सूरा काफ अरबी र नेपाली

सूरा काफ पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (45 आयत — مكية). काफ सुन्नुहोस्, काफ अनुवाद, काफ mp3, काफ pdf.

सूरा काफ पढ्नुहोस् र सुन्नुहोस्

🎧 आयत
M Mishary Rashid Alafasy
M Mahmoud Khalil Al-Husary
A Abdurrahman As-Sudais
M Mohamed Siddiq Al-Minshawi
A Abdul Basit Abdul Samad
A Ali Al-Hudhaify
A Ahmed ibn Ali al-Ajamy
A Abu Bakr Ash-Shaatree
M Muhammad Ayyoub
A Abdullah Basfar
A Abdullah Al-Juhani
M Maher Al Muaiqly
x1
ق ۚ وَالْقُرْآنِ الْمَجِيدِ ۝١
📖 अनुवाद आयत 1
काफ, र ठूलो गरिमामय यस कुरआनको कसम ।
بَلْ عَجِبُوا أَن جَاءَهُم مُّنذِرٌ مِّنْهُمْ فَقَالَ الْكَافِرُونَ هَٰذَا شَيْءٌ عَجِيبٌ ۝٢
📖 अनुवाद आयत 2
बरु यी मानिसहरूले आश्चार्य प्रकट गरे कि उनीहरूमध्येबाटै एउटा सचेत गर्नेवाला उनीहरूको पासमा आयो, तब काफिरहरूले भन्न थाले कि यो कुरा त अनौठो हो ।
أَإِذَا مِتْنَا وَكُنَّا تُرَابًا ۖ ذَٰلِكَ رَجْعٌ بَعِيدٌ ۝٣
📖 अनुवाद आयत 3
के जब हामी मरेर माटो भइहाल्छौं तब फेरि जीवित हुने कुरो ? यो त बुझ्ने कुरा होइन ।
قَدْ عَلِمْنَا مَا تَنقُصُ الْأَرْضُ مِنْهُمْ ۖ وَعِندَنَا كِتَابٌ حَفِيظٌ ۝٤
📖 अनुवाद आयत 4
उनीहरूबाट (शरीरलाई) धरतीले जेजति कम गर्दै जान्छ, हामीलाई थाहा छ र हाम्रो पासमा सुरक्षित राख्ने किताब छ ।
بَلْ كَذَّبُوا بِالْحَقِّ لَمَّا جَاءَهُمْ فَهُمْ فِي أَمْرٍ مَّرِيجٍ ۝٥
📖 अनुवाद आयत 5
बरु जब उनीहरूको पासमा सत्यधर्म आइपुग्यो तब उनीहरूले उसलाई झूठा भने तसर्थ यिनीहरू एउटा जटिल कुरामा परिरहेका छन् ।
أَفَلَمْ يَنظُرُوا إِلَى السَّمَاءِ فَوْقَهُمْ كَيْفَ بَنَيْنَاهَا وَزَيَّنَّاهَا وَمَا لَهَا مِن فُرُوجٍ ۝٦
📖 अनुवाद आयत 6
के उनीहरूले आफूमाथि आकाशतिर हेरेनन् ? कि हामीले त्यसलाई कसरी बनाएका छौं र कसरी सुसज्जित गरेका छौं र त्यसमा कहीँ पनि चिरा (प्वाल) छैन
وَالْأَرْضَ مَدَدْنَاهَا وَأَلْقَيْنَا فِيهَا رَوَاسِيَ وَأَنبَتْنَا فِيهَا مِن كُلِّ زَوْجٍ بَهِيجٍ ۝٧
📖 अनुवाद आयत 7
र धरतीलाई हामीले बिछाइदिएका छौं र त्यसमा हामीले पहाडहरू स्थापित गर्यौं र त्यसमा हामीले किसिम–किसिमका राम्रा कुराहरू उमारेका छौं ।
تَبْصِرَةً وَذِكْرَىٰ لِكُلِّ عَبْدٍ مُّنِيبٍ ۝٨
📖 अनुवाद आयत 8
ताकि प्रवृत्त हुनेवाला भक्तहरूको लागि मार्गदर्शन र उपदेशको माध्यम बनोस् ।
وَنَزَّلْنَا مِنَ السَّمَاءِ مَاءً مُّبَارَكًا فَأَنبَتْنَا بِهِ جَنَّاتٍ وَحَبَّ الْحَصِيدِ ۝٩
📖 अनुवाद आयत 9
र हामीले आकाशबाट बरकतवाला पानीको वृष्टि गरायौं र त्यसबाट बाग–बगैचाहरू उमार्यौं र खेतीको अन्न उमार्यौं ।
وَالنَّخْلَ بَاسِقَاتٍ لَّهَا طَلْعٌ نَّضِيدٌ ۝١٠
📖 अनुवाद आयत 10
र अग्ला–अग्ला खजूरका रुखहरू, जसका (फलका) झुप्पाहरू पत्रमाथि पत्र परेका हुन्छन् ।
رِّزْقًا لِّلْعِبَادِ ۖ وَأَحْيَيْنَا بِهِ بَلْدَةً مَّيْتًا ۚ كَذَٰلِكَ الْخُرُوجُ ۝١١
📖 अनुवाद आयत 11
भक्तहरूको जीविकाको लागि, र हामीले पानीबाट बाँझो भूमिलाई जीवित पार्यौं, यसै प्रकार (चिहानबाट) निष्कासन हुनेछ ।
كَذَّبَتْ قَبْلَهُمْ قَوْمُ نُوحٍ وَأَصْحَابُ الرَّسِّ وَثَمُودُ ۝١٢
📖 अनुवाद आयत 12
यसभन्दा पहिला ‘‘नूहको’’ कौम र ‘‘रस्स स्थानका बसिन्दाहरू’’ र ‘‘समूदले’’ झूठा भननिसकेका छन् ।
وَعَادٌ وَفِرْعَوْنُ وَإِخْوَانُ لُوطٍ ۝١٣
📖 अनुवाद आयत 13
र आद र फिरऔन र लूतका भाइबन्धुले पनि ।
وَأَصْحَابُ الْأَيْكَةِ وَقَوْمُ تُبَّعٍ ۚ كُلٌّ كَذَّبَ الرُّسُلَ فَحَقَّ وَعِيدِ ۝١٤
📖 अनुवाद आयत 14
र ‘‘ऐकावालाहरूले’’ र तुब्बाको समूहले पनि सबैले मिथ्यारोपण गरी रसूलहरूलाई झूठा भनेका थिए । त्यसकारण यिनीमाथि मेरो सजायको वाचा सत्य भइहाल्यो ।
أَفَعَيِينَا بِالْخَلْقِ الْأَوَّلِ ۚ بَلْ هُمْ فِي لَبْسٍ مِّنْ خَلْقٍ جَدِيدٍ ۝١٥
📖 अनुवाद आयत 15
के हामी पहिलो पटक सृष्टि गरेबाट थाकिसकेका छौं ? (होइन,) बरु यिनीहरू पुनः सृष्टि हुनेबारे सन्देहमा छन् ।
وَلَقَدْ خَلَقْنَا الْإِنسَانَ وَنَعْلَمُ مَا تُوَسْوِسُ بِهِ نَفْسُهُ ۖ وَنَحْنُ أَقْرَبُ إِلَيْهِ مِنْ حَبْلِ الْوَرِيدِ ۝١٦
📖 अनुवाद आयत 16
र हामीले नै मानिसलाई सृष्टि गरेका हौं र जुन विचारहरू उसको मनमा आउँछन्, हामीले तिनलाई जान्दछौं । र हामी उसको रक्तबाहिनी नलीभन्दा पनि नजिक छौं ।
إِذْ يَتَلَقَّى الْمُتَلَقِّيَانِ عَنِ الْيَمِينِ وَعَنِ الشِّمَالِ قَعِيدٌ ۝١٧
📖 अनुवाद आयत 17
जब दुई लिनेवाला (फरिश्ता) लिइरहेका हुन्छन्, एउटा दाँया र अर्को देब्रेतर्फ बसेको हुन्छ ।
مَّا يَلْفِظُ مِن قَوْلٍ إِلَّا لَدَيْهِ رَقِيبٌ عَتِيدٌ ۝١٨
📖 अनुवाद आयत 18
मानिसले कुनै कुरा भन्दैन तर उसको पासमा एउटा निरीक्षक तयार रहन्छ ।
وَجَاءَتْ سَكْرَةُ الْمَوْتِ بِالْحَقِّ ۖ ذَٰلِكَ مَا كُنتَ مِنْهُ تَحِيدُ ۝١٩
📖 अनुवाद आयत 19
र मृत्युको बेहोशीले सत्य कुरा ल्यायो । यही कुरा हो जसबाट तिमी पन्छिराखेका थियौ ।
وَنُفِخَ فِي الصُّورِ ۚ ذَٰلِكَ يَوْمُ الْوَعِيدِ ۝٢٠
📖 अनुवाद आयत 20
र सूर (नरसिन्घा) फूँकिनेछ । सजायको वाचाको दिन यही हो ।
وَجَاءَتْ كُلُّ نَفْسٍ مَّعَهَا سَائِقٌ وَشَهِيدٌ ۝٢١
📖 अनुवाद आयत 21
र हरेक व्यक्ति यस दिशामा यसरी आउनेछ, कि उसको साथमा एउटा ल्याउनेवाला हुनेछ र एउटा गवाही दिनेवाला ।
لَّقَدْ كُنتَ فِي غَفْلَةٍ مِّنْ هَٰذَا فَكَشَفْنَا عَنكَ غِطَاءَكَ فَبَصَرُكَ الْيَوْمَ حَدِيدٌ ۝٢٢
📖 अनुवाद आयत 22
निःसन्देह तिमी यस कुरातिरबाट उदासीन थियौ । तर हामीले तिम्रो अगाडिबाट परदा हटाइदियौं त आज तिम्रो दृष्टि बडो तीब्र छ ।
وَقَالَ قَرِينُهُ هَٰذَا مَا لَدَيَّ عَتِيدٌ ۝٢٣
📖 अनुवाद आयत 23
र उसको साथी (फरिश्ता) ले भन्नेछ यो हो (कर्मपत्र) जुन मसँग थियो ।
أَلْقِيَا فِي جَهَنَّمَ كُلَّ كَفَّارٍ عَنِيدٍ ۝٢٤
📖 अनुवाद आयत 24
प्रत्येक अटेरी काफिरलाई नर्कमा हालिदेऊ ।
مَّنَّاعٍ لِّلْخَيْرِ مُعْتَدٍ مُّرِيبٍ ۝٢٥
📖 अनुवाद आयत 25
जो धर्मकामलाई रोक्नेवाला, सीमा उल्लंघन गर्नेवाला र शंकाको कुरा गर्नेवाला थियो ।
الَّذِي جَعَلَ مَعَ اللَّهِ إِلَٰهًا آخَرَ فَأَلْقِيَاهُ فِي الْعَذَابِ الشَّدِيدِ ۝٢٦
📖 अनुवाद आयत 26
जसले अल्लाहको साथमा अरुलाई पूज्य बनाएको थियो । तसर्थ उसलाई दुःखद यातनामा हालिदेऊ ।
۞ قَالَ قَرِينُهُ رَبَّنَا مَا أَطْغَيْتُهُ وَلَٰكِن كَانَ فِي ضَلَالٍ بَعِيدٍ ۝٢٧
📖 अनुवाद आयत 27
उसको साथी (शैतान) ले भन्नेछ कि, हाम्रो पालनकर्ता । मैले उसलाई मार्गविचलित गरेको थिएन, बरु यो आफै मार्गबाट टाढा भई भौतारिदै थियो ।
قَالَ لَا تَخْتَصِمُوا لَدَيَّ وَقَدْ قَدَّمْتُ إِلَيْكُم بِالْوَعِيدِ ۝٢٨
📖 अनुवाद आयत 28
अल्लाहको आदेश हुनेछ कि मेरो सामु, झगडाको कुरा नगर । हामीले तिम्रो पासमा पहिला नै यातनाको वाचा पठाइसकेका थियौं ।
مَا يُبَدَّلُ الْقَوْلُ لَدَيَّ وَمَا أَنَا بِظَلَّامٍ لِّلْعَبِيدِ ۝٢٩
📖 अनुवाद आयत 29
हामीकहाँ कुरा परिवर्तित हुदैन र हामीले आफ्ना भक्तहरूमाथि अलिकति पनि अत्याचार गर्दैनौं ।
يَوْمَ نَقُولُ لِجَهَنَّمَ هَلِ امْتَلَأْتِ وَتَقُولُ هَلْ مِن مَّزِيدٍ ۝٣٠
📖 अनुवाद आयत 30
जुन दिन हामीले नर्कसित सोध्नेछौं कि के तिमी भरिहाल्यौ ? र त्यसले भन्नेछ कि केही अरु पनि छन्
وَأُزْلِفَتِ الْجَنَّةُ لِلْمُتَّقِينَ غَيْرَ بَعِيدٍ ۝٣١
📖 अनुवाद आयत 31
र जन्नत संयमीहरूको निकट गरिनेछ, त्यो टाढा रहनेछैन ।
هَٰذَا مَا تُوعَدُونَ لِكُلِّ أَوَّابٍ حَفِيظٍ ۝٣٢
📖 अनुवाद आयत 32
यो हो जसको तिमीलाई वचन दिइन्थ्यो हरेक प्रवृत्त हुनेवाला, र नियमबद्ध रहनेवालाहरूसित ।
مَّنْ خَشِيَ الرَّحْمَٰنَ بِالْغَيْبِ وَجَاءَ بِقَلْبٍ مُّنِيبٍ ۝٣٣
📖 अनुवाद आयत 33
जसले अल्लाहसित अदृश्यमा डर मान्थे र जो प्रवृत्त हुनेवाला हृदय लिएर आयो ।
ادْخُلُوهَا بِسَلَامٍ ۖ ذَٰلِكَ يَوْمُ الْخُلُودِ ۝٣٤
📖 अनुवाद आयत 34
तिमी यस स्वर्गमा कुशलताको साथ प्रवेश गर, यो सधैं रहने दिन हो ।
لَهُم مَّا يَشَاءُونَ فِيهَا وَلَدَيْنَا مَزِيدٌ ۝٣٥
📖 अनुवाद आयत 35
त्यहाँ उनीहरूले जे चाहनेछन्, उनीहरूलाई प्राप्त हुनेछ । बरु हामीकहाँ अरु पनि धेरै कुरा छन् ।
وَكَمْ أَهْلَكْنَا قَبْلَهُم مِّن قَرْنٍ هُمْ أَشَدُّ مِنْهُم بَطْشًا فَنَقَّبُوا فِي الْبِلَادِ هَلْ مِن مَّحِيصٍ ۝٣٦
📖 अनुवाद आयत 36
र हामीले उनीहरूभन्दा पहिला पनि कैयन् समुदायलाई नष्ट गरिसकेका छौं, जो उनीहरूभन्दा शक्तिमा धेरै बढी थिए, उनीहरू शहरमा घुम्दैरहे कि कतै भाग्ने ठाउँ छ
إِنَّ فِي ذَٰلِكَ لَذِكْرَىٰ لِمَن كَانَ لَهُ قَلْبٌ أَوْ أَلْقَى السَّمْعَ وَهُوَ شَهِيدٌ ۝٣٧
📖 अनुवाद आयत 37
यसमा प्रत्येक त्यस व्यक्तिको निम्ति शिक्षा छ जसको पासमा हृदय छ र उसको निम्ति जो हाजिर भई ध्यान लगाएर कानले सुन्दछ ।
وَلَقَدْ خَلَقْنَا السَّمَاوَاتِ وَالْأَرْضَ وَمَا بَيْنَهُمَا فِي سِتَّةِ أَيَّامٍ وَمَا مَسَّنَا مِن لُّغُوبٍ ۝٣٨
📖 अनुवाद आयत 38
हामीले आकाशहरूलाई र धरतीलाई र जे जति तिनीहरूको बीचमा छ, ६ दिनमा सृष्टि गरिदियौं र हामीलाई कुनै थकाइले छुनसकेन ।
فَاصْبِرْ عَلَىٰ مَا يَقُولُونَ وَسَبِّحْ بِحَمْدِ رَبِّكَ قَبْلَ طُلُوعِ الشَّمْسِ وَقَبْلَ الْغُرُوبِ ۝٣٩
📖 अनुवाद आयत 39
यसर्थ जे जति यिनीहरू (कुफ्फार) भन्दछन् त्यसमा धैर्य धारण गर्नुस् र सूर्य उदयभन्दा अगाडि र त्यो अस्त हुनुभन्दा पहिला आफ्नो पालनकर्ताको प्रशंसाको साथ गुणगान गर्दैगर्नु ।
وَمِنَ اللَّيْلِ فَسَبِّحْهُ وَأَدْبَارَ السُّجُودِ ۝٤٠
📖 अनुवाद आयत 40
र रातको कुनै बेला पनि उसको महिमागान गर्नु र नमाजपछि पनि ।
وَاسْتَمِعْ يَوْمَ يُنَادِ الْمُنَادِ مِن مَّكَانٍ قَرِيبٍ ۝٤١
📖 अनुवाद आयत 41
र ध्यानपूर्वक सुनः जुन दिन पुकार्नेवालाले नजिकको ठाउँबाट पुकार्नेछ ।
يَوْمَ يَسْمَعُونَ الصَّيْحَةَ بِالْحَقِّ ۚ ذَٰلِكَ يَوْمُ الْخُرُوجِ ۝٤٢
📖 अनुवाद आयत 42
जुन दिन मानिसहरूले त्यो ठूलो चित्कार निश्चिततौरले सुनिहाल्नेछन् । त्यही (चिहानबाट) निस्किने दिन हुनेछ ।
إِنَّا نَحْنُ نُحْيِي وَنُمِيتُ وَإِلَيْنَا الْمَصِيرُ ۝٤٣
📖 अनुवाद आयत 43
हामीले नै जीवित गर्दछौं र हामीले नै मार्दछौं र हाम्रै पासमा फर्केर आउनुछ ।
يَوْمَ تَشَقَّقُ الْأَرْضُ عَنْهُمْ سِرَاعًا ۚ ذَٰلِكَ حَشْرٌ عَلَيْنَا يَسِيرٌ ۝٤٤
📖 अनुवाद आयत 44
जुन दिन जमिन (धरती) फाट्नेछ र उनीहरू झट्ट निस्किहाल्नेछन् । यो एकत्रित गर्नु हामीलाई बिल्कुल सरल छ ।
نَّحْنُ أَعْلَمُ بِمَا يَقُولُونَ ۖ وَمَا أَنتَ عَلَيْهِم بِجَبَّارٍ ۖ فَذَكِّرْ بِالْقُرْآنِ مَن يَخَافُ وَعِيدِ ۝٤٥
📖 अनुवाद आयत 45
यी मानिसहरूले जे जति भन्दछन्, हामीलाई राम्ररी थाहा छ र तपाई उनीहरूमाथि जबरजस्ती गर्नेवाला होइनौ । तसर्थ जो हाम्रो (सजायको) धम्कीबाट डर मान्छन्, कुरआनको माध्यमबाट उनीहरूलाई सम्झाउँदै गर्नुस् ।
← 49 काफ (50/114) 51 →
पढ्नुहोस् सूरा काफ नेपाली – अनुवाद, उच्चारण र अडियो

50ق Qaf 📚 45 आयत مكية



पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers