🔥 0 दिन लगातार
📖 लामो सूरा — साना भागहरूमा विभाजित (53 आयत)
0/53
42:1
🔁 0/5
حمٓ ١
Haa Meeem
हा.मीम
🎤 तपाईंको रेकर्डिङ:
42:2
🔁 0/5
عٓسٓقٓ ٢
Ayyyn Seeen Qaaaf
ऐन. सीन्. काफ
🎤 तपाईंको रेकर्डिङ:
42:3
🔁 0/5
كَذَٰلِكَ يُوحِيٓ إِلَيۡكَ وَإِلَى ٱلَّذِينَ مِن قَبۡلِكَ ٱللَّهُ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ ٣
Kazaalika yooheee ilaika wa ilal lazeena min qablikal laahul `Azeezul Hakeem
अधिपत्यशाली र तत्वदर्शी अल्लाह तिमीतिर र तिमीभन्दा पहिलाका मानिसहरूतिर यसै प्रकार वह्य अवतरण गर्दै गरेको छ ।
🎤 तपाईंको रेकर्डिङ:
42:4
🔁 0/5
لَهُۥ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۖ وَهُوَ ٱلۡعَلِيُّ ٱلۡعَظِيمُ ٤
Lahoo maa fis samaa waati wa maa fil ardi wa Huwal `Aliyul `Azeem
आकाशहरू र धरतीमा जे–जति छ उसैको हो र ऊ सर्वोच्च, महिमावान छ ।
🎤 तपाईंको रेकर्डिङ:
42:5
🔁 0/5
تَكَادُ ٱلسَّمَٰوَٰتُ يَتَفَطَّرۡنَ مِن فَوۡقِهِنَّۚ وَٱلۡمَلَٰٓئِكَةُ يُسَبِّحُونَ بِحَمۡدِ رَبِّهِمۡ وَيَسۡتَغۡفِرُونَ لِمَن فِي ٱلۡأَرۡضِۗ أَلَآ إِنَّ ٱللَّهَ هُوَ ٱلۡغَفُورُ ٱلرَّحِيمُ ٥
Takaadus samaawaatu yatafattarna min fawqihinn; walmalaaa`ikatu yusabbihoona bihamdi Rabbihim wa yastaghfiroona liman fil ard; alaaa innal laaha huwal Ghafoorur Raheem
लाग्छ कि आकाश स्वयं माथिबाट च्यातिहाल्छ । सबै फरिश्ताहरू आफ्नो पालनकर्ताको पवित्रताको प्रंशसामा उसको गुणगान गरिरहन्छन्, र जुन मानिसहरू धरतीमा छन्, उनीहरूका निम्ति क्षमायाचना गरिरहन्छन् । बुझिराख ! कि अल्लाह नै ठूलो क्षमाशील र अत्यन्त दयावान छ ।
🎤 तपाईंको रेकर्डिङ:
42:6
🔁 0/5
وَٱلَّذِينَ ٱتَّخَذُواْ مِن دُونِهِۦٓ أَوۡلِيَآءَ ٱللَّهُ حَفِيظٌ عَلَيۡهِمۡ وَمَآ أَنتَ عَلَيۡهِم بِوَكِيلٍ ٦
Wallazeenat takhazoo min dooniheee awliyaaa`al laahu hafeezun `alaihim wa maaa anta `alaihim biwakeel
र जुन मानिसहरूले उसको अतिरिक्त अरुलाई आफ्नो अर्को संरक्षक बनाएका छन्, अल्लाहलाई थाहा छ । तपाई माथि तिनीहरूको कुनै जिम्मेवारी छैन ।
🎤 तपाईंको रेकर्डिङ:
42:7
🔁 0/5
وَكَذَٰلِكَ أَوۡحَيۡنَآ إِلَيۡكَ قُرۡءَانًا عَرَبِيًّا لِّتُنذِرَ أُمَّ ٱلۡقُرَىٰ وَمَنۡ حَوۡلَهَا وَتُنذِرَ يَوۡمَ ٱلۡجَمۡعِ لَا رَيۡبَ فِيهِۚ فَرِيقٌ فِي ٱلۡجَنَّةِ وَفَرِيقٌ فِي ٱلسَّعِيرِ ٧
Wa kazaalika awhainaaa llaika Qur-aanan `Arabiyyal litunzir aUmmal Quraa wa man hawlahaa wa tunzira Yawmal Jam`ilaa raiba feeh; fareequn fil jannati wa fareequn fissa`eer
त्यस्तै प्रकारले हामीले तपाईतिर अरबी कुरआन पठाएका छौं, ताकी तपाईले मक्काका बासिन्दाहरूलाई र यसको वरिपरि बस्नेहरूलाई खबरदार गर्नुस् र उनीहरूलाई कियामतको दिनको बारेमा पनि भय देखाउनुस्, जसमा कुनै शंका छैन । त्यसदिन एउटा समूह स्वर्गमा हुनेछ र एक समूह नर्कमा हुनेछ ।
🎤 तपाईंको रेकर्डिङ:
42:8
🔁 0/5
وَلَوۡ شَآءَ ٱللَّهُ لَجَعَلَهُمۡ أُمَّةً وَٰحِدَةً وَلَٰكِن يُدۡخِلُ مَن يَشَآءُ فِي رَحۡمَتِهِۦۚ وَٱلظَّٰلِمُونَ مَا لَهُم مِّن وَلِيٍّ وَلَا نَصِيرٍ ٨
Wa law shaaa`al laahu laja`alahum ummatanw waahi datanw walaakiny yudkhilumany yashaaa`u fee rahmatih; waz zaalimoona maa lahum minw waliyyinw wa laa naseer
यदि अल्लाहले चाहेको भए त उनीहरू सबैलाई एउटै समुदायको बनाउँथ्यो, तर उसले जसलाई चाहन्छ आफ्नो दयालुताभित्र प्रवेश गराउँछ । अत्याचारीहरूको, नत कोही मित्र छ न सहायक ।
🎤 तपाईंको रेकर्डिङ:
42:9
🔁 0/5
أَمِ ٱتَّخَذُواْ مِن دُونِهِۦٓ أَوۡلِيَآءَۖ فَٱللَّهُ هُوَ ٱلۡوَلِيُّ وَهُوَ يُحۡيِ ٱلۡمَوۡتَىٰ وَهُوَ عَلَىٰ كُلِّ شَيۡءٍ قَدِيرٌ ٩
Amit takhazoo min dooniheee awliyaaa`a fallaahu Huwal Waliyyu wa Huwa yuhyil mawtaa wa Huwa `alaa kulli shai`in Qadeer
के उनीहरूले अल्लाह बाहेक अरुलाई आफ्नो संरक्षक बनाएका छन् । संरक्षक त अल्लाह नै हो । र उसैले मृतहरूलाई जीवित गर्नेछ र उसलाई प्रत्येक कुराको सामथ्र्य छ ।
🎤 तपाईंको रेकर्डिङ:
42:10
🔁 0/5
وَمَا ٱخۡتَلَفۡتُمۡ فِيهِ مِن شَيۡءٍ فَحُكۡمُهُۥٓ إِلَى ٱللَّهِۚ ذَٰلِكُمُ ٱللَّهُ رَبِّي عَلَيۡهِ تَوَكَّلۡتُ وَإِلَيۡهِ أُنِيبُ ١٠
Wa makh-talaftum feehi min shai`in fahukmuhooo ilallaah; zaalikumul laahu Rabbee `alaihi tawakkaltu wa ilaihi uneeb
र जुन कुरामा तिमीले विवाद गरेका छौ त्यसको फैसला अल्लाहको जिम्मामा छ । उही अल्लाह मेरो पालनाकर्ता हो, उसैमाथि मैले भरोसा गरेको छु र उसैतिर म झुक्दछु ।
🎤 तपाईंको रेकर्डिङ:
42:11
🔁 0/5
فَاطِرُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ جَعَلَ لَكُم مِّنۡ أَنفُسِكُمۡ أَزۡوَٰجًا وَمِنَ ٱلۡأَنۡعَٰمِ أَزۡوَٰجًا يَذۡرَؤُكُمۡ فِيهِۚ لَيۡسَ كَمِثۡلِهِۦ شَيۡءٌۖ وَهُوَ ٱلسَّمِيعُ ٱلۡبَصِيرُ ١١
Faatirus samaawaati wal ard; ja`ala lakum min anfusikum azwaajanw wa minal an`aami azwaajany yazra`ukum feeh; laisa kamislihee shai`unw wa Huwas Samee`ul Baseer
ऊ आकाशहरू र धरतीको स्रष्टा हो । उसले तिम्रो निम्ति तिम्रै सहजातिबाट जोडी बनायो र चौपायाहरूको जोडी पनि । यस्तै तरिकाले तिमीलाई यहाँ फैलाइरहेको छ । ऊ जस्तो कुनै कुरा छैन, र ऊ सुन्दछ र जान्दछ ।
🎤 तपाईंको रेकर्डिङ:
42:12
🔁 0/5
لَهُۥ مَقَالِيدُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ يَبۡسُطُ ٱلرِّزۡقَ لِمَن يَشَآءُ وَيَقۡدِرُۚ إِنَّهُۥ بِكُلِّ شَيۡءٍ عَلِيمٌ ١٢
Lahoo maqaaleedus samaawaati wal ardi yabsutur rizqa limany yashaaa`u wa yaqdir; innahoo bikulli shai`unw wa Huwas Samee`ul Baseer
आकाशहरू र धरतीका साँचोहरू उसैको हातमा छन् । उसले जसको निम्ति चाहन्छ, जीविका फराकिलो पार्दछ र संकुचित गरिदिन्छ । निःसन्देह उसले हरेक कुरो जान्दछ ।
🎤 तपाईंको रेकर्डिङ:
42:13
🔁 0/5
۞ شَرَعَ لَكُم مِّنَ ٱلدِّينِ مَا وَصَّىٰ بِهِۦ نُوحًا وَٱلَّذِيٓ أَوۡحَيۡنَآ إِلَيۡكَ وَمَا وَصَّيۡنَا بِهِۦٓ إِبۡرَٰهِيمَ وَمُوسَىٰ وَعِيسَىٰٓۖ أَنۡ أَقِيمُواْ ٱلدِّينَ وَلَا تَتَفَرَّقُواْ فِيهِۚ كَبُرَ عَلَى ٱلۡمُشۡرِكِينَ مَا تَدۡعُوهُمۡ إِلَيۡهِۚ ٱللَّهُ يَجۡتَبِيٓ إِلَيۡهِ مَن يَشَآءُ وَيَهۡدِيٓ إِلَيۡهِ مَن يُنِيبُ ١٣
Shara`a lakum minad deeni maa wassaa bihee Noohanw wallazeee awhainaaa ilaika wa maa wassainaa biheee Ibraaheema wa Moosa wa `Eesaaa an aqeemud adeena wa laa tatafarraqoo feeh; kabura `alal mushrikeena maa tad`oohum ilaih; Allaahu yajtabee ilaihi many yashaaa`u wa yahdeee ilaihi mai yuneeb
अल्लाहले तिम्रो निम्ति त्यही दीन (धर्म) निश्चित गर्यो, जसलाई अपनाउन नूह (अलैहिस्सलाम) लाई आदेश गरेको थियो ।’’ र जसलाई (हे मुहम्मद !) हामीले तपाईतिर वह्यको माध्यमले पठाएका छौं र जसको बारेमा ‘‘इब्राहीम(अलैहिस्सलाम)’’ र ‘‘मूसा(अलैहिस्सलाम) र’’, ‘‘ईसा (अलैहिस्सलाम) लाई’’ पनि आदेश दिएका थियौं, ‘‘कि यस दीनलाई कायम राख्नु र उसको विषयमा विभाजित नहुनु ।’’ जुन कुरोतिर तपाईले बहुदेववादीहरूलाई बोलाउँनु हुन्छ, त्यो त उनीहरूलाई अप्रिय छ । अल्लाहले जसलाई चाहन्छ आफूतिर रोजेर लिन्छ र आफूतिरको मार्ग उसैलाई देखाउँछ जो ऊतिर प्रवृत्त हुन्छ ।
🎤 तपाईंको रेकर्डिङ:
42:14
🔁 0/5
وَمَا تَفَرَّقُوٓاْ إِلَّا مِنۢ بَعۡدِ مَا جَآءَهُمُ ٱلۡعِلۡمُ بَغۡيَۢا بَيۡنَهُمۡۚ وَلَوۡلَا كَلِمَةٌ سَبَقَتۡ مِن رَّبِّكَ إِلَىٰٓ أَجَلٍ مُّسَمًّى لَّقُضِيَ بَيۡنَهُمۡۚ وَإِنَّ ٱلَّذِينَ أُورِثُواْ ٱلۡكِتَٰبَ مِنۢ بَعۡدِهِمۡ لَفِي شَكٍّ مِّنۡهُ مُرِيبٍ ١٤
Wa maa tafarraqooo illaa mim ba`di maa jaaa`ahumul `ilmu baghyam bainahum; wa law laa Kalimatun sabaqat mir Rabbika ilaaa ajalim musammal laqudiya bainahum; wa innal lazeena oorisul Kitaaba mim ba`dihim lafee shakkim minhu mureeb
उनीहरूले त परस्पर एक–एर्कामाथि बढ्ता हुने उद्देश्यले विवाद गरे जबकि उनको पासमा ज्ञान आइसकेको थियो । र यदि तपाईको पालनकर्ताको तर्फबाट एउटा निश्चित अवधिसम्मको निम्ति समय पहिला निर्धारित नभइसकेको भए, उनीहरूको बीचमा निर्णय गरिदिइनेथियो । तर जुन मानिसहरू उनीहरू पश्चात किताबको उत्तराधिकारी भए, उनीहरू उसको बारेमा शंकमा अल्झिएका छन् ।
🎤 तपाईंको रेकर्डिङ:
42:15
🔁 0/5
فَلِذَٰلِكَ فَٱدۡعُۖ وَٱسۡتَقِمۡ كَمَآ أُمِرۡتَۖ وَلَا تَتَّبِعۡ أَهۡوَآءَهُمۡۖ وَقُلۡ ءَامَنتُ بِمَآ أَنزَلَ ٱللَّهُ مِن كِتَٰبٍۖ وَأُمِرۡتُ لِأَعۡدِلَ بَيۡنَكُمُۖ ٱللَّهُ رَبُّنَا وَرَبُّكُمۡۖ لَنَآ أَعۡمَٰلُنَا وَلَكُمۡ أَعۡمَٰلُكُمۡۖ لَا حُجَّةَ بَيۡنَنَا وَبَيۡنَكُمُۖ ٱللَّهُ يَجۡمَعُ بَيۡنَنَاۖ وَإِلَيۡهِ ٱلۡمَصِيرُ ١٥
Falizaalika fad`u wastaqim kamaaa umirta wa laa tattabi` ahwaaa`ahum wa qul aamantu bimaaa anzalal laahu min Kitaab, wa umirtu li a`dila bainakum Allaahu Rabbunaa wa Rabbukum lanaaa a`maa lunaa wa lakum a`maalukim laa hujjata bainanaa wa baina kumul laahu yajma`u bainanaa wa ilaihil maseer
तसर्थ (हे मुहम्मद !) उसैतर्फ मानिसहरूलाई बोलाइरहनुस् र जे तपाईलाई आदेश भएको छ, त्यसैमा दृढताको साथ स्थिर रहनुस्, र उनीहरूको इच्छा अनुरूप नहिड्नुस् र भनिदिनुस् कि ‘‘जति किताब अल्लाहले अवतरित गर्यो, मेरो तिनमाथि ईमान छ र मलाई आदेश छ कि तिमीमा इन्साफ गरूँ । अल्लाह नै हाम्रो र तिम्रो, पालनकर्ता हो । हामीलाई हाम्रा, र तिम्रा कर्महरू तिम्रालागि नै हुन्! हामी र तिमीमा कुनै झै–झगडा छैन । अल्लाहले हामी सबैलाई एकत्रित गर्नेछ, र उसैतिर फर्केर जानुपर्नेछ ।’’
🎤 तपाईंको रेकर्डिङ:
42:16
🔁 0/5
وَٱلَّذِينَ يُحَآجُّونَ فِي ٱللَّهِ مِنۢ بَعۡدِ مَا ٱسۡتُجِيبَ لَهُۥ حُجَّتُهُمۡ دَاحِضَةٌ عِندَ رَبِّهِمۡ وَعَلَيۡهِمۡ غَضَبٌ وَلَهُمۡ عَذَابٌ شَدِيدٌ ١٦
Wallazeena yuhaaajjoona fil laahi mim ba`di mastujeeba lahoo hujjatuhum daahidatun `inda Rabbihim wa `alaihim ghadabunw wa lahum `azaabun shadeed
र जुन मानिसहरूले अल्लाहको कुरामा विवाद उठाउँछन् यस पश्चात जबकि उसलाई (मोमिनहरूले) मानिहालेका छन्, उनीहरूको पालनकर्ताछेउ उनीहरूको झगडा तुच्छ छ, र उनीमाथि प्रकोप छ, र उनीहरूको निम्ति भयङ्कर यातना छ ।
🎤 तपाईंको रेकर्डिङ:
42:17
🔁 0/5
ٱللَّهُ ٱلَّذِيٓ أَنزَلَ ٱلۡكِتَٰبَ بِٱلۡحَقِّ وَٱلۡمِيزَانَۗ وَمَا يُدۡرِيكَ لَعَلَّ ٱلسَّاعَةَ قَرِيبٌ ١٧
Allahul lazeee anzalal Kitaaba bilhaqqi wal Meezaan; wa ma yudreeka la`allas Saa`ata qareeb
अल्लाहले नै सत्यको साथ किताब अवतरित गर्यो र तराजू पनि, र तपाईलाई के थाहा कदाचित् कयामतको समय नजिक आइपुगेको होस् ।
🎤 तपाईंको रेकर्डिङ:
42:18
🔁 0/5
يَسۡتَعۡجِلُ بِهَا ٱلَّذِينَ لَا يُؤۡمِنُونَ بِهَاۖ وَٱلَّذِينَ ءَامَنُواْ مُشۡفِقُونَ مِنۡهَا وَيَعۡلَمُونَ أَنَّهَا ٱلۡحَقُّۗ أَلَآ إِنَّ ٱلَّذِينَ يُمَارُونَ فِي ٱلسَّاعَةِ لَفِي ضَلَٰلِۭ بَعِيدٍ ١٨
Yasta`jilu bihal lazeena laa yu`minoona bihaa wallazeena aamanoo mushfiqoona minhaa wa ya`lamoona annahal haqq; alaaa innal lazeena yumaaroona fis Saa`ati lafee dalaalim ba`eed
जुन मानिसहरूले यसमा विश्वास गर्दैनन्, उनीहरूले यसको निम्ति हतार गरिरहेका छन्, र जो मोमिन छन्, उनीहरू यसबाट डर मान्छन् र जान्दछन् कि त्यो सत्य छ । हेर जुन मानिसहरूले कयामतको बारेमा विवाद गर्दैछन्, उनीहरू साह्रै नै मार्गविचलनमा छन् ।
🎤 तपाईंको रेकर्डिङ:
42:19
🔁 0/5
ٱللَّهُ لَطِيفُۢ بِعِبَادِهِۦ يَرۡزُقُ مَن يَشَآءُۖ وَهُوَ ٱلۡقَوِيُّ ٱلۡعَزِيزُ ١٩
Allahu lateefum bi`ibaadihee yarzuqu mai yashaaa`u wa Huwal Qawiyyul `Azeez
अल्लाह आफ्नो भक्तहरूमाथि धेरै दयावान छ, त्यसले जसलाई चाहन्छ धेरै जीविका प्रदान गर्दछ । र त्यो धेरै शक्तिमान (र) अधिपत्यशाली छ ।
🎤 तपाईंको रेकर्डिङ:
42:20
🔁 0/5
مَن كَانَ يُرِيدُ حَرۡثَ ٱلۡأٓخِرَةِ نَزِدۡ لَهُۥ فِي حَرۡثِهِۦۖ وَمَن كَانَ يُرِيدُ حَرۡثَ ٱلدُّنۡيَا نُؤۡتِهِۦ مِنۡهَا وَمَا لَهُۥ فِي ٱلۡأٓخِرَةِ مِن نَّصِيبٍ ٢٠
Man kaana yureedu harsal Aakhirati nazid lahoo fee harsihee wa man kaana yureedu harsad dunyaa nu`tihee mnhaa wa maa lahoo fil Aakhirati min naseeb
जसको नीयत परलोकको खेतीको छ, हामीले उसको लागि त्यसको खेतीमा वृद्धि प्रदान गर्नेछौं र जसले दुनियाँको खेती चाहन्छ, हामीले त्यसमध्येबाटै उसलाई केही दिइहाल्छौं तर आखिरतमा उसको कुनै भाग हुँदैन ।
🎤 तपाईंको रेकर्डिङ:
42:21
🔁 0/5
أَمۡ لَهُمۡ شُرَكَٰٓؤُاْ شَرَعُواْ لَهُم مِّنَ ٱلدِّينِ مَا لَمۡ يَأۡذَنۢ بِهِ ٱللَّهُۚ وَلَوۡلَا كَلِمَةُ ٱلۡفَصۡلِ لَقُضِيَ بَيۡنَهُمۡۗ وَإِنَّ ٱلظَّٰلِمِينَ لَهُمۡ عَذَابٌ أَلِيمٌ ٢١
Am lahum shurakaaa`u shara`oo lahum minad deeni maa lam yaazam bihil laah; wa law laa kalimatul fasli laqudiya bainahum; wa innaz zaalimeena lahum `azaabun aleem
के उनीहरूले यस्तो अल्लाहको साझेदार बनाएका छन् । जसले उनीहरूको लागि यस्तो धर्म निर्धारित गरिदिएका छन्, जसबारे अल्लाहले आदेश दिएन ? यदि फैसला (को दिन) को वचन नभएको भए, उनीहरूमा फैसला गरिदिइन्थ्यो । निश्चय नै अपराधीहरूको निम्ति दुःखद यातना छ ।
🎤 तपाईंको रेकर्डिङ:
42:22
🔁 0/5
تَرَى ٱلظَّٰلِمِينَ مُشۡفِقِينَ مِمَّا كَسَبُواْ وَهُوَ وَاقِعُۢ بِهِمۡۗ وَٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ فِي رَوۡضَاتِ ٱلۡجَنَّاتِۖ لَهُم مَّا يَشَآءُونَ عِندَ رَبِّهِمۡۚ ذَٰلِكَ هُوَ ٱلۡفَضۡلُ ٱلۡكَبِيرُ ٢٢
Taraz zaalimeena mushfiqeena mimmaa kasaboo wa huwa waaqi`um bihim; wallazeena aamanoo wa `amilus saalihaati fee rawdaatil jannaati lahum maa yashaaa`oona `inda Rabbihim; zaalika huwal fadlul kabeer
तपाईले हेर्नुहुनेछ कि यी अत्याचारीहरूले आफ्नो कर्मबाट तर्सिराखेका हुनेछन्, जसको दुष्परिणाम उनीहरूमाथि आइपर्नेछ । तर जसले ईमान ल्याए र असल कर्म गरे, उनीहरू स्वर्गका वाटिकाहरूमा हुनेछन्, उनीहरूको निम्ति उनीहरूको पालनकर्ताको पासमा, ती सबै कुरा छन्, जसको कि उनीहहरूले इच्छा गर्नेछन् । यही त बडो उदार अनुग्रह हो ।
🎤 तपाईंको रेकर्डिङ:
42:23
🔁 0/5
ذَٰلِكَ ٱلَّذِي يُبَشِّرُ ٱللَّهُ عِبَادَهُ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِۗ قُل لَّآ أَسۡـَٔلُكُمۡ عَلَيۡهِ أَجۡرًا إِلَّا ٱلۡمَوَدَّةَ فِي ٱلۡقُرۡبَىٰۗ وَمَن يَقۡتَرِفۡ حَسَنَةً نَّزِدۡ لَهُۥ فِيهَا حُسۡنًاۚ إِنَّ ٱللَّهَ غَفُورٌ شَكُورٌ ٢٣
Zaalikal lazee yubash shirul laahu `ibaadahul lazeena aamanoo wa `amilus saalihaat; qul laaa as`alukum `alaihi ajran illal mawaddata fil qurbaa; wa mai yaqtarif hasanatan nazid lahoo feehaa husnaa; innal laaha Ghafoorun Shakoor
त्यही शुभसूचना अल्लाहले आफ्ना सेवकहरूलाई दिन्छ । जसले ईमान ल्याए र असल कर्म गरे । भनिदिनुस् कि ‘‘म उसको तिमीसित कुनै पारिश्रमिक माग्दिन, मात्र निकटताको प्रेमभाव चाहन्छु । जसले कुनै नेकी गदर्छ, हामीले उसको निम्ति उसको नेकीमा वृद्धि गर्नेछौं । निश्चय नै अल्लाह अत्यन्त क्षमाशील र ठूलो गुणग्राहक हो ।’’
🎤 तपाईंको रेकर्डिङ:
42:24
🔁 0/5
أَمۡ يَقُولُونَ ٱفۡتَرَىٰ عَلَى ٱللَّهِ كَذِبًاۖ فَإِن يَشَإِ ٱللَّهُ يَخۡتِمۡ عَلَىٰ قَلۡبِكَۗ وَيَمۡحُ ٱللَّهُ ٱلۡبَٰطِلَ وَيُحِقُّ ٱلۡحَقَّ بِكَلِمَٰتِهِۦٓۚ إِنَّهُۥ عَلِيمُۢ بِذَاتِ ٱلصُّدُورِ ٢٤
Am yaqooloonaf tara `alal laahi kaziban fa-iny yasha il laahu yakhtim `alaa qalbik; wa yamhul laahul baatila wa yuhiqqul haqqa bi Kalimaatih; innahoo `Aleemum bizaatis sudoor
के यिनीहरूले भन्दछन्ः (कि पैगम्बरले) अल्लाहबारे मित्थ्यारोपण गरेको छ ?’’ यदि अल्लाहले चाहन्छ भने (हे मुहम्मद) तपाईको हृदयमा छाप लगाइदिन्छ । र अल्लाहले आफ्नो वाणीबाट असत्यलाई मिटाइराखेको छ, र आफ्नो कुराबाट सत्यलाई प्रमाणित गरेकोछ । निःसन्देह उसले छातीभित्रको कुराहरू पनि जान्दछ ।
🎤 तपाईंको रेकर्डिङ:
42:25
🔁 0/5
وَهُوَ ٱلَّذِي يَقۡبَلُ ٱلتَّوۡبَةَ عَنۡ عِبَادِهِۦ وَيَعۡفُواْ عَنِ ٱلسَّيِّـَٔاتِ وَيَعۡلَمُ مَا تَفۡعَلُونَ ٢٥
Wa Huwal lazee yaqbalut tawbata `an `ibaadihee wa ya`foo `anis saiyiaati wa ya`lamu maa taf`aloon
उही हो जसले आफ्ना सेवकहरूको प्रायश्चित स्वीकार गर्दछ र उनीहरूको पापहरू क्षमा गर्दछ, र तिमीले जे गर्दछौ सबै जान्दछ ।
🎤 तपाईंको रेकर्डिङ:
42:26
🔁 0/5
وَيَسۡتَجِيبُ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ وَيَزِيدُهُم مِّن فَضۡلِهِۦۚ وَٱلۡكَٰفِرُونَ لَهُمۡ عَذَابٌ شَدِيدٌ ٢٦
Wa yastajeebul lazeena aamanoo wa `amilu saalihaati wa yazeeduhum min fadlih; wal kaafiroona lahum `azaabun shadeed
ईमानवालाहरू र असल कर्म गर्नेहरूको प्रार्थना सुन्दछ र तिनीहरूलाई आफ्नो उदार अनुग्रहबाट अधिक प्रदान गर्दछ । र जो काफिर छन्, उनीहरूको लागि कडा यातना छ ।
🎤 तपाईंको रेकर्डिङ:
42:27
🔁 0/5
۞ وَلَوۡ بَسَطَ ٱللَّهُ ٱلرِّزۡقَ لِعِبَادِهِۦ لَبَغَوۡاْ فِي ٱلۡأَرۡضِ وَلَٰكِن يُنَزِّلُ بِقَدَرٍ مَّا يَشَآءُۚ إِنَّهُۥ بِعِبَادِهِۦ خَبِيرُۢ بَصِيرٌ ٢٧
Wa law basatal laahur rizqa li`ibaadihee labaghaw fil ardi wa laakiny yunazzilu biqadarim maa yashaaa`; innahoo bi`ibaadihee Khabeerum Baseer
यदि अल्लाहले आफ्ना सबै सेवकहरूको निम्ति जीविका फराकिलो गरिदिएको भए, उनीहरू धरतीमा उपद्रव गर्न थाल्थे । तर उसले एउटा अनुमानको साथ जे चाहन्छ अवतरित गर्दछ । ऊ आफ्ना सेवकहरूलाई पूर्णरूपले जान्दछ र देख्दछ ।
🎤 तपाईंको रेकर्डिङ:
42:28
🔁 0/5
وَهُوَ ٱلَّذِي يُنَزِّلُ ٱلۡغَيۡثَ مِنۢ بَعۡدِ مَا قَنَطُواْ وَيَنشُرُ رَحۡمَتَهُۥۚ وَهُوَ ٱلۡوَلِيُّ ٱلۡحَمِيدُ ٢٨
Wa Huwal lazee yunazzilul ghaisa mim ba`di maa qanatoo wa yanshuru rahmatah; wa Huwal Waliyyul Hameed
र उही हो जसले मानिसहरू निराश भएपछि, पानी वर्षाउँछ, र आफ्नो दयालुतालाई व्यापक पार्दछ । र उही हो संरक्षक मित्र, प्रंशसनीय ।
🎤 तपाईंको रेकर्डिङ:
42:29
🔁 0/5
وَمِنۡ ءَايَٰتِهِۦ خَلۡقُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَمَا بَثَّ فِيهِمَا مِن دَآبَّةٍۚ وَهُوَ عَلَىٰ جَمۡعِهِمۡ إِذَا يَشَآءُ قَدِيرٌ ٢٩
Wa min Aayaatihee khalqus samaawaati wal ardi wa maa bassa feehimaa min daaabbah; wa Huwa `alaa jam`ihim izaa yashaaa`u Qadeer
र उसका निशानीहरूमध्ये आकाशहरू र धरतीको सृष्टि गर्नु, र ती जीवधारी पनि जुन कि उसले ती दुवैमा फिजाइराखेको छ । र उसले जतिखेर चाहोस् उनीहरूलाई एकत्रित गर्ने सामथ्र्य पनि राख्दछ ।
🎤 तपाईंको रेकर्डिङ:
42:30
🔁 0/5
وَمَآ أَصَٰبَكُم مِّن مُّصِيبَةٍ فَبِمَا كَسَبَتۡ أَيۡدِيكُمۡ وَيَعۡفُواْ عَن كَثِيرٍ ٣٠
Wa maaa asaabakum mim museebatin fabimaa kasabat aydeekum wa ya`foo `an kaseer
र जुन कष्ट पनि तिमीलाई पुग्दछ, त्यो तिम्रो आफ्नै हातको कमाइ नै हो र उसले धेरै (पापहरू) माफ गरिदिन्छ ।
🎤 तपाईंको रेकर्डिङ:
42:31
🔁 0/5
وَمَآ أَنتُم بِمُعۡجِزِينَ فِي ٱلۡأَرۡضِۖ وَمَا لَكُم مِّن دُونِ ٱللَّهِ مِن وَلِيٍّ وَلَا نَصِيرٍ ٣١
Wa maaa antum bimu`jizeena fil ardi wa maa lakum min doonil laahi minw wa liyyinw wa laa naseer
र तिमीले धरतीमा नियन्त्रणबाट उम्कन सक्तैनौ, र अल्लाह बाहेक तिम्रो न कोही मित्र छ न सहायक ।
🎤 तपाईंको रेकर्डिङ:
42:32
🔁 0/5
وَمِنۡ ءَايَٰتِهِ ٱلۡجَوَارِ فِي ٱلۡبَحۡرِ كَٱلۡأَعۡلَٰمِ ٣٢
Wa min Aayaatihil ja waarifil bahri kal a`lam
र उसको निशानीहरूमध्ये पहाड जस्तै पानीजहाजहरू पनि हुन् जुन कि समुन्द्रमा चलिराखेका हुन्छन् ।
🎤 तपाईंको रेकर्डिङ:
42:33
🔁 0/5
إِن يَشَأۡ يُسۡكِنِ ٱلرِّيحَ فَيَظۡلَلۡنَ رَوَاكِدَ عَلَىٰ ظَهۡرِهِۦٓۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٍ لِّكُلِّ صَبَّارٍ شَكُورٍ ٣٣
Iny yashaaa yuskinir reeha fa yazlalna rawaakida `alaa zahirh; inna fee zaalika la Aayaatil likulli sabbaarin shakoor
यदि उसको इच्छा हुन्छ भने उसले हावालाई गतिहीन बनाइदिन्छ । अनि ति जहाजहरू समुन्द्रको पानीमा स्थिर भइहाल्छन् । सबै धैर्यवान र कृतज्ञहरूको लागि यसमा अनेकौं निशानीहरू छन् ।
🎤 तपाईंको रेकर्डिङ:
42:34
🔁 0/5
أَوۡ يُوبِقۡهُنَّ بِمَا كَسَبُواْ وَيَعۡفُ عَن كَثِيرٍ ٣٤
Aw yoobiqhunna bimaa kasaboo wa ya`fu `an kaseer
वा उनीहरूलाई उनीहरूको कर्मको कारण नष्ट गरिदेओस् र धेरै जसोलाई क्षमा पनि गरिदेओस् ।
🎤 तपाईंको रेकर्डिङ:
42:35
🔁 0/5
وَيَعۡلَمَ ٱلَّذِينَ يُجَٰدِلُونَ فِيٓ ءَايَٰتِنَا مَا لَهُم مِّن مَّحِيصٍ ٣٥
Wa ya`lamal lazeena yujaadiloona feee Aayaatinaa maa lahum mim mahees
र परिणामतः उनीहरूले जानिराखुन्, जसले हाम्रो आयतहरूमा विवाद गर्दछन् कि उनीहरूको निम्ति कुनै भाग्ने ठाउँ छैन ।
🎤 तपाईंको रेकर्डिङ:
42:36
🔁 0/5
فَمَآ أُوتِيتُم مِّن شَيۡءٍ فَمَتَٰعُ ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَاۚ وَمَا عِندَ ٱللَّهِ خَيۡرٌ وَأَبۡقَىٰ لِلَّذِينَ ءَامَنُواْ وَعَلَىٰ رَبِّهِمۡ يَتَوَكَّلُونَ ٣٦
Famaa ooteetum min shai`in famataa`ul hayaatid dunyaa wa maa `indal laahi khairunw wa abqaa lillazeena aamanoo wa `alaa Rabbihim yatawakkaloon
तिमीलाई जे कुरा दिइएको छ त्यो सांसरिक जीवनको अस्थायी सुख सामग्री हो । तर जे–जति अल्लाहको पासमा छ त्यो धेरै उत्तम छ र स्थाई रहनेवाला पनि, (त्यो) उनीहरूको लागि हो जसले ईमान ल्याए र आफ्नो पालनकर्तामाथि मात्र भरोसा गर्दछन् ।
🎤 तपाईंको रेकर्डिङ:
42:37
🔁 0/5
وَٱلَّذِينَ يَجۡتَنِبُونَ كَبَٰٓئِرَ ٱلۡإِثۡمِ وَٱلۡفَوَٰحِشَ وَإِذَا مَا غَضِبُواْ هُمۡ يَغۡفِرُونَ ٣٧
Wallazeena yajtaniboona kabaaa`iral ismi wal fawaa hisha wa izaa maa ghadiboo hum yaghfiroon
जो ठूला–ठूला गुनाहहरू र निर्लज्जताबाट पन्छिन्छन् र जब उनीहरूलाई रिस उठ्दछ त्यस बेला पनि माफ गरिहाल्छन् ।
🎤 तपाईंको रेकर्डिङ:
42:38
🔁 0/5
وَٱلَّذِينَ ٱسۡتَجَابُواْ لِرَبِّهِمۡ وَأَقَامُواْ ٱلصَّلَوٰةَ وَأَمۡرُهُمۡ شُورَىٰ بَيۡنَهُمۡ وَمِمَّا رَزَقۡنَٰهُمۡ يُنفِقُونَ ٣٨
Wallazeenas tajaaboo li Rabbhim wa aqaamus Salaata wa amruhum shooraa bainahum wa mimmaa razaqnaahum yunfiqoon
र जसले आफ्नो पालनकर्ताको आदेश मान्दछन् र नमाज पढ्दछन् ? र उनीहरूको प्रत्येक काम आपसी सल्लाहबाट हुन्छन् ? र जे–जति हामीले उनीहरूलाई दिएका छौं त्यसबाट खर्च गर्दछन्
🎤 तपाईंको रेकर्डिङ:
42:39
🔁 0/5
وَٱلَّذِينَ إِذَآ أَصَابَهُمُ ٱلۡبَغۡيُ هُمۡ يَنتَصِرُونَ ٣٩
Wallazeena izaa asaabahumul baghyu hum yantasiroon
र जब उनीहरूमाथि अन्याय हुन्छ तब उनीहरूले बदला मात्र लिन्छन् ।
🎤 तपाईंको रेकर्डिङ:
42:40
🔁 0/5
وَجَزَٰٓؤُاْ سَيِّئَةٍ سَيِّئَةٌ مِّثۡلُهَاۖ فَمَنۡ عَفَا وَأَصۡلَحَ فَأَجۡرُهُۥ عَلَى ٱللَّهِۚ إِنَّهُۥ لَا يُحِبُّ ٱلظَّٰلِمِينَ ٤٠
Wa jazaaa`u saiyi`atin saiyi`tum misluha faman `afaa wa aslaha fa ajruhoo `alal laah; innahoo laa yuhibbuz zaalimeen
र नराम्रोको बदला उसजस्तो नराम्रो हो, तर जसले क्षमा गरिदिन्छ र सुधार गर्दछ त त्यसको पुरस्कार अल्लाहको जिम्मामा छ । निश्चय नै अल्लाहले अत्याचारीहरूलाई रुचाउँदैन ।
🎤 तपाईंको रेकर्डिङ:
42:41
🔁 0/5
وَلَمَنِ ٱنتَصَرَ بَعۡدَ ظُلۡمِهِۦ فَأُوْلَٰٓئِكَ مَا عَلَيۡهِم مِّن سَبِيلٍ ٤١
Wa lamanin tasara ba`da zulmihee fa ulaaa`ika maa `alaihim min sabeel
र यदि कसैले आफूमाथि भएको अत्याचारपछि बराबरको बदला लिन्छ भने त्यस्ता मानिसहरूमाथि कुनै दोष हुँदैन ।
🎤 तपाईंको रेकर्डिङ:
42:42
🔁 0/5
إِنَّمَا ٱلسَّبِيلُ عَلَى ٱلَّذِينَ يَظۡلِمُونَ ٱلنَّاسَ وَيَبۡغُونَ فِي ٱلۡأَرۡضِ بِغَيۡرِ ٱلۡحَقِّۚ أُوْلَٰٓئِكَ لَهُمۡ عَذَابٌ أَلِيمٌ ٤٢
Innamas sabeelu `alal lazeena yazlimoonan naasa wa yabghoona fil ardi bighairil haqq; ulaaa`ika lahum `azaabun aleem
दोषारोपण त मात्र उनीहरूमाथि हुन्छ जो अरु मानिसहरूमाथि अत्याचार गर्दछन् र धरतीमा नाहक फसाद गर्दछन् । यस्ता मानिसहरूको निम्ति दुःखद यातना छ ।
🎤 तपाईंको रेकर्डिङ:
42:43
🔁 0/5
وَلَمَن صَبَرَ وَغَفَرَ إِنَّ ذَٰلِكَ لَمِنۡ عَزۡمِ ٱلۡأُمُورِ ٤٣
Wa laman sabara wa ghafara inna zaalika lamin `azmil umoor
र जसले संतोष गर्दछ र क्षमा गरिदिन्छ भने यो निश्चितरूपले ठूलो साहसको कामहरूमध्ये हो ।
🎤 तपाईंको रेकर्डिङ:
42:44
🔁 0/5
وَمَن يُضۡلِلِ ٱللَّهُ فَمَا لَهُۥ مِن وَلِيٍّ مِّنۢ بَعۡدِهِۦۗ وَتَرَى ٱلظَّٰلِمِينَ لَمَّا رَأَوُاْ ٱلۡعَذَابَ يَقُولُونَ هَلۡ إِلَىٰ مَرَدٍّ مِّن سَبِيلٍ ٤٤
Wa mai yudlilil laahu famaa lahoo minw waliyyim mim ba`dih; wa taraz zaalimeena lammaa ra awul `azaaba yaqooloona hal ilaa maraddim min sabeel
र जुन व्यक्तिलाई अल्लाहले मार्गविचलित गर्दछ यस पश्चात उसको कोही सहयोगी हुँदैन । र तिमीले अत्याचारीहरूलाई देख्नेछौ कि जब उनीहरूले यातना देख्नेछन् त भन्नेछन् कि ‘‘के फिर्ता जाने कुनै मार्ग छ ?’’
🎤 तपाईंको रेकर्डिङ:
42:45
🔁 0/5
وَتَرَىٰهُمۡ يُعۡرَضُونَ عَلَيۡهَا خَٰشِعِينَ مِنَ ٱلذُّلِّ يَنظُرُونَ مِن طَرۡفٍ خَفِيٍّۗ وَقَالَ ٱلَّذِينَ ءَامَنُوٓاْ إِنَّ ٱلۡخَٰسِرِينَ ٱلَّذِينَ خَسِرُوٓاْ أَنفُسَهُمۡ وَأَهۡلِيهِمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِۗ أَلَآ إِنَّ ٱلظَّٰلِمِينَ فِي عَذَابٍ مُّقِيمٍ ٤٥
Wa taraahum yu`radoona `alaihaa khaashi`eena minazzulli yanzuroona min tarfin khaifiyy; wa qaalal lazeena aamanooo innal khaasireenal lazeena khasiroon anfusahum wa ahleehim Yawmal Qiyaamah; alaaa innaz zaalimeena fee`azaabim muqeem
र तिमीले उनीहरूलाई देख्नेछौ कि तिनीहरू (नर्कको) सामु ल्याइनेछन्, अपमानका कारण थिचिएका हुनेछन् । र छड्के आँखाले हेरिराखेका हुनेछन् । ईमानवालाहरूले त्यसबेला भन्नेछन् कि निश्चय नै वास्तविक हानिमा पर्नेवाला तिनै हुन् जसले कयामतको दिन स्वयं आफूलाई र आफ्ना मानिसहरूलाई घाटामा पारिदिए ।’’ विश्वास गर ! निश्चय नै अत्याचारीहरू स्थिर रहनेवाला यातनामा छन् ।
🎤 तपाईंको रेकर्डिङ:
42:46
🔁 0/5
وَمَا كَانَ لَهُم مِّنۡ أَوۡلِيَآءَ يَنصُرُونَهُم مِّن دُونِ ٱللَّهِۗ وَمَن يُضۡلِلِ ٱللَّهُ فَمَا لَهُۥ مِن سَبِيلٍ ٤٦
Wa maa kaana lahum min awliyaaa`a yansuroonahum min doonil laah; wa mai yudlilil laahu famaa lahoo min sabeel
र अल्लाह बाहेक उनीहरूको कोही मित्र हुनेछैन, जसले अल्लाहबाट अलग उनीहरूको सहायता गर्न सकुन् । र जसलाई अल्लाहले पथविचलित गरिदिन्छ, उसको लागि कुनै मार्ग हुँदैन ।
🎤 तपाईंको रेकर्डिङ:
42:47
🔁 0/5
ٱسۡتَجِيبُواْ لِرَبِّكُم مِّن قَبۡلِ أَن يَأۡتِيَ يَوۡمٌ لَّا مَرَدَّ لَهُۥ مِنَ ٱللَّهِۚ مَا لَكُم مِّن مَّلۡجَإٍ يَوۡمَئِذٍ وَمَا لَكُم مِّن نَّكِيرٍ ٤٧
Istajeeboo li Rabbikum min qabli any yaatiya Yawmul laa maradda lahoo minal laah; maa lakum mim malja iny yawma`izinw wa maa lakum min nakeer
आफ्नो पालानकर्ताको आदेश मानिहाल यसभन्दा पहिले कि अल्लाहको तर्फबाट त्यो दिन आओस् जो फर्कदैन । त्यसदिन तिम्रो निम्ति न कुनै शरणस्थल हुनेछ र न तिमीले लुकेर इन्कार गर्न सक्नेछौ ।
🎤 तपाईंको रेकर्डिङ:
42:48
🔁 0/5
فَإِنۡ أَعۡرَضُواْ فَمَآ أَرۡسَلۡنَٰكَ عَلَيۡهِمۡ حَفِيظًاۖ إِنۡ عَلَيۡكَ إِلَّا ٱلۡبَلَٰغُۗ وَإِنَّآ إِذَآ أَذَقۡنَا ٱلۡإِنسَٰنَ مِنَّا رَحۡمَةً فَرِحَ بِهَاۖ وَإِن تُصِبۡهُمۡ سَيِّئَةُۢ بِمَا قَدَّمَتۡ أَيۡدِيهِمۡ فَإِنَّ ٱلۡإِنسَٰنَ كَفُورٌ ٤٨
Fa-in a`radoo famaaa arsalnaaka `alaihim hafeezan in `alaika illal balaagh; wa innaaa izaaa azaqnal insaana minnaa rahmatan fariha bihaa wa in tusibhum saiyi`atum bimaa qaddamat aydeehim fa innal insaana kafoor
यदि उनीहरू विमुख हुन्छन् भने हामीले तपाईलाई उनीहरूको निम्ति कुनै संरक्षक बनाएर पठाएका छैनौं । तपाईमाथि त मात्र (सन्देश)पुर्याइदिने जिम्मेवारी छ । र जब हामीले मानिसलाई आफ्नो दयालुताको रसास्वादन गराउँछौ त त्यसबाट ऊ मग्न भइहाल्दछ, र यदि उनीहरूलाई उनीहरूकै कर्महरूको कारणले कुनै कष्ट पुग्दछ त निश्चय नै त्यही मानिस बडो कृतघ्न बनिहाल्छन् ।
🎤 तपाईंको रेकर्डिङ:
42:49
🔁 0/5
لِّلَّهِ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ يَخۡلُقُ مَا يَشَآءُۚ يَهَبُ لِمَن يَشَآءُ إِنَٰثًا وَيَهَبُ لِمَن يَشَآءُ ٱلذُّكُورَ ٤٩
Lillaahi mulkus samaawaati wal ard; yakhluqu maa yashaaa`; yahabu limai yashaaa`u inaasanw wa yahabu limai yashaaa`uz zukoor
सम्पूर्ण आकाश र पृथ्वीको सत्ता अल्लाहकै लागि हो । उसले जे चाहन्छ सृष्टि गर्दछ, जसलाई चाहन्छ, पुत्रीहरू प्रदान गर्दछ र जसलाई चाहन्छ, छोराहरू प्रदान गर्दछ ।
🎤 तपाईंको रेकर्डिङ:
42:50
🔁 0/5
أَوۡ يُزَوِّجُهُمۡ ذُكۡرَانًا وَإِنَٰثًاۖ وَيَجۡعَلُ مَن يَشَآءُ عَقِيمًاۚ إِنَّهُۥ عَلِيمٌ قَدِيرٌ ٥٠
Aw yuzawwijuhum zukraananw wa inaasanw wa yaj`alu mai yashaaa`u `aqeemaa; innahoo `Aleemun Qadeer
वा उनीलाई दुबै छोरा र छोरी प्रदान गर्दछ र जसलाई चाहन्छ, निःसन्तान गरिदिन्छ । निश्चय नै ऊ सर्वज्ञ ठूलो सामथ्र्यवान छ ।
🎤 तपाईंको रेकर्डिङ:
42:51
🔁 0/5
۞ وَمَا كَانَ لِبَشَرٍ أَن يُكَلِّمَهُ ٱللَّهُ إِلَّا وَحۡيًا أَوۡ مِن وَرَآيِٕ حِجَابٍ أَوۡ يُرۡسِلَ رَسُولًا فَيُوحِيَ بِإِذۡنِهِۦ مَا يَشَآءُۚ إِنَّهُۥ عَلِيٌّ حَكِيمٌ ٥١
Wa maa kaana libasharin any yukallimahul laahu illaa wahyan aw minw waraaa`i hijaabin aw yursila Rasoolan fa yoohiya bi iznuhee maa yashaaa`; innahoo `Aliyyun Hakeem
कुनै मानिसलाई सम्भव छैन कि ऊ अल्लाहसित कुरा गरोस्, परन्तु वह्य मार्फत वा पर्दा पछाडि़बाट, वा उसको लागि कुनै फरिश्ता पठाओस्, अनि फरिश्ताले अल्लाहको अज्ञाबाट जे चाहन्छ प्रकाशना गर्दछ । निश्चय नै ऊ सर्वोच्च अत्यन्त तत्वदर्शी छ ।
🎤 तपाईंको रेकर्डिङ:
42:52
🔁 0/5
وَكَذَٰلِكَ أَوۡحَيۡنَآ إِلَيۡكَ رُوحًا مِّنۡ أَمۡرِنَاۚ مَا كُنتَ تَدۡرِي مَا ٱلۡكِتَٰبُ وَلَا ٱلۡإِيمَٰنُ وَلَٰكِن جَعَلۡنَٰهُ نُورًا نَّهۡدِي بِهِۦ مَن نَّشَآءُ مِنۡ عِبَادِنَاۚ وَإِنَّكَ لَتَهۡدِيٓ إِلَىٰ صِرَٰطٍ مُّسۡتَقِيمٍ ٥٢
Wa kazaalika awhainaaa ilaika rooham min amrinaa; maa kunta tadree mal Kitaabu wa lal eemaanu wa laakin ja`alnaahu nooran nahdee bihee man nashaaa`u min `ibaadinaa; wa innaka latahdeee ilaaa Siraatim Mustaqeem
र यसै प्रकार हामीले आफ्नो आदेशले तपाईतिर रूह (कुरआन) उतारेका छौं । (जबकि) तपाईलाई यस अघि थाहा थिएन कि ‘‘किताब’’ र ईमान के हुन्? तर हामीले त्यस (कुरआन) लाई एउटा प्रकाश बनायौं, जसद्वारा हामीले आफ्ना सेवकहरूमध्ये जसलाई चाहन्छौं मार्ग देखाउँछौं । निश्चय नै तपाईले एउटा सोझो मार्गतिर पथप्रदर्शन गरिराख्नु भएको छ ।
🎤 तपाईंको रेकर्डिङ:
42:53
🔁 0/5
صِرَٰطِ ٱللَّهِ ٱلَّذِي لَهُۥ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۗ أَلَآ إِلَى ٱللَّهِ تَصِيرُ ٱلۡأُمُورُ ٥٣
Siraatil laahil lazee lahoo maa fis samaawaati wa maa fil ard; alaaa ilal laahi taseerul umoor
उस अल्लाहको मार्गको जो आकाशहरू र धरतीमा सबै कुराको स्वामी हो । सावधान रहनु सबै काम अल्लाहतिरै प्रवृत्त हुनेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
💡 लुकेको शब्दलाई अस्थायी रूपमा देखाउन ट्याप गर्नुहोस् — तपाईंको प्रगति स्वतः बचत हुन्छ।
العربيةEnglishBahasa IndonesiaTürkçeРусскийفارسیFrançaisاردوবাংলাDeutschEspañol中文हिन्दीPortuguêsItalianoภาษาไทยPolskiNederlandsShqipKiswahiliO'zbekதமிழ்MelayuBosanskiSoomaaliAzərbaycanکوردی한국어日本語SvenskaDanskNorskپښتوമലയാളംසිංහලTamazightHausaአማርኛБългарскиТоҷикӣҚазақшаFilipinoسنڌيYorùbáFulfuldeТатарчаئۇيغۇرچەКыргызчаਪੰਜਾਬੀJawaతెలుగుမြန်မာગુજરાતીOromoमराठीTiếng ViệtMalagasyНохчийнWolofދިވެހިಕನ್ನಡУкраїнськаΕλληνικάქართულიខ្មែរدریQafar afMaranaoनेपाली
पवित्र कुरान
Tuesday, August 18, 2026
Don't forget us in your sincere prayers







