🔥 0 दिन लगातार
📖 लामो सूरा — साना भागहरूमा विभाजित (73 आयत)
📚 सबै सूराहरू
30%
🎤 आफ्नो आवाज रेकर्ड गर्न कुनै पनि आयत छेउको माइक्रोफोन आइकनमा 🎙️ थिच्नुहोस्, त्यसपछि सुन्नुहोस् र क्वारीसँग तुलना गर्नुहोस्।
0/73
33:1 🔁 0/5
يَٰٓأَيُّهَا ٱلنَّبِيُّ ٱتَّقِ ٱللَّهَ وَلَا تُطِعِ ٱلۡكَٰفِرِينَ وَٱلۡمُنَٰفِقِينَۚ إِنَّ ٱللَّهَ كَانَ عَلِيمًا حَكِيمًا  ۝١
Yaa aiyuhan Nabiyyut taqil laaha wa laa tuti`il kaafireena wal munaafiqeen; innal laaha kaana `aleeman Hakeemaa
हे पैगम्बर । अल्लाहसित डराइराख्नुस् र काफिर र मुनाफिकहरूको (कपटीहरूको) भनाईमा नलाग्नुस् । निःसंदेह अल्लाह ठूलो सर्वज्ञाता र तत्वदर्शी छ ।
🎤 तपाईंको रेकर्डिङ:
33:2 🔁 0/5
وَٱتَّبِعۡ مَا يُوحَىٰٓ إِلَيۡكَ مِن رَّبِّكَۚ إِنَّ ٱللَّهَ كَانَ بِمَا تَعۡمَلُونَ خَبِيرًا  ۝٢
Wattabi` maa yoohaaa ilaika mir Rabbik; innal laaha kaana bimaa ta`maloona Khabeera
र त्यस कुराको अनुशरण गर्नु जुन तपार्इंको पालनकर्ताको तर्फबाट तपाईंलाई वह्य गरिन्छ । निःसन्देह अल्लाह तपार्इंको सबै कर्महरूसित अवगत छ ।
🎤 तपाईंको रेकर्डिङ:
33:3 🔁 0/5
وَتَوَكَّلۡ عَلَى ٱللَّهِۚ وَكَفَىٰ بِٱللَّهِ وَكِيلًا  ۝٣
Wa tawakkal `alal laah; wa kafaa billaahi Wakeelaa
र तपाईंले अल्लाहमाथि नै भरोसा गर्नुस् । ऊ भरोसाको निम्ति पर्याप्त छ ।
🎤 तपाईंको रेकर्डिङ:
33:4 🔁 0/5
مَّا جَعَلَ ٱللَّهُ لِرَجُلٍ مِّن قَلۡبَيۡنِ فِي جَوۡفِهِۦۚ وَمَا جَعَلَ أَزۡوَٰجَكُمُ ٱلَّٰٓـِٔي تُظَٰهِرُونَ مِنۡهُنَّ أُمَّهَٰتِكُمۡۚ وَمَا جَعَلَ أَدۡعِيَآءَكُمۡ أَبۡنَآءَكُمۡۚ ذَٰلِكُمۡ قَوۡلُكُم بِأَفۡوَٰهِكُمۡۖ وَٱللَّهُ يَقُولُ ٱلۡحَقَّ وَهُوَ يَهۡدِي ٱلسَّبِيلَ  ۝٤
Maa ja`alal laahu lirajulim min qalbaini fee jawfih; wa maa ja`ala azwaajakumul laaa`ee tuzaahiroona minhunna ummahaatikum; wa maa ja`ala ad`iyaaa`akum abnaaa`akum; zaalikum qawlukum bi afwaa hikum wallaahu yaqoolul haqqa wa Huwa yahdis sabeel
अल्लाहले कुनै व्यक्तिको छातीभित्र दुई मुटु बनाएको छैन र न उसले तिम्रा पत्नीहरूलाई जसलाई तिमीले आमा भनिहाल्छौ, तिम्रो साँच्चैआमा बनायो, र उसले तिमीले मुखले भनेको छोराहरूलाई वास्तविक छोराहरू बनाएन । यी तिम्रा मुखका कुराहरू हुन्, किन्तु अल्लाहले साँचो कुरा भन्दछ र उसैले सोझो मार्ग देखाउँछ ।
🎤 तपाईंको रेकर्डिङ:
33:5 🔁 0/5
ٱدۡعُوهُمۡ لِأٓبَآئِهِمۡ هُوَ أَقۡسَطُ عِندَ ٱللَّهِۚ فَإِن لَّمۡ تَعۡلَمُوٓاْ ءَابَآءَهُمۡ فَإِخۡوَٰنُكُمۡ فِي ٱلدِّينِ وَمَوَٰلِيكُمۡۚ وَلَيۡسَ عَلَيۡكُمۡ جُنَاحٌ فِيمَآ أَخۡطَأۡتُم بِهِۦ وَلَٰكِن مَّا تَعَمَّدَتۡ قُلُوبُكُمۡۚ وَكَانَ ٱللَّهُ غَفُورًا رَّحِيمًا  ۝٥
Ud`oohum li aabaaa`ihim huwa aqsatu `indal laah; fa illam ta`lamooo aabaaa`ahum fa ikhwaanukum fid deeni wa mawaaleekum; wa laisa `alaikum junaahun feemaaa akhtaatum bihee wa laakim maa ta`ammadat quloobukum; wa kaanal laahu Ghafoorar Raheemaa
उनीहरूलाई (धर्मपुत्रलाई) उनीहरूका वास्तविक पिताहरूको नामबाट जोडेर पुकार । अल्लाहकहाँ यही पूरा न्यायसँगत कुरा हो । र यदि तिमीलाई उनीहरूको वास्तविक पिताको ज्ञान छैन भने धर्ममा उनीहरू तिम्रा धर्मभाइ र मित्र पनि हुन् । यस प्रसंगमा तिमीबाट कुनै भूल वा गल्ती भएको हुन्छ भने त्यसमा तिमीमाथि कुनै पाप छैन, किन्तु जसको संकल्प तिम्रो हृदयले गरिहाल्यो, त्यसको पाप लाग्दछ । र अल्लाह अत्यन्त क्षमाशील दयावान छ ।
🎤 तपाईंको रेकर्डिङ:
33:6 🔁 0/5
ٱلنَّبِيُّ أَوۡلَىٰ بِٱلۡمُؤۡمِنِينَ مِنۡ أَنفُسِهِمۡۖ وَأَزۡوَٰجُهُۥٓ أُمَّهَٰتُهُمۡۗ وَأُوْلُواْ ٱلۡأَرۡحَامِ بَعۡضُهُمۡ أَوۡلَىٰ بِبَعۡضٍ فِي كِتَٰبِ ٱللَّهِ مِنَ ٱلۡمُؤۡمِنِينَ وَٱلۡمُهَٰجِرِينَ إِلَّآ أَن تَفۡعَلُوٓاْ إِلَىٰٓ أَوۡلِيَآئِكُم مَّعۡرُوفًاۚ كَانَ ذَٰلِكَ فِي ٱلۡكِتَٰبِ مَسۡطُورًا  ۝٦
An-Nabiyyu awlaa bil mu`mineena min anfusihim wa azwaajuhoo ummahatuhum wa ulul arbaami ba`duhum awlaa biba`din fee Kitaabil laahi minal mu`meneena wal Muhaajireena illaaa an taf`alooo ilaaa awliyaaa`ikum ma`roofaa; kaana zaalika fil kitaabi mastooraa
नबीको हक मोमिनमाथि स्वयं उनीहरूको आफ्नो (प्राणहरू) भन्दा बढी छ र नबीका पत्नीहरू उनीहरूकी (मोमिनहरूकी) आमा हुन् ! र अल्लाहको विधान अनुसार, सामान्य मोमिन् र मोहाजिरहरूको अपेक्षा (नबीका) नातेदारहरू आपसमा एक–अर्कासित धेरै हकदार छन् । यो अर्कै कुरा हो कि तिमीलाई आफ्ना साथीहरूसँग राम्रो व्यवहार गर्नुको अनुमति प्राप्त छ । यो आदेश अल्लाहको किताबमा लेखिएको छ ।
🎤 तपाईंको रेकर्डिङ:
33:7 🔁 0/5
وَإِذۡ أَخَذۡنَا مِنَ ٱلنَّبِيِّـۧنَ مِيثَٰقَهُمۡ وَمِنكَ وَمِن نُّوحٍ وَإِبۡرَٰهِيمَ وَمُوسَىٰ وَعِيسَى ٱبۡنِ مَرۡيَمَۖ وَأَخَذۡنَا مِنۡهُم مِّيثَٰقًا غَلِيظًا  ۝٧
Wa iz akhaznaa minan Nabiyyeena meesaaqahum wa minka wa min Noohinw wa Ibraaheema wa Moosaa wa Eesab-ni-Maryama wa akhaznaa minhum meesaaqan ghaleezaa
(र यादगर) जब हामीले नबीहरूसित वचन लियौं, र विशेषगरी तपाईंसित र ‘‘नूह’’ र ‘‘इब्राहीम’’ र ‘‘मूसा’’ र मरियमको छोरा ‘‘ईसासित’’ पनि ! यी सबैसित हामीले दृढ वचन लिऔं ।
🎤 तपाईंको रेकर्डिङ:
33:8 🔁 0/5
لِّيَسۡـَٔلَ ٱلصَّٰدِقِينَ عَن صِدۡقِهِمۡۚ وَأَعَدَّ لِلۡكَٰفِرِينَ عَذَابًا أَلِيمًا  ۝٨
Liyas`alas saadiqeena `an sidqihim; wa a`adda lilkaa fireena `azaaban aleemaa
ताकि अल्लाहले सत्य मानिसहरूसित उनीहरूको सत्यताबारे सोधोस् । र इन्कार गर्नेवालाहरूको निम्ति त उसले दुःखद यातना तयार गरेर राखेकै छ ।
🎤 तपाईंको रेकर्डिङ:
33:9 🔁 0/5
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ ٱذۡكُرُواْ نِعۡمَةَ ٱللَّهِ عَلَيۡكُمۡ إِذۡ جَآءَتۡكُمۡ جُنُودٌ فَأَرۡسَلۡنَا عَلَيۡهِمۡ رِيحًا وَجُنُودًا لَّمۡ تَرَوۡهَاۚ وَكَانَ ٱللَّهُ بِمَا تَعۡمَلُونَ بَصِيرًا  ۝٩
Yaaa aiyuhal lazeena aamanuz kuroo ni`matal laahi `alaikum iz jaaa`atkm junoodun fa arsalnaa `alaihim reehanw wa junoodal lam tarawhaa; wa kaanal laahu bimaa ta`maloona Baseera
हे मोमिनहरू (आस्थावानहरू) ! अल्लाहले जुन भलाई तिमीमाथि गर्यो, त्यसलाई स्मरण गर जबकि सेनाहरू तिमीमाथि आक्रमणको निम्ति (अहजाब युद्धमा) आए, तब हामीले उनीहरूमाथि एक तीव्र हावा पठाइदियौं र यस्ता सेनाहरू पनि, जसलाई तिमीले देख्न सक्दैनथियौ ! र जुन काम तिमीले गर्दछौ, अल्लाहले सबैथोक देखिराखेको छ ।
🎤 तपाईंको रेकर्डिङ:
33:10 🔁 0/5
إِذۡ جَآءُوكُم مِّن فَوۡقِكُمۡ وَمِنۡ أَسۡفَلَ مِنكُمۡ وَإِذۡ زَاغَتِ ٱلۡأَبۡصَٰرُ وَبَلَغَتِ ٱلۡقُلُوبُ ٱلۡحَنَاجِرَ وَتَظُنُّونَ بِٱللَّهِ ٱلظُّنُونَا۠  ۝١٠
Iz jaaa`ookum min fawqikum wa min asfala minkum wa iz zaaghatil absaaru wa balaghatil quloobul hanaajira wa tazunnoona billaahiz zunoonaa
(स्मरण गर) जब शत्रुहरू तिम्रोमाथितिरबाट र तिम्रो तलतिरबाट पनि तिमीमाथि आइलागे, र जब आँखाहरू एकटक भइहाले र हृदय कण्ठमा आइपुग्यो ! र तिमीले अल्लाहको बारेमा विभिन्न प्रकारका कल्पनाहरू गर्न थालेका थियौ ।
🎤 तपाईंको रेकर्डिङ:
33:11 🔁 0/5
هُنَالِكَ ٱبۡتُلِيَ ٱلۡمُؤۡمِنُونَ وَزُلۡزِلُواْ زِلۡزَالًا شَدِيدًا  ۝١١
Hunaalikab tuliyal mu`minoona wa zulziloo zilzaalan shadeedaa
यहाँ ईमानवालाहरू परीक्षणमा परे र तिनीहरू पूरै हल्लाइए ।
🎤 तपाईंको रेकर्डिङ:
33:12 🔁 0/5
وَإِذۡ يَقُولُ ٱلۡمُنَٰفِقُونَ وَٱلَّذِينَ فِي قُلُوبِهِم مَّرَضٌ مَّا وَعَدَنَا ٱللَّهُ وَرَسُولُهُۥٓ إِلَّا غُرُورًا  ۝١٢
Wa iz yaqoolul munaafiqoona wallazeena fee quloobihim maradum maa wa`adanal laahu wa Rasooluhooo illaa ghurooraa
र त्यसबखत जब कपटी र ती मानिसहरू जसका हृदयमा रोग छन् भन्न थाले कि ‘‘अल्लाह र उसको रसूलले हामीसित जुन वचन गरेका थिए त्यो त धोका मात्र थियो ।’’
🎤 तपाईंको रेकर्डिङ:
33:13 🔁 0/5
وَإِذۡ قَالَت طَّآئِفَةٌ مِّنۡهُمۡ يَٰٓأَهۡلَ يَثۡرِبَ لَا مُقَامَ لَكُمۡ فَٱرۡجِعُواْۚ وَيَسۡتَـٔۡذِنُ فَرِيقٌ مِّنۡهُمُ ٱلنَّبِيَّ يَقُولُونَ إِنَّ بُيُوتَنَا عَوۡرَةٌ وَمَا هِيَ بِعَوۡرَةٍۖ إِن يُرِيدُونَ إِلَّا فِرَارًا  ۝١٣
Wa iz qaalat taaa`ifatum minhum yaaa ahla Yasriba laa muqaamaa lakum farji`oo; wa yastaazina fareequm minhumun Nabiyya yaqooloona inna buyootanaa `awrah; wa maa hiya bi`awratin iny yureedoona illaa firaaraa
र उनीहरूमध्येबाटै एउटा समूहले भन्योः कि हे मदीनावालाहरू ! यहाँ तिम्रो निम्ति ठाउँ छैन, तसर्थ फर्किहाल, र उनको एउटा अर्को समूहले पैगम्बरसित यो भनेर जाने अनुमति माँग्न थाल्यो कि ‘‘हाम्रा घर असुरक्षित छन्’’ । यद्यपि तिनीहरू खुल्ला र असुरक्षित थिएनन्, तर उनीहरू त केवल भाग्न चाहन्थे ।
🎤 तपाईंको रेकर्डिङ:
33:14 🔁 0/5
وَلَوۡ دُخِلَتۡ عَلَيۡهِم مِّنۡ أَقۡطَارِهَا ثُمَّ سُئِلُواْ ٱلۡفِتۡنَةَ لَأٓتَوۡهَا وَمَا تَلَبَّثُواْ بِهَآ إِلَّا يَسِيرًا  ۝١٤
wa law dukhilat `alaihim min aqtaarihaa summa su`ilul fitnata la aatawhaa wa maa talabbasoo bihaaa illaa yaseeraa
र यदि मदीनाको चारैतिरबाट उनीहरूमाथि आक्रमण हुन्थ्यो, अनि त्यसबेला उनीहरूसित उपद्रवको निम्ति भनिएको भए उनीहरूले त्यस्तो गरिहाल्थे र केही बेर बाहेक लड्ने थिएनन् ।
🎤 तपाईंको रेकर्डिङ:
33:15 🔁 0/5
وَلَقَدۡ كَانُواْ عَٰهَدُواْ ٱللَّهَ مِن قَبۡلُ لَا يُوَلُّونَ ٱلۡأَدۡبَٰرَۚ وَكَانَ عَهۡدُ ٱللَّهِ مَسۡـُٔولًا  ۝١٥
Wa laqad kaanoo `aahadul laaha min qablu laa yuwal loonal adbaar; wa kaana `ahdul laahi mas`oolaa
यद्यपि यसभन्दा पहिला उनीहरूले अल्लाहलाई वचन दिइसकेका थिए कि उनीहरूले पिठ्युँ फर्काउने छैनन्, र अल्लाहसित, जुन वचन गरिन्छ, त्यसको अवश्य सोधपूछ हुनेछ ।
🎤 तपाईंको रेकर्डिङ:
33:16 🔁 0/5
قُل لَّن يَنفَعَكُمُ ٱلۡفِرَارُ إِن فَرَرۡتُم مِّنَ ٱلۡمَوۡتِ أَوِ ٱلۡقَتۡلِ وَإِذًا لَّا تُمَتَّعُونَ إِلَّا قَلِيلًا  ۝١٦
Qul lany y anfa`akumul firaaru in farartum minal mawti awil qatli wa izal laa tumatta`oona illaa qaleelaa
भनिदिनुस् ! कि ‘‘यदि तिमी मर्न वा मारिनुबाट भाग्दछौ त यो भाग्नुबाट तिमीले कदापि लाभ पाउने छैनौ ! र त्यस अवस्थामा पनि तिमीले बहुतै कम फाइदा पाउने छौ ।
🎤 तपाईंको रेकर्डिङ:
33:17 🔁 0/5
قُلۡ مَن ذَا ٱلَّذِي يَعۡصِمُكُم مِّنَ ٱللَّهِ إِنۡ أَرَادَ بِكُمۡ سُوٓءًا أَوۡ أَرَادَ بِكُمۡ رَحۡمَةًۚ وَلَا يَجِدُونَ لَهُم مِّن دُونِ ٱللَّهِ وَلِيًّا وَلَا نَصِيرًا  ۝١٧
Qul m an zal lazee ya`simukum minal laahi in araada bikum sooo`an aw araada bikum rahmah; wa laa yajidoona lahum min doonil laahi waliyyanw wa laa naseeraa
सोध्नुस् ! ‘‘कि यदि अल्लाहले तिमीमाथि कुनै नराम्रो कुराको विचार गर्दछ वा तिमीमाथि कुनै कृपा गर्न चाहन्छ त को छ जसले तिमीलाई त्यसबाट बचाउन सक्दछ, वा तिमीबाट कृपा रोक्न सक्छ ? यिनीहरूले अल्लाह बाहेक कसैलाई न आफ्नो मित्र पाउनेछन् न सहायक ।
🎤 तपाईंको रेकर्डिङ:
33:18 🔁 0/5
۞ قَدۡ يَعۡلَمُ ٱللَّهُ ٱلۡمُعَوِّقِينَ مِنكُمۡ وَٱلۡقَآئِلِينَ لِإِخۡوَٰنِهِمۡ هَلُمَّ إِلَيۡنَاۖ وَلَا يَأۡتُونَ ٱلۡبَأۡسَ إِلَّا قَلِيلًا  ۝١٨
Qad ya`lamul laahul mu`awwiqeena minkum walqaaa`ileena li ikhwaanihim hahumma ilainaa, wa laa yaatoonal baasa illaa qaleelaa
अल्लाहले तिमीहरूमध्ये ती मानिसहरूलाई (राम्ररी) जान्दछ, जसले (युद्धबाट) अरुलाई रोक्दछन् र आफ्ना भाइहरूसित भन्दछन्ः कि हाम्रो साथमा आइहाल । र लडाईमा कहिलेकांही मात्र आउँछन् ।
🎤 तपाईंको रेकर्डिङ:
33:19 🔁 0/5
أَشِحَّةً عَلَيۡكُمۡۖ فَإِذَا جَآءَ ٱلۡخَوۡفُ رَأَيۡتَهُمۡ يَنظُرُونَ إِلَيۡكَ تَدُورُ أَعۡيُنُهُمۡ كَٱلَّذِي يُغۡشَىٰ عَلَيۡهِ مِنَ ٱلۡمَوۡتِۖ فَإِذَا ذَهَبَ ٱلۡخَوۡفُ سَلَقُوكُم بِأَلۡسِنَةٍ حِدَادٍ أَشِحَّةً عَلَى ٱلۡخَيۡرِۚ أُوْلَٰٓئِكَ لَمۡ يُؤۡمِنُواْ فَأَحۡبَطَ ٱللَّهُ أَعۡمَٰلَهُمۡۚ وَكَانَ ذَٰلِكَ عَلَى ٱللَّهِ يَسِيرًا  ۝١٩
Ashihhatan `alaikum faizaa jaaa`al khawfu ra aytahum yanzuroona ilaika tadooru a`yunuhum kallazee yughshaa `alaihi minal mawti fa izaa zahabal khawfu salqookum bi alsinatin hidaadin ashibbatan `alal khayr; ulaaa`ika lam yu`minoo fa ahbatal laahu a`maalahum; wa kaana zaalika `alal laahi yaseeraa
(यी) तिम्रो सहायतामा पूरै कन्जूस्याई गर्दछन् । अनि जब भय र डरको समय आउँछ त तपार्इंले उनलाई हेर्नुहुनेछ कि तपार्इंतिर हेरिराखेका हुन्छन्, र उनका आँखाहरू यसरी घुम्छन् जस्तो कि कसैलाई मृत्युको मुर्छा भइराखेको छ । किन्तु जब भय समाप्त हुन्छ तब उनीहरूले आफ्ना तिखो जिब्रोले ठूल ठूला कुरा गर्न थाल्छन् । यिनीहरू धनका धेरै लोभी हुन्छन्, यिनीहरूले ईमान ल्याएकै छैनन् । तसर्थ अल्लाहले उनीहरूको सबै कर्मलाई नाश पारिदिएको छ र यो अल्लाहको लागि धेरै सजिलो छ ।
🎤 तपाईंको रेकर्डिङ:
33:20 🔁 0/5
يَحۡسَبُونَ ٱلۡأَحۡزَابَ لَمۡ يَذۡهَبُواْۖ وَإِن يَأۡتِ ٱلۡأَحۡزَابُ يَوَدُّواْ لَوۡ أَنَّهُم بَادُونَ فِي ٱلۡأَعۡرَابِ يَسۡـَٔلُونَ عَنۡ أَنۢبَآئِكُمۡۖ وَلَوۡ كَانُواْ فِيكُم مَّا قَٰتَلُوٓاْ إِلَّا قَلِيلًا  ۝٢٠
Yahsaboonal Ahzaaba lam yazhaboo wa iny yaatil Ahzaabu yawaddoo law annahum baadoona fil A`raabi yasaloona `an ambaaa`ikum wa law kaanoo feekum maa qaatalooo illaa qaleela
उनीहरूले ठानिराखेका छन् कि (शत्रुका) सैन्यदल अझै गएका छैनन्, र यदि ती सेनाहरू फेरि आउँछन् भने तिनीहरूले चाहन्छन् कि कुनै प्रकार बाहिर (मरुस्थलमा) बद्दूहरूको साथमा भएको भए र त्यहींबाट तिम्रो बारेमा समाचार सोधिराख्ने थिए । र यदि उनीहरू तिम्रो साथमा उपस्थित भएपनि लडाईमा नाममात्रको नै भाग लिन्थे ।
🎤 तपाईंको रेकर्डिङ:
33:21 🔁 0/5
لَّقَدۡ كَانَ لَكُمۡ فِي رَسُولِ ٱللَّهِ أُسۡوَةٌ حَسَنَةٌ لِّمَن كَانَ يَرۡجُواْ ٱللَّهَ وَٱلۡيَوۡمَ ٱلۡأٓخِرَ وَذَكَرَ ٱللَّهَ كَثِيرًا  ۝٢١
Laqad kaana lakum fee Rasoolil laahi uswatun hasanatul liman kaana yarjul laaha wal yawmal Aakhira wa azkaral laaha kaseeraa
निःसन्देह तिम्रो निम्ति अल्लाहको रसूलमा एउटा उत्तम आदर्श छ, प्रत्येक त्यस व्यक्तिको लागि जसले अल्लाह र अन्तिम दिनको आशा राख्दछ, र अल्लाहलाई अधिक स्मरण गर्दछ ।
🎤 तपाईंको रेकर्डिङ:
33:22 🔁 0/5
وَلَمَّا رَءَا ٱلۡمُؤۡمِنُونَ ٱلۡأَحۡزَابَ قَالُواْ هَٰذَا مَا وَعَدَنَا ٱللَّهُ وَرَسُولُهُۥ وَصَدَقَ ٱللَّهُ وَرَسُولُهُۥۚ وَمَا زَادَهُمۡ إِلَّآ إِيمَٰنًا وَتَسۡلِيمًا  ۝٢٢
Wa lammaa ra al mu`minoonal Ahzaaba qaaloo haaza maa wa`adanal laahu wa Rasooluh; wa maa zaadahum illaaa eemaananw wa tasleemaa
र जब ईमानवालाहरूले (कुफ्फारका) सैन्य दलहरूलाई देखे त भन्न थालेः कि ‘‘यसै कुराको वाचा त अल्लाह र उसको रसूलले हामीलाई दिएका थिए । अल्लाह र उसको रसूलले सत्य भनेका थिए । यस कुराले उनीहरूको ईमान र आज्ञाकारीतालाई झनै बढाइदियो ।
🎤 तपाईंको रेकर्डिङ:
33:23 🔁 0/5
مِّنَ ٱلۡمُؤۡمِنِينَ رِجَالٌ صَدَقُواْ مَا عَٰهَدُواْ ٱللَّهَ عَلَيۡهِۖ فَمِنۡهُم مَّن قَضَىٰ نَحۡبَهُۥ وَمِنۡهُم مَّن يَنتَظِرُۖ وَمَا بَدَّلُواْ تَبۡدِيلًا  ۝٢٣
Minal mu`mineena rijaalun sadaqoo maa `aahadul laaha `alaihi faminhum man qadaa nahbahoo wa minhum mai yantaziru wa maa baddaloo tabdeelaa
ईमानवालाहरूमा यस्ता मानिसहरू पनि छन् कि जुन प्रतिज्ञा उनीहरूले अल्लाहसित गरेका थिए त्यसलाई पूरा गरी देखाए । उनीहरूमध्ये केहीले त आफ्नो (प्रतिज्ञा) पूरा गरिसके र उनीहरूमा केही प्रतीक्षामा छन् । र उनीहरूले (आफ्नो कुरो) अलिकति पनि परिवर्तन गरेनन् ।
🎤 तपाईंको रेकर्डिङ:
33:24 🔁 0/5
لِّيَجۡزِيَ ٱللَّهُ ٱلصَّٰدِقِينَ بِصِدۡقِهِمۡ وَيُعَذِّبَ ٱلۡمُنَٰفِقِينَ إِن شَآءَ أَوۡ يَتُوبَ عَلَيۡهِمۡۚ إِنَّ ٱللَّهَ كَانَ غَفُورًا رَّحِيمًا  ۝٢٤
Li yajziyal aahus saadiqeena bisidqihim wa yu`azzibal munaafiqeena in shaaa`a aw yatooba `alaihim; innal laaha kaana Ghafoorar Raheemaa
ताकि (यसको परिणाम स्वरूप) अल्लाहले सत्यनिष्ठहरूलाई उनीहरूको सत्यताको पुरस्कार देओस् र कप्टाचारीलाई चाहन्छ भने यातना देओस् वा उनीहरूको तौबा (प्रायश्चित) स्वीकार गरोस् । अल्लाह बडो क्षमाशील र अति दयावान् छ ।
🎤 तपाईंको रेकर्डिङ:
33:25 🔁 0/5
وَرَدَّ ٱللَّهُ ٱلَّذِينَ كَفَرُواْ بِغَيۡظِهِمۡ لَمۡ يَنَالُواْ خَيۡرًاۚ وَكَفَى ٱللَّهُ ٱلۡمُؤۡمِنِينَ ٱلۡقِتَالَۚ وَكَانَ ٱللَّهُ قَوِيًّا عَزِيزًا  ۝٢٥
Wa raddal laahul lazeena kafaroo bighaizihim lam yanaaloo khairaa; wa kafal laahul mu`mineenal qitaal; wa kaanal laahu Qawiyyan `Azeezaa
र काफीरहरूलाई अल्लाहले रिसाएकै अवस्थामा त्यसै फर्काइदियो तिनीहरूले कुनै भलाई प्राप्त गर्न सकेनन् । अल्लाहले स्वयम् मोमिनहरूको लागि यस युद्धमा पर्याप्त भयो । अल्लाह त बडो शक्तिमान् र अधिपत्यशाली छ ।
🎤 तपाईंको रेकर्डिङ:
33:26 🔁 0/5
وَأَنزَلَ ٱلَّذِينَ ظَٰهَرُوهُم مِّنۡ أَهۡلِ ٱلۡكِتَٰبِ مِن صَيَاصِيهِمۡ وَقَذَفَ فِي قُلُوبِهِمُ ٱلرُّعۡبَ فَرِيقًا تَقۡتُلُونَ وَتَأۡسِرُونَ فَرِيقًا  ۝٢٦
Wa anzalal lazeena zaaha roohum min Ahlil Kitaabi min sa yaaseehim wa qazafa fee quloobihimm mur ru`ba freeqan taqtuloona wa taasiroona fareeqaaa
र जुन किताबवालाहरूले उनीहरूको सहायता गरेका थिए, तिनीहरूलाई उनको गढहरूबाट अल्लाहले तल ल्यायो र उनीहरूको हृदयमा भय हालिदियो कि तिमीले उनको एउटा समूहलाई हत्या गर्दैछौ र एउटा समूहलाई बन्दी बनाउँदैछौ ।
🎤 तपाईंको रेकर्डिङ:
33:27 🔁 0/5
وَأَوۡرَثَكُمۡ أَرۡضَهُمۡ وَدِيَٰرَهُمۡ وَأَمۡوَٰلَهُمۡ وَأَرۡضًا لَّمۡ تَطَـُٔوهَاۚ وَكَانَ ٱللَّهُ عَلَىٰ كُلِّ شَيۡءٍ قَدِيرًا  ۝٢٧
Wa awrasakum ardahum wa diyaarahum wa amwaalahum wa ardal lam tata`oohaa; wa kaanal laahu `alaa kulli shai`in Qadeeraa
र उसले तिमीलाई उनीहरूको जमिन र उनीहरूको घर र उनीहरूको मालसम्पत्तिको उत्तराधिकारी बनाइदियो र त्यस भूभागको पनि जसलाई तिमीले जीतेका थिएनौ । र अल्लाहलाई हरेक कुराको सामथ्र्य छ ।
🎤 तपाईंको रेकर्डिङ:
33:28 🔁 0/5
يَٰٓأَيُّهَا ٱلنَّبِيُّ قُل لِّأَزۡوَٰجِكَ إِن كُنتُنَّ تُرِدۡنَ ٱلۡحَيَوٰةَ ٱلدُّنۡيَا وَزِينَتَهَا فَتَعَالَيۡنَ أُمَتِّعۡكُنَّ وَأُسَرِّحۡكُنَّ سَرَاحًا جَمِيلًا  ۝٢٨
Yaaa aiyuhan Nabiyyu qul li azwaajika i kuntunna turidnal hayaatad dunyaa wa zeenatahaa fata`aalaina umatti`kunna wa usarrihkunna saraahan jameela
हे नबी ! आफ्नो पत्नीहरूसित भनिदिनुस् कि ‘‘यदि तिमी सांसरिक जीवन र यसको शोभा लिन चाहन्छौ भने आऊ, म तिमीलाई केही दिएर राम्ररी विदा गरिदेऊँ ।
🎤 तपाईंको रेकर्डिङ:
33:29 🔁 0/5
وَإِن كُنتُنَّ تُرِدۡنَ ٱللَّهَ وَرَسُولَهُۥ وَٱلدَّارَ ٱلۡأٓخِرَةَ فَإِنَّ ٱللَّهَ أَعَدَّ لِلۡمُحۡسِنَٰتِ مِنكُنَّ أَجۡرًا عَظِيمًا  ۝٢٩
Wa in kuntunna turidnal laaha wa Rasoolahoo wad Daaral Aakhirata fa innal laaha a`adda lil muhsinaati min kunna ajjran `azeemaa
किन्तु यदि तिमीले अल्लाह र उसका रसूल र आखिरतको घर चाहन्छौ भने निश्चय नै अल्लाहले तिमीहरूमध्ये राम्रो काम गर्ने स्त्रहिरूको निम्ति ठूलो प्रतिफल राखिछाडेको छ ।’’
🎤 तपाईंको रेकर्डिङ:
33:30 🔁 0/5
يَٰنِسَآءَ ٱلنَّبِيِّ مَن يَأۡتِ مِنكُنَّ بِفَٰحِشَةٍ مُّبَيِّنَةٍ يُضَٰعَفۡ لَهَا ٱلۡعَذَابُ ضِعۡفَيۡنِۚ وَكَانَ ذَٰلِكَ عَلَى ٱللَّهِ يَسِيرًا  ۝٣٠
Yaa nisaaa`an Nabiyyi mai yaati minkunna bifaa hishatim mubaiyinatiny yudaa`af lahal `azaabu di`fain wa kaana zaalika `alal laahi yaseera
हे पैगम्बरका स्त्रीहरू ! तिमीमध्ये जसले पनि कुनै प्रत्यक्ष निर्लज्जताको कर्म गर्नेछ त त्यसको लागि उसलाई दोहोरो यातना हुनेछ र यो अल्लाहको लागि धेरै सरल छ ।
🎤 तपाईंको रेकर्डिङ:
33:31 🔁 0/5
۞ وَمَن يَقۡنُتۡ مِنكُنَّ لِلَّهِ وَرَسُولِهِۦ وَتَعۡمَلۡ صَٰلِحًا نُّؤۡتِهَآ أَجۡرَهَا مَرَّتَيۡنِ وَأَعۡتَدۡنَا لَهَا رِزۡقًا كَرِيمًا  ۝٣١
Wa mai yaqnut minkunna lillaahi wa Rasoolihee wa ta`mal saalihan nu`tihaaa ajrahaa marratayni wa a`tadnaa lahaa rizqan kareema
(तर) तिमीमध्ये जो अल्लाह र उसको रसूलप्रति निष्ठापूर्वक आज्ञाकारीताको नीति अपनाउँनेछिन् र असलकर्म गर्दछिन, त्यसलाई हामीले दुईगुणा प्रतिफल प्रदान गर्नेछौं र त्यसको निम्ति हामीले सम्मानपूर्ण आजीविका तयार गरेका छौं ।
🎤 तपाईंको रेकर्डिङ:
33:32 🔁 0/5
يَٰنِسَآءَ ٱلنَّبِيِّ لَسۡتُنَّ كَأَحَدٍ مِّنَ ٱلنِّسَآءِ إِنِ ٱتَّقَيۡتُنَّۚ فَلَا تَخۡضَعۡنَ بِٱلۡقَوۡلِ فَيَطۡمَعَ ٱلَّذِي فِي قَلۡبِهِۦ مَرَضٌ وَقُلۡنَ قَوۡلًا مَّعۡرُوفًا  ۝٣٢
Yaa nisaaa`an Nabiyyi lastunna ka ahadim minan nisaaa`i init taqaitunna falaa takhda`na bilqawli fa yatma`al lazee fee qalbihee maradunw wa qulna qawlam ma`roofaa
हे नबीका स्त्रीहरू ! तिमीहरू साधारण स्त्रीहरू जस्तो होइनौ, यदि तिमी परहेजगार (संयमी) रहन चाहन्छौ भने, (व्यक्तिहरूसित) लोचपूर्ण कुरा नगर, कि त्यो व्यक्ति जसको हृदयमा कुनै प्रकारको रोग छ, कुनै नराम्रो विचार गरोस् ! र उनीहरूसित सामान्यरूपमा कुरा गर्नेगर ।
🎤 तपाईंको रेकर्डिङ:
33:33 🔁 0/5
وَقَرۡنَ فِي بُيُوتِكُنَّ وَلَا تَبَرَّجۡنَ تَبَرُّجَ ٱلۡجَٰهِلِيَّةِ ٱلۡأُولَىٰۖ وَأَقِمۡنَ ٱلصَّلَوٰةَ وَءَاتِينَ ٱلزَّكَوٰةَ وَأَطِعۡنَ ٱللَّهَ وَرَسُولَهُۥٓۚ إِنَّمَا يُرِيدُ ٱللَّهُ لِيُذۡهِبَ عَنكُمُ ٱلرِّجۡسَ أَهۡلَ ٱلۡبَيۡتِ وَيُطَهِّرَكُمۡ تَطۡهِيرًا  ۝٣٣
Wa qarna fee bu yoo tikunna wa laa tabarrajna tabarrujal Jaahiliyyatil oolaa wa aqimnas Salaata w aaateenaz Zakaata wa ati`nal laaha wa Rasoolah; innamaa yureedul laahu liyuzhiba `ankumur rijsa Ahlal Bayti wa yutahhirakum tatheeraa
र आफ्नो घरमा राम्रोसंग बसिराख र विगत अज्ञानकाल जस्तो सज–धज गरी नदेखाऊ । नमाजको आयोजन गर्दैगर जकात दिनेगर । र अल्लाह र उसको रसूलको आज्ञा पालनगर । हे पैगम्बरका घरवालीहरू अल्लाह चाहन्छ कि तिमीबाट (सबै प्रकारको) फोहोरलाई टाढा राखोस्, र तिमीलाई पूर्णरूपले पवित्र राखोस् ।
🎤 तपाईंको रेकर्डिङ:
33:34 🔁 0/5
وَٱذۡكُرۡنَ مَا يُتۡلَىٰ فِي بُيُوتِكُنَّ مِنۡ ءَايَٰتِ ٱللَّهِ وَٱلۡحِكۡمَةِۚ إِنَّ ٱللَّهَ كَانَ لَطِيفًا خَبِيرًا  ۝٣٤
Wazkurna maa yutlaa fee bu yootikunna min aayaatil laahi wal Hikmah; innal laaha kaana lateefan Khabeera
र तिम्रा घरहरूमा जुन अल्लाहका आयतहरू र रसूलका हदीसहरू पढिन्छन् तिनको चर्चा गर्नेगर । निश्चय नै अल्लाह अत्यन्त सूक्ष्मदर्शी, जानकार छ ।
🎤 तपाईंको रेकर्डिङ:
33:35 🔁 0/5
إِنَّ ٱلۡمُسۡلِمِينَ وَٱلۡمُسۡلِمَٰتِ وَٱلۡمُؤۡمِنِينَ وَٱلۡمُؤۡمِنَٰتِ وَٱلۡقَٰنِتِينَ وَٱلۡقَٰنِتَٰتِ وَٱلصَّٰدِقِينَ وَٱلصَّٰدِقَٰتِ وَٱلصَّٰبِرِينَ وَٱلصَّٰبِرَٰتِ وَٱلۡخَٰشِعِينَ وَٱلۡخَٰشِعَٰتِ وَٱلۡمُتَصَدِّقِينَ وَٱلۡمُتَصَدِّقَٰتِ وَٱلصَّٰٓئِمِينَ وَٱلصَّٰٓئِمَٰتِ وَٱلۡحَٰفِظِينَ فُرُوجَهُمۡ وَٱلۡحَٰفِظَٰتِ وَٱلذَّٰكِرِينَ ٱللَّهَ كَثِيرًا وَٱلذَّٰكِرَٰتِ أَعَدَّ ٱللَّهُ لَهُم مَّغۡفِرَةً وَأَجۡرًا عَظِيمًا  ۝٣٥
Innal muslimeena wal muslimaati wal mu`mineena wal mu`minaati walqaaniteena walqaanitaati wassaadiqeena wassaadiqaati wassaabireena wassaabiraati walkhaashi`eena walkhaashi`aati walmutasaddiqeena walmutasaddiqaati wassaaa`imeena wassaaa`imaati walhaafizeena furoojahum walhaafizaati waz zaakireenal laaha kaseeranw waz zaakiraati a`addal laahu lahum maghfiratanw wa ajran `azeemaa
बिना सन्देह मुस्लिम पुरुष र मुस्लिम स्त्रीहरू, ईमानवाला पुरुष र ईमानवाली स्त्रीहरू, निष्ठापूर्वक, आज्ञापालन गर्ने पुरुष र निष्ठावान स्त्रीहरू, र सत्यवादी पुरुषहरू र सत्यवादी स्त्रीहरू, धैर्यवान् पुरुषहरू र धैर्य गर्ने स्त्रीहरू, विनम्रता देखाउने पुरुषहरू र विनम्रता देखाउने स्त्रीहरू, सद्का (दान) दिने पुरुष, र दान दिने स्त्रीहरू, रोजा (व्रत) बस्ने पुरुष र रोजा बस्ने स्त्रीहरू, आफ्ना गुप्ताङ्गहरूको रक्षा गर्ने पुरुष र रक्षा गर्ने स्त्रीहरू र अल्लाहलाई धेरै स्मरण गर्ने पुरुष र स्मरण गर्ने स्त्रीहरू यिनीहरूका निम्ति अल्लाहले क्षमा र ठूलो प्रतिफल तयार गरेको छ ।
🎤 तपाईंको रेकर्डिङ:
33:36 🔁 0/5
وَمَا كَانَ لِمُؤۡمِنٍ وَلَا مُؤۡمِنَةٍ إِذَا قَضَى ٱللَّهُ وَرَسُولُهُۥٓ أَمۡرًا أَن يَكُونَ لَهُمُ ٱلۡخِيَرَةُ مِنۡ أَمۡرِهِمۡۗ وَمَن يَعۡصِ ٱللَّهَ وَرَسُولَهُۥ فَقَدۡ ضَلَّ ضَلَٰلًا مُّبِينًا  ۝٣٦
Wa maa kaana limu`mininw wa laa mu`minatin izaa qadal laahu wa Rasooluhooo amran ai yakoona lahumul khiyaratu min amrihim; wa mai ya`sil laaha wa Rasoolahoo faqad dalla dalaalam mubeenaa
र हेर कुनै मोमिन् पुरुष र मोमिन स्त्रीलाई जब अल्लाहले र उसको रसूलले कुनै कुराको फैसला निर्धारित गरिदिन्छन्, त उनीहरूको यस काममा अन्यथा केही हक बाँकी रहँदैन । जोसुकैले अल्लाह र उसको रसूलको अवज्ञा गर्नेेछ, त्यो स्पष्टरूपले मार्गविचलित भइहाल्यो ।
🎤 तपाईंको रेकर्डिङ:
33:37 🔁 0/5
وَإِذۡ تَقُولُ لِلَّذِيٓ أَنۡعَمَ ٱللَّهُ عَلَيۡهِ وَأَنۡعَمۡتَ عَلَيۡهِ أَمۡسِكۡ عَلَيۡكَ زَوۡجَكَ وَٱتَّقِ ٱللَّهَ وَتُخۡفِي فِي نَفۡسِكَ مَا ٱللَّهُ مُبۡدِيهِ وَتَخۡشَى ٱلنَّاسَ وَٱللَّهُ أَحَقُّ أَن تَخۡشَىٰهُۖ فَلَمَّا قَضَىٰ زَيۡدٌ مِّنۡهَا وَطَرًا زَوَّجۡنَٰكَهَا لِكَيۡ لَا يَكُونَ عَلَى ٱلۡمُؤۡمِنِينَ حَرَجٌ فِيٓ أَزۡوَٰجِ أَدۡعِيَآئِهِمۡ إِذَا قَضَوۡاْ مِنۡهُنَّ وَطَرًاۚ وَكَانَ أَمۡرُ ٱللَّهِ مَفۡعُولًا  ۝٣٧
Wa iz taqoolu lillazeee an`amal laahu `alaihi wa an`amta `alaihi amsik `alaika zawjaka wattaqil laaha wa tukhfee fee nafsika mal laahu mubdeehi wa takhshan naasa wallaahu ahaqqu an takhshaah; falammaa qadaa Zaidum minhaa wataran zawwajnaa kahaa likay laa yakoona `alal mu`mineena harajun feee azwaaji ad`iyaaa`ihim izaa qadaw minhunna wataraa; wa kaana amrul laahi af`oolaa
(हे नबी) स्मरण गर्नुस् जबकि तपाईंले त्यस व्यक्तिसँग भनिराख्नु भएको थियो जसमाथि अल्लाहले अनुकम्पा गर्यो, र जसमाथि तपाईंले पनि अनुकम्पा गर्नु भयो कि ‘‘आफ्नो पत्नीलाई आफूसँग राख र अल्लाहसित डर र तपाईं आफ्नो मनमा त्यस कुरालाई लुकाइराख्नु भएको थियो, जसलाई अल्लाह प्रकट गर्नेवाला थियो । तपाईं मानिसहरूसँग भय खानु हुन्थ्यौ, जबकि अल्लाह त्यस कुराको अधिक हकदार थियो कि तिमी ऊसित डर’’ । अतः जब जैदले ऊसित (स्त्रीसित) आफ्नो आवश्यकता पूरा गरिसक्यो त हामीले तिमीसित उसको विवाह गरिदियौं, ताकि ईमानवालाहरूलाई आफ्ना धर्मपुत्रहरूको पत्नीहरूको सम्बन्धमा कुनै प्रकारको अपठ्यारो नरहोस् जबकि उनीहरूले तिनीहरूसित आफ्नो आवश्यकता पूरा गरिसकेका हुन्छन् । अल्लाहको आदेश त पूरा भएर रहनेछ ।
🎤 तपाईंको रेकर्डिङ:
33:38 🔁 0/5
مَّا كَانَ عَلَى ٱلنَّبِيِّ مِنۡ حَرَجٍ فِيمَا فَرَضَ ٱللَّهُ لَهُۥۖ سُنَّةَ ٱللَّهِ فِي ٱلَّذِينَ خَلَوۡاْ مِن قَبۡلُۚ وَكَانَ أَمۡرُ ٱللَّهِ قَدَرًا مَّقۡدُورًا  ۝٣٨
Maa kaana `alan nabiyyyi min harajin feemaa faradal laahu lahoo sunnatal laahi fil lazeena khalaw min qabl; wa kaana amrul laahi qadaram maqdooraa
जुन कुराहरू अल्लाहले आफ्नो नबीको लागि निर्धारित गरेको छ, तिनीहरूमा नबीको लागि कुनै हर्ज छैन । अल्लाहको यही स्वीकृत मान्यता ती मानिसहरूको सम्बन्धमा पनि रहेको छ, जुन पहिला गुज्रिसकेका छन् र अल्लाहको आदेश निश्चित भएको हुन्छ ।
🎤 तपाईंको रेकर्डिङ:
33:39 🔁 0/5
ٱلَّذِينَ يُبَلِّغُونَ رِسَٰلَٰتِ ٱللَّهِ وَيَخۡشَوۡنَهُۥ وَلَا يَخۡشَوۡنَ أَحَدًا إِلَّا ٱللَّهَۗ وَكَفَىٰ بِٱللَّهِ حَسِيبًا  ۝٣٩
Allazeena yuballighoona Risaalaatil laahi wa yakhshaw nahoo wa laa yakkhshawna ahadan illal laah; wa kafaa billaahi Haseebaa
उनीहरूले अल्लाहको सन्देश पुर्याउँदथे र उसैसित डर मान्दथे र अल्लाह बाहेक कसैसित डराउन्नथे । र हिसाब लिनुको निम्ति अल्लाह नै पर्याप्त छ ।
🎤 तपाईंको रेकर्डिङ:
33:40 🔁 0/5
مَّا كَانَ مُحَمَّدٌ أَبَآ أَحَدٍ مِّن رِّجَالِكُمۡ وَلَٰكِن رَّسُولَ ٱللَّهِ وَخَاتَمَ ٱلنَّبِيِّـۧنَۗ وَكَانَ ٱللَّهُ بِكُلِّ شَيۡءٍ عَلِيمًا  ۝٤٠
Maa kaana Muhammmadun abaaa ahadim mir rijaalikum wa laakir Rasoolal laahi wa Khaataman Nabiyyeen; wa kaanal laahu bikulli shai`in `Aleema
(मानिसहरू हो ! ) मुहम्मद तिम्रा पुरुषहरूमध्ये कसैको पिता होइनन्, बरु उनी अल्लाहका रसूल र नबीहरूका समापक (अन्तिम नबी) हुन् । र अल्लाहलाई प्रत्येक कुराको पूर्ण ज्ञान छ ।
🎤 तपाईंको रेकर्डिङ:
33:41 🔁 0/5
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ ٱذۡكُرُواْ ٱللَّهَ ذِكۡرًا كَثِيرًا  ۝٤١
Yaaa aiyuhal lazeena aamanuz kurul laaha zikran kaseera
हे आस्थावानहरू ! अल्लाहलाई धेरै स्मरण गर्नेगर ।
🎤 तपाईंको रेकर्डिङ:
33:42 🔁 0/5
وَسَبِّحُوهُ بُكۡرَةً وَأَصِيلًا  ۝٤٢
Wa sabbihoohu bukratanw wa aseela
र बिहान र बेलुका उसको गुणगान गर्नेगर ।
🎤 तपाईंको रेकर्डिङ:
33:43 🔁 0/5
هُوَ ٱلَّذِي يُصَلِّي عَلَيۡكُمۡ وَمَلَٰٓئِكَتُهُۥ لِيُخۡرِجَكُم مِّنَ ٱلظُّلُمَٰتِ إِلَى ٱلنُّورِۚ وَكَانَ بِٱلۡمُؤۡمِنِينَ رَحِيمًا  ۝٤٣
Huwal lazee yusallee `alaikum wa malaaa`ikatuhoo liyukhrijakum minazzulumaati ilan-noor wa kaana bilmu`mineena Raheemaa
उही त हो, जसले तिमीमाथि रहमत (कृपा) पठाउँछ र उसका स्वर्गदूतहरूले पनि (तिम्रो लागि शान्ति र अनुकम्पाको प्रार्थना गर्दछन्) ताकि उसले तिमीलाई अँध्यारोबाट निकालेर उज्यालोतिर लगोस् र अल्लाह मोमिनहरूमाथि धेरै कृपालु छ ।
🎤 तपाईंको रेकर्डिङ:
33:44 🔁 0/5
تَحِيَّتُهُمۡ يَوۡمَ يَلۡقَوۡنَهُۥ سَلَٰمٌۚ وَأَعَدَّ لَهُمۡ أَجۡرًا كَرِيمًا  ۝٤٤
Tahiyyatuhum Yawma yalqawnahoo salaamunw wa a`adda lahum ajran kareemaa
जुन दिन उनीहरू अल्लाहसँग भेट्नेछन्, उनको उपहार (अभिवादन) सलाम हुनेछ र उनीहरूको निम्ति प्रतिष्ठापूर्ण प्रतिफल तयार गरिसकेको छ ।
🎤 तपाईंको रेकर्डिङ:
33:45 🔁 0/5
يَٰٓأَيُّهَا ٱلنَّبِيُّ إِنَّآ أَرۡسَلۡنَٰكَ شَٰهِدًا وَمُبَشِّرًا وَنَذِيرًا  ۝٤٥
Yaaa aiyuhan Nabiyyu innaaa arsalnaaka shaahidanw wa mubashshiranw wa nazeeraa
हे पैगम्बर ! निश्चय नै हामीले नै तपार्इंलाई रसूल बनाएर साक्षी, र शुभसूचना दिनेवाला र सचेत गर्नेवाला बनाएर पठाएका छौं ।
🎤 तपाईंको रेकर्डिङ:
33:46 🔁 0/5
وَدَاعِيًا إِلَى ٱللَّهِ بِإِذۡنِهِۦ وَسِرَاجًا مُّنِيرًا  ۝٤٦
Wa daa`iyan ilal laahi bi iznihee wa siraajam muneeraa
र अल्लाहको हुकुमबाट अल्लाहतिर बोलाउनेवाला र प्रकाशमान्, ज्योति बनाएर ।
🎤 तपाईंको रेकर्डिङ:
33:47 🔁 0/5
وَبَشِّرِ ٱلۡمُؤۡمِنِينَ بِأَنَّ لَهُم مِّنَ ٱللَّهِ فَضۡلًا كَبِيرًا  ۝٤٧
Wa bashshiril mu`mineena bi annna lahum minal laahi fadlan kabeera
र तपाईंले मोमिनहरूलाई शुभसूचना सुनाइदिनुस् कि अल्लाहको तर्फबाट तिनीहरूका लागि ठूलो पुरस्कार (फजल) छ ।
🎤 तपाईंको रेकर्डिङ:
33:48 🔁 0/5
وَلَا تُطِعِ ٱلۡكَٰفِرِينَ وَٱلۡمُنَٰفِقِينَ وَدَعۡ أَذَىٰهُمۡ وَتَوَكَّلۡ عَلَى ٱللَّهِۚ وَكَفَىٰ بِٱللَّهِ وَكِيلًا  ۝٤٨
Wa laa tuti`il kaafireena walmunaafiqeena wa da`azaahum wa tawakkal `alallaah; wa kafaa billaahi Wakeelaa
र इन्कार गर्नेहरू र कपटीहरूको भनाई नमान्नु । र उनीहरूले दिएको दुःखलाई वास्ता नगर्नु । र अल्लाहमा भरोसा गर्नु ! र अल्लाह कुनै कामलाई पनि परिणाममुखी बनाउन पर्याप्त छ ।
🎤 तपाईंको रेकर्डिङ:
33:49 🔁 0/5
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِذَا نَكَحۡتُمُ ٱلۡمُؤۡمِنَٰتِ ثُمَّ طَلَّقۡتُمُوهُنَّ مِن قَبۡلِ أَن تَمَسُّوهُنَّ فَمَا لَكُمۡ عَلَيۡهِنَّ مِنۡ عِدَّةٍ تَعۡتَدُّونَهَاۖ فَمَتِّعُوهُنَّ وَسَرِّحُوهُنَّ سَرَاحًا جَمِيلًا  ۝٤٩
Yaaa aiyuhal lazeena aamanooo izaa nakahtumul mu`minaati summa tallaqtu moohunna min qabli an tamas soohunna famaa lakum `alaihinna min `iddatin ta`taddoonahaa famatti`oohunna wa sarri hoohunna saraahan jameelaa
हे ईमानवालाहरू ! जब तिमी ईमानवाली स्त्रीहरूसँग विवाह गर्दछौ फेरि उनीहरूलाई स्पर्श गर्नुभन्दा अगाडि नै तलाक (पारपाचुके) दिन्छौ भने तिम्रो निम्ति उनीहरूमाथि कुनै इद्दतको अधिकार छैन जसको तिमी गन्ती गर । उनीहरूलाई केही फाइदा (खर्च) दिएर राम्रो तरिकाले बिदा गर ।
🎤 तपाईंको रेकर्डिङ:
33:50 🔁 0/5
يَٰٓأَيُّهَا ٱلنَّبِيُّ إِنَّآ أَحۡلَلۡنَا لَكَ أَزۡوَٰجَكَ ٱلَّٰتِيٓ ءَاتَيۡتَ أُجُورَهُنَّ وَمَا مَلَكَتۡ يَمِينُكَ مِمَّآ أَفَآءَ ٱللَّهُ عَلَيۡكَ وَبَنَاتِ عَمِّكَ وَبَنَاتِ عَمَّٰتِكَ وَبَنَاتِ خَالِكَ وَبَنَاتِ خَٰلَٰتِكَ ٱلَّٰتِي هَاجَرۡنَ مَعَكَ وَٱمۡرَأَةً مُّؤۡمِنَةً إِن وَهَبَتۡ نَفۡسَهَا لِلنَّبِيِّ إِنۡ أَرَادَ ٱلنَّبِيُّ أَن يَسۡتَنكِحَهَا خَالِصَةً لَّكَ مِن دُونِ ٱلۡمُؤۡمِنِينَۗ قَدۡ عَلِمۡنَا مَا فَرَضۡنَا عَلَيۡهِمۡ فِيٓ أَزۡوَٰجِهِمۡ وَمَا مَلَكَتۡ أَيۡمَٰنُهُمۡ لِكَيۡلَا يَكُونَ عَلَيۡكَ حَرَجٌۗ وَكَانَ ٱللَّهُ غَفُورًا رَّحِيمًا  ۝٥٠
Yaaa aiyuhan Nabiyyu innaaa ahlalnaa laka azwaa jakal laatee aayaita ujoora hunna wa maa malakat yameenuka mimmaaa afaaa`al laahu `alaika wa banaati `ammika wa banaati `ammaatika wa banaati khaalika wa banaati khaalaa tikal laatee haajarna ma`aka wamra atam mu`minatan inw wahabat nafsahaa lin Nabiyyi in araadan Nabiyyu ai yastan kihahaa khaalisatal laka min doonil mu`mineen; qad `alim naa maa faradnaa `alaihim feee azwaajihim wa maa malakat aimaanuhum likailaa yakoona `alaika haraj; wa kaanal laahu Ghafoorar Raheema
हे नबी ! हामीले तपाईको निम्ति ती पत्नीहरू ग्राह्य गरिदिएका छौं जसका महर तपाईंले दिइसक्नु भएको छ, र ती दासीहरूलाई पनि जुन अल्लाहले तपाईंको अधीनमा (धर्मयुद्धबाट) गनिमतको मालको रूपमा दियो र तपार्इंको काकाका छोरीहरू र फुफूहरूका छोरीहरू र मामाका छोरीहरू र तपाईंको आमाका दिदी बहिनीका छोरीहरू जसले तपाईको साथमा प्रवास (हिजरत) गरेका छिन् र त्यो ईमानवाली स्त्री जसले आफूलाई नबीको निम्ति अर्पित गर्दछे, यदि नबीले उसित बिहे गर्न चाहनुहुन्छ । त (हे मुहम्मद !) यो खासगरी तपाईंको लागि हो, सबै मुसलमानहरूको लागि होइन, हामीले उनीहरूका स्त्रीहरू र दासीहरूको बारेमा जुन नियमहरू निर्धारित गरेका छौं, हामीलाई थाहा छ । यो यसकारण कि तपार्इंलाई कुनै अप्ठ्यारो नहोस् । र अल्लाह धेरै क्षमाशील, दयावान् छ ।
🎤 तपाईंको रेकर्डिङ:
33:51 🔁 0/5
۞ تُرۡجِي مَن تَشَآءُ مِنۡهُنَّ وَتُـٔۡوِيٓ إِلَيۡكَ مَن تَشَآءُۖ وَمَنِ ٱبۡتَغَيۡتَ مِمَّنۡ عَزَلۡتَ فَلَا جُنَاحَ عَلَيۡكَۚ ذَٰلِكَ أَدۡنَىٰٓ أَن تَقَرَّ أَعۡيُنُهُنَّ وَلَا يَحۡزَنَّ وَيَرۡضَيۡنَ بِمَآ ءَاتَيۡتَهُنَّ كُلُّهُنَّۚ وَٱللَّهُ يَعۡلَمُ مَا فِي قُلُوبِكُمۡۚ وَكَانَ ٱللَّهُ عَلِيمًا حَلِيمًا  ۝٥١
Turjee man tashaaa`u minhunna wa tu`weee ilaika man tashaaa`u wa manibta ghaita mimman `azalta falaa junaaha `alaik; zaalika adnaaa an taqarra a`yunuhunna wa laa yahzanna wa yardaina bimaa aataitahunna kulluhunn; wal laahu ya`lamu maa fee quloo bikum; wa kaanal laahu `Aleeman haleemaa
यीमध्ये जुन स्त्रीलाई चाहन्छौ अलग्गै राख र जसलाई चाहन्छौ आफ्नो साथमा राख । र कसैलाई तपाईंले अलग्गै राख्नु भएपछि यदि उसलाई फेरि आफ्नो पासमा बोलाउँनु हुन्छ भने तपाईंलाई कुनै पाप (गुनाह) छैन । यो यसकारण कि ती स्त्रीहरूका आँखाहरू शीतल रहुन्, र उनीहरू दुःखी नरहुन् र जे–जति तपाईंले उनलाई दिनुहुन्छ उसलाई लिएर सब सहमत रहुन् र जे–जति तिम्रा हृदयमा छन् अल्लाहलाई त्यसको बारेमा थाहा छ अल्लाह त सर्वज्ञ र धेरै सहनशील छ ।
🎤 तपाईंको रेकर्डिङ:
33:52 🔁 0/5
لَّا يَحِلُّ لَكَ ٱلنِّسَآءُ مِنۢ بَعۡدُ وَلَآ أَن تَبَدَّلَ بِهِنَّ مِنۡ أَزۡوَٰجٍ وَلَوۡ أَعۡجَبَكَ حُسۡنُهُنَّ إِلَّا مَا مَلَكَتۡ يَمِينُكَۗ وَكَانَ ٱللَّهُ عَلَىٰ كُلِّ شَيۡءٍ رَّقِيبًا  ۝٥٢
Laa yahillu lakan nisaaa`u mim ba`du wa laaa an tabaddala bihinna min azwaajinw wa law ajabaka husnuhunna illaa maa malakat yameenukk; wa kaanal laahu `alaa kulli shai`ir Raqeeba
(हे पैगम्बर !) यी बाहेक अन्य स्त्रीहरू तपाईंका लागि वैध छैनन् र न यो ठीक छ कि तपार्इंले यिनको बदलामा अन्य पत्नीहरू ल्यानुस्, उनको सौन्दर्य राम्रा लागे पनि । उनीहरूको कुरा अर्कै छ जो तिम्रा सम्पत्ति (दासी) हुन् । वास्तवमा अल्लाहको दृष्टि हरेक कुरोमाथि छ ।
🎤 तपाईंको रेकर्डिङ:
33:53 🔁 0/5
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَدۡخُلُواْ بُيُوتَ ٱلنَّبِيِّ إِلَّآ أَن يُؤۡذَنَ لَكُمۡ إِلَىٰ طَعَامٍ غَيۡرَ نَٰظِرِينَ إِنَىٰهُ وَلَٰكِنۡ إِذَا دُعِيتُمۡ فَٱدۡخُلُواْ فَإِذَا طَعِمۡتُمۡ فَٱنتَشِرُواْ وَلَا مُسۡتَـٔۡنِسِينَ لِحَدِيثٍۚ إِنَّ ذَٰلِكُمۡ كَانَ يُؤۡذِي ٱلنَّبِيَّ فَيَسۡتَحۡيِۦ مِنكُمۡۖ وَٱللَّهُ لَا يَسۡتَحۡيِۦ مِنَ ٱلۡحَقِّۚ وَإِذَا سَأَلۡتُمُوهُنَّ مَتَٰعًا فَسۡـَٔلُوهُنَّ مِن وَرَآءِ حِجَابٍۚ ذَٰلِكُمۡ أَطۡهَرُ لِقُلُوبِكُمۡ وَقُلُوبِهِنَّۚ وَمَا كَانَ لَكُمۡ أَن تُؤۡذُواْ رَسُولَ ٱللَّهِ وَلَآ أَن تَنكِحُوٓاْ أَزۡوَٰجَهُۥ مِنۢ بَعۡدِهِۦٓ أَبَدًاۚ إِنَّ ذَٰلِكُمۡ كَانَ عِندَ ٱللَّهِ عَظِيمًا  ۝٥٣
Yaaa aiyuhal lazeena aamanoo laa tadkhuloo bu yootan Nabiyyi ilaaa ai yu`zana lakum ilaa ta`aamin ghaira naazireena inaahu wa laakin izaa du`eetum fadkhuloo fa izaa ta`imtum fantashiroo wa laa mustaaniseena lihadees; inna zaalikum kaana yu`zin Nabiyya fa yastahyee minkum wallaahu laa yastahyee minal haqq; wa izaa sa altumoohunna mataa`an fas`aloohunna minw waraaa`i hijaab; zaalikum atharu liquloobikum wa quloobihinn; wa maa kaana lakum an tu`zoo Rasoolal laahi wa laaa an tankihooo azwaajahoo mim ba`diheee abadaa; inna zaalikum kaana `indal laahi `azeema
हे ईमानवालाहरू नबीको घरमा अनुमति प्राप्त नगरेसम्म खानको लागि नजानु कि पाक्ने बेलासम्म प्रतीक्षा गर्नुपरोस् तर जब निमन्त्रण हुन्छ तब जाऊ र खाना खाइसकेपछि हिँडिहाल र त्यहीं कुराहरूमा अल्झेर नबस । तिम्रो यो कुराले पैगम्बरलाई कष्ट दिन्छ र उनी तिम्रो लिहाज मान्छन्, तर अल्लाह साँचो कुरा गर्न कसैको लिहाज गर्दैन । र जब तिमी नबीका पत्नीहरूसँग केही माँग्दछौ भने उनीहरूसित पर्दाको पछाडिबाट माँग । यो धेरै शुद्धताको कुरा हो, तिम्रा हृदयहरूको लागि र उनीहरूका हृदयको लागि पनि । तिम्रो निम्ति यो कुरा वैध छैन कि, तिमी अल्लाहका रसूललाई दुःख पुर्याऊ र न यो वैध छ कि उहाँ (नबी) पश्चात कहिल्यै उनका पत्नीहरूसित विवाह गर । यादराख निश्चय नै अल्लाहको दृष्टिमा यो गम्भीर अपराध हो ।
🎤 तपाईंको रेकर्डिङ:
33:54 🔁 0/5
إِن تُبۡدُواْ شَيۡـًٔا أَوۡ تُخۡفُوهُ فَإِنَّ ٱللَّهَ كَانَ بِكُلِّ شَيۡءٍ عَلِيمًا  ۝٥٤
In tubdoo shai`an aw tukhfoohu fa innal laaha kaana bikulli shai`in `Aleemaa
तिमीले चाहे कुनै कुरालाई व्यक्त गर वा त्यसलाई लुकाऊ, अल्लाहलाई त हरेक कुराको ज्ञान छ ।
🎤 तपाईंको रेकर्डिङ:
33:55 🔁 0/5
لَّا جُنَاحَ عَلَيۡهِنَّ فِيٓ ءَابَآئِهِنَّ وَلَآ أَبۡنَآئِهِنَّ وَلَآ إِخۡوَٰنِهِنَّ وَلَآ أَبۡنَآءِ إِخۡوَٰنِهِنَّ وَلَآ أَبۡنَآءِ أَخَوَٰتِهِنَّ وَلَا نِسَآئِهِنَّ وَلَا مَا مَلَكَتۡ أَيۡمَٰنُهُنَّۗ وَٱتَّقِينَ ٱللَّهَۚ إِنَّ ٱللَّهَ كَانَ عَلَىٰ كُلِّ شَيۡءٍ شَهِيدًا  ۝٥٥
Laa junaaha `alaihinna feee aabaaa`ihinna wa laaa abnaaa`ihinna wa laaa ikhwaanihinnna wa laaa abnaaa`i ikhwaanihinna wa laaa abnaaa`i akhawaatihinna wa laa nisaaa`i hinna wa laa Maa malakat aimaanuhunn; wattaqeenal laah; innal laaha kaana `alaa kulli shai`in Shaheedaa
ती स्त्रीहरूलाई आफ्ना बुबाहरूसित आफ्ना छोराहरूसित, र आफ्ना भाइहरूसित, र आफ्ना भतिजाहरूसित, र आफ्ना भान्जिहरूसित, र आफ्ना मेलका स्त्रीहरूसित र न उनीहरूसित जसलाई उनीहरूमाथि स्वामित्वको अधिकार प्राप्त छ पर्दा नगर्नुमा कुनै पाप छैन । स्त्रीहरू ! अल्लाहसित डर, निश्चय नै अल्लाह हरेक कुराको साक्षी छ ।
🎤 तपाईंको रेकर्डिङ:
33:56 🔁 0/5
إِنَّ ٱللَّهَ وَمَلَٰٓئِكَتَهُۥ يُصَلُّونَ عَلَى ٱلنَّبِيِّۚ يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ صَلُّواْ عَلَيۡهِ وَسَلِّمُواْ تَسۡلِيمًا  ۝٥٦
Innal laaha wa malaaa`i katahoo yusalloona `alan Nabiyy; yaaa aiyuhal lazeena aamanoo salloo `alaihi wa sallimoo tasleemaa
अल्लाह र उसका फरिश्ताहरू यस नबीमाथि रहमत (सलाम–शान्ति) पठाउँदछन् । हे ईमानवालाहरू तिमी पनि उनीमाथि धेरै सलाम र दरूद पठाउने गर ।
🎤 तपाईंको रेकर्डिङ:
33:57 🔁 0/5
إِنَّ ٱلَّذِينَ يُؤۡذُونَ ٱللَّهَ وَرَسُولَهُۥ لَعَنَهُمُ ٱللَّهُ فِي ٱلدُّنۡيَا وَٱلۡأٓخِرَةِ وَأَعَدَّ لَهُمۡ عَذَابًا مُّهِينًا  ۝٥٧
Innal lazeena yu`zoonal laaha wa Rasoolahoo la`anahumul laahu fid dunyaa wal Aakhirati wa a`adda lahum `azaabam muheenaa
जुन मानिसहरूले अल्लाह र उसको रसूललाई दुःख पुर्याउँछन्, अल्लाहले उनलाई दुनियाँ र आखिरतमा तिरस्कृत गरेको छ र उनीहरूको निम्ति अपमानजनक यातना तयार गरेको छ ।
🎤 तपाईंको रेकर्डिङ:
33:58 🔁 0/5
وَٱلَّذِينَ يُؤۡذُونَ ٱلۡمُؤۡمِنِينَ وَٱلۡمُؤۡمِنَٰتِ بِغَيۡرِ مَا ٱكۡتَسَبُواْ فَقَدِ ٱحۡتَمَلُواْ بُهۡتَٰنًا وَإِثۡمًا مُّبِينًا  ۝٥٨
Wallazeena yu`zoonal mu`mineena almu`manaati bighairi mak tasaboo faqadih tamaloo buhtaananw wa ismam mubeenaa
र जुन मासिनहरूले ईमानवाला पुरुषहरू र ईमानवाली स्त्रीहरूलाई, बिना कुनै कारण यस्तो कुराको आरोप लगाएर दुःख पुर्याएका छन्, जुनकि उनीहरूले गरेका छैनन्, भने उनीहरूले त ठूलो मित्थ्यारोपण र प्रत्यक्ष पापको बोझ आफूमाथि उठाएका छन् ।
🎤 तपाईंको रेकर्डिङ:
33:59 🔁 0/5
يَٰٓأَيُّهَا ٱلنَّبِيُّ قُل لِّأَزۡوَٰجِكَ وَبَنَاتِكَ وَنِسَآءِ ٱلۡمُؤۡمِنِينَ يُدۡنِينَ عَلَيۡهِنَّ مِن جَلَٰبِيبِهِنَّۚ ذَٰلِكَ أَدۡنَىٰٓ أَن يُعۡرَفۡنَ فَلَا يُؤۡذَيۡنَۗ وَكَانَ ٱللَّهُ غَفُورًا رَّحِيمًا  ۝٥٩
Yaaa aiyuhan Nabiyyu qul li azwaajika wa banaatika wa nisaaa`il mu`mineena yudneena `alaihinna min jalaabee bihinn; zaalika adnaaa ai yu`rafna falaa yu`zain; wa kaanal laahu Ghafoorar Raheemaa
हे पैगम्बर ! आफ्ना पत्नीहरू र आफ्ना छोरीहरू र ईमानवाली स्त्रीहरूसँग भनिदिनुस् कि तिनीहरू आफुमाथि ‘‘आफ्ना च्यादर हाल्ने गरुन्’’ । यसबाट छिटै उनीहरूको (भद्रताको) पहिचान भइहाल्छ र उनले दुःख भोग्नु पर्दैन र अल्लाह बडो क्षमाशील, दयावान छ ।
🎤 तपाईंको रेकर्डिङ:
33:60 🔁 0/5
۞ لَّئِن لَّمۡ يَنتَهِ ٱلۡمُنَٰفِقُونَ وَٱلَّذِينَ فِي قُلُوبِهِم مَّرَضٌ وَٱلۡمُرۡجِفُونَ فِي ٱلۡمَدِينَةِ لَنُغۡرِيَنَّكَ بِهِمۡ ثُمَّ لَا يُجَاوِرُونَكَ فِيهَآ إِلَّا قَلِيلًا  ۝٦٠
La`il lam yantahil munaafiqoona wallazeena fee quloobihim maradunw walmur jifoona fil madeenati lanughri yannaka bihim summa laa yujaawiroonaka feehaaa illaa qaleela
यदि अहिले पनि मुनाफिक र ती मानिसहरू, जसको हृदयमा रोग छन् र जसले मदीना (शहरमा) मिथ्या अफवाह फैलाइराखेका छन्, त्यसो गर्न छाडेनन् भने हामीले तपाईलाई उनीहरूको बर्बादीको लागि लगाइदिने छौं, । अनि तिनीहरू केही दिनको लागि मात्र तपाईसंग यहाँ रहनसक्ने छन् ।
🎤 तपाईंको रेकर्डिङ:
33:61 🔁 0/5
مَّلۡعُونِينَۖ أَيۡنَمَا ثُقِفُوٓاْ أُخِذُواْ وَقُتِّلُواْ تَقۡتِيلًا  ۝٦١
Mal`ooneena ainamaa suqifoo ukhizoo wa quttiloo taqteelaa
यिनीहरू तिरस्कृत रहनेछन् । जहाँ कहीं भेटिनेछन्, समातिनेछन् र नराम्रो तरिकाले मारिनेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
33:62 🔁 0/5
سُنَّةَ ٱللَّهِ فِي ٱلَّذِينَ خَلَوۡاْ مِن قَبۡلُۖ وَلَن تَجِدَ لِسُنَّةِ ٱللَّهِ تَبۡدِيلًا  ۝٦٢
Sunnatal laahi fil lazeena khalaw min qablu wa lan tajida lisunnatil laahi tabdeelaa
अल्लाहको यहि रीति ती मानिसहरूको विषयमा पनि रहेको छ जो पहिला गुज्रिसकेका छन् ! र तपाईंले अल्लाहको रीतिमा कहिल्यै परिवर्तन पाउने छैनौ ।
🎤 तपाईंको रेकर्डिङ:
33:63 🔁 0/5
يَسۡـَٔلُكَ ٱلنَّاسُ عَنِ ٱلسَّاعَةِۖ قُلۡ إِنَّمَا عِلۡمُهَا عِندَ ٱللَّهِۚ وَمَا يُدۡرِيكَ لَعَلَّ ٱلسَّاعَةَ تَكُونُ قَرِيبًا  ۝٦٣
Yas`alukan naasu `anis Saa`ati qul innamaa `ilmuhaa `indal laah; wa maa yudreeka la`allas Saa`ata takoonu qareebaa
मानिसहरूले तपाईंसँग कियामतको (समयको) बारेमा सोध्छन् । भनिदिनुस् ‘‘यसको ज्ञान त अल्लाहलाई मात्र छ र तपाईलाई के थाहा ? शायद कियामत नजिकै आइपुगेको छ’’ ।
🎤 तपाईंको रेकर्डिङ:
33:64 🔁 0/5
إِنَّ ٱللَّهَ لَعَنَ ٱلۡكَٰفِرِينَ وَأَعَدَّ لَهُمۡ سَعِيرًا  ۝٦٤
Innal laaha la`anal kaafireena wa a`adda lahum sa`eeraa
अल्लाहले इन्कार गर्नेहरूलाई अभिशप्त गरेको छ र उनीहरूको निम्ति (जहन्नमको) आगो तयार गरिराखेको छ ।
🎤 तपाईंको रेकर्डिङ:
33:65 🔁 0/5
خَٰلِدِينَ فِيهَآ أَبَدًاۖ لَّا يَجِدُونَ وَلِيًّا وَلَا نَصِيرًا  ۝٦٥
Khaalideena feehaaa abadaa, laa yajidoona waliyyanw wa laa naseeraa
जसमा उनीहरू सधैं सधैं रहनेछन् । उनीहरूले त्यहाँ कुनै समर्थक र सहायक पाउने छैनन् ।
🎤 तपाईंको रेकर्डिङ:
33:66 🔁 0/5
يَوۡمَ تُقَلَّبُ وُجُوهُهُمۡ فِي ٱلنَّارِ يَقُولُونَ يَٰلَيۡتَنَآ أَطَعۡنَا ٱللَّهَ وَأَطَعۡنَا ٱلرَّسُولَا۠  ۝٦٦
Yawma tuqallabu wujoohuhum fin Naari yaqooloona yaa laitanaaa ata`nal laaha wa ata`nar Rasoolaa
त्यस दिन उनीहरूका अनुहार आगोमा उल्टाइने, पल्टाइनेछ त उनीहरूले भन्नेछन्ः ‘‘कति राम्रो हुनथ्यो यदि हामीले अल्लाहको आज्ञापालन गरेको भए र रसूलको आज्ञापालन गरेको भए’’ ।
🎤 तपाईंको रेकर्डिङ:
33:67 🔁 0/5
وَقَالُواْ رَبَّنَآ إِنَّآ أَطَعۡنَا سَادَتَنَا وَكُبَرَآءَنَا فَأَضَلُّونَا ٱلسَّبِيلَا۠  ۝٦٧
Wa qaaloo Rabbanaaa innaaa ata`naa saadatanaa wa kubaraaa`anaa fa adalloonas sabeelaa
र उनीहरूले भन्नेछन् ‘‘हे हाम्रो पालनकर्ता ! वास्तवमा हामीले आफ्ना नाइकेहरू र आफ्ना ठूला बडाको आज्ञापालन गर्यौं र उनीहरूले हामीलाई सही मार्गबाट विचलित गरिदिए ।’’
🎤 तपाईंको रेकर्डिङ:
33:68 🔁 0/5
رَبَّنَآ ءَاتِهِمۡ ضِعۡفَيۡنِ مِنَ ٱلۡعَذَابِ وَٱلۡعَنۡهُمۡ لَعۡنًا كَبِيرًا  ۝٦٨
Rabbanaaa aatihim di`fai ni minal `azaabi wal`anhum la nan kabeera
हे हाम्रो स्वामी ! ‘‘उनीहरूलाई तिमी दोहोरो यातना देऊ र उनीहरूलाई ठूलो तिरस्कृत गर’’ ।
🎤 तपाईंको रेकर्डिङ:
33:69 🔁 0/5
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَكُونُواْ كَٱلَّذِينَ ءَاذَوۡاْ مُوسَىٰ فَبَرَّأَهُ ٱللَّهُ مِمَّا قَالُواْۚ وَكَانَ عِندَ ٱللَّهِ وَجِيهًا  ۝٦٩
yaa aiyuhal lazeena aamanoo las takoonoo kalla zeena aazaw Moosaa fa barra ahul laahu mimmmaa qaaloo; wa kaana `indal laahi wajeehaa
हे मोमिनहरू ! ‘‘तिमीहरू ती मानिसहरू जस्तो नहुनु, जसले मूसालाई (दोष लगाएर) दुःख पुर्याए, तर अल्लाहले उनलाई दोषरहित प्रमाणित गर्यो । उनी अल्लाहकहाँ सम्मानित भएका थिए’’ ।
🎤 तपाईंको रेकर्डिङ:
33:70 🔁 0/5
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ ٱتَّقُواْ ٱللَّهَ وَقُولُواْ قَوۡلًا سَدِيدًا  ۝٧٠
Yaaa aiyuhal lazeena aamanut taqul laaha wa qooloo qawlan sadeedaa
हे मोमिनहरू ! अल्लाहसित डर मान्नेगर र सोझो सोझो साँचो कुरा भन्नेगर ।
🎤 तपाईंको रेकर्डिङ:
33:71 🔁 0/5
يُصۡلِحۡ لَكُمۡ أَعۡمَٰلَكُمۡ وَيَغۡفِرۡ لَكُمۡ ذُنُوبَكُمۡۗ وَمَن يُطِعِ ٱللَّهَ وَرَسُولَهُۥ فَقَدۡ فَازَ فَوۡزًا عَظِيمًا  ۝٧١
Yuslih lakum a`maalakum wa yaghfir lakum zunoobakum; wa mai yuti`il laaha wa Rasoolahoo faqad faaza fawzan `azeemaa
ताकि अल्लाह तिम्रा कर्महरूलाई राम्रो पारोस् र तिम्रा पापहरूलाई क्षमा गरिदेओस् । र जसले पनि अल्लाह र उसको रसूलको आज्ञापालन गर्यो, त्यसले ठूलो सफलता प्राप्त गरिसक्ने छ ।
🎤 तपाईंको रेकर्डिङ:
33:72 🔁 0/5
إِنَّا عَرَضۡنَا ٱلۡأَمَانَةَ عَلَى ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَٱلۡجِبَالِ فَأَبَيۡنَ أَن يَحۡمِلۡنَهَا وَأَشۡفَقۡنَ مِنۡهَا وَحَمَلَهَا ٱلۡإِنسَٰنُۖ إِنَّهُۥ كَانَ ظَلُومًا جَهُولًا  ۝٧٢
Innaa `aradnal amaanata `alas samaawaati walardi wal jibaali fa abaina ai yahmil nahaa wa ashfaqna minhaa wa hamalahal insaanu innahoo kaana zalooman jahoolaa
हामीले आफ्नो नासोलाई आकाशहरू र धरती र पर्वतहरूमाथि प्रस्तुत गर्यौं, तर उनीहरूले त्यसलाई उठाउन इन्कार गरिदिए र त्यससित तर्सिहाले । (तर) मानिसले त्यसलाई उठाइहाल्यो । (निश्चय नै ऊ) ठूलो अत्याचारी र अज्ञानी छ ।
🎤 तपाईंको रेकर्डिङ:
33:73 🔁 0/5
لِّيُعَذِّبَ ٱللَّهُ ٱلۡمُنَٰفِقِينَ وَٱلۡمُنَٰفِقَٰتِ وَٱلۡمُشۡرِكِينَ وَٱلۡمُشۡرِكَٰتِ وَيَتُوبَ ٱللَّهُ عَلَى ٱلۡمُؤۡمِنِينَ وَٱلۡمُؤۡمِنَٰتِۗ وَكَانَ ٱللَّهُ غَفُورًا رَّحِيمَۢا  ۝٧٣
Liyu `azzibal laahul munaafiqeena wal munaafiqaati walmushrikeena wal mushrikaati wa yatoobal laahu `alal mu`mineena walmu`minaat; wa kaanal laahu Ghafoorar Raheema
यो यस कारण कि अल्लाहले कपटी पुरुष र स्त्रीहरू र बहुदेववादी पुरुषहरू र बहुदेववादी स्त्रीहरूलाई सजाय देओस्, र ईमानवाला पुरुषहरू र ईमानवाली स्त्रीहरूको प्रायश्चित स्वीकार गरोस् । अल्लाह बडो क्षमाशील र दयालु छ ।
🎤 तपाईंको रेकर्डिङ:
💡 लुकेको शब्दलाई अस्थायी रूपमा देखाउन ट्याप गर्नुहोस् — तपाईंको प्रगति स्वतः बचत हुन्छ।

🎉
🎊 राम्रो! कण्ठ पूरा भयो
Mishary Rashid Alafasy
Mahmoud Khalil Al-Husary
Abdurrahman As-Sudais
Mohamed Siddiq Al-Minshawi
Abdul Basit Abdul Samad
Ali Al-Hudhaify
Ahmed ibn Ali al-Ajamy
Abu Bakr Ash-Shaatree
Muhammad Ayyoub
Abdullah Basfar
Abdullah Al-Juhani
Maher Al Muaiqly
0:00
0:00
-

पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers