🔥 0 दिन लगातार
📖 लामो सूरा — साना भागहरूमा विभाजित (98 आयत)
0/98
19:1
🔁 0/5
كٓهيعٓصٓ ١
Kaaaf-Haa-Yaa-`Ayyyn-Saaad
काफ–हा–या–ऐन–स्वाद ।
🎤 तपाईंको रेकर्डिङ:
19:2
🔁 0/5
ذِكۡرُ رَحۡمَتِ رَبِّكَ عَبۡدَهُۥ زَكَرِيَّآ ٢
Zikru rahmati Rabbika `abdahoo Zakariyya
यो हो तिम्रो पालनकर्ताको त्यस कृपाको चर्चा जुन उसले आफ्नो सेवक ‘‘जकरीया’’ माथि गरेको थियो ।
🎤 तपाईंको रेकर्डिङ:
19:3
🔁 0/5
إِذۡ نَادَىٰ رَبَّهُۥ نِدَآءً خَفِيًّا ٣
Iz naadaa Rabbahoo nidaaa`an khafiyyaa
जब उनले आफ्नो पालनकर्तासँग गोप्यरूपले प्रार्थना गर्नुभएको थियो ।
🎤 तपाईंको रेकर्डिङ:
19:4
🔁 0/5
قَالَ رَبِّ إِنِّي وَهَنَ ٱلۡعَظۡمُ مِنِّي وَٱشۡتَعَلَ ٱلرَّأۡسُ شَيۡبًا وَلَمۡ أَكُنۢ بِدُعَآئِكَ رَبِّ شَقِيًّا ٤
Qaala Rabbi innee wahanal`azmu minnee washta`alar raasu shaibanw wa lam akum bidu`aaa`ika Rabbi shaqiyyaa
कि हे मेरो पालनकर्ता मेरा हड्डीहरू कमजोर भइसकेका छन् र टाउकोका कपालहरू सेता भई टल्कन थालेका छन् तर म तिमीसँग याचना गरेपछि कहिल्यै वञ्चित भएको छैन ।
🎤 तपाईंको रेकर्डिङ:
19:5
🔁 0/5
وَإِنِّي خِفۡتُ ٱلۡمَوَٰلِيَ مِن وَرَآءِي وَكَانَتِ ٱمۡرَأَتِي عَاقِرًا فَهَبۡ لِي مِن لَّدُنكَ وَلِيًّا ٥
Wa innee khiftul mawaa liya minw waraaa`ee wa kaana tim ra atee `aairan fahab lee mil ladunka waliyyaa
मलाई आफ्नो मृत्यु पश्चात मेरो आफन्त र नजिकका मानिसहरूको बारेमा भय छ र मेरी स्वास्नी पनि बाँझो छे, तसर्थ मलाई आफ्नो तर्फबाट एउटा उत्तराधिकारी प्रदान गर ।
🎤 तपाईंको रेकर्डिङ:
19:6
🔁 0/5
يَرِثُنِي وَيَرِثُ مِنۡ ءَالِ يَعۡقُوبَۖ وَٱجۡعَلۡهُ رَبِّ رَضِيًّا ٦
Yarisunee wa yarisu min aali Ya`qoob, waj`alhu Rabbi radiyya
जो मेरो पनि उत्तराधिकारी होस् र ‘‘यअ्कूबको’’ सन्ततिको पनि उत्तराधिकारी होस्, र हे मेरो पालनकर्ता तिमीले त्यसलाई आफ्नो प्रिय भक्त बनाऊ ।
🎤 तपाईंको रेकर्डिङ:
19:7
🔁 0/5
يَٰزَكَرِيَّآ إِنَّا نُبَشِّرُكَ بِغُلَٰمٍ ٱسۡمُهُۥ يَحۡيَىٰ لَمۡ نَجۡعَل لَّهُۥ مِن قَبۡلُ سَمِيًّا ٧
Yaa Zakariyyaaa innaa nubashshiruka bighulaami nismuhoo Yahyaa lam naj`al lahoo min qablu samiyyaa
हे जकरीया हामीले तिमीलाई एउटा पुत्र प्राप्तिको शुभसन्देश दिन्छौं, जसको नाम ‘‘यह्या’’ हो । यसभन्दा अगाडि हामीले यो नाम भएको कुनै व्यक्तिको सृष्टि गरेका छैनौं ।
🎤 तपाईंको रेकर्डिङ:
19:8
🔁 0/5
قَالَ رَبِّ أَنَّىٰ يَكُونُ لِي غُلَٰمٌ وَكَانَتِ ٱمۡرَأَتِي عَاقِرًا وَقَدۡ بَلَغۡتُ مِنَ ٱلۡكِبَرِ عِتِيًّا ٨
Qaala Rabbi annaa yakoonu lee ghulaamunw wa kaanatim ra atee aaqiranw wa qad balaghtu minal kibari `itiyyaa
उनले (जकरिया अलैहिस्सलामले) भने, पालनकर्ता मकहाँ कसरी पुत्र जन्मने छ, जब कि मेरी स्वास्नी बाँझो छे र म वृद्धावस्थाको अन्तिम चरणमा पुगिसकेको छु ।
🎤 तपाईंको रेकर्डिङ:
19:9
🔁 0/5
قَالَ كَذَٰلِكَ قَالَ رَبُّكَ هُوَ عَلَيَّ هَيِّنٌ وَقَدۡ خَلَقۡتُكَ مِن قَبۡلُ وَلَمۡ تَكُ شَيۡـًٔا ٩
Qaala kazaalika qaala Rabbuka huwa `alaiya haiyinunw wa qad khalaqtuka min qablu wa lam taku shai`aa
आदेश भयो कि यस्तै (हुनेछ) तिम्रो पालनकर्ताको आदेश भएको छ, मेरो लागि यो कुरो एकदम सजिलो छ र मैले अघि तिम्रो पनि सृष्टि गरिसकेको छु जब तिमी केही पनि थिएनौं
🎤 तपाईंको रेकर्डिङ:
19:10
🔁 0/5
قَالَ رَبِّ ٱجۡعَل لِّيٓ ءَايَةًۖ قَالَ ءَايَتُكَ أَلَّا تُكَلِّمَ ٱلنَّاسَ ثَلَٰثَ لَيَالٍ سَوِيًّا ١٠
Qaala Rabbij `al leee Aayah; qaala Aayatuka allaa tukalliman naasa salaasa layaalin sawiyyaa
भन्न थाले कि मेरो पालनकर्ता मेरो निम्ति कुनै प्रतीक निर्धारित गर । आदेश भयो कि तिम्रो लागि प्रतीक यो छ कि तिमी लाटो न भएपनि कुनै मानिससँग तीन दिनसम्म नबोल्नु ।
🎤 तपाईंको रेकर्डिङ:
19:11
🔁 0/5
فَخَرَجَ عَلَىٰ قَوۡمِهِۦ مِنَ ٱلۡمِحۡرَابِ فَأَوۡحَىٰٓ إِلَيۡهِمۡ أَن سَبِّحُواْ بُكۡرَةً وَعَشِيًّا ١١
Fakharaja `alaa qawmihee minal mihraabi fa-awhaaa ilaihim an sabbihoo bukratanw wa `ashiyyaa
तसर्थ जकरीया आफ्नो कोठाबाट निस्की आफ्नो समुदायको पासमा आएर संकेतले भने कि प्रातः र साँझ अल्लाहको गुणगान गर ।
🎤 तपाईंको रेकर्डिङ:
19:12
🔁 0/5
يَٰيَحۡيَىٰ خُذِ ٱلۡكِتَٰبَ بِقُوَّةٍۖ وَءَاتَيۡنَٰهُ ٱلۡحُكۡمَ صَبِيًّا ١٢
Yaa Yahyaa khuzil Kitaaba biquwwatinw wa aatainaahul hukma saiyyaa
‘‘हे यह्या मेरो किताबलाई बलियो तरिकाले समातिराख’’ र हामीले यसलाई बाल्यकालदेखि नै ज्ञान (बुद्धिमत्ता) प्रदान गर्यौं ।
🎤 तपाईंको रेकर्डिङ:
19:13
🔁 0/5
وَحَنَانًا مِّن لَّدُنَّا وَزَكَوٰةًۖ وَكَانَ تَقِيًّا ١٣
Wa hanaanam mil ladunnaa wa zakaatanw wa kaana taqiyyaa
र आफ्नो तर्फबाट सबै दया र पवित्रता पनि प्रदान गर्यौं, त्यो निष्ठावान मानिस थियो ।
🎤 तपाईंको रेकर्डिङ:
19:14
🔁 0/5
وَبَرَّۢا بِوَٰلِدَيۡهِ وَلَمۡ يَكُن جَبَّارًا عَصِيًّا ١٤
Wa barram biwaalidayhi wa lam yakum jabbaaran `asiyyaa
र आफ्नो माता–पितासँग असल व्यवहार गर्ने मानिस थियो । ऊ अट्टेरी र अवज्ञाकारी थिएन ।
🎤 तपाईंको रेकर्डिङ:
19:15
🔁 0/5
وَسَلَٰمٌ عَلَيۡهِ يَوۡمَ وُلِدَ وَيَوۡمَ يَمُوتُ وَيَوۡمَ يُبۡعَثُ حَيًّا ١٥
Wa salaamun `alaihi yawma wulida wa yawma yamootu wa yawma yub`asu haiyaa
र जुन दिन उसले जन्म लियो र जुन दिन उसको मृत्यु हुनेछ र जुन दिन पुनर्जीवित गरी उठाइनेछ, उनीमाथि शान्ति (सलाम) होस् ।
🎤 तपाईंको रेकर्डिङ:
19:16
🔁 0/5
وَٱذۡكُرۡ فِي ٱلۡكِتَٰبِ مَرۡيَمَ إِذِ ٱنتَبَذَتۡ مِنۡ أَهۡلِهَا مَكَانًا شَرۡقِيًّا ١٦
Wazkur fil Kitaabi Marya; izin tabazat min ahlihaa makaanan shariqyyaa
यस किताबमा मरियमको कथा पनि वर्णन गर, जब कि तिनी आफ्नो परिवारबाट अलग्गिएर पूर्वतिर लागिन् ।
🎤 तपाईंको रेकर्डिङ:
19:17
🔁 0/5
فَٱتَّخَذَتۡ مِن دُونِهِمۡ حِجَابًا فَأَرۡسَلۡنَآ إِلَيۡهَا رُوحَنَا فَتَمَثَّلَ لَهَا بَشَرًا سَوِيًّا ١٧
Fattakhazat min doonihim hijaaban fa arsalnaaa ilaihaa roohanaa fatamassala lahaa basharan sawiyyaa
र तिनीहरूबाट अदृश्य हुन एउटा आवरण (पर्दा) हालिन्, त्यस बेला हामीले तिनको समीपमा आफ्नो रूह (जिब्राईल) लाई पठायौं अनि उनी तिनको अगाडि पूर्णरूपमा मानिस बनी प्रकट भए ।
🎤 तपाईंको रेकर्डिङ:
19:18
🔁 0/5
قَالَتۡ إِنِّيٓ أَعُوذُ بِٱلرَّحۡمَٰنِ مِنكَ إِن كُنتَ تَقِيًّا ١٨
Qaalat inneee a`oozu bir Rahmaani minka in kunta taqiyyaa
(मरियमले) भनिन् कि यदि तिमी आत्मसंयमी हौ भने म तिमीबाट रहमानको शरण चाहन्छु ।
🎤 तपाईंको रेकर्डिङ:
19:19
🔁 0/5
قَالَ إِنَّمَآ أَنَا۠ رَسُولُ رَبِّكِ لِأَهَبَ لَكِ غُلَٰمًا زَكِيًّا ١٩
Qaala innamaa ana rasoolu Rabbiki li ahaba laki ghulaaman zakiyyaa
उनले भने कि म तिम्रो पालनकर्ताबाट पठाइएको (स्वर्गदूत) हूँ, तिमीलाई एउटा पवित्र पुत्र दिन आएको हूँ ।
🎤 तपाईंको रेकर्डिङ:
19:20
🔁 0/5
قَالَتۡ أَنَّىٰ يَكُونُ لِي غُلَٰمٌ وَلَمۡ يَمۡسَسۡنِي بَشَرٌ وَلَمۡ أَكُ بَغِيًّا ٢٠
Qaalat anna yakoonu lee ghulaamunw wa lam yamsasnee bashrunw wa lam aku baghiyyaa
भन्न थालिन् कि मबाट पुत्र कसरी जन्मन सक्छ ? मलाई त अहिलेसम्म कुनै मानिसले स्पर्श गरेको छैन र म चरित्रहीन पनि होइन ।
🎤 तपाईंको रेकर्डिङ:
19:21
🔁 0/5
قَالَ كَذَٰلِكِ قَالَ رَبُّكِ هُوَ عَلَيَّ هَيِّنٌۖ وَلِنَجۡعَلَهُۥٓ ءَايَةً لِّلنَّاسِ وَرَحۡمَةً مِّنَّاۚ وَكَانَ أَمۡرًا مَّقۡضِيًّا ٢١
Qaala kazaaliki qaala Rabbuki huwa `alaiya yaiyimunw wa linaj `alahooo Aayatal linnaasi wa rahmatam minnaa; wa kaana amram maqdiyyaa
उनले भने कि कुरा त यही नै हो तर तिम्रो पालनकर्ताको आदेश छ कि यो मेरो लागि सजिलो छ । र हामीले त यसलाई मानिसहरूको निम्ति एउटा निशानी बनाउने छौं र आफ्नो विशेष वरदान, र यो त एउटा निश्चित कुरो हो ।
🎤 तपाईंको रेकर्डिङ:
19:22
🔁 0/5
۞ فَحَمَلَتۡهُ فَٱنتَبَذَتۡ بِهِۦ مَكَانًا قَصِيًّا ٢٢
Fahamalat hu fantabazat bihee makaanan qasiyyaa
अनि तिनी गर्भवती भइहालिन् र यस कारण एउटा टाढा ठाउँतिर लागिन् ।
🎤 तपाईंको रेकर्डिङ:
19:23
🔁 0/5
فَأَجَآءَهَا ٱلۡمَخَاضُ إِلَىٰ جِذۡعِ ٱلنَّخۡلَةِ قَالَتۡ يَٰلَيۡتَنِي مِتُّ قَبۡلَ هَٰذَا وَكُنتُ نَسۡيًا مَّنسِيًّا ٢٣
Fa ajaaa `ahal makhaadu ilaa jiz`in nakhlati qaalat yaa laitanee mittu qabla haazaa wa kuntu nasyam mansiyyaa
त्यसपछि प्रसवपीडाले तिनलाई एउटा खजूरको हाँगामुनि ल्यायो । भन्न थालिन् कि काश म यसभन्दा अगाडि नै मरिसकेको भए र मानिसको सम्झना र विस्मृत भइहालेको भए राम्रो हुने थियो ।
🎤 तपाईंको रेकर्डिङ:
19:24
🔁 0/5
فَنَادَىٰهَا مِن تَحۡتِهَآ أَلَّا تَحۡزَنِي قَدۡ جَعَلَ رَبُّكِ تَحۡتَكِ سَرِيًّا ٢٤
Fanaadaahaa min tahtihaan allaa tahzanee qad ja`ala Rabbuki tahtaki sariyyaa
त्यतिखेर मुनिबाट फरिश्ताले (स्वर्गदूतले) तिनलाई आवाज दियो कि चिन्तित नहोऊ । तिम्रो पालनकर्ताले तिम्रो खुट्टा मुनिबाट एउटा पानीको मूल बगाइदिएको छ ।
🎤 तपाईंको रेकर्डिङ:
19:25
🔁 0/5
وَهُزِّيٓ إِلَيۡكِ بِجِذۡعِ ٱلنَّخۡلَةِ تُسَٰقِطۡ عَلَيۡكِ رُطَبًا جَنِيًّا ٢٥
Wa huzzeee ilaiki bijiz `in nakhlati tusaaqit `alaiki rutaban janiyyaa
र त्यस खजूरको हाँगोलाई आफूतिर हल्लाऊ, यसले तिम्रो अगाडि खजूरको ताजा फल खसालिदिन्छ ।
🎤 तपाईंको रेकर्डिङ:
19:26
🔁 0/5
فَكُلِي وَٱشۡرَبِي وَقَرِّي عَيۡنًاۖ فَإِمَّا تَرَيِنَّ مِنَ ٱلۡبَشَرِ أَحَدًا فَقُولِيٓ إِنِّي نَذَرۡتُ لِلرَّحۡمَٰنِ صَوۡمًا فَلَنۡ أُكَلِّمَ ٱلۡيَوۡمَ إِنسِيًّا ٢٦
Fakulee washrabee wa qarree `ainaa; fa immaa tarayinnna minal bashari ahadan faqooleee innee nazartu lir Rahmaani sawman falan ukallimal yawma insiyyaa
अब निश्चिन्त भई खाऊ पिऊ र आँखालाई शीतल पार (अर्थात नवजात शिशुलाई आफ्ना आँखाले हेरेर सन्तुष्टि प्राप्त गर) । यदि कुनै मानिस देखिन्छ भने, भनिदिनु कि मैले अल्लाह, अत्यन्त दयालुको नाममा व्रतको भाकल गरेको छु । तसर्थ म आज कोहीसित बोल्दिन ।
🎤 तपाईंको रेकर्डिङ:
19:27
🔁 0/5
فَأَتَتۡ بِهِۦ قَوۡمَهَا تَحۡمِلُهُۥۖ قَالُواْ يَٰمَرۡيَمُ لَقَدۡ جِئۡتِ شَيۡـًٔا فَرِيًّا ٢٧
Fa atat bihee qawmahaa tahmiluhoo qaaloo yaa Maryamoo laqad ji`ti shai`an fariyyaa
अब तिनी हजरत ‘‘ईसा’’ (अलैहिस्सलाम) लाई लिई आफ्नो समुदायतिर आइन् । तिनीहरूले भन्न थाले मरियम यो त तिमीले साह्रै नराम्रो काम गरिस् ।
🎤 तपाईंको रेकर्डिङ:
19:28
🔁 0/5
يَٰٓأُخۡتَ هَٰرُونَ مَا كَانَ أَبُوكِ ٱمۡرَأَ سَوۡءٍ وَمَا كَانَتۡ أُمُّكِ بَغِيًّا ٢٨
Yaaa ukkhta Haaroona maa kaana abokim ra-a saw`inw wa maa kaanat ummuki baghiyyaa
हे हारूनकी बहिनी नत तिम्रो बाबु नराम्रो थियो नत तिम्री आमा नै चरित्रहीन थिइन् ।
🎤 तपाईंको रेकर्डिङ:
19:29
🔁 0/5
فَأَشَارَتۡ إِلَيۡهِۖ قَالُواْ كَيۡفَ نُكَلِّمُ مَن كَانَ فِي ٱلۡمَهۡدِ صَبِيًّا ٢٩
Fa ashaarat ilaih; qaaloo kaifa nukallimu man kaana fil mahdi sabiyyaa
त्यसपछि मरियमले आफ्नो बालकतिर संकेत गरिन् । तिनीहरूले भने कि लौ हामीले काँखको बच्चासँग कसरी कुरा गर्न सक्तछौं
🎤 तपाईंको रेकर्डिङ:
19:30
🔁 0/5
قَالَ إِنِّي عَبۡدُ ٱللَّهِ ءَاتَىٰنِيَ ٱلۡكِتَٰبَ وَجَعَلَنِي نَبِيًّا ٣٠
Qaala innee `abdullaahi aataaniyal Kitaaba wa ja`alanee Nabiyyaa
बच्चाले तुरुन्त बोल्यो कि म अल्लाहको सेवक हूँ, उसले मलाई ग्रन्थ प्रदान गरेको छ र मलाई आफ्नो संदेष्टा बनाएको छ ।
🎤 तपाईंको रेकर्डिङ:
19:31
🔁 0/5
وَجَعَلَنِي مُبَارَكًا أَيۡنَ مَا كُنتُ وَأَوۡصَٰنِي بِٱلصَّلَوٰةِ وَٱلزَّكَوٰةِ مَا دُمۡتُ حَيًّا ٣١
Wa ja`alanee mubaarakan aina maa kuntu wa awsaanee bis Salaati waz Zakaati maa dumtu haiyaa
र म जहाँ छु (र जुन अवस्थामा छु) उसले मलाई वरदानप्राप्त बनाएको छ र जबसम्म म जीवित छु मलाई नमाज र दान (जकात) को आदेश गरेको छ ।
🎤 तपाईंको रेकर्डिङ:
19:32
🔁 0/5
وَبَرَّۢا بِوَٰلِدَتِي وَلَمۡ يَجۡعَلۡنِي جَبَّارًا شَقِيًّا ٣٢
Wa barram biwaalidatee wa lam yaj`alnee jabbaaran shaqiyyaa
र उसले मलाई आफ्नी आमाको सेवा गर्नेवाला बनाएको छ र मलाई अटेरी र अभागा बनाएको होइन ।
🎤 तपाईंको रेकर्डिङ:
19:33
🔁 0/5
وَٱلسَّلَٰمُ عَلَيَّ يَوۡمَ وُلِدتُّ وَيَوۡمَ أَمُوتُ وَيَوۡمَ أُبۡعَثُ حَيًّا ٣٣
Wassalaamu `alaiya yawma wulittu wa yawma amootu wa yawma ub`asu baiyaa
र जुन दिन मैले जन्म लिएँ र जुन दिन म मर्नेछु, र जुन दिन जीवित भई उठाइने छु, ममाथि शान्ति नै शान्ति छ ।
🎤 तपाईंको रेकर्डिङ:
19:34
🔁 0/5
ذَٰلِكَ عِيسَى ٱبۡنُ مَرۡيَمَۖ قَوۡلَ ٱلۡحَقِّ ٱلَّذِي فِيهِ يَمۡتَرُونَ ٣٤
Zaalika `Eesab-nu Marya; qawlal haqqil lazee feehi yamtaroon
यो हो वास्तविक कथाघटना ईसा पुत्र मरियमको यही नै त्यो साँचो कुरो हो जसमाथि मानिसहरूले शंका उपशंका गर्दछन् ।
🎤 तपाईंको रेकर्डिङ:
19:35
🔁 0/5
مَا كَانَ لِلَّهِ أَن يَتَّخِذَ مِن وَلَدٍۖ سُبۡحَٰنَهُۥٓۚ إِذَا قَضَىٰٓ أَمۡرًا فَإِنَّمَا يَقُولُ لَهُۥ كُن فَيَكُونُ ٣٥
Maa kaana lillaahi ai yattakhiza minw waladin Subhaanah; izaa qadaaa amran fa innamaa yaqoolu lahoo kun fa yakoon
अल्लाहको गौरवलाई यो सुहाउँदैन कि उसको आफ्नो सन्तान होस् । ऊ त एकदम पवित्र छ । जब कुनै कुराको इच्छा गर्दछ, तब त्यसलाई यति मात्र भन्दछ कि भइहाल, अनि त्यो भइहाल्छ ।
🎤 तपाईंको रेकर्डिङ:
19:36
🔁 0/5
وَإِنَّ ٱللَّهَ رَبِّي وَرَبُّكُمۡ فَٱعۡبُدُوهُۚ هَٰذَا صِرَٰطٌ مُّسۡتَقِيمٌ ٣٦
Wa innal laaha Rabbee wa Rabbukum fa`budooh; haazaa Siraatum Mustaqeem
अल्लाह नै मेरो र तिमी सबैको पालनकर्ता हो, तसर्थ तिमीहरू उसैको पूजा गर । यही नै सोझो मार्ग हो ।
🎤 तपाईंको रेकर्डिङ:
19:37
🔁 0/5
فَٱخۡتَلَفَ ٱلۡأَحۡزَابُ مِنۢ بَيۡنِهِمۡۖ فَوَيۡلٌ لِّلَّذِينَ كَفَرُواْ مِن مَّشۡهَدِ يَوۡمٍ عَظِيمٍ ٣٧
Fakhtalafal ahzaabu mim bainihim fawailul lillazeena kafaroo mim mashhadi Yawmin `azeem
अनि यी समुदायहरूले आपसमा मतभेदका कुरा गर्नथाले । तसर्थ काफिरहरूलाई एउटा ठूलो भयङ्कर दिन आउनाको कारणले खराबी, (धिक्कार) छ ।
🎤 तपाईंको रेकर्डिङ:
19:38
🔁 0/5
أَسۡمِعۡ بِهِمۡ وَأَبۡصِرۡ يَوۡمَ يَأۡتُونَنَا لَٰكِنِ ٱلظَّٰلِمُونَ ٱلۡيَوۡمَ فِي ضَلَٰلٍ مُّبِينٍ ٣٨
Asmi` bihim wa absir Yawma yaatoonanaa laakiniz zaalimoonal yawma fee dalaalim mubeen
तिनीहरू जुन दिन हाम्रो सामु आउँनेछन् । राम्ररी सुन्ने र देख्नेवाला हुनेछन्, तर अत्याचारीहरू आज खुल्लारूपले मार्गविचलित छन् ।
🎤 तपाईंको रेकर्डिङ:
19:39
🔁 0/5
وَأَنذِرۡهُمۡ يَوۡمَ ٱلۡحَسۡرَةِ إِذۡ قُضِيَ ٱلۡأَمۡرُ وَهُمۡ فِي غَفۡلَةٍ وَهُمۡ لَا يُؤۡمِنُونَ ٣٩
Wa anzirhum Yawmal hasrati iz qudiyal amr; wa hum fee ghaflatinw wa hum laa yu`minoon
तपाईले तिनीहरूलाई त्यस दुःख र पश्चतापको भयबाट खबरदार गरिदिनुस् जब कुराको टुङ्गो लाग्ने छ र तिनीहरू लापरवाहीमा नै रहीरहने छन् र तिनीहरू ईमान ल्याउने छैनन् ।
🎤 तपाईंको रेकर्डिङ:
19:40
🔁 0/5
إِنَّا نَحۡنُ نَرِثُ ٱلۡأَرۡضَ وَمَنۡ عَلَيۡهَا وَإِلَيۡنَا يُرۡجَعُونَ ٤٠
Innaa NNahnu narisul arda wa man `alaihaa wa ilainaa yurja`oon
हामी नै पृथ्वी र त्यसमा बस्नेहरू सबैको वारिस हुनेछौं र सबै मानिसहरू हामीतिर नै फर्काएर ल्याइने छन् ।
🎤 तपाईंको रेकर्डिङ:
19:41
🔁 0/5
وَٱذۡكُرۡ فِي ٱلۡكِتَٰبِ إِبۡرَٰهِيمَۚ إِنَّهُۥ كَانَ صِدِّيقًا نَّبِيًّا ٤١
Wazkur fil Kitaabi Ibraaheem; innahoo kaana siddeeqan Nabiyyaa
यस किताबमा इब्राहीम (अलैहिस्सलाम) को घटना बयान गर । निःसन्देह उनी एउटा सत्यनिष्ठ पैगम्बर थिए ।
🎤 तपाईंको रेकर्डिङ:
19:42
🔁 0/5
إِذۡ قَالَ لِأَبِيهِ يَٰٓأَبَتِ لِمَ تَعۡبُدُ مَا لَا يَسۡمَعُ وَلَا يُبۡصِرُ وَلَا يُغۡنِي عَنكَ شَيۡـًٔا ٤٢
Iz qaala li abeehi yaaa abati lima ta`budu maa laa yasma`u wa laa yubsiru wa laa yughnee `anka shai`aa
जब उनले आफ्नो पितासित भने बुबा तपाईले यस्ता कुराहरूको पूजा किन गर्नुहुन्छ, जसले कि न सुन्दछन्, न देख्दछन् ? र न त तपाईको कुनै फाइदा पुर्याउन सक्तछन्
🎤 तपाईंको रेकर्डिङ:
19:43
🔁 0/5
يَٰٓأَبَتِ إِنِّي قَدۡ جَآءَنِي مِنَ ٱلۡعِلۡمِ مَا لَمۡ يَأۡتِكَ فَٱتَّبِعۡنِيٓ أَهۡدِكَ صِرَٰطًا سَوِيًّا ٤٣
Yaaa abati innee qad jaaa`anee minal `ilmi maa lam yaatika fattabi`neee ahdika siraatan Sawiyyaa
मेरो बुवा तपाई हेर्नुस् मलाई यस्तो ज्ञान प्राप्त भएको छ जुन तपाईलाई भएको छैन तसर्थ तपाईले मेरो कुरा मान्नुस्, मैले तपाईलाई एकदम सोझो मार्गमा हिंडाउने छु
🎤 तपाईंको रेकर्डिङ:
19:44
🔁 0/5
يَٰٓأَبَتِ لَا تَعۡبُدِ ٱلشَّيۡطَٰنَۖ إِنَّ ٱلشَّيۡطَٰنَ كَانَ لِلرَّحۡمَٰنِ عَصِيًّا ٤٤
Yaaa abati laa ta`budish Shaitaana innash Shaitaana kaana lir Rahmaani `asiyyaa
पिताज्यू शैतानको पूजा नगर्नुस् । निःसन्देह शैतान त दयालु अल्लाहको आज्ञाको उल्लघंनकारी हो ।
🎤 तपाईंको रेकर्डिङ:
19:45
🔁 0/5
يَٰٓأَبَتِ إِنِّيٓ أَخَافُ أَن يَمَسَّكَ عَذَابٌ مِّنَ ٱلرَّحۡمَٰنِ فَتَكُونَ لِلشَّيۡطَٰنِ وَلِيًّا ٤٥
Yaaa abati innee akhaafu ai yamssaka `azaabum minar Rahmaani fatakoona lish Shaitaani waliyyaa
पिताज्यू मलाई डर लाग्छ कि यस्तो नहोस् कि अल्लाहको सजाय तपाईमाथि आइलागोस् र त्यसपछि तपाई शैतानको साथी भइहाल्नुहोस् ।
🎤 तपाईंको रेकर्डिङ:
19:46
🔁 0/5
قَالَ أَرَاغِبٌ أَنتَ عَنۡ ءَالِهَتِي يَٰٓإِبۡرَٰهِيمُۖ لَئِن لَّمۡ تَنتَهِ لَأَرۡجُمَنَّكَۖ وَٱهۡجُرۡنِي مَلِيًّا ٤٦
Qaala araaghibun anta `an aalihatee yaaa Ibraaheemu la `il lam tantahi la arjumannaka wahjumee maliyyaa
उसले जवाफ दियो कि हे इब्राहीम के तिमी हाम्रा देवताहरूबाट विमुख भइराखेका छौ, यदि तिमीले आफ्नो बाटो त्यागेनौं भने मैले तिमीलाई ढुङ्गाले हानि मारिदिनेछु, गइहाल, मबाट एउटा लामो अवधिसम्म अलग्गै बस ।
🎤 तपाईंको रेकर्डिङ:
19:47
🔁 0/5
قَالَ سَلَٰمٌ عَلَيۡكَۖ سَأَسۡتَغۡفِرُ لَكَ رَبِّيٓۖ إِنَّهُۥ كَانَ بِي حَفِيًّا ٤٧
Qaala salaamun `alaika sa astaghfiru laka Rabbeee innahoo kaana bee hafiyyaa
(इब्राहीमले) भने ठीक छ ‘‘सलामुन् अलैकुम’’ तिमीमाथि शान्ति होस् म त आफ्नो पालनकर्तासँग तपाईको छुटकराको निम्ति प्रार्थना गरिरहने छु । ऊ ममाथि अत्यन्त दयावान छ ।
🎤 तपाईंको रेकर्डिङ:
19:48
🔁 0/5
وَأَعۡتَزِلُكُمۡ وَمَا تَدۡعُونَ مِن دُونِ ٱللَّهِ وَأَدۡعُواْ رَبِّي عَسَىٰٓ أَلَّآ أَكُونَ بِدُعَآءِ رَبِّي شَقِيًّا ٤٨
Wa a`tazilukum wa maa tad`oona min doonil laahi wa ad`o Rabbee `asaaa allaaa akoona bidu`aaa`i Rabbee shaqiyyaa
म त तपाईहरू र जस–जसलाई तपाईले अल्लाह बाहेक पुकार्नु हुन्छ, सबैलाई त्यागिराखेको छु र म मात्र आफ्नो पालनकर्तालाई पुकार्दछु । मलाई विश्वास छ म आफ्नो पालनकर्तासित प्रार्थना गरेपछि वञ्चित रहनेछैन ।
🎤 तपाईंको रेकर्डिङ:
19:49
🔁 0/5
فَلَمَّا ٱعۡتَزَلَهُمۡ وَمَا يَعۡبُدُونَ مِن دُونِ ٱللَّهِ وَهَبۡنَا لَهُۥٓ إِسۡحَٰقَ وَيَعۡقُوبَۖ وَكُلًّا جَعَلۡنَا نَبِيًّا ٤٩
Falamma` tazalahum wa maa ya`budoona min doonil laahi wahabnaa lahoo is-haaqa wa ya`qoob, wa kullan ja`alnaa Nabiyyaa
जब इब्राहीम उनीहरू र उनीहरूले पूजा गर्दै आएका अल्लाह बाहेकका अरुलाई छाँडेर अलग्ग भइहाले तब हामीले उनलाई ‘‘इस्हाक’’ र ‘‘यअ्कूब’’ प्रदान गर्यौं र दुवैलाई नबी (संदेष्टा) बनायौं ।
🎤 तपाईंको रेकर्डिङ:
19:50
🔁 0/5
وَوَهَبۡنَا لَهُم مِّن رَّحۡمَتِنَا وَجَعَلۡنَا لَهُمۡ لِسَانَ صِدۡقٍ عَلِيًّا ٥٠
Wa wahabnaa lahum mirrahmatinaa wa ja`alnaa lahum lisaana sidqin `aliyyaa
र उनीहरूलाई आफ्नो कृपाले धेरै कुराहरू प्रदान गर्यौं, र हामीले उनको सत्य वचनलाई उच्च सम्मान प्रदान गर्यौं ।
🎤 तपाईंको रेकर्डिङ:
19:51
🔁 0/5
وَٱذۡكُرۡ فِي ٱلۡكِتَٰبِ مُوسَىٰٓۚ إِنَّهُۥ كَانَ مُخۡلَصًا وَكَانَ رَسُولًا نَّبِيًّا ٥١
Wazkur fil Kitaabi Moosaaa; innahoo kaana mukhlasanw wa kaana Rasoolan Nabiyyaa
यस किताबमा मूसा (अलैहिस्सलाम) को पनि चर्चा गर्नुस् । जो छानिएर पठाइएका रसूल र नबी (संदेष्टा) थिए ।
🎤 तपाईंको रेकर्डिङ:
19:52
🔁 0/5
وَنَٰدَيۡنَٰهُ مِن جَانِبِ ٱلطُّورِ ٱلۡأَيۡمَنِ وَقَرَّبۡنَٰهُ نَجِيًّا ٥٢
Wa naadainaahu min jaanibit Tooril aimani wa qarrabnaahu najiyyaa
हामीले उहाँलाई तूर पर्वतको दाहिनेतिरबाट पुकार्यौं र कुरा गर्नुको निम्ति उनलाई नजिक बोलायौं ।
🎤 तपाईंको रेकर्डिङ:
19:53
🔁 0/5
وَوَهَبۡنَا لَهُۥ مِن رَّحۡمَتِنَآ أَخَاهُ هَٰرُونَ نَبِيًّا ٥٣
Wa wahabnaa lahoo mir rahmatinaaa akhaahu Haaroona Nabiyyaa
र आफ्नो विशेष कृपाबाट उनलाई र उनको भाइ हारूनलाई संदेष्टा र पैगम्बरको (जिम्मेवारी) प्रदान गर्यौं ।
🎤 तपाईंको रेकर्डिङ:
19:54
🔁 0/5
وَٱذۡكُرۡ فِي ٱلۡكِتَٰبِ إِسۡمَٰعِيلَۚ إِنَّهُۥ كَانَ صَادِقَ ٱلۡوَعۡدِ وَكَانَ رَسُولًا نَّبِيًّا ٥٤
Wazkur fil Kitaabi ismaa`eel; innahoo kaana saadiqal wa`di wa kaana Rasoolan Nabiyyaa
यस किताबमा इस्माईल (अलैहिस्सलाम)को पनि चर्चा गर्नुस् । उनी आफ्नो वचनको एकदम पक्का र हामीबाट पठाइएका रसूल र नबी (संदेष्टा) थिए ।
🎤 तपाईंको रेकर्डिङ:
19:55
🔁 0/5
وَكَانَ يَأۡمُرُ أَهۡلَهُۥ بِٱلصَّلَوٰةِ وَٱلزَّكَوٰةِ وَكَانَ عِندَ رَبِّهِۦ مَرۡضِيًّا ٥٥
Wa kaana yaamuru ahlahoo bis Salaati waz zakaati wa kaana `inda Rabbihee mardiyyaa
उनले आफ्नो घरका मानिसहरूलाई सधै नमाज र जकातको निर्देशन गर्दथे र आफ्नो पालनकर्ताको दृष्टिमा मनपराइएका र मर्यादित पनि थिए ।
🎤 तपाईंको रेकर्डिङ:
19:56
🔁 0/5
وَٱذۡكُرۡ فِي ٱلۡكِتَٰبِ إِدۡرِيسَۚ إِنَّهُۥ كَانَ صِدِّيقًا نَّبِيًّا ٥٦
Wazkur fil Kitaabi Idrees; innahoo kaana siddeeqan Nabiyyaa
र यस किताबमा ‘‘इदरिस (अलैहिस्सलाम) को’’ पनि चर्चा गर्नुस् । उनी पनि अत्यन्त असल आचरणको नबी थिए ।
🎤 तपाईंको रेकर्डिङ:
19:57
🔁 0/5
وَرَفَعۡنَٰهُ مَكَانًا عَلِيًّا ٥٧
Wa rafa`naahu makaanan `aliyyaa
हामीले उनलाई उच्च ठाउँमा उठायौं ।
🎤 तपाईंको रेकर्डिङ:
19:58
🔁 0/5
أُوْلَٰٓئِكَ ٱلَّذِينَ أَنۡعَمَ ٱللَّهُ عَلَيۡهِم مِّنَ ٱلنَّبِيِّـۧنَ مِن ذُرِّيَّةِ ءَادَمَ وَمِمَّنۡ حَمَلۡنَا مَعَ نُوحٍ وَمِن ذُرِّيَّةِ إِبۡرَٰهِيمَ وَإِسۡرَٰٓءِيلَ وَمِمَّنۡ هَدَيۡنَا وَٱجۡتَبَيۡنَآۚ إِذَا تُتۡلَىٰ عَلَيۡهِمۡ ءَايَٰتُ ٱلرَّحۡمَٰنِ خَرُّواْۤ سُجَّدًاۤ وَبُكِيًّا۩ ٥٨
Ulaaa`ikal lazeena an`amal laahu `alaihim minan Nabiyyeena min zurriyyati Aadama wa mimman hamalnaa ma`a Noohinw wa min zurriyyati Ibraaheema wa Israaa`eela wa mimman hadainaa wajta bainaaa; izaa tutlaa `alaihim Aayaatur Rahmaani kharroo sujjadanw wa bukiyyaa
यिनै ती नबीहरू हुन् जसलाई अल्लाहले आफ्नो कृपा र पुरस्कार प्रदान गर्यो जो आदमका सन्ततिमध्येबाट र ती मानिसहरूको जातिबाट हुन् जसलाई हामीले नूह (अलैहिस्सलाम) को साथमा डुङ्गामा सवार गरायौं र ‘‘इब्राहीम’’ र ‘‘यअ्कूबका’’ सन्ततिहरूमध्येबाट र ती मानिसहरूमध्येबाट हुन् जसलाई हामीले मार्गदर्शन गर्यौं, जब उनको अगाडि हाम्रा आयतहरू पढिन्थे त यिनीहरू ढोग्दथे र रोइरहन्थे र गिड्गिडाएर ढलिहाल्थे ।
🎤 तपाईंको रेकर्डिङ:
19:59
🔁 0/5
۞ فَخَلَفَ مِنۢ بَعۡدِهِمۡ خَلۡفٌ أَضَاعُواْ ٱلصَّلَوٰةَ وَٱتَّبَعُواْ ٱلشَّهَوَٰتِۖ فَسَوۡفَ يَلۡقَوۡنَ غَيًّا ٥٩
Fakhalafa mim ba`dihim khalfun adaa`us Salaata wattaba`ush shahawaati fasawfa yalqawna ghaiyaa
अनि उनीहरूपछि उनका केही यस्ता सन्तान आए जसले नमाज छोडिहाले र कामवासनाको पूर्तिमा लागिहाले त्यसकारण छिट्टै तिनीहरूको क्षति तिनीहरूको सामुन्ने आउनेछ ।
🎤 तपाईंको रेकर्डिङ:
19:60
🔁 0/5
إِلَّا مَن تَابَ وَءَامَنَ وَعَمِلَ صَٰلِحًا فَأُوْلَٰٓئِكَ يَدۡخُلُونَ ٱلۡجَنَّةَ وَلَا يُظۡلَمُونَ شَيۡـًٔا ٦٠
Illaa man taaba wa aamana wa `amila saalihan fa ulaaa`ika yadkhuloonal jannata wa laa yuzlamoona shai`aa
तर हो, जसले प्रायश्चित गरे र ईमान ल्याए र सत्कर्म गरे, तिनीहरू बहिश्त (स्वर्ग) मा प्रवेश पाउनेछन् र तिनीहरूको केही पनि हानि नोक्सानी गरिने छैन ।
🎤 तपाईंको रेकर्डिङ:
19:61
🔁 0/5
جَنَّٰتِ عَدۡنٍ ٱلَّتِي وَعَدَ ٱلرَّحۡمَٰنُ عِبَادَهُۥ بِٱلۡغَيۡبِۚ إِنَّهُۥ كَانَ وَعۡدُهُۥ مَأۡتِيًّا ٦١
Jannaati `adninil latee wa`adar Rahmaanu ibaadahoo bilghaib; innahoo kaana wa`duhoo maatiyyaa
सधैंको स्वर्गमा जसको बारेमा अल्लाहले आफ्ना भक्तहरूलाई परोक्षमा वचन दिएको छ । निःसन्देह उसको वचन पूरा हुनेछ ।
🎤 तपाईंको रेकर्डिङ:
19:62
🔁 0/5
لَّا يَسۡمَعُونَ فِيهَا لَغۡوًا إِلَّا سَلَٰمًاۖ وَلَهُمۡ رِزۡقُهُمۡ فِيهَا بُكۡرَةً وَعَشِيًّا ٦٢
Laa yasma`oona feehaa laghwan illaa salaamaa; wa lahum rizquhum feehaa bukratanw wa `ashiyyaa
तिनीहरूले त्यसमा कुनै अनर्गल कुरा सुन्ने छैनन्, मात्र शान्तिको कुरा सुन्नेछन् र तिनीहरूको निम्ति विहान–बेलुकी जीविका (खाना) तयार रहनेछ ।
🎤 तपाईंको रेकर्डिङ:
19:63
🔁 0/5
تِلۡكَ ٱلۡجَنَّةُ ٱلَّتِي نُورِثُ مِنۡ عِبَادِنَا مَن كَانَ تَقِيًّا ٦٣
Tilkal jannatul latee oorisu min `ibaadinaa man kaana taqiyyaa
यो हो त्यो जन्नत (स्वर्ग) जसको वारिस हामीले आफ्ना भक्तहरूमध्ये त्यस्तालाई बनाउँछौं, जो आत्मसंयमी हुन्छन् ।
🎤 तपाईंको रेकर्डिङ:
19:64
🔁 0/5
وَمَا نَتَنَزَّلُ إِلَّا بِأَمۡرِ رَبِّكَۖ لَهُۥ مَا بَيۡنَ أَيۡدِينَا وَمَا خَلۡفَنَا وَمَا بَيۡنَ ذَٰلِكَۚ وَمَا كَانَ رَبُّكَ نَسِيًّا ٦٤
Wa maa natanazzalu illaa bi amri Rabbika lahoo maa baina aideenaa wa maa khalfanaa wa maa baina zaalik; wa maa kaana Rabbuka nasiyyaa
हामी तिम्रो पालनकर्ताको आज्ञा नभई अवतरित हुन सक्दैनौं, जेजति हाम्रो अगाडि छ र जेजति हाम्रो पछाडि छ र जे जति त्यसको मध्यमा छ सबै उसैको हो र तिम्रो पालनकर्ता बिर्सनेवाला छैन ।
🎤 तपाईंको रेकर्डिङ:
19:65
🔁 0/5
رَّبُّ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَمَا بَيۡنَهُمَا فَٱعۡبُدۡهُ وَٱصۡطَبِرۡ لِعِبَٰدَتِهِۦۚ هَلۡ تَعۡلَمُ لَهُۥ سَمِيًّا ٦٥
Rabbus samaawaati wal ardi wa maa bainahumaa fa`bud hu wastabir li`ibaadatih; hal ta`lamu lahoo samiyyaa
आकाश र धरती र जे दुईटैको माँझमा छ सबैको मालिक उही हो, तिमी उसैको पूजा गर र उसैको आराधनामा दृढ रह, के तिम्रो जानकारीमा उस जस्तो नाम (र क्षमता) वाला छ? (कदापि छैन ।)
🎤 तपाईंको रेकर्डिङ:
19:66
🔁 0/5
وَيَقُولُ ٱلۡإِنسَٰنُ أَءِذَا مَا مِتُّ لَسَوۡفَ أُخۡرَجُ حَيًّا ٦٦
Wa yaqoolul insaanu `aizaa maa mittu lasawfa ukhraju haiyaa
मानिसले भन्दछ कि के जब म मरिहाल्छु, त फेरि जीवित गराई बाहिर निकालिने छु
🎤 तपाईंको रेकर्डिङ:
19:67
🔁 0/5
أَوَلَا يَذۡكُرُ ٱلۡإِنسَٰنُ أَنَّا خَلَقۡنَٰهُ مِن قَبۡلُ وَلَمۡ يَكُ شَيۡـًٔا ٦٧
awalaa yazkurul insaanu annaa khalaqnaahu min qablu wa lam yaku shai`aa
के यो मानिस यति पनि स्मरण गर्दैन कि हामीले उसलाई पहिले पनि सृष्टि गरेका थियौं जबकि ऊ केही पनि थिएन ।
🎤 तपाईंको रेकर्डिङ:
19:68
🔁 0/5
فَوَرَبِّكَ لَنَحۡشُرَنَّهُمۡ وَٱلشَّيَٰطِينَ ثُمَّ لَنُحۡضِرَنَّهُمۡ حَوۡلَ جَهَنَّمَ جِثِيًّا ٦٨
Fawa Rabbika lanahshu rannahum wash shayaateena summa lanuhdirannahum hawla jahannama jisiyyaa
तिम्रो पालनकर्ताको शपथ हामीले तिनीहरूलाई र शैतानलाई एकत्रित पार्नेछौं र यी सबैलाई जहन्नमको छेउमा उपस्थित गराउने छौं (तिनीहरूले) घुँडा टेकिराखेका हुनेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
19:69
🔁 0/5
ثُمَّ لَنَنزِعَنَّ مِن كُلِّ شِيعَةٍ أَيُّهُمۡ أَشَدُّ عَلَى ٱلرَّحۡمَٰنِ عِتِيًّا ٦٩
Summa lananzi `anna min kulli shee`atin aiyuhum ashaddu `alar Rahmaani `itiyyaa
अनि प्रत्येक समूहबाट हामीले त्यस्तालाई निकालेर उभ्याउने छौं, जसले जाहिर हुन्छ कि उनीहरूमध्येको अल्लाहको आदेशको गम्भीर अवज्ञा गर्दथे ।
🎤 तपाईंको रेकर्डिङ:
19:70
🔁 0/5
ثُمَّ لَنَحۡنُ أَعۡلَمُ بِٱلَّذِينَ هُمۡ أَوۡلَىٰ بِهَا صِلِيًّا ٧٠
Summa lanahnu a`lamu billazeena hum awlaa bihaa siliyyaa
फेरि हामी तिनीहरूलाई राम्ररी जान्दछौं जो नर्कमा प्रवेशको सजाय भोग्नेवाला छन् ।
🎤 तपाईंको रेकर्डिङ:
19:71
🔁 0/5
وَإِن مِّنكُمۡ إِلَّا وَارِدُهَاۚ كَانَ عَلَىٰ رَبِّكَ حَتۡمًا مَّقۡضِيًّا ٧١
Wa im minkum illaa waa riduhaa; kaana `alaa Rabbika hatmam maqdiyyaa
तिमीमध्ये हरेक अवश्य नै त्यहाँ पुग्नेवाला छ, यो तिम्रो पालनकर्ताको निश्चितरूपले पूरा हुने आदेश हो ।
🎤 तपाईंको रेकर्डिङ:
19:72
🔁 0/5
ثُمَّ نُنَجِّي ٱلَّذِينَ ٱتَّقَواْ وَّنَذَرُ ٱلظَّٰلِمِينَ فِيهَا جِثِيًّا ٧٢
Summa nunajjil lazeenat taqaw wa nazaruz zaalimeena feehaa jisiyyaa
अनि हामीले आत्मसंयमीहरूलाई बचाउने छौं र अवज्ञकारीहरूलाई त्यहीं घुँडाटेकेको अवस्थामा छाडिदिनेछौं ।
🎤 तपाईंको रेकर्डिङ:
19:73
🔁 0/5
وَإِذَا تُتۡلَىٰ عَلَيۡهِمۡ ءَايَٰتُنَا بَيِّنَٰتٍ قَالَ ٱلَّذِينَ كَفَرُواْ لِلَّذِينَ ءَامَنُوٓاْ أَيُّ ٱلۡفَرِيقَيۡنِ خَيۡرٌ مَّقَامًا وَأَحۡسَنُ نَدِيًّا ٧٣
Wa izaa tutlaa `alaihim Aayaatunaa baiyinaatin qaalal lazeena kafaroo lillazeena aamanooo aiyul fareeqaini khairum maqaamanw wa ahsanu nadiyyaa
जब तिमीहरूको अगाडि हाम्रा स्पष्ट आयतहरूको पाठ गरिन्छ त काफिरहरूले मुसलमानहरूसित भन्दछन् कि भन हाम्रा र तिम्रा समूहहरूमध्ये कुन चाहिँ उच्च स्थानप्राप्त छ ? र कसको भेला शानदार छ
🎤 तपाईंको रेकर्डिङ:
19:74
🔁 0/5
وَكَمۡ أَهۡلَكۡنَا قَبۡلَهُم مِّن قَرۡنٍ هُمۡ أَحۡسَنُ أَثَٰثًا وَرِءۡيًا ٧٤
Wa kam ahlaknaa qablahum min qarnin hum ahsanu asaasanw wa ri`yaa
हामीले त तिनीहरू भन्दाअगाडिका कैयौं समूहहरूको नाश गरिसकेका छौं । जो साधन सम्पन्नतामा र नाममा उनीहरूभन्दा धेरै बढी थिए ।
🎤 तपाईंको रेकर्डिङ:
19:75
🔁 0/5
قُلۡ مَن كَانَ فِي ٱلضَّلَٰلَةِ فَلۡيَمۡدُدۡ لَهُ ٱلرَّحۡمَٰنُ مَدًّاۚ حَتَّىٰٓ إِذَا رَأَوۡاْ مَا يُوعَدُونَ إِمَّا ٱلۡعَذَابَ وَإِمَّا ٱلسَّاعَةَ فَسَيَعۡلَمُونَ مَنۡ هُوَ شَرٌّ مَّكَانًا وَأَضۡعَفُ جُندًا ٧٥
Qul man kaana fidda laalati falyamdud lahur Rahmaanu maddaa; hattaaa izaa ra aw maa yoo`adoona immal `azaaba wa immas Saa`ata fasa ya`lamoona man huwa sharrum makaananw wa ad`afu jundaa
भनिदिनुस्ः कि जुन मानिस मार्गविचलनमा छ, रहमान त्यसलाई बिस्तारै लामो छूट दिइराखेको हुन्छ, जबसम्म कि तिनीहरूले ती कुराहरू देख्दैनन्, जसको वचन दिइन्छ अर्थात सजाय वा प्रलय (कियामत) । त्यतिखेर उनीहरूलाई राम्ररी थाहा हुनेछ कि को निम्न श्रेणीको छ र कुन चाहिँ कमजोर समूहको छ ।
🎤 तपाईंको रेकर्डिङ:
19:76
🔁 0/5
وَيَزِيدُ ٱللَّهُ ٱلَّذِينَ ٱهۡتَدَوۡاْ هُدًىۗ وَٱلۡبَٰقِيَٰتُ ٱلصَّٰلِحَٰتُ خَيۡرٌ عِندَ رَبِّكَ ثَوَابًا وَخَيۡرٌ مَّرَدًّا ٧٦
Wa yazeedul laahul lazeenah tadaw hudaa; wal baaqiyaatus saalihaatu khairun `inda Rabbika sawaabanw wa khairum maraddaa
र जसले मार्ग पाइहालेका छन्, अल्लाहले तिनीहरूको मार्गदर्शनमा अभिवृद्धि गर्दछ र शेष रहने असल कर्महरू तिम्रो पालनकर्ताकहाँको पुरस्कार र अन्तिम परिणामको दृष्टिकोणले उत्तम छन् ।
🎤 तपाईंको रेकर्डिङ:
19:77
🔁 0/5
أَفَرَءَيۡتَ ٱلَّذِي كَفَرَ بِـَٔايَٰتِنَا وَقَالَ لَأُوتَيَنَّ مَالًا وَوَلَدًا ٧٧
Afara`aytal lazee kafara bi Aayaatinaa wa qaala la oota yanna maalanw wa waladaa
के तिमीले त्यस व्यक्तिलाई पनि देखेका छौं जसले हाम्रा आयतहरूलाई इन्कार गर्यो र भन्न थाल्यो कि (यदि म पुनर्जीवित भएँ) त मलाई यही सम्पत्ति र सन्तान (त्यहाँ) अवश्य प्राप्त हुनेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
19:78
🔁 0/5
أَطَّلَعَ ٱلۡغَيۡبَ أَمِ ٱتَّخَذَ عِندَ ٱلرَّحۡمَٰنِ عَهۡدًا ٧٨
Attala`al ghaiba amitta khaza`indar Rahmaani `ahdaa
के उसले अदृश्यको समाचार पाइसकेको छ, वा अल्लाहकहाँबाट वाचा प्राप्त गरिसकेको छ
🎤 तपाईंको रेकर्डिङ:
19:79
🔁 0/5
كـَلَّاۚ سَنَكۡتُبُ مَا يَقُولُ وَنَمُدُّ لَهُۥ مِنَ ٱلۡعَذَابِ مَدًّا ٧٩
Kallaa; sanaktubu maa yaqoolu wa namuddu lahoo minal `azaabi maddaa
कदापि होइन यसले जे भन्दैछ हामीले त्यसलाई अवश्य लेख्दै जानेछौं र उसको लागि बिस्तारै सजायमा वृद्धि गर्दै जानेछौं ।
🎤 तपाईंको रेकर्डिङ:
19:80
🔁 0/5
وَنَرِثُهُۥ مَا يَقُولُ وَيَأۡتِينَا فَرۡدًا ٨٠
Wa narisuhoo maa yaqoolu wa yaateenaa fardaa
उसले जुन कुराहरूबारे भनिराखेको छ, ती सबै हामीले पछि लिइहाल्ने छौं र त्यो एक्लै हाम्रो सामु उपस्थित हुनेछ ।
🎤 तपाईंको रेकर्डिङ:
19:81
🔁 0/5
وَٱتَّخَذُواْ مِن دُونِ ٱللَّهِ ءَالِهَةً لِّيَكُونُواْ لَهُمۡ عِزًّا ٨١
Wattakhazoo min doonil laahi aalihatal liyakoonoo lahum `izzaa
उनीहरूले अल्लाह बाहेक आफ्ना केही अन्य पूज्य बनाइराखेका छन्, ताकि तिनीहरू उनीहरूको निम्ति सम्मानको कारण बनुन् ।
🎤 तपाईंको रेकर्डिङ:
19:82
🔁 0/5
كـَلَّاۚ سَيَكۡفُرُونَ بِعِبَادَتِهِمۡ وَيَكُونُونَ عَلَيۡهِمۡ ضِدًّا ٨٢
Kallaa; sa yakfuroona bi`ibaadatihim wa yakoonoona `alaihim diddaa
तर यस्तो कदापि हुनेछैन, ती झूठा पूज्यहरू उनीहरूको पूजाबाट इन्कार गर्नेछन्, र उल्टै उनका शत्रु भइहाल्ने छन् ।
🎤 तपाईंको रेकर्डिङ:
19:83
🔁 0/5
أَلَمۡ تَرَ أَنَّآ أَرۡسَلۡنَا ٱلشَّيَٰطِينَ عَلَى ٱلۡكَٰفِرِينَ تَؤُزُّهُمۡ أَزًّا ٨٣
Alam tara annaaa arsalnash Shayaateena `alal kaafireena ta`uzzuhum azzaa
के तिमीले देखेनौ कि हामीले काफिरहरूको पासमा शैतानहरूलाई पठाउँछौं, जसले तिनीहरूलाई निकै उचाल्ने गर्दछन् ।
🎤 तपाईंको रेकर्डिङ:
19:84
🔁 0/5
فَلَا تَعۡجَلۡ عَلَيۡهِمۡۖ إِنَّمَا نَعُدُّ لَهُمۡ عَدًّا ٨٤
Falaa ta`jal alaihim innamaa na `uddu lahum `addaa
तिमीले तिनीहरूको बारेमा हतार नगर । हामीले त स्वयं तिनीहरूको निम्ति दिनको गणना गरिराखेका छौं ।
🎤 तपाईंको रेकर्डिङ:
19:85
🔁 0/5
يَوۡمَ نَحۡشُرُ ٱلۡمُتَّقِينَ إِلَى ٱلرَّحۡمَٰنِ وَفۡدًا ٨٥
Yawma nahshurul muttaqeena ilar Rahmaani wafdaa
(त्यस दिनलाई स्मरण गर) जब हामीले परहेजगराहरूलाई रहमानको समक्ष अतिथिको रूपमा एकत्रित गर्नेछौं ।
🎤 तपाईंको रेकर्डिङ:
19:86
🔁 0/5
وَنَسُوقُ ٱلۡمُجۡرِمِينَ إِلَىٰ جَهَنَّمَ وِرۡدًا ٨٦
Wa nasooqul mujrimeena ilaa Jahannama wirdaa
र अपराधिहरूलाई निकै तिर्खाएको अवस्थामा नर्कतिर धपाउँदै लग्नेछौं ।
🎤 तपाईंको रेकर्डिङ:
19:87
🔁 0/5
لَّا يَمۡلِكُونَ ٱلشَّفَٰعَةَ إِلَّا مَنِ ٱتَّخَذَ عِندَ ٱلرَّحۡمَٰنِ عَهۡدًا ٨٧
Laa yamlikoonash shafaa`ta illaa manittakhaza `indar Rahmaani `ahdaa
कसैलाई उनीहरूको सिफारिशगर्ने अधिकार प्राप्त हुनेछैन । तर हो त्यो व्यक्ति यातनाबाट सुरक्षित रहनेछ जसले रहमानकहाँबाट अनुमोदन प्राप्त गरिसकेको छ ।
🎤 तपाईंको रेकर्डिङ:
19:88
🔁 0/5
وَقَالُواْ ٱتَّخَذَ ٱلرَّحۡمَٰنُ وَلَدًا ٨٨
Wa qaalut takhazar Rahmaanu waladaa
उनीहरूले भन्दछन्ः रहमानले (अल्लाहले) आफ्नो सन्तान बनाएको छ ।
🎤 तपाईंको रेकर्डिङ:
19:89
🔁 0/5
لَّقَدۡ جِئۡتُمۡ شَيۡـًٔا إِدًّا ٨٩
Laqad ji`tum shai`an iddaa
निःसन्देह अत्यन्त गम्भीर कुरा हो जुन कि तिमीहरूले (मन गढन्तरूपमा) रचेर ल्याएका छौ ।
🎤 तपाईंको रेकर्डिङ:
19:90
🔁 0/5
تَكَادُ ٱلسَّمَٰوَٰتُ يَتَفَطَّرۡنَ مِنۡهُ وَتَنشَقُّ ٱلۡأَرۡضُ وَتَخِرُّ ٱلۡجِبَالُ هَدًّا ٩٠
Takaadus samaawaatu yatafattarna minhu wa tanshaq qul ardu wa takhirrul jibaalu haddaa
निकट छ यस कुराबाट आकाशमा विष्फोट भइहालोस् र धरती टुक्रा–टुक्रा भइहालोस् र पहाडहरू क्षतविक्षत भई खसिहालोस् ।
🎤 तपाईंको रेकर्डिङ:
19:91
🔁 0/5
أَن دَعَوۡاْ لِلرَّحۡمَٰنِ وَلَدًا ٩١
An da`aw lir Rahmaani waladaa
किनभने तिनीहरूले रहमानको (अल्लाहको) सन्तानको दावी गरे ।
🎤 तपाईंको रेकर्डिङ:
19:92
🔁 0/5
وَمَا يَنۢبَغِي لِلرَّحۡمَٰنِ أَن يَتَّخِذَ وَلَدًا ٩٢
Wa maa yambaghee lir Rahmaani ai yattakhiza waladaa
यो कुरा अल्लाहको प्रतिष्ठाको प्रतिकूल छ कि उसले कसैलाई आफ्नो सन्तान बनाओस् ।
🎤 तपाईंको रेकर्डिङ:
19:93
🔁 0/5
إِن كُلُّ مَن فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ إِلَّآ ءَاتِي ٱلرَّحۡمَٰنِ عَبۡدًا ٩٣
In kullu man fis samaawaati wal ardi illaaa aatir Rahmaani `abdaa
आकाशहरू र धरतीमा जो पनि छन् सबै अल्लाहका दासका रूपमा आउनेवाला छन् ।
🎤 तपाईंको रेकर्डिङ:
19:94
🔁 0/5
لَّقَدۡ أَحۡصَىٰهُمۡ وَعَدَّهُمۡ عَدًّا ٩٤
Laqad ahsaahum wa addahum `addaa
त्यसले तिनीहरूको आँकलन गरिसकेको छ र तिनीहरूको राम्ररी गणना गरिसकेको छ ।
🎤 तपाईंको रेकर्डिङ:
19:95
🔁 0/5
وَكُلُّهُمۡ ءَاتِيهِ يَوۡمَ ٱلۡقِيَٰمَةِ فَرۡدًا ٩٥
Wa kulluhum aateehi Yawmal Qiyaamati fardaa
तिनीहरू सबका सब कियामतको दिन एक्लै त्यस (रहमान) को सामु उपस्थित हुनेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
19:96
🔁 0/5
إِنَّ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ سَيَجۡعَلُ لَهُمُ ٱلرَّحۡمَٰنُ وُدًّا ٩٦
Innal lazeena aamanoo wa `amilus saalihaati sa yaj`alu lahumur Rahmaanu wuddaa
निःसन्देह जसले ईमान ल्याएका छन् र असल कर्म गरे, शीघ्र नै अल्लाहले तिनीहरूको निम्ति प्रेम उत्पन्न गरिदिने छ ।
🎤 तपाईंको रेकर्डिङ:
19:97
🔁 0/5
فَإِنَّمَا يَسَّرۡنَٰهُ بِلِسَانِكَ لِتُبَشِّرَ بِهِ ٱلۡمُتَّقِينَ وَتُنذِرَ بِهِۦ قَوۡمًا لُّدًّا ٩٧
Fa innamaa yassarnaahu bilisaanika litubashshira bihil muttaqeena wa tunzira bihee qawmal luddaa
हामीले यस कुरआनलाई तपाईको भाषामा निकै सरल बनाइदिएका छौं, ताकि यसबाट तपाईले डर मान्नेहरूलाई शुभसूचना दिनुस् र झगडा गर्नेहरूलाई यसबाट डराउनुस् ।
🎤 तपाईंको रेकर्डिङ:
19:98
🔁 0/5
وَكَمۡ أَهۡلَكۡنَا قَبۡلَهُم مِّن قَرۡنٍ هَلۡ تُحِسُّ مِنۡهُم مِّنۡ أَحَدٍ أَوۡ تَسۡمَعُ لَهُمۡ رِكۡزَۢا ٩٨
Wa kam ahlaknaa qabla hum min qarnin hal tuhissu minhum min ahadin aw tasma`u lahum rikzaa
हामीले उनीहरूभन्दा अघिका धेरै समुदायहरूलाई नष्ट गरिसकेका छौं । के तिनीहरूमध्ये कुनै एकको बारेमा तिमी चाल पाउँछौ अथवा तिनीहरूको आवाज तिम्रो कानहरूले सुन्दछन्
🎤 तपाईंको रेकर्डिङ:
💡 लुकेको शब्दलाई अस्थायी रूपमा देखाउन ट्याप गर्नुहोस् — तपाईंको प्रगति स्वतः बचत हुन्छ।
العربيةEnglishBahasa IndonesiaTürkçeРусскийفارسیFrançaisاردوবাংলাDeutschEspañol中文हिन्दीPortuguêsItalianoภาษาไทยPolskiNederlandsShqipKiswahiliO'zbekதமிழ்MelayuBosanskiSoomaaliAzərbaycanکوردی한국어日本語SvenskaDanskNorskپښتوമലയാളംසිංහලTamazightHausaአማርኛБългарскиТоҷикӣҚазақшаFilipinoسنڌيYorùbáFulfuldeТатарчаئۇيغۇرچەКыргызчаਪੰਜਾਬੀJawaతెలుగుမြန်မာગુજરાતીOromoमराठीTiếng ViệtMalagasyНохчийнWolofދިވެހިಕನ್ನಡУкраїнськаΕλληνικάქართულიខ្មែរدریQafar afMaranaoनेपाली
पवित्र कुरान
Tuesday, August 18, 2026
Don't forget us in your sincere prayers







