🔥 0 दिन लगातार
📖 लामो सूरा — साना भागहरूमा विभाजित (69 आयत)
0/69
29:1
🔁 0/5
الٓمٓ ١
Alif-Laaam-Meeem
अलिफ–लाम–मीम् ।
🎤 तपाईंको रेकर्डिङ:
29:2
🔁 0/5
أَحَسِبَ ٱلنَّاسُ أَن يُتۡرَكُوٓاْ أَن يَقُولُوٓاْ ءَامَنَّا وَهُمۡ لَا يُفۡتَنُونَ ٢
Ahasiban naasu anyu yutrakooo any yaqoolooo aamannaa wa hum la yuftanoon
के मानिसहरूले यो ठानेका छन्, कि (मात्र) यो भन्नाले कि हामीले ईमान ल्यायौं, तिनीहरूको परीक्षा गरिने छैन
🎤 तपाईंको रेकर्डिङ:
29:3
🔁 0/5
وَلَقَدۡ فَتَنَّا ٱلَّذِينَ مِن قَبۡلِهِمۡۖ فَلَيَعۡلَمَنَّ ٱللَّهُ ٱلَّذِينَ صَدَقُواْ وَلَيَعۡلَمَنَّ ٱلۡكَٰذِبِينَ ٣
Wa laqad fatannal lazeena min qablihim fala ya`lamannal laahul lazeena sadaqoo wa la ya`lamannal kaazibeen
यिनीभन्दा पहिला गुज्रिसकेकाहरूको पनि हामीले परीक्षा लियौं । निश्चितरूपले अल्लाहले त उनीहरूको बारेमा पनि थाहा पाउनेछ, जो सत्य छन् र उनीहरूको पनि जानकारी राख्नेछ जो झूठा छन् ।
🎤 तपाईंको रेकर्डिङ:
29:4
🔁 0/5
أَمۡ حَسِبَ ٱلَّذِينَ يَعۡمَلُونَ ٱلسَّيِّـَٔاتِ أَن يَسۡبِقُونَاۚ سَآءَ مَا يَحۡكُمُونَ ٤
Am hasibal lazeena ya`maloonas sayyiaati any yasbiqoonaa; saaa`a maa yahkumoon
के उनीहरू, जसले नराम्रो कर्म गर्दछन् यो ठान्दछन् कि यिनीहरू हाम्रा नियन्त्रणबाट बाहिर गइहाल्नेछन् । यिनीहरूले कस्तो नराम्रो ठानिराखेका छन् ।
🎤 तपाईंको रेकर्डिङ:
29:5
🔁 0/5
مَن كَانَ يَرۡجُواْ لِقَآءَ ٱللَّهِ فَإِنَّ أَجَلَ ٱللَّهِ لَأٓتٍۚ وَهُوَ ٱلسَّمِيعُ ٱلۡعَلِيمُ ٥
Man kaana yarjoo liqaaa `allaahi fa inna ajalal laahi laaat; wa Huwass Sameeul `Aleem
जुन व्यक्तिहरूले अल्लाहसँगको भेटको आशा गर्दछन्, त अल्लाहको निर्धारित समय (कियामत) त आउने नै छ । र ऊ सबै कुरा सुन्दछ, जान्दछ ।
🎤 तपाईंको रेकर्डिङ:
29:6
🔁 0/5
وَمَن جَٰهَدَ فَإِنَّمَا يُجَٰهِدُ لِنَفۡسِهِۦٓۚ إِنَّ ٱللَّهَ لَغَنِيٌّ عَنِ ٱلۡعَٰلَمِينَ ٦
Wa man jaahada fainnamaa yujaahidu linafsih; innal laaha laghaniyyun `anil `aalameen
र प्रयत्न गर्ने प्रत्येक व्यक्तिले आफ्नै भलोको निम्ति प्रयत्न गर्दछ । निश्चय नै अल्लाह सम्पूर्ण संसारबाट निस्पृह छ ।
🎤 तपाईंको रेकर्डिङ:
29:7
🔁 0/5
وَٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ لَنُكَفِّرَنَّ عَنۡهُمۡ سَيِّـَٔاتِهِمۡ وَلَنَجۡزِيَنَّهُمۡ أَحۡسَنَ ٱلَّذِي كَانُواْ يَعۡمَلُونَ ٧
Wallazeena aamanoo wa `amilus saalihaati lanukaf firanna `anhum saiyiaatihim wa lanajziyannahum ahsanal lazee kaanoo ya`maloon
र जुन मानिसहरूले विश्वास गरे र उनीहरूले (सुन्नत अनुरूप) उत्तम कर्म गरे, हामीले उनीहरूबाट सबै पापहरू हटाइदिने छौं र उनीहरूलाई अवश्य नै उनका सत्कर्मको राम्रो पुरस्कार प्रदान गर्नेछौं ।
🎤 तपाईंको रेकर्डिङ:
29:8
🔁 0/5
وَوَصَّيۡنَا ٱلۡإِنسَٰنَ بِوَٰلِدَيۡهِ حُسۡنًاۖ وَإِن جَٰهَدَاكَ لِتُشۡرِكَ بِي مَا لَيۡسَ لَكَ بِهِۦ عِلۡمٌ فَلَا تُطِعۡهُمَآۚ إِلَيَّ مَرۡجِعُكُمۡ فَأُنَبِّئُكُم بِمَا كُنتُمۡ تَعۡمَلُونَ ٨
Wa wassainal insaana biwaalidaihi husnanw wa in jaahadaaka litushrika bee maa laisa laka bihee `ilmun falaa tuti`humaa; ilaiya marji`ukum fa unabbi`ukum bimaa kuntum ta`maloon
र हामीले हरेक मानिसलाई आफ्ना आमा बाबुसँग राम्रो व्यवहार गर्न आदेश दिएका छौं । हो यदि तिनीहरूले यो चाहन्छन कि तपाईले मसँग अरुलाई मेरो साझेदार ठहराऊ, जसबारे तपाईलाई ज्ञान छैन, त उनीहरूको कुरा नमान । मतिर नै तिमी सबैलाई फर्केर आउनुछ । अनि मैले तिमीलाई त्यो सबै बताउने छु जुन तिमीले गर्ने गर्दथ्यौ ।
🎤 तपाईंको रेकर्डिङ:
29:9
🔁 0/5
وَٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ لَنُدۡخِلَنَّهُمۡ فِي ٱلصَّٰلِحِينَ ٩
Wallazeena aamanoo w a`amilus saalihaati lanudkhilan nahum fis saaliheen
र जुन मानिसहरूले ईमान ल्याए र असल कर्म गरिरहे, उनीहरूलाई हामी आफ्ना असल सेवकहरूमा शम्मिलित गर्नेछौं ।
🎤 तपाईंको रेकर्डिङ:
29:10
🔁 0/5
وَمِنَ ٱلنَّاسِ مَن يَقُولُ ءَامَنَّا بِٱللَّهِ فَإِذَآ أُوذِيَ فِي ٱللَّهِ جَعَلَ فِتۡنَةَ ٱلنَّاسِ كَعَذَابِ ٱللَّهِۖ وَلَئِن جَآءَ نَصۡرٌ مِّن رَّبِّكَ لَيَقُولُنَّ إِنَّا كُنَّا مَعَكُمۡۚ أَوَلَيۡسَ ٱللَّهُ بِأَعۡلَمَ بِمَا فِي صُدُورِ ٱلۡعَٰلَمِينَ ١٠
Wa minan naasi many yaqoolu aamannaa billaahi faizaaa ooziya fil laahi ja`ala fitnatan naasi ka`azaabil laahi wa la`in jaaa`a nasrum mir Rabbika la yaqoolunna innaa kunnaa ma`akum; awa laisal laahu bi a`lama bimaa fee surdooril `aalameen
र केही मानिसहरू यस्ता पनि छन् जसले मुखले भन्दछन्, कि हामीले अल्लाहमाथि आस्था राख्यौं । तर जब उनीहरूलाई अल्लाहको बाटोमा कुनै कष्ट पुग्दछ त मानिसहरूको कष्टलाई यस्तो ठान्दछन् जस्तो अल्लाहको सजाय होस् र यदि पालनकर्ताको तर्फबाट कुनै सहायता पुग्दछ त भन्दछन्, कि हामी त तिम्रा साथमा थियौं । के जुन कुरो संसारवालाहरूको छातीमा छ, अल्लाह त्यसलाई जान्दैन
🎤 तपाईंको रेकर्डिङ:
29:11
🔁 0/5
وَلَيَعۡلَمَنَّ ٱللَّهُ ٱلَّذِينَ ءَامَنُواْ وَلَيَعۡلَمَنَّ ٱلۡمُنَٰفِقِينَ ١١
Wa la ya`lamannal laahul lazeena aamanoo wa la ya`lamannal munaafiqeen
अल्लाहले उनीहरूलाई अवश्य जानिराख्छ जो सच्चा मोमिन छन् र कप्टीहरूलाई पनि जानिराख्छ ।
🎤 तपाईंको रेकर्डिङ:
29:12
🔁 0/5
وَقَالَ ٱلَّذِينَ كَفَرُواْ لِلَّذِينَ ءَامَنُواْ ٱتَّبِعُواْ سَبِيلَنَا وَلۡنَحۡمِلۡ خَطَٰيَٰكُمۡ وَمَا هُم بِحَٰمِلِينَ مِنۡ خَطَٰيَٰهُم مِّن شَيۡءٍۖ إِنَّهُمۡ لَكَٰذِبُونَ ١٢
Wa qaalal lazaeena kafaroo lillazeena aamanut tabi`oo sabeelanaa walnahmil khataayaakum wa maa hum bihaamileena min khataa yaahum min shai`in innahum lakaaziboon
काफिरहरू ईमानवालाहरूसित भन्दछन्ः कि तिमीहरू हाम्रा मार्गहरूमा हिंड, हामीले तिम्रा पापको भारी बोकिहाल्नेछौं । जबकि उनीहरू उनका पापहरूमध्ये केही पनि बोझ बोक्नेवाला छैनन् । यिनीहरू त मात्र झूठा हुन् ।
🎤 तपाईंको रेकर्डिङ:
29:13
🔁 0/5
وَلَيَحۡمِلُنَّ أَثۡقَالَهُمۡ وَأَثۡقَالًا مَّعَ أَثۡقَالِهِمۡۖ وَلَيُسۡـَٔلُنَّ يَوۡمَ ٱلۡقِيَٰمَةِ عَمَّا كَانُواْ يَفۡتَرُونَ ١٣
Wa la yahmilunna asqaa lahum wa asqaalam ma`a asqaalihim wa la yus`alunna Yawmal Qiyaamati `ammaa kaanoo yaftaroon
हो यिनीहरूले आफ्नो भारी बोक्नेछन् र आफ्नो बोझहरूको साथमा अन्य भारी पनि र जुन मनगढन्ते कुराहरू यिनीहरू रचिराखेका छन् कियामतको दिन त्यसको बारेमा उनीहरूसित अवश्य नै सोधपूछ हुनेछ ।
🎤 तपाईंको रेकर्डिङ:
29:14
🔁 0/5
وَلَقَدۡ أَرۡسَلۡنَا نُوحًا إِلَىٰ قَوۡمِهِۦ فَلَبِثَ فِيهِمۡ أَلۡفَ سَنَةٍ إِلَّا خَمۡسِينَ عَامًا فَأَخَذَهُمُ ٱلطُّوفَانُ وَهُمۡ ظَٰلِمُونَ ١٤
Wa laqad arsalnaa Noohan ilaa qawmihee falabisa feehim alfa sanatin illaa khamseena `aaman fa akhazahumut toofaanu wa hum zaalimoon
र हामीले ‘‘नूह(अलैहिस्सलाम)लाई’’ उनको कौमतिर पठायौं, र उनी नौ सय पचासवर्ष उनीहरूबीच बसे ! अनि उनीहरूलाई हुरीले समात्यो र उनीहरू अत्याचारी नै थिए ।
🎤 तपाईंको रेकर्डिङ:
29:15
🔁 0/5
فَأَنجَيۡنَٰهُ وَأَصۡحَٰبَ ٱلسَّفِينَةِ وَجَعَلۡنَٰهَآ ءَايَةً لِّلۡعَٰلَمِينَ ١٥
Fa anjainaahu wa as haabas safeenati wa ja`alnaahaaa Aayatal lil`aalameen
अनि हामीले ‘‘नूहलाई’’ र डुँगामा बस्नेवालाहरूलाई बचाइहाल्यौं र त्यस घटनालाई सम्पूर्ण संसारको निम्ति निशानी बनाइदियौं ।
🎤 तपाईंको रेकर्डिङ:
29:16
🔁 0/5
وَإِبۡرَٰهِيمَ إِذۡ قَالَ لِقَوۡمِهِ ٱعۡبُدُواْ ٱللَّهَ وَٱتَّقُوهُۖ ذَٰلِكُمۡ خَيۡرٌ لَّكُمۡ إِن كُنتُمۡ تَعۡلَمُونَ ١٦
Wa Ibraheema iz qaala liqawmihi` budul laaha wattaqoohu zaalikum khayrul lakum in kuntum ta`lamoon
र इब्रहीम(अलैहिस्सलाम)ले पनि आफ्नो कौंमसित भने कि अल्लाहको उपासना गर र ऊसित डर । यो तिम्रो निम्ति राम्रो छ यदि तिमी बुद्धिमान छौ ।
🎤 तपाईंको रेकर्डिङ:
29:17
🔁 0/5
إِنَّمَا تَعۡبُدُونَ مِن دُونِ ٱللَّهِ أَوۡثَٰنًا وَتَخۡلُقُونَ إِفۡكًاۚ إِنَّ ٱلَّذِينَ تَعۡبُدُونَ مِن دُونِ ٱللَّهِ لَا يَمۡلِكُونَ لَكُمۡ رِزۡقًا فَٱبۡتَغُواْ عِندَ ٱللَّهِ ٱلرِّزۡقَ وَٱعۡبُدُوهُ وَٱشۡكُرُواْ لَهُۥٓۖ إِلَيۡهِ تُرۡجَعُونَ ١٧
Innamaa ta`ubdoona min doonil laahi awsaananw-wa takhluqoona ifkaa; innal lazeena ta`budoona min doonil laahi laa yamlikoona lakum rizqan fabtaghoo `indal laahir rizqa fabtaghoo `indal laahir rizqa wa`budoohu washkuroo lahooo ilaihi turja`oon
तिमी त अल्लाहलाई छाडी मूर्तिहरूको पूजा गर्दछौ, र झूठा कुरा रच्दछौ र तिमीले अल्लाह बाहेक जसलाई पूज्दछौ, उनीहरूमा तिमीलाई जीविका दिने अधिकार छैन । अतः तिमीले अल्लाह कहाँबाट नै जीविका खोज र उसैको उपासना गर, र उसैको आभारी बन, र तिमीलाई उसैतिर फर्केर जानुछ ।
🎤 तपाईंको रेकर्डिङ:
29:18
🔁 0/5
وَإِن تُكَذِّبُواْ فَقَدۡ كَذَّبَ أُمَمٌ مِّن قَبۡلِكُمۡۖ وَمَا عَلَى ٱلرَّسُولِ إِلَّا ٱلۡبَلَٰغُ ٱلۡمُبِينُ ١٨
Wa in tukazziboo faqad kazzaba umamum min qablikum wa maa`alar Rasooli illal balaaghul mubeen
र यदि तिमीले मलाई झूठा ठान्दछौ, त तिमीभन्दा अघिका कैयन् समुदायले पनि झूठा भनिसकेका छन् । रसुलहरूमाथि मात्र स्पष्टरूपले (अल्लाहको संदेश) पुर्याइदिने जिम्मेवारी छ ।
🎤 तपाईंको रेकर्डिङ:
29:19
🔁 0/5
أَوَلَمۡ يَرَوۡاْ كَيۡفَ يُبۡدِئُ ٱللَّهُ ٱلۡخَلۡقَ ثُمَّ يُعِيدُهُۥٓۚ إِنَّ ذَٰلِكَ عَلَى ٱللَّهِ يَسِيرٌ ١٩
Awa lam yaraw kaifa yubdi`ul laahul khalqa summa yu`eeduh; inna zaalika `alal laahi yaseer
के उनीहरूले देखेनन्, कि अल्लाह कुन प्रकारले सृष्टिको आरम्भ गर्दछ ? फेरि उसको पुनरावृत्ति गर्नेछ ? निःसन्देह यो अल्लाहको निम्ति अत्यन्त सरल छ ।
🎤 तपाईंको रेकर्डिङ:
29:20
🔁 0/5
قُلۡ سِيرُواْ فِي ٱلۡأَرۡضِ فَٱنظُرُواْ كَيۡفَ بَدَأَ ٱلۡخَلۡقَۚ ثُمَّ ٱللَّهُ يُنشِئُ ٱلنَّشۡأَةَ ٱلۡأٓخِرَةَۚ إِنَّ ٱللَّهَ عَلَىٰ كُلِّ شَيۡءٍ قَدِيرٌ ٢٠
Qul seeroo fil ardi fanzuroo kaifa baa al khalqa summal laahu yunshi``un nash atal Aakhirah; innal laaha `alaa kulli shai`in Qadeer
भन्नुस् कि धरतीमा हिंडडुल गरेर हेर कि अल्लाहले कुन प्रकारले सृष्टिको आरम्भ गरेको छ । अनि अल्लाहले नै पछिको सृष्टि रच्नेछ र निश्चय नै अल्लाह हरेक कुरामाथि सामथ्र्यवान् छ ।
🎤 तपाईंको रेकर्डिङ:
29:21
🔁 0/5
يُعَذِّبُ مَن يَشَآءُ وَيَرۡحَمُ مَن يَشَآءُۖ وَإِلَيۡهِ تُقۡلَبُونَ ٢١
Yu`azzibu many yashaaa`u wa yarhamu many yashaaa`; wa ilaihi tuqlaboon
जसलाई चाहन्छ सजाय दिन्छ, र जसमाथि चाहन्छ कृपा गर्दछ । र उसैतिर सबैले फर्केर जानुछ ।
🎤 तपाईंको रेकर्डिङ:
29:22
🔁 0/5
وَمَآ أَنتُم بِمُعۡجِزِينَ فِي ٱلۡأَرۡضِ وَلَا فِي ٱلسَّمَآءِۖ وَمَا لَكُم مِّن دُونِ ٱللَّهِ مِن وَلِيٍّ وَلَا نَصِيرٍ ٢٢
Wa maaa antum bimu`jizeena fil ardi wa laa fissamaaa`i wa maa lakum min doonil laahi minw waliyyinw wa laa naseer
र तिमी न त धरतीमा अल्लाहलाई हैरान गर्न सक्छौ र न त आकाशमा, र अल्लाह बाहेक तिम्रो न कोही मित्र छ न कोही सहायक ।
🎤 तपाईंको रेकर्डिङ:
29:23
🔁 0/5
وَٱلَّذِينَ كَفَرُواْ بِـَٔايَٰتِ ٱللَّهِ وَلِقَآئِهِۦٓ أُوْلَٰٓئِكَ يَئِسُواْ مِن رَّحۡمَتِي وَأُوْلَٰٓئِكَ لَهُمۡ عَذَابٌ أَلِيمٌ ٢٣
Wallazeena kafaroo bi Aayaatil laahi wa liqaaa`iheee ulaaa`ika ya`isoo mir rahmatee wa ulaaa`ika lahum `azaabun aleem
र जुन मानिसहरूले अल्लाहका आयतहरू र उसँग हुने साक्षातकारलाई बिर्सन्छन्, उनी मेरो दयाबाट निराश भइहालुन् । र तिनै हुन्, जसको निम्ति दुःखद यातना छ ।
🎤 तपाईंको रेकर्डिङ:
29:24
🔁 0/5
فَمَا كَانَ جَوَابَ قَوۡمِهِۦٓ إِلَّآ أَن قَالُواْ ٱقۡتُلُوهُ أَوۡ حَرِّقُوهُ فَأَنجَىٰهُ ٱللَّهُ مِنَ ٱلنَّارِۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٍ لِّقَوۡمٍ يُؤۡمِنُونَ ٢٤
Famaa kaana jawaaba qawmiheee illaaa an qaaluqtuloohu aw harriqoohu faanjaahul laahu minan naar; inna fee zaalika la Aayaatil laqawminy yu`minoon
अनि उसको कौमको भनाई मात्र यो थियो कि यसलाई कत्ल (हत्या) गरिदेऔ वा जलाइहालौ, अन्ततः अल्लाहले उनीलाई आगोबाट बचाइहाल्यो यसमा ईमानवालहरूको लागि धेरै निशानीहरू छन् ।
🎤 तपाईंको रेकर्डिङ:
29:25
🔁 0/5
وَقَالَ إِنَّمَا ٱتَّخَذۡتُم مِّن دُونِ ٱللَّهِ أَوۡثَٰنًا مَّوَدَّةَ بَيۡنِكُمۡ فِي ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَاۖ ثُمَّ يَوۡمَ ٱلۡقِيَٰمَةِ يَكۡفُرُ بَعۡضُكُم بِبَعۡضٍ وَيَلۡعَنُ بَعۡضُكُم بَعۡضًا وَمَأۡوَىٰكُمُ ٱلنَّارُ وَمَا لَكُم مِّن نَّٰصِرِينَ ٢٥
Wa qaala innamat takhaz tum min doonil laahi awsaanam mawaddata bainikum fil hayaatid dunyaa summa yawmal qiyaamati yakfuru ba`dukum biba `dinw wa yal`anu ba`dukum ba`danw-wa yal`anu ba`dukum ba`danw wa maa waakumun Naaru wa maa lakum min naasireen
इब्राहीमले भने कि ‘‘अल्लाहबाट टाढिएर तिमीहरूले जुन मूर्तिहरूलाई मात्र सांसारिक जीवनको कारण पूजा गर्दछौ । कियामतको दिन तिमीहरू एकअर्काबाट इन्कार गर्नेछौ, र एकअर्कालाई धिक्कार्नेछौ, र तिमिहरू सबैको बासस्थान नर्क हुनेछ र तिम्रो कोही सहायता गर्नेवाला हुनेछैन ।
🎤 तपाईंको रेकर्डिङ:
29:26
🔁 0/5
۞ فَـَٔامَنَ لَهُۥ لُوطٌۘ وَقَالَ إِنِّي مُهَاجِرٌ إِلَىٰ رَبِّيٓۖ إِنَّهُۥ هُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ ٢٦
Fa aamana lahoo Loot; wa qaala innee mauhajirun ilaa Rabbee innahoo Huwal `Azeezul Hakeem
अनि ‘‘लूतले’’ उनको (इब्राहीमको) कुरामा ईमान ल्याए, र भन्नथालेः कि म आफ्नो पालनकर्तातिर हिजरत गर्दछु । निःसन्देह ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।
🎤 तपाईंको रेकर्डिङ:
29:27
🔁 0/5
وَوَهَبۡنَا لَهُۥٓ إِسۡحَٰقَ وَيَعۡقُوبَ وَجَعَلۡنَا فِي ذُرِّيَّتِهِ ٱلنُّبُوَّةَ وَٱلۡكِتَٰبَ وَءَاتَيۡنَٰهُ أَجۡرَهُۥ فِي ٱلدُّنۡيَاۖ وَإِنَّهُۥ فِي ٱلۡأٓخِرَةِ لَمِنَ ٱلصَّٰلِحِينَ ٢٧
Wa wahabnaa lahoo Ishaaqa wa Ya`Qooba wa ja`alnaa fee zurriyyatihin Nubuwwata wal Kitaaba wa aatainaahu ajrahoo fid dunyaa wa innahoo fil aakhirati laminas saaliheen
र हामीले उनलाई (इब्राहीमलाई) ‘‘इस्हाक’’ र ‘‘यअ्कूब’’ प्रदान गर्यौं र हामीले उसको सन्ततिमै पैगम्बरी र किताबहरू प्रदान गर्यौं । र हामीले उनलाई संसारमा पनि राम्रो प्रतिफल प्रदान गर्यौं र उनी आखिÞरतमा पनि सत्कर्मीहरूमध्येका हुनेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
29:28
🔁 0/5
وَلُوطًا إِذۡ قَالَ لِقَوۡمِهِۦٓ إِنَّكُمۡ لَتَأۡتُونَ ٱلۡفَٰحِشَةَ مَا سَبَقَكُم بِهَا مِنۡ أَحَدٍ مِّنَ ٱلۡعَٰلَمِينَ ٢٨
Wa Lootan iz qaala liqawmiheee innakum laatoonal faahishata maa sabaqakum bihaa min ahadim minal `aalameen
र ‘‘लूत’’ (अलैहिस्सलाम) को पनि वर्णन गर जब उनले आफ्नो कौमसित भनेः कि तिमीले त्यस्तो व्यभिचार गर्दछौ, जुन तिमीभन्दा पहिला सम्पूर्ण संसारमा कसैले पनि गरेको थिएन ।
🎤 तपाईंको रेकर्डिङ:
29:29
🔁 0/5
أَئِنَّكُمۡ لَتَأۡتُونَ ٱلرِّجَالَ وَتَقۡطَعُونَ ٱلسَّبِيلَ وَتَأۡتُونَ فِي نَادِيكُمُ ٱلۡمُنكَرَۖ فَمَا كَانَ جَوَابَ قَوۡمِهِۦٓ إِلَّآ أَن قَالُواْ ٱئۡتِنَا بِعَذَابِ ٱللَّهِ إِن كُنتَ مِنَ ٱلصَّٰدِقِينَ ٢٩
A`innakum lataatoonar rijaala wa taqta`oonas sabeela wa taatoona fee naadekumul munkara famaa kaana jawaaba qawmiheee illaaa an qaalu` tinaaa bi`azaabil laahi in kunta minas saadiqeen
के तिमी (आनन्द प्राप्तिको लागि) पुरुषहरूसँग व्यभिचार गर्दछौ र बाटोहरूलाई बन्द गर्दछौ, र आफ्नो आम सभाहरूमा दुष्कर्म गर्दछौ ? अनि उनको कौमका मानिसहरूको उत्तर यही थियो कि उनीहरूले भनेः कि यदि तिमी साँचो हौ भने हामीमाथि अल्लाहको यातना ल्याऊ ।
🎤 तपाईंको रेकर्डिङ:
29:30
🔁 0/5
قَالَ رَبِّ ٱنصُرۡنِي عَلَى ٱلۡقَوۡمِ ٱلۡمُفۡسِدِينَ ٣٠
Qaala Rabbin surnee `alal qawmil mufsideen
(लूतले) प्रार्थना गरे कि हे मेरो पालनकर्ता ! यी उपद्रवीहरूको मुकाबिलामा मेरो सहायता गर ।
🎤 तपाईंको रेकर्डिङ:
29:31
🔁 0/5
وَلَمَّا جَآءَتۡ رُسُلُنَآ إِبۡرَٰهِيمَ بِٱلۡبُشۡرَىٰ قَالُوٓاْ إِنَّا مُهۡلِكُوٓاْ أَهۡلِ هَٰذِهِ ٱلۡقَرۡيَةِۖ إِنَّ أَهۡلَهَا كَانُواْ ظَٰلِمِينَ ٣١
Wa lammaa jaaa`at Rusulunaaa Ibraaheema bil bushraa qaalooo innaa muhlikoo ahli haazihil qaryati inna ahlahaa kaanoo zaalimeen
र जब हाम्रा फरिश्ताहरू इब्राहीमको पासमा शुभसूचना लिएर आए, त उनीहरूले भन्नथालेः कि हामीले यस बस्तीका मानिसहरूलाई नष्ट गर्नेवाला छौं । निःसन्देह यहाँ बस्ने मानिसहरू अत्याचारी हुन् ।
🎤 तपाईंको रेकर्डिङ:
29:32
🔁 0/5
قَالَ إِنَّ فِيهَا لُوطًاۚ قَالُواْ نَحۡنُ أَعۡلَمُ بِمَن فِيهَاۖ لَنُنَجِّيَنَّهُۥ وَأَهۡلَهُۥٓ إِلَّا ٱمۡرَأَتَهُۥ كَانَتۡ مِنَ ٱلۡغَٰبِرِينَ ٣٢
Qaala inna feeha Lootaa; qaaloo nahnu a`lamu biman feehaa lanunajjjiyannahoo wa ahlahooo illam ra atahoo kaanat minal ghaabireen
इब्राहीमले भने कि यसमा त लूत पनि छन् । उनीहरू भन्नथालेः ‘‘कि जुन मानिसहरू यहाँ बस्दछन्, हामीलाई सबै थाहा छ । हामीले उनलाई र उनका घरवालाहरूलाई बचाइराख्नेछौं, तर उनकी स्वास्नी बाहेक, किनभने त्यो स्त्रीपछि पर्नेहरूमध्येकी छे ।’’
🎤 तपाईंको रेकर्डिङ:
29:33
🔁 0/5
وَلَمَّآ أَن جَآءَتۡ رُسُلُنَا لُوطًا سِيٓءَ بِهِمۡ وَضَاقَ بِهِمۡ ذَرۡعًاۖ وَقَالُواْ لَا تَخَفۡ وَلَا تَحۡزَنۡ إِنَّا مُنَجُّوكَ وَأَهۡلَكَ إِلَّا ٱمۡرَأَتَكَ كَانَتۡ مِنَ ٱلۡغَٰبِرِينَ ٣٣
Wa lammaaa an jaaa`at Rusulunaa Lootan seee`a bihim wa daaqa bihim zar`anw wa qaaloo laa takhaf wa laa tahzan innaa munajjooka wa ahlaka illam ra ataka kaanat minal ghaabireen
र जब हाम्रा फरिश्ताहरू ‘‘लूतको’’ नजिक आए, त, उनीहरूको कारणले उनी दुःखी भए र मनैमनमा चिन्तित भए । फरिश्ताहरूले भनेः तपाई ‘‘डर नमान्नुहोस् र दुःख पनि नमान्नुहोस् । हामी तपाईलाई र तपाईको घरवालाहरूलाई बचाइहाल्ने छौं, तर तपाईकी स्त्री सजायको लागि पछि पर्नेहरूमध्येकी हुनेछे ।’’
🎤 तपाईंको रेकर्डिङ:
29:34
🔁 0/5
إِنَّا مُنزِلُونَ عَلَىٰٓ أَهۡلِ هَٰذِهِ ٱلۡقَرۡيَةِ رِجۡزًا مِّنَ ٱلسَّمَآءِ بِمَا كَانُواْ يَفۡسُقُونَ ٣٤
Innaa munziloona `alaaa ahli haazihil qaryati rijzam minas samaaa`i bimaa kaanoo yafsuqoon
हामीले यस बस्तिका मानिसहरूमाथि आकाशबाट यातना अवतरित गर्नेछौं, यसकारण कि उनीहरू अनियन्त्रित भइरहेका छन् ।
🎤 तपाईंको रेकर्डिङ:
29:35
🔁 0/5
وَلَقَد تَّرَكۡنَا مِنۡهَآ ءَايَةَۢ بَيِّنَةً لِّقَوۡمٍ يَعۡقِلُونَ ٣٥
Wa laqat taraknaa min haaa aayatam baiyinatal liqawminy ya`qiloon
र हामीले त्यस बस्तीलाई एउटा खुल्ला निशानी ती मानिसहरूको निम्ति बनाइदिएका छौं, जो बुद्धिले काम लिन चाहन्छन् ।
🎤 तपाईंको रेकर्डिङ:
29:36
🔁 0/5
وَإِلَىٰ مَدۡيَنَ أَخَاهُمۡ شُعَيۡبًا فَقَالَ يَٰقَوۡمِ ٱعۡبُدُواْ ٱللَّهَ وَٱرۡجُواْ ٱلۡيَوۡمَ ٱلۡأٓخِرَ وَلَا تَعۡثَوۡاْ فِي ٱلۡأَرۡضِ مُفۡسِدِينَ ٣٦
Wa ilaa Madyana akhaahum Shu`ayban faqaala yaa qawmi`-budul laaha warjul yawmal aakhira wa laa ta`saw fil ardi mufsideen
र ‘‘मदयनतिर’’ उनको भाइ ‘‘शुऐबलाई’’ हामीले पठायौं उनले भने, ‘‘कि हे मेरो कौमका मानिस ! अल्लाहको उपासना गर र अन्तिम दिनको आशा राख र धरतीमा उत्पातको सिर्जना नगर्नेगर ।
🎤 तपाईंको रेकर्डिङ:
29:37
🔁 0/5
فَكَذَّبُوهُ فَأَخَذَتۡهُمُ ٱلرَّجۡفَةُ فَأَصۡبَحُواْ فِي دَارِهِمۡ جَٰثِمِينَ ٣٧
Fakazzaboohu fa akhazat humur rajfatu fa asbahoo fee daarihim jaasimeen
तैपनि उनीहरूले उनलाई झूठा ठाने, अन्ततः उनलाई भूकम्पले आइसमात्यो र उनीहरू आ–आफ्नो घरहरूमा बस्दाबस्दै घोप्टो भइहाले ।
🎤 तपाईंको रेकर्डिङ:
29:38
🔁 0/5
وَعَادًا وَثَمُودَاْ وَقَد تَّبَيَّنَ لَكُم مِّن مَّسَٰكِنِهِمۡۖ وَزَيَّنَ لَهُمُ ٱلشَّيۡطَٰنُ أَعۡمَٰلَهُمۡ فَصَدَّهُمۡ عَنِ ٱلسَّبِيلِ وَكَانُواْ مُسۡتَبۡصِرِينَ ٣٨
Wa `Aadanw wa Samooda wa qat tabaiyana lakum mim masaakinihim wa zaiyana lahumush Shaitaanu a`maalahum fasaddahum `anis sabeeli wa kaanoo mustabsireen
र हामीले ‘‘आद’’ र ‘‘समूदका मानिसहरूलाई’’ पनि नष्ट गरिहाल्यौं र उनीहरूको घरका अवशेषहरू तिम्रो आँखाका अगाडि़ छन् । शैतानले उनीहरूको कर्मलाई उनको निम्ति आकर्षक बनाएर देखाइदियो, र उनीहरूलाई सही बाटोबाट रोकिदियो, जबकि उनीहरू दृष्टिवाला र बुद्धिमान थिए ।
🎤 तपाईंको रेकर्डिङ:
29:39
🔁 0/5
وَقَٰرُونَ وَفِرۡعَوۡنَ وَهَٰمَٰنَۖ وَلَقَدۡ جَآءَهُم مُّوسَىٰ بِٱلۡبَيِّنَٰتِ فَٱسۡتَكۡبَرُواْ فِي ٱلۡأَرۡضِ وَمَا كَانُواْ سَٰبِقِينَ ٣٩
Wa Qaaroona wa Fir`awna wa haamaana wa laqad jaaa`ahum Moosa bilbaiyinaati fastakbaroo fil ardi wa maa kaanoo saabiqeen
र ‘‘कारून’’ एवं पिÞmरऔन’’ र ‘‘हामानलाई’’ पनि (नष्ट गरिदियौं) र उनको पासमा ‘‘मूसाले’’ स्पष्ट चमत्कारहरू लिएर आएका थिए, तैपनि उनीहरू धरतीमा घमण्ड गर्नथाले, र उनीहरू (हाम्रो) नियन्त्रणबाट निस्कन सक्नेवाला थिएनन् ।
🎤 तपाईंको रेकर्डिङ:
29:40
🔁 0/5
فَكُلًّا أَخَذۡنَا بِذَنۢبِهِۦۖ فَمِنۡهُم مَّنۡ أَرۡسَلۡنَا عَلَيۡهِ حَاصِبًا وَمِنۡهُم مَّنۡ أَخَذَتۡهُ ٱلصَّيۡحَةُ وَمِنۡهُم مَّنۡ خَسَفۡنَا بِهِ ٱلۡأَرۡضَ وَمِنۡهُم مَّنۡ أَغۡرَقۡنَاۚ وَمَا كَانَ ٱللَّهُ لِيَظۡلِمَهُمۡ وَلَٰكِن كَانُوٓاْ أَنفُسَهُمۡ يَظۡلِمُونَ ٤٠
Fakullan akhaznaa bizam bihee faminhum man arsalnaa `alaihi haasibaa; wa minhum man akhazat hus saihatu wa minhum man khasafnaa bihil arda wa minhum man aghraqnaa; wa maa kaanal laahu li yazlimahum wa laakin kaanoo anfusahum yazlimoon
अन्ततः हामीले सबैलाई उनीहरूको अपराधको अधिकताको कारण समातिहाल्यौं, अनि उनीहरूमध्ये केही (कौमेआद) माथि हामीले ढुङ्गा बर्साउने वायु पठायौं, र केही यस्ता थिए (समूद) जसलाई भयङ्कर आवाजले आइसमात्यो र तीमध्ये केही (कारून) लाई हामीले धरतीमा पुरिदियौं र केही यस्ता थिए (फिरऔन) जसलाई हामीले डुबाइदियौं । अल्लाह यस्तो होइन कि उनीहरूमाथि अत्याचार गरोस्, किन्तु उनीहरूले आफू स्वयंमाथि नै अत्याचार गर्दथे ।
🎤 तपाईंको रेकर्डिङ:
29:41
🔁 0/5
مَثَلُ ٱلَّذِينَ ٱتَّخَذُواْ مِن دُونِ ٱللَّهِ أَوۡلِيَآءَ كَمَثَلِ ٱلۡعَنكَبُوتِ ٱتَّخَذَتۡ بَيۡتًاۖ وَإِنَّ أَوۡهَنَ ٱلۡبُيُوتِ لَبَيۡتُ ٱلۡعَنكَبُوتِۚ لَوۡ كَانُواْ يَعۡلَمُونَ ٤١
Masalul lazeenat takhazoo min doonil laahi awliyaaa`a kamasalil `ankaboot, ittakhazat baitaa; wa inna awhanal buyooti la baitul `ankaboot; law kaanoo ya`lamoon
जुन मानिसहरूले अल्लाह बाहेक अरुलाई संरक्षक बनाएका छन्, उनको उदाहरण माकुराको जस्तो छ कि उसले पनि एउटा घर बनाउँछे र कुनै सन्देह छैन कि तमाम घरहरूमा कमजोर माकुराको घर हुन्छ । यिनीहरूले यो कुरा बुझ्ने भए कति राम्रो हुने थियो ।
🎤 तपाईंको रेकर्डिङ:
29:42
🔁 0/5
إِنَّ ٱللَّهَ يَعۡلَمُ مَا يَدۡعُونَ مِن دُونِهِۦ مِن شَيۡءٍۚ وَهُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ ٤٢
Innal laaha ya`lamu maa yad`oona min doonihee min shai`; wa Huwal `Azeezul Hakeem
अल्लाहले ती सबैलाई जान्दछ जसलाई यिनीहरूले अल्लाह बाहेक पुकार्दछन् र ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।
🎤 तपाईंको रेकर्डिङ:
29:43
🔁 0/5
وَتِلۡكَ ٱلۡأَمۡثَٰلُ نَضۡرِبُهَا لِلنَّاسِۖ وَمَا يَعۡقِلُهَآ إِلَّا ٱلۡعَٰلِمُونَ ٤٣
Wa tilkal amsaalu nadribuhaa linnaasi wa maa ya`qiluhaaa illal `aalimoon
यी दृष्टान्तहरू हामीले मानिसहरूलाई बुझ्नको निम्ति वर्णन गर्दछौं र यसलाई त मात्र ज्ञानवानले नै बुझ्दछन् ।
🎤 तपाईंको रेकर्डिङ:
29:44
🔁 0/5
خَلَقَ ٱللَّهُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ بِٱلۡحَقِّۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَةً لِّلۡمُؤۡمِنِينَ ٤٤
Khalaqal laahus samaawaati wal arda bilhaqq; inna fee zaalika la aayatal lilmu mineen
अल्लाहले आकाशहरू र धरतीलाई सत्यताको साथ सृष्टि गरेको छ । निश्चय नै यसमा ईमानवालाहरूको निम्ति ठुलो निशानी छ ।
🎤 तपाईंको रेकर्डिङ:
29:45
🔁 0/5
ٱتۡلُ مَآ أُوحِيَ إِلَيۡكَ مِنَ ٱلۡكِتَٰبِ وَأَقِمِ ٱلصَّلَوٰةَۖ إِنَّ ٱلصَّلَوٰةَ تَنۡهَىٰ عَنِ ٱلۡفَحۡشَآءِ وَٱلۡمُنكَرِۗ وَلَذِكۡرُ ٱللَّهِ أَكۡبَرُۗ وَٱللَّهُ يَعۡلَمُ مَا تَصۡنَعُونَ ٤٥
Utlu maaa oohiya ilaika mional Kitaabi wa aqimis Salaata innas Salaata tanhaa `anil fahshaaa`i wal munkar; wa lazikrul laahi akbar; wal laahu ya`lamu maa tasna`oon
(हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) त्यस किताबलाई पढ्ने गर्नुस्, जुन तपाईंलाई ‘‘वह्य’’ द्वारा पठाइएको छ, र नमाज कायम गर्नुस् । निःसन्देह नमाजले अश्लीलता र नराम्रो कुराबाट रोक्दछ । र अवश्य अल्लाहको स्मरण गर्नु त अत्यन्त ठूलो कुरो हो । तिमी जे गर्दैछौ अल्लाह जान्दछ ।
🎤 तपाईंको रेकर्डिङ:
29:46
🔁 0/5
۞ وَلَا تُجَٰدِلُوٓاْ أَهۡلَ ٱلۡكِتَٰبِ إِلَّا بِٱلَّتِي هِيَ أَحۡسَنُ إِلَّا ٱلَّذِينَ ظَلَمُواْ مِنۡهُمۡۖ وَقُولُوٓاْ ءَامَنَّا بِٱلَّذِيٓ أُنزِلَ إِلَيۡنَا وَأُنزِلَ إِلَيۡكُمۡ وَإِلَٰهُنَا وَإِلَٰهُكُمۡ وَٰحِدٌ وَنَحۡنُ لَهُۥ مُسۡلِمُونَ ٤٦
Wa laa tujaadilooo Ahlal Kitaabi illaa billatee hiya ahsanu illal lazeena zalamoo minhum wa qoolooo aamannaa billazeee unzila ilainaa wa unzila ilaikum wa illaahunna wa illahukum waahidunw-wa nahnu lahoo muslimoon
र किताबवालाहरूसित उत्तम तरिका बाहेकले शास्त्रार्थ नगर, तर उनीहरूमध्ये जो अत्याचारी छन्, उनको कुरा अर्कै छ र स्पष्ट भनः ‘‘कि हामीले यस किताबमाथि ईमान ल्यायौं जुन हामीतिर अवतरित भयो र त्यसमाथि पनि जुन तिमीतिर अवतरित भयो । र हाम्रो तिम्रो पूज्य एउटै हो, र हामी सबै उसैको आज्ञाकारी हौं ।’’
🎤 तपाईंको रेकर्डिङ:
29:47
🔁 0/5
وَكَذَٰلِكَ أَنزَلۡنَآ إِلَيۡكَ ٱلۡكِتَٰبَۚ فَٱلَّذِينَ ءَاتَيۡنَٰهُمُ ٱلۡكِتَٰبَ يُؤۡمِنُونَ بِهِۦۖ وَمِنۡ هَٰٓؤُلَآءِ مَن يُؤۡمِنُ بِهِۦۚ وَمَا يَجۡحَدُ بِـَٔايَٰتِنَآ إِلَّا ٱلۡكَٰفِرُونَ ٤٧
Wa kazaalika anzalnaaa ilaikal Kitaab; fallazeena aatainaahumul kitaaba yu`minoona bihee wa min haaa`ulaaa`i many yu`minu bih; wa maa yajhadu bi`Aayaatinaa illal kaafiroon
र यसै प्रकार हामीले तपार्इंतिर किताब अवतरित गरेका छौं, त जसलाई हामीले किताब प्रदान गरेका छौं, उनीहरूले त्यसमाथि ईमान ल्याउँछन् र यिनीहरू (मुश्रिकहरू) मध्ये केहीले त्यसमाथि ईमान ल्याउँछन् र हाम्रा आयतहरूको इन्कार त काफिरहरूले मात्र गर्दछन् ।
🎤 तपाईंको रेकर्डिङ:
29:48
🔁 0/5
وَمَا كُنتَ تَتۡلُواْ مِن قَبۡلِهِۦ مِن كِتَٰبٍ وَلَا تَخُطُّهُۥ بِيَمِينِكَۖ إِذًا لَّٱرۡتَابَ ٱلۡمُبۡطِلُونَ ٤٨
Wa maa kunta tatloo min qablihee min kitaabinw wa laa takhuttubhoo bi yameenika izal lartaabal mubtiloon
यसभन्दा पहिला तपाईंले कुनै किताब पढ्नु भएको थिएन र नकुनै किताबलाई आफ्नो हातले लेख्नुहुन्थ्यो, जसबाट यी मिथ्यावादीहरू सन्देहमा पर्न सक्दथे ।
🎤 तपाईंको रेकर्डिङ:
29:49
🔁 0/5
بَلۡ هُوَ ءَايَٰتُۢ بَيِّنَٰتٌ فِي صُدُورِ ٱلَّذِينَ أُوتُواْ ٱلۡعِلۡمَۚ وَمَا يَجۡحَدُ بِـَٔايَٰتِنَآ إِلَّا ٱلظَّٰلِمُونَ ٤٩
Bal huwa aayaatum baiyinaatun fee sudooril lazeena ootul `ilm; wa maa yajhadu bi aayaatinaa illaz zaalimoon
बरु यो कुरआन त ती मानिसहरूको छातीमा विद्यमान स्पष्ट आयतहरू हुन् जसलाई ज्ञान प्रदान भएको छ । र हाम्रा आयतहरूको इन्कार त अत्याचारीहरूले मात्र गर्दछन् ।
🎤 तपाईंको रेकर्डिङ:
29:50
🔁 0/5
وَقَالُواْ لَوۡلَآ أُنزِلَ عَلَيۡهِ ءَايَٰتٌ مِّن رَّبِّهِۦۚ قُلۡ إِنَّمَا ٱلۡأٓيَٰتُ عِندَ ٱللَّهِ وَإِنَّمَآ أَنَا۠ نَذِيرٌ مُّبِينٌ ٥٠
Wa qaaloo law laaa unzila `alaihi aayaatum mir Rabbihee qul innamal aayaatu `indal laahi wa innamaaa ana nazeerum mubeen
उनीहरूको भनाई छः कि उसमाथि उसको पालनकर्ताको तर्फबाट निशानीहरू किन अवतरित भएनन् ?’’ तपार्इं भनिदिनुस् कि ‘‘निशानीहरू त सबै अल्लाहकै पासमा छन् । र म त केवल स्पष्टरूपले सचेत गर्नेवाला हूँ ।’’
🎤 तपाईंको रेकर्डिङ:
29:51
🔁 0/5
أَوَلَمۡ يَكۡفِهِمۡ أَنَّآ أَنزَلۡنَا عَلَيۡكَ ٱلۡكِتَٰبَ يُتۡلَىٰ عَلَيۡهِمۡۚ إِنَّ فِي ذَٰلِكَ لَرَحۡمَةً وَذِكۡرَىٰ لِقَوۡمٍ يُؤۡمِنُونَ ٥١
Awa lam yakfihim annaaa anzalnaa `alaikal kitaaba yutlaa `alaikhim; inna fee zaalika larahmatanw wa zikraa liqawminy yu`minoon
के उनीहरूको निम्ति यो पर्याप्त छैन ? कि हामीले तपाईंमाथि किताब अवतरित गर्यौं, जुन कि उनीहरूलाई पढेर सुनाइन्छ । यसमा ईमान ल्याएकाहरूको निम्ति दयालुता (पनि) छ र उपदेश (पनि) ।
🎤 तपाईंको रेकर्डिङ:
29:52
🔁 0/5
قُلۡ كَفَىٰ بِٱللَّهِ بَيۡنِي وَبَيۡنَكُمۡ شَهِيدًاۖ يَعۡلَمُ مَا فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۗ وَٱلَّذِينَ ءَامَنُواْ بِٱلۡبَٰطِلِ وَكَفَرُواْ بِٱللَّهِ أُوْلَٰٓئِكَ هُمُ ٱلۡخَٰسِرُونَ ٥٢
Qul kafaa billaahi bainee wa bainakum shaheedaa; ya`lamu maa fis samaawaati wal ard; wallazeena aamanoo bil baatili wa kafaroo billaahi ulaaa`ika humul khaasiroon
भनिदिनुस् ! कि मेरो र तिम्रो बीचमा अल्लाह साक्षी हुनु पर्याप्त छ । जे जति आकाश र धरतीमा छ उसले सबै जान्दछ । जसले असत्यमा विश्वास गरे र अल्लाहलाई इन्कार गरे, तिनीहरूले ठूलो नोक्सानी भोग्नेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
29:53
🔁 0/5
وَيَسۡتَعۡجِلُونَكَ بِٱلۡعَذَابِ وَلَوۡلَآ أَجَلٌ مُّسَمًّى لَّجَآءَهُمُ ٱلۡعَذَابُۚ وَلَيَأۡتِيَنَّهُم بَغۡتَةً وَهُمۡ لَا يَشۡعُرُونَ ٥٣
Wa yasta`jiloonaka bil`azaab; wa law laaa ajalum musammal lajaaa`ahumul `zaab; wa la yaatiyannahum baghta tanw wa hum laa yash`uroon
यिनीहरूले तपार्इंसित यातना (अल्लाहबाट दिइने अजाब) को लागि हतार गरिराखेका छन् । यदि मेरो तर्फबाट एउटा निश्चित समय निर्धारित नभइसकेको भए उनीहरूमाथि यातना पनि आइसक्ने थियो र त्यो कुनै समयमा एक्कासी उनीहरूमाथि अवश्य आएर नै छाड्नेछ ।
🎤 तपाईंको रेकर्डिङ:
29:54
🔁 0/5
يَسۡتَعۡجِلُونَكَ بِٱلۡعَذَابِ وَإِنَّ جَهَنَّمَ لَمُحِيطَةُۢ بِٱلۡكَٰفِرِينَ ٥٤
Yasta`jiloonak bil`azaab; wa inna Jahannama lamuhee tatum bilkaafireen
यिनीहरूले सजायको लागि हतार गर्दैछन्, (धैर्यराखुन्) नर्कले त काफिरहरूलाई घेरिहाल्नेछ ।
🎤 तपाईंको रेकर्डिङ:
29:55
🔁 0/5
يَوۡمَ يَغۡشَىٰهُمُ ٱلۡعَذَابُ مِن فَوۡقِهِمۡ وَمِن تَحۡتِ أَرۡجُلِهِمۡ وَيَقُولُ ذُوقُواْ مَا كُنتُمۡ تَعۡمَلُونَ ٥٥
Yawma yaghshaahumul `azaabu min fawqihim wa min tahti arjulim wa yaqoolu zooqoo maa kuntum ta`maloon
त्यस दिन यातनाले उनीहरूलाई माथिदेखि तलसम्म छोपिराख्नेछ र अल्लाहको आदेश हुनेछ कि जुन (गलत) काम तिमीले गर्ने गर्दथ्यौ अब त्यसको स्वाद चाख ।
🎤 तपाईंको रेकर्डिङ:
29:56
🔁 0/5
يَٰعِبَادِيَ ٱلَّذِينَ ءَامَنُوٓاْ إِنَّ أَرۡضِي وَٰسِعَةٌ فَإِيَّٰيَ فَٱعۡبُدُونِ ٥٦
Yaa `ibaadiyal lazeena aamanooo inna ardee waasi `atun fa iyyaaya fa`budoon
‘‘हे मेरा ईमानवाला सेवकहरू, मेरो धरती धेरै विस्तृत छ, अतः मेरै उपासना गर ।
🎤 तपाईंको रेकर्डिङ:
29:57
🔁 0/5
كُلُّ نَفۡسٍ ذَآئِقَةُ ٱلۡمَوۡتِۖ ثُمَّ إِلَيۡنَا تُرۡجَعُونَ ٥٧
Kullu nafsin zaaa`iqatul mawti summa ilainaa turja`oon
प्रत्येक जीवले मृत्युको स्वाद चाख्नेवाला छ, अनि तिमी सबै हामीतिरै फर्काइनेछौ ।
🎤 तपाईंको रेकर्डिङ:
29:58
🔁 0/5
وَٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ لَنُبَوِّئَنَّهُم مِّنَ ٱلۡجَنَّةِ غُرَفًا تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَاۚ نِعۡمَ أَجۡرُ ٱلۡعَٰمِلِينَ ٥٨
Wallazeena aamanoo wa `amilus saalihaati la nubawwi `annahum minal Jannati ghurafan tajree min tahtihal anhaaru khaalideena feehaa; ni`ma ajrul `aamileen
र जसले ईमानल्याए र असल कर्म गरिरहे, उनीहरूलाई निश्चय नै हामीले बहिश्त (स्वर्ग) का अग्ला–अग्ला महलहरूमा ठाउँ प्रदान गर्नेछौं, जसमुनि नहरहरू बगिराखेका छन्, जहाँ सधैं तिनीहरू बस्नेछन् । असल कर्म गर्नेहरूलाई यो कति राम्रो बदला (प्रतिफल) हो ।
🎤 तपाईंको रेकर्डिङ:
29:59
🔁 0/5
ٱلَّذِينَ صَبَرُواْ وَعَلَىٰ رَبِّهِمۡ يَتَوَكَّلُونَ ٥٩
Allazeena sabaroo wa `alaa Rabbihim yatawakkaloon
ती जसले धैर्य गरेर आफ्नो पालनकर्तामाथि भरोसा गर्दछन् ।
🎤 तपाईंको रेकर्डिङ:
29:60
🔁 0/5
وَكَأَيِّن مِّن دَآبَّةٍ لَّا تَحۡمِلُ رِزۡقَهَا ٱللَّهُ يَرۡزُقُهَا وَإِيَّاكُمۡۚ وَهُوَ ٱلسَّمِيعُ ٱلۡعَلِيمُ ٦٠
Wa ka ayyim min daaabbatil laa tahmilu riqqahaa; al laahu yarzuquhaa wa iyyaakum; wa Huwas Samee`ul Aleem
र धेरै जनावर यस्ता छन् जसले आफ्नो जीविका बोकी हिंडिराखेका हुदैनन् । अल्लाहले नै उनीहरूलाई जीविका प्रदान गर्दछ र तिमीलाई पनि । र ऊ सबैकुरा सुन्दछ, जान्दछ ।
🎤 तपाईंको रेकर्डिङ:
29:61
🔁 0/5
وَلَئِن سَأَلۡتَهُم مَّنۡ خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ وَسَخَّرَ ٱلشَّمۡسَ وَٱلۡقَمَرَ لَيَقُولُنَّ ٱللَّهُۖ فَأَنَّىٰ يُؤۡفَكُونَ ٦١
Wa la`in sa altahum man khalaqas samaawaati wal arda wa sakhkharash shamsa wal qamara la yaqoolunnal laahu fa ann yu`fakoon
र यदि तपाईले उनीहरूसँग सोध्नुहुन्छ कि आकाशहरू र धरतीलाई कसले सृष्टि गर्यो र सूर्य र चन्द्रलाई कसले काममा लगायो ? त उनीहरूले भनिहाल्नेछन् ‘‘कि अल्लाहले !’’ अनि उनीहरू कता विमुख भई जाँदैछन्
🎤 तपाईंको रेकर्डिङ:
29:62
🔁 0/5
ٱللَّهُ يَبۡسُطُ ٱلرِّزۡقَ لِمَن يَشَآءُ مِنۡ عِبَادِهِۦ وَيَقۡدِرُ لَهُۥٓۚ إِنَّ ٱللَّهَ بِكُلِّ شَيۡءٍ عَلِيمٌ ٦٢
Allaahu yabsutur rizqa limany yashaaa`u min `ibaadihee wa yaqdiru lah; innal laaha bikulli shai`in Aleem
अल्लाहले आफ्ना भक्तहरूमध्ये जसको निम्ति चाहन्छ जीविका विस्तृत गरिदिन्छ र जसको लागि चाहन्छ संकुचित गरिदिन्छ । निःसन्देह अल्लाह प्रत्येक कुरा जान्दछ ।
🎤 तपाईंको रेकर्डिङ:
29:63
🔁 0/5
وَلَئِن سَأَلۡتَهُم مَّن نَّزَّلَ مِنَ ٱلسَّمَآءِ مَآءً فَأَحۡيَا بِهِ ٱلۡأَرۡضَ مِنۢ بَعۡدِ مَوۡتِهَا لَيَقُولُنَّ ٱللَّهُۚ قُلِ ٱلۡحَمۡدُ لِلَّهِۚ بَلۡ أَكۡثَرُهُمۡ لَا يَعۡقِلُونَ ٦٣
Wa la`in sa altahum man nazzala minas samaaa`e maaa`an fa ahyaa bihil arda mim ba`di mawtihaa la yaqoolunnal laah; qulil hamdu lillah; bal aksaruhum laa ya`qiloon
र यदि तपार्इंले उनीहरूसित सोध्नुहुन्छ कि आकाशबाट पानी कसले बर्सायो, अनि त्यसबाट धरतीलाई मृत्यु पश्चात जीवित कसले गर्यो,? त निश्चय नै उनीहरूको जवाफ हुनेछ कि ‘‘अल्लाहले !’’ तपार्इं भन्नुस् कि सम्पूर्ण प्रशंसा अल्लाहकै लागि छ । किन्तु उनीहरूमध्ये अधिकतरले बुद्धिले काम लिदैनन् ।
🎤 तपाईंको रेकर्डिङ:
29:64
🔁 0/5
وَمَا هَٰذِهِ ٱلۡحَيَوٰةُ ٱلدُّنۡيَآ إِلَّا لَهۡوٌ وَلَعِبٌۚ وَإِنَّ ٱلدَّارَ ٱلۡأٓخِرَةَ لَهِيَ ٱلۡحَيَوَانُۚ لَوۡ كَانُواْ يَعۡلَمُونَ ٦٤
Wa maa haazihil hayaa tud dunyaaa illaa lahwunw-wa la`ib; wa innad Daaral Aakhirata la hiyal ha yawaan; law kaano ya`lamoon
र यो सांसारिक जीवन त मात्र खेल तमाशा हो । निःसन्देह आखिरतको घरको जीवन नै वास्तविक जीवन हो । उनीहरूले यो बुझ्ने भए कति राम्रो हुने थियो ।
🎤 तपाईंको रेकर्डिङ:
29:65
🔁 0/5
فَإِذَا رَكِبُواْ فِي ٱلۡفُلۡكِ دَعَوُاْ ٱللَّهَ مُخۡلِصِينَ لَهُ ٱلدِّينَ فَلَمَّا نَجَّىٰهُمۡ إِلَى ٱلۡبَرِّ إِذَا هُمۡ يُشۡرِكُونَ ٦٥
Fa-izaa rakiboo fil fulki da`awul laaha mukhilseena lahud deena falammaa najjaa hum ilal baari izaa hum yushrikoon
अनि जब यिनीहरू डुङ्गामा सवार हुन्छन् त अल्लाहलाई नै पुकार्दछन् विशुद्धरूपमा उसैको निम्ति पूजालाई खास गरी, र जब उसले तिनीहरूलाई बचाएर शुष्क भूमिमा पुर्याइदिन्छ तब तुरुन्तै (अल्लाहको) साझेदार ठहराउन थाल्छन् ।
🎤 तपाईंको रेकर्डिङ:
29:66
🔁 0/5
لِيَكۡفُرُواْ بِمَآ ءَاتَيۡنَٰهُمۡ وَلِيَتَمَتَّعُواْۚ فَسَوۡفَ يَعۡلَمُونَ ٦٦
Li yakfuroo bimaaa aatainaahum wa li yatamatta`oo fasaw fa ya`lamoon
ताकि हामीले उनीहरूलाई जे प्रदान गरेका छौं, त्यसप्रति कृतघ्नता देखाउदै फाइदा पनि लिदैगरुन् । अतः शीघ्र नै उनीहरूले जानिहाल्नेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
29:67
🔁 0/5
أَوَلَمۡ يَرَوۡاْ أَنَّا جَعَلۡنَا حَرَمًا ءَامِنًا وَيُتَخَطَّفُ ٱلنَّاسُ مِنۡ حَوۡلِهِمۡۚ أَفَبِٱلۡبَٰطِلِ يُؤۡمِنُونَ وَبِنِعۡمَةِ ٱللَّهِ يَكۡفُرُونَ ٦٧
Awalam yaraw annaa ja`alnaa haraman aaminanw wa yutakhattafun naasu min haw lihim; afabil baatili yu`minoona wa bini`matil laahi yakfuroon
के उनीहरू देखेनन्, कि हामीले हरम (मक्का)लाई शान्तिको ठाउँ बनाएका छौं, र मानिसहरू त्यसका वरिपरिबाट समातिहालिनेछन् । के यी मानिसहरूले असत्यमाथि त विश्वास गर्दछन् र अल्लाहको अनुकम्पाप्रति कृतघ्नता देखाउँछन्
🎤 तपाईंको रेकर्डिङ:
29:68
🔁 0/5
وَمَنۡ أَظۡلَمُ مِمَّنِ ٱفۡتَرَىٰ عَلَى ٱللَّهِ كَذِبًا أَوۡ كَذَّبَ بِٱلۡحَقِّ لَمَّا جَآءَهُۥٓۚ أَلَيۡسَ فِي جَهَنَّمَ مَثۡوًى لِّلۡكَٰفِرِينَ ٦٨
Wa man azlamu mimma nif taraa `alal laahi kaziban aw kazzaba bilhaqqi lammaa jaaa`ah; alaisa fee jahannama maswal lil kaafireen
त्यो व्यक्तिभन्दा बढी अत्याचारी को होला ? जसले अल्लाहको बारेमा मनगढन्ते कुरा रच्दछ वा सत्यलाई झूठो भन्दछ, जबकि त्यो (सत्य) उसको पासमा आइसकेको हुन्छ ? के यस्ता काफिरहरूको बस्ने ठाउँ नर्क हुनेछैन
🎤 तपाईंको रेकर्डिङ:
29:69
🔁 0/5
وَٱلَّذِينَ جَٰهَدُواْ فِينَا لَنَهۡدِيَنَّهُمۡ سُبُلَنَاۚ وَإِنَّ ٱللَّهَ لَمَعَ ٱلۡمُحۡسِنِينَ ٦٩
Wallazeena jaahadoo feenaa lanahdiyannahum subulana; wa innal laaha lama`al muhsineen
र जुन मानिसहरूले हाम्रो बाटोमा कष्ट सहन्छन्, हामीले, उनीहरूलाई अवश्य आफ्ना मार्गहरू देखाउनेछौं र निश्चय नै अल्लाह त सुकर्मीहरूको साथी हो ।
🎤 तपाईंको रेकर्डिङ:
💡 लुकेको शब्दलाई अस्थायी रूपमा देखाउन ट्याप गर्नुहोस् — तपाईंको प्रगति स्वतः बचत हुन्छ।
العربيةEnglishBahasa IndonesiaTürkçeРусскийفارسیFrançaisاردوবাংলাDeutschEspañol中文हिन्दीPortuguêsItalianoภาษาไทยPolskiNederlandsShqipKiswahiliO'zbekதமிழ்MelayuBosanskiSoomaaliAzərbaycanکوردی한국어日本語SvenskaDanskNorskپښتوമലയാളംසිංහලTamazightHausaአማርኛБългарскиТоҷикӣҚазақшаFilipinoسنڌيYorùbáFulfuldeТатарчаئۇيغۇرچەКыргызчаਪੰਜਾਬੀJawaతెలుగుမြန်မာગુજરાતીOromoमराठीTiếng ViệtMalagasyНохчийнWolofދިވެހިಕನ್ನಡУкраїнськаΕλληνικάქართულიខ្មែរدریQafar afMaranaoनेपाली
पवित्र कुरान
Tuesday, August 18, 2026
Don't forget us in your sincere prayers







