📖 0/604 पढिएका पृष्ठहरू
📄 316
قَالُواْ يَٰمُوسَىٰٓ إِمَّآ أَن تُلۡقِيَ وَإِمَّآ أَن نَّكُونَ أَوَّلَ مَنۡ أَلۡقَىٰ  ۝٦٥ قَالَ بَلۡ أَلۡقُواْۖ فَإِذَا حِبَالُهُمۡ وَعِصِيُّهُمۡ يُخَيَّلُ إِلَيۡهِ مِن سِحۡرِهِمۡ أَنَّهَا تَسۡعَىٰ  ۝٦٦ فَأَوۡجَسَ فِي نَفۡسِهِۦ خِيفَةً مُّوسَىٰ  ۝٦٧ قُلۡنَا لَا تَخَفۡ إِنَّكَ أَنتَ ٱلۡأَعۡلَىٰ  ۝٦٨ وَأَلۡقِ مَا فِي يَمِينِكَ تَلۡقَفۡ مَا صَنَعُوٓاْۖ إِنَّمَا صَنَعُواْ كَيۡدُ سَٰحِرٍۖ وَلَا يُفۡلِحُ ٱلسَّاحِرُ حَيۡثُ أَتَىٰ  ۝٦٩ فَأُلۡقِيَ ٱلسَّحَرَةُ سُجَّدًا قَالُوٓاْ ءَامَنَّا بِرَبِّ هَٰرُونَ وَمُوسَىٰ  ۝٧٠ قَالَ ءَامَنتُمۡ لَهُۥ قَبۡلَ أَنۡ ءَاذَنَ لَكُمۡۖ إِنَّهُۥ لَكَبِيرُكُمُ ٱلَّذِي عَلَّمَكُمُ ٱلسِّحۡرَۖ فَلَأُقَطِّعَنَّ أَيۡدِيَكُمۡ وَأَرۡجُلَكُم مِّنۡ خِلَٰفٍ وَلَأُصَلِّبَنَّكُمۡ فِي جُذُوعِ ٱلنَّخۡلِ وَلَتَعۡلَمُنَّ أَيُّنَآ أَشَدُّ عَذَابًا وَأَبۡقَىٰ  ۝٧١ قَالُواْ لَن نُّؤۡثِرَكَ عَلَىٰ مَا جَآءَنَا مِنَ ٱلۡبَيِّنَٰتِ وَٱلَّذِي فَطَرَنَاۖ فَٱقۡضِ مَآ أَنتَ قَاضٍۖ إِنَّمَا تَقۡضِي هَٰذِهِ ٱلۡحَيَوٰةَ ٱلدُّنۡيَآ  ۝٧٢ إِنَّآ ءَامَنَّا بِرَبِّنَا لِيَغۡفِرَ لَنَا خَطَٰيَٰنَا وَمَآ أَكۡرَهۡتَنَا عَلَيۡهِ مِنَ ٱلسِّحۡرِۗ وَٱللَّهُ خَيۡرٌ وَأَبۡقَىٰٓ  ۝٧٣ إِنَّهُۥ مَن يَأۡتِ رَبَّهُۥ مُجۡرِمًا فَإِنَّ لَهُۥ جَهَنَّمَ لَا يَمُوتُ فِيهَا وَلَا يَحۡيَىٰ  ۝٧٤ وَمَن يَأۡتِهِۦ مُؤۡمِنًا قَدۡ عَمِلَ ٱلصَّٰلِحَٰتِ فَأُوْلَٰٓئِكَ لَهُمُ ٱلدَّرَجَٰتُ ٱلۡعُلَىٰ  ۝٧٥ جَنَّٰتُ عَدۡنٍ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَاۚ وَذَٰلِكَ جَزَآءُ مَن تَزَكَّىٰ  ۝٧٦
20:65
قَالُواْ يَٰمُوسَىٰٓ إِمَّآ أَن تُلۡقِيَ وَإِمَّآ أَن نَّكُونَ أَوَّلَ مَنۡ أَلۡقَىٰ  ۝٦٥
तिनीहरूले भनेः ‘‘हे मूसा या त तिमीले पहिला चाल फ्याँक, वा हामीले पहिले फ्याँक्छौं ।’’
20:66
قَالَ بَلۡ أَلۡقُواْۖ فَإِذَا حِبَالُهُمۡ وَعِصِيُّهُمۡ يُخَيَّلُ إِلَيۡهِ مِن سِحۡرِهِمۡ أَنَّهَا تَسۡعَىٰ  ۝٦٦
मूसाले उत्तर दिए किः ‘‘होइन बरु तिमीले नै पहिला फ्याँक ।’’ अब त मूसालाई यो भान हुन थाल्यो कि उनका डोरी र लठ्ठीहरू उनको जादूको जोडले यताउता दगुरिराखेका छन् ।
20:67
فَأَوۡجَسَ فِي نَفۡسِهِۦ خِيفَةً مُّوسَىٰ  ۝٦٧
(त्यस वखत) मूसाले आफ्नो हृदयमा भय महसूस गरे ।
20:68
قُلۡنَا لَا تَخَفۡ إِنَّكَ أَنتَ ٱلۡأَعۡلَىٰ  ۝٦٨
हामीले भन्यौं, केही भय नगर, निःसन्देह तिमी नै प्रभावी हुनेछौ ।
20:69
وَأَلۡقِ مَا فِي يَمِينِكَ تَلۡقَفۡ مَا صَنَعُوٓاْۖ إِنَّمَا صَنَعُواْ كَيۡدُ سَٰحِرٍۖ وَلَا يُفۡلِحُ ٱلسَّاحِرُ حَيۡثُ أَتَىٰ  ۝٦٩
र जुन कुरो (लठ्ठी) तिम्रो दाहिने हातमा छ त्यसलाई फ्याँकिदेऊ, उनीहरूले जेजति बनाएका छन् त्यो सबैलाई निलीहाल्छ । जेजति तिनीहरूले बनाएका छन्, (यो त) जादूगरहरूको हत्कण्डा हो र जादूगरहरू जहाँबाट पनि आउनेछन् सफल हुनेछैनन् ।
20:70
فَأُلۡقِيَ ٱلسَّحَرَةُ سُجَّدًا قَالُوٓاْ ءَامَنَّا بِرَبِّ هَٰرُونَ وَمُوسَىٰ  ۝٧٠
अब त सबै जादूगरहरू नतमस्तक भई ढोगिहाले र ठूलो स्वरमा भने कि हामीले त हारून र मूसाको पालनकर्तामाथि ईमान ल्यायौं ।
20:71
قَالَ ءَامَنتُمۡ لَهُۥ قَبۡلَ أَنۡ ءَاذَنَ لَكُمۡۖ إِنَّهُۥ لَكَبِيرُكُمُ ٱلَّذِي عَلَّمَكُمُ ٱلسِّحۡرَۖ فَلَأُقَطِّعَنَّ أَيۡدِيَكُمۡ وَأَرۡجُلَكُم مِّنۡ خِلَٰفٍ وَلَأُصَلِّبَنَّكُمۡ فِي جُذُوعِ ٱلنَّخۡلِ وَلَتَعۡلَمُنَّ أَيُّنَآ أَشَدُّ عَذَابًا وَأَبۡقَىٰ  ۝٧١
फिरऔनले भन्न थाल्यो कि के मेरो अनुमति बिना नै तिमीहरूले उसमाथि ईमान ल्याइहाल्यौ ? निःसन्देह यही तिम्रो प्रमुख हो जसले तिमीलाई जादू सिकाएको छ, ठीक छ, अब म तिम्रा हात र खुट्टा उल्टा–सीधा कटाएर तिमीहरूलाई खजूरको रुखमा फाँसीमा झुण्ड्याइदिनेछु । र तिमीहरूलाई अवश्य थाहा भइहाल्ने छ कि हामीमध्ये कसको यातना धेरै कठोर र स्थायी छ ।’’
20:72
قَالُواْ لَن نُّؤۡثِرَكَ عَلَىٰ مَا جَآءَنَا مِنَ ٱلۡبَيِّنَٰتِ وَٱلَّذِي فَطَرَنَاۖ فَٱقۡضِ مَآ أَنتَ قَاضٍۖ إِنَّمَا تَقۡضِي هَٰذِهِ ٱلۡحَيَوٰةَ ٱلدُّنۡيَآ  ۝٧٢
उनीहरूले भने कि जुन प्रमाणहरू हाम्रो सामु आइपुगेका छन्, तिनीहरूको मद्देनजर जसले हामीलाई सृष्टि गरेको छ, त्यस अल्लाह विरुद्ध हामीले तिमीलाई कहिल्यै प्राथमिकता दिने छैनौं, तसर्थ अब तिमीले जे गर्न चाहन्छौ गरिहाल । र तिमी जुन आदेश दिन सक्छौ, त्यो मात्र यसै सांसारिक जिन्दगीमा दिन सक्छौ ।
20:73
إِنَّآ ءَامَنَّا بِرَبِّنَا لِيَغۡفِرَ لَنَا خَطَٰيَٰنَا وَمَآ أَكۡرَهۡتَنَا عَلَيۡهِ مِنَ ٱلسِّحۡرِۗ وَٱللَّهُ خَيۡرٌ وَأَبۡقَىٰٓ  ۝٧٣
हामीले आफ्नो पालनकर्तामाथि यस आशामा ईमान ल्यायौं कि उसले हाम्रा पापहरूलाई माफ गरोस् र (त्यो पनि) जुन कि तिमीले हामीबाट जबरजस्ती जादू गरायौ । र अल्लाह नै उत्तम र सधैं रहीरहनेछ ।
20:74
إِنَّهُۥ مَن يَأۡتِ رَبَّهُۥ مُجۡرِمًا فَإِنَّ لَهُۥ جَهَنَّمَ لَا يَمُوتُ فِيهَا وَلَا يَحۡيَىٰ  ۝٧٤
कुरो यो छ कि जो कोही अल्लाहको सामु पापी भएर आउनेछ उसको निम्ति नर्क छ, जसमा न मर्नु नत बाँच्नु हुनेछ ।
20:75
وَمَن يَأۡتِهِۦ مُؤۡمِنًا قَدۡ عَمِلَ ٱلصَّٰلِحَٰتِ فَأُوْلَٰٓئِكَ لَهُمُ ٱلدَّرَجَٰتُ ٱلۡعُلَىٰ  ۝٧٥
र जो उसको सामु ईमानवाला भएर आउनेछ र उसले कर्म पनि असल गरेको छ त यस्ताको लागि उच्च दर्जाहरू छन् ।
20:76
جَنَّٰتُ عَدۡنٍ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَاۚ وَذَٰلِكَ جَزَآءُ مَن تَزَكَّىٰ  ۝٧٦
सधैं बासको निम्ति स्वर्गका बगैंचा जसका मुनि धरातलमा नहरहरू बगिराखेका छन्, सधैं तिनीहरू त्यहाँ बास गर्नेछन् । र यो नै त्यस्तो प्रत्येक व्यक्तिको पुरस्कार हो जो पवित्र भयो ।


📚 16 📄316 / 604



M Mishary Rashid Alafasy
M Mahmoud Khalil Al-Husary
A Abdurrahman As-Sudais
M Mohamed Siddiq Al-Minshawi
A Abdul Basit Abdul Samad
A Ali Al-Hudhaify
A Ahmed ibn Ali al-Ajamy
A Abu Bakr Ash-Shaatree
M Muhammad Ayyoub
A Abdullah Basfar
A Abdullah Al-Juhani
M Maher Al Muaiqly
0:00
0:00
-

पवित्र कुरान


Thursday, October 15, 2026

Don't forget us in your sincere prayers