🔥 0 दिन लगातार
📖 लामो सूरा — साना भागहरूमा विभाजित (60 आयत)
📚 सबै सूराहरू
30%
🎤 आफ्नो आवाज रेकर्ड गर्न कुनै पनि आयत छेउको माइक्रोफोन आइकनमा 🎙️ थिच्नुहोस्, त्यसपछि सुन्नुहोस् र क्वारीसँग तुलना गर्नुहोस्।
0/60
30:1 🔁 0/5
الٓمٓ  ۝١
Alif-Laaam-Meeem
अलिफ् : लाम्. – मीम. ।
🎤 तपाईंको रेकर्डिङ:
30:2 🔁 0/5
غُلِبَتِ ٱلرُّومُ  ۝٢
Ghulibatir Room
रूमीहरू परास्त भइसकेका छन्
🎤 तपाईंको रेकर्डिङ:
30:3 🔁 0/5
فِيٓ أَدۡنَى ٱلۡأَرۡضِ وَهُم مِّنۢ بَعۡدِ غَلَبِهِمۡ سَيَغۡلِبُونَ  ۝٣
Feee adnal ardi wa hummim ba`di ghalabihim sa ya ghliboon
निकटवर्ती क्षेत्रहरूमा र उनीहरू परास्त भएपछि छिटै प्रभावी भइहाल्नेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
30:4 🔁 0/5
فِي بِضۡعِ سِنِينَۗ لِلَّهِ ٱلۡأَمۡرُ مِن قَبۡلُ وَمِنۢ بَعۡدُۚ وَيَوۡمَئِذٍ يَفۡرَحُ ٱلۡمُؤۡمِنُونَ  ۝٤
Fee bid`i sineen; lillaahil amru min qablu wa mim ba`d; wa yawma`iziny yafrahul mu`minoon
केही वर्षमै । यसभन्दा पहिला र यसपछि पनि अख्तियार अल्लाहकै छ, र त्यस दिन मोमीनहरू खुशी हुनेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
30:5 🔁 0/5
بِنَصۡرِ ٱللَّهِۚ يَنصُرُ مَن يَشَآءُۖ وَهُوَ ٱلۡعَزِيزُ ٱلرَّحِيمُ  ۝٥
Binasril laa; yansuru mai yashaaa`u wa Huwal `Azeezur Raheem
अल्लाहले जसलाई चाहन्छ सहायता दिन्छ । त्यो सर्वशक्ति सम्पन्न, दयावान् छ ।
🎤 तपाईंको रेकर्डिङ:
30:6 🔁 0/5
وَعۡدَ ٱللَّهِۖ لَا يُخۡلِفُ ٱللَّهُ وَعۡدَهُۥ وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يَعۡلَمُونَ  ۝٦
Wa`dal laahi laa yukhliful laahu wa`dahoo wa laakin na aksaran naasi laa ya`lamoon
यो अल्लाहको वाचा हो । अल्लाहले आफ्नो वाचाको उल्लङ्घन गर्दैन ! किन्तु अधिकांश मानिसहरूले बुझ्दैनन् ।
🎤 तपाईंको रेकर्डिङ:
30:7 🔁 0/5
يَعۡلَمُونَ ظَٰهِرًا مِّنَ ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا وَهُمۡ عَنِ ٱلۡأٓخِرَةِ هُمۡ غَٰفِلُونَ  ۝٧
Ya`lamoona zaahiram minal hayaatid dunya wa hum `anil Aakhirati hum ghaafiloon
उनीहरूले त सांसारिक जीवनको केवल वाह्यरूप जान्दछन् । र आखिरत (अन्तिमदिन) बाट बिल्कुलै असावधान छन् ।
🎤 तपाईंको रेकर्डिङ:
30:8 🔁 0/5
أَوَلَمۡ يَتَفَكَّرُواْ فِيٓ أَنفُسِهِمۗ مَّا خَلَقَ ٱللَّهُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ وَمَا بَيۡنَهُمَآ إِلَّا بِٱلۡحَقِّ وَأَجَلٍ مُّسَمًّىۗ وَإِنَّ كَثِيرًا مِّنَ ٱلنَّاسِ بِلِقَآيِٕ رَبِّهِمۡ لَكَٰفِرُونَ  ۝٨
Awalam yatafakkaroo feee anfusihim; maa khalaqal laahus samaawaati wal arda wa maa bainahumaaa illaa bil haqqi wa ajalim musammaa; wa inna kaseeram minan naasi biliqaaa`i Rabbihim lakaafiroon
के उनीहरूले आफ्नो मनमा सोचविचार गर्दैनन् ? कि अल्लाहले आकाशहरू र धरतीलाई र जे–जति उनीहरूको बीचमा छ, सत्यका साथ एउटा निश्चित अवधिसम्मको लागि मात्र सृष्टि गरेको छ । किन्तु धेरैजसो मानिसहरू त आफ्नो पालनहारको मिलनको कुराबाट इन्कार गर्दछन् ।
🎤 तपाईंको रेकर्डिङ:
30:9 🔁 0/5
أَوَلَمۡ يَسِيرُواْ فِي ٱلۡأَرۡضِ فَيَنظُرُواْ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلَّذِينَ مِن قَبۡلِهِمۡۚ كَانُوٓاْ أَشَدَّ مِنۡهُمۡ قُوَّةً وَأَثَارُواْ ٱلۡأَرۡضَ وَعَمَرُوهَآ أَكۡثَرَ مِمَّا عَمَرُوهَا وَجَآءَتۡهُمۡ رُسُلُهُم بِٱلۡبَيِّنَٰتِۖ فَمَا كَانَ ٱللَّهُ لِيَظۡلِمَهُمۡ وَلَٰكِن كَانُوٓاْ أَنفُسَهُمۡ يَظۡلِمُونَ  ۝٩
Awalm yaseeroo fil ardi fa-yanzuroo kaifa kaana `aaqibatul lazeena min qablihim; kaanooo ashadda minhhum quwwatanw wa asaarul arda wa `amaroohaaa aksara mimmaa `amaroohaa wa jaaa`athum Rusuluhum bil baiyinaati famaa kaanal laahu liyazli mahum wa laakin kaanooo anfusahum yazlimoon
के उनीहरूले धरतीमा हिड्डुल गरेर यो देखेनन् कि उनीहरूभन्दा पहिलाका मानिसहरूको कस्तो (नराम्रो) परिणाम भयो ? उनीहरू शक्तिमा यिनीहरूभन्दा बढी बलवान थिए, र उनीहरूले धरतीमा खेतीपाती गरे र यिनीभन्दा अधिक त्यसलाई आबाद गरेका थिए, र उनीहरूको पासमा उनीहरूका रसूलले प्रत्यक्ष प्रमाण लिएर आएका थिए । अल्लाहले उनीहरूमाथि अत्याचार गर्नु त असम्भव थियो । किन्तु उनीहरू स्वयं आफूमाथि अत्याचार गर्दथे ।
🎤 तपाईंको रेकर्डिङ:
30:10 🔁 0/5
ثُمَّ كَانَ عَٰقِبَةَ ٱلَّذِينَ أَسَٰٓـُٔواْ ٱلسُّوٓأَىٰٓ أَن كَذَّبُواْ بِـَٔايَٰتِ ٱللَّهِ وَكَانُواْ بِهَا يَسۡتَهۡزِءُونَ  ۝١٠
Summa kaana`aaqibatal lazeena asaaa`us sooo aaa an kazzaboo bi aayaatil laahi wa kaanoo bihaa yastahzi`oon
अन्ततः नराम्रो गर्नेहरूको परिणाम नराम्रो भयो, किनभने उनीहरूले अल्लाहका आयतहरूलाई झूठो भनेर उनीहरूको उपहास गर्दथे ।
🎤 तपाईंको रेकर्डिङ:
30:11 🔁 0/5
ٱللَّهُ يَبۡدَؤُاْ ٱلۡخَلۡقَ ثُمَّ يُعِيدُهُۥ ثُمَّ إِلَيۡهِ تُرۡجَعُونَ  ۝١١
Allaahu yabda`ul khalqa summa yu`eeduhoo summa ilaihi turja`oon
अल्लाहले नै सृष्टिको आरम्भ गर्दछ । अनि त्यसैले उसको पुनराबृत्ति गर्नेछ । अनि उसैतिर तिमी फर्कनेछौ ।
🎤 तपाईंको रेकर्डिङ:
30:12 🔁 0/5
وَيَوۡمَ تَقُومُ ٱلسَّاعَةُ يُبۡلِسُ ٱلۡمُجۡرِمُونَ  ۝١٢
Wa yawma taqoomus Saa`atu yublisul mujrimoon
र जुन दिन कयामत (अन्तिम दिन) आइपुग्नेछ, त्यस दिन अपराधीहरू आश्चर्यचकित भइहाल्नेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
30:13 🔁 0/5
وَلَمۡ يَكُن لَّهُم مِّن شُرَكَآئِهِمۡ شُفَعَٰٓؤُاْ وَكَانُواْ بِشُرَكَآئِهِمۡ كَٰفِرِينَ  ۝١٣
Wa lam yakul lahum min shurakaaa`ihim shufa`aaa`u wa kaanoo bishurakaaa`ihim kaafireen
र उनीहरूले ठहराएका समस्त साझेदारहरूमध्ये कोही पनि सिफारिश गर्नेवाला हुनेछैन र उनीहरू आफै पनि आफ्ना साझेदारहरूलाई अस्वीकार गर्नेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
30:14 🔁 0/5
وَيَوۡمَ تَقُومُ ٱلسَّاعَةُ يَوۡمَئِذٍ يَتَفَرَّقُونَ  ۝١٤
Wa Yawma taqoomus Saa`atu Yawma`iziny yatafarraqoon
र जुन दिन प्रलय (कयामत) हुनेछ, त्यसदिन उनीहरू (विभिन्न समूह) अलग–अलग भइहाल्नेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
30:15 🔁 0/5
فَأَمَّا ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ فَهُمۡ فِي رَوۡضَةٍ يُحۡبَرُونَ  ۝١٥
Fa ammal lazeena aamanoo wa `amilus saalihaati fahum fee rawdatiny yuhbaroon
र जसले ईमान ल्याए र असल कर्म गरे, उनीहरू स्वर्गमा प्रसन्नतापूर्वक राखिनेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
30:16 🔁 0/5
وَأَمَّا ٱلَّذِينَ كَفَرُواْ وَكَذَّبُواْ بِـَٔايَٰتِنَا وَلِقَآيِٕ ٱلۡأٓخِرَةِ فَأُوْلَٰٓئِكَ فِي ٱلۡعَذَابِ مُحۡضَرُونَ  ۝١٦
Wa ammal lazeena kafaroo wa kazzaboo bi-Aayaatinaa wa liqaaa`il Aakhirati faulaaa`ika fil`azaabi muhdaroon
तर जुन मानिसहरूले इन्कार गरेका थिए र हाम्रा आयतहरू र आखिरतको साक्षात्कारलाई झूठो भनेका थिए उनीहरू सबै यातनामा पर्नेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
30:17 🔁 0/5
فَسُبۡحَٰنَ ٱللَّهِ حِينَ تُمۡسُونَ وَحِينَ تُصۡبِحُونَ  ۝١٧
Fa Subhaanal laahi heena tumsoona wa heena tusbihoon
यसर्थ जब साँझ पर्छ र जुन बेला बिहान हुन्छ, तिमीहरू अल्लाहको सतुति (तस्बीह) पढ्नेगर ।
🎤 तपाईंको रेकर्डिङ:
30:18 🔁 0/5
وَلَهُ ٱلۡحَمۡدُ فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَعَشِيًّا وَحِينَ تُظۡهِرُونَ  ۝١٨
Wa lahul hamdu fis samaawaati wal ardi wa `ashiyyanw wa heena tuzhiroon
र आकाशहरू र धरतीमा सबै प्रशंसा योग्य उही मात्र छ । अप्रान्हमा पनि र मध्यान्हपछि पनि (उसको पवित्रताको वर्णन गर) ।
🎤 तपाईंको रेकर्डिङ:
30:19 🔁 0/5
يُخۡرِجُ ٱلۡحَيَّ مِنَ ٱلۡمَيِّتِ وَيُخۡرِجُ ٱلۡمَيِّتَ مِنَ ٱلۡحَيِّ وَيُحۡيِ ٱلۡأَرۡضَ بَعۡدَ مَوۡتِهَاۚ وَكَذَٰلِكَ تُخۡرَجُونَ  ۝١٩
Yukhrijul haiya minal maiyiti wa yukhrijul maiyita minal haiyi wa yuhyil arda ba`da mawtihaa; wa kazaalika tukhrajoon
उसैले जीवितलाई मृतबाट निकाल्दछ र मृतलाई जीवितबाट र धरतीलाई उसको मृत्युपश्चात उसैले जीवन प्रदान गर्दछ । यसै प्रकार तिमी पनि पुनः धरतीबाट निकालिने छौ ।
🎤 तपाईंको रेकर्डिङ:
30:20 🔁 0/5
وَمِنۡ ءَايَٰتِهِۦٓ أَنۡ خَلَقَكُم مِّن تُرَابٍ ثُمَّ إِذَآ أَنتُم بَشَرٌ تَنتَشِرُونَ  ۝٢٠
Wa min Aayaatiheee an khalaqakum min turaabin summa izaaa antum basharun tantashiroon
(र यो) उसको निशानीहरूमध्ये हो कि उसले तिमीलाई माटोबाट सृष्टि गर्यो । अनि अब तिमी मानिस भई ठाउँ ठाउँमा फैलिराखेका छौ ।
🎤 तपाईंको रेकर्डिङ:
30:21 🔁 0/5
وَمِنۡ ءَايَٰتِهِۦٓ أَنۡ خَلَقَ لَكُم مِّنۡ أَنفُسِكُمۡ أَزۡوَٰجًا لِّتَسۡكُنُوٓاْ إِلَيۡهَا وَجَعَلَ بَيۡنَكُم مَّوَدَّةً وَرَحۡمَةًۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٍ لِّقَوۡمٍ يَتَفَكَّرُونَ  ۝٢١
Wa min Aayaatiheee an khalaqa lakum min anfusikum azwaajal litaskunooo ilaihaa wa ja`ala bainakum mawad datanw wa rahmah; inna fee zaalika la Aayaatil liqawminy yatafakkaroon
र (यो पनि) उसको निशानीहरूमध्ये हो कि उसले तिम्रै सहजातिबाट तिम्रो लागि जोडी (स्वास्नीहरू) सृष्टि गर्यो, ताकि तिमी उनीबाट आराम (सन्तुष्टि) प्राप्त गर र उसले तिम्रोबीचमा प्रेम र सहानुभूति सृष्टि गर्यो, निश्चयनै यसमा धेरै निशानीहरू छन्, उनको लागि जो सोचविचार गर्दछन् ।
🎤 तपाईंको रेकर्डिङ:
30:22 🔁 0/5
وَمِنۡ ءَايَٰتِهِۦ خَلۡقُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَٱخۡتِلَٰفُ أَلۡسِنَتِكُمۡ وَأَلۡوَٰنِكُمۡۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٍ لِّلۡعَٰلِمِينَ  ۝٢٢
Wa min Aayaatihee khalqus samaawaati wal aardi wakhtilaafu alsinatikum wa alwaanikum; inna fee zaalika la Aayaatil lil`aalimeen
उसको क्षमताका निशानीहरूमध्ये आकाशहरू र धरतीको सृजना र तिम्रो भाषा र तिम्रा रंगहरूको विविधता पनि हो । निःसन्देह यसमा ज्ञानी र चिन्तनशीलहरूको निम्ति धेरै निशानीहरू छन् ।
🎤 तपाईंको रेकर्डिङ:
30:23 🔁 0/5
وَمِنۡ ءَايَٰتِهِۦ مَنَامُكُم بِٱلَّيۡلِ وَٱلنَّهَارِ وَٱبۡتِغَآؤُكُم مِّن فَضۡلِهِۦٓۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٍ لِّقَوۡمٍ يَسۡمَعُونَ  ۝٢٣
Wa min Aayaatihee manaamukum bil laili wannahaari wabtighaaa`ukum min fadlih; inna fee zaalika la Aayaatil liqawminy yasma`oon
र उसको शक्तिको निशानीहरूमध्ये राती र दिनको निद्रा पनि हो र उसको अनुग्रह (जीविका) लाई तिमीले तलाश गर्नु (खोज्नु) पनि हो । निश्चय नै यसमा निशानीहरू छन्, ती मानिसहरूको निम्ति जो सुन्दछन् ।
🎤 तपाईंको रेकर्डिङ:
30:24 🔁 0/5
وَمِنۡ ءَايَٰتِهِۦ يُرِيكُمُ ٱلۡبَرۡقَ خَوۡفًا وَطَمَعًا وَيُنَزِّلُ مِنَ ٱلسَّمَآءِ مَآءً فَيُحۡيِۦ بِهِ ٱلۡأَرۡضَ بَعۡدَ مَوۡتِهَآۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٍ لِّقَوۡمٍ يَعۡقِلُونَ  ۝٢٤
Wa min Aayaatihee yureekumul barqa khawfanw wa tama`anw wa yunazzilu minas samaaa`i maaa`an fa yuhyee bihil arda ba`da mawtihaaa inna fee zaalika la Aayaatil liqawminy ya`qiloon
र उसकै निशानीहरूमध्ये एक यो पनि हो कि उसले तिमीलाई बिजुलीको चमक, भय र आशा उत्पन्न गर्नको निम्ति देखाउँछ र आकाशबाट पानी वर्षाउछ । त्यसबाट निर्जीव धरतीलाई जीवन प्रदान गर्दछ । यसमा पनि बुद्धिमानहरूको निम्ति धेरै निशानीहरू छन् ।
🎤 तपाईंको रेकर्डिङ:
30:25 🔁 0/5
وَمِنۡ ءَايَٰتِهِۦٓ أَن تَقُومَ ٱلسَّمَآءُ وَٱلۡأَرۡضُ بِأَمۡرِهِۦۚ ثُمَّ إِذَا دَعَاكُمۡ دَعۡوَةً مِّنَ ٱلۡأَرۡضِ إِذَآ أَنتُمۡ تَخۡرُجُونَ  ۝٢٥
Wa min Aayaatihee an taqoomas samaaa`u wal ardu bi-amrih; summa izaa da`aakum da`watam minal ardi izaaa antum takhrujoon
र अर्को निशानी यो पनि छ कि आकाश र धरती उसैको आदेशले कायम छन् । अनि जब उसले तिमीलाई आवाज दिनेछ, तब एउटै आवाजबाट तिमी तुरुन्तै धरतीबाट निस्किहाल्ने छौ ।
🎤 तपाईंको रेकर्डिङ:
30:26 🔁 0/5
وَلَهُۥ مَن فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ كُلٌّ لَّهُۥ قَٰنِتُونَ  ۝٢٦
Wa lahoo man fissamaawaati wal ardi kullul lahoo qaanitoon
र आकाश र जमिनका सबै कुराहरू उसैको सम्पत्ति हुन र सबै उसैको आदेशको अधीन छन् ।
🎤 तपाईंको रेकर्डिङ:
30:27 🔁 0/5
وَهُوَ ٱلَّذِي يَبۡدَؤُاْ ٱلۡخَلۡقَ ثُمَّ يُعِيدُهُۥ وَهُوَ أَهۡوَنُ عَلَيۡهِۚ وَلَهُ ٱلۡمَثَلُ ٱلۡأَعۡلَىٰ فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ وَهُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ  ۝٢٧
Wa Huwal lazee yabda`ul khalqa summa yu`eeduhoo wa huwa ahwanu `alaih; wa lahul masalul la`laa fissamaawaati wal-ard; wa Huwal `Azeezul Hakeem
र उही त हो जसले सर्वप्रथम सृष्टिको आरम्भ गर्दछ, अनि उसैले उसको पुनराबृत्ति गर्नेछ । यो उसको निम्ति धेरै सजिलो छ, आकाशहरू र जमिनमा उसको शान (गुण) सर्वोच्च छ र ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।
🎤 तपाईंको रेकर्डिङ:
30:28 🔁 0/5
ضَرَبَ لَكُم مَّثَلًا مِّنۡ أَنفُسِكُمۡۖ هَل لَّكُم مِّن مَّا مَلَكَتۡ أَيۡمَٰنُكُم مِّن شُرَكَآءَ فِي مَا رَزَقۡنَٰكُمۡ فَأَنتُمۡ فِيهِ سَوَآءٌ تَخَافُونَهُمۡ كَخِيفَتِكُمۡ أَنفُسَكُمۡۚ كَذَٰلِكَ نُفَصِّلُ ٱلۡأٓيَٰتِ لِقَوۡمٍ يَعۡقِلُونَ  ۝٢٨
Daraba lakum masalam min anfusikum hal lakum mimmaa malakat aymaanukum min shurakaaa`a fee maa razaqnaakum fa antum feehi sawaaa`un takhaafoonahum kakheefa tikum anfusakum; kazaalika nufassilul Aayaati liqawminy ya`qiloon
अल्लाहले तिम्रो लागि स्वयम् तिम्रो एउटा उदाहरणको वर्णन गरेको छ । जे जति मैले तिमीलाई दिइराखेको छु के तिम्रो दासहरूमध्येको पनि कोही त्यसमा हकदार छ ? कि तिमी र तिनी त्यसमा बराबर भागीदार छौ ? र तिमीले उनीसित यस्तो डराउँछौ जस्तो तिमी आफ्नै (भाइ–अंशियारहरू) सित डराउँछौ हामीले बुद्धिमानहरूको लागि यस्तै स्पष्ट गरी–गरी आयतहरू वर्णन गर्दछौं ।
🎤 तपाईंको रेकर्डिङ:
30:29 🔁 0/5
بَلِ ٱتَّبَعَ ٱلَّذِينَ ظَلَمُوٓاْ أَهۡوَآءَهُم بِغَيۡرِ عِلۡمٍۖ فَمَن يَهۡدِي مَنۡ أَضَلَّ ٱللَّهُۖ وَمَا لَهُم مِّن نَّٰصِرِينَ  ۝٢٩
Balit taba`al lazeena zalamooo ahwaaa`ahum bighairi `ilmin famai yahdee man adallal laahu wa maa lahum min naasireen
अपितु कुरो यो हो कि यी अन्यायीहरू बिना ज्ञान त्यस्तै स्वार्थपूर्तिमा लागेका छन् । त्यसलाई कसले बाटो (सही बाटो) देखाउन सक्दछ जसलाई अल्लाहले मार्गविचलित गरिदिन्छन् । यिनीहरूको एउटा पनि मद्दत गर्नेवाला हुँदैन ।
🎤 तपाईंको रेकर्डिङ:
30:30 🔁 0/5
فَأَقِمۡ وَجۡهَكَ لِلدِّينِ حَنِيفًاۚ فِطۡرَتَ ٱللَّهِ ٱلَّتِي فَطَرَ ٱلنَّاسَ عَلَيۡهَاۚ لَا تَبۡدِيلَ لِخَلۡقِ ٱللَّهِۚ ذَٰلِكَ ٱلدِّينُ ٱلۡقَيِّمُ وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يَعۡلَمُونَ  ۝٣٠
Fa aqim wajhaka liddeeni Haneefaa; fitratal laahil latee fataran naasa `alaihaa; laa taabdeela likhalqil laah; zaalikad deenul qaiyimu wa laakinna aksaran naasi laa ya`lamoon
तसर्थ तपार्इं दत्तचित्त भएर आफूलाई दीन (इस्लाम) तर्फ लगाउँदै गर्नुस्, अल्लाहको त्यो विशेषता जसमाथि उसले मानिसहरूको सृष्टि गरेको छ । अल्लाहले बनाएको (लाई) नबदल्नु, यही सोझो धर्म हो । तर धेरैले बुझ्दैनन् ।
🎤 तपाईंको रेकर्डिङ:
30:31 🔁 0/5
۞ مُنِيبِينَ إِلَيۡهِ وَٱتَّقُوهُ وَأَقِيمُواْ ٱلصَّلَوٰةَ وَلَا تَكُونُواْ مِنَ ٱلۡمُشۡرِكِينَ  ۝٣١
Muneebeena ilaihi wattaqoohu wa aqeemus Salaata wa laa takoonoo minal mushrikeen
(मानिसहरू हो !) अल्लाहतर्फ लागेर ऊसित डर मान्ने गर र नमाज पढ्ने गर र मुश्रिकहरूमध्येबाट नबन्नु ।
🎤 तपाईंको रेकर्डिङ:
30:32 🔁 0/5
مِنَ ٱلَّذِينَ فَرَّقُواْ دِينَهُمۡ وَكَانُواْ شِيَعًاۖ كُلُّ حِزۡبِۭ بِمَا لَدَيۡهِمۡ فَرِحُونَ  ۝٣٢
Minal lazeena farraqoo deenahum wa kaanoo shiya`an kullu hizbim bimaa ladaihim farihoon
उनीहरूमध्येबाट जसले आफ्नो धर्मलाई टुक्रा–टुक्रा गरिदिए र स्वयम् पनि समूह–समूहमा विभाजित भए, प्रत्येक समूह आफूसंग भएको चीज–वस्तुमा प्रसन्न छ ।
🎤 तपाईंको रेकर्डिङ:
30:33 🔁 0/5
وَإِذَا مَسَّ ٱلنَّاسَ ضُرٌّ دَعَوۡاْ رَبَّهُم مُّنِيبِينَ إِلَيۡهِ ثُمَّ إِذَآ أَذَاقَهُم مِّنۡهُ رَحۡمَةً إِذَا فَرِيقٌ مِّنۡهُم بِرَبِّهِمۡ يُشۡرِكُونَ  ۝٣٣
Wa izaa massan naasa durrun da`aw Rabbahum muneebeena ilaihi summa izaaa azaqahum minhu rahmatan izaa fareequm minhum be Rabbihim yushrikoon
जब मानिसहरूलाई कुनै कष्ट पुगदछ, त आफ्नो पालनकर्तातर्फ प्रवृत्त भएर प्रार्थना गर्दछन् । अनि जब उसले उनीहरूलाई आफ्नो दयालुताको रसास्वादन गराइदिन्छ तब उनीहरूमध्ये केही मानिसहरूले (एउटा समूहले) आफ्नो पालनकर्ताको साझेदार ठहराउन थाल्दछन् ।
🎤 तपाईंको रेकर्डिङ:
30:34 🔁 0/5
لِيَكۡفُرُواْ بِمَآ ءَاتَيۡنَٰهُمۡۚ فَتَمَتَّعُواْ فَسَوۡفَ تَعۡلَمُونَ  ۝٣٤
Li yakfuroo bimaaa aatainaahum; fatamatta`oo fasawfa ta`lamoon
ताकि उनीहरूले त्यसप्रति अकृतज्ञता देखाऊन् जुन हामीले उनीहरूलाई प्रदान गरेका छौं, ठीकै छ तिमी फाइदा उठाइहाल । अति शीघ्र नै तिमीलाई (परिणाम) थाहा भइहाल्नेछ ।
🎤 तपाईंको रेकर्डिङ:
30:35 🔁 0/5
أَمۡ أَنزَلۡنَا عَلَيۡهِمۡ سُلۡطَٰنًا فَهُوَ يَتَكَلَّمُ بِمَا كَانُواْ بِهِۦ يُشۡرِكُونَ  ۝٣٥
Am anzalnaa `alaihim sultaanan fahuwa yatakallamu bimaa kaanoo bihee yushrikoon
के हामीले उनीहरूलाई कुनै यस्तो प्रमाण उतारेका छौं जसले उनलाई स्पष्ट गरी अल्लाहको साथ शिर्क गर्न सिकाउँछ ।
🎤 तपाईंको रेकर्डिङ:
30:36 🔁 0/5
وَإِذَآ أَذَقۡنَا ٱلنَّاسَ رَحۡمَةً فَرِحُواْ بِهَاۖ وَإِن تُصِبۡهُمۡ سَيِّئَةُۢ بِمَا قَدَّمَتۡ أَيۡدِيهِمۡ إِذَا هُمۡ يَقۡنَطُونَ  ۝٣٦
Wa izaaa azaqnan naasa rahmatan farihoo bihaa wa in tusibhum sayyi`atum bimaa qaddamat aydeehim izaa hum yaqnatoon
र जब हामीले मानिसहरूलाई आफ्नो दयालुताको रसास्वादन गराउँदछौं त अत्यन्त खुशी भइहाल्छन् र यदि उनकै हातले गरेको उनीहरूका कर्महरूको कारणले कुनै कष्ट पुग्दछ भने निराश भइहाल्दछन् ।
🎤 तपाईंको रेकर्डिङ:
30:37 🔁 0/5
أَوَلَمۡ يَرَوۡاْ أَنَّ ٱللَّهَ يَبۡسُطُ ٱلرِّزۡقَ لِمَن يَشَآءُ وَيَقۡدِرُۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٍ لِّقَوۡمٍ يُؤۡمِنُونَ  ۝٣٧
Awalam yaraw annal laaha yabsutur rizqa limai yashaaa`u wa yaqdir; inna fee zaalika la Aayaatil liqawminy yu`minoon
के उनीहरूले यो देखेनन् कि अल्लाहले नै जसको निम्ति चाहन्छ जीविका विस्तृत गरिदिन्छ र जसको निम्ति चाहन्छ संकुचित गरिदिन्छ । निःसन्देह यसमा पनि ईमानवालाहरूको निम्ति निशानीहरू छन् ।
🎤 तपाईंको रेकर्डिङ:
30:38 🔁 0/5
فَـَٔاتِ ذَا ٱلۡقُرۡبَىٰ حَقَّهُۥ وَٱلۡمِسۡكِينَ وَٱبۡنَ ٱلسَّبِيلِۚ ذَٰلِكَ خَيۡرٌ لِّلَّذِينَ يُرِيدُونَ وَجۡهَ ٱللَّهِۖ وَأُوْلَٰٓئِكَ هُمُ ٱلۡمُفۡلِحُونَ  ۝٣٨
Fa aati zal qurbaa haqqahoo walmiskeena wabnassabeel; zaalika khairul lil lazeena yureedoona Wajhal laahi wa ulaaa`ika humul muflihoon
तसर्थ नातेदारहरू र निमुखाहरू र बटुवाहरूलाई उनीहरूको हक दिनेगर, जुन मानिसहरू अल्लाहको प्रसन्नताको इच्छुक छन, यो उनीहरूको हकमा राम्रो छ, र यिनै मानिसहरू सफलता प्राप्त गर्नेवाला हुन् ।
🎤 तपाईंको रेकर्डिङ:
30:39 🔁 0/5
وَمَآ ءَاتَيۡتُم مِّن رِّبًا لِّيَرۡبُوَاْ فِيٓ أَمۡوَٰلِ ٱلنَّاسِ فَلَا يَرۡبُواْ عِندَ ٱللَّهِۖ وَمَآ ءَاتَيۡتُم مِّن زَكَوٰةٍ تُرِيدُونَ وَجۡهَ ٱللَّهِ فَأُوْلَٰٓئِكَ هُمُ ٱلۡمُضۡعِفُونَ  ۝٣٩
Wa maaa aataitum mir ribal li yarbuwa feee amwaalin naasi falaa yarboo `indal laahi wa maaa aataitum min zaakaatin tureedoona wajhal laahi fa ulaaa`ika humul mud`ifoon
तिमीले जुन व्याजमा दिन्छौ, ताकि त्यो मानिसको मालमा शम्मिलित भई बढ्ने गरोस्, त त्यो अल्लाहकहाँ बढ्दैन, तर जुन जकात तिमीले अल्लाहको प्रसन्नता प्राप्त गर्नको निम्ति दियौ, त यस्ता मानिसहरूले नै (अल्लाहकहाँ) आफ्नो मालमा वृद्धि गर्छन् ।
🎤 तपाईंको रेकर्डिङ:
30:40 🔁 0/5
ٱللَّهُ ٱلَّذِي خَلَقَكُمۡ ثُمَّ رَزَقَكُمۡ ثُمَّ يُمِيتُكُمۡ ثُمَّ يُحۡيِيكُمۡۖ هَلۡ مِن شُرَكَآئِكُم مَّن يَفۡعَلُ مِن ذَٰلِكُم مِّن شَيۡءٍۚ سُبۡحَٰنَهُۥ وَتَعَٰلَىٰ عَمَّا يُشۡرِكُونَ  ۝٤٠
Allaahul lazee khalaqa kum summa razaqakm summa yumeetukum summa yuhyeekum hal min shurakaaa`ikum mai yaf`alu min zaalikum min shai`; Sub haanahoo wa Ta`aalaa `ammaa yushrikoon
अल्लाह नै त हो जसले तिमीलाई सृष्टि गर्यो, अनि तिमीलाई जीविका दियो, अनि तिमीलाई उसले मृत्यु दिनेछ अनि तिमीलाई जीवित गर्नेछ । के तिमीले साझेदार ठहराकाहरूमध्ये पनि कोही यस्तो छ, जसले यी कामहरूमध्ये केही गर्न सकोस् । अल्लाहको लागि पवित्रता र श्रेष्ठता छ उनीहरूका साझेदारहरूबाट ।
🎤 तपाईंको रेकर्डिङ:
30:41 🔁 0/5
ظَهَرَ ٱلۡفَسَادُ فِي ٱلۡبَرِّ وَٱلۡبَحۡرِ بِمَا كَسَبَتۡ أَيۡدِي ٱلنَّاسِ لِيُذِيقَهُم بَعۡضَ ٱلَّذِي عَمِلُواْ لَعَلَّهُمۡ يَرۡجِعُونَ  ۝٤١
Zaharal fasaadu fil barri wal bahri bimaa kasabat aydinnaasi li yuzeeqahum ba`dal lazee `amiloo la`allahum yarji`oon
थल, र जलमा मानिसहरूका गलत क्रियाकलापलेगर्दा दंगा फैलिसक्यो ताकि अल्लाहले उनीहरूलाई उनीहरूको करतूतहरूको केहि स्वाद चखाओस् । कदाचित तिनीहरू नराम्रो कामबाट रुकुन् ।
🎤 तपाईंको रेकर्डिङ:
30:42 🔁 0/5
قُلۡ سِيرُواْ فِي ٱلۡأَرۡضِ فَٱنظُرُواْ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلَّذِينَ مِن قَبۡلُۚ كَانَ أَكۡثَرُهُم مُّشۡرِكِينَ  ۝٤٢
Qul seeroo fil ardi fanzuroo kaifa kaana `aaqibatul lazeena min qabl; kaana aksaruhum mushrikeen
धरतीमा हिंडडुल गरेर हेर कि जुन मानिसहरू तिमीभन्दा पहिला थिए, उनीहरूको परिणाम कस्तो भयो ? उनीहरूमा धेरै जसो मुश्रिक नै थिए ।
🎤 तपाईंको रेकर्डिङ:
30:43 🔁 0/5
فَأَقِمۡ وَجۡهَكَ لِلدِّينِ ٱلۡقَيِّمِ مِن قَبۡلِ أَن يَأۡتِيَ يَوۡمٌ لَّا مَرَدَّ لَهُۥ مِنَ ٱللَّهِۖ يَوۡمَئِذٍ يَصَّدَّعُونَ  ۝٤٣
Fa aqim wajhaka lid deenil qaiyimi min qabli any yaatiya Yawmul laa maradda lahoo minal laahi Yawma`iziny yassadda`oon
अतः तपार्इं आफ्नो अनुहार यस सत्य धर्मतिर नै राख्नु होस् यसभन्दा अगाडि कि अल्लाहको तर्फबाट त्यो दिन आइहालोस्, जुन टर्नेवाला छैन । (मानिसहरू) त्यस दिन सबै यताउता (तितर–बित्तर) भइदिन्छन् ।
🎤 तपाईंको रेकर्डिङ:
30:44 🔁 0/5
مَن كَفَرَ فَعَلَيۡهِ كُفۡرُهُۥۖ وَمَنۡ عَمِلَ صَٰلِحًا فَلِأَنفُسِهِمۡ يَمۡهَدُونَ  ۝٤٤
Man kafara fa`alaihi kufruhoo wa man `amila saalihan fali anfusihim yamhadoon
जसले इन्कार गर्यो त उसको इन्कार उसैको लागि घातक सिद्ध हुनेछ र जसले राम्रो कर्म गरे, उनीहरूले आफ्नै आरामको साधन जुटाइराखेका छन् ।
🎤 तपाईंको रेकर्डिङ:
30:45 🔁 0/5
لِيَجۡزِيَ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ مِن فَضۡلِهِۦٓۚ إِنَّهُۥ لَا يُحِبُّ ٱلۡكَٰفِرِينَ  ۝٤٥
Li yajziyal lazeena aamanoo wa `amilus saalihaati min fadlih; innahoo laa yuhibbul kaafireen
ताकि जसले ईमान ल्याए र असल कर्म गरिरहे, उनीहरूलाई अल्लाहले आफ्नो दयालुताले पुरस्कार देओस् । निःसन्देह त्यसले काफिरहरूलाई प्रेम गर्दैन ।
🎤 तपाईंको रेकर्डिङ:
30:46 🔁 0/5
وَمِنۡ ءَايَٰتِهِۦٓ أَن يُرۡسِلَ ٱلرِّيَاحَ مُبَشِّرَٰتٍ وَلِيُذِيقَكُم مِّن رَّحۡمَتِهِۦ وَلِتَجۡرِيَ ٱلۡفُلۡكُ بِأَمۡرِهِۦ وَلِتَبۡتَغُواْ مِن فَضۡلِهِۦ وَلَعَلَّكُمۡ تَشۡكُرُونَ  ۝٤٦
Wa min Aayaatiheee anyyursilar riyaaha mubashshi raatinw wa li yuzeeqakum mir rahmatihee wa litajriyal fulku bi amrihee wa litabtaghoo min fadlihee wa la`allakum tashkuroon
र उसको निशानीहरूमध्ये शुभ समाचार दिन हावा चलाउनु पनि हो । जसबाट उसले तिमीलाई आफ्नो दयालुताको स्वाद चखाओस् र ताकि उसको आदेशबाट डुंगाहरू चलुन्, र ताकि तिमीले उसको अनुग्रह (जीविका) खोज, र त्यसहेतु तिमीले कृतज्ञता प्रकट गर ।
🎤 तपाईंको रेकर्डिङ:
30:47 🔁 0/5
وَلَقَدۡ أَرۡسَلۡنَا مِن قَبۡلِكَ رُسُلًا إِلَىٰ قَوۡمِهِمۡ فَجَآءُوهُم بِٱلۡبَيِّنَٰتِ فَٱنتَقَمۡنَا مِنَ ٱلَّذِينَ أَجۡرَمُواْۖ وَكَانَ حَقًّا عَلَيۡنَا نَصۡرُ ٱلۡمُؤۡمِنِينَ  ۝٤٧
Wa laqad arsalnaa min qablika Rusulan ilaa qawmihim fajaaa`oohum bil baiyinaati fantaqamnaa minal lazeena ajramoo wa kaana haqqan `alainaa nasrul mu`mineen
र हामीले तपाईंभन्दा पहिला पनि रसूलहरूलाई (संदेशवाहकहरूलाई) उनीहरूको जातिबन्धुतिर पठायौं, र उनीहरूले तिनीहरूको पासमा खुल्ला प्रमाणहरू लिएर आए अनि अपराधीहरूबाट हामीले प्रतिशोध लियौं। (तसर्थ) जुन मानिसहरूले ईमान ल्याए तिनीहरूको सहायता गर्नु हामीलाई जरुरी थियो ।
🎤 तपाईंको रेकर्डिङ:
30:48 🔁 0/5
ٱللَّهُ ٱلَّذِي يُرۡسِلُ ٱلرِّيَٰحَ فَتُثِيرُ سَحَابًا فَيَبۡسُطُهُۥ فِي ٱلسَّمَآءِ كَيۡفَ يَشَآءُ وَيَجۡعَلُهُۥ كِسَفًا فَتَرَى ٱلۡوَدۡقَ يَخۡرُجُ مِنۡ خِلَٰلِهِۦۖ فَإِذَآ أَصَابَ بِهِۦ مَن يَشَآءُ مِنۡ عِبَادِهِۦٓ إِذَا هُمۡ يَسۡتَبۡشِرُونَ  ۝٤٨
Allaahul lazee yursilur riyaaha fatuseeru sahaaban fa yabsutuhoo fis samaaa`i kaifa yashaaa`u wa yaj`aluhoo kisafan fataral wadqa yakhruju min khilaalihee fa izaaa asaaba bihee mai yashaaa`u min `ibaadiheee izaa hum yastabshiroon
अल्लाहले नै वायुहरूलाई चलाउँछ उनीहरूले बादललाई उठाउँछन्, अनि जुन प्रकारले चाहन्छ उनीहरूलाई आकाशमा फिंजाइदिन्छ र तिनीहरूलाई विभिन्न पत्रहरू र टुक्राहरूको रूप दिन्छ । अनि तपाईंले देख्नु हुन्छ कि तिनीहरूको बीचबाट वर्षाका बूँदहरू झर्छन् । अनि जसलाई चाहन्छ त्यस सेवकमाथि पानी वर्षाउँछ, तब उनीहरू प्रसन्न भइहाल्छन् ।
🎤 तपाईंको रेकर्डिङ:
30:49 🔁 0/5
وَإِن كَانُواْ مِن قَبۡلِ أَن يُنَزَّلَ عَلَيۡهِم مِّن قَبۡلِهِۦ لَمُبۡلِسِينَ  ۝٤٩
Wa in kaanoo min qabli any yunazzala `alaihim min qablihee lamubliseen
निश्चित मान्नुस् कि वर्षा हुनुभन्दा अगाडि उनीहरू निराश भइराखेका थिए ।
🎤 तपाईंको रेकर्डिङ:
30:50 🔁 0/5
فَٱنظُرۡ إِلَىٰٓ ءَاثَٰرِ رَحۡمَتِ ٱللَّهِ كَيۡفَ يُحۡيِ ٱلۡأَرۡضَ بَعۡدَ مَوۡتِهَآۚ إِنَّ ذَٰلِكَ لَمُحۡيِ ٱلۡمَوۡتَىٰۖ وَهُوَ عَلَىٰ كُلِّ شَيۡءٍ قَدِيرٌ  ۝٥٠
Fanzur ilaaa aasaari rahmatil laahi kaifa yuhyil arda ba`da mawtihaa; inna zaalika lamuhyil mawtaa wa Huwa `alaa kulli shai`in Qadeer
अतः तपाईंले अल्लाहको दयालुताका लक्षणहरू हेर्नुस् कि त्यसले कुन प्रकारले पृथ्वीलाई उसको मृत्यु पश्चात जीवित गर्दछ, निश्चय नै उसैले मृतहरूलाई जीवित पार्नेवाला हो र ऊ प्रत्येक कुरामाथि सामथ्र्यवान छ ।
🎤 तपाईंको रेकर्डिङ:
30:51 🔁 0/5
وَلَئِنۡ أَرۡسَلۡنَا رِيحًا فَرَأَوۡهُ مُصۡفَرًّا لَّظَلُّواْ مِنۢ بَعۡدِهِۦ يَكۡفُرُونَ  ۝٥١
Wa la`in arsalnaa reehan fara awhu musfarral lazalloo mim ba`dihee yakfuroon
र, यदि हामीले एउटा आँधीवेरी पठाउँछौं (जसको प्रभावबाट) त्यस खेतीलाई पहेलो भएको देख्छन्, तब यस पश्चात उनीहरूले कृतध्नता प्रकट गर्न थाल्छन् ।
🎤 तपाईंको रेकर्डिङ:
30:52 🔁 0/5
فَإِنَّكَ لَا تُسۡمِعُ ٱلۡمَوۡتَىٰ وَلَا تُسۡمِعُ ٱلصُّمَّ ٱلدُّعَآءَ إِذَا وَلَّوۡاْ مُدۡبِرِينَ  ۝٥٢
Fa innaka laa tusmi`ul mawtaa wa laa tusmi`us summad du`aaa`a izaa wallaw mudbireen
निःसन्देह तपाईले मृतकहरूलाई (कुरा) सुनाउन सक्नुहुन्न र न बहिराहरूलाई आफ्नो आवाज सुनाउन सक्नुहुन्छ, जब कि उनीहरू पिठ्युँ फर्काएर मुडिसकेका छन् ।
🎤 तपाईंको रेकर्डिङ:
30:53 🔁 0/5
وَمَآ أَنتَ بِهَٰدِ ٱلۡعُمۡيِ عَن ضَلَٰلَتِهِمۡۖ إِن تُسۡمِعُ إِلَّا مَن يُؤۡمِنُ بِـَٔايَٰتِنَا فَهُم مُّسۡلِمُونَ  ۝٥٣
Wa maa anta bihaadil `umyi `an dalaalatihim in tusmi`u illaa mai yuminu bi aayaatinaa fahum muslimoon
र नत तपार्इं अन्धाहरूलाई उनीहरूको मार्ग विचलनबाट (निकालेर) सोझो बाटोमा ल्याउन सक्नुहुन्छ । तपाईंले मात्र उनीहरूलाई सुनाउन सक्नुहुन्छ, जसले हाम्रा आयतहरूमाथि ईमान राख्दछन्, तसर्थ तिनीहरू नै आज्ञाकारी हुन् ।
🎤 तपाईंको रेकर्डिङ:
30:54 🔁 0/5
۞ ٱللَّهُ ٱلَّذِي خَلَقَكُم مِّن ضَعۡفٍ ثُمَّ جَعَلَ مِنۢ بَعۡدِ ضَعۡفٍ قُوَّةً ثُمَّ جَعَلَ مِنۢ بَعۡدِ قُوَّةٍ ضَعۡفًا وَشَيۡبَةًۚ يَخۡلُقُ مَا يَشَآءُۚ وَهُوَ ٱلۡعَلِيمُ ٱلۡقَدِيرُ  ۝٥٤
Allahul lazee khalaqa kum min du`fin summa ja`ala mim ba`di du`fin quwwatan summa ja`ala mim ba`di quwwatin du`fanw wa shaibah; yakhluqu maa yashaaa`u wa Huwal `Aleemul Qadeer
अल्लाह नै हो, जसले तिमीलाई निर्वल सृष्टि गर्यो, अनि निर्वलता पश्चात् शक्ति प्रदान गर्यो, अनि शक्ति पश्चात निर्वलता र बृद्धावस्था दियो । (त्यसले) जे चाहन्छ सृष्टि गर्दछ, ऊ सबै जान्नेवाला र सबैमाथि सामथ्र्यवान छ ।
🎤 तपाईंको रेकर्डिङ:
30:55 🔁 0/5
وَيَوۡمَ تَقُومُ ٱلسَّاعَةُ يُقۡسِمُ ٱلۡمُجۡرِمُونَ مَا لَبِثُواْ غَيۡرَ سَاعَةٍۚ كَذَٰلِكَ كَانُواْ يُؤۡفَكُونَ  ۝٥٥
Wa Yawma taqoomus Saa`atu yuqsimul mujrimoona maa labisoo ghaira saa`ah; kazaalika kaanoo yu`fakoon
र जुन दिन कियामत (प्रलयको अन्तिम दिन) आइपुग्नेछ, त्यतिखेर अपराधीहरूले शपथ खानेछन् कि उनीहरू यस दुनियाँमा एक घडीभन्दा (क्षणभन्दा) बढी रहेनन्, यसै प्रकारले उनीहरू भ्रमित नै रहे ।
🎤 तपाईंको रेकर्डिङ:
30:56 🔁 0/5
وَقَالَ ٱلَّذِينَ أُوتُواْ ٱلۡعِلۡمَ وَٱلۡإِيمَٰنَ لَقَدۡ لَبِثۡتُمۡ فِي كِتَٰبِ ٱللَّهِ إِلَىٰ يَوۡمِ ٱلۡبَعۡثِۖ فَهَٰذَا يَوۡمُ ٱلۡبَعۡثِ وَلَٰكِنَّكُمۡ كُنتُمۡ لَا تَعۡلَمُونَ  ۝٥٦
Wa qaalal lazeena ootul `ilma wal eemaana laqad labistum fee kitaabil laahi ilaa yawmil ba`si fahaazaa yawmul ba`si wa laakinnakum kuntum laa ta`lamoon
तर जुन मानिसहरूलाई ज्ञान र ईमान प्रदान गरिएको थियो, उनीहरूले भन्नेछन् कि अल्लाहको किताब अनुसार तिमी कियामतसम्म रहेका छौ र यो कियामतको दिन नै हो, तर तिमीलाई त यसको विश्वासै थिएन ।
🎤 तपाईंको रेकर्डिङ:
30:57 🔁 0/5
فَيَوۡمَئِذٍ لَّا يَنفَعُ ٱلَّذِينَ ظَلَمُواْ مَعۡذِرَتُهُمۡ وَلَا هُمۡ يُسۡتَعۡتَبُونَ  ۝٥٧
Fa Yawma`izil laa yanfa`ul lazeena zalamoo ma`ziratu hum wa laa hum yusta`taboon
अतः त्यस दिन अत्याचारीहरूलाई उनीहरूको बहाना–सफाई कुनै काम आउने छैन, र उनीहरूबाट तौबा (प्रायश्चित) र कर्म पनि स्वीकार गरिने छैन ।
🎤 तपाईंको रेकर्डिङ:
30:58 🔁 0/5
وَلَقَدۡ ضَرَبۡنَا لِلنَّاسِ فِي هَٰذَا ٱلۡقُرۡءَانِ مِن كُلِّ مَثَلٍۚ وَلَئِن جِئۡتَهُم بِـَٔايَةٍ لَّيَقُولَنَّ ٱلَّذِينَ كَفَرُوٓاْ إِنۡ أَنتُمۡ إِلَّا مُبۡطِلُونَ  ۝٥٨
Wa laqad darabnaa linnaasi fee haazal Quraani min kulli masal; wa la`in ji`tahum bi aayatil la yaqoolannal lazeena kafaroo in antum illaa mubtiloon
निःसंदेह हामीले मानिसहरू समक्ष यस कुरआनमा हर प्रकारका उदाहरणहरू वर्णन गरिदिएका छौं, तपार्इंले उनीहरूको अगाडि कुनै पनि निशानी प्रस्तुत गर्नुस्, यी काफिरहरूले भनिहाल्नेछन् कि तिमी झूठा हौ ।
🎤 तपाईंको रेकर्डिङ:
30:59 🔁 0/5
كَذَٰلِكَ يَطۡبَعُ ٱللَّهُ عَلَىٰ قُلُوبِ ٱلَّذِينَ لَا يَعۡلَمُونَ  ۝٥٩
Kazaalika yatba`ul laahu `alaa quloobil lazeena laa ya`lamoon
यसै प्रकार अल्लाहले ती मानिसहरूको हृदयमा जो बुझ्दैनन् छाप लगाइदिन्छ ।
🎤 तपाईंको रेकर्डिङ:
30:60 🔁 0/5
فَٱصۡبِرۡ إِنَّ وَعۡدَ ٱللَّهِ حَقٌّۖ وَلَا يَسۡتَخِفَّنَّكَ ٱلَّذِينَ لَا يُوقِنُونَ  ۝٦٠
Fasbir inna wa`dal laahi haqqunw wa laa yastakhif fannakal lazeena laa yooqinoon
अतः तपाईं धैर्य गर्नुस् निःसन्देह अल्लाहको वाचा सत्य छ र तपार्इंलाई उनीहरूले जसले ईमान राख्दैनन्, असंतोषी नबनाइदेउन् ।
🎤 तपाईंको रेकर्डिङ:
💡 लुकेको शब्दलाई अस्थायी रूपमा देखाउन ट्याप गर्नुहोस् — तपाईंको प्रगति स्वतः बचत हुन्छ।

🎉
🎊 राम्रो! कण्ठ पूरा भयो
Mishary Rashid Alafasy
Mahmoud Khalil Al-Husary
Abdurrahman As-Sudais
Mohamed Siddiq Al-Minshawi
Abdul Basit Abdul Samad
Ali Al-Hudhaify
Ahmed ibn Ali al-Ajamy
Abu Bakr Ash-Shaatree
Muhammad Ayyoub
Abdullah Basfar
Abdullah Al-Juhani
Maher Al Muaiqly
0:00
0:00
-

पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers