📖 0/604 पढिएका पृष्ठहरू
📄 227
قَالَ يَٰنُوحُ إِنَّهُۥ لَيۡسَ مِنۡ أَهۡلِكَۖ إِنَّهُۥ عَمَلٌ غَيۡرُ صَٰلِحٍۖ فَلَا تَسۡـَٔلۡنِ مَا لَيۡسَ لَكَ بِهِۦ عِلۡمٌۖ إِنِّيٓ أَعِظُكَ أَن تَكُونَ مِنَ ٱلۡجَٰهِلِينَ ٤٦ قَالَ رَبِّ إِنِّيٓ أَعُوذُ بِكَ أَنۡ أَسۡـَٔلَكَ مَا لَيۡسَ لِي بِهِۦ عِلۡمٌۖ وَإِلَّا تَغۡفِرۡ لِي وَتَرۡحَمۡنِيٓ أَكُن مِّنَ ٱلۡخَٰسِرِينَ ٤٧ قِيلَ يَٰنُوحُ ٱهۡبِطۡ بِسَلَٰمٍ مِّنَّا وَبَرَكَٰتٍ عَلَيۡكَ وَعَلَىٰٓ أُمَمٍ مِّمَّن مَّعَكَۚ وَأُمَمٌ سَنُمَتِّعُهُمۡ ثُمَّ يَمَسُّهُم مِّنَّا عَذَابٌ أَلِيمٌ ٤٨ تِلۡكَ مِنۡ أَنۢبَآءِ ٱلۡغَيۡبِ نُوحِيهَآ إِلَيۡكَۖ مَا كُنتَ تَعۡلَمُهَآ أَنتَ وَلَا قَوۡمُكَ مِن قَبۡلِ هَٰذَاۖ فَٱصۡبِرۡۖ إِنَّ ٱلۡعَٰقِبَةَ لِلۡمُتَّقِينَ ٤٩ وَإِلَىٰ عَادٍ أَخَاهُمۡ هُودًاۚ قَالَ يَٰقَوۡمِ ٱعۡبُدُواْ ٱللَّهَ مَا لَكُم مِّنۡ إِلَٰهٍ غَيۡرُهُۥٓۖ إِنۡ أَنتُمۡ إِلَّا مُفۡتَرُونَ ٥٠ يَٰقَوۡمِ لَآ أَسۡـَٔلُكُمۡ عَلَيۡهِ أَجۡرًاۖ إِنۡ أَجۡرِيَ إِلَّا عَلَى ٱلَّذِي فَطَرَنِيٓۚ أَفَلَا تَعۡقِلُونَ ٥١ وَيَٰقَوۡمِ ٱسۡتَغۡفِرُواْ رَبَّكُمۡ ثُمَّ تُوبُوٓاْ إِلَيۡهِ يُرۡسِلِ ٱلسَّمَآءَ عَلَيۡكُم مِّدۡرَارًا وَيَزِدۡكُمۡ قُوَّةً إِلَىٰ قُوَّتِكُمۡ وَلَا تَتَوَلَّوۡاْ مُجۡرِمِينَ ٥٢ قَالُواْ يَٰهُودُ مَا جِئۡتَنَا بِبَيِّنَةٍ وَمَا نَحۡنُ بِتَارِكِيٓ ءَالِهَتِنَا عَن قَوۡلِكَ وَمَا نَحۡنُ لَكَ بِمُؤۡمِنِينَ ٥٣
11:46
قَالَ يَٰنُوحُ إِنَّهُۥ لَيۡسَ مِنۡ أَهۡلِكَۖ إِنَّهُۥ عَمَلٌ غَيۡرُ صَٰلِحٍۖ فَلَا تَسۡـَٔلۡنِ مَا لَيۡسَ لَكَ بِهِۦ عِلۡمٌۖ إِنِّيٓ أَعِظُكَ أَن تَكُونَ مِنَ ٱلۡجَٰهِلِينَ ٤٦
अल्लाहले आदेश दियोः ‘‘कि हे नूह ! निःसन्देह ऊ तिम्रो परिवारबाट होइन, उसको काम पूर्णरूपले गलत छ, तिमीले कदापि त्यो वस्तु माँग्नु हुँदैन, जसको तिमीलाई पूर्ण ज्ञान छैन । म तिमीलाई उपदेश गर्दछु कि तिमी मूर्खहरूमध्येबाट नहोऊ ।’’
11:47
قَالَ رَبِّ إِنِّيٓ أَعُوذُ بِكَ أَنۡ أَسۡـَٔلَكَ مَا لَيۡسَ لِي بِهِۦ عِلۡمٌۖ وَإِلَّا تَغۡفِرۡ لِي وَتَرۡحَمۡنِيٓ أَكُن مِّنَ ٱلۡخَٰسِرِينَ ٤٧
नूहले भनेः मेरो पालनकर्ता ! म तिमीसँग शरण माँग्दछु ती कुराहरूको सम्बन्धमा प्रश्न गर्नेबारेमा जसको कि मलाई ज्ञान छैन । यदि तिमीले मलाई क्षमा गर्दैनौ र ममाथि दया गर्दैनौ भने, म ठूलो हानिमा पर्नेछु ।’’
11:48
قِيلَ يَٰنُوحُ ٱهۡبِطۡ بِسَلَٰمٍ مِّنَّا وَبَرَكَٰتٍ عَلَيۡكَ وَعَلَىٰٓ أُمَمٍ مِّمَّن مَّعَكَۚ وَأُمَمٌ سَنُمَتِّعُهُمۡ ثُمَّ يَمَسُّهُم مِّنَّا عَذَابٌ أَلِيمٌ ٤٨
आदेश भयोः ‘‘कि नूह (डुङ्गाबाट) तल झरिहाल, हाम्रो तरफबाट शान्ति र तिमी र तिम्रो साथका अन्य साथीहरूमाथि अनुग्रह हुनेछ ! र अनेक यस्ता समुदाय हुनेछन् जसलाई हामीले (संसारका) आनन्दहरू प्रदान गर्नेछौं, तर तिनीहरूलाई हाम्रो तर्फबाट कष्टदायक सजाय पुग्नेछ ।
11:49
تِلۡكَ مِنۡ أَنۢبَآءِ ٱلۡغَيۡبِ نُوحِيهَآ إِلَيۡكَۖ مَا كُنتَ تَعۡلَمُهَآ أَنتَ وَلَا قَوۡمُكَ مِن قَبۡلِ هَٰذَاۖ فَٱصۡبِرۡۖ إِنَّ ٱلۡعَٰقِبَةَ لِلۡمُتَّقِينَ ٤٩
यी (समाचारहरू) अदृश्यका खबरहरू हुन् जुन कि हामीले तपाईतिर वह्यमार्फत पठाउँदछौ र तिनको जानकारी यसभन्दा अगाडि न तपाईलाई थियो नत तपाईको समुदायलाई । तसर्थ धैर्य गर्नु, किन भने अन्तिममा परिणाम अल्लाहसित डर्नेहरूको राम्रो हुन्छ ।
11:50
وَإِلَىٰ عَادٍ أَخَاهُمۡ هُودًاۚ قَالَ يَٰقَوۡمِ ٱعۡبُدُواْ ٱللَّهَ مَا لَكُم مِّنۡ إِلَٰهٍ غَيۡرُهُۥٓۖ إِنۡ أَنتُمۡ إِلَّا مُفۡتَرُونَ ٥٠
र हामीले आद समुदायतिर तिनीहरूकै भाइ हूदलाई पठायौं । उनले भनेः कि हे मेरो समुदायका मानिसहरू ! अल्लाहकै उपासना गर, उसबाहेक तिम्रो अरु कोही सत्य पूजनीय छैन । तिमीहरू (ऊ सित अरुलाई दाँजेर) मात्र जालझेल गर्दैछौ ।’’
11:51
يَٰقَوۡمِ لَآ أَسۡـَٔلُكُمۡ عَلَيۡهِ أَجۡرًاۖ إِنۡ أَجۡرِيَ إِلَّا عَلَى ٱلَّذِي فَطَرَنِيٓۚ أَفَلَا تَعۡقِلُونَ ٥١
हे मेरा कौमका मानिसहरू ! म यस (सन्देश) बापत तिमीसित कुनै पारिश्रमिक माँग्दिन । मेरो पुरस्कार त उसको जिम्मामा छ, जसले मलाई सृष्टि गरेको छ । अनि के तैपनि तिमीले यो कुरा बुझ्दैनौ ।
11:52
وَيَٰقَوۡمِ ٱسۡتَغۡفِرُواْ رَبَّكُمۡ ثُمَّ تُوبُوٓاْ إِلَيۡهِ يُرۡسِلِ ٱلسَّمَآءَ عَلَيۡكُم مِّدۡرَارًا وَيَزِدۡكُمۡ قُوَّةً إِلَىٰ قُوَّتِكُمۡ وَلَا تَتَوَلَّوۡاْ مُجۡرِمِينَ ٥٢
हे मेरो समुदायका मानिसहरू तिमी आफ्नो पालनकर्तासित आफ्नो पापको लागि क्षमायाचना गर, अनि उसको अगाडि प्रायश्चित गर । जसबाट उसले तिमीमाथि आकाशबाट मुसलधारे पानी वर्षाउँने बादल पठाई तिम्रो शक्तिमा अझै शक्तिको बृद्धि गर्नेछ । र तिमी पाप गर्दै विमुख नहोऊ ।
11:53
قَالُواْ يَٰهُودُ مَا جِئۡتَنَا بِبَيِّنَةٍ وَمَا نَحۡنُ بِتَارِكِيٓ ءَالِهَتِنَا عَن قَوۡلِكَ وَمَا نَحۡنُ لَكَ بِمُؤۡمِنِينَ ٥٣
तिनीहरूले भनेः, ‘‘हे हूद ! तिमीले हाम्रो सामु कुनै स्पष्ट प्रमाण ल्याएनौ र हामीले (मात्र) तिम्रो भनाईको भरमा नत आफ्ना देवताहरूलाई छाड्ने छौं नत तिमीमाथि विश्वास गर्नेछौं ।’’
العربيةEnglishBahasa IndonesiaTürkçeРусскийفارسیFrançaisاردوবাংলাDeutschEspañol中文हिन्दीPortuguêsItalianoภาษาไทยPolskiNederlandsShqipKiswahiliO'zbekதமிழ்MelayuBosanskiSoomaaliAzərbaycanکوردی한국어日本語SvenskaDanskNorskپښتوമലയാളംසිංහලTamazightHausaአማርኛБългарскиТоҷикӣҚазақшаFilipinoسنڌيYorùbáFulfuldeТатарчаئۇيغۇرچەКыргызчаਪੰਜਾਬੀJawaతెలుగుမြန်မာગુજરાતીOromoमराठीTiếng ViệtMalagasyНохчийнWolofދިވެހިಕನ್ನಡУкраїнськаΕλληνικάქართულიខ្មែរدریQafar afMaranaoनेपाली
पवित्र कुरान
Tuesday, August 25, 2026
Don't forget us in your sincere prayers







