा पापहरू समाप्त गर्नेछ र तिमीलाई क्षमा गर्नेछ । अल्लाह बडो अनुग्रहवाला छ ।
🎤 तपाईंको रेकर्डिङ:
8:30 🔁 0/5
وَإِذۡ يَمۡكُرُ بِكَ ٱلَّذِينَ كَفَرُواْ لِيُثۡبِتُوكَ أَوۡ يَقۡتُلُوكَ أَوۡ يُخۡرِجُوكَۚ وَيَمۡكُرُونَ وَيَمۡكُرُ ٱللَّهُۖ وَٱللَّهُ خَيۡرُ ٱلۡمَٰكِرِينَ  ۝٣٠
Wa iz yamkuru bikal lazeena kafaroo liyusbitooka aw yaqtulooka aw yukhrijook; wa yamkuroona wa yamkurul laahu wallaahu khairul maakireen
र त्यस कुराको पनि चर्चा गर्नुस् जबकि काफिरहरूले तपाई विरुद्ध षडयन्त्र गरिराखेका थिए, ताकि तपाईलाई बन्दी बनाइहालुन्, वा तपाईलाई मारिदिउन् वा तपाईलाई वतनबाट निकाली निर्वासित गराइदिउन् र उनीहरू आफ्ना षडयन्त्र गरिराखेका थिए र अल्लाह आफ्नो योजना कार्यान्वयन गरिराखेको थियो र अल्लाह सबभन्दा बलियो योजनाकार छ ।
🎤 तपाईंको रेकर्डिङ:
8:31 🔁 0/5
وَإِذَا تُتۡلَىٰ عَلَيۡهِمۡ ءَايَٰتُنَا قَالُواْ قَدۡ سَمِعۡنَا لَوۡ نَشَآءُ لَقُلۡنَا مِثۡلَ هَٰذَآ إِنۡ هَٰذَآ إِلَّآ أَسَٰطِيرُ ٱلۡأَوَّلِينَ  ۝٣١
Wa izaa tutlaa `alaihim Aayaatunaa qaaloo qad sami`naa law nashaaa`u laqulnaa misla haazaaa in haazaaa illaaa asaateerul awwaleen
र जब उनीहरू सामु हाम्रा आयतहरू पढिन्छन् तब उनीहरू भन्छन्ः कि हामीले सुनिहाल्यौं । यदि हामीले चाह्यौं भने यस्ता कुरा हामीले पनि भन्न सक्छौं, यी त पहिलाका मानिसहरूको तर्फबाट चल्दै आएका अप्रमाणिक कुराहरू हुन् ।
🎤 तपाईंको रेकर्डिङ:
8:32 🔁 0/5
وَإِذۡ قَالُواْ ٱللَّهُمَّ إِن كَانَ هَٰذَا هُوَ ٱلۡحَقَّ مِنۡ عِندِكَ فَأَمۡطِرۡ عَلَيۡنَا حِجَارَةً مِّنَ ٱلسَّمَآءِ أَوِ ٱئۡتِنَا بِعَذَابٍ أَلِيمٍ  ۝٣٢
Wa iz qaalul laahumma in kaana haazaa huwal haqqa min `indika fa amtir `alainaa hijaaratam minas samaaa`i awi`tinaa bi `azaabin alaeem
र जब उनीहरूले भने कि हे अल्लाह ! यदि तपाईंको तर्फबाट आएको यो कुरआन सत्य छ भने हामीमाथि आकाशबाट ढुङ्गा बर्साइदेऊ, वा हामीमाथि कुनै कष्टदायक यातना पारिदेऊ ।
🎤 तपाईंको रेकर्डिङ:
8:33 🔁 0/5
وَمَا كَانَ ٱللَّهُ لِيُعَذِّبَهُمۡ وَأَنتَ فِيهِمۡۚ وَمَا كَانَ ٱللَّهُ مُعَذِّبَهُمۡ وَهُمۡ يَسۡتَغۡفِرُونَ  ۝٣٣
Wa maa kanal laahu liyu`az zibahum wa anta feehim; wa maa kaanal laahu mu`az zibahum wa hum yastaghfiroon
र अल्लाह यस्तो गर्नेछैन कि तपाई उनीहरूको माझमा उपस्थित हुँदा उनीहरूलाई यातना देओस्, र उनीहरूले क्षमायाचना गरिराखेको अवस्थामा अल्लाहले उनीहरूलाई यातनामा ग्रस्त गर्नेछैन ।
🎤 तपाईंको रेकर्डिङ:
8:34 🔁 0/5
وَمَا لَهُمۡ أَلَّا يُعَذِّبَهُمُ ٱللَّهُ وَهُمۡ يَصُدُّونَ عَنِ ٱلۡمَسۡجِدِ ٱلۡحَرَامِ وَمَا كَانُوٓاْ أَوۡلِيَآءَهُۥٓۚ إِنۡ أَوۡلِيَآؤُهُۥٓ إِلَّا ٱلۡمُتَّقُونَ وَلَٰكِنَّ أَكۡثَرَهُمۡ لَا يَعۡلَمُونَ  ۝٣٤
Wa maa lahum allaa yu`az zibahumul laahu wa hum yasuddoona `anil Masjidil-Haraami wa maa kaanooo awliyaaa`ah; in awliyaaa` uhooo illal muttaqoona wa laakinna aksarahum laa ya`lamoon
र उनीहरूमा के कुरा छ कि उनीहरूलाई अल्लाहले यातना नदेओस, जबकि उनीहरूले ‘‘मस्जिदे हराम’’ (कअ्बा) बाट रोक्दछन् जबकि उनीहरू त्यस मस्जिदका व्यवस्थापक होइनन्? यसको व्यवस्थापक त मात्र मुत्तकीहरू (संयमीहरू) हुन् । तर उनीमध्ये धेरैले बुझ्दैनन् ।
🎤 तपाईंको रेकर्डिङ:
8:35 🔁 0/5
وَمَا كَانَ صَلَاتُهُمۡ عِندَ ٱلۡبَيۡتِ إِلَّا مُكَآءً وَتَصۡدِيَةًۚ فَذُوقُواْ ٱلۡعَذَابَ بِمَا كُنتُمۡ تَكۡفُرُونَ  ۝٣٥
Wa maa kaana Salaatuhum `indal Baiti illa mukaaa anw-wa tasdiyah; fazooqul `azaaba bimaa kuntum takfuroon
र उनीहरूको नमाज यस घर (कअ्बा) को पासमा सिटी बजाउने र ताली पिट्ने बाहेक अरु केही थिएन । तसर्थ त्यस इन्कारको कारण यस यातनाको स्वाद चाख ।
🎤 तपाईंको रेकर्डिङ:
8:36 🔁 0/5
إِنَّ ٱلَّذِينَ كَفَرُواْ يُنفِقُونَ أَمۡوَٰلَهُمۡ لِيَصُدُّواْ عَن سَبِيلِ ٱللَّهِۚ فَسَيُنفِقُونَهَا ثُمَّ تَكُونُ عَلَيۡهِمۡ حَسۡرَةً ثُمَّ يُغۡلَبُونَۗ وَٱلَّذِينَ كَفَرُوٓاْ إِلَىٰ جَهَنَّمَ يُحۡشَرُونَ  ۝٣٦
Innal lazeena kafaroo yunfiqoona amwaalahum liyasuddoo `an sabeelil laah; fasayunfiqoonahaa summa takoonu `alaihim hasratan summa yughlaboon; wal lazeena kafarooo ilaa Jahannnama yuhsharoona
निश्चय नै इन्कार गर्नेहरूले आफ्नो माल अल्लाहको मार्गबाट विचलित गराउनका लागि खर्च गर्दछन् । उनीहरू त त्यसलाई खर्च गरि नै रहनेछन्, अनि यही उनको निम्ति पश्चाताप बन्ने छ । अनि उनीहरू पराजित हुनेछन् र इन्कार गर्नेहरू नर्कतिर एकत्रित गरिनेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
8:37 🔁 0/5
لِيَمِيزَ ٱللَّهُ ٱلۡخَبِيثَ مِنَ ٱلطَّيِّبِ وَيَجۡعَلَ ٱلۡخَبِيثَ بَعۡضَهُۥ عَلَىٰ بَعۡضٍ فَيَرۡكُمَهُۥ جَمِيعًا فَيَجۡعَلَهُۥ فِي جَهَنَّمَۚ أُوْلَٰٓئِكَ هُمُ ٱلۡخَٰسِرُونَ  ۝٣٧
Liyameezal laahul khabeesa minat taiyibi wa yaj`alal khabeesa ba`dahoo `ala ba`din fayarkumahoo jamee`an fayaj`alahoo fee Jahannnam; ulaaa`ika humul khaasiroon
ताकि अल्लाहले पवित्रलाई अपवित्रबाट अलग गरोस् र अपवित्रलाई एक–अर्कासंग मिलाइदेओस्, जसबाट ती सबैलाई एकै ठाउँमा जम्मा गरी नर्कमा हालिदेओस् । यिनिहरू नै पुरै घाटामा छन् ।
🎤 तपाईंको रेकर्डिङ:
8:38 🔁 0/5
قُل لِّلَّذِينَ كَفَرُوٓاْ إِن يَنتَهُواْ يُغۡفَرۡ لَهُم مَّا قَدۡ سَلَفَ وَإِن يَعُودُواْ فَقَدۡ مَضَتۡ سُنَّتُ ٱلۡأَوَّلِينَ  ۝٣٨
Qul lillazeena kafarooo iny yantahoo yughfar lahum maa qad salafa wa iny ya`oodoo faqad madat sunnatul awwaleen
तपाईले यी काफिÞरहरूसित भनिदिनुस् कि यदि उनीहरूले (आफ्ना क्रियाकलाप) त्यागीदिन्छन् भने उनीहरूका पहिलाका पापहरू क्षमा गरिदिइनेछ, र यदि उनीहरू फेरि त्यही गर्नेछन् भने पूर्ववर्ती काफिरहरूको सम्बन्धमा कानून लागू भइसकेको छ ।
🎤 तपाईंको रेकर्डिङ:
8:39 🔁 0/5
وَقَٰتِلُوهُمۡ حَتَّىٰ لَا تَكُونَ فِتۡنَةٌ وَيَكُونَ ٱلدِّينُ كُلُّهُۥ لِلَّهِۚ فَإِنِ ٱنتَهَوۡاْ فَإِنَّ ٱللَّهَ بِمَا يَعۡمَلُونَ بَصِيرٌ  ۝٣٩
Wa qaatiloohum hattaa laa takoona fitnatunw wa yakoonaddeenu kulluhoo lillaah; fainin tahaw fa innallaaha bimaa ya`maloona Baseer
उनीहरूसित यस हदसम्म युद्ध गर, कि तिनीहरूमा फितना(लडाईको कारण) बाँकी नरहोस् र धर्म अल्लाहकै भइहालोस् । अनि यदि उनीहरू आफ्ना (क्रियाकलाप) त्याग गर्छन् भने अल्लाहले उनीहरूको कर्म राम्ररी देखिराखेको छ ।
🎤 तपाईंको रेकर्डिङ:
8:40 🔁 0/5
وَإِن تَوَلَّوۡاْ فَٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ مَوۡلَىٰكُمۡۚ نِعۡمَ ٱلۡمَوۡلَىٰ وَنِعۡمَ ٱلنَّصِيرُ  ۝٤٠
Wa in tawallaw fa`lamooo annal laaha mawlaakum; ni`mal mawlaa wa ni`man naseer
र यदि इन्कार गर्दछन् भने विश्वास राख कि अल्लाह तिम्रो संरक्षक हो । ऊ धेरै राम्रो संरक्षक हो र धेरै राम्रो सहायक हो ।
🎤 तपाईंको रेकर्डिङ:
8:41 🔁 0/5
۞ وَٱعۡلَمُوٓاْ أَنَّمَا غَنِمۡتُم مِّن شَيۡءٍ فَأَنَّ لِلَّهِ خُمُسَهُۥ وَلِلرَّسُولِ وَلِذِي ٱلۡقُرۡبَىٰ وَٱلۡيَتَٰمَىٰ وَٱلۡمَسَٰكِينِ وَٱبۡنِ ٱلسَّبِيلِ إِن كُنتُمۡ ءَامَنتُم بِٱللَّهِ وَمَآ أَنزَلۡنَا عَلَىٰ عَبۡدِنَا يَوۡمَ ٱلۡفُرۡقَانِ يَوۡمَ ٱلۡتَقَى ٱلۡجَمۡعَانِۗ وَٱللَّهُ عَلَىٰ كُلِّ شَيۡءٍ قَدِيرٌ  ۝٤١
Wa`lamooo annamaa ghanimtum min sha`in fa anna lillaahi khumusahoo wa lir Rasooli wa lizil qurba walyataamaa walmasaakeeni wabnis sabeeli in kuntum aamantum billaahi wa maaa anzalnaa `ala `abdinaa yawmal Furqaani yawmaltaqal jam`aan; wal laahu `alaa kulli shai`in Qadeer
जानिराख कि गनीमतको रूपमा जे–जति माल तिमीले प्राप्त गर्दछौ, त्यसको पाँचौ भाग अल्लाहको र रसूलको र नातेदारहरूको र अनाथहरू र निमुखाहरूको र यात्रीहरूको हो, यदि तिमी अल्लाहमाथि र त्यस कुरोमाथि आस्था राख्दछौ, जुन हामीले आफ्नो भक्तमाथि त्यस दिन उतार्यौं, जुन दिन सत्य र असत्यबीच सम्बन्ध–विच्छेदको थियो, जुन दिन दुवै सेनाहरूबीच भिडन्त भयो, र अल्लाहलाई प्रत्येक कुरोमाथि सामथ्र्य प्राप्त छ ।
🎤 तपाईंको रेकर्डिङ:
8:42 🔁 0/5
إِذۡ أَنتُم بِٱلۡعُدۡوَةِ ٱلدُّنۡيَا وَهُم بِٱلۡعُدۡوَةِ ٱلۡقُصۡوَىٰ وَٱلرَّكۡبُ أَسۡفَلَ مِنكُمۡۚ وَلَوۡ تَوَاعَدتُّمۡ لَٱخۡتَلَفۡتُمۡ فِي ٱلۡمِيعَٰدِ وَلَٰكِن لِّيَقۡضِيَ ٱللَّهُ أَمۡرًا كَانَ مَفۡعُولًا لِّيَهۡلِكَ مَنۡ هَلَكَ عَنۢ بَيِّنَةٍ وَيَحۡيَىٰ مَنۡ حَيَّ عَنۢ بَيِّنَةٍۗ وَإِنَّ ٱللَّهَ لَسَمِيعٌ عَلِيمٌ  ۝٤٢
Iz antum bil`udwatid dunyaa wa hum bil`udwatil quswaa warrakbu asfala minkum; wa law tawaa`attum lakhtalaftum fil mee`aadi wa laakil liyaqdiyal laahu amran kaana maf`oolal liyahlika man halaka `am baiyinatinw wa yahyaa man haiya `am baiyinah; wa innal laaha la Samee`un `Aleem
जबकि तिमी नजिकको किनारमा थियौ, र उनीहरू टाढाको किनारमा थिए र काफिला (मानिसहरूको समूह) तिमीभन्दा तल थियो । यदि तिमी आपसमा समय निश्चित गरेको भए, तिमी निश्चित समयमा पुग्दैनथ्यौ । तर अल्लाहले त एक काम गर्नु नै थियो जो निश्चित भइसकेको थियो, ताकि जसलाई नष्ट हुनुछ त्यो स्पष्ट प्रमाण देखेर नै विनष्ट होस् र जसलाई जीवित रहनुछ त्यो स्पष्ट प्रमाण देखेर जीवित रहोस् । निःसन्देह अल्लाह राम्ररी जान्दछ र राम्ररी सुन्दछ ।
🎤 तपाईंको रेकर्डिङ:
8:43 🔁 0/5
إِذۡ يُرِيكَهُمُ ٱللَّهُ فِي مَنَامِكَ قَلِيلًاۖ وَلَوۡ أَرَىٰكَهُمۡ كَثِيرًا لَّفَشِلۡتُمۡ وَلَتَنَٰزَعۡتُمۡ فِي ٱلۡأَمۡرِ وَلَٰكِنَّ ٱللَّهَ سَلَّمَۚ إِنَّهُۥ عَلِيمُۢ بِذَاتِ ٱلصُّدُورِ  ۝٤٣
Iz yureekahumul laahu fee manaamika qaleela; wa law araakahum kaseeral lafashiltum wa latanaaza`tum fil amri wa laakinnal laaha sallam; innahoo `aleemum bizaatis sudoor
जबकि महान अल्लाहले तिमीलाई तिम्रो स्वप्नमा उनीहरूको संख्या कम देखायो, यदि उसले उनीहरूको संखया धेरै देखाएको भए, तिमी कायर हुन सक्थ्यौ, र त्यस कामको बारेमा आपसमा विवाद गर्न सक्थयौ तर अल्लाहले बचाइहाल्यो, निःसन्देह ऊ हृदयका भेदहरूको पूर्ण ज्ञाता छ ।
🎤 तपाईंको रेकर्डिङ:
8:44 🔁 0/5
وَإِذۡ يُرِيكُمُوهُمۡ إِذِ ٱلۡتَقَيۡتُمۡ فِيٓ أَعۡيُنِكُمۡ قَلِيلًا وَيُقَلِّلُكُمۡ فِيٓ أَعۡيُنِهِمۡ لِيَقۡضِيَ ٱللَّهُ أَمۡرًا كَانَ مَفۡعُولًاۗ وَإِلَى ٱللَّهِ تُرۡجَعُ ٱلۡأُمُورُ  ۝٤٤
Wa iz yureekumoohum izil taqaitum feee a`yunikum qaleelanw wa yuqallilukum feee a`yunihim liyaqdiyal laahu amran kaana maf`oolaa; wa ilal laahi turja`ul umoor
त्यस बखत जब तिम्रो परस्पर भिडन्त भयो उसले तिम्रो दृष्टिमा उनीहरूलाई धेरै कम र तिमीलाई उनीहरूको दृष्टिमा कम गरी देखाइराखेको थियो, ताकि अल्लाहले त्यस कामलाई सम्पन्न गरोस् जुन हुनु निश्चित थियो, र सम्पूर्ण काम अल्लाहतिर नै फर्कन्छन् ।
🎤 तपाईंको रेकर्डिङ:
8:45 🔁 0/5
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِذَا لَقِيتُمۡ فِئَةً فَٱثۡبُتُواْ وَٱذۡكُرُواْ ٱللَّهَ كَثِيرًا لَّعَلَّكُمۡ تُفۡلِحُونَ  ۝٤٥
Yaaa aiyuhal lazeena aamanooo izaa laqeetum fi`atan fasbutoo wazkurul laaha kaseeral la`allakum tuflihoon
हे इमानवालाहरू ! जब तिम्रो कुनै विरोधी समूहसँग भिडन्त हुन्छ त दृढ रह, र अल्लाहलाई धेरै–धेरै स्मरण गर ताकि तिमीलाई सफलता प्राप्त होस् ।
🎤 तपाईंको रेकर्डिङ:
8:46 🔁 0/5
وَأَطِيعُواْ ٱللَّهَ وَرَسُولَهُۥ وَلَا تَنَٰزَعُواْ فَتَفۡشَلُواْ وَتَذۡهَبَ رِيحُكُمۡۖ وَٱصۡبِرُوٓاْۚ إِنَّ ٱللَّهَ مَعَ ٱلصَّٰبِرِينَ  ۝٤٦
Wa atee`ul laaha wa Rasoolahoo wa laa tanaaza`oo fatafshaloo wa tazhaba reehukum wasbiroo; innal laaha ma`as saabireen
र अल्लाह र उसको रसूलको आज्ञा मानिराख, आपसमा विवाद नगर, अन्यथा कायर बन्नेछौ, र बल कम हुँदै जानेछ, र धैर्य र संयमबाट काम लिनु । निश्चय नै अल्लाह धैर्य गर्नेहरूको साथमा छ ।
🎤 तपाईंको रेकर्डिङ:
8:47 🔁 0/5
وَلَا تَكُونُواْ كَٱلَّذِينَ خَرَجُواْ مِن دِيَٰرِهِم بَطَرًا وَرِئَآءَ ٱلنَّاسِ وَيَصُدُّونَ عَن سَبِيلِ ٱللَّهِۚ وَٱللَّهُ بِمَا يَعۡمَلُونَ مُحِيطٌ  ۝٤٧
Wa laa takoonoo kallazeena kharajoo min diyaarihim bataranw wa ri`aaa`an naasi wa yasuddoona `an sabeelil laah; wallaahu bimaa ya`maloona muheet
र उनीहरू जस्तो नबन जो अट्टेरीपना गर्दै अरु मानिसहरूलाई देखाउनका लागि आफ्ना घरबाट निस्केका थिए, र अल्लाहको मार्गबाट रोक्दथे, र जुन क्रियाकलाप उनीहरूले गरिराखेका छन्, त्यो सबै अल्लाहले आफ्नो घेरामा लिनेवाला छ ।
🎤 तपाईंको रेकर्डिङ:
8:48 🔁 0/5
وَإِذۡ زَيَّنَ لَهُمُ ٱلشَّيۡطَٰنُ أَعۡمَٰلَهُمۡ وَقَالَ لَا غَالِبَ لَكُمُ ٱلۡيَوۡمَ مِنَ ٱلنَّاسِ وَإِنِّي جَارٌ لَّكُمۡۖ فَلَمَّا تَرَآءَتِ ٱلۡفِئَتَانِ نَكَصَ عَلَىٰ عَقِبَيۡهِ وَقَالَ إِنِّي بَرِيٓءٌ مِّنكُمۡ إِنِّيٓ أَرَىٰ مَا لَا تَرَوۡنَ إِنِّيٓ أَخَافُ ٱللَّهَۚ وَٱللَّهُ شَدِيدُ ٱلۡعِقَابِ  ۝٤٨
Wa iz zaiyana lahumush shaitaanu a`ma alahum wa qaala laa ghaaliba lakumul yawma minan naasi wa innee jaarul lakum falammaa taraaa`atil fi`ataani nakasa `alaa aqibaihi wa qaala innee bareee`um minkum innee araa maa laa tarawna inneee akhaaful laah; wallaahu shadeedul `iqaab
र जब शैतानले उनीहरूको कर्म उनीहरूलाई आकर्षक रूपमा देखाइरहेको थियो र भनिरहेको थियो कि आज मानिसहरूमध्ये कोही पनि तिमीमाथि अधिपत्य जमाउन सक्दैन, र म स्वयं पनि तिम्रो समर्थक हूँ । किन्तु जब दुवै समूह आमुन्ने–सामुन्ने आए तब आफ्नो मुन्टो फर्काएर पछि हट्यो र भन्यो (शैतानले) म तिमीभन्दा भिन्न हूँ । मैले त्यो देखिराखेको छु जुन तिमीले देखिराखेका छैनौ । म अल्लाहसित डराउन्छु र अल्लाह कठोर यातना दिनेवाला छ ।
🎤 तपाईंको रेकर्डिङ:
8:49 🔁 0/5
إِذۡ يَقُولُ ٱلۡمُنَٰفِقُونَ وَٱلَّذِينَ فِي قُلُوبِهِم مَّرَضٌ غَرَّ هَٰٓؤُلَآءِ دِينُهُمۡۗ وَمَن يَتَوَكَّلۡ عَلَى ٱللَّهِ فَإِنَّ ٱللَّهَ عَزِيزٌ حَكِيمٌ  ۝٤٩
Iz yaqoolul munaafiqoona wallazeena fee quloobihim maradun gharra haaa`ulaaa`i deenuhum; wa mai yatawakkal `alal laahi fa innal laaha `azee zun Hakeem
जबकि कपटिहरूले भनिराखेका थिए र उनीहरू पनि जसका हृदयमा रोग थियो कि उनीहरूलाई त उनीहरूकै धर्मले धोकामा पारिदिएको छ । र जसले पनि अल्लाहमाथि भरोसा गर्छ, त निश्चय नै अल्लाह अत्यन्त शक्तिशाली र तत्वदर्शी छ ।
🎤 तपाईंको रेकर्डिङ:
8:50 🔁 0/5
وَلَوۡ تَرَىٰٓ إِذۡ يَتَوَفَّى ٱلَّذِينَ كَفَرُواْ ٱلۡمَلَٰٓئِكَةُ يَضۡرِبُونَ وُجُوهَهُمۡ وَأَدۡبَٰرَهُمۡ وَذُوقُواْ عَذَابَ ٱلۡحَرِيقِ  ۝٥٠
Wa law taraaa iz yatawaf fal lazeena kafarul malaaa`ikatu yadriboona wujoohahum wa adbaarahum wa zooqoo `azaabal hareeq
र काश तिमीले देख्थ्यौ जब फरिश्ताहरूले काफिरहरूको प्राण निकाल्छन् । उनीहरूले तिनीहरूको मुख र पिठ्युँमा प्रहार गर्दछन् (र भन्दछन्ः) तिमी पोलिनुको यातना चाख ।
🎤 तपाईंको रेकर्डिङ:
8:51 🔁 0/5
ذَٰلِكَ بِمَا قَدَّمَتۡ أَيۡدِيكُمۡ وَأَنَّ ٱللَّهَ لَيۡسَ بِظَلَّٰمٍ لِّلۡعَبِيدِ  ۝٥١
Zaalika bimaa qaddamat aideekum wa anal laaha laisa bizallaamil lil `abeed
यो ती क्रियाकलापहरूको कारण हो, जुन कि तिम्रा हातले अगाडि नै पठाइसकेका छन् । निःसन्देह अल्लाह आफ्ना भक्तहरूमाथि अत्याचार गर्नेवाला छैन ।
🎤 तपाईंको रेकर्डिङ:
8:52 🔁 0/5
كَدَأۡبِ ءَالِ فِرۡعَوۡنَ وَٱلَّذِينَ مِن قَبۡلِهِمۡۚ كَفَرُواْ بِـَٔايَٰتِ ٱللَّهِ فَأَخَذَهُمُ ٱللَّهُ بِذُنُوبِهِمۡۚ إِنَّ ٱللَّهَ قَوِيٌّ شَدِيدُ ٱلۡعِقَابِ  ۝٥٢
Kadaabi Aali Fir`awna wal lazeena min qablihim; kafaroo bi Aayaatil laahi fa akhazahu mul laahu bizunoobihim; innal laaha qawiyyun shadeedul `iqaab
यिनीहरूको त्यस्तै अवस्था भयो जस्तो कि फिरऔनका मानिसहरू र उनीहरूभन्दा पहिलाका मानिसहरूको भयो । उनीहरूले अल्लाहका आयातहरूलाई इन्कार गरे अनि अल्लाहले उनीहरूलाई उनीहरूका पापको कारण समातिहाल्यो । निःसन्देह अल्लाह शक्तिशाली र कठोर यातना दिनेवाला छ ।
🎤 तपाईंको रेकर्डिङ:
8:53 🔁 0/5
ذَٰلِكَ بِأَنَّ ٱللَّهَ لَمۡ يَكُ مُغَيِّرًا نِّعۡمَةً أَنۡعَمَهَا عَلَىٰ قَوۡمٍ حَتَّىٰ يُغَيِّرُواْ مَا بِأَنفُسِهِمۡ وَأَنَّ ٱللَّهَ سَمِيعٌ عَلِيمٌ  ۝٥٣
Zaalika bi annal laaha lam yaku mughaiyiran ni matan an`amahaa `alaa qawmin hattaa yughaiyiroo maa bianfusihim wa annallaaha samee un `Aleem
यो यसकारण भयो कि अल्लाह यस्तो छैन कि कुनै कौममाथि कुनै अनुग्रह गरेर, फेरि त्यसलाई बदलिदेओस् जबसम्मकि आफ्नो अवस्थालाई उनीहरूले नबदलुन्, जुन तिनीहरूको आफ्नो थियो र यो कि अल्लाह सबैकुरा सुन्नेवाला सर्वज्ञ छ ।
🎤 तपाईंको रेकर्डिङ:
8:54 🔁 0/5
كَدَأۡبِ ءَالِ فِرۡعَوۡنَ وَٱلَّذِينَ مِن قَبۡلِهِمۡۚ كَذَّبُواْ بِـَٔايَٰتِ رَبِّهِمۡ فَأَهۡلَكۡنَٰهُم بِذُنُوبِهِمۡ وَأَغۡرَقۡنَآ ءَالَ فِرۡعَوۡنَۚ وَكُلٌّ كَانُواْ ظَٰلِمِينَ  ۝٥٤
Kadaabi Aali Fir`awna wallazeena min qablihim; kazzaboo bi Aayaati Rabbihim faahlaknaahum bizunoobihim wa aghraqnaa Aala Fir`awn; wa kullun kaanoo zaalimeen
(तिनीहरूको दशा) फिरऔनीहरू र उनीभन्दा पहिलेका मानिसहरूको जस्तो भयो । उनीहरूले आफ्नो पालनकर्ताका कुराहरूलाई भूmठ्लाए त हामीले उनीहरूलाई उनीहरूकै पापको बदलामा नष्ट गरिहाल्यौ र फिरऔनीहरूलाई डुबाइदियौं, यी सबै अत्याचारी थिए ।
🎤 तपाईंको रेकर्डिङ:
8:55 🔁 0/5
إِنَّ شَرَّ ٱلدَّوَآبِّ عِندَ ٱللَّهِ ٱلَّذِينَ كَفَرُواْ فَهُمۡ لَا يُؤۡمِنُونَ  ۝٥٥
Inna sharrad dawaaabbi `indal laahil lazeena kafaroo fahum laa yu`minoon
निश्चय नै सबभन्दा नराम्रा प्राणी अल्लाहको दृष्टिमा ती मानिसहरू हुन्, जसले इन्कार गर्दछन् । अनि उनीहरूहले ईमान ल्याउँदैनन् ।
🎤 तपाईंको रेकर्डिङ:
8:56 🔁 0/5
ٱلَّذِينَ عَٰهَدتَّ مِنۡهُمۡ ثُمَّ يَنقُضُونَ عَهۡدَهُمۡ فِي كُلِّ مَرَّةٍ وَهُمۡ لَا يَتَّقُونَ  ۝٥٦
Allazeena`aahatta min hum summa yanqudoona `ahdahum fee kulli marratinw wa hum laa yattaqoon
जसबाट तपाईले वचन लिनुभयो तैपनि उनीहरू हरेक पटक आफ्नो वचन भङ्ग गरिदिन्छन् र उनीहरू एकदमै संयम गर्दैनन् ।
🎤 तपाईंको रेकर्डिङ:
8:57 🔁 0/5
فَإِمَّا تَثۡقَفَنَّهُمۡ فِي ٱلۡحَرۡبِ فَشَرِّدۡ بِهِم مَّنۡ خَلۡفَهُمۡ لَعَلَّهُمۡ يَذَّكَّرُونَ  ۝٥٧
Fa immaa tasqafannahum fil harbi fasharrid bihim man khalfahum la`allahum yazzakkaroon
तसर्थः जहिलेपनि तिमी उनीमाथि युद्धमा नियन्त्रण पाउँछौ, तब उनीहरूमाथि यस्तो प्रहार गर कि उनीहरूको पछिका पनि भागिहालुन्, हुन सक्छ (यसबाट) उनीहरूले शिक्षा ग्रहण गरुन् ।
🎤 तपाईंको रेकर्डिङ:
8:58 🔁 0/5
وَإِمَّا تَخَافَنَّ مِن قَوۡمٍ خِيَانَةً فَٱنۢبِذۡ إِلَيۡهِمۡ عَلَىٰ سَوَآءٍۚ إِنَّ ٱللَّهَ لَا يُحِبُّ ٱلۡخَآئِنِينَ  ۝٥٨
Wa immaa takhaafana min qawmin khiyaanatan fambiz ilaihim `alaa sawaaa`; innal laaha laayuhibbul khaaa`ineen
र यदि तिमीलाई कुनै समुदायसित विश्वासघातको आशंका छ भने तिमी पनि उस्तै किसिमले त्यस्ता मानिसहरूको साथमा भएको सन्धिलाई भङ्ग गरिदेऊ । अल्लाहलाई विश्वासघात गर्नेहरू प्रिय छैनन् ।
🎤 तपाईंको रेकर्डिङ:
8:59 🔁 0/5
وَلَا يَحۡسَبَنَّ ٱلَّذِينَ كَفَرُواْ سَبَقُوٓاْۚ إِنَّهُمۡ لَا يُعۡجِزُونَ  ۝٥٩
Wa laa yahsabannal lazeena kafaroo sabaqooo; innahum laa yu`jizoon
काफिरहरूले यो नठानुन् कि उनीहरू उम्के । उनीहरू नियन्त्रणभन्दा बाहिर जान सक्दैनन् ।
🎤 तपाईंको रेकर्डिङ:
8:60 🔁 0/5
وَأَعِدُّواْ لَهُم مَّا ٱسۡتَطَعۡتُم مِّن قُوَّةٍ وَمِن رِّبَاطِ ٱلۡخَيۡلِ تُرۡهِبُونَ بِهِۦ عَدُوَّ ٱللَّهِ وَعَدُوَّكُمۡ وَءَاخَرِينَ مِن دُونِهِمۡ لَا تَعۡلَمُونَهُمُ ٱللَّهُ يَعۡلَمُهُمۡۚ وَمَا تُنفِقُواْ مِن شَيۡءٍ فِي سَبِيلِ ٱللَّهِ يُوَفَّ إِلَيۡكُمۡ وَأَنتُمۡ لَا تُظۡلَمُونَ  ۝٦٠
Wa a`iddoo lahum mastata`tum min quwwatinw wa mirribaatil khaili turhiboona bihee `aduwwal laahi wa `aduwwakum wa aakhareena min doonihim laa ta`lamoo nahum Allaahu ya`lamuhum; wa maa tunfiqoo min shai`in fee sabeelil laahi yuwaf failaikum wa antum laa tuzlamoon
तिमी आफ्नो शक्तिले भ्याएसम्म, उनीहरूको मुकाबिला निम्ति बल र घोडाहरू तयार राख, ताकि यसद्वारा तिमीहरूले अल्लाहका शत्रुहरू र आफ्ना शत्रुहरू र यिनीहरूका अतिरिक्त अन्य ती मानिसहरूलाई पनि भयभीत पार्न सक्दछौ जसलाई तिमी जान्दैनौ । अल्लाह उनीहरूलाई जान्दछ र अल्लाहको मार्गमा तिमीले जे–जति खर्च गर्नेछौ, त्यो तिमीलाई पूर्णरूपले प्रदान गरिनेछ र तिम्रो हक मारिने छैन ।
🎤 तपाईंको रेकर्डिङ:
8:61 🔁 0/5
۞ وَإِن جَنَحُواْ لِلسَّلۡمِ فَٱجۡنَحۡ لَهَا وَتَوَكَّلۡ عَلَى ٱللَّهِۚ إِنَّهُۥ هُوَ ٱلسَّمِيعُ ٱلۡعَلِيمُ  ۝٦١
Wa in janahoo lissalmi fajnah lahaa wa tawakkal `alal laah; innahoo Huwas Samee`ul `Aleem
यदि उनीहरू सम्झौताको इच्छा गर्दछन् भने तिमी पनि सम्झौताका लागि तयार भइहाल र अल्लाहमाथि भरोसा गर । निःसन्देह ऊ सबैकुरा सुन्नेवाला, जान्नेवाला छ ।
🎤 तपाईंको रेकर्डिङ:
8:62 🔁 0/5
وَإِن يُرِيدُوٓاْ أَن يَخۡدَعُوكَ فَإِنَّ حَسۡبَكَ ٱللَّهُۚ هُوَ ٱلَّذِيٓ أَيَّدَكَ بِنَصۡرِهِۦ وَبِٱلۡمُؤۡمِنِينَ  ۝٦٢
Wa iny yureedooo any-yakhda`ooka fainna hasbakal laah; Huwal lazeee aiyadaka binasrihee wa bilmu`mineen
यदि उनीहरू तिमीसित विश्वासघात गर्न चाहन्छन् भने अल्लाह तिमीलाई पर्याप्त छ, उसैले आफ्नो सहायताले र मोमिनहरूबाट तिम्रो समर्थन गरेको छ ।
🎤 तपाईंको रेकर्डिङ:
8:63 🔁 0/5
وَأَلَّفَ بَيۡنَ قُلُوبِهِمۡۚ لَوۡ أَنفَقۡتَ مَا فِي ٱلۡأَرۡضِ جَمِيعًا مَّآ أَلَّفۡتَ بَيۡنَ قُلُوبِهِمۡ وَلَٰكِنَّ ٱللَّهَ أَلَّفَ بَيۡنَهُمۡۚ إِنَّهُۥ عَزِيزٌ حَكِيمٌ  ۝٦٣
Wa allafa baina quloobihim; law anfaqta maa fil ardi jamee`am maaa allafta baina quloobihim wa laakinnallaaha allafa bainahum; innaahoo `Azeezun Hakeem
उनीहरूका हृदयलाई आपसी प्रेमले पनि उसैले जोडेको हो । यदि तिमीले धर्तीमा भएका सबै कुरा खर्च गरेको भएपनि उनका हृदयलाई परस्पर जोड्न सक्दैनथ्यौ तर अल्लाहले नै तिनलाई आपसमा जोडिदियो । निश्चय नै त्यो सर्वशक्तिशाली, तत्वदर्शी छ ।
🎤 तपाईंको रेकर्डिङ:
8:64 🔁 0/5
يَٰٓأَيُّهَا ٱلنَّبِيُّ حَسۡبُكَ ٱللَّهُ وَمَنِ ٱتَّبَعَكَ مِنَ ٱلۡمُؤۡمِنِينَ  ۝٦٤
Yaaa aiyuhan Nabiyyu hasbukal laahu wa manittaba `aka minal mu`mineen
हे नबी ! तिम्रो लागि अल्लाह र तिम्रा ईमानवाला अनुयायीहरू नै पर्याप्त छन् ।
🎤 तपाईंको रेकर्डिङ:
8:65 🔁 0/5
يَٰٓأَيُّهَا ٱلنَّبِيُّ حَرِّضِ ٱلۡمُؤۡمِنِينَ عَلَى ٱلۡقِتَالِۚ إِن يَكُن مِّنكُمۡ عِشۡرُونَ صَٰبِرُونَ يَغۡلِبُواْ مِاْئَتَيۡنِۚ وَإِن يَكُن مِّنكُم مِّاْئَةٌ يَغۡلِبُوٓاْ أَلۡفًا مِّنَ ٱلَّذِينَ كَفَرُواْ بِأَنَّهُمۡ قَوۡمٌ لَّا يَفۡقَهُونَ  ۝٦٥
Yaaa aiyuhan Nabiyyu harridil mu`mineena `alal qitaal; iny-yakum minkum `ishroona saabiroona yaghliboo mi`atayn; wa iny-yakum minkum min`atuny yaghlibooo alfam minal lazeena kafaroo bi anahum qawmul laa yafqahoon
हे नबी ! ईमानवालाहरूलाई जिहादको निम्ति प्रेरित गर । यदि तिमीमध्ये बीसजना पनि धैर्यवान् छन् भने दुईसय जनामाथि प्रभावी हुनेछन् र यदि तिमीमध्ये एक सय हुन्छन् भने उनीहरू एक हजार काफिरहरूमाथि प्रभावी हुनेछन्, किनभने उनीहरू बुद्धिहीन छन् ।
🎤 तपाईंको रेकर्डिङ:
8:66 🔁 0/5
ٱلۡـَٰٔنَ خَفَّفَ ٱللَّهُ عَنكُمۡ وَعَلِمَ أَنَّ فِيكُمۡ ضَعۡفًاۚ فَإِن يَكُن مِّنكُم مِّاْئَةٌ صَابِرَةٌ يَغۡلِبُواْ مِاْئَتَيۡنِۚ وَإِن يَكُن مِّنكُمۡ أَلۡفٌ يَغۡلِبُوٓاْ أَلۡفَيۡنِ بِإِذۡنِ ٱللَّهِۗ وَٱللَّهُ مَعَ ٱلصَّٰبِرِينَ  ۝٦٦
Al`aana khaffafal laahu `ankum wa `alima anna feekum da`faa; fa-iny yakum minkum mi`atun saabiratuny yaghliboo mi`atayn; wa iny-yakum minkum alfuny yaghlibooo alfaini bi iznil laah; wallaahu ma`as saabireen
अब अल्लाहले तिम्रो भार हल्का गर्दछ, उसलाई राम्ररी थाहा छ कि तिमीमा केही कमजोरी छ । तसर्थ यदि तिम्रा एक सयजना संयमी छन् भने उनीहरू दुईसयमाथि प्रभावी रहनेछन् र यदि तिमीमध्ये यस्ता एक हजार जना हुन्छन् भने अल्लाहको आदेशले उनीहरू दुईहजारमाथि प्रभावी रहनेछन् । र अल्लाह धैर्य गर्नेहरूको साथमा छ ।
🎤 तपाईंको रेकर्डिङ:
8:67 🔁 0/5
مَا كَانَ لِنَبِيٍّ أَن يَكُونَ لَهُۥٓ أَسۡرَىٰ حَتَّىٰ يُثۡخِنَ فِي ٱلۡأَرۡضِۚ تُرِيدُونَ عَرَضَ ٱلدُّنۡيَا وَٱللَّهُ يُرِيدُ ٱلۡأٓخِرَةَۗ وَٱللَّهُ عَزِيزٌ حَكِيمٌ  ۝٦٧
Maa kaana li Nabiyyin ai yakoona lahooo asraa hatta yuskhina fil ard; tureedoona aradad dunyaa wallaahu yureedul Aakhirah; wallaahu `Azeezun Hakeem
कुनै नबीको लागि यो उचित छैन कि उसको पासमा कैदी रहुन् जबसम्मकि धर्तीमा ठूलो रक्तपात हुँदैन । तिमी त संसारको धन चाहन्छौ, जबकि अल्लाहको इच्छा आखिÞरतको छ । र अल्लाह सर्वशक्तिशाली, तत्वदर्शी छ ।
🎤 तपाईंको रेकर्डिङ:
8:68 🔁 0/5
لَّوۡلَا كِتَٰبٌ مِّنَ ٱللَّهِ سَبَقَ لَمَسَّكُمۡ فِيمَآ أَخَذۡتُمۡ عَذَابٌ عَظِيمٌ  ۝٦٨
Law laa Kitaabum minal laahi sabaqa lamassakum fee maaa akhaztum `azaabun `azeem
अल्लाहले लेखेको कुरो अघिदेखि नै उपस्थित नभएको भए जे–जति तिमीले लिएका छौ, त्यसबापत तिमीलाई कुनै ठूलो यातना हुने थियो ।
🎤 तपाईंको रेकर्डिङ:
8:69 🔁 0/5
فَكُلُواْ مِمَّا غَنِمۡتُمۡ حَلَٰلًا طَيِّبًاۚ وَٱتَّقُواْ ٱللَّهَۚ إِنَّ ٱللَّهَ غَفُورٌ رَّحِيمٌ  ۝٦٩
Fakuloo mimaa ghanimtum halaalan taiyibaa; watta qullaah; innal laaha Ghafoorur Raheem
तसर्थः जे–जति वैध (हलाल) र पवित्र गनीमत (मालसामान) प्राप्त गरेका छौ, राम्रोसँग खाऊ र पिऊ र अल्लाहसित डराइराख । निश्चय नै अल्लाह बडो क्षमाशील, अत्यन्त दयावान् छ ।
🎤 तपाईंको रेकर्डिङ:
8:70 🔁 0/5
يَٰٓأَيُّهَا ٱلنَّبِيُّ قُل لِّمَن فِيٓ أَيۡدِيكُم مِّنَ ٱلۡأَسۡرَىٰٓ إِن يَعۡلَمِ ٱللَّهُ فِي قُلُوبِكُمۡ خَيۡرًا يُؤۡتِكُمۡ خَيۡرًا مِّمَّآ أُخِذَ مِنكُمۡ وَيَغۡفِرۡ لَكُمۡۚ وَٱللَّهُ غَفُورٌ رَّحِيمٌ  ۝٧٠
Yaaa aiyuhan Nabiyyu qul liman feee aideekum minal asraaa iny-ya lamillaahu fee quloobikum khairany yu`tikum khayram mimmaaa ukhiza minkum wa yaghfir lakum; wallaahu Ghafoorur Raheem
हे नबी ! जुन कैदीहरू तिम्रो कब्जामा छन्, उनीहरूसित भनिदेऊः यदि अल्लाहले तिम्रो हृदयमा असल नीयत देख्नेछ भने, जे–जति तिमीबाट लिइएको छ, त्योभन्दा धेरै (उत्तम) कुरो तिमीलाई प्रदान गर्नेछ, अनि पाप पनि क्षमा गरिदिनेछ । र अल्लाह अत्यन्त क्षमाशील, दयावान् छँदैछ ।
🎤 तपाईंको रेकर्डिङ:
8:71 🔁 0/5
وَإِن يُرِيدُواْ خِيَانَتَكَ فَقَدۡ خَانُواْ ٱللَّهَ مِن قَبۡلُ فَأَمۡكَنَ مِنۡهُمۡۗ وَٱللَّهُ عَلِيمٌ حَكِيمٌ  ۝٧١
Wa iny-yureedoo khiyaa nataka faqad khaanullaaha min qablu fa amkana minhum; wallaahu `aleemum Hakeem
र यदि उनीहरूले तिमीसंग विश्वासघातको धारणा राख्दछन् भने यिनीहरू त यसभन्दा पहिले अल्लाहकै विश्वासघात गरिसकेकाछन्, अन्ततः तिनीहरूलाई (तिम्रो अधीनमा) पक्राउ गराइदिएको छ । अल्लाह सबै कुरा जान्नेवाला, बडो तत्वदर्शी छ ।
🎤 तपाईंको रेकर्डिङ:
8:72 🔁 0/5
إِنَّ ٱلَّذِينَ ءَامَنُواْ وَهَاجَرُواْ وَجَٰهَدُواْ بِأَمۡوَٰلِهِمۡ وَأَنفُسِهِمۡ فِي سَبِيلِ ٱللَّهِ وَٱلَّذِينَ ءَاوَواْ وَّنَصَرُوٓاْ أُوْلَٰٓئِكَ بَعۡضُهُمۡ أَوۡلِيَآءُ بَعۡضٍۚ وَٱلَّذِينَ ءَامَنُواْ وَلَمۡ يُهَاجِرُواْ مَا لَكُم مِّن وَلَٰيَتِهِم مِّن شَيۡءٍ حَتَّىٰ يُهَاجِرُواْۚ وَإِنِ ٱسۡتَنصَرُوكُمۡ فِي ٱلدِّينِ فَعَلَيۡكُمُ ٱلنَّصۡرُ إِلَّا عَلَىٰ قَوۡمِۭ بَيۡنَكُمۡ وَبَيۡنَهُم مِّيثَٰقٌۗ وَٱللَّهُ بِمَا تَعۡمَلُونَ بَصِيرٌ  ۝٧٢
Innal lazeena aamanoo wa haajaroo wa jaahadoo bi amwaalihim wa anfusihim fee sabeelil laahi wallazeena aawaw wa nasarooo ulaaa`ika ba`duhum awliyaaa`u ba`d; wallazeena aamanoo wa lam yuhaajiroo maa lakum minw walaayatihim min shai`in hatta yuhaajiroo; wa inistan sarookum fid deeni fa`alaiku munnasru illaa `alaa qawmim bainakum wa bainahum meesaaq; wallaahu bimaa ta`maloona Baseer
जुन मानिसहरूले ईमान ल्याए र हिजरत(प्रवास) गरे र अल्लाहको मार्गमा आफ्ना जिउ–ज्यान र धन सम्पत्ति लगाएर धर्मयुद्ध गरे र जसले उनीहरूलाई शरण दिए, र सहायता गरे यी सबै परस्परमा एकअर्काका मित्र हुन्, र जसले ईमान त ल्याएछन् तर हिजरत गरेनन्, उनीहरूको तिमीसित मित्रताको कुनै सम्बन्ध छैन, जबसम्म उनीहरू हिजरत गर्दैनन् । किन्तु यदि उनीहरूले धर्मको कुरामा तिमीसित सहायता माँग्छन् भने तिमीलाई अनिवार्य हुन जान्छ कि सहायता गर, मात्र यसबाहेक कि यो सहायता कुनै यस्तो कौमको मुकाबिलामा छ जोसित तिम्रो कुनै सन्धि छ । र तिमी जे–जति गर्छौ, त्यसलाई अल्लाह राम्ररी देख्दछ ।
🎤 तपाईंको रेकर्डिङ:
8:73 🔁 0/5
وَٱلَّذِينَ كَفَرُواْ بَعۡضُهُمۡ أَوۡلِيَآءُ بَعۡضٍۚ إِلَّا تَفۡعَلُوهُ تَكُن فِتۡنَةٌ فِي ٱلۡأَرۡضِ وَفَسَادٌ كَبِيرٌ  ۝٧٣
Wallazeena kafaroo ba`duhum awliyaaa`u ba`d; illaa taf`aloohu takun fitnatun fil ardi wa fasaadun kabeer
र काफिरहरू आपसमा एक–अर्काका मित्र हुन् । यदि तिमीले यस्तो गर्दैनौ भने मुलुकमा उपद्रव र ठूलो फसाद फैलिने छ ।
🎤 तपाईंको रेकर्डिङ:
8:74 🔁 0/5
وَٱلَّذِينَ ءَامَنُواْ وَهَاجَرُواْ وَجَٰهَدُواْ فِي سَبِيلِ ٱللَّهِ وَٱلَّذِينَ ءَاوَواْ وَّنَصَرُوٓاْ أُوْلَٰٓئِكَ هُمُ ٱلۡمُؤۡمِنُونَ حَقًّاۚ لَّهُم مَّغۡفِرَةٌ وَرِزۡقٌ كَرِيمٌ  ۝٧٤
Wallazeena aamanoo wa haajaroo wa jaahadoo fee sabeelil laahi wallazeena aawaw wa nasarooo ulaaa`ika humul mu`minoona haqqaa; lahum maghfiratunw wa rizqun kareem
र जुन मानिसहरूले ईमान ल्याए र हिजरत गरे र अल्लाहको मार्गमा जेहाद (धर्मयुद्ध) गरे, र जसले शरण दिए र मद्दत पुर्याए, यिनै सच्चा मोमिन् हुन् । उनीहरूका लागि क्षमा र सम्मानित आजीविका छ ।
🎤 तपाईंको रेकर्डिङ:
8:75 🔁 0/5
وَٱلَّذِينَ ءَامَنُواْ مِنۢ بَعۡدُ وَهَاجَرُواْ وَجَٰهَدُواْ مَعَكُمۡ فَأُوْلَٰٓئِكَ مِنكُمۡۚ وَأُوْلُواْ ٱلۡأَرۡحَامِ بَعۡضُهُمۡ أَوۡلَىٰ بِبَعۡضٍ فِي كِتَٰبِ ٱللَّهِۚ إِنَّ ٱللَّهَ بِكُلِّ شَيۡءٍ عَلِيمُۢ  ۝٧٥
Wallazeena aamanoo mim ba`du wa haajaroo wa jaahadoo ma;akum faulaaa`ika minkum; wa ulul arhaami baduhum awlaa biba`din fee Kitaabil laah; innal laaha bikulli shai`in `Aleem
र जुन मानिसहरूले, यसपछि ईमान ल्याए र हिजरत गरे र तिम्रो साथमा जिहाद गरे, त यिनीहरू पनि तिमीमध्येका हुन् । परन्तु अल्लाहको हुक्ममा हर नातेदार आपसमा एक अर्काभन्दा नजिक छन् । निश्चय नै अल्लाहलाई हरेक कुराको ज्ञान छ ।
🎤 तपाईंको रेकर्डिङ:
💡 लुकेको शब्दलाई अस्थायी रूपमा देखाउन ट्याप गर्नुहोस् — तपाईंको प्रगति स्वतः बचत हुन्छ।

🎉
🎊 राम्रो! कण्ठ पूरा भयो
Mishary Rashid Alafasy
Mahmoud Khalil Al-Husary
Abdurrahman As-Sudais
Mohamed Siddiq Al-Minshawi
Abdul Basit Abdul Samad
Ali Al-Hudhaify
Ahmed ibn Ali al-Ajamy
Abu Bakr Ash-Shaatree
Muhammad Ayyoub
Abdullah Basfar
Abdullah Al-Juhani
Maher Al Muaiqly
0:00
0:00
-

पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers