📖 0/604 पढिएका पृष्ठहरू
📄 321
قَالَ كَذَٰلِكَ أَتَتۡكَ ءَايَٰتُنَا فَنَسِيتَهَاۖ وَكَذَٰلِكَ ٱلۡيَوۡمَ تُنسَىٰ  ۝١٢٦ وَكَذَٰلِكَ نَجۡزِي مَنۡ أَسۡرَفَ وَلَمۡ يُؤۡمِنۢ بِـَٔايَٰتِ رَبِّهِۦۚ وَلَعَذَابُ ٱلۡأٓخِرَةِ أَشَدُّ وَأَبۡقَىٰٓ  ۝١٢٧ أَفَلَمۡ يَهۡدِ لَهُمۡ كَمۡ أَهۡلَكۡنَا قَبۡلَهُم مِّنَ ٱلۡقُرُونِ يَمۡشُونَ فِي مَسَٰكِنِهِمۡۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٍ لِّأُوْلِي ٱلنُّهَىٰ  ۝١٢٨ وَلَوۡلَا كَلِمَةٌ سَبَقَتۡ مِن رَّبِّكَ لَكَانَ لِزَامًا وَأَجَلٌ مُّسَمًّى  ۝١٢٩ فَٱصۡبِرۡ عَلَىٰ مَا يَقُولُونَ وَسَبِّحۡ بِحَمۡدِ رَبِّكَ قَبۡلَ طُلُوعِ ٱلشَّمۡسِ وَقَبۡلَ غُرُوبِهَاۖ وَمِنۡ ءَانَآيِٕ ٱلَّيۡلِ فَسَبِّحۡ وَأَطۡرَافَ ٱلنَّهَارِ لَعَلَّكَ تَرۡضَىٰ  ۝١٣٠ وَلَا تَمُدَّنَّ عَيۡنَيۡكَ إِلَىٰ مَا مَتَّعۡنَا بِهِۦٓ أَزۡوَٰجًا مِّنۡهُمۡ زَهۡرَةَ ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا لِنَفۡتِنَهُمۡ فِيهِۚ وَرِزۡقُ رَبِّكَ خَيۡرٌ وَأَبۡقَىٰ  ۝١٣١ وَأۡمُرۡ أَهۡلَكَ بِٱلصَّلَوٰةِ وَٱصۡطَبِرۡ عَلَيۡهَاۖ لَا نَسۡـَٔلُكَ رِزۡقًاۖ نَّحۡنُ نَرۡزُقُكَۗ وَٱلۡعَٰقِبَةُ لِلتَّقۡوَىٰ  ۝١٣٢ وَقَالُواْ لَوۡلَا يَأۡتِينَا بِـَٔايَةٍ مِّن رَّبِّهِۦٓۚ أَوَلَمۡ تَأۡتِهِم بَيِّنَةُ مَا فِي ٱلصُّحُفِ ٱلۡأُولَىٰ  ۝١٣٣ وَلَوۡ أَنَّآ أَهۡلَكۡنَٰهُم بِعَذَابٍ مِّن قَبۡلِهِۦ لَقَالُواْ رَبَّنَا لَوۡلَآ أَرۡسَلۡتَ إِلَيۡنَا رَسُولًا فَنَتَّبِعَ ءَايَٰتِكَ مِن قَبۡلِ أَن نَّذِلَّ وَنَخۡزَىٰ  ۝١٣٤ قُلۡ كُلٌّ مُّتَرَبِّصٌ فَتَرَبَّصُواْۖ فَسَتَعۡلَمُونَ مَنۡ أَصۡحَٰبُ ٱلصِّرَٰطِ ٱلسَّوِيِّ وَمَنِ ٱهۡتَدَىٰ  ۝١٣٥
20:126
قَالَ كَذَٰلِكَ أَتَتۡكَ ءَايَٰتُنَا فَنَسِيتَهَاۖ وَكَذَٰلِكَ ٱلۡيَوۡمَ تُنسَىٰ  ۝١٢٦
(अल्लाहबाट जवाफ आउनेछ) यस्तै हुनुपथ्र्यो तिम्रो नजिकमा जब हाम्रा आयतहरू आए तब तिमीले बिर्सिदियौ, यस्तै किसिमले आज हामीले तिमीलाई बिर्सिदिने गर्छौ ।
20:127
وَكَذَٰلِكَ نَجۡزِي مَنۡ أَسۡرَفَ وَلَمۡ يُؤۡمِنۢ بِـَٔايَٰتِ رَبِّهِۦۚ وَلَعَذَابُ ٱلۡأٓخِرَةِ أَشَدُّ وَأَبۡقَىٰٓ  ۝١٢٧
यस्तै किसिमले हामीले त्यसलाई प्रतिफल दिन्छौं जसले मर्यादाको उल्लंघन गर्दछ र आफ्नो पालनकर्ताको आयतहरूमाथि ईमान ल्याउँदैन । र निःसंदेह आखिरतको यातना त अत्यन्त कठोर र निकै स्थायी हुनेछ ।
20:128
أَفَلَمۡ يَهۡدِ لَهُمۡ كَمۡ أَهۡلَكۡنَا قَبۡلَهُم مِّنَ ٱلۡقُرُونِ يَمۡشُونَ فِي مَسَٰكِنِهِمۡۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٍ لِّأُوْلِي ٱلنُّهَىٰ  ۝١٢٨
अनि के उनीहरूलाई यस कुराबाट पनि मार्ग प्राप्त भएन कि हामी उनीहरूभन्दा पहिला कैयन् पुस्ताहरूलाई नष्ट गरिसकेका छौं, जसका बस्तीहरूमा यिनीहरूले हिंड्डुल गरिराखेका छन् ? निश्चय नै बुद्धिमानहरूको निम्ति यसमा धेरै निशानीहरू छन् ।
20:129
وَلَوۡلَا كَلِمَةٌ سَبَقَتۡ مِن رَّبِّكَ لَكَانَ لِزَامًا وَأَجَلٌ مُّسَمًّى  ۝١٢٩
यदि तिम्रो पालनकर्ताबाट पहिले नै एउटा कुरा निश्चित नभइसकेको भए र एउटा अवधि निश्चित नगरिसकिइएको भए, अवश्य नै तिमीहरूलाई यातनाले तुरुन्तै समातिहाल्ने थियो ।
20:130
فَٱصۡبِرۡ عَلَىٰ مَا يَقُولُونَ وَسَبِّحۡ بِحَمۡدِ رَبِّكَ قَبۡلَ طُلُوعِ ٱلشَّمۡسِ وَقَبۡلَ غُرُوبِهَاۖ وَمِنۡ ءَانَآيِٕ ٱلَّيۡلِ فَسَبِّحۡ وَأَطۡرَافَ ٱلنَّهَارِ لَعَلَّكَ تَرۡضَىٰ  ۝١٣٠
अतः जे जति तिनीहरूले भन्छन त्यसमाथि धैर्य गर, र आफ्नो पालनकर्ताको गुणगान गर्दैगर, सूर्योदयभन्दा अगाडि, र त्यो अस्ताउनुभन्दा अगाडि र रातीको समयमा पनि तसबीह (गुणगान) गर, र दिनका अनेक भागहरूमा पनि सम्भव छ तिमी सहमत हुनसक ।
20:131
وَلَا تَمُدَّنَّ عَيۡنَيۡكَ إِلَىٰ مَا مَتَّعۡنَا بِهِۦٓ أَزۡوَٰجًا مِّنۡهُمۡ زَهۡرَةَ ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا لِنَفۡتِنَهُمۡ فِيهِۚ وَرِزۡقُ رَبِّكَ خَيۡرٌ وَأَبۡقَىٰ  ۝١٣١
र ती कुराहरूतिर आफ्नो आँखा उठाएर पटक्कै नहेर, जुन हामीले तिनीहरूमध्ये विभिन्न मानिसहरूलाई संसारमा उपभोगको निम्ति दिएका छौं, ताकि हामीले त्यसबाट उनीहरूको परीक्षा लिन सकौं । त्यो त मात्र सांसारिक जीवनको शोभा हो । तर तिम्रो पालनकर्ताबाट तिमीलाई प्रदान गरिएको जीविका मात्र उत्तम र स्थायी छ ।
20:132
وَأۡمُرۡ أَهۡلَكَ بِٱلصَّلَوٰةِ وَٱصۡطَبِرۡ عَلَيۡهَاۖ لَا نَسۡـَٔلُكَ رِزۡقًاۖ نَّحۡنُ نَرۡزُقُكَۗ وَٱلۡعَٰقِبَةُ لِلتَّقۡوَىٰ  ۝١٣٢
आफ्नो घरका मानिसहरूलाई नमाजको आदेश गर र स्वयम् पनि त्यसमा लागिराख । हामीले तिमीसँग जीविका माँग्दैनौं बरु हामीले स्वयम् तिमीलाई जीविका दिन्छौं, र राम्रो परिणाम त धर्म परायणताकै लागि निश्चित छ ।
20:133
وَقَالُواْ لَوۡلَا يَأۡتِينَا بِـَٔايَةٍ مِّن رَّبِّهِۦٓۚ أَوَلَمۡ تَأۡتِهِم بَيِّنَةُ مَا فِي ٱلصُّحُفِ ٱلۡأُولَىٰ  ۝١٣٣
तिनीहरूले भने किः यस नबीले आफ्नो पालनकर्ताको तर्फबाट हामीतर्फ कुनै निशानी किन ल्याएको छैन ? के तिनीहरूसम्म त्यसको स्पष्ट प्रमाण आइपुगेन, जुन पहिलेको पुस्तकहरूमा उल्लेखित छन् ?’’
20:134
وَلَوۡ أَنَّآ أَهۡلَكۡنَٰهُم بِعَذَابٍ مِّن قَبۡلِهِۦ لَقَالُواْ رَبَّنَا لَوۡلَآ أَرۡسَلۡتَ إِلَيۡنَا رَسُولًا فَنَتَّبِعَ ءَايَٰتِكَ مِن قَبۡلِ أَن نَّذِلَّ وَنَخۡزَىٰ  ۝١٣٤
र यदि हामीले त्यसभन्दा पहिला नै यिनीहरूलाई कुनै यातनाबाट नष्ट गरिदिएको भए, निःसन्देह यिनीहरूले भन्थे कि ‘‘हे हाम्रो पालनकर्ता, तिमीले हाम्रो पासमा कुनै रसूल किन पठाएनौ ? ताकि हामी अपमानित र निराश हुनुभन्दा अगाडि तिम्रा आयतहरूको अनुपालन गर्ने थियौं ?’’
20:135
قُلۡ كُلٌّ مُّتَرَبِّصٌ فَتَرَبَّصُواْۖ فَسَتَعۡلَمُونَ مَنۡ أَصۡحَٰبُ ٱلصِّرَٰطِ ٱلسَّوِيِّ وَمَنِ ٱهۡتَدَىٰ  ۝١٣٥
भनिदिनुस्ः प्रत्येक परिणामको प्रतीक्षामा छ । अतः अब तिमी पनि प्रतीक्षा गर शीघ्र नै तिमीले थाहा पाइहाल्ने छौ कि को सीधा मार्गवाला छन् र कसलाई मार्गदर्शन प्राप्त छ ।’’


📚Juz 16 📄321 / 604



Mishary Rashid Alafasy
Mahmoud Khalil Al-Husary
Abdurrahman As-Sudais
Mohamed Siddiq Al-Minshawi
Abdul Basit Abdul Samad
Ali Al-Hudhaify
Ahmed ibn Ali al-Ajamy
Abu Bakr Ash-Shaatree
Muhammad Ayyoub
Abdullah Basfar
Abdullah Al-Juhani
Maher Al Muaiqly
0:00
0:00
-

पवित्र कुरान


Tuesday, August 25, 2026

Don't forget us in your sincere prayers