🔥 0 दिन लगातार
📖 लामो सूरा — साना भागहरूमा विभाजित (54 आयत)
0/54
34:1
🔁 0/5
ٱلۡحَمۡدُ لِلَّهِ ٱلَّذِي لَهُۥ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِ وَلَهُ ٱلۡحَمۡدُ فِي ٱلۡأٓخِرَةِۚ وَهُوَ ٱلۡحَكِيمُ ٱلۡخَبِيرُ ١
Alhamdu lillaahil lazee lahoo maa fis samaawaati wa maa fil ardi wa lahul hamdu fil aakhirah; wa Huwal Hakeemul Khabeer
सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हुन् । जो कि ती सबै कुराको स्वामी हो, जुन आकाशहरूमा छन् र जे धरतीमा छ । र आखिरतमा पनि उसैको लागि प्रशंसा छ । र ऊ ठूलो तत्वदर्शी र सर्वज्ञ छ ।
🎤 तपाईंको रेकर्डिङ:
34:2
🔁 0/5
يَعۡلَمُ مَا يَلِجُ فِي ٱلۡأَرۡضِ وَمَا يَخۡرُجُ مِنۡهَا وَمَا يَنزِلُ مِنَ ٱلسَّمَآءِ وَمَا يَعۡرُجُ فِيهَاۚ وَهُوَ ٱلرَّحِيمُ ٱلۡغَفُورُ ٢
Ya`lamu maa yaliju fil ardi wa maa yakhruju minhaa wa maa yanzilu minas samaaa`i wa maa ya`ruju feehaa; wa Huwar Raheemul Ghafoor
जो धरतीमुनि जान्छ र जो त्यसबाट बाहिर निस्कन्छ र जेजति आकाशबाट तल झर्छ, र जो जति त्यसमाथि चढ्छ (उक्लन्छ) ऊ सबै जान्दछ, र ऊ अत्यन्त दयालु क्षमाशील छ ।
🎤 तपाईंको रेकर्डिङ:
34:3
🔁 0/5
وَقَالَ ٱلَّذِينَ كَفَرُواْ لَا تَأۡتِينَا ٱلسَّاعَةُۖ قُلۡ بَلَىٰ وَرَبِّي لَتَأۡتِيَنَّكُمۡ عَٰلِمِ ٱلۡغَيۡبِۖ لَا يَعۡزُبُ عَنۡهُ مِثۡقَالُ ذَرَّةٍ فِي ٱلسَّمَٰوَٰتِ وَلَا فِي ٱلۡأَرۡضِ وَلَآ أَصۡغَرُ مِن ذَٰلِكَ وَلَآ أَكۡبَرُ إِلَّا فِي كِتَٰبٍ مُّبِينٍ ٣
Wa qaalal lazeena kafaroo laa taateenas Saa`ah; qul balaa wa Rabbee lataatiyannakum `Aalimul Ghaib; laa ya`zubu `anhu misqaalu zarratin fis samaawaati wa laa fil ardi wa laaa asgharu min zaalika wa laaa akbaru illaa fee kitaabim mubeen
काफिरहरूले भन्दछन्ः कि कियामतको समय ‘‘हामीमाथि आउँदैन’’ । तपाई भनिदिनुस् मलाई मेरो पालनकर्ताको कसम , त्यो तिमीहरूमाथि अवश्य आउनेछ । अल्लाहलाई जो अन्र्तयामी छ अदृश्यको ज्ञान छ, कण बराबरको सानो तिनो कुरा पनि उसबाट लुकेको छैन, आकाशहरूमा र नत धरतीमा नत त्योभंदा सानो कुनै कुरा र न ठूलो । सबै कुराहरू स्पष्ट किताबमा अंकित छन् ।
🎤 तपाईंको रेकर्डिङ:
34:4
🔁 0/5
لِّيَجۡزِيَ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِۚ أُوْلَٰٓئِكَ لَهُم مَّغۡفِرَةٌ وَرِزۡقٌ كَرِيمٌ ٤
Liyajziyal lazeena aamanoo wa `amilus saalihaat; ulaaa`ika lahum maghfiratunw wa rizqun kareem
ताकि उसले उनीहरूलाई राम्रो पुरस्कार देओस्, जसले ईमान ल्याए र असल कर्म गर्दैरहे । यिनै हुन् जसको निम्ति क्षमा र सम्मानित जीविका छ ।
🎤 तपाईंको रेकर्डिङ:
34:5
🔁 0/5
وَٱلَّذِينَ سَعَوۡ فِيٓ ءَايَٰتِنَا مُعَٰجِزِينَ أُوْلَٰٓئِكَ لَهُمۡ عَذَابٌ مِّن رِّجۡزٍ أَلِيمٌ ٥
Wallazeena sa`aw feee aayaatinaa mu`aajizeena ulaaa `ika lahum `azaabum mir irjzin aleem
र जसले हाम्रा आयातहरूलाई मात गर्न प्रयास गरे, तिनै हुन् जसको निम्ति साह्रै नै नराम्रो प्रकारको दुःखद् यातना छ ।
🎤 तपाईंको रेकर्डिङ:
34:6
🔁 0/5
وَيَرَى ٱلَّذِينَ أُوتُواْ ٱلۡعِلۡمَ ٱلَّذِيٓ أُنزِلَ إِلَيۡكَ مِن رَّبِّكَ هُوَ ٱلۡحَقَّ وَيَهۡدِيٓ إِلَىٰ صِرَٰطِ ٱلۡعَزِيزِ ٱلۡحَمِيدِ ٦
Wa yaral lazeena utul `Ilmal lazeee unzila ilaika mir Rabbika huwal haqqa wa yahdeee ilaaa siraatil `Azeezil Hameed
र जसलाई ज्ञान छ, उनीहरूले स्वयम् देख्नेछन् कि जे जति तपाईंको पालनहारको तर्फबाट तपाईतिर अवतरित भएको छ, त्यही नै सत्य हो, र अल्लाह जो सर्वशक्ति सम्पन्न, र विशेषतावाला छ तिनलाई सोझो मार्ग देखाउँछ ।
🎤 तपाईंको रेकर्डिङ:
34:7
🔁 0/5
وَقَالَ ٱلَّذِينَ كَفَرُواْ هَلۡ نَدُلُّكُمۡ عَلَىٰ رَجُلٍ يُنَبِّئُكُمۡ إِذَا مُزِّقۡتُمۡ كُلَّ مُمَزَّقٍ إِنَّكُمۡ لَفِي خَلۡقٍ جَدِيدٍ ٧
Wa qaalal lazeena kafaroo hal nadullukum `alaa rajuliny yanabbi `ukum izaa muzziqtum kulla mumazzaqin innakum lafee khalqin jadeed
र काफिरहरूले भने (आऊ) ‘‘हामीले तिमीलाई एउटा यस्तो मानिसको बारेमा भनौं, जसले तिमीलाई यो खबर दिइरहेछ कि जब तिमी बिल्कुलै नष्ट भइसक्नेछौ तब फेरि तिमी पुनः जीवित हुनेछौ’’
🎤 तपाईंको रेकर्डिङ:
34:8
🔁 0/5
أَفۡتَرَىٰ عَلَى ٱللَّهِ كَذِبًا أَم بِهِۦ جِنَّةُۢۗ بَلِ ٱلَّذِينَ لَا يُؤۡمِنُونَ بِٱلۡأٓخِرَةِ فِي ٱلۡعَذَابِ وَٱلضَّلَٰلِ ٱلۡبَعِيدِ ٨
Aftaraa `alal laahi kaziban am bihee jinnah; balil lazeena laa yu`minoona bil Aakhirati fil`azaabi waddad laalil ba`eed
(हामी भन्दैनौं कि) के उसले अल्लाहमाथि झूठो दोषारोपण गरेको छ, वा त्यसलाई केही उन्माद छ ? वास्तविकता यो छ जुन मानिसहरूले आखिरतमा विश्वास गर्दैनन्, उनीहरू सजाय पाउनेवाला र मार्गविचलनमा छन् ।
🎤 तपाईंको रेकर्डिङ:
34:9
🔁 0/5
أَفَلَمۡ يَرَوۡاْ إِلَىٰ مَا بَيۡنَ أَيۡدِيهِمۡ وَمَا خَلۡفَهُم مِّنَ ٱلسَّمَآءِ وَٱلۡأَرۡضِۚ إِن نَّشَأۡ نَخۡسِفۡ بِهِمُ ٱلۡأَرۡضَ أَوۡ نُسۡقِطۡ عَلَيۡهِمۡ كِسَفًا مِّنَ ٱلسَّمَآءِۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَةً لِّكُلِّ عَبۡدٍ مُّنِيبٍ ٩
Afalam yaraw ilaa maa baina aydeehim wa maa khalfahum minas samaaa`i wal ard; in nashad nakhsif bihimul arda aw nusqit `alaihim kisafam minas samaaa`; inna fee zaalika la Aayatal likulli `abdim muneeb
के उनीहरूले आफ्नो अगाडि पछाडि आकाश र धरतीलाई देखेनन् ? हामीले चाहेको अवस्थामा उनीहरूलाई धरतीमा (धंसाउन) गाड्न सक्छौं वा उनीमाथि आकाशबाट केही टुक्राहरू खसाल्न सक्छौं । निश्चय नै यसमा एउटा प्रमाण छ, प्रत्येक त्यस मानिसको लागि जो हृदयबाट प्रवृत्त हुन्छ ।
🎤 तपाईंको रेकर्डिङ:
34:10
🔁 0/5
۞ وَلَقَدۡ ءَاتَيۡنَا دَاوُۥدَ مِنَّا فَضۡلًاۖ يَٰجِبَالُ أَوِّبِي مَعَهُۥ وَٱلطَّيۡرَۖ وَأَلَنَّا لَهُ ٱلۡحَدِيدَ ١٠
Wa laqad aatainaa Daawooda minnaa fadlany yaa jibaalu awwibee ma`ahoo wattaira wa alannaa lahul hadeed
र हामीले दाऊद (अलैहिस्सलाम) माथि आफ्नो तर्फबाट कृपा गरेका छौं ‘‘हे पर्वतहरू उसको साथमा गुणगानलाई प्रतिध्वनित गर, र पंक्षीहरू तिमीहरूले पनि’’ । र हामीले उसको निम्ति फलामलाई नरम बनाइदियौं ।
🎤 तपाईंको रेकर्डिङ:
34:11
🔁 0/5
أَنِ ٱعۡمَلۡ سَٰبِغَٰتٍ وَقَدِّرۡ فِي ٱلسَّرۡدِۖ وَٱعۡمَلُواْ صَٰلِحًاۖ إِنِّي بِمَا تَعۡمَلُونَ بَصِيرٌ ١١
Ani`mal saabighaatinw wa qaddir fis sardi wa`maloo saalihan innee bimaa ta`maloona Baseer
ताकि तिमी ‘‘पूरा कवचहरू बनाइहाल र कडीहरूलाई सही अनुमानले जोड ।’’ र तिमी सबै राम्रो कर्म गर । निश्चित मान कि जे–जति तिमीले गर्दैछौ, त्यसलाई म देख्दैछु ।
🎤 तपाईंको रेकर्डिङ:
34:12
🔁 0/5
وَلِسُلَيۡمَٰنَ ٱلرِّيحَ غُدُوُّهَا شَهۡرٌ وَرَوَاحُهَا شَهۡرٌۖ وَأَسَلۡنَا لَهُۥ عَيۡنَ ٱلۡقِطۡرِۖ وَمِنَ ٱلۡجِنِّ مَن يَعۡمَلُ بَيۡنَ يَدَيۡهِ بِإِذۡنِ رَبِّهِۦۖ وَمَن يَزِغۡ مِنۡهُمۡ عَنۡ أَمۡرِنَا نُذِقۡهُ مِنۡ عَذَابِ ٱلسَّعِيرِ ١٢
Wa li-Sulaimaanar reeha ghuduwwuhaa shahrunw wa ra-waahuhaa shahrunw wa asalnaa lahoo `ainal qitr; wa minal jinni mai ya`malu baina yadaihi bi izni Rabbih; wa mai yazigh minhum `an amrinaa nuziqhu min `azaabis sa`eer
र ‘‘सुलैमानको’’ निम्ति हामीले वायुलाई बशीभूत गरिदिएका थियौं । यसको बिहानको अभिष्ट एक महिनाको बाटो हुन्थ्यो र साँझको अभिष्ट पनि (एक महिनाको थियो) र हामीले उसको निम्ति पग्लेको ताँबाको स्रोत बगाइदियौं र जिन्नहरूमध्येबाट पनि केहीलाई (उसको बशीभूत गरिदिएका थियौं) । जसले आफ्नो पालनकर्ताको अनुज्ञाले उसको अगाडि काम गर्दथे । (आदेश थियोः) ‘‘कि उनीहरूमध्ये जसले हाम्रो आदेशको उल्लंघन गर्दछ उसलाई हामीले प्रज्वलित आगोको स्वाद चखाउनेछौं’’ ।
🎤 तपाईंको रेकर्डिङ:
34:13
🔁 0/5
يَعۡمَلُونَ لَهُۥ مَا يَشَآءُ مِن مَّحَٰرِيبَ وَتَمَٰثِيلَ وَجِفَانٍ كَٱلۡجَوَابِ وَقُدُورٍ رَّاسِيَٰتٍۚ ٱعۡمَلُوٓاْ ءَالَ دَاوُۥدَ شُكۡرًاۚ وَقَلِيلٌ مِّنۡ عِبَادِيَ ٱلشَّكُورُ ١٣
Ya`maloona lahoo ma yashaaa`u mim mahaareeba wa tamaaseela wa jifaanin kaljawaabi wa qudoorir raasiyaat; i`maloo aala Daawooda shukraa; wa qaleelum min `ibaadiyash shakoor
सुलैमानले चाहेको कुरा जिन्नातहरूले तयार गर्दथे । उदाहरणको लागि किलाहरू र प्रतिमाहरू र ठूलो डेक्चीजस्ता तलाब र चूल्होमा अडी रहने डेक्ची । हे दाऊदका सन्तति मेरो कृतज्ञता ज्ञापन गर्न असल कर्म गर ! र मेरा सेवकहरूमा कृतज्ञता ज्ञापन गर्नेहरू थोरै हुन्छन्’’ ।
🎤 तपाईंको रेकर्डिङ:
34:14
🔁 0/5
فَلَمَّا قَضَيۡنَا عَلَيۡهِ ٱلۡمَوۡتَ مَا دَلَّهُمۡ عَلَىٰ مَوۡتِهِۦٓ إِلَّا دَآبَّةُ ٱلۡأَرۡضِ تَأۡكُلُ مِنسَأَتَهُۥۖ فَلَمَّا خَرَّ تَبَيَّنَتِ ٱلۡجِنُّ أَن لَّوۡ كَانُواْ يَعۡلَمُونَ ٱلۡغَيۡبَ مَا لَبِثُواْ فِي ٱلۡعَذَابِ ٱلۡمُهِينِ ١٤
Falammaa qadainaa `alaihil mawta ma dallahum `alaa mawtiheee illaa daaabbatul ardi taakulu minsa atahoo falammaa kharra tabaiyanatil jinnu al law kaanoo ya`lamoonal ghaiba maa labisoo fil `azaabil muheen
अनि जब हामीले उनको मृत्युको निम्ति आदेश दियौं त ती जिन्नहरूलाई उसको मृत्युको समाचार कसैले दिएन घुनकीरा बाहेक जसले उसको लठ्ठीलाई खाइराखेको थियो । अनि जब उनी खसिहाले, तब जिन्नहरूले थाहा पाए कि यदि उनी परोक्षका कुरा जान्नेवाला भएको भए यस अपमानजनक यातनामा परिराख्ने थिएनन् ।
🎤 तपाईंको रेकर्डिङ:
34:15
🔁 0/5
لَقَدۡ كَانَ لِسَبَإٍ فِي مَسۡكَنِهِمۡ ءَايَةٌۖ جَنَّتَانِ عَن يَمِينٍ وَشِمَالٍۖ كُلُواْ مِن رِّزۡقِ رَبِّكُمۡ وَٱشۡكُرُواْ لَهُۥۚ بَلۡدَةٌ طَيِّبَةٌ وَرَبٌّ غَفُورٌ ١٥
Laqad kaana li Saba-in fee maskanihim Aayatun jannataani `ai yameeninw wa shimaalin kuloo mir rizq Rabbikum washkuroolah; baldatun taiyibatunw wa Rabbun Ghafoor
सबाका जातिबन्धुको लागि उनीहरूको निवासस्थानमा नै अल्लाहको शक्तिको एउटा निशानी थियो । उनको बायाँ र दायाँ दुईवटा बगैचा थिए हामीले उनलाई आदेश दिएका थियौं कि ‘‘आफ्नो पालनकर्ताले दिएको जीविका खाऊ, र उसप्रति आभार प्रकट गर । यो शहर पनि राम्रो र पालनकर्ता पनि क्षमाशील’’ छ ।
🎤 तपाईंको रेकर्डिङ:
34:16
🔁 0/5
فَأَعۡرَضُواْ فَأَرۡسَلۡنَا عَلَيۡهِمۡ سَيۡلَ ٱلۡعَرِمِ وَبَدَّلۡنَٰهُم بِجَنَّتَيۡهِمۡ جَنَّتَيۡنِ ذَوَاتَيۡ أُكُلٍ خَمۡطٍ وَأَثۡلٍ وَشَيۡءٍ مِّن سِدۡرٍ قَلِيلٍ ١٦
Fa-a``radoo fa-arsalnaa `alaihim Sailal `Arimi wa baddalnaahum bijannataihim jannataini azwaatai ukulin khamtinw wa aslinw wa shai`im min sidrin qaleel
किन्तु तिनीहरूले ध्यान दिएनन् अनि हामीले उनीहरूमाथि ठूलो बाढी पठाइदियौं र उनीहरूको दुईटै बगैंचाको सट्टामा उनीहरूलाई दुइटा अर्कै बगैंचाहरू दियौं, जसका फलहरू बेस्वाद थिए र जसमा केही झ्याउ थिए र केही झरबयरहरू थिए ।
🎤 तपाईंको रेकर्डिङ:
34:17
🔁 0/5
ذَٰلِكَ جَزَيۡنَٰهُم بِمَا كَفَرُواْۖ وَهَلۡ نُجَٰزِيٓ إِلَّا ٱلۡكَفُورَ ١٧
Zaalika jazainaahum bimaa kafaroo wa hal nujaazeee illal kafoor
यो प्रतिफल हामीले उनीहरूलाई उनीहरूको अवज्ञाको कारणले दियौं । यस्तो प्रतिफल त हामीले ठूला ठूला कृतघ्न मानिसलाई नै दिन्छौं ।
🎤 तपाईंको रेकर्डिङ:
34:18
🔁 0/5
وَجَعَلۡنَا بَيۡنَهُمۡ وَبَيۡنَ ٱلۡقُرَى ٱلَّتِي بَٰرَكۡنَا فِيهَا قُرًى ظَٰهِرَةً وَقَدَّرۡنَا فِيهَا ٱلسَّيۡرَۖ سِيرُواْ فِيهَا لَيَالِيَ وَأَيَّامًا ءَامِنِينَ ١٨
Wa ja`alnaa bainahum wa bainal qural latee baaraknaa feehaa quran zaahiratanw wa qaddamaa feehas sayr; seeroo feehaa la yaalirya wa aiyaaman aamineen
र हामीले उनीहरूको र ती बस्तीहरूको बीचमा जसलाई हामीले बरकत (पुरस्कार) दिएका थियौं केही अरु बस्तीहरू अबाद गरायौं जुन सार्वजनिक रूपले प्रकट थिए र तिनीहरूमा उनमा यात्राका अभिष्टहरू ठीक अनुमानमा राख्यौं ‘‘उनीहरूमा रातदिन निश्चिन्त भई हिंडडुल गर ।’’
🎤 तपाईंको रेकर्डिङ:
34:19
🔁 0/5
فَقَالُواْ رَبَّنَا بَٰعِدۡ بَيۡنَ أَسۡفَارِنَا وَظَلَمُوٓاْ أَنفُسَهُمۡ فَجَعَلۡنَٰهُمۡ أَحَادِيثَ وَمَزَّقۡنَٰهُمۡ كُلَّ مُمَزَّقٍۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٍ لِّكُلِّ صَبَّارٍ شَكُورٍ ١٩
Faqaaloo Rabbanaa baa`id baina asfaarinaa wa zalamooo anfusahum faja`alnaahum ahaadeesa wa mazzaq naahum kulla mumazzaq; inna fee zaalika la Aayaatil likulli sabbaarin shakoor
किन्तु उनीहरूले भनेः ‘‘हे हाम्रो पालनकर्ता हाम्रा यात्राहरूलाई दूरस्थ बनाइदेऊ । उनीहरूले स्वयम् आफूमाथि नै आफ्नो कुभलो गरे । त्यसकारण हामीले (उनीहरूलाई नष्ट गरेर) उनीहरूलाई कथा बनाइदियौं, र उनीहरूलाई बिल्कुल छिन्न भिन्न गरिदियौं । निश्चय नै यसमा प्रत्येक ठूलो धैर्यवान्, कृतज्ञको निम्ति धेरै शिक्षाहरू छन् ।
🎤 तपाईंको रेकर्डिङ:
34:20
🔁 0/5
وَلَقَدۡ صَدَّقَ عَلَيۡهِمۡ إِبۡلِيسُ ظَنَّهُۥ فَٱتَّبَعُوهُ إِلَّا فَرِيقًا مِّنَ ٱلۡمُؤۡمِنِينَ ٢٠
Wa laqad saddaq `alaihim Ibleesu zannnabhoo fattaba`oohu illaa fareeqam minal mu`mineen
र इबलीसले (शैताको नायकले) उनको विषयमा आफ्नो अनुमान सत्य साबित गरेर देखाइदियो र ईमानवालाहरूको एउटा समूह बाहेक उनीहरू सबै उसैको अनुयायी बने ।
🎤 तपाईंको रेकर्डिङ:
34:21
🔁 0/5
وَمَا كَانَ لَهُۥ عَلَيۡهِم مِّن سُلۡطَٰنٍ إِلَّا لِنَعۡلَمَ مَن يُؤۡمِنُ بِٱلۡأٓخِرَةِ مِمَّنۡ هُوَ مِنۡهَا فِي شَكٍّۗ وَرَبُّكَ عَلَىٰ كُلِّ شَيۡءٍ حَفِيظٌ ٢١
Wa maa kaana lahoo `alaihim min sultaanin illaa lina`lama mai yu minu bil Aakhirati mimman huwa minhaa fee shakk; wa Rabbuka `alaa kulli shai`in Hafeez
यद्यपि शैतानको उनीहरूमाथि कुनै जोड र दबाव थिएन, किन्तु यो यसकारण कि हामीले प्रकट गरौं उनीहरूलाई जो आखिरतमाथि ईमान राख्दछन् उनीहरूबाट जो उसको बारेमा कुनै सन्देहमा परिराखेका छन् । र तपाईंको पालनहार प्रत्येक कुराको संरक्षक छ ।
🎤 तपाईंको रेकर्डिङ:
34:22
🔁 0/5
قُلِ ٱدۡعُواْ ٱلَّذِينَ زَعَمۡتُم مِّن دُونِ ٱللَّهِ لَا يَمۡلِكُونَ مِثۡقَالَ ذَرَّةٍ فِي ٱلسَّمَٰوَٰتِ وَلَا فِي ٱلۡأَرۡضِ وَمَا لَهُمۡ فِيهِمَا مِن شِرۡكٍ وَمَا لَهُۥ مِنۡهُم مِّن ظَهِيرٍ ٢٢
Qulid `ul lazeena za`amtum min doonil laahi laa yamlikoona misqaala zarratin fissamaawaati wa laa fil ardi wa maa lahum feehimaa min shirkinw wa maa lahoo minhum min zaheer
भनिदिनुस् ‘‘कि अल्लाहबाहेक जस–जसलाई तिमीले (पूज्य) ठान्दछौ, तिनीहरू सबलाई पुकारेर हेर । तिनीहरूमध्ये कसैलाई आकाशहरूमा र पृथ्वीमा एउटा कणभरी पनि कुनै कुराको अधिकार छैन र न ती दुवैमा उनको कुनै साझेदारी छ र न उनीहरूमध्ये कुनै उसको सहायक छ’’ ।
🎤 तपाईंको रेकर्डिङ:
34:23
🔁 0/5
وَلَا تَنفَعُ ٱلشَّفَٰعَةُ عِندَهُۥٓ إِلَّا لِمَنۡ أَذِنَ لَهُۥۚ حَتَّىٰٓ إِذَا فُزِّعَ عَن قُلُوبِهِمۡ قَالُواْ مَاذَا قَالَ رَبُّكُمۡۖ قَالُواْ ٱلۡحَقَّۖ وَهُوَ ٱلۡعَلِيُّ ٱلۡكَبِيرُ ٢٣
Wa laa tanfa`ush shafaa`atu `indahooo illaa liman azina lah; hattaaa izaa fuzzi`a `an quloobihim qaaloo maazaa qaala Rabbukum; qaalul haqq, wa Huwal `Aliyul Kabeer
उसकहाँ कसैको सिफारिश लाग्दैन, किन्तु उसको मात्र जसलाई उसले अनुमति दिएको छ । यहाँसम्म कि जब उनका हृदयहरूबाट घबराहट समाप्त गरिन्छ, त तिनीहरूले सोध्छन्ः कि ‘‘तिम्रो पालनकर्ताले के भन्यो’’ ? (फरिश्ताहरूले) जवाफ दिन्छन् कि ‘‘सत्य भनेको छ ! र त्यो अत्यन्त उच्च र महान् छ’’ ।
🎤 तपाईंको रेकर्डिङ:
34:24
🔁 0/5
۞ قُلۡ مَن يَرۡزُقُكُم مِّنَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ قُلِ ٱللَّهُۖ وَإِنَّآ أَوۡ إِيَّاكُمۡ لَعَلَىٰ هُدًى أَوۡ فِي ضَلَٰلٍ مُّبِينٍ ٢٤
Qul mai yarzuqukum minas samaawaati wal ardi qulil laahu wa innaaa aw iyyaakum la`alaa hudan aw fee dalaalim mubeen
सोध्नुस् कि ‘‘तिमीलाई आकाशहरूबाट र धरतीबाट कसले जीविका प्रदान गर्दछ’’ ? स्वयम् जवाफ दिनुस् ‘‘कि अल्लाह’’ । हेर हामी वा तिमी या त सोझो बाटोमा छौं, वा खुल्लमखुल्ला मार्गविचलनमा ।
🎤 तपाईंको रेकर्डिङ:
34:25
🔁 0/5
قُل لَّا تُسۡـَٔلُونَ عَمَّآ أَجۡرَمۡنَا وَلَا نُسۡـَٔلُ عَمَّا تَعۡمَلُونَ ٢٥
Qul laa tus`aloona `ammaaa ajramnaa wa laa nus`alu `ammaa ta`maloon
भन्नुस् कि ‘‘जुन अपराध हामीले गरेका छौं, त्यसबापत सोधपूछ तिमीसित हुनेछैन र न त त्यस कुराको सोधपूछ हामीसित हुनेछ जुन तिमीले गरिराखेका छौ ।’’
🎤 तपाईंको रेकर्डिङ:
34:26
🔁 0/5
قُلۡ يَجۡمَعُ بَيۡنَنَا رَبُّنَا ثُمَّ يَفۡتَحُ بَيۡنَنَا بِٱلۡحَقِّ وَهُوَ ٱلۡفَتَّاحُ ٱلۡعَلِيمُ ٢٦
Qul yajma`u bainanaa Rabbunaa summa yaftahu bainanaa bilhaqq; wa Huwal Fattaahul `Aleem
तिनलाई खबर गरिदिनुस् कि ‘‘हाम्रो पालनकर्ताले हामी सबैलाई एकत्रित गर्नेछ अनि ‘‘हाम्रोबीच ठीक–ठीक फैसला गरिदिनेछ । उही नै राम्रो फैसला गर्नेवाला र अत्यन्त ज्ञानवान् छ’’ ।
🎤 तपाईंको रेकर्डिङ:
34:27
🔁 0/5
قُلۡ أَرُونِيَ ٱلَّذِينَ أَلۡحَقۡتُم بِهِۦ شُرَكَآءَۖ كـَلَّاۚ بَلۡ هُوَ ٱللَّهُ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ ٢٧
Qul arooniyal lazeena alhaqtum bihee shurakaaa`a kallaa; bal Huwal Laahul `Azeezul Hakeem
भन्नुस् ‘‘मलाई पनि उनीहरूलाई देखाऊ, जसलाई तिमीले साझेदार बनाई अल्लाहसँग संलग्न गरेका छौ ।’’ कोही होइन, बरु उही (एक्लो) अल्लाह अत्यन्त अधिपत्यशाली, तत्वदर्शी छ ।
🎤 तपाईंको रेकर्डिङ:
34:28
🔁 0/5
وَمَآ أَرۡسَلۡنَٰكَ إِلَّا كَآفَّةً لِّلنَّاسِ بَشِيرًا وَنَذِيرًا وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يَعۡلَمُونَ ٢٨
Wa maaa arsalnaaka illaa kaaffatal linnaasi basheeranw wa nazeeranw wa laakinna aksaran naasi laa ya`lamoon
(हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) हामीले तपाईंलाई सबै मानिसहरूको लागि शुभसूचना दिनेवाला र सावधान गर्नेवाला बनाएर पठाएका हौं, किन्तु यो सत्य हो कि धेरै मानिसहरूले बुझ्दैनन् ।
🎤 तपाईंको रेकर्डिङ:
34:29
🔁 0/5
وَيَقُولُونَ مَتَىٰ هَٰذَا ٱلۡوَعۡدُ إِن كُنتُمۡ صَٰدِقِينَ ٢٩
Wa yaqooloona mataa haazal wa`du in kuntum saadiqeen
सोध्छन् कि यदि तिमी साँचो हौ भने यो (कयामतको) वचन कहिले पूरा हुनेछ’’
🎤 तपाईंको रेकर्डिङ:
34:30
🔁 0/5
قُل لَّكُم مِّيعَادُ يَوۡمٍ لَّا تَسۡتَـٔۡخِرُونَ عَنۡهُ سَاعَةً وَلَا تَسۡتَقۡدِمُونَ ٣٠
Qul lakum mee`aadu Yawmil laa tastaakhiroona `anhu saa`atanw wa la tastaqdimoon
जवाफ दिनुस् कि त्यसको निम्ति एक विशेष दिनको अवधि निर्धारित छ, जसबाट न एकछिन तिमी पछि हट्ने छौ न अगाडि बढ्नेछौ’’ ।
🎤 तपाईंको रेकर्डिङ:
34:31
🔁 0/5
وَقَالَ ٱلَّذِينَ كَفَرُواْ لَن نُّؤۡمِنَ بِهَٰذَا ٱلۡقُرۡءَانِ وَلَا بِٱلَّذِي بَيۡنَ يَدَيۡهِۗ وَلَوۡ تَرَىٰٓ إِذِ ٱلظَّٰلِمُونَ مَوۡقُوفُونَ عِندَ رَبِّهِمۡ يَرۡجِعُ بَعۡضُهُمۡ إِلَىٰ بَعۡضٍ ٱلۡقَوۡلَ يَقُولُ ٱلَّذِينَ ٱسۡتُضۡعِفُواْ لِلَّذِينَ ٱسۡتَكۡبَرُواْ لَوۡلَآ أَنتُمۡ لَكُنَّا مُؤۡمِنِينَ ٣١
Wa qaalal lazeena kafaroo lan nu`mina bihaazal Quraani wa laa billazee baina yadayh; wa law taraaa iziz zaalimoona mawqoofoona `inda Rabbihim yarji`u ba`duhum ilaa ba`dinil qawla yaqoolul lazeenas tud`ifoo lillazeenas takbaroo law laaa antum lakunnaa mu`mineen
जुन मानिसहरूले इन्कार गरे उनीहरूले भन्छन्ः ‘‘हामीले यस कुरआनलाई कदापि मान्ने छैनौं र ती (किताबहरू) जुन यसभन्दा अगाडिका छन् । हे आँखावालाहरू क्या राम्रो हुने थियो तिमी त्यसबेला देख्ने भए जब अत्याचारीहरू आफ्नो पालनकर्ताको अगाडि उभ्याइनेछन् र आपसमा एक अर्कामाथि दोषारोपण गरिराख्नेछन् । कमजोर मानिसहरूले ठूला मानिसहरूसँग भन्नेछन्ः ‘‘यदि तिमीहरू नभएको भए हामी अवश्य नै ईमानवाला हुने थियौं ।’’
🎤 तपाईंको रेकर्डिङ:
34:32
🔁 0/5
قَالَ ٱلَّذِينَ ٱسۡتَكۡبَرُواْ لِلَّذِينَ ٱسۡتُضۡعِفُوٓاْ أَنَحۡنُ صَدَدۡنَٰكُمۡ عَنِ ٱلۡهُدَىٰ بَعۡدَ إِذۡ جَآءَكُمۖ بَلۡ كُنتُم مُّجۡرِمِينَ ٣٢
Qaalal lazeenas takbaroo lillazeenas tud`ifooo anahnu sadadnaakum `anil hudaa ba`da iz jaaa`akum bal kuntum mujrimeen
ती ठूला मानिसहरूले कमजोर मानिसहरूलाई जवाफ दिने छन् कि ‘‘के हामीले तिमीहरूलाई नसीहत (उपदेश) आइसकेपछि पनि त्यस मार्गबाट रोकेका थियौं, (होइन) बरु तिमी आफै नै अपराधी थियौ ।’’
🎤 तपाईंको रेकर्डिङ:
34:33
🔁 0/5
وَقَالَ ٱلَّذِينَ ٱسۡتُضۡعِفُواْ لِلَّذِينَ ٱسۡتَكۡبَرُواْ بَلۡ مَكۡرُ ٱلَّيۡلِ وَٱلنَّهَارِ إِذۡ تَأۡمُرُونَنَآ أَن نَّكۡفُرَ بِٱللَّهِ وَنَجۡعَلَ لَهُۥٓ أَندَادًاۚ وَأَسَرُّواْ ٱلنَّدَامَةَ لَمَّا رَأَوُاْ ٱلۡعَذَابَۚ وَجَعَلۡنَا ٱلۡأَغۡلَٰلَ فِيٓ أَعۡنَاقِ ٱلَّذِينَ كَفَرُواْۖ هَلۡ يُجۡزَوۡنَ إِلَّا مَا كَانُواْ يَعۡمَلُونَ ٣٣
Wa qaalal lazeenastud`ifoo lillazeenas takbaroo bal makrul laili wannahaari iz taamuroonanaaa an nakfura billaahi wa naj`ala lahooo andaadaa; wa asarrun nadaamata lammaa ra awul `azaab; wa ja`alnal aghlaala feee a`naaqil lazeena kafaroo; hal yujzawna illaa maa kanoo ya`maloon
कमजोरहरूले यसको प्रतिउत्तरमा ठूलासित भन्नेछन्ः ‘‘(होइन) बरु (तिम्रो)’’ रातदिनको षडयन्त्रहरूले अल्लाहसित हामीले कुफ्र गर्नु र तिम्रो आदेशले उसको साझेदार बनाउनु नै हाम्रो अनास्थाको कारण बन्यो । र जब तिनीहरूले सजाय देख्नेछन् त आफ्नो मनमा लज्जित हुनेछन् । र हामीले काफिरहरूको घाँटीमा (तौक) पट्टा हालिदिनेछौं । जुन कर्म तिनीहरूले गर्दथे, मात्र त्यसैको प्रतिफल पाउनेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
34:34
🔁 0/5
وَمَآ أَرۡسَلۡنَا فِي قَرۡيَةٍ مِّن نَّذِيرٍ إِلَّا قَالَ مُتۡرَفُوهَآ إِنَّا بِمَآ أُرۡسِلۡتُم بِهِۦ كَٰفِرُونَ ٣٤
Wa maaa arsalnaa` fee qaryatim min nazeerin illaa qaala mutrafooaa innaa bimaaa ursiltum bihee kaafiroon
र हामीले जुन बस्तीमा पनि कुनै सचेतकर्ता पठायौं त त्यहाँका सम्पन्न मानिसहरूले यही नै भने कि, जे जति तिमीलाई दिएर पठाइयो, हामीले त्यसलाई मान्नेवाला छैनौं ।
🎤 तपाईंको रेकर्डिङ:
34:35
🔁 0/5
وَقَالُواْ نَحۡنُ أَكۡثَرُ أَمۡوَٰلًا وَأَوۡلَٰدًا وَمَا نَحۡنُ بِمُعَذَّبِينَ ٣٥
Wa qaaloo nahnu aksaru amwaalanw wa awlaadanw wa maa nahnu bimu `azzabeen
र (यो पनि) भने कि ‘‘हामीसित धेरै मालसम्पत्ति र सन्तानहरू छन् र हामीलाई सजाय हुनेछैन’’ ।
🎤 तपाईंको रेकर्डिङ:
34:36
🔁 0/5
قُلۡ إِنَّ رَبِّي يَبۡسُطُ ٱلرِّزۡقَ لِمَن يَشَآءُ وَيَقۡدِرُ وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يَعۡلَمُونَ ٣٦
Qul inna Rabbee yabsutur rizqa limai yashaaa`u wa yaqdiru wa laakinna aksaran naasi laa ya`lamoon
भनिदिनुस् कि ‘‘निःसन्देह मेरो पालनकर्ताले जसको निम्ति चाहन्छ, जीविकालाई प्रचूर गरिदिन्छ र (जसको निम्ति चाहन्छ) संकुचित गरिदिन्छ । तर धेरै मानिसहरूले बुझ्दैनन्’’ ।
🎤 तपाईंको रेकर्डिङ:
34:37
🔁 0/5
وَمَآ أَمۡوَٰلُكُمۡ وَلَآ أَوۡلَٰدُكُم بِٱلَّتِي تُقَرِّبُكُمۡ عِندَنَا زُلۡفَىٰٓ إِلَّا مَنۡ ءَامَنَ وَعَمِلَ صَٰلِحًا فَأُوْلَٰٓئِكَ لَهُمۡ جَزَآءُ ٱلضِّعۡفِ بِمَا عَمِلُواْ وَهُمۡ فِي ٱلۡغُرُفَٰتِ ءَامِنُونَ ٣٧
Wa maaa amwaalukum wa laaa awlaadukum billatee tuqarribukum `indanaa zulfaaa illaa man aamana wa `amila saalihan fa ulaaa`ika lahum jazaaa`ud di`fi bimaa `amiloo wa hum fil ghurufaati aaminoon
र न तिम्रा धनसम्पत्ति र नत तिम्रा सन्तानहरू यस्ता छन् जसले तिमीलाई हामीसित दर्जामा निकट गरिदिउन्। हो, जोसुकैले ईमान ल्याए र राम्रो कर्म गरे त यस्ता मानिसहरूको निम्ति त्यसले गरेको कर्मको दुईगुणा बदला छ, र उनीहरू माथिल्लो तहका कक्षहरूमा निश्चिन्ततापूर्वक रहनेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
34:38
🔁 0/5
وَٱلَّذِينَ يَسۡعَوۡنَ فِيٓ ءَايَٰتِنَا مُعَٰجِزِينَ أُوْلَٰٓئِكَ فِي ٱلۡعَذَابِ مُحۡضَرُونَ ٣٨
Wallazeena yas`awna feee Aayaatinaa mu`aajizeena ulaaa`ika fil`azaabi muhdaroon
र जुन मानिसहरू हाम्रा आयतहरूको समकक्षता निम्ति प्रयासरत रहन्छन्, उनीहरू ल्याइएर यातनाग्रस्त गरिनेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
34:39
🔁 0/5
قُلۡ إِنَّ رَبِّي يَبۡسُطُ ٱلرِّزۡقَ لِمَن يَشَآءُ مِنۡ عِبَادِهِۦ وَيَقۡدِرُ لَهُۥۚ وَمَآ أَنفَقۡتُم مِّن شَيۡءٍ فَهُوَ يُخۡلِفُهُۥۖ وَهُوَ خَيۡرُ ٱلرَّٰزِقِينَ ٣٩
Qul inna Rabbee yabsutur rizqa limai yashaaa`u min `ibaadihee wa yaqdiru lah; wa maaa anfaqtum min shai`in fahuwa yukhlifuhoo wa Huwa khairur raaziqeen
भनिदिनुस् कि ‘‘मेरो पालनकर्ता आफ्ना सेवकहरूमध्ये जसको निम्ति चाहन्छ, जीविका फराकिलो गर्दछ र जसको लागि चाहन्छ संकुचित गरिदिन्छ । र जेजति तिमीले अल्लाहको बाटोमा खर्च गर्यौ, त्यसको सट्टा तिमीलाई पूरा पूरा प्रतिफल दिनेछ । र ऊ सबैभन्दा राम्रो जीविका दिनेवाला हो’’ ।
🎤 तपाईंको रेकर्डिङ:
34:40
🔁 0/5
وَيَوۡمَ يَحۡشُرُهُمۡ جَمِيعًا ثُمَّ يَقُولُ لِلۡمَلَٰٓئِكَةِ أَهَٰٓؤُلَآءِ إِيَّاكُمۡ كَانُواْ يَعۡبُدُونَ ٤٠
Wa yawma yahshuruhum jamee`an summa yaqoolu lilmalaaa`ikati a-haaa`ulaaa`i iyyaakum kaanoo ya`budoon
र जुन दिन उसले यी सबैलाई एकत्रित गर्नेछ, अनि फरिश्ताहरूसित भन्नेछः कि ‘‘के यी मानिसहरूले तिमीलाई पूजा गर्दथे’’
🎤 तपाईंको रेकर्डिङ:
34:41
🔁 0/5
قَالُواْ سُبۡحَٰنَكَ أَنتَ وَلِيُّنَا مِن دُونِهِمۖ بَلۡ كَانُواْ يَعۡبُدُونَ ٱلۡجِنَّۖ أَكۡثَرُهُم بِهِم مُّؤۡمِنُونَ ٤١
Qaaloo Subhaanaka Anta waliyyunaa min doonihim bal kaanoo ya`budoonal jinna aksaruhum bihim mu`minoon
उनीहरूले भन्नेछन्ः ‘‘पवित्र छौ तिमी, हाम्रो निकटताको मधुर सम्बन्ध त तिमीसितै छ, उनीहरूसित होइन, बरु कुरा यो छ कि उनीहरूले जिन्नहरूको पूजा गर्नेगर्दथे, उनीहरूमध्ये धेरैले तिनीहरूमाथि नै विश्वास गर्दथे’’ ।
🎤 तपाईंको रेकर्डिङ:
34:42
🔁 0/5
فَٱلۡيَوۡمَ لَا يَمۡلِكُ بَعۡضُكُمۡ لِبَعۡضٍ نَّفۡعًا وَلَا ضَرًّا وَنَقُولُ لِلَّذِينَ ظَلَمُواْ ذُوقُواْ عَذَابَ ٱلنَّارِ ٱلَّتِي كُنتُم بِهَا تُكَذِّبُونَ ٤٢
Fal Yawma laa yamliku ba`dukum liba`din naf`anw wa laa darraa; wa naqoolu lilzeena zalamoo zooqoo `azaaban Naaril latee kuntum bihaa tukazziboon
‘‘अतः आज नत तिमी परस्पर एक अर्कालाई लाभ पुर्याउने अधिकार राख्दछौ र नत हानिको’’ । र हामीले ती अत्याचारीहरूसित भन्ने छौं किः ‘‘अब त्यस आगोको यातनाको स्वाद चाख, जसलाई तिमीले असत्य भन्दै आएका छौ ।’’
🎤 तपाईंको रेकर्डिङ:
34:43
🔁 0/5
وَإِذَا تُتۡلَىٰ عَلَيۡهِمۡ ءَايَٰتُنَا بَيِّنَٰتٍ قَالُواْ مَا هَٰذَآ إِلَّا رَجُلٌ يُرِيدُ أَن يَصُدَّكُمۡ عَمَّا كَانَ يَعۡبُدُ ءَابَآؤُكُمۡ وَقَالُواْ مَا هَٰذَآ إِلَّآ إِفۡكٌ مُّفۡتَرًىۚ وَقَالَ ٱلَّذِينَ كَفَرُواْ لِلۡحَقِّ لَمَّا جَآءَهُمۡ إِنۡ هَٰذَآ إِلَّا سِحۡرٌ مُّبِينٌ ٤٣
Wa izaa tutlaa `alaihim Aayaatunaa baiyinaatin qaaloo maa haazaa illaa rajuluny yureedu ai-yasuddakum `ammaa kaana ya`budu aabaaa`ukum wa qaaloo maa haazaaa illaaa ifkum muftaraa; wa qaalal lazeena kafaroo lilhaqqi lammaa jaaa`ahum in haazaaa illaa sihrum mubeen
उनीहरूलाई जब हाम्रा स्पष्ट आयतहरू पढेर सुनाइन्छ । त उनीहरू भन्दछन्ः कि यो त मात्र यस्तो व्यक्ति हो जसले तिमीलाई तिम्रो पुर्खाका पूज्यहरूबाट रोक्न चाहन्छ । भन्दछन्ः ‘‘यो त एउटा मनगढन्त असत्य हो ।’’ र उनको पासमा सत्य आइसकेपछि पनि उनीहरू, भनिहालेः ‘‘यो त एउटा प्रत्यक्ष जादू हो ।’’
🎤 तपाईंको रेकर्डिङ:
34:44
🔁 0/5
وَمَآ ءَاتَيۡنَٰهُم مِّن كُتُبٍ يَدۡرُسُونَهَاۖ وَمَآ أَرۡسَلۡنَآ إِلَيۡهِمۡ قَبۡلَكَ مِن نَّذِيرٍ ٤٤
Wa maaa aatainaahum min Kutubiny yadrusoonahaa wa maaa arsalnaaa ilaihim qablaka min nazeer
र यी मक्काबासीहरूलाई हामीले नत किताबहरू दियौं, जसलाई यिनीहरूले पढुन् र न तपाईंभन्दा पहिला उनीहरूतिर कुनै सचेतक पठाएका थियौं ।
🎤 तपाईंको रेकर्डिङ:
34:45
🔁 0/5
وَكَذَّبَ ٱلَّذِينَ مِن قَبۡلِهِمۡ وَمَا بَلَغُواْ مِعۡشَارَ مَآ ءَاتَيۡنَٰهُمۡ فَكَذَّبُواْ رُسُلِيۖ فَكَيۡفَ كَانَ نَكِيرِ ٤٥
Wa kazzabal lazeena min qablihim wa maa balaghoo mi`shaara maaa aatainaahum fakazzaboo Rusulee; fakaifa kaana nakeer
र उनीहरूभन्दा पहिलाका मानिसहरूले पनि हाम्रो कुरालाई झूठा ठहराएका थिए र जेजति हामीले उनीहरूलाई दिएका थियौं यिनीहरू त्यसको दशौं भागसम्म पनि पुगेनन् । अनि उनीहरूले मेरा रसूलहरूलाई झूठा भने, त (हेर) मेरो सजाय कति कडा रह्यो
🎤 तपाईंको रेकर्डिङ:
34:46
🔁 0/5
۞ قُلۡ إِنَّمَآ أَعِظُكُم بِوَٰحِدَةٍۖ أَن تَقُومُواْ لِلَّهِ مَثۡنَىٰ وَفُرَٰدَىٰ ثُمَّ تَتَفَكَّرُواْۚ مَا بِصَاحِبِكُم مِّن جِنَّةٍۚ إِنۡ هُوَ إِلَّا نَذِيرٌ لَّكُم بَيۡنَ يَدَيۡ عَذَابٍ شَدِيدٍ ٤٦
Qul innamaaa a`izukum biwaahidatin an taqoomoo lillaahi masnaa wa furaadaa summa tatafakkaroo; maa bisaahibikum min jinnah; in huwa illaa nazeerul lakum baina yadai `azaabin shadeed
भनिदिनुस्ः ‘‘म तिमीलाई एउटै कुराको उपदेश गर्दछु कि अल्लाहको निम्ति दुई–दुई र एक–एक गरी उभिहाल, अनि विचार गर । तिम्रो यस साथीलाई कुनै उन्माद छैन । ऊ त एउटा कठोर यातना हुनुभन्दा अगाडि तिमीलाई सचेत गर्नेवाला नै हो’’ ।
🎤 तपाईंको रेकर्डिङ:
34:47
🔁 0/5
قُلۡ مَا سَأَلۡتُكُم مِّنۡ أَجۡرٍ فَهُوَ لَكُمۡۖ إِنۡ أَجۡرِيَ إِلَّا عَلَى ٱللَّهِۖ وَهُوَ عَلَىٰ كُلِّ شَيۡءٍ شَهِيدٌ ٤٧
Qul maa sa-altukum min ajrin fahuwa lakum in ajriya illaa `alal laahi wa Huwa `alaa kullin shai-in Shaheed
भन्नुस्ः मैले तिमीसँग कुनै बद्ला माँगेको छु भने त्यो तिम्रै लागि नै हो । मेरो पुरस्कार त मात्र अल्लाहको जिम्मामा छ र ऊ प्रत्येक कुराको साक्षी र जानकार छ’’ ।
🎤 तपाईंको रेकर्डिङ:
34:48
🔁 0/5
قُلۡ إِنَّ رَبِّي يَقۡذِفُ بِٱلۡحَقِّ عَلَّٰمُ ٱلۡغُيُوبِ ٤٨
Qul inna Rabbee yaqzifu bilhaqq `Allaamul Ghuyoob
भनिदिनुस् कि ‘‘मेरो पालनकर्ताले माथिबाट सत्य वह्य पठाउँछ उसले परोक्ष कुरा जान्दछ’’ ।
🎤 तपाईंको रेकर्डिङ:
34:49
🔁 0/5
قُلۡ جَآءَ ٱلۡحَقُّ وَمَا يُبۡدِئُ ٱلۡبَٰطِلُ وَمَا يُعِيدُ ٤٩
Qul jaaa`al haqqu wa maa yubdi`ul baatilu wa maa yu`eed
भनिदिनुस् ‘‘सत्य आइसकेको छ असत्यले नत अगाडि केही गर्न सक्यो र नगर्न सक्नेछ’’ ।
🎤 तपाईंको रेकर्डिङ:
34:50
🔁 0/5
قُلۡ إِن ضَلَلۡتُ فَإِنَّمَآ أَضِلُّ عَلَىٰ نَفۡسِيۖ وَإِنِ ٱهۡتَدَيۡتُ فَبِمَا يُوحِيٓ إِلَيَّ رَبِّيٓۚ إِنَّهُۥ سَمِيعٌ قَرِيبٌ ٥٠
Qul in dalaltu fainnamaaa adillu `alaa nafsee wa inih-tadaitu fabimaa yoohee ilaiya Rabbee; innahoo Samee`un Qareeb
भनिदिनुस्ः ‘‘यदि म विचलित हुन्छु भने मेरो विचलनको दोष ममाथि नै हुनेछ । र यदि म सोझो मार्गमा छु, भने यसको कारण त्यो वह्य हो जुन कि मेरो पालनहारले मतिर पठाउँछ । ऊ सबै कुरा सुन्दछ र धेरै नजिक छ ।
🎤 तपाईंको रेकर्डिङ:
34:51
🔁 0/5
وَلَوۡ تَرَىٰٓ إِذۡ فَزِعُواْ فَلَا فَوۡتَ وَأُخِذُواْ مِن مَّكَانٍ قَرِيبٍ ٥١
Wa law taraaa iz fazi`oo falaa fawta wa ukhizoo mim makaanin qareeb
र यदि तपाईंले त्यो समय देख्नुहुन्छ जब काफिरहरू आत्तिएका हुनेछन्, अनि बाँचेर भाग्न सक्ने कुनै तरिका हुनेछैन र नजिकबाट समातिनेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
34:52
🔁 0/5
وَقَالُوٓاْ ءَامَنَّا بِهِۦ وَأَنَّىٰ لَهُمُ ٱلتَّنَاوُشُ مِن مَّكَانِۭ بَعِيدٍ ٥٢
Wa qaloo aamannaa bihee wa annaa lahumut tanaawushu mim makaanim ba`eed
यसबेला भन्नेछन्ः कि ‘‘हामीले यस कुरआनमाथि ईमान ल्यायौं ।’’ तर उनीहरूको निम्ति कहाँ सम्भव छ कि यति टाढा उसलाई पाउनसकुन् ।
🎤 तपाईंको रेकर्डिङ:
34:53
🔁 0/5
وَقَدۡ كَفَرُواْ بِهِۦ مِن قَبۡلُۖ وَيَقۡذِفُونَ بِٱلۡغَيۡبِ مِن مَّكَانِۭ بَعِيدٍ ٥٣
Wa qad kafaroo bihee min qablu wa yaqzifoona bilghaibi mim makaanim ba`eed
यसभन्दा पहिला त उनीहरूले यसको इन्कार गरे र टाढाबाट नदेखिकन्, अड्कलबाजी गरिरहे ।
🎤 तपाईंको रेकर्डिङ:
34:54
🔁 0/5
وَحِيلَ بَيۡنَهُمۡ وَبَيۡنَ مَا يَشۡتَهُونَ كَمَا فُعِلَ بِأَشۡيَاعِهِم مِّن قَبۡلُۚ إِنَّهُمۡ كَانُواْ فِي شَكٍّ مُّرِيبِۭ ٥٤
Wa heela bainahum wa baina maa yashtahoona kamaa fu`ila bi-ashyaa`ihim min qabl; innahum kaanoo fee shakkim mureeb
उनीहरू र उनीहरूका इच्छाहरूको बीचमा रोक लगाइनेछ, जुन प्रकारले यसभन्दा अगाडि पनि उनका सहमार्गीहरूसँग गरियो । उनी पनि निश्चय नै (उनीहरू जस्तै) सन्देह र असमंजसमा थिए ।
🎤 तपाईंको रेकर्डिङ:
💡 लुकेको शब्दलाई अस्थायी रूपमा देखाउन ट्याप गर्नुहोस् — तपाईंको प्रगति स्वतः बचत हुन्छ।
العربيةEnglishBahasa IndonesiaTürkçeРусскийفارسیFrançaisاردوবাংলাDeutschEspañol中文हिन्दीPortuguêsItalianoภาษาไทยPolskiNederlandsShqipKiswahiliO'zbekதமிழ்MelayuBosanskiSoomaaliAzərbaycanکوردی한국어日本語SvenskaDanskNorskپښتوമലയാളംසිංහලTamazightHausaአማርኛБългарскиТоҷикӣҚазақшаFilipinoسنڌيYorùbáFulfuldeТатарчаئۇيغۇرچەКыргызчаਪੰਜਾਬੀJawaతెలుగుမြန်မာગુજરાતીOromoमराठीTiếng ViệtMalagasyНохчийнWolofދިވެހިಕನ್ನಡУкраїнськаΕλληνικάქართულიខ្មែរدریQafar afMaranaoनेपाली
पवित्र कुरान
Tuesday, August 18, 2026
Don't forget us in your sincere prayers







