सूरा अल-आला अरबी र नेपाली

सूरा अल-आला पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (19 आयत — مكية). अल-आला सुन्नुहोस्, अल-आला अनुवाद, अल-आला mp3, अल-आला pdf.

सूरा अल-आला पढ्नुहोस् र सुन्नुहोस्

🎧 आयत
M Mishary Rashid Alafasy
M Mahmoud Khalil Al-Husary
A Abdurrahman As-Sudais
M Mohamed Siddiq Al-Minshawi
A Abdul Basit Abdul Samad
A Ali Al-Hudhaify
A Ahmed ibn Ali al-Ajamy
A Abu Bakr Ash-Shaatree
M Muhammad Ayyoub
A Abdullah Basfar
A Abdullah Al-Juhani
M Maher Al Muaiqly
x1
سَبِّحِ اسْمَ رَبِّكَ الْأَعْلَى ۝١
📖 अनुवाद आयत 1
(हे पैगम्बर !) आफ्नो सर्वोच्च पालनकर्ताको नामको गुणगान गर्नु ।
الَّذِي خَلَقَ فَسَوَّىٰ ۝٢
📖 अनुवाद आयत 2
जसले (मानिसलाई) सृष्टि गर्यो अनि (त्यसका अङ्गहरूलाई) ठीक (क्रम र समानुपातमा) मिलायो ।
وَالَّذِي قَدَّرَ فَهَدَىٰ ۝٣
📖 अनुवाद आयत 3
र जसले ठीक ठाक निर्धारित गर्यो, अनि मार्ग देखायो ।
وَالَّذِي أَخْرَجَ الْمَرْعَىٰ ۝٤
📖 अनुवाद आयत 4
र जसले वनस्पति उमार्यो ।
فَجَعَلَهُ غُثَاءً أَحْوَىٰ ۝٥
📖 अनुवाद आयत 5
अनि त्यसलाई सुकाएर कालो रङ्गका ठुटाहरू बनाइदियो ।
سَنُقْرِئُكَ فَلَا تَنسَىٰ ۝٦
📖 अनुवाद आयत 6
हामीले तिमीलाई पढाइदिनेछौं, अनि तिमीले बिर्सने छैनौ ।
إِلَّا مَا شَاءَ اللَّهُ ۚ إِنَّهُ يَعْلَمُ الْجَهْرَ وَمَا يَخْفَىٰ ۝٧
📖 अनुवाद आयत 7
तर जुन अल्लाहले चाहन्छ, ऊ प्रत्यक्ष र परोक्षलाई जान्दछ ।
وَنُيَسِّرُكَ لِلْيُسْرَىٰ ۝٨
📖 अनुवाद आयत 8
हामीले तपाईको लागि सजिलो गरिदिनेछौं ।
فَذَكِّرْ إِن نَّفَعَتِ الذِّكْرَىٰ ۝٩
📖 अनुवाद आयत 9
अतः तपाईले उपदेश गर्दै गर्नुस्, यदि उपदेश लाभप्रद छ ।
سَيَذَّكَّرُ مَن يَخْشَىٰ ۝١٠
📖 अनुवाद आयत 10
त्यसले उपदेश प्राप्त गरिहाल्छ, जसलाई भय हुनेछ ।
وَيَتَجَنَّبُهَا الْأَشْقَى ۝١١
📖 अनुवाद आयत 11
हो, दुर्भाग्यवाला त्यसबाट पन्छिनेछ ।
الَّذِي يَصْلَى النَّارَ الْكُبْرَىٰ ۝١٢
📖 अनुवाद आयत 12
जो ठूलो आगोमा पर्नेछ ।
ثُمَّ لَا يَمُوتُ فِيهَا وَلَا يَحْيَىٰ ۝١٣
📖 अनुवाद आयत 13
अनि त्यसमा न मर्नेछ र न बाँच्नेछ ।
قَدْ أَفْلَحَ مَن تَزَكَّىٰ ۝١٤
📖 अनुवाद आयत 14
निःसन्देह त्यो सफल भइहाल्यो जसले आफूलाई शुद्ध पार्यो ।
وَذَكَرَ اسْمَ رَبِّهِ فَصَلَّىٰ ۝١٥
📖 अनुवाद आयत 15
र आफ्नो पालनकर्ताको नामको स्मरण गर्यो र नमाज पढ्ने गर्यो।
بَلْ تُؤْثِرُونَ الْحَيَاةَ الدُّنْيَا ۝١٦
📖 अनुवाद आयत 16
तर तिमीहरूले त सांसारिक भौतिक जीवनलाई प्राथमिकता दिन्छौ ।
وَالْآخِرَةُ خَيْرٌ وَأَبْقَىٰ ۝١٧
📖 अनुवाद आयत 17
जब कि आखिरत धेरै उत्तम र शेष रहनेवाला छ ।
إِنَّ هَٰذَا لَفِي الصُّحُفِ الْأُولَىٰ ۝١٨
📖 अनुवाद आयत 18
निःसन्देह यही कुरा पहिलाका किताबहरूमा पनि छ ।
صُحُفِ إِبْرَاهِيمَ وَمُوسَىٰ ۝١٩
📖 अनुवाद आयत 19
अर्थात ‘‘इब्राहीम’’ र ‘‘मूसाका’’ किताबहरूमा ।
← 86 अल-आला (87/114) 88 →
पढ्नुहोस् सूरा अल-आला नेपाली – अनुवाद, उच्चारण र अडियो

87الأعلى Al-A'la 📚 19 आयत مكية



पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers