📖 0/604 पढिएका पृष्ठहरू
📄 292
وَمَن يَهۡدِ ٱللَّهُ فَهُوَ ٱلۡمُهۡتَدِۖ وَمَن يُضۡلِلۡ فَلَن تَجِدَ لَهُمۡ أَوۡلِيَآءَ مِن دُونِهِۦۖ وَنَحۡشُرُهُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِ عَلَىٰ وُجُوهِهِمۡ عُمۡيًا وَبُكۡمًا وَصُمًّاۖ مَّأۡوَىٰهُمۡ جَهَنَّمُۖ كُلَّمَا خَبَتۡ زِدۡنَٰهُمۡ سَعِيرًا  ۝٩٧ ذَٰلِكَ جَزَآؤُهُم بِأَنَّهُمۡ كَفَرُواْ بِـَٔايَٰتِنَا وَقَالُوٓاْ أَءِذَا كُنَّا عِظَٰمًا وَرُفَٰتًا أَءِنَّا لَمَبۡعُوثُونَ خَلۡقًا جَدِيدًا  ۝٩٨ ۞ أَوَلَمۡ يَرَوۡاْ أَنَّ ٱللَّهَ ٱلَّذِي خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ قَادِرٌ عَلَىٰٓ أَن يَخۡلُقَ مِثۡلَهُمۡ وَجَعَلَ لَهُمۡ أَجَلًا لَّا رَيۡبَ فِيهِ فَأَبَى ٱلظَّٰلِمُونَ إِلَّا كُفُورًا  ۝٩٩ قُل لَّوۡ أَنتُمۡ تَمۡلِكُونَ خَزَآئِنَ رَحۡمَةِ رَبِّيٓ إِذًا لَّأَمۡسَكۡتُمۡ خَشۡيَةَ ٱلۡإِنفَاقِۚ وَكَانَ ٱلۡإِنسَٰنُ قَتُورًا  ۝١٠٠ وَلَقَدۡ ءَاتَيۡنَا مُوسَىٰ تِسۡعَ ءَايَٰتِۭ بَيِّنَٰتٍۖ فَسۡـَٔلۡ بَنِيٓ إِسۡرَٰٓءِيلَ إِذۡ جَآءَهُمۡ فَقَالَ لَهُۥ فِرۡعَوۡنُ إِنِّي لَأَظُنُّكَ يَٰمُوسَىٰ مَسۡحُورًا  ۝١٠١ قَالَ لَقَدۡ عَلِمۡتَ مَآ أَنزَلَ هَٰٓؤُلَآءِ إِلَّا رَبُّ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ بَصَآئِرَ وَإِنِّي لَأَظُنُّكَ يَٰفِرۡعَوۡنُ مَثۡبُورًا  ۝١٠٢ فَأَرَادَ أَن يَسۡتَفِزَّهُم مِّنَ ٱلۡأَرۡضِ فَأَغۡرَقۡنَٰهُ وَمَن مَّعَهُۥ جَمِيعًا  ۝١٠٣ وَقُلۡنَا مِنۢ بَعۡدِهِۦ لِبَنِيٓ إِسۡرَٰٓءِيلَ ٱسۡكُنُواْ ٱلۡأَرۡضَ فَإِذَا جَآءَ وَعۡدُ ٱلۡأٓخِرَةِ جِئۡنَا بِكُمۡ لَفِيفًا  ۝١٠٤
17:97
وَمَن يَهۡدِ ٱللَّهُ فَهُوَ ٱلۡمُهۡتَدِۖ وَمَن يُضۡلِلۡ فَلَن تَجِدَ لَهُمۡ أَوۡلِيَآءَ مِن دُونِهِۦۖ وَنَحۡشُرُهُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِ عَلَىٰ وُجُوهِهِمۡ عُمۡيًا وَبُكۡمًا وَصُمًّاۖ مَّأۡوَىٰهُمۡ جَهَنَّمُۖ كُلَّمَا خَبَتۡ زِدۡنَٰهُمۡ سَعِيرًا  ۝٩٧
जुन व्यक्तिलाई अल्लाहले पथप्रदर्शन गर्दछ उसले मार्गदर्शन प्राप्त गर्छ र जसलाई मार्गविचलित गर्दछ, तपाईले अल्लाह बाहेक अरु कोही उसको मित्र पाउने छैनौ र हामीले त्यस्ता मानिसहरूलाई कियामतका दिन घोप्टेको अवस्थामा अन्धो, लाटो र बहिरो बनाएर एकत्रित गर्नेछौं । र तिनीहरूको बासस्थल नर्क हुनेछ । जब त्यसको निभ्ने अवस्था हुन्छ त हामीले त्यसलाई अरु प्रज्वलित गरिदिने छौं ।
17:98
ذَٰلِكَ جَزَآؤُهُم بِأَنَّهُمۡ كَفَرُواْ بِـَٔايَٰتِنَا وَقَالُوٓاْ أَءِذَا كُنَّا عِظَٰمًا وَرُفَٰتًا أَءِنَّا لَمَبۡعُوثُونَ خَلۡقًا جَدِيدًا  ۝٩٨
यो सबै तिनीहरूको सजाय हो । यस कारणले कि तिनीहरूले हाम्रो आयातहरूलाई नकार्दथे र भन्दथेः कि जब हामी (मरेर कुहेका) टुक्रा–टुक्रा हड्डीहरू भइहाल्छौं भने त के फेरि हामीलाई नयाँ जन्ममा उठाएर उभ्याइने छ
17:99
۞ أَوَلَمۡ يَرَوۡاْ أَنَّ ٱللَّهَ ٱلَّذِي خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ قَادِرٌ عَلَىٰٓ أَن يَخۡلُقَ مِثۡلَهُمۡ وَجَعَلَ لَهُمۡ أَجَلًا لَّا رَيۡبَ فِيهِ فَأَبَى ٱلظَّٰلِمُونَ إِلَّا كُفُورًا  ۝٩٩
के तिनीहरूले देखेनन्, कि अल्लाह जसले आकाशहरू र धर्तीको सृष्टि गरेको छ, ऊ यस कुरामा सक्षम छ कि तिनीहरू जस्ता मानिसहरू सृष्टि गर्न सकोस् ? र उसैले तिनीहरूको निम्ति एक यस्तो समय निर्धारित गरिदिएको छ, जसमा कुनै पनि सन्देह छैन । तर अत्याचारीहरूले इन्कार नगरी रहन सक्तैनन् ।
17:100
قُل لَّوۡ أَنتُمۡ تَمۡلِكُونَ خَزَآئِنَ رَحۡمَةِ رَبِّيٓ إِذًا لَّأَمۡسَكۡتُمۡ خَشۡيَةَ ٱلۡإِنفَاقِۚ وَكَانَ ٱلۡإِنسَٰنُ قَتُورًا  ۝١٠٠
भनिदिनुस् कि यदि मेरो पालनकर्ताको दयाका खजानाहरू तिम्रा हातमा भएको भए, त्यस बेला पनि तिमीले खर्च हुने डरले त्यसलाई रोकेर राख्थ्यौ र मानिसको हृदय हुन्छ नै ज्यादै संकुचित ।
17:101
وَلَقَدۡ ءَاتَيۡنَا مُوسَىٰ تِسۡعَ ءَايَٰتِۭ بَيِّنَٰتٍۖ فَسۡـَٔلۡ بَنِيٓ إِسۡرَٰٓءِيلَ إِذۡ جَآءَهُمۡ فَقَالَ لَهُۥ فِرۡعَوۡنُ إِنِّي لَأَظُنُّكَ يَٰمُوسَىٰ مَسۡحُورًا  ۝١٠١
हामीले मूसालाई नौवटा स्पष्ट चमत्कारहरू प्रदान गर्यौं, तिमी स्वयम् बनी इस्राईलसित सोध कि, जब उनी तिनीहरूको समक्ष आए त फिरऔनले उनीसित भन्यो कि हे मूसा मलाई लाग्छ कि, तिमीमाथि ठूलो जादू गरिएको छ ।
17:102
قَالَ لَقَدۡ عَلِمۡتَ مَآ أَنزَلَ هَٰٓؤُلَآءِ إِلَّا رَبُّ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ بَصَآئِرَ وَإِنِّي لَأَظُنُّكَ يَٰفِرۡعَوۡنُ مَثۡبُورًا  ۝١٠٢
मूसाले भनेः कि यो त तिमीलाई थाहा भइसकेको छ कि आकाश र धर्तीको पालनकर्ताले नै तिमीहरूलाई देखाउन र सम्झाउनको निम्ति उतारेको छ र हे फिरऔन म ठान्दछु कि निःसन्देह तिमी नष्ट भइहाल्नेछौ ।
17:103
فَأَرَادَ أَن يَسۡتَفِزَّهُم مِّنَ ٱلۡأَرۡضِ فَأَغۡرَقۡنَٰهُ وَمَن مَّعَهُۥ جَمِيعًا  ۝١٠٣
तब फिरऔनले पक्का पक्की नीयत गर्यो कि उनलाई (मिस्रको) भूमिबाट निष्कासित गरिदेओस्, त हामीले उसलाई र उसको सबै साथीलाई डुबाइदियौं ।
17:104
وَقُلۡنَا مِنۢ بَعۡدِهِۦ لِبَنِيٓ إِسۡرَٰٓءِيلَ ٱسۡكُنُواْ ٱلۡأَرۡضَ فَإِذَا جَآءَ وَعۡدُ ٱلۡأٓخِرَةِ جِئۡنَا بِكُمۡ لَفِيفًا  ۝١٠٤
यसपछि हामीले बनी इस्राईलसँग भन्यौं कि तिमी यस मुलुकमा बसोबास गर अनि जब आखिरतको वचन आउँछ, तब हामीले तिमी सबैलाई समेटेर एकत्रित गरिहाल्नेछौं ।


📚Juz 15 📄292 / 604



Mishary Rashid Alafasy
Mahmoud Khalil Al-Husary
Abdurrahman As-Sudais
Mohamed Siddiq Al-Minshawi
Abdul Basit Abdul Samad
Ali Al-Hudhaify
Ahmed ibn Ali al-Ajamy
Abu Bakr Ash-Shaatree
Muhammad Ayyoub
Abdullah Basfar
Abdullah Al-Juhani
Maher Al Muaiqly
0:00
0:00
-

पवित्र कुरान


Tuesday, August 25, 2026

Don't forget us in your sincere prayers