🔥 0 दिन लगातार
📖 लामो सूरा — साना भागहरूमा विभाजित (38 आयत)
0/38
47:1
🔁 0/5
ٱلَّذِينَ كَفَرُواْ وَصَدُّواْ عَن سَبِيلِ ٱللَّهِ أَضَلَّ أَعۡمَٰلَهُمۡ ١
Allazeena kafaroo wa saddoo`an sabeelil laahi adalla a`maalahum
जसले इन्कार गरे र (अरु व्यक्तिलाई) अल्लाहको मार्गबाट रोके, अल्लाहले उनीहरूका कर्महरूलाई नष्ट पारिदियो ।
🎤 तपाईंको रेकर्डिङ:
47:2
🔁 0/5
وَٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ وَءَامَنُواْ بِمَا نُزِّلَ عَلَىٰ مُحَمَّدٍ وَهُوَ ٱلۡحَقُّ مِن رَّبِّهِمۡ كَفَّرَ عَنۡهُمۡ سَيِّـَٔاتِهِمۡ وَأَصۡلَحَ بَالَهُمۡ ٢
Wallazeena aamanoo wa `amilus saalihaati wa aamanoo bimaa nuzzila `alaa Muhammadinw-wa huwal haqqu mir Rabbihim kaffara `anhum saiyiaatihim wa aslaha baalahum
र जसले विश्वास गरे र असल कर्म गरिरहे र जुन (किताब) मुहम्मदमाथि अवतरित भएको छ, त्यसलाई मानिराखे, र त्यो नै उनको पालनकर्ताबाट सत्य धर्म हो । त अल्लाहले उनीहरूका गुनाहलाई (पापलाई) हटाइदियो र उनीहरूको अवस्था सुधारिदियो ।
🎤 तपाईंको रेकर्डिङ:
47:3
🔁 0/5
ذَٰلِكَ بِأَنَّ ٱلَّذِينَ كَفَرُواْ ٱتَّبَعُواْ ٱلۡبَٰطِلَ وَأَنَّ ٱلَّذِينَ ءَامَنُواْ ٱتَّبَعُواْ ٱلۡحَقَّ مِن رَّبِّهِمۡۚ كَذَٰلِكَ يَضۡرِبُ ٱللَّهُ لِلنَّاسِ أَمۡثَٰلَهُمۡ ٣
Zaalika bi annal lazeena kafarut taba`ul baatila wa annal lazeena aamanut taba`ul haqqa mir Rabbihim; kazaalika yadribul laahu linnaasi amsaalahum
यो यस कारण हो कि जुन मानिसहरूले इन्कार गरे उनीहरूले असत्यको अनुशरण गरे, र ईमान ल्याउनेहरूले सत्यमा हिंडे, जो उनको पालकर्ताको तर्फबाट छ । यसै प्रकार अल्लाहले मानिसहरूको निम्ति उनीहरूको उदाहरण वर्णन गर्दछ ।
🎤 तपाईंको रेकर्डिङ:
47:4
🔁 0/5
فَإِذَا لَقِيتُمُ ٱلَّذِينَ كَفَرُواْ فَضَرۡبَ ٱلرِّقَابِ حَتَّىٰٓ إِذَآ أَثۡخَنتُمُوهُمۡ فَشُدُّواْ ٱلۡوَثَاقَ فَإِمَّا مَنَّۢا بَعۡدُ وَإِمَّا فِدَآءً حَتَّىٰ تَضَعَ ٱلۡحَرۡبُ أَوۡزَارَهَاۚ ذَٰلِكَۖ وَلَوۡ يَشَآءُ ٱللَّهُ لَٱنتَصَرَ مِنۡهُمۡ وَلَٰكِن لِّيَبۡلُوَاْ بَعۡضَكُم بِبَعۡضٍۗ وَٱلَّذِينَ قُتِلُواْ فِي سَبِيلِ ٱللَّهِ فَلَن يُضِلَّ أَعۡمَٰلَهُمۡ ٤
Fa-izaa laqeetumul lazeena kafaroo fadarbar riqaab, hattaaa izaa askhan tumoohum fashuddul wasaaq, fa immaa mannnam ba`du wa immaa fidaaa`an hattaa tada`al harbu awzaarahaa; zaalika wa law yashaaa`ul laahu lantasara minhum wa laakil laiyabluwa ba`dakum biba`d; wallazeena qutiloo fee sabeelil laahi falany yudilla a`maalahum
अतः जब इन्कार गर्नेहरूसित तिम्रो भिडन्त हुन्छ त (उनीहरूको) गर्दन छिनालिदेऊ यहाँसम्म कि जब उनीहरूलाई राम्ररी थिचिसकेपछि (बाँच्नेहरूलाई) मजबूतसँग बाँधेर पक्राउ गर, अनि पछि या त उपकार गरी छाडिदेऊ अथवा दण्ड दिएर, यहाँसम्म कि शत्रुले लडाईको हतियार आफ्नो हातबाट राखिदिओस् । यो (हुकुम यादराख) यदि अल्लाहले चाहेको भए (अन्य प्रकारले) उनीहरूसित स्वयम् प्रतिशोध लिइहाल्थ्यो । तर उसले चाह्यो कि तिम्रो एउटाको अर्कोसित परीक्षा लेओस् । जुन मानिसहरू अल्लाहको बाटोमा मारिए उनका कर्महरूलाई कहिल्यै खेर फालिनेछैन ।
🎤 तपाईंको रेकर्डिङ:
47:5
🔁 0/5
سَيَهۡدِيهِمۡ وَيُصۡلِحُ بَالَهُمۡ ٥
Sa-yahdeehim wa yusihu baalahum
उनीहरूलाई (सोझो) बाटो देखाउने छ र उनको अवस्था ठीक पार्नेछ ।
🎤 तपाईंको रेकर्डिङ:
47:6
🔁 0/5
وَيُدۡخِلُهُمُ ٱلۡجَنَّةَ عَرَّفَهَا لَهُمۡ ٦
Wa yudkhiluhumul jannata `arrafahaa lahum
र उनीहरूलाई त्यस स्वर्गमा जससित उनीहरूलाई परिचित गराइसकेको छ, प्रवेश गर्नेछ ।
🎤 तपाईंको रेकर्डिङ:
47:7
🔁 0/5
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِن تَنصُرُواْ ٱللَّهَ يَنصُرۡكُمۡ وَيُثَبِّتۡ أَقۡدَامَكُمۡ ٧
Yaaa ayyuhal lazeena aamanooo in tansurul laaha yansurkum wa yusabbit aqdaamakum
हे ईमानवालाहरू ! यदि तिमिले अल्लाहको धर्मको मद्दत गर्नेछौ भने उसले पनि तिम्रो मद्दत गर्नेछ र तिम्रो पाइलालाई सुदृढ बनाउने छ ।
🎤 तपाईंको रेकर्डिङ:
47:8
🔁 0/5
وَٱلَّذِينَ كَفَرُواْ فَتَعۡسًا لَّهُمۡ وَأَضَلَّ أَعۡمَٰلَهُمۡ ٨
Wallazeena kafaroo fata`s al lahum wa adalla a`maalahum
र जो काफिर भए । उनीहरूकै निम्ति विनाश छ र अल्लाह उनीहरूका कर्महरूलाई नष्ट पारिदिनेछ ।
🎤 तपाईंको रेकर्डिङ:
47:9
🔁 0/5
ذَٰلِكَ بِأَنَّهُمۡ كَرِهُواْ مَآ أَنزَلَ ٱللَّهُ فَأَحۡبَطَ أَعۡمَٰلَهُمۡ ٩
Zaalika bi annahum karihoo maaa anzalal laahu faahbata a`maalahum
यो यसकारण कि अल्लाहले जुन कुरो अवतरित गर्यो, उनीहरूले त्यसलाई अप्रिय ठाने, तब अल्लाहले उनीहरूको कर्महरूलाई व्यर्थ पारिदियो ।
🎤 तपाईंको रेकर्डिङ:
47:10
🔁 0/5
۞ أَفَلَمۡ يَسِيرُواْ فِي ٱلۡأَرۡضِ فَيَنظُرُواْ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلَّذِينَ مِن قَبۡلِهِمۡۖ دَمَّرَ ٱللَّهُ عَلَيۡهِمۡۖ وَلِلۡكَٰفِرِينَ أَمۡثَٰلُهَا ١٠
Afalam yaseeroo fil ardi fayanzuroo kaifa kaana `aaqibatul lazeena min qablihim; dammaral laahu `alaihim wa lilkaafireena amsaaluhaa
के उनीहरूले धरतीमा हिंड्डुल गर्दै यो देखेनन् कि जुन मानिसहरू उनीहरूभन्दा पहिला थिए उनीहरूको परिणाम कस्तो भयो ? अल्लाहले उनीहरूलाई नष्ट पारिदियो इन्कार गर्नेहरूलाई यस्तै सजाय हुनेछ ।
🎤 तपाईंको रेकर्डिङ:
47:11
🔁 0/5
ذَٰلِكَ بِأَنَّ ٱللَّهَ مَوۡلَى ٱلَّذِينَ ءَامَنُواْ وَأَنَّ ٱلۡكَٰفِرِينَ لَا مَوۡلَىٰ لَهُمۡ ١١
Zaalika bi annal laaha mawlal lazeena aamanoo wa annal kaafireena laa mawlaa lahum
यो यसकारण कि जो मोमिन छन् उनीहरूको संरक्षक स्वयम् अल्लाह हो र काफिरहरूको कोही संरक्षक छैन ।
🎤 तपाईंको रेकर्डिङ:
47:12
🔁 0/5
إِنَّ ٱللَّهَ يُدۡخِلُ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ جَنَّٰتٍ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُۖ وَٱلَّذِينَ كَفَرُواْ يَتَمَتَّعُونَ وَيَأۡكُلُونَ كَمَا تَأۡكُلُ ٱلۡأَنۡعَٰمُ وَٱلنَّارُ مَثۡوًى لَّهُمۡ ١٢
Innal-laaha yudkhilul lazeena aamanoo wa `amilus saalihaati Jannaatin tajree min tahtihal anhaaru wallazeena kafaroo yatamatta`oona wa yaakuloona kamaa taakuluian`aamu wan Naaru maswallahum
जसले ईमान ल्याए, र असल कर्म गरे उनीहरूलाई अल्लाहले निःसन्देह यस्तो बगैंचाहरूमा प्रवेश गराउने छ जसमुनि नहरहरू बगिरहेछन् । र ती मानिसहरू जसले इन्कार गरे उनीहरूले दुनियाको नै फाइदा उठाइरहेछन् । र पशु जस्तै खाइरहन्छन् र उनीहरूको असली बासस्थान नर्क हो ।
🎤 तपाईंको रेकर्डिङ:
47:13
🔁 0/5
وَكَأَيِّن مِّن قَرۡيَةٍ هِيَ أَشَدُّ قُوَّةً مِّن قَرۡيَتِكَ ٱلَّتِيٓ أَخۡرَجَتۡكَ أَهۡلَكۡنَٰهُمۡ فَلَا نَاصِرَ لَهُمۡ ١٣
Wa ka ayyim min qaryatin hiya ashaddu quwwatam min qaryatikal lateee akhrajatka ahlaknaahum falaa naasira lahum
हामीले कति बस्तीलाई जुन बलमा तिम्रो गाउँ बस्तीभन्दा बढी थिए जसबाट तिमीलाई निकालेको हो उनीहरूको विनाश गरिदिएका छौं, जसको सहायक कोही पनि भएन ।
🎤 तपाईंको रेकर्डिङ:
47:14
🔁 0/5
أَفَمَن كَانَ عَلَىٰ بَيِّنَةٍ مِّن رَّبِّهِۦ كَمَن زُيِّنَ لَهُۥ سُوٓءُ عَمَلِهِۦ وَٱتَّبَعُوٓاْ أَهۡوَآءَهُم ١٤
Afaman kaana `alaa baiyinatim mir Rabbihee kaman zuyyina lahoo sooo`u `amalihee wattaba`ooo ahwaaa`ahum
तसर्थ त्यो व्यक्ति जो आफ्नो पालनकर्ताको तर्फबाट प्रमाणमा होस्, त्यस व्यक्ति जस्तो हुन सक्छ जसको लागि उसको नराम्रा कार्यहरू सुसज्जित गरिदिइएको छ, र ऊ आफ्नो जैविक इच्छाको अधीनस्थ होस्
🎤 तपाईंको रेकर्डिङ:
47:15
🔁 0/5
مَّثَلُ ٱلۡجَنَّةِ ٱلَّتِي وُعِدَ ٱلۡمُتَّقُونَۖ فِيهَآ أَنۡهَٰرٌ مِّن مَّآءٍ غَيۡرِ ءَاسِنٍ وَأَنۡهَٰرٌ مِّن لَّبَنٍ لَّمۡ يَتَغَيَّرۡ طَعۡمُهُۥ وَأَنۡهَٰرٌ مِّنۡ خَمۡرٍ لَّذَّةٍ لِّلشَّٰرِبِينَ وَأَنۡهَٰرٌ مِّنۡ عَسَلٍ مُّصَفًّىۖ وَلَهُمۡ فِيهَا مِن كُلِّ ٱلثَّمَرَٰتِ وَمَغۡفِرَةٌ مِّن رَّبِّهِمۡۖ كَمَنۡ هُوَ خَٰلِدٌ فِي ٱلنَّارِ وَسُقُواْ مَآءً حَمِيمًا فَقَطَّعَ أَمۡعَآءَهُمۡ ١٥
Masalul jannatil latee wu`idal muttaqoona feehaaa anhaarum mim maaa`in ghayri aasininw wa anhaarum mil labanil lam yataghaiyar ta`muhoo wa anhaarum min khamril lazzatil lishshaaribeena wa anhaarum min `asalim musaffanw wa lahum feeha min kullis samaraati wa maghfiratum mir Rabbihim kaman huwa khaalidun fin naari wa suqoo maaa`an hameeman faqatta`a am`aaa`ahum
यस स्वर्गको विशेषता जसको परहेजगारहरूलाई वचन दिइएको छ यो हो कि यसमा पानीका नहरहरू छन् जुनकि प्रदुषित हुँदैनन् । र यस्ता दूधका नहरहरू हुनेछन् जसको स्वादमा अलिकति पनि अन्तर परेको हुँदैन र यस्ता पेयपदार्थका नहरहरू हुनेछन् जसले पिउनेहरूलाई अत्यन्त आनन्द प्रदान गर्नेछन् । र शुद्ध मधुको नहरहरू छन् र उनीहरूका निम्ति त्यहाँ हरेक प्रकारका फल हुनेछन्, र उनको पालनकर्ताबाट क्षमा छ । (के यी संयमीहरू) उनीहरू सरह हुन सक्दछन् जो सधैं नर्कमा रहनेछन् ? र जसलाई उम्लिराखेको पानी खुवाइने छ जसले उनको आन्द्राहरूलाई छिया–छिया पारिदिनेछ ।
🎤 तपाईंको रेकर्डिङ:
47:16
🔁 0/5
وَمِنۡهُم مَّن يَسۡتَمِعُ إِلَيۡكَ حَتَّىٰٓ إِذَا خَرَجُواْ مِنۡ عِندِكَ قَالُواْ لِلَّذِينَ أُوتُواْ ٱلۡعِلۡمَ مَاذَا قَالَ ءَانِفًاۚ أُوْلَٰٓئِكَ ٱلَّذِينَ طَبَعَ ٱللَّهُ عَلَىٰ قُلُوبِهِمۡ وَٱتَّبَعُوٓاْ أَهۡوَآءَهُمۡ ١٦
Wa minhum mai yastami` ilaika hattaaa izaa kharajoo min `indika qaaloo lillazeena ootul `ilma maazaa qaala aanifaa; ulaaa`ikal lazeena taba`al laahu `alaa quloobihim wattaba`ooo ahwaaa`ahum
र उनीहरूमध्ये (केही यस्ता पनि छन्) जसले तिमीतिर कान थापेको हुन्छन् यहाँसम्म कि (सबै कुरा सुन्दछन् तर) जब तिम्रो पासबाट निस्केर जान्छन् तब जुन मानिसहरूलाई ज्ञान छ उनीसित सोध्छन्, उनले अहिले के भनेका छन् ? यी नै मानिसहरू हुन् जसका हृदयहरूमा अल्लाहले मोहर (छाप) लगाइदिएको छ र उनीहरूले आफ्ना इच्छाहरूको पछि हिंडिराखेका छन् ।
🎤 तपाईंको रेकर्डिङ:
47:17
🔁 0/5
وَٱلَّذِينَ ٱهۡتَدَوۡاْ زَادَهُمۡ هُدًى وَءَاتَىٰهُمۡ تَقۡوَىٰهُمۡ ١٧
Wallazeenah tadaw zaadahum hudanw wa aataahum taqwaahum
र जुन मानिसहरू मार्गदर्शन प्राप्त छन् । अल्लाह उनीहरूलाई झन् बढी मार्गदर्शन प्रदान गर्दछ र उनीहरूलाई बढी संयम प्रदान गर्दछ ।
🎤 तपाईंको रेकर्डिङ:
47:18
🔁 0/5
فَهَلۡ يَنظُرُونَ إِلَّا ٱلسَّاعَةَ أَن تَأۡتِيَهُم بَغۡتَةًۖ فَقَدۡ جَآءَ أَشۡرَاطُهَاۚ فَأَنَّىٰ لَهُمۡ إِذَا جَآءَتۡهُمۡ ذِكۡرَىٰهُمۡ ١٨
Fahal yanzuroona illas Saa`ata an taatiyahum baghtatan faqad jaaa`a ashraatuhaa; fa-annnaa lahum izaa jaaa`at hum zikraahum
अब के उनीहरूले कयामतको प्रतीक्षा गरिराखेका छन् कि कयामत उनीहरूमाथि एक्कासी आइहालोस्, निःसन्देह उसको लक्षणहरू त आइसकेका छन्, फेरि जब कयामत आइपुग्छ उनीहरूलाई उपदेश प्राप्त गर्न मिल्दैन ।
🎤 तपाईंको रेकर्डिङ:
47:19
🔁 0/5
فَٱعۡلَمۡ أَنَّهُۥ لَآ إِلَٰهَ إِلَّا ٱللَّهُ وَٱسۡتَغۡفِرۡ لِذَنۢبِكَ وَلِلۡمُؤۡمِنِينَ وَٱلۡمُؤۡمِنَٰتِۗ وَٱللَّهُ يَعۡلَمُ مُتَقَلَّبَكُمۡ وَمَثۡوَىٰكُمۡ ١٩
Fa`lam annahoo laaa ilaaha illal laahu wastaghfir lizambika wa lilmu`mineena walmu`minaat; wallaahu ya`lamu mutaqallabakum wa maswaakum
अतः (हे नबी) तपाई विश्वास गर्नुस् कि अल्लाह बाहेक कोही सत्य पुज्य छैन, र आफ्ना त्रुटिहरूको क्षमाको लागि याचना गर्नुस्, र मोमिन पुरुषहरू र मोमिन स्त्रीहरूको निम्ति पनि । र अल्लाहले तपाईहरूको हिंड्डुल गर्ने र बासस्थानहरूलाई राम्ररी जान्दछ ।
🎤 तपाईंको रेकर्डिङ:
47:20
🔁 0/5
وَيَقُولُ ٱلَّذِينَ ءَامَنُواْ لَوۡلَا نُزِّلَتۡ سُورَةٌۖ فَإِذَآ أُنزِلَتۡ سُورَةٌ مُّحۡكَمَةٌ وَذُكِرَ فِيهَا ٱلۡقِتَالُ رَأَيۡتَ ٱلَّذِينَ فِي قُلُوبِهِم مَّرَضٌ يَنظُرُونَ إِلَيۡكَ نَظَرَ ٱلۡمَغۡشِيِّ عَلَيۡهِ مِنَ ٱلۡمَوۡتِۖ فَأَوۡلَىٰ لَهُمۡ ٢٠
Wa yaqoolul lazeena aamanoo law laa nuzzilat Sooratun fa izaaa unzilat Sooratum Muhkamatunw wa zukira feehal qitaalu ra aytal lazeena fee quloobihim maraduny yanzuroona ilaika nazaral maghshiyyi `alaihi minal mawti fa`awlaa lahum
र मोमिनहरूले भन्दछन्ः कि ‘‘कुनै सूरः (सूरत) किन अवतरित गरिएन ? तर जब कुनै प्रष्ट अर्थ भएको सूरः अवतरित हुन्छ र त्यसमा जिहादको वर्णन हुन्छ, त तपाइले देखनुहुन्छ कि जुन मानिसहरूको हृदयमा (कपटको) रोग छ तिनिहरू तपाईतिर यसरी देख्दछन्, जस्तो त्यस मानिसको दृष्टि हुन्छ जसमाथि मृत्युको मुर्छा छाएको छ । उनीहरूको निम्ति बहुतै राम्रो थियो
🎤 तपाईंको रेकर्डिङ:
47:21
🔁 0/5
طَاعَةٌ وَقَوۡلٌ مَّعۡرُوفٌۚ فَإِذَا عَزَمَ ٱلۡأَمۡرُ فَلَوۡ صَدَقُواْ ٱللَّهَ لَكَانَ خَيۡرًا لَّهُمۡ ٢١
Taa`atunw wa qawlum ma`roof; fa izaa `azamal amru falaw sadaqul laaha lakaana khairal lahum
आज्ञापालन र राम्रो कुरा भन्नु । अनि जब कुरा निश्चित भइहाल्यो तब अल्लाहसँग सत्यका साथरहेमा उनीहरूकै निम्ति राम्रो हुनेथियो ।
🎤 तपाईंको रेकर्डिङ:
47:22
🔁 0/5
فَهَلۡ عَسَيۡتُمۡ إِن تَوَلَّيۡتُمۡ أَن تُفۡسِدُواْ فِي ٱلۡأَرۡضِ وَتُقَطِّعُوٓاْ أَرۡحَامَكُمۡ ٢٢
Fahal `asaitum in tawallaitum an tufsidoo fil ardi wa tuqatti`ooo arhaamakum
(हे मुनाफिकहरू !) तिम्रो बारेमा आश्चर्य छैन कि यदि तिमीलाई सत्ता प्राप्त भइहाल्छ भने तिमीहरूले धरतीमा दंगाको सृजना गर्न थाल्दछौ, र रिश्ता नाता सबै तोडिदिन्छौ ।
🎤 तपाईंको रेकर्डिङ:
47:23
🔁 0/5
أُوْلَٰٓئِكَ ٱلَّذِينَ لَعَنَهُمُ ٱللَّهُ فَأَصَمَّهُمۡ وَأَعۡمَىٰٓ أَبۡصَٰرَهُمۡ ٢٣
Ulaaa`ikal lazeena la`anahumul laahu fa asammahum wa a`maaa absaarahum
यिनै ती मानिसहरू हुन् जसलाई अल्लाहले तिरस्कृत गरेको छ, र उनका कानहरूलाई बहिरो र (उनका) आँखाहरूबाट देख्ने क्षमता खोसिदिएको छ ।
🎤 तपाईंको रेकर्डिङ:
47:24
🔁 0/5
أَفَلَا يَتَدَبَّرُونَ ٱلۡقُرۡءَانَ أَمۡ عَلَىٰ قُلُوبٍ أَقۡفَالُهَآ ٢٤
Afalaa yatadabbaroonal Qur-aana am `alaa quloobin aqfaaluhaa
त के उनीहरूले कुरआनमा सोचविचार गर्दैनन्, वा उनीहरूको हृदयमा ताल्चा लागेका छन् ।
🎤 तपाईंको रेकर्डिङ:
47:25
🔁 0/5
إِنَّ ٱلَّذِينَ ٱرۡتَدُّواْ عَلَىٰٓ أَدۡبَٰرِهِم مِّنۢ بَعۡدِ مَا تَبَيَّنَ لَهُمُ ٱلۡهُدَى ٱلشَّيۡطَٰنُ سَوَّلَ لَهُمۡ وَأَمۡلَىٰ لَهُمۡ ٢٥
Innal lazeenar taddoo `alaaa adbaarihim mim ba`di maa tabaiyana lahumul hudash Shaitaanu sawwala lahum wa amlaa lahum
निःसन्देह जुन मानिसहरू मार्गदर्शन भएपछि पनि पिठ्युँ फर्काई गइहाले, शैतानले उनको लागि उनको कामलाई अत्यन्त राम्रो गरेर देखायो र उनीहरूलाई अवसर दिराखेको छ ।
🎤 तपाईंको रेकर्डिङ:
47:26
🔁 0/5
ذَٰلِكَ بِأَنَّهُمۡ قَالُواْ لِلَّذِينَ كَرِهُواْ مَا نَزَّلَ ٱللَّهُ سَنُطِيعُكُمۡ فِي بَعۡضِ ٱلۡأَمۡرِۖ وَٱللَّهُ يَعۡلَمُ إِسۡرَارَهُمۡ ٢٦
Zaalika bi annahum qaaloo lillazeena karihoo maa nazzalal laahu sanutee`ukum fee ba`dil amri wallaahu ya`lamu israarahum
यो यसकारण कि उनीहरूले ती मानिसहरूसित, जसले अल्लाहबाट अवतरित कुरालाई अरुचिकर ठान्थे भने कि हामीले केही मामिलामा तिम्रो कुरा मानिहाल्नेछौ । र अल्लाहले उनीहरूका गोप्य कुरा राम्ररी जान्दछ ।
🎤 तपाईंको रेकर्डिङ:
47:27
🔁 0/5
فَكَيۡفَ إِذَا تَوَفَّتۡهُمُ ٱلۡمَلَٰٓئِكَةُ يَضۡرِبُونَ وُجُوهَهُمۡ وَأَدۡبَٰرَهُمۡ ٢٧
Fakaifa izaa tawaffat humul malaaa`ikatu yadriboona wujoohahum wa adbaa rahum
अनि त्यस बेला (उनीहरूको) कस्तो (अवस्था) हुनेछ जसबेला फरिश्ताहरूले उनीहरूको प्राण निकाल्दै उनीहरूको अनुहार र पिठ्युँमा प्रहार गर्नेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
47:28
🔁 0/5
ذَٰلِكَ بِأَنَّهُمُ ٱتَّبَعُواْ مَآ أَسۡخَطَ ٱللَّهَ وَكَرِهُواْ رِضۡوَٰنَهُۥ فَأَحۡبَطَ أَعۡمَٰلَهُمۡ ٢٨
Zaalika bi annahumut taba`oo maaa askhatal laaha wa karihoo ridwaanahoo fa ahbata a`maalahum
यो यसकारण कि उनीहरूले त्यस कुराको अनुशरण गरे जुनकि अल्लाहलाई अप्रसन्न गरोस् र उनीहरूले उसको प्रसन्नतालाई रुचाएनन् अनि उसले पनि उनीहरूको कर्महरूलाई नष्ट गरिदियो ।
🎤 तपाईंको रेकर्डिङ:
47:29
🔁 0/5
أَمۡ حَسِبَ ٱلَّذِينَ فِي قُلُوبِهِم مَّرَضٌ أَن لَّن يُخۡرِجَ ٱللَّهُ أَضۡغَٰنَهُمۡ ٢٩
Am hasibal lazeena fee quloobihim maradun al lan yukhrijal laahu adghaanahum
के जुन मानिसहरूको हृदयमा रोग छ यो ठानेका छन् कि अल्लाहले उनीहरूको दोषलाई प्रकट नै गर्नेछैन
🎤 तपाईंको रेकर्डिङ:
47:30
🔁 0/5
وَلَوۡ نَشَآءُ لَأَرَيۡنَٰكَهُمۡ فَلَعَرَفۡتَهُم بِسِيمَٰهُمۡۚ وَلَتَعۡرِفَنَّهُمۡ فِي لَحۡنِ ٱلۡقَوۡلِۚ وَٱللَّهُ يَعۡلَمُ أَعۡمَٰلَكُمۡ ٣٠
Wa law nashaaa`u la-arainaakahum fala `araftahum bi seemaahum; wa lata`rifan nahum fee lahnil qawl; wallaahu ya`lamu a`maalakum
र यदि हामीले चाहेको भए उनीहरू सबैलाई तिमीलाई देखाइदिन्थ्यौ । अनि तिमीले उनीहरूलाई उनीहरूको अनुहारबाट चिनीहाल्थ्यौ, निश्चितरूपले तिमीले उनीहरूलाई उनको कुराकानी गर्ने तौरतरिकाबाट अवश्य नै चिनीहाल्ने छौ । अल्लाहले तिम्रा (समस्त) कर्महरूलाई जान्दछ ।
🎤 तपाईंको रेकर्डिङ:
47:31
🔁 0/5
وَلَنَبۡلُوَنَّكُمۡ حَتَّىٰ نَعۡلَمَ ٱلۡمُجَٰهِدِينَ مِنكُمۡ وَٱلصَّٰبِرِينَ وَنَبۡلُوَاْ أَخۡبَارَكُمۡ ٣١
Wa lanabluwannakum hattaa na`lamal mujaahideena minkum wassaabireena wa nabluwa akhbaarakum
र निःसन्देह हामीले तिमीहरूको परीक्षा लिनेछौं ताकि तिमीमध्ये धर्मयुद्ध गर्नेवाला र संतोष गर्नेवालाहरूलाई प्रकट गरौं र हामीले तिम्रो अवस्थाहरूको पनि जाँच गर्न सकौं ।
🎤 तपाईंको रेकर्डिङ:
47:32
🔁 0/5
إِنَّ ٱلَّذِينَ كَفَرُواْ وَصَدُّواْ عَن سَبِيلِ ٱللَّهِ وَشَآقُّواْ ٱلرَّسُولَ مِنۢ بَعۡدِ مَا تَبَيَّنَ لَهُمُ ٱلۡهُدَىٰ لَن يَضُرُّواْ ٱللَّهَ شَيۡـًٔا وَسَيُحۡبِطُ أَعۡمَٰلَهُمۡ ٣٢
Innnal lazeena kafaroo wa saddoo `an sabeelil laahi wa shaaaqqur Rasoola mim ba`di maa tabaiyana lahumul hudaa lany yadurrul laaha shai`anw wa sa yuhbitu a`maalahum
निःसन्देह जुन मान्छेहरूले कुफ्र गरे र अल्लाहको मार्गबाट मान्छेहरूलाई रोके र रसूलहरूको विरोध गरे, जबकि उनीहरूमाथि सत्य स्पष्ट भइसकेको थियो उनी कहिल्यै पनि अल्लाहको केही बिगार गर्नसक्ने छैनन् । र शीघ्र उनीहरूका कर्मलाई नष्ट गरिदिनेछ ।
🎤 तपाईंको रेकर्डिङ:
47:33
🔁 0/5
۞ يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ أَطِيعُواْ ٱللَّهَ وَأَطِيعُواْ ٱلرَّسُولَ وَلَا تُبۡطِلُوٓاْ أَعۡمَٰلَكُمۡ ٣٣
Yaaa ayyuhal lazeena aamanoo atee`ul laaha wa atee`ur Rasoola wa laa tubtilooo a`maalakum
हे ईमानवालाहरू ! अल्लाहको आज्ञापालन गर, र रसूलले भनेको मान र आफ्ना कर्महरूलाई नष्ट नपार ।
🎤 तपाईंको रेकर्डिङ:
47:34
🔁 0/5
إِنَّ ٱلَّذِينَ كَفَرُواْ وَصَدُّواْ عَن سَبِيلِ ٱللَّهِ ثُمَّ مَاتُواْ وَهُمۡ كُفَّارٌ فَلَن يَغۡفِرَ ٱللَّهُ لَهُمۡ ٣٤
Innal lazeena kafaroo wa saddoo `an sabeelil laahi summa maatoo wa hum kuffaarun falany yaghfirallaahu lahum
निश्चय नै जसले इन्कार गरे र अल्लाहको मार्गबाट अरुलाई रोके र फेरि कुफ्र गरेको अवस्थामा मरिहाले, विश्वास गर उनीहरूलाई अल्लाहले कहिल्यै क्षमा गर्नेछैन ।
🎤 तपाईंको रेकर्डिङ:
47:35
🔁 0/5
فَلَا تَهِنُواْ وَتَدۡعُوٓاْ إِلَى ٱلسَّلۡمِ وَأَنتُمُ ٱلۡأَعۡلَوۡنَ وَٱللَّهُ مَعَكُمۡ وَلَن يَتِرَكُمۡ أَعۡمَٰلَكُمۡ ٣٥
Falaa tahinoo wa tad`ooo ilas salmi wa antumul a`lawna wallaahu ma`akum wa lany yatirakum a`maalakum
अतः यस्तो नहोस् कि तिमीले हिम्मत हारेर सम्झौताको निमन्त्रणा गर्न थाल, जबकि तिमी नै उच्च र प्रभावी छौ । र अल्लाह तिम्रो साथमा छ, र यो असम्भव छ कि उसले तिम्रो कर्मलाई व्यर्थ गरोस् ।
🎤 तपाईंको रेकर्डिङ:
47:36
🔁 0/5
إِنَّمَا ٱلۡحَيَوٰةُ ٱلدُّنۡيَا لَعِبٌ وَلَهۡوٌۚ وَإِن تُؤۡمِنُواْ وَتَتَّقُواْ يُؤۡتِكُمۡ أُجُورَكُمۡ وَلَا يَسۡـَٔلۡكُمۡ أَمۡوَٰلَكُمۡ ٣٦
Innamal hayaatud dunyaa la`ibunw wa lahw; wa in to`minoo wa tattaqoo yu`tikum ujoorakum wa laa yas`alkum amwaalakum
वास्तवमा यो सांसारिक जीवन त मात्र खेल तमाशा हो । र यदि तिमी ईमान ल्याउँछौ र संयम अपनाउँछौ भने अल्लाहले तिमीलाई प्रतिफल दिनेछ । र उसले तिमीसँग तिम्रो धन माँग्दैन ।
🎤 तपाईंको रेकर्डिङ:
47:37
🔁 0/5
إِن يَسۡـَٔلۡكُمُوهَا فَيُحۡفِكُمۡ تَبۡخَلُواْ وَيُخۡرِجۡ أَضۡغَٰنَكُمۡ ٣٧
Iny yas`alkumoohaa fa yuhfikum tabkhaloo wa yukhrij adghaanakum
यदि उसले तिमीसँग तिम्रो धन माँग्छ र बलपूर्वक माँग्छ भने तिमी ऊसँग कञ्जूसी गर्नेछौ, र त्यो तिम्रो छलछाम प्रकट गरिदिनेछ ।
🎤 तपाईंको रेकर्डिङ:
47:38
🔁 0/5
هَٰٓأَنتُمۡ هَٰٓؤُلَآءِ تُدۡعَوۡنَ لِتُنفِقُواْ فِي سَبِيلِ ٱللَّهِ فَمِنكُم مَّن يَبۡخَلُۖ وَمَن يَبۡخَلۡ فَإِنَّمَا يَبۡخَلُ عَن نَّفۡسِهِۦۚ وَٱللَّهُ ٱلۡغَنِيُّ وَأَنتُمُ ٱلۡفُقَرَآءُۚ وَإِن تَتَوَلَّوۡاْ يَسۡتَبۡدِلۡ قَوۡمًا غَيۡرَكُمۡ ثُمَّ لَا يَكُونُوٓاْ أَمۡثَٰلَكُم ٣٨
haaa antum haaa`ulaaa`i tud`awna litunfiqoo fee sabeelillaahi faminkum many yabkhalu wa many yabkhal fa innamaa yabkhalu `an nafsih; wallaahu Ghaniyyu wa antumul fuqaraaa`; wa in tatwal law yastabdil qawman ghairakum summa laa yakoonooo amsaalakum
सावधान ! तिमी ती मान्छे हौ कि अल्लाहको मार्गमा खर्च गर्नका लागि बोलाइन्छौ त तिमीहरूमध्येबाट केही कञ्जूसी गर्न थाल्छन् र जसले कञ्जूस्याइँ गर्दछ उसले त वास्तवमा आफ्नो ज्यानसँग कञ्जूस्याइँ गर्दछ । अल्लाह त दाता छ तिमी भिखारी, र यदि तिमी मुख फर्काइहाल त त्यो तिम्रो सट्टा अर्को कौमलाई ल्याइदिनेछ । जो फेरि तिमी जस्ता हुँदैनन् ।
🎤 तपाईंको रेकर्डिङ:
💡 लुकेको शब्दलाई अस्थायी रूपमा देखाउन ट्याप गर्नुहोस् — तपाईंको प्रगति स्वतः बचत हुन्छ।
العربيةEnglishBahasa IndonesiaTürkçeРусскийفارسیFrançaisاردوবাংলাDeutschEspañol中文हिन्दीPortuguêsItalianoภาษาไทยPolskiNederlandsShqipKiswahiliO'zbekதமிழ்MelayuBosanskiSoomaaliAzərbaycanکوردی한국어日本語SvenskaDanskNorskپښتوമലയാളംසිංහලTamazightHausaአማርኛБългарскиТоҷикӣҚазақшаFilipinoسنڌيYorùbáFulfuldeТатарчаئۇيغۇرچەКыргызчаਪੰਜਾਬੀJawaతెలుగుမြန်မာગુજરાતીOromoमराठीTiếng ViệtMalagasyНохчийнWolofދިވެހިಕನ್ನಡУкраїнськаΕλληνικάქართულიខ្មែរدریQafar afMaranaoनेपाली
पवित्र कुरान
Tuesday, August 18, 2026
Don't forget us in your sincere prayers







