📖 0/604 पढिएका पृष्ठहरू
📄 285
وَإِمَّا تُعۡرِضَنَّ عَنۡهُمُ ٱبۡتِغَآءَ رَحۡمَةٍ مِّن رَّبِّكَ تَرۡجُوهَا فَقُل لَّهُمۡ قَوۡلًا مَّيۡسُورًا  ۝٢٨ وَلَا تَجۡعَلۡ يَدَكَ مَغۡلُولَةً إِلَىٰ عُنُقِكَ وَلَا تَبۡسُطۡهَا كُلَّ ٱلۡبَسۡطِ فَتَقۡعُدَ مَلُومًا مَّحۡسُورًا  ۝٢٩ إِنَّ رَبَّكَ يَبۡسُطُ ٱلرِّزۡقَ لِمَن يَشَآءُ وَيَقۡدِرُۚ إِنَّهُۥ كَانَ بِعِبَادِهِۦ خَبِيرَۢا بَصِيرًا  ۝٣٠ وَلَا تَقۡتُلُوٓاْ أَوۡلَٰدَكُمۡ خَشۡيَةَ إِمۡلَٰقٍۖ نَّحۡنُ نَرۡزُقُهُمۡ وَإِيَّاكُمۡۚ إِنَّ قَتۡلَهُمۡ كَانَ خِطۡـًٔا كَبِيرًا  ۝٣١ وَلَا تَقۡرَبُواْ ٱلزِّنَىٰٓۖ إِنَّهُۥ كَانَ فَٰحِشَةً وَسَآءَ سَبِيلًا  ۝٣٢ وَلَا تَقۡتُلُواْ ٱلنَّفۡسَ ٱلَّتِي حَرَّمَ ٱللَّهُ إِلَّا بِٱلۡحَقِّۗ وَمَن قُتِلَ مَظۡلُومًا فَقَدۡ جَعَلۡنَا لِوَلِيِّهِۦ سُلۡطَٰنًا فَلَا يُسۡرِف فِّي ٱلۡقَتۡلِۖ إِنَّهُۥ كَانَ مَنصُورًا  ۝٣٣ وَلَا تَقۡرَبُواْ مَالَ ٱلۡيَتِيمِ إِلَّا بِٱلَّتِي هِيَ أَحۡسَنُ حَتَّىٰ يَبۡلُغَ أَشُدَّهُۥۚ وَأَوۡفُواْ بِٱلۡعَهۡدِۖ إِنَّ ٱلۡعَهۡدَ كَانَ مَسۡـُٔولًا  ۝٣٤ وَأَوۡفُواْ ٱلۡكَيۡلَ إِذَا كِلۡتُمۡ وَزِنُواْ بِٱلۡقِسۡطَاسِ ٱلۡمُسۡتَقِيمِۚ ذَٰلِكَ خَيۡرٌ وَأَحۡسَنُ تَأۡوِيلًا  ۝٣٥ وَلَا تَقۡفُ مَا لَيۡسَ لَكَ بِهِۦ عِلۡمٌۚ إِنَّ ٱلسَّمۡعَ وَٱلۡبَصَرَ وَٱلۡفُؤَادَ كُلُّ أُوْلَٰٓئِكَ كَانَ عَنۡهُ مَسۡـُٔولًا  ۝٣٦ وَلَا تَمۡشِ فِي ٱلۡأَرۡضِ مَرَحًاۖ إِنَّكَ لَن تَخۡرِقَ ٱلۡأَرۡضَ وَلَن تَبۡلُغَ ٱلۡجِبَالَ طُولًا  ۝٣٧ كُلُّ ذَٰلِكَ كَانَ سَيِّئُهُۥ عِندَ رَبِّكَ مَكۡرُوهًا  ۝٣٨
17:28
وَإِمَّا تُعۡرِضَنَّ عَنۡهُمُ ٱبۡتِغَآءَ رَحۡمَةٍ مِّن رَّبِّكَ تَرۡجُوهَا فَقُل لَّهُمۡ قَوۡلًا مَّيۡسُورًا  ۝٢٨
र यदि तिमी आफ्नो पालनकर्ताको रहमत् (वरदान) को प्रतीक्षामा, जसको कि तिमीलाई आशा छ, तिनीहरू (हकदारहरू) तिर ध्यान दिन सक्दैनौं भने तिनीहरूसित विनम्रतापूर्वक राम्रोसँग कुरा भन्ने गर ।
17:29
وَلَا تَجۡعَلۡ يَدَكَ مَغۡلُولَةً إِلَىٰ عُنُقِكَ وَلَا تَبۡسُطۡهَا كُلَّ ٱلۡبَسۡطِ فَتَقۡعُدَ مَلُومًا مَّحۡسُورًا  ۝٢٩
आफ्नो हातलाई न आफ्नो गर्दनसित बाँधिएको जस्तो राख । र नत बिल्कुलै खुल्ला गर्नु (कि सबै दिइहाल) र परिणाम यो होस् कि पश्चातापमा दोषी र असहाय हुनुपरोस् ।
17:30
إِنَّ رَبَّكَ يَبۡسُطُ ٱلرِّزۡقَ لِمَن يَشَآءُ وَيَقۡدِرُۚ إِنَّهُۥ كَانَ بِعِبَادِهِۦ خَبِيرَۢا بَصِيرًا  ۝٣٠
निःसन्देह तिम्रो पालनकर्ताले जसको जीविका चाहन्छ विस्तृत गरिदिन्छ, र जस्को चाहन्छ संकुचित पारिदिन्छ । निःसन्देह उसले आफ्ना भक्तहरूलाई बेस्सरी जान्दछ र राम्ररी हेरिराखेको हुन्छ ।
17:31
وَلَا تَقۡتُلُوٓاْ أَوۡلَٰدَكُمۡ خَشۡيَةَ إِمۡلَٰقٍۖ نَّحۡنُ نَرۡزُقُهُمۡ وَإِيَّاكُمۡۚ إِنَّ قَتۡلَهُمۡ كَانَ خِطۡـًٔا كَبِيرًا  ۝٣١
र आफ्ना सन्तानहरूलाई विपन्नताको डरले नमार (किनभने) उनीहरूलाई, र तिमीलाई हामीलेनै जीविका प्रदान गर्दछौं । यसमा कुनै सन्देह छैन कि यिनीहरूलाई मार्नु गम्भीर पाप हो ।
17:32
وَلَا تَقۡرَبُواْ ٱلزِّنَىٰٓۖ إِنَّهُۥ كَانَ فَٰحِشَةً وَسَآءَ سَبِيلًا  ۝٣٢
खबरदार व्यभिचारतिर कदापि नलाग, किनभने त्यो ठूलो निर्लज्जता र धेरै नराम्रो बाटो हो ।
17:33
وَلَا تَقۡتُلُواْ ٱلنَّفۡسَ ٱلَّتِي حَرَّمَ ٱللَّهُ إِلَّا بِٱلۡحَقِّۗ وَمَن قُتِلَ مَظۡلُومًا فَقَدۡ جَعَلۡنَا لِوَلِيِّهِۦ سُلۡطَٰنًا فَلَا يُسۡرِف فِّي ٱلۡقَتۡلِۖ إِنَّهُۥ كَانَ مَنصُورًا  ۝٣٣
र जुन प्राणीलाई मार्नु अल्लाहले निषेध गरेको छ, त्यसलाई न्यायोचित कारण बिना नमार । र जुन मानिस अत्याचारले मारिएको छ, हामीले त्यसको वारिसलाई (बराबरको बदला लिन) अख्तियार दिएका छौं तसर्थ उसलाई आवश्यक छ कि हत्या (बदला) मा सीमा उल्लंघन नगरोस्, किनभने त्यसो भएमा उसलाई सहायता प्राप्त हुनेछ ।
17:34
وَلَا تَقۡرَبُواْ مَالَ ٱلۡيَتِيمِ إِلَّا بِٱلَّتِي هِيَ أَحۡسَنُ حَتَّىٰ يَبۡلُغَ أَشُدَّهُۥۚ وَأَوۡفُواْ بِٱلۡعَهۡدِۖ إِنَّ ٱلۡعَهۡدَ كَانَ مَسۡـُٔولًا  ۝٣٤
र अनाथको मालको नजिक पनि नजानु, तर यस्तो तरिकाले जुन उसको हकमा धेरै राम्रो होस् यहाँसम्म कि उसले उमेरको परिपक्कवता प्राप्त गरिसकोस्, र वचन पूरा गर, किनभने वाचाको बारेमा अवश्य सोधपूछ हुनेछ ।
17:35
وَأَوۡفُواْ ٱلۡكَيۡلَ إِذَا كِلۡتُمۡ وَزِنُواْ بِٱلۡقِسۡطَاسِ ٱلۡمُسۡتَقِيمِۚ ذَٰلِكَ خَيۡرٌ وَأَحۡسَنُ تَأۡوِيلًا  ۝٣٥
र जब नापेर दिन्छौ त माप पूरा भरी देऊ र तराजु सीधा राखेर जोख्ने गर, यो अत्यन्तै राम्रो कुरा हो र परिणामको दृष्टिले पनि धेरै राम्रो छ ।
17:36
وَلَا تَقۡفُ مَا لَيۡسَ لَكَ بِهِۦ عِلۡمٌۚ إِنَّ ٱلسَّمۡعَ وَٱلۡبَصَرَ وَٱلۡفُؤَادَ كُلُّ أُوْلَٰٓئِكَ كَانَ عَنۡهُ مَسۡـُٔولًا  ۝٣٦
जुन कुरोको तिमीलाई ज्ञानै छैन त्यसको पछि नपर्नु, किनभने कान र आँखा र हृदय यी सबैसित अवश्य सोधपूछ हुनेछ ।
17:37
وَلَا تَمۡشِ فِي ٱلۡأَرۡضِ مَرَحًاۖ إِنَّكَ لَن تَخۡرِقَ ٱلۡأَرۡضَ وَلَن تَبۡلُغَ ٱلۡجِبَالَ طُولًا  ۝٣٧
र धर्तीमा घमण्ड गरी नहिड्नु किनभने तिमीले धर्तीलाई च्यात्न सक्दैनौं र नत अग्लो भएर पर्वतहरूका चुुचुरासम्म पुग्न सक्नेछौ ।
17:38
كُلُّ ذَٰلِكَ كَانَ سَيِّئُهُۥ عِندَ رَبِّكَ مَكۡرُوهًا  ۝٣٨
यी सबै नराम्राकुराहरू तिम्रो पालनकर्तालाई धेरै अप्रिय छ ।


📚Juz 15 📄285 / 604



Mishary Rashid Alafasy
Mahmoud Khalil Al-Husary
Abdurrahman As-Sudais
Mohamed Siddiq Al-Minshawi
Abdul Basit Abdul Samad
Ali Al-Hudhaify
Ahmed ibn Ali al-Ajamy
Abu Bakr Ash-Shaatree
Muhammad Ayyoub
Abdullah Basfar
Abdullah Al-Juhani
Maher Al Muaiqly
0:00
0:00
-

पवित्र कुरान


Tuesday, August 25, 2026

Don't forget us in your sincere prayers