🔥 0 दिन लगातार
📖 लामो सूरा — साना भागहरूमा विभाजित (88 आयत)
0/88
28:1
🔁 0/5
طسٓمٓ ١
Taa-Seeen-Meeem
ता–सीन–मीम ।
🎤 तपाईंको रेकर्डिङ:
28:2
🔁 0/5
تِلۡكَ ءَايَٰتُ ٱلۡكِتَٰبِ ٱلۡمُبِينِ ٢
Tilka Aayaatul Kitaabil mubeen
यी स्पष्ट किताबका आयतहरू हुन् ।
🎤 तपाईंको रेकर्डिङ:
28:3
🔁 0/5
نَتۡلُواْ عَلَيۡكَ مِن نَّبَإِ مُوسَىٰ وَفِرۡعَوۡنَ بِٱلۡحَقِّ لِقَوۡمٍ يُؤۡمِنُونَ ٣
Natloo `alaika min naba-i Moosaa wa Fi`awna bilhaqqi liqawminy yu`miinoon
(हे मुहम्मद !) हामीले तपाई समक्ष मूसा र फिरऔनका सत्य घटनाहरू मोमिनहरूको लागि वर्णन गर्दछौं ।
🎤 तपाईंको रेकर्डिङ:
28:4
🔁 0/5
إِنَّ فِرۡعَوۡنَ عَلَا فِي ٱلۡأَرۡضِ وَجَعَلَ أَهۡلَهَا شِيَعًا يَسۡتَضۡعِفُ طَآئِفَةً مِّنۡهُمۡ يُذَبِّحُ أَبۡنَآءَهُمۡ وَيَسۡتَحۡيِۦ نِسَآءَهُمۡۚ إِنَّهُۥ كَانَ مِنَ ٱلۡمُفۡسِدِينَ ٤
Inna Fir`awna `alaa fil ardi wa ja`ala ahlahaa shiya`ai yastad`ifu taaa`ifatam minhum yuzabbihu abnaaa`ahum wa yastahyee nisaaa`ahum; innahoo kaana minal mufsideen
निःसन्देह फिरऔनले धरतीमा अट्टेरिपना गर्दै आएको थियो र त्यहाँका मानिसहरूलाई अनेक समूहमा विभाजन गरी एउटा समूहलाई कमजोर पारिसकेको थियो । त्यसले उनीहरूका छोराहरूलाई मारिदिन्थ्यो र उनीहरूका छोरीहरूलाई जीवित रहन दिन्थ्यो निश्चय नै त्यो उपद्रव गर्नेहरूमध्येको थियो ।
🎤 तपाईंको रेकर्डिङ:
28:5
🔁 0/5
وَنُرِيدُ أَن نَّمُنَّ عَلَى ٱلَّذِينَ ٱسۡتُضۡعِفُواْ فِي ٱلۡأَرۡضِ وَنَجۡعَلَهُمۡ أَئِمَّةً وَنَجۡعَلَهُمُ ٱلۡوَٰرِثِينَ ٥
Wa nureedu an namunna `alal lazeenas tud`ifoo fil ardi wa naj`alahum a`immatanw wa naj`alahumul waariseen
र हामीले चाहयौं कि तिनीहरूमाथि उपकार गरौं, जसलाई धरतीमा अति कमजोर गरिएको थियो र उनीहरूलाई नै (धरतीको) नायक र उत्तराधिकारी बनाऔं ।
🎤 तपाईंको रेकर्डिङ:
28:6
🔁 0/5
وَنُمَكِّنَ لَهُمۡ فِي ٱلۡأَرۡضِ وَنُرِيَ فِرۡعَوۡنَ وَهَٰمَٰنَ وَجُنُودَهُمَا مِنۡهُم مَّا كَانُواْ يَحۡذَرُونَ ٦
Wa numakkina lahum fil ardi wa nuriya Fir`awna wa Haamaana wa junoodahumaa minhum maa kaanoo yahzaroon
र यो पनि कि हामीले धरतीमा उनीहरूलाई सत्ताधिकार प्रदान गरौं र उनीहरूबाट फिरऔन र हामान र उनीहरूको सेनाहरूलाई ती कुरा देखाऔं, जसबाट उनीहरू डराइरहेका छन् ।
🎤 तपाईंको रेकर्डिङ:
28:7
🔁 0/5
وَأَوۡحَيۡنَآ إِلَىٰٓ أُمِّ مُوسَىٰٓ أَنۡ أَرۡضِعِيهِۖ فَإِذَا خِفۡتِ عَلَيۡهِ فَأَلۡقِيهِ فِي ٱلۡيَمِّ وَلَا تَخَافِي وَلَا تَحۡزَنِيٓۖ إِنَّا رَآدُّوهُ إِلَيۡكِ وَجَاعِلُوهُ مِنَ ٱلۡمُرۡسَلِينَ ٧
Wa awhainaaa ilaaa ummi Moosaaa an ardi`eehi faizaa khifti `alaihi fa alqeehi filyammi wa laa takhaafee wa laa tahzaneee innaa raaaddoohu ilaiki wa jaa`iloohu minal mursaleen
हामीले ‘‘मूसा’’ (अलैहिस्सलाम) की आमालाई संकेत गर्यौं कि उसलाई दूध खुवाउँदै गर अनि यदि तिमीलाई उसको विषयमा कुनै भय हुन्छ भने उसलाई नदीमा हालिदिनु र तिमीले कुनै भय नमान्नु न त चिन्ता गर्नु । हामीले उसलाई तिम्रो पासमा फर्काइदिनेछौं र उसलाई पैैगम्बर बनाउनेवाला छौं ।
🎤 तपाईंको रेकर्डिङ:
28:8
🔁 0/5
فَٱلۡتَقَطَهُۥٓ ءَالُ فِرۡعَوۡنَ لِيَكُونَ لَهُمۡ عَدُوًّا وَحَزَنًاۗ إِنَّ فِرۡعَوۡنَ وَهَٰمَٰنَ وَجُنُودَهُمَا كَانُواْ خَٰطِـِٔينَ ٨
Faltaqatahooo Aalu Fir`awna li yakoona lahum `aduwwanw wa hazanaa; inna Fir`awna wa Haamaana wa junooda humaa kaanoo khaati`een
अन्ततः फिरऔनका मानिसहरूले त्यस बच्चालाई उठाइहाले, र परिणाम स्वरूप त्यो उनीहरूको शत्रु र उनीहरूको निम्ति दुःखको कारण बन्यो । निश्चय फिरऔन र हामान र उनीहरूका सेना गम्भीर अपराधी नै थिए ।
🎤 तपाईंको रेकर्डिङ:
28:9
🔁 0/5
وَقَالَتِ ٱمۡرَأَتُ فِرۡعَوۡنَ قُرَّتُ عَيۡنٍ لِّي وَلَكَۖ لَا تَقۡتُلُوهُ عَسَىٰٓ أَن يَنفَعَنَآ أَوۡ نَتَّخِذَهُۥ وَلَدًا وَهُمۡ لَا يَشۡعُرُونَ ٩
Wa qaalatim ra atu Fir`awna qurratu `aynil lee wa lak; laa taqtuloohu `asaaa aiyanfa`anaa aw nattakhizahoo waladanw wa hum laa yash`uroon
र फिरऔनकी श्रीमतीले भनीः कि यो मेरो र तिम्रो दुवैको आँखाको शीतलता हो, यसको हत्या नगर्नु, धेरै सम्भव छ कि यसले हामीलाई फाइदा पुर्याउँछ, अथवा हामीले यसलाई आफ्नो छोरा बनाइहालौं, र उनीहरू अनभिज्ञ नै थिए ।
🎤 तपाईंको रेकर्डिङ:
28:10
🔁 0/5
وَأَصۡبَحَ فُؤَادُ أُمِّ مُوسَىٰ فَٰرِغًاۖ إِن كَادَتۡ لَتُبۡدِي بِهِۦ لَوۡلَآ أَن رَّبَطۡنَا عَلَىٰ قَلۡبِهَا لِتَكُونَ مِنَ ٱلۡمُؤۡمِنِينَ ١٠
Wa asbaha fu`aadu ummi Moosaa faarighan in kaadat latubdee bihee law laaa arrabatnaa `alaa qalbihaa litakoona minal mu`mineen
र मूसाकी आमाको हृदय बेचैन भइहाल्यो । यदि हामीले उसको हृदयलाई शान्त्वना प्रदान नगरिदिएको भए तिनले सम्भवतः यस घटनालाई प्रकट गरिदिन्थिइन् । उद्देश्य यो थियो कि उनी मोमिन्हरूमध्येबाट रहुन् ।
🎤 तपाईंको रेकर्डिङ:
28:11
🔁 0/5
وَقَالَتۡ لِأُخۡتِهِۦ قُصِّيهِۖ فَبَصُرَتۡ بِهِۦ عَن جُنُبٍ وَهُمۡ لَا يَشۡعُرُونَ ١١
Wa qaalat li ukhtihee qusseehi fabasurat bihee `an junubinw wahum laa yash`uroon
मूसाको आमाले उसकी (मूसाकी) बहिनीसित भनिन् कि तिमी उसको पछि–पछि लाग । अतः तिनले उनलाई टाढैबाट हेरिराखिन् र फिरऔनको मानिसहरूलाई यसको जानकारी नै भएन ।
🎤 तपाईंको रेकर्डिङ:
28:12
🔁 0/5
۞ وَحَرَّمۡنَا عَلَيۡهِ ٱلۡمَرَاضِعَ مِن قَبۡلُ فَقَالَتۡ هَلۡ أَدُلُّكُمۡ عَلَىٰٓ أَهۡلِ بَيۡتٍ يَكۡفُلُونَهُۥ لَكُمۡ وَهُمۡ لَهُۥ نَٰصِحُونَ ١٢
Wa harramnaa `alaihil maraadi`a min qablu faqaalat hal adullukum `alaaa ahli baitiny yakfuloonahoo lakum wa hum lahoo naasihoon
हामीले उनीहरू पुग्नुभन्दा अघि नै उसको निम्ति धाइआमाको दूध हराम (वर्जित) गरिदिएका थियौं अतः तिनले भनिन् कि के तिमीलाई यस्तो घरको ठेगाना बताउँ जसले कि तिम्रो निम्ति यस बालकको पालनपोषण गर्न सकोस् र यसको शुभचिन्तक पनि होस् ।
🎤 तपाईंको रेकर्डिङ:
28:13
🔁 0/5
فَرَدَدۡنَٰهُ إِلَىٰٓ أُمِّهِۦ كَيۡ تَقَرَّ عَيۡنُهَا وَلَا تَحۡزَنَ وَلِتَعۡلَمَ أَنَّ وَعۡدَ ٱللَّهِ حَقٌّ وَلَٰكِنَّ أَكۡثَرَهُمۡ لَا يَعۡلَمُونَ ١٣
Faradadnaahu ilaa ummihee kai taqarra `ainuhaa wa laa tahzana wa lita`lama anna wa`dal laahi haqqunw wa laakinna aksarahum laa ya`lamoon
यसप्रकार हामीले उसलाई उसकी आमातिर फर्काएर ल्यायौं, ताकि तिनका आँखाहरू शीतल होउन् र तिनी शोकाकुल नहोउन् र ताकि तिनले जानिहालुन् कि अल्लाहको वाचा सत्य छ, तर उनीहरूमध्ये अधिकांशले बुझ्दैनन् ।
🎤 तपाईंको रेकर्डिङ:
28:14
🔁 0/5
وَلَمَّا بَلَغَ أَشُدَّهُۥ وَٱسۡتَوَىٰٓ ءَاتَيۡنَٰهُ حُكۡمًا وَعِلۡمًاۚ وَكَذَٰلِكَ نَجۡزِي ٱلۡمُحۡسِنِينَ ١٤
Wa lammaa balagha ashuddahoo wastawaaa aatai naahu hukmanw wa `ilmaa; wa kazaalika najzil muhsineen
र जब मूसा तन्नेरी भए र पूर्णरूपले व्यस्कता प्राप्त गरिसके, तब हामीले उनलाई निर्णयशक्ति र ज्ञान प्रदान गर्यौं । सुकर्म गर्नेहरूलाई हामीले यस्तै प्रकारले पुरस्कृत गर्दछौं ।
🎤 तपाईंको रेकर्डिङ:
28:15
🔁 0/5
وَدَخَلَ ٱلۡمَدِينَةَ عَلَىٰ حِينِ غَفۡلَةٍ مِّنۡ أَهۡلِهَا فَوَجَدَ فِيهَا رَجُلَيۡنِ يَقۡتَتِلَانِ هَٰذَا مِن شِيعَتِهِۦ وَهَٰذَا مِنۡ عَدُوِّهِۦۖ فَٱسۡتَغَٰثَهُ ٱلَّذِي مِن شِيعَتِهِۦ عَلَى ٱلَّذِي مِنۡ عَدُوِّهِۦ فَوَكَزَهُۥ مُوسَىٰ فَقَضَىٰ عَلَيۡهِۖ قَالَ هَٰذَا مِنۡ عَمَلِ ٱلشَّيۡطَٰنِۖ إِنَّهُۥ عَدُوٌّ مُّضِلٌّ مُّبِينٌ ١٥
Wa dakhalal madeenata `alaa heene ghaflatim min ahlihaa fawajada feeha raju laini yaqtatilaani haazaa min shee`atihee wa haaza min `aduwwihee fastaghaasahul lazee min shee`atihee `alal lazee min `aduwwihee fawakazahoo Moosaa faqadaa `alaihi qaala haaza min `amalish Shaitaani innahoo `aduwwum mmudillum mubeen
र मूसा नगरमा यस्तो बेला प्रवेश गरे जबकि त्यहाँका मानसिहरू सचेत थिएनन् । त्यहाँ उनले देखे कि दुईजना मानिसहरू झगडा गरिरहेका थिए । एउटा त मूसाको जतिमध्येको थियो र अर्काे उनको दुश्मनमध्येको थियो । जुन व्यक्ति उनको जातिको थियो, त्यसले अर्काे व्यक्तिको मुकाबिलामा, जो मूसाको शत्रुमध्ये थियो, सहायता माँग्यो, तब उनले (मूसाले) उसलाई मुड्कीले प्रहार गरे र उसलाई मारिहाले । ‘‘मुसा’’ भन्नथालेः कि यो शैतानको कारवाही हो । निश्चय नै शैतान त स्पष्ट शत्रु र पथभ्रष्ट गर्नेवाला छ ।
🎤 तपाईंको रेकर्डिङ:
28:16
🔁 0/5
قَالَ رَبِّ إِنِّي ظَلَمۡتُ نَفۡسِي فَٱغۡفِرۡ لِي فَغَفَرَ لَهُۥٓۚ إِنَّهُۥ هُوَ ٱلۡغَفُورُ ٱلرَّحِيمُ ١٦
Qaala Rabbi innee zalamtu nafsee faghfir lee faghafaralah; innahoo Huwal Ghafoorur Raheem
उनले प्रार्थना गरे कि हे पालनकर्ता ! मैले स्वयं आफूमाथि अत्याचार गरें, अतः तिमीले मलाई क्षमा गरिदेऊ । तसर्थ अल्लाहले क्षमा गरिदियो । निश्चय नै अल्लाह बडो क्षमाशील, अत्यन्त दयावान छ ।
🎤 तपाईंको रेकर्डिङ:
28:17
🔁 0/5
قَالَ رَبِّ بِمَآ أَنۡعَمۡتَ عَلَيَّ فَلَنۡ أَكُونَ ظَهِيرًا لِّلۡمُجۡرِمِينَ ١٧
Qaala Rabbi bimaaa an`amta `alaiya falan akoona zaheeral lilmujrimeen
उनले भन्न थालेः कि हे मेरो स्वामी जसरी तिमीले ममाथि अनुकम्पा गरेका छौ, म कहिल्यै पनि कुनै अपराधीको सहायता गर्नेछैन ।
🎤 तपाईंको रेकर्डिङ:
28:18
🔁 0/5
فَأَصۡبَحَ فِي ٱلۡمَدِينَةِ خَآئِفًا يَتَرَقَّبُ فَإِذَا ٱلَّذِي ٱسۡتَنصَرَهُۥ بِٱلۡأَمۡسِ يَسۡتَصۡرِخُهُۥۚ قَالَ لَهُۥ مُوسَىٰٓ إِنَّكَ لَغَوِيٌّ مُّبِينٌ ١٨
Fa asbaha fil madeenati khaaa`ifany yataraqqabu fa izal lazis tansarahoo bil amsi yastasrikhuh; qaala lahoo moosaaa innaka laghawiyyum mubeen
अनि भोलिपल्ट बिहानै शहरमा डराउँदै खबर लिन प्रवेश गरे, एक्कासी हेर्नु भयो कि त्यही व्यक्ति जसले उनीसित सहायता चाहेको थियो, उनलाई पुकारिराखेको छ । मूसाले ऊसित भने कि तिमी त प्रत्यक्षरूपले मार्गविचलित छौ ।
🎤 तपाईंको रेकर्डिङ:
28:19
🔁 0/5
فَلَمَّآ أَنۡ أَرَادَ أَن يَبۡطِشَ بِٱلَّذِي هُوَ عَدُوٌّ لَّهُمَا قَالَ يَٰمُوسَىٰٓ أَتُرِيدُ أَن تَقۡتُلَنِي كَمَا قَتَلۡتَ نَفۡسَۢا بِٱلۡأَمۡسِۖ إِن تُرِيدُ إِلَّآ أَن تَكُونَ جَبَّارًا فِي ٱلۡأَرۡضِ وَمَا تُرِيدُ أَن تَكُونَ مِنَ ٱلۡمُصۡلِحِينَ ١٩
Falammaaa an araada ai yabtisha billazee huwa `aduwwul lahumaa qaala yaa Moosaaa atureedu an taqtulanee kamaa qatalta nafsam bil amsi in tureedu illaaa an takoona jabbaaram fil ardi wa maa tureedu an takoona minal musliheen
फेरि जब मूसाले इच्छा गरे, कि त्यो व्यक्तिलाई, जुन कि उनी दुवैको शत्रु थियो, समातिहालुन्, तब त्यसले भन्न थाल्यो कि जुनप्रकारले हिजो तिमीले एउटा व्यक्तिलाई मारिहालेका थियौ, त्यसैप्रकार मलाई पनि मार्न चाहन्छौ । धरतीमा क्रूर अत्याचारी हुन चाहन्छौ र तिमी यो चाहँदैनौ कि सुधार गर्नेवाला बन ।
🎤 तपाईंको रेकर्डिङ:
28:20
🔁 0/5
وَجَآءَ رَجُلٌ مِّنۡ أَقۡصَا ٱلۡمَدِينَةِ يَسۡعَىٰ قَالَ يَٰمُوسَىٰٓ إِنَّ ٱلۡمَلَأَ يَأۡتَمِرُونَ بِكَ لِيَقۡتُلُوكَ فَٱخۡرُجۡ إِنِّي لَكَ مِنَ ٱلنَّٰصِحِينَ ٢٠
Wa jaaa`a rajulum min aqsal madeenati yas`aa qaala yaa Moosaaa innal mala a yaa tamiroona bika liyaqtulooka fakhruj innee laka minan naasiheen
(त्यसपश्चात) एउटा मानिस नगरको पल्लो छेउबाट दगुर्दै आयो र भन्यो कि हे मूसा नगरका प्रमुखहरू तिम्रो हत्याको विषयमा परामर्श गरिराखेका छन् । अतः तिमी छिटै भागिहाल, म तिम्रो हितैषी हूँ ।
🎤 तपाईंको रेकर्डिङ:
28:21
🔁 0/5
فَخَرَجَ مِنۡهَا خَآئِفًا يَتَرَقَّبُۖ قَالَ رَبِّ نَجِّنِي مِنَ ٱلۡقَوۡمِ ٱلظَّٰلِمِينَ ٢١
Fakharaja minhaa khaaa `ifany-yataraqqab; qaala Rabbi najjinee minal qawmiz zaalimeen
अनि मूसा त्यहाँबाट डराइ–डराइ निस्किहाले र प्रार्थना गर्नथालेः कि हे मेरो पालनहार ! मलाई अत्याचारीहरूबाट छुटकरा प्रदान गर ।
🎤 तपाईंको रेकर्डिङ:
28:22
🔁 0/5
وَلَمَّا تَوَجَّهَ تِلۡقَآءَ مَدۡيَنَ قَالَ عَسَىٰ رَبِّيٓ أَن يَهۡدِيَنِي سَوَآءَ ٱلسَّبِيلِ ٢٢
Wa lammaa tawajjaha tilqaaa`a Madyana qaala `asaa Rabbeee ai yahdiyanee Sawaaa`as Sabeel
र जब ‘‘मदयनतिर’’ ध्यान दिए तब भन्नथालेः कि आशा छ कि मेरो पालनकर्ताले मलाई सोझो बाटो देखाउनेछ ।
🎤 तपाईंको रेकर्डिङ:
28:23
🔁 0/5
وَلَمَّا وَرَدَ مَآءَ مَدۡيَنَ وَجَدَ عَلَيۡهِ أُمَّةً مِّنَ ٱلنَّاسِ يَسۡقُونَ وَوَجَدَ مِن دُونِهِمُ ٱمۡرَأَتَيۡنِ تَذُودَانِۖ قَالَ مَا خَطۡبُكُمَاۖ قَالَتَا لَا نَسۡقِي حَتَّىٰ يُصۡدِرَ ٱلرِّعَآءُۖ وَأَبُونَا شَيۡخٌ كَبِيرٌ ٢٣
Wa lammaa warada maaa`a Madyana wajada `alaihi ummatam minannaasi yasqoona wa wajada min doonihimum ra ataini tazoodaani qaala maa khatubkumaa qaalataa laa nasqee hataa yusdirar ri`aaa`u wa aboonaa shaikhun kabeer
जब ‘‘मदयनको’’ पानी भएको ठाउँमा पुगे त देखे, कि त्यहाँ मानिसहरू एकत्रित भएका छन् र (चौपायाहरूलाई) पानी खुवाइराखेका छन् ? र उनीहरूबाट पर एकातिर दुईवटा स्त्रीहरू आफ्ना चौपायाहरूलाई रोकेर उभेका छिन् । ‘‘मूसाले’’ सोधे तिम्रो के समस्या छ ? उनीहरूले भनिन् कि, हामी त्यसबेलासम्म पानी खुवाउन सक्दैनौं, जबसम्म यी गोठालाहरू आफ्ना जनावरहरू लग्दैनन् र हाम्रो बाबु धेरै उमेरको निकै वृद्ध छन् ।
🎤 तपाईंको रेकर्डिङ:
28:24
🔁 0/5
فَسَقَىٰ لَهُمَا ثُمَّ تَوَلَّىٰٓ إِلَى ٱلظِّلِّ فَقَالَ رَبِّ إِنِّي لِمَآ أَنزَلۡتَ إِلَيَّ مِنۡ خَيۡرٍ فَقِيرٌ ٢٤
Fasaqaa lahumaa summa tawallaaa ilaz zilli faqaala Rabbi innee limaaa anzalta ilaiya min khairin faqeer
तब ‘‘मूसाले’’ स्वयम् उनीहरूको लागि पानी खुवाइदिए, अनि छायाँतिर गइहाले र भन्नथालेः कि हे पालनकर्ता ! तिमीले मेरो लागि जे जति कृपा प्रदान गर्दछौ मलाई त्यसको आवश्यकता छ ।
🎤 तपाईंको रेकर्डिङ:
28:25
🔁 0/5
فَجَآءَتۡهُ إِحۡدَىٰهُمَا تَمۡشِي عَلَى ٱسۡتِحۡيَآءٍ قَالَتۡ إِنَّ أَبِي يَدۡعُوكَ لِيَجۡزِيَكَ أَجۡرَ مَا سَقَيۡتَ لَنَاۚ فَلَمَّا جَآءَهُۥ وَقَصَّ عَلَيۡهِ ٱلۡقَصَصَ قَالَ لَا تَخَفۡۖ نَجَوۡتَ مِنَ ٱلۡقَوۡمِ ٱلظَّٰلِمِينَ ٢٥
Fajaaa`at hu ihdaahumaa tamshee `alas tihyaaa`in qaalat inna abee yad`ooka li yajziyaka ajra maa saqaita lanaa; falammaa jaaa`ahoo wa qassa `alaihil qasasa qaala laa takhaf najawta minal qawmiz zaalimeen
यतिकैमा ती दुवैमध्ये एउटी स्त्री लाज मान्दै ‘‘मूसाको’’ पासमा आई (र) भन्नथाली कि तपाईलाई मेरो पिताले बोलाउनुहुन्छ ताकि तपाईले जुन हाम्रो चौपायाहरूलाई पानी खुवाउनु भएको छ, त्यसको पारिश्रमिक देउन् । जब उनी उनको पासमा आए र उनीसित (आफ्नो) बृतान्त बर्णन गरे, त उनले भने, कि कुनै भय नमान । तिमीले अत्याचारीहरूबाट छुटकारा पाइसकेका छौ ।
🎤 तपाईंको रेकर्डिङ:
28:26
🔁 0/5
قَالَتۡ إِحۡدَىٰهُمَا يَٰٓأَبَتِ ٱسۡتَـٔۡجِرۡهُۖ إِنَّ خَيۡرَ مَنِ ٱسۡتَـٔۡجَرۡتَ ٱلۡقَوِيُّ ٱلۡأَمِينُ ٢٦
Qaalat ihdaahumaa yaaa abatis taajirhu inna khaira manistaajartal qawiyyul ameen
यी दुवैमध्ये एउटी स्त्रीले भनीः कि बुबा ! यिनलाई नोकरको रूपमा राखिहाल्नुस् । किन भने जसलाई तपाईं नोकरको रूपमा राख्नुहुुन्छ, राम्रो त्यही हो जो बलवान् र विश्वसनीय होस् ।
🎤 तपाईंको रेकर्डिङ:
28:27
🔁 0/5
قَالَ إِنِّيٓ أُرِيدُ أَنۡ أُنكِحَكَ إِحۡدَى ٱبۡنَتَيَّ هَٰتَيۡنِ عَلَىٰٓ أَن تَأۡجُرَنِي ثَمَٰنِيَ حِجَجٍۖ فَإِنۡ أَتۡمَمۡتَ عَشۡرًا فَمِنۡ عِندِكَۖ وَمَآ أُرِيدُ أَنۡ أَشُقَّ عَلَيۡكَۚ سَتَجِدُنِيٓ إِن شَآءَ ٱللَّهُ مِنَ ٱلصَّٰلِحِينَ ٢٧
Qaala innee ureedu an unkihaka ihdab nataiya haataini `alaaa an taajuranee samaaniya hijaj; fa in atmamta `ashran famin `indika wa maaa ureedu an ashuqqa `alaik; satajiduneee in shaaa`al laahu minas saaliheen
बृद्ध पुरुषले (मूसासित) भन्योः कि म चाहन्छु आफ्ना यी दुई छोरीहरूमध्ये एउटीसित तपाईको विहे गरिदेऊँ, यस शर्तमा कि तपाई आठ बर्षसम्म मेरो यहाँ कामकाज गर्नुस् र यदि दशसालसम्म काम पूरा गर्नुहुन्छ भने त्यो तपाईको तर्फबाट मलाई हो, म तपाईलाई धेरै कष्टमा पार्न चाहन्न, अल्लाहको इच्छा भए मलाई तपाई असल मानिसहरूमध्येको पाउनुहुनेछ ।
🎤 तपाईंको रेकर्डिङ:
28:28
🔁 0/5
قَالَ ذَٰلِكَ بَيۡنِي وَبَيۡنَكَۖ أَيَّمَا ٱلۡأَجَلَيۡنِ قَضَيۡتُ فَلَا عُدۡوَٰنَ عَلَيَّۖ وَٱللَّهُ عَلَىٰ مَا نَقُولُ وَكِيلٌ ٢٨
Qaala zaalika bainee wa bainaka aiyamal ajalaini qadaitu falaa `udwaana `alaiya wallaahu `alaa ma naqoolu Wakeel
मूसाले भने कि त्यसो भए यो कुरा मेरो र तपाईंको बीचमा निश्चित भइहाल्यो । मैले जुन पनि अवधि पूरा गरेमा, ममाथि कुनै अन्याय नहोस् । र हामीले जुन सम्झौता गर्दैछौं, अल्लाह त्यसको साक्षी छ र उही सबैको योजनाकार हो ।
🎤 तपाईंको रेकर्डिङ:
28:29
🔁 0/5
۞ فَلَمَّا قَضَىٰ مُوسَى ٱلۡأَجَلَ وَسَارَ بِأَهۡلِهِۦٓ ءَانَسَ مِن جَانِبِ ٱلطُّورِ نَارًاۖ قَالَ لِأَهۡلِهِ ٱمۡكُثُوٓاْ إِنِّيٓ ءَانَسۡتُ نَارًا لَّعَلِّيٓ ءَاتِيكُم مِّنۡهَا بِخَبَرٍ أَوۡ جَذۡوَةٍ مِّنَ ٱلنَّارِ لَعَلَّكُمۡ تَصۡطَلُونَ ٢٩
Falammmaa qadaa Moosal ajala wa saara bi ahliheee aanasa min jaanibit Toori naaran qaala li ahlihim kusooo inneee aanastu naaral la `alleee aateekum minhaa bikhabarin aw jazwatim minan naari la `allakum tastaloon
अनि जब ‘‘मूसाले’’ आफ्नो अवधि पूरा गरे र आफ्नो घरवालालाई लिएर हिंडे त तूर पर्वततिरबाट आगो देखियो, अनि आफ्नो स्त्रीसित भने कि तिमी पर्ख मैले आगो देखेको छु, शायद म त्यहाँबाट केही खबर लिएर आऊँ वा आगोको डल्लो लिएर आऊँ ताकि तिमी आगो ताप ।
🎤 तपाईंको रेकर्डिङ:
28:30
🔁 0/5
فَلَمَّآ أَتَىٰهَا نُودِيَ مِن شَٰطِيِٕ ٱلۡوَادِ ٱلۡأَيۡمَنِ فِي ٱلۡبُقۡعَةِ ٱلۡمُبَٰرَكَةِ مِنَ ٱلشَّجَرَةِ أَن يَٰمُوسَىٰٓ إِنِّيٓ أَنَا ٱللَّهُ رَبُّ ٱلۡعَٰلَمِينَ ٣٠
Falammaaa ataahaa noodiya min shaati`il waadil aimani fil buq`atil muubaarakati minash shajarati ai yaa Moosaaa inneee Anal laahu Rabbul `aalameen
अनि जब त्यहाँ पुगे, त यस शुभ मैदानको दायाँ किनारको एउटा वृक्षबाट आवाज आयोः कि हे मूसा ! म नै अल्लाह हूँ, सम्पूर्ण जगतको पालनकर्ता ।
🎤 तपाईंको रेकर्डिङ:
28:31
🔁 0/5
وَأَنۡ أَلۡقِ عَصَاكَۚ فَلَمَّا رَءَاهَا تَهۡتَزُّ كَأَنَّهَا جَآنٌّ وَلَّىٰ مُدۡبِرًا وَلَمۡ يُعَقِّبۡۚ يَٰمُوسَىٰٓ أَقۡبِلۡ وَلَا تَخَفۡۖ إِنَّكَ مِنَ ٱلۡأٓمِنِينَ ٣١
Wa an alqi `asaaka falam maa ra aahaa tahtazzu ka annnahaa jaaannunw wallaa mudbiranw wa lam yu`aqqib; yaa Moosaa aqbil wa laa takhaf innaka minal aamineen
र (यो पनि अवाज आयो कि) आफ्नो लट्ठी फ्याँकिहाल जब देखेकि त्यो चलिराखेको छ, मानौं सर्प होस् तब पिठ्युँ फर्काई हिंडिदिए र पछि फर्केर पनि हेरेनन् । (हामीले भन्यौं कि) हे ‘‘मूसा’’ अगाडि़ आऊ र भय नगर निःसन्देह तिमी अमनमा छौ ।
🎤 तपाईंको रेकर्डिङ:
28:32
🔁 0/5
ٱسۡلُكۡ يَدَكَ فِي جَيۡبِكَ تَخۡرُجۡ بَيۡضَآءَ مِنۡ غَيۡرِ سُوٓءٍ وَٱضۡمُمۡ إِلَيۡكَ جَنَاحَكَ مِنَ ٱلرَّهۡبِۖ فَذَٰنِكَ بُرۡهَٰنَانِ مِن رَّبِّكَ إِلَىٰ فِرۡعَوۡنَ وَمَلَإِيْهِۦٓۚ إِنَّهُمۡ كَانُواْ قَوۡمًا فَٰسِقِينَ ٣٢
Usluk yadaka fee jaibika takhruj baidaaa`a min ghairi sooo`inw wadmum ilaika janaahaka minar rahbi fazaanika burhaanaani mir Rabbika ilaa Fiw`awna wa mala`ih; innahum kaanoo qawman faasiqeen
र (यी पनि कि) आफ्नो हात बगलमा लग अनि बिना कुनै रोग चम्किलो रूपमा निस्कन्छ । र भयको बेला आफ्नो हातलाई आफूतिर खुम्च्याउनु । यी दुई निशानीहरू तिम्रो पालनकर्ताको तर्फबाट तिम्रो लागि हुन् । ‘‘फिरऔन’’ र उसका दरबारियाहरूको पासमा जाऊ । निश्चय नै उनीहरू धेरै अवज्ञाकारी मानिसहरू हुन् ।
🎤 तपाईंको रेकर्डिङ:
28:33
🔁 0/5
قَالَ رَبِّ إِنِّي قَتَلۡتُ مِنۡهُمۡ نَفۡسًا فَأَخَافُ أَن يَقۡتُلُونِ ٣٣
Qaala Rabbi innee qataltu minhum nafsan fa akhaafu ai yaqtuloon
मूसाले भनेः हे पालनकर्ता ! उनीहरूको एउटा व्यक्तिको मैले हत्या गरिदिएको थिएँ, तसर्थ मलाई डर लाग्दछ कि उनीहरूले पनि मलाई मारिदिने छन् ।
🎤 तपाईंको रेकर्डिङ:
28:34
🔁 0/5
وَأَخِي هَٰرُونُ هُوَ أَفۡصَحُ مِنِّي لِسَانًا فَأَرۡسِلۡهُ مَعِيَ رِدۡءًا يُصَدِّقُنِيٓۖ إِنِّيٓ أَخَافُ أَن يُكَذِّبُونِ ٣٤
Wa akhee Haaroonu huwa afsahu minnee lisaanan fa arsilhu ma`iya rid ai yusaddiquneee innee akhaafu ai yukazziboon
र ‘‘हारून’’ मेरो भाइको भाषा मभन्दा धेरै स्पष्ट छ । तसर्थ उसलाई पनि मेरो साथमा मेरो मद्दत गर्न पठाइदेऊ ताकि त्यसले मलाई सच्चा मानोस् । मलाई भय छ कि उनीहरूले मलाई असत्य भन्नेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
28:35
🔁 0/5
قَالَ سَنَشُدُّ عَضُدَكَ بِأَخِيكَ وَنَجۡعَلُ لَكُمَا سُلۡطَٰنًا فَلَا يَصِلُونَ إِلَيۡكُمَا بِـَٔايَٰتِنَآۚ أَنتُمَا وَمَنِ ٱتَّبَعَكُمَا ٱلۡغَٰلِبُونَ ٣٥
Qaala sanashuddu `adudaka bi akheeka wa naj`alu lakumaa sultaanan falaa yasiloona ilaikumaa; bi Aayaatinaa antumaa wa manit taba`akumal ghaaliboon
(अल्लाहले) भन्योः हामीले तिम्रो भाइको साथै तिम्रो हातलाई बलियो पार्नेछौं र तिमी दुवैलाई शक्ति प्रदान गर्नेछौं, हाम्रो निशनीहरूको कारणले उनीहरू तिमीसम्म पुग्न सक्ने छैनन् । तिमी र तिम्रा अनुयायीहरू नै अधिपत्य पाउनेछौ ।
🎤 तपाईंको रेकर्डिङ:
28:36
🔁 0/5
فَلَمَّا جَآءَهُم مُّوسَىٰ بِـَٔايَٰتِنَا بَيِّنَٰتٍ قَالُواْ مَا هَٰذَآ إِلَّا سِحۡرٌ مُّفۡتَرًى وَمَا سَمِعۡنَا بِهَٰذَا فِيٓ ءَابَآئِنَا ٱلۡأَوَّلِينَ ٣٦
Falammaa jaaa`ahum Moosaa bi Aayaatinaa baiyinaatin qaaloo maa haazaaa illaa sihrum muftaranw wa maa sami`naa bihaazaa feee aabaaa`inal awwaleen
यसरी जब ‘‘मूसा’’ उनको पासमा हाम्रा स्पष्ट निशानीहरू लिएर गए, तब उनीहरू भन्नथाले कि यो त बनावटी जादू हो, र यी (कुराहरू) हामीले आफ्नो बाबुबाजेको समयमा पनि कहिल्यै सुनेनौं ।
🎤 तपाईंको रेकर्डिङ:
28:37
🔁 0/5
وَقَالَ مُوسَىٰ رَبِّيٓ أَعۡلَمُ بِمَن جَآءَ بِٱلۡهُدَىٰ مِنۡ عِندِهِۦ وَمَن تَكُونُ لَهُۥ عَٰقِبَةُ ٱلدَّارِۚ إِنَّهُۥ لَا يُفۡلِحُ ٱلظَّٰلِمُونَ ٣٧
Wa qaala Moosaa Rabbeee a`alamu biman jaaa`a bilhudaa min `indihee wa man takoonu lahoo `aaqibatud daari innahoo laa yuflihuz zaalimoon
मूसाले भने कि मेरो पालनहारले त्यस व्यक्तिलाई राम्ररी जान्दछ जसले उसकहाँबाट मार्गदर्शन लिएर आएको छ र जसको लागि अन्तिम दिन राम्रो परिणाम हुनेछ । निश्चय नै अत्याचारीहरूको भलो हुनेछैन ।
🎤 तपाईंको रेकर्डिङ:
28:38
🔁 0/5
وَقَالَ فِرۡعَوۡنُ يَٰٓأَيُّهَا ٱلۡمَلَأُ مَا عَلِمۡتُ لَكُم مِّنۡ إِلَٰهٍ غَيۡرِي فَأَوۡقِدۡ لِي يَٰهَٰمَٰنُ عَلَى ٱلطِّينِ فَٱجۡعَل لِّي صَرۡحًا لَّعَلِّيٓ أَطَّلِعُ إِلَىٰٓ إِلَٰهِ مُوسَىٰ وَإِنِّي لَأَظُنُّهُۥ مِنَ ٱلۡكَٰذِبِينَ ٣٨
Wa qaala Fir`awnu yaaa aiyuhal mala-u maa `alimtu lakum min ilaahin ghairee fa awqid lee yaa Haamaanu `alatteeni faj`al lee sarhal la`alleee attali`u ilaaa ilaahi Moosaa wa innee la azunnuhoo minal kaazibeen
फिरऔनले भन्यो हे दरबारीयाहरू ! म त तिम्रो लागि आफू बाहेक कसैलाई रब (पालनकर्ता) जान्दिन, तसर्थ हे हामान ! मेरो निम्ति माटोलाई आगोबाट पोलेर त्यसबाट एउटा महल बनाऊ, ताकि म (त्यसबाट) मूसाको पालनकर्तातिर हेर्न सकूँ र म त यसलाई असत्य नै ठान्दैछु ।
🎤 तपाईंको रेकर्डिङ:
28:39
🔁 0/5
وَٱسۡتَكۡبَرَ هُوَ وَجُنُودُهُۥ فِي ٱلۡأَرۡضِ بِغَيۡرِ ٱلۡحَقِّ وَظَنُّوٓاْ أَنَّهُمۡ إِلَيۡنَا لَا يُرۡجَعُونَ ٣٩
Wastakbara huwa wa junooduhoo fil ardi bighairil haqqi wa zannooo annahum ilainaa laa yurja`oon
उसले र उसको सेनाहरूले धरतीमा अनावश्यक घमण्ड गरे, र ठाने कि उनीहरूलाई हामीतिर फर्कनु छैन ।
🎤 तपाईंको रेकर्डिङ:
28:40
🔁 0/5
فَأَخَذۡنَٰهُ وَجُنُودَهُۥ فَنَبَذۡنَٰهُمۡ فِي ٱلۡيَمِّۖ فَٱنظُرۡ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلظَّٰلِمِينَ ٤٠
Fa akhaznaahu wa junoo dahoo fanabaznaahum fil yammi fanzur kaifa kaana `aaqibatuz zaalimeen
अन्ततः हामीले उसलाई र उसको सेनाहरूलाई समातिहाल्यौं र उनीहरूलाई गहिरो पानीमा फ्याँकिदियौं । अब हेरिहाल कि अत्याचारीहरूको कस्तो परिणाम भयो ।
🎤 तपाईंको रेकर्डिङ:
28:41
🔁 0/5
وَجَعَلۡنَٰهُمۡ أَئِمَّةً يَدۡعُونَ إِلَى ٱلنَّارِۖ وَيَوۡمَ ٱلۡقِيَٰمَةِ لَا يُنصَرُونَ ٤١
Wa ja`alnaahum a`immatany yad`oona ilan Naari wa Yawmal Qiyaamati laa yunsaroon
र हामीले उनीहरूलाई आगोतिर आह्वान गर्ने अगुवा बनाइदियौं र कियामतको दिन उनीहरूलाई कुनै सहायता प्राप्त हुनेछैन ।
🎤 तपाईंको रेकर्डिङ:
28:42
🔁 0/5
وَأَتۡبَعۡنَٰهُمۡ فِي هَٰذِهِ ٱلدُّنۡيَا لَعۡنَةًۖ وَيَوۡمَ ٱلۡقِيَٰمَةِ هُم مِّنَ ٱلۡمَقۡبُوحِينَ ٤٢
Wa atba`naahum fee haazihid dunyaa la`natanw wa Yawmal Qiyaamati hum minal maqbooheen
र हामीले यस संसारमा पनि उनको पछाडि़ एउटा अभिशाप लगाइदियौँ र कियामतको दिन पनि उनी तिरस्कृत हुनेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
28:43
🔁 0/5
وَلَقَدۡ ءَاتَيۡنَا مُوسَى ٱلۡكِتَٰبَ مِنۢ بَعۡدِ مَآ أَهۡلَكۡنَا ٱلۡقُرُونَ ٱلۡأُولَىٰ بَصَآئِرَ لِلنَّاسِ وَهُدًى وَرَحۡمَةً لَّعَلَّهُمۡ يَتَذَكَّرُونَ ٤٣
Wa laqad aatainaa Moosal Kitaaba mim ba`di maaa ahlaknal quroonal oolaa basaaa`ira linnaasi wa hudanw wa rahmatal la`allahum yata zakkkaroon
र पहिलाका जातिहरूलाई नष्ट गरिसकेपछि हामीले ‘‘मूसालाई’’ यस्तो किताब (तौरेत) प्रदान गर्यौं, जुन मानिसहरूको निम्ति मार्गदर्शन र दयास्वरूप भएर आएको थियो । ताकि तिनीहरूले शिक्षा प्राप्त गरुन् ।
🎤 तपाईंको रेकर्डिङ:
28:44
🔁 0/5
وَمَا كُنتَ بِجَانِبِ ٱلۡغَرۡبِيِّ إِذۡ قَضَيۡنَآ إِلَىٰ مُوسَى ٱلۡأَمۡرَ وَمَا كُنتَ مِنَ ٱلشَّٰهِدِينَ ٤٤
Wa maa kunta bijaanibil gharbiyyi iz qadainaaa ilaa Moosal amra wa maa kunta minash shaahideen
र जब हामीले ‘‘मूसातिर’’ (धर्मका) आदेश पठायौँ, तब तिमी (हे मुहम्मद) पश्चिमतिर थिएनौँ र नत तिमी देख्नेहरूमध्येको थियौ ।
🎤 तपाईंको रेकर्डिङ:
28:45
🔁 0/5
وَلَٰكِنَّآ أَنشَأۡنَا قُرُونًا فَتَطَاوَلَ عَلَيۡهِمُ ٱلۡعُمُرُۚ وَمَا كُنتَ ثَاوِيًا فِيٓ أَهۡلِ مَدۡيَنَ تَتۡلُواْ عَلَيۡهِمۡ ءَايَٰتِنَا وَلَٰكِنَّا كُنَّا مُرۡسِلِينَ ٤٥
Wa laakinnaa anshaanaa quroonan fatataawala `alaihimul `umur; wa maa kunta saawiyan feee ahli Madyana tatloo `alaihim Aayaatinaa wa laakinnaa kunnaa mursileen
तर हामीले (मूसापछि) कैयन् समूदायहरूको सृष्टि गर्यौं र उनीमाथि धेरै समय बित्यो । र न तिमी ‘‘मदयनवालाहरू’’ मध्येबाट थियौ कि तिनीहरूको समक्ष हाम्रो आयतहरू पढेर सुनाऔ । अपितु हामीले नै त पैगम्बरहरू पठाउनेवाला हौं ।
🎤 तपाईंको रेकर्डिङ:
28:46
🔁 0/5
وَمَا كُنتَ بِجَانِبِ ٱلطُّورِ إِذۡ نَادَيۡنَا وَلَٰكِن رَّحۡمَةً مِّن رَّبِّكَ لِتُنذِرَ قَوۡمًا مَّآ أَتَىٰهُم مِّن نَّذِيرٍ مِّن قَبۡلِكَ لَعَلَّهُمۡ يَتَذَكَّرُونَ ٤٦
Wa maa kunta bijaanibit Toori iz naadainaa wa laakir rahmatam mir Rabbika litunzira qawmam maaa ataahum min nazeerim min qablika la`allahum yatazakkaroon
र नत तिमी तूरपर्वतको पासमा उपस्थित थियौ, जब हामीले आवाज दियौं । किन्तु यो तिम्रो पालनहारको तर्फबाट एउटा दयालुता हो, ताकि तिमीले त्यस्ता मानिसहरूलाई सचेत गरिहाल, जसको पासमा तिमीभन्दा अगाडि़को कोही सचेत गर्नेवाला आएन, आश्चर्य छैन कि उनीहरूले उपदेश हासिल गरुन् ।
🎤 तपाईंको रेकर्डिङ:
28:47
🔁 0/5
وَلَوۡلَآ أَن تُصِيبَهُم مُّصِيبَةُۢ بِمَا قَدَّمَتۡ أَيۡدِيهِمۡ فَيَقُولُواْ رَبَّنَا لَوۡلَآ أَرۡسَلۡتَ إِلَيۡنَا رَسُولًا فَنَتَّبِعَ ءَايَٰتِكَ وَنَكُونَ مِنَ ٱلۡمُؤۡمِنِينَ ٤٧
Wa law laaa an tuseebahum museebatum bimaa qaddamat aideehim fa yaqooloo Rabbanaa law laaa arsalta ilainaa Rasoolan fanattabi`a Aayaatika wa nakoona minal mu`mineen
यदि उनीहरूले आफ्नै हातबाट आफ्नो अगाडीका कर्मलाई पठाएको कारण कुनै विपत्तिमा पर्ने कुरा नभएको भए उनीहरूले भन्ने थिए कि, हे पालनकर्ता ! तिमीले हामीतिर कुनै पैगम्बर किन पठाएनौ ? ताकि हामी तिम्रा आयतहरूको अनुशरण गथ्र्यौं र ईमानवालामध्ये हुन्थ्यौँ ।
🎤 तपाईंको रेकर्डिङ:
28:48
🔁 0/5
فَلَمَّا جَآءَهُمُ ٱلۡحَقُّ مِنۡ عِندِنَا قَالُواْ لَوۡلَآ أُوتِيَ مِثۡلَ مَآ أُوتِيَ مُوسَىٰٓۚ أَوَلَمۡ يَكۡفُرُواْ بِمَآ أُوتِيَ مُوسَىٰ مِن قَبۡلُۖ قَالُواْ سِحۡرَانِ تَظَٰهَرَا وَقَالُوٓاْ إِنَّا بِكُلٍّ كَٰفِرُونَ ٤٨
Falammaa jaaa`ahumul haqqu min `indinaa qaaloo law laa ootiya misla maaa ootiyaa Moosaa; awalam yakfuroo bimaaa ootiya Moosaa min qablu qaaloo sihraani tazaaharaa wa qaalooo innaa bikullin kaafiroon
अनि जब उनीहरूको पासमा हामीकहाँबाट सत्य आइपुग्यो त उनीहरू भन्न थालेः कि जुन कुरो मूसालाई प्राप्त भएको थियो, त्यस्तो किन प्राप्त भएन ? त के जुन अघि मूसालाई दिइएको थियो, उनीहरूले त्यसमा कुफ्र गरेनन् ? स्पष्ट भनेका थिए कि यी दुवै जादूगर हुन् जुन एक अर्काको सहायता गर्दछन् र हामी त यिनीलाई इन्कार गर्दछौँ ।
🎤 तपाईंको रेकर्डिङ:
28:49
🔁 0/5
قُلۡ فَأۡتُواْ بِكِتَٰبٍ مِّنۡ عِندِ ٱللَّهِ هُوَ أَهۡدَىٰ مِنۡهُمَآ أَتَّبِعۡهُ إِن كُنتُمۡ صَٰدِقِينَ ٤٩
Qul faatoo bi Kitaabim min `indil laahi huwa ahdaa minhu maaa attabi`hu in kuntum saadiqeen
भनिदिनुस्ः कि यदि तिमी साँचो हौ भने तिमीले पनि अल्लाहको तर्फबाट कुनै यस्तो किताब ल्याऊ, जुन यी दुवैभन्दा बढी मार्गदर्शन गर्नेवाला होस्, ताकि म पनि उसैको अनुयायी बनूँ ।
🎤 तपाईंको रेकर्डिङ:
28:50
🔁 0/5
فَإِن لَّمۡ يَسۡتَجِيبُواْ لَكَ فَٱعۡلَمۡ أَنَّمَا يَتَّبِعُونَ أَهۡوَآءَهُمۡۚ وَمَنۡ أَضَلُّ مِمَّنِ ٱتَّبَعَ هَوَىٰهُ بِغَيۡرِ هُدًى مِّنَ ٱللَّهِۚ إِنَّ ٱللَّهَ لَا يَهۡدِي ٱلۡقَوۡمَ ٱلظَّٰلِمِينَ ٥٠
Fa il lam yastajeeboo laka fa`lam annamaa yattabi`oona ahwaaa`ahum; w aman adallu mimmanit taba`a hawaahu bighari hudam minal laah; innal laaha laa yahdil qawmaz zaalimeen
अनि यदि यिनीहरूले तिम्रो कुरा स्वीकार गर्दैनन् भने तिमीले यो विश्वास गर कि यिनीहरू मात्र आफ्ना इच्छाहरूको अनुशरण गर्दैछन् र उसभन्दा धेरै मार्गविचलित को हुन्सक्छ ? जसले अल्लाहको मार्गदर्शन छोडेर आफ्नो इच्छाकोपछि हिंडेको छ । निःसन्देह अल्लाहले अत्याचारीहरूलाई मार्गदर्शन गर्दैन ।
🎤 तपाईंको रेकर्डिङ:
28:51
🔁 0/5
۞ وَلَقَدۡ وَصَّلۡنَا لَهُمُ ٱلۡقَوۡلَ لَعَلَّهُمۡ يَتَذَكَّرُونَ ٥١
Wa laqad wassalnaa lahumul qawla la`allahum yatazakkaroon
र हामीले एकपछि अर्काे निरन्तररूपले उनीहरूको मार्गदर्शनको लागि आफ्ना कुराहरू (वाणी) पठाउँदै गरेका हौं, ताकि शिक्षा हासिल गरुन् ।
🎤 तपाईंको रेकर्डिङ:
28:52
🔁 0/5
ٱلَّذِينَ ءَاتَيۡنَٰهُمُ ٱلۡكِتَٰبَ مِن قَبۡلِهِۦ هُم بِهِۦ يُؤۡمِنُونَ ٥٢
Allazeena aatainaahu mul Kitaaba min qablihee hum bihee yu`minoon
जुन मानिसहरूलाई हामीले यसभन्दा अगाडि़ किताब प्रदान गरेका थियौं, उनीहरूले त यसमाथि पनि विश्वास गर्दछन् ।
🎤 तपाईंको रेकर्डिङ:
28:53
🔁 0/5
وَإِذَا يُتۡلَىٰ عَلَيۡهِمۡ قَالُوٓاْ ءَامَنَّا بِهِۦٓ إِنَّهُ ٱلۡحَقُّ مِن رَّبِّنَآ إِنَّا كُنَّا مِن قَبۡلِهِۦ مُسۡلِمِينَ ٥٣
Wa izaa yutlaa `alaihim qaaloo aamannaa biheee innahul haqqu mir rabbinaaa innaa kunnaa min qablihee muslimeen
र जब यसका आयतहरू उनीहरूलाई पढेर सुनाइन्छ तब भन्दछन्ः कि हामीले यसमा आस्था राख्दछौं । निश्चय नै यो सत्य छ, हाम्रो पालनकर्ताको तर्फबाट हो । हामी त यसभन्दा अगाडि़देखि नै आज्ञाकारी हौं ।
🎤 तपाईंको रेकर्डिङ:
28:54
🔁 0/5
أُوْلَٰٓئِكَ يُؤۡتَوۡنَ أَجۡرَهُم مَّرَّتَيۡنِ بِمَا صَبَرُواْ وَيَدۡرَءُونَ بِٱلۡحَسَنَةِ ٱلسَّيِّئَةَ وَمِمَّا رَزَقۡنَٰهُمۡ يُنفِقُونَ ٥٤
Ulaaa`ika yu`tawna ajrahum marratayni bimaa sabaroo wa yadra`oona bil hasanatis saiyi`ata wa mimmmaa razaq naahum yunfiqoon
यी मानिसलाई यिनीहरूले गरेको संयमको दुईगुणा प्रतिफल दिइनेछ । किनभने यिनीहरूले असल कर्मबाट नराम्रो कुरालाई हटाउँदै गर्दछन् र जुन हामीले उनीहरूलाई दिएका छौं, त्यसबाट दान गर्ने गर्दछन् ।
🎤 तपाईंको रेकर्डिङ:
28:55
🔁 0/5
وَإِذَا سَمِعُواْ ٱللَّغۡوَ أَعۡرَضُواْ عَنۡهُ وَقَالُواْ لَنَآ أَعۡمَٰلُنَا وَلَكُمۡ أَعۡمَٰلُكُمۡ سَلَٰمٌ عَلَيۡكُمۡ لَا نَبۡتَغِي ٱلۡجَٰهِلِينَ ٥٥
Wa izaa sami`ul laghwa a`radoo `anhu wa qaaloo lanaaa a`maalunaa wa lakum a`maalukum salaamun `alaikum laa nabtaghil jaahileen
र जब उनीहरूले व्यर्थको कुरा सुन्दछन् तब त्यसबाट अलग भइहाल्छन् र भन्दछन् कि हाम्रो निम्ति हाम्रा कर्महरू छन् र तिम्रा निम्ति तिम्रा कर्महरू छन् । तिमीलाई सलाम (शान्ति) होस्, हामीले अज्ञानहरूसंग विवाद गर्न चाहँदैनौं ।
🎤 तपाईंको रेकर्डिङ:
28:56
🔁 0/5
إِنَّكَ لَا تَهۡدِي مَنۡ أَحۡبَبۡتَ وَلَٰكِنَّ ٱللَّهَ يَهۡدِي مَن يَشَآءُۚ وَهُوَ أَعۡلَمُ بِٱلۡمُهۡتَدِينَ ٥٦
Innaka laa tahdee man ahbata wa laakinna laaha yahdee mai yashaaa`; wa Huwaa`lamu bilmuhtadeen
(हे मुहम्मद !) तपाई आफूले चाहेको व्यक्तिलाई मार्गदर्शन गर्न सक्दैनौ तर अल्लाहले जसलाई चाहन्छ, मार्गदर्शन गर्दछ, र उसले मार्गदर्शन पाउनेहरूलाई राम्ररी जान्दछ ।
🎤 तपाईंको रेकर्डिङ:
28:57
🔁 0/5
وَقَالُوٓاْ إِن نَّتَّبِعِ ٱلۡهُدَىٰ مَعَكَ نُتَخَطَّفۡ مِنۡ أَرۡضِنَآۚ أَوَلَمۡ نُمَكِّن لَّهُمۡ حَرَمًا ءَامِنًا يُجۡبَىٰٓ إِلَيۡهِ ثَمَرَٰتُ كُلِّ شَيۡءٍ رِّزۡقًا مِّن لَّدُنَّا وَلَٰكِنَّ أَكۡثَرَهُمۡ لَا يَعۡلَمُونَ ٥٧
Wa qaalooo in nattabi`il hudaa ma`aka nutakhattaf min ardinaa; awalam numakkkil lahum haraman aaminany yujbaaa ilaihi samaraatu kulli shai`ir rizqam mil ladunnaa wa laakinna aksarahum laa ya`lamoon
उनीहरूले भन्दछन्ः कि यदि हामी तपाईको साथमा यस मार्गदर्शनको अनुशरण गर्दछौं भने आफ्नो भू–भागबाट अपहरित गरिहालिनेछौं । के खतराहरूबाट सुरक्षित शन्तिपूर्ण हरम (मक्का) मा हामीले उनीहरूलाई शरण दिएनौं, जहाँ हरेक प्रकारको जीविका पुर्याइन्छ र यो जीविका हाम्रो तर्फबाट हो, तर उनीहरूमध्ये धेरैले बुझ्दैनन् ।
🎤 तपाईंको रेकर्डिङ:
28:58
🔁 0/5
وَكَمۡ أَهۡلَكۡنَا مِن قَرۡيَةِۭ بَطِرَتۡ مَعِيشَتَهَاۖ فَتِلۡكَ مَسَٰكِنُهُمۡ لَمۡ تُسۡكَن مِّنۢ بَعۡدِهِمۡ إِلَّا قَلِيلًاۖ وَكُنَّا نَحۡنُ ٱلۡوَٰرِثِينَ ٥٨
Wa kam ahlaknaa min qaryatim batirat ma`eeshatahaa fatilka masaainuhum lam tuskam mim ba`dihim illaa qaleelaa; wa kunnaa Nahnul waariseen
र हामीले धेरै त्यस्ता बस्तीहरूलाई नष्ट गरिहाल्यौं, जसले आफ्नो मौज मस्तीमा घमण्ड गर्न लागेका थिए । यी तिनीहरूका बस्ने घर हुन् जो उनी पश्चात् अति थोरै आबाद हुनसके र अन्ततः हामी नै हौं सबैको स्वामी ।
🎤 तपाईंको रेकर्डिङ:
28:59
🔁 0/5
وَمَا كَانَ رَبُّكَ مُهۡلِكَ ٱلۡقُرَىٰ حَتَّىٰ يَبۡعَثَ فِيٓ أُمِّهَا رَسُولًا يَتۡلُواْ عَلَيۡهِمۡ ءَايَٰتِنَاۚ وَمَا كُنَّا مُهۡلِكِي ٱلۡقُرَىٰٓ إِلَّا وَأَهۡلُهَا ظَٰلِمُونَ ٥٩
Wa maa kaana Rabbuka muhlikal quraa hattaa yab`asa feee ummihaa Rasoolany yatloo `alaihim aayaatina; wa maa kunnaa muhlikil quraaa illaa wa ahluhaa zaalimoon
र तपाईको पालनकर्ताले कुनै बस्तीलाई नष्ट गर्दैन जबसम्मकि उनको कुनै ठूलो बस्तीमा कुनै संदेष्टा नपठाइहालोस्, जसले उनीहरूलाई हाम्रा आयतहरू पढेर सुनाओस् र हामीले बस्तीहरूलाई त्यसै बेला नष्ट गर्दछौं, जबकि त्यहाँका बासिन्दाहरू अत्याचारी नै भइहालुन् ।
🎤 तपाईंको रेकर्डिङ:
28:60
🔁 0/5
وَمَآ أُوتِيتُم مِّن شَيۡءٍ فَمَتَٰعُ ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا وَزِينَتُهَاۚ وَمَا عِندَ ٱللَّهِ خَيۡرٌ وَأَبۡقَىٰٓۚ أَفَلَا تَعۡقِلُونَ ٦٠
Wa maaa ooteetum min shai`in famataa`ul hayaatid dunyaa wa zeenatuhaa; wa maa `indal laahi khairunw wa abqaa; afalaa ta`qiloon
र तिमीलाई जे जति प्रदान गरिएको छ त्यो त सांसारिक जीवनको सामग्री र त्यसको शोभा मात्र हो । र जे जति अल्लाहको पासमा छ त्यो उत्तम र दीर्घकालसम्म रहनेवाला छ । के तिमीले बुझ्दैनौ
🎤 तपाईंको रेकर्डिङ:
28:61
🔁 0/5
أَفَمَن وَعَدۡنَٰهُ وَعۡدًا حَسَنًا فَهُوَ لَٰقِيهِ كَمَن مَّتَّعۡنَٰهُ مَتَٰعَ ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا ثُمَّ هُوَ يَوۡمَ ٱلۡقِيَٰمَةِ مِنَ ٱلۡمُحۡضَرِينَ ٦١
Afamanw wa`adnaahu wa`dan hasanan fahuwa laaqeehi kamam matta`naahu mataa`al hayaatid dunyaa summa huwa Yawmal Qiyaamati minal muhdareen
के त्यो व्यक्ति जोसँग हामीले राम्रो वाचा गरेका छौं र त्यसलाई उसले प्राप्त पनि गर्नेवाला छ, त्यस मानिस सरह हुनसक्छ जसलाई हामीले मात्र सांसारिक जीवनका सामग्री प्रदान गरेका छौं ? अनि त्यो कियामतको दिन (समातिएर) पेश गरिनेछ ।
🎤 तपाईंको रेकर्डिङ:
28:62
🔁 0/5
وَيَوۡمَ يُنَادِيهِمۡ فَيَقُولُ أَيۡنَ شُرَكَآءِيَ ٱلَّذِينَ كُنتُمۡ تَزۡعُمُونَ ٦٢
Wa Yawma yunaadeehim fa-yaqoolu aina shurakaaa `iyal lazeena kuntum taz`umoon
र जुन दिन अल्लाहले उनीहरूलाई बोलाएर सोध्नेछ, कि तिमीहरू आफूले ठानेको मेरा साझेदारहरू कहाँ छन्
🎤 तपाईंको रेकर्डिङ:
28:63
🔁 0/5
قَالَ ٱلَّذِينَ حَقَّ عَلَيۡهِمُ ٱلۡقَوۡلُ رَبَّنَا هَٰٓؤُلَآءِ ٱلَّذِينَ أَغۡوَيۡنَآ أَغۡوَيۡنَٰهُمۡ كَمَا غَوَيۡنَاۖ تَبَرَّأۡنَآ إِلَيۡكَۖ مَا كَانُوٓاْ إِيَّانَا يَعۡبُدُونَ ٦٣
Qaalal lazeena haqqa `alaihimul qawlu Rabbanaa haaa`ulaaa`il lazeena aghwainaa aghwainaahu kamaa ghawainaa tabarraanaaa ilaika maa kaanoo iyyaanaa ya`budoon
जुन मानिसहरूमाथि आदेश प्रमाणित भइसकेको हुनेछ, उनीहरूले जवाफ दिने छन्ः कि हे हाम्रो पालनकर्ता ! यी तीनै हुन्, जसलाई हामीले मार्गविचलित गरेका थियौं । हामी त्यस्तै उनीहरूलाई पथविचलित गरेका थिएँ जसरी हामी आफै पथभ्रष्ट थियौं । हामीले तिम्रो सम्मुख आफ्नो कुरा स्पष्ट गरिदियौं, कि यिनीहरूसित हाम्रो कुनै सम्बन्ध छैन र यिनीहरूले हामीलाई पूजा गर्दैनथे ।
🎤 तपाईंको रेकर्डिङ:
28:64
🔁 0/5
وَقِيلَ ٱدۡعُواْ شُرَكَآءَكُمۡ فَدَعَوۡهُمۡ فَلَمۡ يَسۡتَجِيبُواْ لَهُمۡ وَرَأَوُاْ ٱلۡعَذَابَۚ لَوۡ أَنَّهُمۡ كَانُواْ يَهۡتَدُونَ ٦٤
Wa qeelad `oo shurakaaa`akum fada`awhum falam yastajeeboo lahum wa ra awul `azaab; law annahum kaanoo yahtadoon
र भनिनेछः कि आफ्ना साझेदारहरूलाई बोलाऊ, उनीहरूले तिनीहरूलाई बोलाउनेछन् तर तिनीहरूले उनीहरूको कुनै उत्तर दिने छैनन् र सबै सजाय देख्नेछन्, यिनीहरूले मार्गदर्शन प्राप्त भएको भए कति राम्रो हुने थियो ।
🎤 तपाईंको रेकर्डिङ:
28:65
🔁 0/5
وَيَوۡمَ يُنَادِيهِمۡ فَيَقُولُ مَاذَآ أَجَبۡتُمُ ٱلۡمُرۡسَلِينَ ٦٥
Wa Yawma yunaadeehim fa yaqoolu maazaaa ajabtumul mursaleen
र जुन दिन उनीहरूलाई बोलाएर सोध्नेछः कि तिमीहरूले पैगम्बरहरूलाई के जवाफ दियौ
🎤 तपाईंको रेकर्डिङ:
28:66
🔁 0/5
فَعَمِيَتۡ عَلَيۡهِمُ ٱلۡأَنۢبَآءُ يَوۡمَئِذٍ فَهُمۡ لَا يَتَسَآءَلُونَ ٦٦
Fa`amiyat `alaihimul ambaaa`u Yawma`izin fahum laa yatasaaa`aloon
त्यस दिन उनीहरूले कुनैतर्क गर्नसक्ने छैनन्, अनि उनीहरू आपसमा पनि सोधपूछ गर्ने छैनन् ।
🎤 तपाईंको रेकर्डिङ:
28:67
🔁 0/5
فَأَمَّا مَن تَابَ وَءَامَنَ وَعَمِلَ صَٰلِحًا فَعَسَىٰٓ أَن يَكُونَ مِنَ ٱلۡمُفۡلِحِينَ ٦٧
Fa ammaa man taaba wa aamana wa `amila saalihan fa`asaaa ai yakoona minal mufliheen
हो, जसले तौबा गरिहाल्यो र ईमान ल्यायो र असल कर्म गर्यो त निश्चित छ कि त्यो मुक्ति पाउनेहरूमध्येको हुनेछ ।
🎤 तपाईंको रेकर्डिङ:
28:68
🔁 0/5
وَرَبُّكَ يَخۡلُقُ مَا يَشَآءُ وَيَخۡتَارُۗ مَا كَانَ لَهُمُ ٱلۡخِيَرَةُۚ سُبۡحَٰنَ ٱللَّهِ وَتَعَٰلَىٰ عَمَّا يُشۡرِكُونَ ٦٨
Wa Rabbuka yakhuluqu maa yashaaa`u wa yakhtaar; maa kaana lahumul khiyarah; Subhannal laahi wa Ta`aalaa `ammmaa yushrikoon
र तपाईको पालनकर्ताले जे चाहन्छ, सृष्टि गर्दछ र जसलाई चाहन्छ रोज्दछ । उनीहरूमध्ये कसैलाई कुनै अधिकार प्राप्त छैन । अल्लाहकै लागि पवित्रता छ, ऊ ती सबैभन्दा महान र उच्च छ, जसलाई उनीहरूले साझेदार मान्दछन् ।
🎤 तपाईंको रेकर्डिङ:
28:69
🔁 0/5
وَرَبُّكَ يَعۡلَمُ مَا تُكِنُّ صُدُورُهُمۡ وَمَا يُعۡلِنُونَ ٦٩
Wa Rabbuka ya`lamu maa tukinnu sudooruhum wa maa yu`linoon
तपाईको पालनकर्ताले त्यो सबै जान्दछ, जुन उनीहरूका मनमा लुकेका हुन्छन् र जे जति उनीहरूले बाहिर व्यक्त गर्दछन्
🎤 तपाईंको रेकर्डिङ:
28:70
🔁 0/5
وَهُوَ ٱللَّهُ لَآ إِلَٰهَ إِلَّا هُوَۖ لَهُ ٱلۡحَمۡدُ فِي ٱلۡأُولَىٰ وَٱلۡأٓخِرَةِۖ وَلَهُ ٱلۡحُكۡمُ وَإِلَيۡهِ تُرۡجَعُونَ ٧٠
Wa Huwal laahu laaa ilaaha illaa Huwa lahul hamdu fil oolaa wal Aakhirati wa lahul hukmu wa ilaihi turja`oon
उही अल्लाह हो, उसबाहेक कोही पूजाको योग्य छैन । यस संसार र परलोकमा सम्पूर्ण प्रशंसा उसैको लागि छ । र उही सर्वाधिपति हो र उसैतिर तिमीहरू फर्केर जानेछौ ।
🎤 तपाईंको रेकर्डिङ:
28:71
🔁 0/5
قُلۡ أَرَءَيۡتُمۡ إِن جَعَلَ ٱللَّهُ عَلَيۡكُمُ ٱلَّيۡلَ سَرۡمَدًا إِلَىٰ يَوۡمِ ٱلۡقِيَٰمَةِ مَنۡ إِلَٰهٌ غَيۡرُ ٱللَّهِ يَأۡتِيكُم بِضِيَآءٍۚ أَفَلَا تَسۡمَعُونَ ٧١
Qul ara`aitum in ja`alal laahu `alaikumul laila sarmadan ilaa Yawmil Qiyaamati man ilaahun ghairul laahi yaa teekum bidiyaaa`in afalaa tasma`oon
भन्नुस्ः कि तिमीले विचार त गर कि यदि अल्लाहले कियामतको दिनसम्म सधैंको लागि तिमीलाई अँध्यारो गरिदियो भने अल्लाह बाहेक अर्को कोही पूजनीय छ, जसले तिमीलाई दिनको प्रकाश ल्याइदिनेछ, के तिमी सुन्दैनौ
🎤 तपाईंको रेकर्डिङ:
28:72
🔁 0/5
قُلۡ أَرَءَيۡتُمۡ إِن جَعَلَ ٱللَّهُ عَلَيۡكُمُ ٱلنَّهَارَ سَرۡمَدًا إِلَىٰ يَوۡمِ ٱلۡقِيَٰمَةِ مَنۡ إِلَٰهٌ غَيۡرُ ٱللَّهِ يَأۡتِيكُم بِلَيۡلٍ تَسۡكُنُونَ فِيهِۚ أَفَلَا تُبۡصِرُونَ ٧٢
Qul ara`aitum in ja`alal laahu `alaikumun nahaara sarmadan ilaa Yawmil Qiyaamati man ilaahun ghairul laahi yaateekum bilailin taskunoona feehi afalaa tubsiroon
भन्नुस्ः कि के तिमीले विचार गर्यौ ? यदि अल्लाहले कियामतको दिनसम्म सधैंको निम्ति तिम्रो लागि दिन गरिदिएको भए के अल्लाह बाहेक अर्को कोही पूजनीय छ जसले तिम्रो निम्ति रात ल्याइदेओस्, जसमा तिमीले विश्राम प्राप्त गर्दछौ ? के तिमी देख्दैनौं
🎤 तपाईंको रेकर्डिङ:
28:73
🔁 0/5
وَمِن رَّحۡمَتِهِۦ جَعَلَ لَكُمُ ٱلَّيۡلَ وَٱلنَّهَارَ لِتَسۡكُنُواْ فِيهِ وَلِتَبۡتَغُواْ مِن فَضۡلِهِۦ وَلَعَلَّكُمۡ تَشۡكُرُونَ ٧٣
Wa mir rahmatihee ja`ala lakumul laila wannahaara litaskunoo feehi wa litabtaghoo min fadlihee wa la`allakum tashkuroon
उसैले त आफ्नो दयालुताले तिम्रो निम्ति रात र दिन बनायो, ताकि तिमीले रातमा विश्राम प्राप्त गर र दिनमा उसले दिएको रोजी (जीविका) खोज, ताकि तिमीले कृतज्ञता व्यक्त गर ।
🎤 तपाईंको रेकर्डिङ:
28:74
🔁 0/5
وَيَوۡمَ يُنَادِيهِمۡ فَيَقُولُ أَيۡنَ شُرَكَآءِيَ ٱلَّذِينَ كُنتُمۡ تَزۡعُمُونَ ٧٤
Wa Yawma yunaadeehim fa yaqoolu aina shurakaaa`iyal lazeena kuntum tazz`umoon
र जुन दिन उसले तिनीहरूलाई बोलाएर सोध्नेछः कि मेरो ती साझेदारहरू, जसको बारेमा तिमीले दावी गथ्र्यौ, कहाँ छन्
🎤 तपाईंको रेकर्डिङ:
28:75
🔁 0/5
وَنَزَعۡنَا مِن كُلِّ أُمَّةٍ شَهِيدًا فَقُلۡنَا هَاتُواْ بُرۡهَٰنَكُمۡ فَعَلِمُوٓاْ أَنَّ ٱلۡحَقَّ لِلَّهِ وَضَلَّ عَنۡهُم مَّا كَانُواْ يَفۡتَرُونَ ٧٥
Wa naza`naa min kulli ummatin shaheedan faqulnaa haatoo burhaanakum fa`alimooo annal haqqa lillaahi wa dalla `anhum maa kaanoo yaftaroon
र हामीले प्रत्येक समुदायहरूबाट एउटा साक्षी निकाल्नेछौं र भन्नेछौं कि आफ्नो प्रमाण प्रस्तुत गर त्यतिखेर उनीहरूले थाहा पाइहाल्नेछन् कि सत्य कुरा अल्लाहकै लागि हो र जे जति उनीहरूले झूठो कुरा रच्दथे, ती सबै उनीहरूबाट हराइहाल्नेछ ।’’
🎤 तपाईंको रेकर्डिङ:
28:76
🔁 0/5
۞ إِنَّ قَٰرُونَ كَانَ مِن قَوۡمِ مُوسَىٰ فَبَغَىٰ عَلَيۡهِمۡۖ وَءَاتَيۡنَٰهُ مِنَ ٱلۡكُنُوزِ مَآ إِنَّ مَفَاتِحَهُۥ لَتَنُوٓأُ بِٱلۡعُصۡبَةِ أُوْلِي ٱلۡقُوَّةِ إِذۡ قَالَ لَهُۥ قَوۡمُهُۥ لَا تَفۡرَحۡۖ إِنَّ ٱللَّهَ لَا يُحِبُّ ٱلۡفَرِحِينَ ٧٦
Inna Qaaroona kaana min qawmi Moosaa fabaghaaa `alaihim wa aatainaahu minal kunoozi maaa inna mafaati hahoo latanooo`u bil`usbati ulil quwwati iz qaala lahoo qawmuhoo laa tafrah innal laahaa laa yuhibbul fariheen
निश्चय नै ‘‘कारून’’ मुसाको कौममध्येको थियो, तर उसले उनको विरुद्ध अत्याचार गर्न थालेको थियो । र हामीले उसलाई यति खजाना दिएका थियौं कि त्यसको साँचोहरू अनेक वलशालीहरूका लागि पनि उचाल्न गाह्रो थियो । एकचोटी जब उससित उसको समूहका मानिसले भने कि उन्मत नहोऊ किनभने अल्लाहले उन्मादीहरूलाई रुचाउँदैनन् ।
🎤 तपाईंको रेकर्डिङ:
28:77
🔁 0/5
وَٱبۡتَغِ فِيمَآ ءَاتَىٰكَ ٱللَّهُ ٱلدَّارَ ٱلۡأٓخِرَةَۖ وَلَا تَنسَ نَصِيبَكَ مِنَ ٱلدُّنۡيَاۖ وَأَحۡسِن كَمَآ أَحۡسَنَ ٱللَّهُ إِلَيۡكَۖ وَلَا تَبۡغِ ٱلۡفَسَادَ فِي ٱلۡأَرۡضِۖ إِنَّ ٱللَّهَ لَا يُحِبُّ ٱلۡمُفۡسِدِينَ ٧٧
Wabtaghi feemaaa aataakal laahud Daaral Aakhirata wa laa tansa naseebaka minad dunyaa wa ahsin kamaaa ahsanal laahu ilaika wa laa tabghil fasaada fil ardi innal laaha laa yuhibbul mufsideen
र जुन (सम्पत्ति) तिमीलाई अल्लाहले प्रदान गरेको छ, त्यसबाट आखिरतको घरको निर्माण गर र संसारिक भाग पनि नबिर्स, र जस्तो कि अल्लाहले तिमीलाई भलो गरेको छ तिमी पनि राम्रो व्यवहार गर र धरतीमा उपद्रव नचाह किनभने अल्लाह उपद्रवीहरूलाई मनपराउँदैन ।
🎤 तपाईंको रेकर्डिङ:
28:78
🔁 0/5
قَالَ إِنَّمَآ أُوتِيتُهُۥ عَلَىٰ عِلۡمٍ عِندِيٓۚ أَوَلَمۡ يَعۡلَمۡ أَنَّ ٱللَّهَ قَدۡ أَهۡلَكَ مِن قَبۡلِهِۦ مِنَ ٱلۡقُرُونِ مَنۡ هُوَ أَشَدُّ مِنۡهُ قُوَّةً وَأَكۡثَرُ جَمۡعًاۚ وَلَا يُسۡـَٔلُ عَن ذُنُوبِهِمُ ٱلۡمُجۡرِمُونَ ٧٨
Qaala innamaaa ootee tuhoo `alaa `ilmin `indeee; awalam ya`lam annal laaha qad ahlaka min qablihee minal qurooni man huwa ashaddu minhu quwwatanw wa aksaru jam`aa; wa laa yus`alu `an zunoobihimul mujrimoon
उसले भन्योः मलाई त यी सबै मेरो आफ्नो व्यक्तिगत ज्ञानको कारण प्राप्त भएको छ । के उसलाई थाहा छैन, कि अल्लाहले उसभन्दा अगाडि कैयन् बस्तीहरूलाई नष्ट गरिसकेको छ, जो शक्तिमा उसभन्दा बढी र उसभन्दा अधिक धन सम्पतिवाला थिए ? र अपराधीहरूसित त उनको अपराधहरूको बारेमा यस्तो बेला सोधपूछ गरिदैन ।
🎤 तपाईंको रेकर्डिङ:
28:79
🔁 0/5
فَخَرَجَ عَلَىٰ قَوۡمِهِۦ فِي زِينَتِهِۦۖ قَالَ ٱلَّذِينَ يُرِيدُونَ ٱلۡحَيَوٰةَ ٱلدُّنۡيَا يَٰلَيۡتَ لَنَا مِثۡلَ مَآ أُوتِيَ قَٰرُونُ إِنَّهُۥ لَذُو حَظٍّ عَظِيمٍ ٧٩
Fakharaja `alaa qawmihee fee zeenatih; qaalal lazeena yureedoonal hayaatad dunyaa yaalaita lanaa misla maaa ootiya Qaaroonu innahoo lazoo hazzin `azeem
अनि कारून आफ्नो कौमको अगाडि पूरै सजधजको साथ निस्क्यो, त सांसारिक जीवन रुचाउनेहरूले भन्नथालेः कि ‘‘कारूनले’’ पाएको जस्तो हामीले पनि पाएको भए राम्रो हुने थियो, यो त बडो भाग्यमानी रहेछ ।
🎤 तपाईंको रेकर्डिङ:
28:80
🔁 0/5
وَقَالَ ٱلَّذِينَ أُوتُواْ ٱلۡعِلۡمَ وَيۡلَكُمۡ ثَوَابُ ٱللَّهِ خَيۡرٌ لِّمَنۡ ءَامَنَ وَعَمِلَ صَٰلِحًاۚ وَلَا يُلَقَّىٰهَآ إِلَّا ٱلصَّٰبِرُونَ ٨٠
Wa qaalal lazeena ootul `ilma wailakum sawaabul laahi khairul liman aamana wa `amila saalihaa; wa laa yulaq qaahaaa illas saabiroon
तर ज्ञानीहरूले तिनीहरूलाई सम्झाउनथाले कि असल मानिसहरूको निम्ति, जसले ईमान ल्याए र असल कर्म गरे अल्लाहकहाँ जुन प्रतिफल छ, त्यो नै राम्रो छ । यो कुरा धैर्यवान्हरूको हृदयमा मात्र स्थापित हुने गर्दछ ।
🎤 तपाईंको रेकर्डिङ:
28:81
🔁 0/5
فَخَسَفۡنَا بِهِۦ وَبِدَارِهِ ٱلۡأَرۡضَ فَمَا كَانَ لَهُۥ مِن فِئَةٍ يَنصُرُونَهُۥ مِن دُونِ ٱللَّهِ وَمَا كَانَ مِنَ ٱلۡمُنتَصِرِينَ ٨١
Fakhasafnaa bihee wa bidaarihil arda famaa kaana laho min fi`atiny yansuroo nahoo min doonil laahi wa maa kaana minal muntasireen
अन्ततः हामीले उसको महलसंगै उसलाई धरतीमा धँसाइदियौं अनि अल्लाह बाहेक कुनै समुदाय उसको मद्दतको लागि तयार हुन सकेन र नत उसले आफ्नो रक्षा आफै गर्न सक्यो ।
🎤 तपाईंको रेकर्डिङ:
28:82
🔁 0/5
وَأَصۡبَحَ ٱلَّذِينَ تَمَنَّوۡاْ مَكَانَهُۥ بِٱلۡأَمۡسِ يَقُولُونَ وَيۡكَأَنَّ ٱللَّهَ يَبۡسُطُ ٱلرِّزۡقَ لِمَن يَشَآءُ مِنۡ عِبَادِهِۦ وَيَقۡدِرُۖ لَوۡلَآ أَن مَّنَّ ٱللَّهُ عَلَيۡنَا لَخَسَفَ بِنَاۖ وَيۡكَأَنَّهُۥ لَا يُفۡلِحُ ٱلۡكَٰفِرُونَ ٨٢
Wa asbahal lazeena tamannaw makaanahoo bil amsi yaqooloona waika annal laaha yabsutur rizqa limany ya shaaa`u min `ibaadihee wa yaqdiru law laaa am mannal laahu `alainaa lakhasafa binaa waika annahoo laa yuflihul kaafiroon
र जुन मानिसहरूले, हिजो उसको स्थान पाउने कामना गरिराखेका थिए, आज भन्न थाले कि के तिमीलाई थाहा छैन, कि अल्लाहले नै आफ्नो भक्तहरूमध्ये जसलाई जीविका प्रशस्त दिन चाहन्छ दिन्छ र जसलाई चाहन्छ सीमित गरिदिन्छ । यदि अल्लाहले हामीमाथि उपकार नगरेको भए त हामीलाई पनि धँसाइदिने थियो । के तिमीलाई थाहा छैन, कि कृतध्नहरू कहिल्यै सफल हुँदैनन् ।
🎤 तपाईंको रेकर्डिङ:
28:83
🔁 0/5
تِلۡكَ ٱلدَّارُ ٱلۡأٓخِرَةُ نَجۡعَلُهَا لِلَّذِينَ لَا يُرِيدُونَ عُلُوًّا فِي ٱلۡأَرۡضِ وَلَا فَسَادًاۚ وَٱلۡعَٰقِبَةُ لِلۡمُتَّقِينَ ٨٣
Tilkad Daarul Aakhiratu naj`aluhaa lillazeena laa yureedoona `uluwwan fil ardi wa laa fasaadaa; wal `aaqibatu lilmuttaqeen
त्यो आखिरतको राम्रो घर हामीले ती मानिसहरूको निम्ति तयार गरेका छौं, जसले धरतीमा आफूलाई ठूलो देखाउने काम तथा उपद्रव र घमण्ड गर्दैनन् संयमीहरूको लागि अत्यन्त राम्रो परिणाम छ ।
🎤 तपाईंको रेकर्डिङ:
28:84
🔁 0/5
مَن جَآءَ بِٱلۡحَسَنَةِ فَلَهُۥ خَيۡرٌ مِّنۡهَاۖ وَمَن جَآءَ بِٱلسَّيِّئَةِ فَلَا يُجۡزَى ٱلَّذِينَ عَمِلُواْ ٱلسَّيِّـَٔاتِ إِلَّا مَا كَانُواْ يَعۡمَلُونَ ٨٤
Man jaaa`a bilhasanati falahoo khairum minhaa wa man jaaa`a bissaiyi`ati falaa yujzal lazeena `amilus saiyiaati illaa maa kaanoo ya`maloon
जुन मानिसले सत्कर्म लिएर आउँनेछ त्यसले त्यसभन्दा उत्तम प्राप्त गर्नेछ र जसले कुकर्म लिएर आउँनेछ त दुष्कर्म गर्नेहरूलाई त त्यसैको बदला प्राप्त हुनेछ, जुन तिनीहरूले गर्नेगर्दथे ।
🎤 तपाईंको रेकर्डिङ:
28:85
🔁 0/5
إِنَّ ٱلَّذِي فَرَضَ عَلَيۡكَ ٱلۡقُرۡءَانَ لَرَآدُّكَ إِلَىٰ مَعَادٍۚ قُل رَّبِّيٓ أَعۡلَمُ مَن جَآءَ بِٱلۡهُدَىٰ وَمَنۡ هُوَ فِي ضَلَٰلٍ مُّبِينٍ ٨٥
Innal azee farada `alaikal Qur-aana laraaadduka ilaa ma`aad; qur Rabbeee a`lamu man jjaaa`a bil hudaa wa man huwa fee dalaalim mubeen
(हे पैगम्बर सल्लल्लाहो अलैहे वसल्लम !) जुन अल्लाहले तपाईमाथि ‘‘कुरआन’’ अवतरित गरेको छ, उसले तपाईलाई पुनः पहिलेको स्थानतिर फर्काउनेवाला छ । भनिदिनुस् कि मेरो पालनकर्ताले त्यसलाई पनि राम्ररी जान्दछ, जसले मार्गदर्शन प्राप्त गरेको छ र उसलाई पनि जो स्पष्टरूपले मार्गविचलित छ ।
🎤 तपाईंको रेकर्डिङ:
28:86
🔁 0/5
وَمَا كُنتَ تَرۡجُوٓاْ أَن يُلۡقَىٰٓ إِلَيۡكَ ٱلۡكِتَٰبُ إِلَّا رَحۡمَةً مِّن رَّبِّكَۖ فَلَا تَكُونَنَّ ظَهِيرًا لِّلۡكَٰفِرِينَ ٨٦
Wa maa kunta tarjooo ai yulqaaa ilaikal Kitaabu illaa rahmatam mir Rabbika falaa takoonanna zaheeral lilkaafireen
तपाईले त कहिले सोच्नु भएको थिएन, कि तपाईतिर किताब अवतरित गरिनेछ । तर यो तपाईको पालनकर्ताको दयालुताको कारण अवतरित भयो, अतः तपाईले कहिले पनि इन्कार गर्नेहरूको पृष्ठपोषक नबन्नु ।
🎤 तपाईंको रेकर्डिङ:
28:87
🔁 0/5
وَلَا يَصُدُّنَّكَ عَنۡ ءَايَٰتِ ٱللَّهِ بَعۡدَ إِذۡ أُنزِلَتۡ إِلَيۡكَۖ وَٱدۡعُ إِلَىٰ رَبِّكَۖ وَلَا تَكُونَنَّ مِنَ ٱلۡمُشۡرِكِينَ ٨٧
Wa laa yasuddunnaka `an Aayaatil laahi ba`da iz unzilat ilaika wad`u ilaa Rabbika wa laa takonanna minal mushrikeen
हेरिराख्नुस् यी काफिरले अल्लाहको आयतबाट तपाईलाई रोकी नदेऊन्, यस पश्चात जबकि यो तपाईमाथि अवतरित भइसकेको छ । र आफ्नो पालनकर्तातिर बोलाउदै गर्नुस् र बहुदेववादीहरूमा कहिल्यै शम्मिलित नहुनु ।
🎤 तपाईंको रेकर्डिङ:
28:88
🔁 0/5
وَلَا تَدۡعُ مَعَ ٱللَّهِ إِلَٰهًا ءَاخَرَۘ لَآ إِلَٰهَ إِلَّا هُوَۚ كُلُّ شَيۡءٍ هَالِكٌ إِلَّا وَجۡهَهُۥۚ لَهُ ٱلۡحُكۡمُ وَإِلَيۡهِ تُرۡجَعُونَ ٨٨
Wa laa tad`u ma`al laahi ilaahan aakhar; laaa ilaaha illaa Hoo; kullu shai`in haalikun illaa Wajhah; lahul hukkmu wa ilaihi turja`oon
र अल्लाहसँग कुनै अरु पुज्यलाई नपुकार्नु, उसबाहेक कोही सत्य पुज्य छैन । उसको अनुहार बाहेक हरेक कुरा नाशवान् छ । आदेशको अधिकार उसैलाई छ र उसैतिर तिमी सबैलाई फर्केर जानुछ ।
🎤 तपाईंको रेकर्डिङ:
💡 लुकेको शब्दलाई अस्थायी रूपमा देखाउन ट्याप गर्नुहोस् — तपाईंको प्रगति स्वतः बचत हुन्छ।
العربيةEnglishBahasa IndonesiaTürkçeРусскийفارسیFrançaisاردوবাংলাDeutschEspañol中文हिन्दीPortuguêsItalianoภาษาไทยPolskiNederlandsShqipKiswahiliO'zbekதமிழ்MelayuBosanskiSoomaaliAzərbaycanکوردی한국어日本語SvenskaDanskNorskپښتوമലയാളംසිංහලTamazightHausaአማርኛБългарскиТоҷикӣҚазақшаFilipinoسنڌيYorùbáFulfuldeТатарчаئۇيغۇرچەКыргызчаਪੰਜਾਬੀJawaతెలుగుမြန်မာગુજરાતીOromoमराठीTiếng ViệtMalagasyНохчийнWolofދިވެހިಕನ್ನಡУкраїнськаΕλληνικάქართულიខ្មែរدریQafar afMaranaoनेपाली
पवित्र कुरान
Tuesday, August 18, 2026
Don't forget us in your sincere prayers







