📖 0/604 पढिएका पृष्ठहरू
📄 301
فَلَمَّا جَاوَزَا قَالَ لِفَتَىٰهُ ءَاتِنَا غَدَآءَنَا لَقَدۡ لَقِينَا مِن سَفَرِنَا هَٰذَا نَصَبًا ٦٢ قَالَ أَرَءَيۡتَ إِذۡ أَوَيۡنَآ إِلَى ٱلصَّخۡرَةِ فَإِنِّي نَسِيتُ ٱلۡحُوتَ وَمَآ أَنسَىٰنِيهُ إِلَّا ٱلشَّيۡطَٰنُ أَنۡ أَذۡكُرَهُۥۚ وَٱتَّخَذَ سَبِيلَهُۥ فِي ٱلۡبَحۡرِ عَجَبًا ٦٣ قَالَ ذَٰلِكَ مَا كُنَّا نَبۡغِۚ فَٱرۡتَدَّا عَلَىٰٓ ءَاثَارِهِمَا قَصَصًا ٦٤ فَوَجَدَا عَبۡدًا مِّنۡ عِبَادِنَآ ءَاتَيۡنَٰهُ رَحۡمَةً مِّنۡ عِندِنَا وَعَلَّمۡنَٰهُ مِن لَّدُنَّا عِلۡمًا ٦٥ قَالَ لَهُۥ مُوسَىٰ هَلۡ أَتَّبِعُكَ عَلَىٰٓ أَن تُعَلِّمَنِ مِمَّا عُلِّمۡتَ رُشۡدًا ٦٦ قَالَ إِنَّكَ لَن تَسۡتَطِيعَ مَعِيَ صَبۡرًا ٦٧ وَكَيۡفَ تَصۡبِرُ عَلَىٰ مَا لَمۡ تُحِطۡ بِهِۦ خُبۡرًا ٦٨ قَالَ سَتَجِدُنِيٓ إِن شَآءَ ٱللَّهُ صَابِرًا وَلَآ أَعۡصِي لَكَ أَمۡرًا ٦٩ قَالَ فَإِنِ ٱتَّبَعۡتَنِي فَلَا تَسۡـَٔلۡنِي عَن شَيۡءٍ حَتَّىٰٓ أُحۡدِثَ لَكَ مِنۡهُ ذِكۡرًا ٧٠ فَٱنطَلَقَا حَتَّىٰٓ إِذَا رَكِبَا فِي ٱلسَّفِينَةِ خَرَقَهَاۖ قَالَ أَخَرَقۡتَهَا لِتُغۡرِقَ أَهۡلَهَا لَقَدۡ جِئۡتَ شَيۡـًٔا إِمۡرًا ٧١ قَالَ أَلَمۡ أَقُلۡ إِنَّكَ لَن تَسۡتَطِيعَ مَعِيَ صَبۡرًا ٧٢ قَالَ لَا تُؤَاخِذۡنِي بِمَا نَسِيتُ وَلَا تُرۡهِقۡنِي مِنۡ أَمۡرِي عُسۡرًا ٧٣ فَٱنطَلَقَا حَتَّىٰٓ إِذَا لَقِيَا غُلَٰمًا فَقَتَلَهُۥ قَالَ أَقَتَلۡتَ نَفۡسًا زَكِيَّةَۢ بِغَيۡرِ نَفۡسٍ لَّقَدۡ جِئۡتَ شَيۡـًٔا نُّكۡرًا ٧٤
18:62
فَلَمَّا جَاوَزَا قَالَ لِفَتَىٰهُ ءَاتِنَا غَدَآءَنَا لَقَدۡ لَقِينَا مِن سَفَرِنَا هَٰذَا نَصَبًا ٦٢
जब यी दुवै त्यहाँबाट अगाडि बढे तब मूसाले आफ्नो युवकसित भने कि हाम्रो भोजन ल्याऊ, यस यात्राबाट हामीलाई बडो कष्ट उठाउनु परेको छ ।
18:63
قَالَ أَرَءَيۡتَ إِذۡ أَوَيۡنَآ إِلَى ٱلصَّخۡرَةِ فَإِنِّي نَسِيتُ ٱلۡحُوتَ وَمَآ أَنسَىٰنِيهُ إِلَّا ٱلشَّيۡطَٰنُ أَنۡ أَذۡكُرَهُۥۚ وَٱتَّخَذَ سَبِيلَهُۥ فِي ٱلۡبَحۡرِ عَجَبًا ٦٣
उसले जवाफ दियो कि के तपाईले हेर्नुभएन ? जब हामी ढुङ्गामा अडेस लिई विश्राम गरिराखेका थियौं त्यहीं नै मैले माछा बिर्सिहालेको थिएँ । वास्तवमा मलाई (तपाईसित) त्यसको चर्चा गर्नुबाट शैतानले बिर्साइदियो । त्यसले अनौठो तरिकाले समुद्रमा आफ्नो बाटो बनाइहाल्यो ।
18:64
قَالَ ذَٰلِكَ مَا كُنَّا نَبۡغِۚ فَٱرۡتَدَّا عَلَىٰٓ ءَاثَارِهِمَا قَصَصًا ٦٤
मूसाले भने यही थियो जसको तलाशमा हामी थियौं । यसर्थ त्यहींबाट आफ्नो खुट्टाका चिन्हहरू हेर्दै फर्किहाले ।
18:65
فَوَجَدَا عَبۡدًا مِّنۡ عِبَادِنَآ ءَاتَيۡنَٰهُ رَحۡمَةً مِّنۡ عِندِنَا وَعَلَّمۡنَٰهُ مِن لَّدُنَّا عِلۡمًا ٦٥
यसरी उनले हाम्रा भक्तहरूमध्ये एउटा भक्त भेट्टाए, जसलाई हामीले आफूकहाँबाट विशेष दया प्रदान गरेका थियौं र आफ्नो तर्फबाट उसलाई विशेष ज्ञान प्रदान गरेका थियौं ।
18:66
قَالَ لَهُۥ مُوسَىٰ هَلۡ أَتَّبِعُكَ عَلَىٰٓ أَن تُعَلِّمَنِ مِمَّا عُلِّمۡتَ رُشۡدًا ٦٦
मूसाले उससित (खिज्रसित) भनेः कि जुन असल ज्ञान तपाईलाई सिकाइएको छ, यदि तपाईले त्यसबाट मलाई सिखाउनुहुन्छ भने म तपाईको सेवा गरिरहन्छु ।
18:67
قَالَ إِنَّكَ لَن تَسۡتَطِيعَ مَعِيَ صَبۡرًا ٦٧
उसले (खिज्रले) भने कि तिमी मेरो साथमा रहेर कदापि धैर्य गर्न सक्दैनौ ।
18:68
وَكَيۡفَ تَصۡبِرُ عَلَىٰ مَا لَمۡ تُحِطۡ بِهِۦ خُبۡرًا ٦٨
र जुन कुराको तिमीलाई ज्ञान नै छैन, त्यसको हकमा धैर्य पनि कसरी गर्न सक्दछौ ।
18:69
قَالَ سَتَجِدُنِيٓ إِن شَآءَ ٱللَّهُ صَابِرًا وَلَآ أَعۡصِي لَكَ أَمۡرًا ٦٩
मूसाले भने अल्लाहले चाह्यो भने, तपाईले मलाई धैर्यवान पाउनुहुनेछ र कुनै कुरामा मैले तपाईको आज्ञा उल्लघंन गर्नेछैन ।
18:70
قَالَ فَإِنِ ٱتَّبَعۡتَنِي فَلَا تَسۡـَٔلۡنِي عَن شَيۡءٍ حَتَّىٰٓ أُحۡدِثَ لَكَ مِنۡهُ ذِكۡرًا ٧٠
उसले (खिज्रले) भनेः यदि तिमी मेरो साथमा रहनै चाहन्छौ भने शर्त यो छ कि, मसित कुनै कुराको बारेमा प्रश्न नसोध्नु जबसम्म कि मैले स्वयं त्यसको चर्चा तिमीसित नगरूँ ।
18:71
فَٱنطَلَقَا حَتَّىٰٓ إِذَا رَكِبَا فِي ٱلسَّفِينَةِ خَرَقَهَاۖ قَالَ أَخَرَقۡتَهَا لِتُغۡرِقَ أَهۡلَهَا لَقَدۡ جِئۡتَ شَيۡـًٔا إِمۡرًا ٧١
अनि दुवै हिँडे, जब एउटा डुङ्गामा सवार भए, तब उसले (खिज्रले) डुङ्गाको पटरी तोडिदिए (प्वाल पारिदिए) । मूसाले भनेः के तपाईले त्यसलाई यसकारणले तोड्नुभएको छ कि सवारहरूलाई डुबाइहाल्नुहोस् । यो त तपाईले बडो खतरनाक कुरा गर्नुभो ।
18:72
قَالَ أَلَمۡ أَقُلۡ إِنَّكَ لَن تَسۡتَطِيعَ مَعِيَ صَبۡرًا ٧٢
उहाँले (खिज्रले) भने, के मैले पहिला नै तिमीलाई भनेको थिएन, कि तिमीले मेरो साथमा कदापि धैर्य धारण गर्न सक्दैनौ ।
18:73
قَالَ لَا تُؤَاخِذۡنِي بِمَا نَسِيتُ وَلَا تُرۡهِقۡنِي مِنۡ أَمۡرِي عُسۡرًا ٧٣
मूसाले भने कि जुन त्रुटि मबाट भएको छ, त्यसबापत मलाई नसमात्नुहोस्, र मेरो कुरामा मलाई संकटमा नपार्नुहोस् ।
18:74
فَٱنطَلَقَا حَتَّىٰٓ إِذَا لَقِيَا غُلَٰمًا فَقَتَلَهُۥ قَالَ أَقَتَلۡتَ نَفۡسًا زَكِيَّةَۢ بِغَيۡرِ نَفۡسٍ لَّقَدۡ جِئۡتَ شَيۡـًٔا نُّكۡرًا ٧٤
फेरि दुवै अगाडि बढे, अनि एउटा केटो भेट्टाए, तब (खिज्रले) उसलाई मारिदिनुभयो । मूसाले भने कि तपाईले एउटा निर्दोष मानिस किन मारिहाल्नुभो जब कि त्यसले कसैको ज्यान लिएको थिएन । तपाईले एकदमै नराम्रो काम गर्नुभयो ।
العربيةEnglishBahasa IndonesiaTürkçeРусскийفارسیFrançaisاردوবাংলাDeutschEspañol中文हिन्दीPortuguêsItalianoภาษาไทยPolskiNederlandsShqipKiswahiliO'zbekதமிழ்MelayuBosanskiSoomaaliAzərbaycanکوردی한국어日本語SvenskaDanskNorskپښتوമലയാളംසිංහලTamazightHausaአማርኛБългарскиТоҷикӣҚазақшаFilipinoسنڌيYorùbáFulfuldeТатарчаئۇيغۇرچەКыргызчаਪੰਜਾਬੀJawaతెలుగుမြန်မာગુજરાતીOromoमराठीTiếng ViệtMalagasyНохчийнWolofދިވެހިಕನ್ನಡУкраїнськаΕλληνικάქართულიខ្មែរدریQafar afMaranaoनेपाली
पवित्र कुरान
Tuesday, August 25, 2026
Don't forget us in your sincere prayers







