🔥 0 दिन लगातार
📖 लामो सूरा — साना भागहरूमा विभाजित (35 आयत)
0/35
46:1
🔁 0/5
حمٓ ١
Haa-Meeeem
हा. मीम
🎤 तपाईंको रेकर्डिङ:
46:2
🔁 0/5
تَنزِيلُ ٱلۡكِتَٰبِ مِنَ ٱللَّهِ ٱلۡعَزِيزِ ٱلۡحَكِيمِ ٢
Tanzeelul Kitaabi minal laahil-`Azeezil Hakeem
यस किताबको अवतरण अल्लाहको तर्फबाट हो, जो अधिपत्यशाली, अत्यन्त तत्वदर्शी छ ।
🎤 तपाईंको रेकर्डिङ:
46:3
🔁 0/5
مَا خَلَقۡنَا ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ وَمَا بَيۡنَهُمَآ إِلَّا بِٱلۡحَقِّ وَأَجَلٍ مُّسَمًّىۚ وَٱلَّذِينَ كَفَرُواْ عَمَّآ أُنذِرُواْ مُعۡرِضُونَ ٣
Maa khalaqnas samaawaati wal arda wa maa bainahumaaa illaa bilhaqqi wa ajalim musammaa; wallazeena kafaroo `ammaaa unziroo mu`ridoon
हामीले आकाशहरू र धरतीलाई र जे जति यी दुवैको बीचमा छन्, उच्चतम कुशलताको साथ र एउटा निश्चित अवधिसम्मको लागि सृष्टि गरेका छौं, तर जुन मानिसहरूले इन्कार गरेका छन्, तिनीहरूले त्यो कुरामा ध्यान दिंदैनन् जसबाट उनीहरूलाई सावधान गरिएको छ ।
🎤 तपाईंको रेकर्डिङ:
46:4
🔁 0/5
قُلۡ أَرَءَيۡتُم مَّا تَدۡعُونَ مِن دُونِ ٱللَّهِ أَرُونِي مَاذَا خَلَقُواْ مِنَ ٱلۡأَرۡضِ أَمۡ لَهُمۡ شِرۡكٌ فِي ٱلسَّمَٰوَٰتِۖ ٱئۡتُونِي بِكِتَٰبٍ مِّن قَبۡلِ هَٰذَآ أَوۡ أَثَٰرَةٍ مِّنۡ عِلۡمٍ إِن كُنتُمۡ صَٰدِقِينَ ٤
Qul ara`aytum maa tad`oona min doonil laahi aroonee maazaa khalaqoo minal ardi am lahum shirkun fis samaawaati eetoonee bi kitaabim min qabli haazaaa aw asaaratim min `ilmin in kuntum saadiqeen
तपाई भन्नुस्, हेर जसलाई तिमीले अल्लाह बाहेक पुकार्दछौ, ? मलाई पनि देखाऊ कि उनीहरूले धरतीको कुन भागको सृष्टि गरेका छन् वा आकाशहरूमा उनीहरूको कुन भाग छ । यदि तिमी साँचो हौ भने यसभन्दा पहिलाको कुनै किताब मेरो पासमा ल्याऊ वा ज्ञानको कुनै अवशेष ।
🎤 तपाईंको रेकर्डिङ:
46:5
🔁 0/5
وَمَنۡ أَضَلُّ مِمَّن يَدۡعُواْ مِن دُونِ ٱللَّهِ مَن لَّا يَسۡتَجِيبُ لَهُۥٓ إِلَىٰ يَوۡمِ ٱلۡقِيَٰمَةِ وَهُمۡ عَن دُعَآئِهِمۡ غَٰفِلُونَ ٥
Wa man adallu mimmany yad`oo min doonil laahi mallaa yastajeebu lahooo ilaa Yawmil Qiyaamati wa hum`an du`aaa`ihim ghaafiloon
त्यस व्यक्तिभन्दा बढी पथभ्रष्ट को होला ? जसले अल्लाहलाई छाडि यस्तोलाई पुकार्दछन् जसले कयामतको दिनसम्म उनीहरूको प्रार्थनालाई स्वीकार गर्न सक्दैनन्, बरु उनीहरूको पुकारबाट एकदम अज्ञान छन् ।
🎤 तपाईंको रेकर्डिङ:
46:6
🔁 0/5
وَإِذَا حُشِرَ ٱلنَّاسُ كَانُواْ لَهُمۡ أَعۡدَآءً وَكَانُواْ بِعِبَادَتِهِمۡ كَٰفِرِينَ ٦
Wa izaa hushiran naasu kaanoo lahum a`daaa`anw wa kaanoo bi`ibaadatihim kaafireen
र जब मानिसहरूलाई एकत्रित गरिने छ तब यिनीहरू उनीहरूको शत्रु हुनेछन्ः र तिनीहरूको उपासनाबाट स्पष्ट इन्कार गर्नेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
46:7
🔁 0/5
وَإِذَا تُتۡلَىٰ عَلَيۡهِمۡ ءَايَٰتُنَا بَيِّنَٰتٍ قَالَ ٱلَّذِينَ كَفَرُواْ لِلۡحَقِّ لَمَّا جَآءَهُمۡ هَٰذَا سِحۡرٌ مُّبِينٌ ٧
Wa izaa tutlaa `alaihim Aayaatunaa baiyinaatin qaalal lazeena kafaroo lilhaqqi lammaa jaaa`ahum haazaa sihrum mubeen
र जब हाम्रा स्पष्ट आयतहरू उनीहरूलाई पढेर सुनाइन्छन्, तब सत्य आइसकेपछि त्यसलाई इन्कार गर्ने व्यक्तिहरूले भन्दछन् कि यो त खुल्ला जादू हो ।
🎤 तपाईंको रेकर्डिङ:
46:8
🔁 0/5
أَمۡ يَقُولُونَ ٱفۡتَرَىٰهُۖ قُلۡ إِنِ ٱفۡتَرَيۡتُهُۥ فَلَا تَمۡلِكُونَ لِي مِنَ ٱللَّهِ شَيۡـًٔاۖ هُوَ أَعۡلَمُ بِمَا تُفِيضُونَ فِيهِۚ كَفَىٰ بِهِۦ شَهِيدَۢا بَيۡنِي وَبَيۡنَكُمۡۖ وَهُوَ ٱلۡغَفُورُ ٱلرَّحِيمُ ٨
Am yaqooloonaf taraahu qul inif taraituhoo falaa tamlikoona lee minal laahi shai`an Huwa a`lamu bimaa tufeedoona feehi kafaa bihee shaheedam bainee wa bainakum wa Huwal Ghafoorur Raheem
के उनीहरूले भन्दछन्ः कि यसलाई उनले स्वयं नै रचिहालेका छन् ? तपाई भनिदिनुस् यदि ‘‘मैले नै यसलाई स्वयं रचेको छु भने अल्लाहको विरुद्ध मेरो निम्ति तिमीलाई कुनै पनि अधिकार छैन । यस (कुरआन) को विषयमा तिमीले जुन कुरा भन्न सुन्न लागिराखेका छौ, त्यसले उसलाई राम्ररी जान्दछ, उही नै मेरो र तिम्रोबीचमा साक्षीको लागि पर्याप्त छ । र ऊ बडो क्षमाशील अत्यन्त दयावान छ ।
🎤 तपाईंको रेकर्डिङ:
46:9
🔁 0/5
قُلۡ مَا كُنتُ بِدۡعًا مِّنَ ٱلرُّسُلِ وَمَآ أَدۡرِي مَا يُفۡعَلُ بِي وَلَا بِكُمۡۖ إِنۡ أَتَّبِعُ إِلَّا مَا يُوحَىٰٓ إِلَيَّ وَمَآ أَنَا۠ إِلَّا نَذِيرٌ مُّبِينٌ ٩
Qul maa kuntu bid`am minal Rusuli wa maaa adreee ma yuf`alu bee wa laa bikum in attabi`u illaa maa yoohaaa ilaiya ya maaa ana illaa nazeerum mubeen
(हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) भनिदिनुस् ! कि ‘‘म कुनै एकदम अनौठो रसूल आएको होइन । र मलाई थाहा छैन कि मसँग र तिमीसंग के गरिनेछ म त उसको मात्र पैरवी गर्दछु, जुन मतिर वह्य पठाइन्छ र म त खुल्लम खुल्ला सावधान गर्नेवाला हूँ ।’’
🎤 तपाईंको रेकर्डिङ:
46:10
🔁 0/5
قُلۡ أَرَءَيۡتُمۡ إِن كَانَ مِنۡ عِندِ ٱللَّهِ وَكَفَرۡتُم بِهِۦ وَشَهِدَ شَاهِدٌ مِّنۢ بَنِيٓ إِسۡرَٰٓءِيلَ عَلَىٰ مِثۡلِهِۦ فَـَٔامَنَ وَٱسۡتَكۡبَرۡتُمۡۚ إِنَّ ٱللَّهَ لَا يَهۡدِي ٱلۡقَوۡمَ ٱلظَّٰلِمِينَ ١٠
Qul ara`aytum in kaana min `indil laahi wa kafartum bihee wa shahida shaahidum mim Banee Israaa`eela `alaa mislihee fa aamana wastak bartum innal laaha laa yahdil qawmaz zaalimeen
तपाई भनिदिनुस्ः कि (तिमीले सोचेको पनि छौ कि यसको के परिणाम हुनेछ)? ‘‘यदि यो कुरआन अल्लाहकहाँबाट आएको छ र तिमीले त्यसलाई इन्कार गरिहाल्यौ, र इस्राईलका सन्तानहरूमध्येबाट एउटाले त्यसैको एउटा भागको गवाही पनि दिइसकेको छ र उसले ईमान पनि ल्याइसकेको छ र तिमी घमण्डमा नै परिरह्यौ । अनि निःसंदेह अल्लाहले त अपराधीहरूलाई मार्गदर्शन गर्दैन ।
🎤 तपाईंको रेकर्डिङ:
46:11
🔁 0/5
وَقَالَ ٱلَّذِينَ كَفَرُواْ لِلَّذِينَ ءَامَنُواْ لَوۡ كَانَ خَيۡرًا مَّا سَبَقُونَآ إِلَيۡهِۚ وَإِذۡ لَمۡ يَهۡتَدُواْ بِهِۦ فَسَيَقُولُونَ هَٰذَآ إِفۡكٌ قَدِيمٌ ١١
Wa qaalal lazeena kafaroo lillazeena aamanoo law kaana khairam maa sabaqoonaaa ilyh; wa iz lam yahtadoo bihee fasa yaqooloona haazaaa ifkun qadeem
जुन मानिसहरूले इन्कार गरे, उनीहरूले ईमानवालाहरूको बारेमा भन्दछन्ः ‘‘यदि यो राम्रो भएको भए, उनीहरू हामीभन्दा त्यसतर्फ अग्रसर हुँदैनथे ।’’ र जब उनीहरूले उसबाट नसीहत ग्रहण गरेनन् तब अवश्य भन्नेछन्ः ‘‘यो त पुरानो असत्य हो ।’’
🎤 तपाईंको रेकर्डिङ:
46:12
🔁 0/5
وَمِن قَبۡلِهِۦ كِتَٰبُ مُوسَىٰٓ إِمَامًا وَرَحۡمَةًۚ وَهَٰذَا كِتَٰبٌ مُّصَدِّقٌ لِّسَانًا عَرَبِيًّا لِّيُنذِرَ ٱلَّذِينَ ظَلَمُواْ وَبُشۡرَىٰ لِلۡمُحۡسِنِينَ ١٢
Wa min qablihee kitaabu Moosaaa imaamanw-wa rahmah; wa haazaa Kitaabum musad diqul lisaanan `Arabiyyal liyunziral lazeena zalamoo wa bushraa lilmuhsineen
र यसभन्दा पहिला ‘‘मूसा (अलैहिस्सलाम)को’’ किताब पथप्रदर्शक र दयाको रूपमा थियो र यो किताब, हो समर्थन गर्नेवाला अरबी भाषामा ताकि ती मानिसहरूलाई सचेत गरोस् जसले अत्याचार गर्दछन् र उत्तम कार्यगर्नेहरूलाई शुभसूचना देओस् ।
🎤 तपाईंको रेकर्डिङ:
46:13
🔁 0/5
إِنَّ ٱلَّذِينَ قَالُواْ رَبُّنَا ٱللَّهُ ثُمَّ ٱسۡتَقَٰمُواْ فَلَا خَوۡفٌ عَلَيۡهِمۡ وَلَا هُمۡ يَحۡزَنُونَ ١٣
Innal lazeena qaaloo Rabbunal laahu summas taqaamoo falaa khawfun `alaihim wa laahum yahzanoon
निःसंदेह जुन मानिसहरूले भने कि ‘‘हाम्रो पालनकर्ता अल्लाह हो, अनि उनीहरू त्यसमा दृढ रहे, त उनीहरूलाई नकुनै भय हुनेछ र नत दुःखी हुनेछन् ।’’
🎤 तपाईंको रेकर्डिङ:
46:14
🔁 0/5
أُوْلَٰٓئِكَ أَصۡحَٰبُ ٱلۡجَنَّةِ خَٰلِدِينَ فِيهَا جَزَآءَۢ بِمَا كَانُواْ يَعۡمَلُونَ ١٤
Ulaaa`ika Ashabul Jannati khaalideena feehaa jazaaa`am bimaa kaano ya`maloon
यही जन्नतवाला हुन् जो सधैं यसमा रहनेछन् । त्यसको प्रतिफल हो, जुन कि उनीहरूले गर्नेगर्दथे ।
🎤 तपाईंको रेकर्डिङ:
46:15
🔁 0/5
وَوَصَّيۡنَا ٱلۡإِنسَٰنَ بِوَٰلِدَيۡهِ إِحۡسَٰنًاۖ حَمَلَتۡهُ أُمُّهُۥ كُرۡهًا وَوَضَعَتۡهُ كُرۡهًاۖ وَحَمۡلُهُۥ وَفِصَٰلُهُۥ ثَلَٰثُونَ شَهۡرًاۚ حَتَّىٰٓ إِذَا بَلَغَ أَشُدَّهُۥ وَبَلَغَ أَرۡبَعِينَ سَنَةً قَالَ رَبِّ أَوۡزِعۡنِيٓ أَنۡ أَشۡكُرَ نِعۡمَتَكَ ٱلَّتِيٓ أَنۡعَمۡتَ عَلَيَّ وَعَلَىٰ وَٰلِدَيَّ وَأَنۡ أَعۡمَلَ صَٰلِحًا تَرۡضَىٰهُ وَأَصۡلِحۡ لِي فِي ذُرِّيَّتِيٓۖ إِنِّي تُبۡتُ إِلَيۡكَ وَإِنِّي مِنَ ٱلۡمُسۡلِمِينَ ١٥
Wa wassainal insaana biwaalidaihi ihsaanan hamalathu ummuhoo kurhanw-wa wada`athu kurhanw wa hamluhoo wa fisaaluhoo salaasoona shahraa; hattaaa izaa balagha ashuddahoo wa balagho arba`eena sanatan qaala Rabbi aqzi`neee an ashkura ni`matakal lateee an`amta `alaiya wa `alaa waalidaiya wa an a`mala saalihan tardaahu wa aslih lee fee zurriyyatee innee tubtu ilaika wa innee minal muslimeen
र हामीले मानिसलाई आफ्नो आमा बाबुसँग राम्रो व्यवहार गर्न आदेश दिएका छौं । उसकी आमाले उसलाई पेटमा दुःखको साथ राखिन् र उसलाई दुःखको साथ जन्म पनि दिइन् । र उसको गर्भको अवस्थामा रहने र दूध छोडाउने अवधि ३० महिना छ । यहाँसम्म कि जब ऊ खुब तन्नेरी भयो र ४० वर्षको उमेर भयो । तब उसले भन्योः ‘‘हे मेरो पालनकर्ता ! मलाई अवसर देऊ ताकि म तिम्रो त्यस अनुकम्पाप्रति कृतज्ञता देखाऊँ जुन कि तिमीले ममाथि र मेरा मातापितामाथि गरेका छौ । र यो कि यस्तो राम्रो कार्य गरूँ जुनकि तिमीलाई प्रिय छ, र मेरो लागि मेरो सन्ततिलाई पनि असल बनाइदेऊ । म तिमीतिर प्रवृत्त हुन्छु र म आज्ञाकारीमध्ये छु ।
🎤 तपाईंको रेकर्डिङ:
46:16
🔁 0/5
أُوْلَٰٓئِكَ ٱلَّذِينَ نَتَقَبَّلُ عَنۡهُمۡ أَحۡسَنَ مَا عَمِلُواْ وَنَتَجَاوَزُ عَن سَيِّـَٔاتِهِمۡ فِيٓ أَصۡحَٰبِ ٱلۡجَنَّةِۖ وَعۡدَ ٱلصِّدۡقِ ٱلَّذِي كَانُواْ يُوعَدُونَ ١٦
Ulaaa`ikal lazeena nata qabbalu `anhum ahsana maa `amiloo wa natajaawazu `an saiyiaatihim feee Ashaabil jannati Wa`das sidqil lazee kaanoo yoo`adoon
यिनै ती मानिसहरू हुन् जसका राम्रा कार्यहरू हामीले स्वीकार गर्दछौं र जसका पापहरूलाई क्षमा गरिदिने छौं, र यिनै जन्नतवालाहरूमा हुनेछन् । त्यस सत्य वचनको कारण जुन उनीहरूसित गरिएको थियो ।
🎤 तपाईंको रेकर्डिङ:
46:17
🔁 0/5
وَٱلَّذِي قَالَ لِوَٰلِدَيۡهِ أُفٍّ لَّكُمَآ أَتَعِدَانِنِيٓ أَنۡ أُخۡرَجَ وَقَدۡ خَلَتِ ٱلۡقُرُونُ مِن قَبۡلِي وَهُمَا يَسۡتَغِيثَانِ ٱللَّهَ وَيۡلَكَ ءَامِنۡ إِنَّ وَعۡدَ ٱللَّهِ حَقٌّ فَيَقُولُ مَا هَٰذَآ إِلَّآ أَسَٰطِيرُ ٱلۡأَوَّلِينَ ١٧
Wallazee qaala liwaali daihi uffil lakumaaa ata`idanineee an ukhraja wa qad khalatil quroonu min qablee wa humaa yastagheesaanil laaha wailaka aamin inna wa`dal laahi haqq, fa yaqoolu maa haazaaa illaaa asaateerul awwaleen
र त्यो व्यक्ति जसले आफ्नो माता– पितासित भन्योः ‘‘तिमीसित म आजिज (हैरान) भइसकेको छु । तिमीले मलाई यही भनिरहन्छौ कि म मरेपछि फेरि जीवित गरिनेछु, जबकि मभन्दा पहिला पनि धेरै मानिसहरू गुज्रिसकेका छन्’’ र ती दुवैले अल्लाहसित विन्ति गर्दै भन्दछन्ः ‘‘अफशोच छ तिम्रो लागि मानिहाल ! निःसन्देह अल्लाहको वाचा सत्य छ ।’’ किन्तु त्यसले भन्दछ ‘‘यी त मात्र पहिलाका मानिसहरूका कथा हुन्” ।
🎤 तपाईंको रेकर्डिङ:
46:18
🔁 0/5
أُوْلَٰٓئِكَ ٱلَّذِينَ حَقَّ عَلَيۡهِمُ ٱلۡقَوۡلُ فِيٓ أُمَمٍ قَدۡ خَلَتۡ مِن قَبۡلِهِم مِّنَ ٱلۡجِنِّ وَٱلۡإِنسِۖ إِنَّهُمۡ كَانُواْ خَٰسِرِينَ ١٨
Ulaaa`ikal lazeena haqqa `alaihimul qawlu feee umamin qad khalat min qablihim minal jinni wal insi innahum kaanoo khaasireen
तिनीहरू हुन जसको बारेमा (अल्लाहको सजाय) को वचन पूरा हुने भएको छ । यी जिन्न र मानिसको समूहहरूका साथ जो यिनीभन्दा पहिला गुज्रिसकेका छन् । निश्चय नै उनीहरू घाटामा रहे ।
🎤 तपाईंको रेकर्डिङ:
46:19
🔁 0/5
وَلِكُلٍّ دَرَجَٰتٌ مِّمَّا عَمِلُواْۖ وَلِيُوَفِّيَهُمۡ أَعۡمَٰلَهُمۡ وَهُمۡ لَا يُظۡلَمُونَ ١٩
Wa likullin darajaatum mimmaa `amiloo wa liyuwaf fiyahum a`maalahum wa hum laa yuzlamoon
र मानिसहरूले जस्ता कर्म गरेका हुन्छन् सोही अनुरूप प्रत्येकलाई स्थान मिल्नेछ ताकि उनको कार्यको पूरा प्रतिफल मिलोस् र उनीमाथि अत्याचार गरिने छैन ।
🎤 तपाईंको रेकर्डिङ:
46:20
🔁 0/5
وَيَوۡمَ يُعۡرَضُ ٱلَّذِينَ كَفَرُواْ عَلَى ٱلنَّارِ أَذۡهَبۡتُمۡ طَيِّبَٰتِكُمۡ فِي حَيَاتِكُمُ ٱلدُّنۡيَا وَٱسۡتَمۡتَعۡتُم بِهَا فَٱلۡيَوۡمَ تُجۡزَوۡنَ عَذَابَ ٱلۡهُونِ بِمَا كُنتُمۡ تَسۡتَكۡبِرُونَ فِي ٱلۡأَرۡضِ بِغَيۡرِ ٱلۡحَقِّ وَبِمَا كُنتُمۡ تَفۡسُقُونَ ٢٠
Wa Yawma yu`radul lazeena kafaroo `alan Naai azhabtum taiyibaatikum fee hayaatikumud dunyaa wastam ta`tum bihaa fal Yawma tujzawna `azaabal hooni bimaa kuntum tastakbiroona fil ardi bighairil haqqi wa bimaa kuntum tafsuqoon
र जुन दिन काफिरहरू नर्कको सामु प्रस्तुत गरिनेछन् ! (भनिनेछ) तिमीले आफ्नो असल कार्य संसारिक जीवनमा नै बर्बाद गरिसक्यौ, र त्यसबाट फाइदा पनि उठाइसक्यौ, तसर्थ आज तिमीलाई अपमानजनक सजाय दिइनेछ यो यसको दण्ड हो कि तिमी धरतीमा अनाहक घमण्ड गर्ने गर्दथ्यौ र यसकारण कि तिमीले आज्ञाको उल्लंघन गर्दथ्यौ ।
🎤 तपाईंको रेकर्डिङ:
46:21
🔁 0/5
۞ وَٱذۡكُرۡ أَخَا عَادٍ إِذۡ أَنذَرَ قَوۡمَهُۥ بِٱلۡأَحۡقَافِ وَقَدۡ خَلَتِ ٱلنُّذُرُ مِنۢ بَيۡنِ يَدَيۡهِ وَمِنۡ خَلۡفِهِۦٓ أَلَّا تَعۡبُدُوٓاْ إِلَّا ٱللَّهَ إِنِّيٓ أَخَافُ عَلَيۡكُمۡ عَذَابَ يَوۡمٍ عَظِيمٍ ٢١
Wazkur akhaa `Aad, iz anzara qawmahoo bil Ahqaafi wa qad khalatin nuzuru mim baini yadaihi wa min khalfiheee allaa ta`budooo illal laaha inneee akhaafu `alaikum `azaaba Yawmin `azeem
र आदको भाइ (हूद)लाई यादगर, जबकि उनले आफ्नो कौमलाई अहकाफबाट सावधान गरे, उनीभन्दा पहिला र पछि उनीलाई सावधान गर्नेहरू गुज्रिसकेका छन् कि ‘‘तिमी अल्लाह बाहेक अरु कसैको पूजा नगर । मलाई तिम्रो बारेमा एउटा ठूलो दिनको यातनाको भय छ ।’’
🎤 तपाईंको रेकर्डिङ:
46:22
🔁 0/5
قَالُوٓاْ أَجِئۡتَنَا لِتَأۡفِكَنَا عَنۡ ءَالِهَتِنَا فَأۡتِنَا بِمَا تَعِدُنَآ إِن كُنتَ مِنَ ٱلصَّٰدِقِينَ ٢٢
Qaaloo aji`tanaa litaa fikanaa `an aalihatinaa faatinaa bimaa ta`idunaaa in kunta minas saadiqeen
(उनको समूहले) भन्न थालेः कि ‘‘के तिमी हाम्रो पासमा यसकारण आएका हौ कि हामीलाई हाम्रा पूज्यहरूबाट विमुख गरिदेऊ ? यदि साँचो हौ भने जुन कुरोबाट हामीलाई तर्साउँछौ त्यो हामीमाथि ल्याइदेऊ ।’’
🎤 तपाईंको रेकर्डिङ:
46:23
🔁 0/5
قَالَ إِنَّمَا ٱلۡعِلۡمُ عِندَ ٱللَّهِ وَأُبَلِّغُكُم مَّآ أُرۡسِلۡتُ بِهِۦ وَلَٰكِنِّيٓ أَرَىٰكُمۡ قَوۡمًا تَجۡهَلُونَ ٢٣
Qaala innamal `ilmu indal laahi wa uballighukum maaa uriltu bihee wa laakinneee araakum qawman tajhaloon
उनले भनेः कि ‘‘यसको ज्ञान त मात्र अल्लाहलाई नै छ र म त जुन संदेश दिइएर पठाइएको हूँ त्यो तिमीलाई पुर्याइराखेको छु । तर म देख्छु कि तिमीहरू अज्ञानतामा फसिराखेका छौ ।’’
🎤 तपाईंको रेकर्डिङ:
46:24
🔁 0/5
فَلَمَّا رَأَوۡهُ عَارِضًا مُّسۡتَقۡبِلَ أَوۡدِيَتِهِمۡ قَالُواْ هَٰذَا عَارِضٌ مُّمۡطِرُنَاۚ بَلۡ هُوَ مَا ٱسۡتَعۡجَلۡتُم بِهِۦۖ رِيحٌ فِيهَا عَذَابٌ أَلِيمٌ ٢٤
Falammaa ra awhu `aaridam mustaqbila awdiyatihim qaaloo haazaa `aaridum mumtirunaa; bal huwa masta`jaltum bihee reehun feehaa `azaabun aleem
अनि जब उनीहरूले सजायलाई बादलको रूपमा उनीहरूका ठाउँतिर आइरहेको देखे, तब भन्नथालेः कि ‘‘यो त बादल हो जसले हामीमाथि वर्षा गर्छ,’’ (होइन) ‘‘बरु यो त्यो (सजाय) अजाब हो जसको निम्ति तिमीले हतार गथ्र्यौ हवा हो जसमा कष्टदायक यातना छ ।
🎤 तपाईंको रेकर्डिङ:
46:25
🔁 0/5
تُدَمِّرُ كُلَّ شَيۡءِۭ بِأَمۡرِ رَبِّهَا فَأَصۡبَحُواْ لَا يُرَىٰٓ إِلَّا مَسَٰكِنُهُمۡۚ كَذَٰلِكَ نَجۡزِي ٱلۡقَوۡمَ ٱلۡمُجۡرِمِينَ ٢٥
Tudammiru kulla shai`im bi-amri Rabbihaa fa asbahoo laa yuraaa illaa masaakinuhum; kazaalika najzil qawmal mujrimeen
जसले हरेक वस्तुालाई आफ्नो पालनकर्ताको आदेशले नष्ट गरिदिनेछ ।’’ अतः उनीहरू यस्ता भइहाले कि उनीहरूका घरहरू बाहेक अरु केही देखिन्नथ्यो । पापीहरूलाई हामीले यस्तै प्रकारको प्रतिफल दिन्छौं ।
🎤 तपाईंको रेकर्डिङ:
46:26
🔁 0/5
وَلَقَدۡ مَكَّنَّٰهُمۡ فِيمَآ إِن مَّكَّنَّٰكُمۡ فِيهِ وَجَعَلۡنَا لَهُمۡ سَمۡعًا وَأَبۡصَٰرًا وَأَفۡـِٔدَةً فَمَآ أَغۡنَىٰ عَنۡهُمۡ سَمۡعُهُمۡ وَلَآ أَبۡصَٰرُهُمۡ وَلَآ أَفۡـِٔدَتُهُم مِّن شَيۡءٍ إِذۡ كَانُواْ يَجۡحَدُونَ بِـَٔايَٰتِ ٱللَّهِ وَحَاقَ بِهِم مَّا كَانُواْ بِهِۦ يَسۡتَهۡزِءُونَ ٢٦
Wa laqad makkannaahum feemaaa im makkannaakum feehi waj`alnaa lahum sam`anw wa absaaranw wa af`idatan famaaa aghnaa `anhum samu`uhum wa laaa absaaruhum wa laaa af`idatuhum min shai`in iz kaanoo yajhadoona bi Aayaatil laahi wa haaqa bihim maa kaanoo bihee yastahzi`oon
निःसन्देह हामीले (कौमेआदलाई) त्यो सामथ्र्य प्रदान गरेका थियौं, जुन तिमीहरूलाई प्रदान गरेका छैनौं । र हामीले उनीहरूलाई कान, आँखा र हृदय पनि प्रदान गरेका थियौं । तर उनका कान आँखाहरू र उनका हृदयहरूले उनीहरूको कुनै काम आएनन् । जब उनीहरूले अल्लाहका आयतहरूलाई नकार्न थाले र जुन कुराको उनीहरूले हाँसो उडाउँथे त्यसैले उनीहरूलाई आइघेर्यो ।
🎤 तपाईंको रेकर्डिङ:
46:27
🔁 0/5
وَلَقَدۡ أَهۡلَكۡنَا مَا حَوۡلَكُم مِّنَ ٱلۡقُرَىٰ وَصَرَّفۡنَا ٱلۡأٓيَٰتِ لَعَلَّهُمۡ يَرۡجِعُونَ ٢٧
Wa laqad ahlaknaa ma hawlakum minal quraa wa sarrafnal Aayaati la`allahum yarji`oon
निःसन्देह हामीले तिम्रो छरछिमेकका बस्तीहरूलाई नष्ट गर्यौं र किसिम–किसिमका निशानीहरू वर्णन गर्यौं, ताकि उनीहरू प्रवृत्त होउन् ।
🎤 तपाईंको रेकर्डिङ:
46:28
🔁 0/5
فَلَوۡلَا نَصَرَهُمُ ٱلَّذِينَ ٱتَّخَذُواْ مِن دُونِ ٱللَّهِ قُرۡبَانًا ءَالِهَةَۢۖ بَلۡ ضَلُّواْ عَنۡهُمۡۚ وَذَٰلِكَ إِفۡكُهُمۡ وَمَا كَانُواْ يَفۡتَرُونَ ٢٨
Falaw laa nasarahumul lazeenat takhazoo min doonil laahi qurbaanan aalihatam bal dalloo `anhum` wa zaalika ifkuhum wa maa kaanoo yaftaroon
अनि अल्लाहको सामीप्य हासिल गर्न जस–जसलाई उनीहरूले अल्लाह बाहेक आफ्ना पूज्य बनाएका थिए । तिनीहरूले उनीहरूको मद्दत किन गरेनन् ? बरु उनीहरू तिनीहरूका अगाडिबाट हराइहाले । र (वास्तवमा) यो उनीहरूको मात्र मिथ्यारोपण थियो र झूठो आरोप थियो ।
🎤 तपाईंको रेकर्डिङ:
46:29
🔁 0/5
وَإِذۡ صَرَفۡنَآ إِلَيۡكَ نَفَرًا مِّنَ ٱلۡجِنِّ يَسۡتَمِعُونَ ٱلۡقُرۡءَانَ فَلَمَّا حَضَرُوهُ قَالُوٓاْ أَنصِتُواْۖ فَلَمَّا قُضِيَ وَلَّوۡاْ إِلَىٰ قَوۡمِهِم مُّنذِرِينَ ٢٩
Wa iz sarafinaaa ilaika nafaram minal jinni yastami`oonal Quraana falammaa hadaroohu qaalooo ansitoo falammaa qudiya wallaw ilaa qawmihim munzireen
र यादगर जब हामीले जिन्नहरूको एक समूहलाई तिमीतिर प्रवृत्त गर्यौं ताकि उनीहरूले कुरआन सुनुन्, तब जब उनीहरू नबीको पासमा आए त (आपसमा) भन्न थाले कि ‘‘चुप लाग’’, अनि जब त्यो (कुरआनको पाठ) पूरा भयो त उनीहरू आफ्ना जातिबन्धुलाई सावधान गर्न त्यतातिर फर्के ।
🎤 तपाईंको रेकर्डिङ:
46:30
🔁 0/5
قَالُواْ يَٰقَوۡمَنَآ إِنَّا سَمِعۡنَا كِتَٰبًا أُنزِلَ مِنۢ بَعۡدِ مُوسَىٰ مُصَدِّقًا لِّمَا بَيۡنَ يَدَيۡهِ يَهۡدِيٓ إِلَى ٱلۡحَقِّ وَإِلَىٰ طَرِيقٍ مُّسۡتَقِيمٍ ٣٠
Qaaloo yaa qawmanaaa innaa sami`naa Kitaaban unzila mim ba`di Moosa musaddiqal limaa baina yadihi yahdeee ilal haqqi wa ilaa Tareeqim Mustaqeem
भन्न थाले कि ‘‘हे मेरो सम्प्रदाय । हामीले निःसन्देह त्यो पुस्तक सुनेका छौं जुन मूसापछि अवतरित गरिएको छ, जुन आफूभन्दा अघिका पुस्तकहरूको प्रमाणिकरण गर्दछ, (जुन) सत्य धर्मको र सोझो मार्गको निर्देशन दिन्छ ।
🎤 तपाईंको रेकर्डिङ:
46:31
🔁 0/5
يَٰقَوۡمَنَآ أَجِيبُواْ دَاعِيَ ٱللَّهِ وَءَامِنُواْ بِهِۦ يَغۡفِرۡ لَكُم مِّن ذُنُوبِكُمۡ وَيُجِرۡكُم مِّنۡ عَذَابٍ أَلِيمٍ ٣١
Yaa qawmanaaa ajeeboo daa`iyal laahi wa aaminoo bihee yaghfir lakum min zunoobikum wa yujirkum min `azaabin aleem
हे मेरो कौम ! अल्लाहतिर आह्वान गर्नेवालाको कुरा मान, र उसमाथि ईमान ल्याऊ । अनि अल्लाहले तिमीहरूको त्रुटिहरू क्षमा गरिदिने छ र तिमीलाई कष्टदायक दण्डबाट मुक्ति दिनेछ ।
🎤 तपाईंको रेकर्डिङ:
46:32
🔁 0/5
وَمَن لَّا يُجِبۡ دَاعِيَ ٱللَّهِ فَلَيۡسَ بِمُعۡجِزٍ فِي ٱلۡأَرۡضِ وَلَيۡسَ لَهُۥ مِن دُونِهِۦٓ أَوۡلِيَآءُۚ أُوْلَٰٓئِكَ فِي ضَلَٰلٍ مُّبِينٍ ٣٢
Wa mal laa yujib daa`iyal laahi falaisa bimu`jizin fil ardi wa laisa lahoo min dooniheee awliyaaa`; ulaaa ika fee dalaalim mubeen
र जसले अल्लाहको आमन्त्रणकर्ताको आमन्त्रण स्वीकार गर्नेछैन त उसले धरतीमा (नियन्त्रणबाट) कतै भागेर उम्कन सक्ने छैन र अल्लाह बाहेक उसको कोही संरक्षक हुनेछैन । यस्ता मानिसहरूले खुल्लमखुल्ला मार्गविचलनमा छन् ।’’
🎤 तपाईंको रेकर्डिङ:
46:33
🔁 0/5
أَوَلَمۡ يَرَوۡاْ أَنَّ ٱللَّهَ ٱلَّذِي خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ وَلَمۡ يَعۡيَ بِخَلۡقِهِنَّ بِقَٰدِرٍ عَلَىٰٓ أَن يُحۡـِۧيَ ٱلۡمَوۡتَىٰۚ بَلَىٰٓۚ إِنَّهُۥ عَلَىٰ كُلِّ شَيۡءٍ قَدِيرٌ ٣٣
Awalam yaraw annal laahal lazee khalaqas samaawaati wal larda wa lam ya`ya bikhal qihinna biqaadirin `alaaa anyyuhiyal mawtaa; balaaa innahoo `alaa kulli shai`in Qadeer
के उनीहरूले देखेनन् कि जुन अल्लाहले आकाशहरू र धरतीलाई सृष्टि गर्यो र उनीहरूको सृष्टि गर्नबाट थाकेन, त्यो निःसन्देह मृतकहरूलाई पनि जीवित पार्न सामथ्र्यवान छ ? किन नहोस ऊ निःसन्देह हरेक वस्तुमाथि सामथ्र्यवान छ ।
🎤 तपाईंको रेकर्डिङ:
46:34
🔁 0/5
وَيَوۡمَ يُعۡرَضُ ٱلَّذِينَ كَفَرُواْ عَلَى ٱلنَّارِ أَلَيۡسَ هَٰذَا بِٱلۡحَقِّۖ قَالُواْ بَلَىٰ وَرَبِّنَاۚ قَالَ فَذُوقُواْ ٱلۡعَذَابَ بِمَا كُنتُمۡ تَكۡفُرُونَ ٣٤
Wa Yawma yu`radul lazeena kafaroo `alan naari alaisa haaza bil haqq; qaaloo balaa wa Rabbinaa; qaala fazooqul `azaaba bimaa kuntum takfuroon
र जुनदिन ती मानिसहरू, जसले इन्कार गरे, नर्कको अगाडि प्रस्तुत गरिनेछन्, (भनिनेछ) ‘‘के यो सत्य होइन ?’’ उनीहरूले भन्नेछन्ः कि हाम्रो पालनकर्ताको कसम !’’ (यो सत्य हो) उसले भन्नेछ– ‘‘त अब यातनाको स्वाद चाख, त्यस इन्कारको परिणामस्वरूप जो तिमीहरूले गर्ने गर्दथ्यौ ।’’
🎤 तपाईंको रेकर्डिङ:
46:35
🔁 0/5
فَٱصۡبِرۡ كَمَا صَبَرَ أُوْلُواْ ٱلۡعَزۡمِ مِنَ ٱلرُّسُلِ وَلَا تَسۡتَعۡجِل لَّهُمۡۚ كَأَنَّهُمۡ يَوۡمَ يَرَوۡنَ مَا يُوعَدُونَ لَمۡ يَلۡبَثُوٓاْ إِلَّا سَاعَةً مِّن نَّهَارِۭۚ بَلَٰغٌۚ فَهَلۡ يُهۡلَكُ إِلَّا ٱلۡقَوۡمُ ٱلۡفَٰسِقُونَ ٣٥
Fasbir kamaa sabara ulul `azmi minar Rusuli wa laa tasta`jil lahum; ka annahum Yawma yarawna maa yoo`adoona lam yalbasooo illaa saa`atam min nahaar; balaagh; fahal yuhlaku illal qawmul faasiqoon
अतः (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) धैर्यधारण गर, जुन किसिमले संकल्पवान रसूलहरूले धैर्य गरे । र उनीहरूको लागि यातनाको निम्ति हतार नगर । जुनदिन यिनीहरूले त्यस कुरालाई देख्नेछन्, जसको उनीहरूसित वाचा गरिन्छ , (तब महसूस गर्नेछन्) कि मानौं संसारमा दिनको एकछिनको लागि मात्र बसेका थिए । यो कुरआन सन्देश हो, तसर्थ (अब) तिनीहरू नै नष्ट हुनेछन् जो अवज्ञाकारी थिए ।
🎤 तपाईंको रेकर्डिङ:
💡 लुकेको शब्दलाई अस्थायी रूपमा देखाउन ट्याप गर्नुहोस् — तपाईंको प्रगति स्वतः बचत हुन्छ।
العربيةEnglishBahasa IndonesiaTürkçeРусскийفارسیFrançaisاردوবাংলাDeutschEspañol中文हिन्दीPortuguêsItalianoภาษาไทยPolskiNederlandsShqipKiswahiliO'zbekதமிழ்MelayuBosanskiSoomaaliAzərbaycanکوردی한국어日本語SvenskaDanskNorskپښتوമലയാളംසිංහලTamazightHausaአማርኛБългарскиТоҷикӣҚазақшаFilipinoسنڌيYorùbáFulfuldeТатарчаئۇيغۇرچەКыргызчаਪੰਜਾਬੀJawaతెలుగుမြန်မာગુજરાતીOromoमराठीTiếng ViệtMalagasyНохчийнWolofދިވެހިಕನ್ನಡУкраїнськаΕλληνικάქართულიខ្មែរدریQafar afMaranaoनेपाली
पवित्र कुरान
Tuesday, August 18, 2026
Don't forget us in your sincere prayers







