सूरा अज-जारियात अरबी र नेपाली

सूरा अज-जारियात पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (60 आयत — مكية). अज-जारियात सुन्नुहोस्, अज-जारियात अनुवाद, अज-जारियात mp3, अज-जारियात pdf.

सूरा अज-जारियात पढ्नुहोस् र सुन्नुहोस्

🎧 आयत
M Mishary Rashid Alafasy
M Mahmoud Khalil Al-Husary
A Abdurrahman As-Sudais
M Mohamed Siddiq Al-Minshawi
A Abdul Basit Abdul Samad
A Ali Al-Hudhaify
A Ahmed ibn Ali al-Ajamy
A Abu Bakr Ash-Shaatree
M Muhammad Ayyoub
A Abdullah Basfar
A Abdullah Al-Juhani
M Maher Al Muaiqly
x1
وَالذَّارِيَاتِ ذَرْوًا ۝١
📖 अनुवाद आयत 1
कसम छ उडाएर छरिदिने (वायु) को ।
فَالْحَامِلَاتِ وِقْرًا ۝٢
📖 अनुवाद आयत 2
अनि भारी उचाल्नेहरूको ।
فَالْجَارِيَاتِ يُسْرًا ۝٣
📖 अनुवाद आयत 3
फेरि विस्तारै चल्नेहरूको ।
فَالْمُقَسِّمَاتِ أَمْرًا ۝٤
📖 अनुवाद आयत 4
अनि कामहरूलाई वितरित गर्नेहरूको ।
إِنَّمَا تُوعَدُونَ لَصَادِقٌ ۝٥
📖 अनुवाद आयत 5
विश्वास गर जसको कि तिमीलाई वचन दिइन्छ, त्यो साँचो छ ।
وَإِنَّ الدِّينَ لَوَاقِعٌ ۝٦
📖 अनुवाद आयत 6
र अवश्य न्याय इन्साफ हुनेछ ।
وَالسَّمَاءِ ذَاتِ الْحُبُكِ ۝٧
📖 अनुवाद आयत 7
त्यस आकाशको शपथ जसमा विभिन्न मार्गहरू छन् ।
إِنَّكُمْ لَفِي قَوْلٍ مُّخْتَلِفٍ ۝٨
📖 अनुवाद आयत 8
(हे मक्कावालाहरू !) तिमी निश्चितरूपले एउटा विवादको कुरामा परेका छौ ।
يُؤْفَكُ عَنْهُ مَنْ أُفِكَ ۝٩
📖 अनुवाद आयत 9
यसबाट त्यही विमुख हुन्छ, जो अल्लाहको तर्फबाट विमुख हुन्छ ।
قُتِلَ الْخَرَّاصُونَ ۝١٠
📖 अनुवाद आयत 10
अट्कलबाजी गर्नेहरू नष्ट गरिए ।
الَّذِينَ هُمْ فِي غَمْرَةٍ سَاهُونَ ۝١١
📖 अनुवाद आयत 11
जो भ्रममा छन् र बिर्सेका छन् ।
يَسْأَلُونَ أَيَّانَ يَوْمُ الدِّينِ ۝١٢
📖 अनुवाद आयत 12
सोध्छन् कि प्रतिफलको दिन कहिल्ये आउनेछ
يَوْمَ هُمْ عَلَى النَّارِ يُفْتَنُونَ ۝١٣
📖 अनुवाद आयत 13
हो, यो त्यो दिन हो (जब) उनलाई आगोमा तताइनेछ ।
ذُوقُوا فِتْنَتَكُمْ هَٰذَا الَّذِي كُنتُم بِهِ تَسْتَعْجِلُونَ ۝١٤
📖 अनुवाद आयत 14
अब आफ्नो उपद्रवको स्वाद चाख । यो त्यही हो, जसको निम्ति तिमीले हतार गर्ने गर्दथ्यौ ।
إِنَّ الْمُتَّقِينَ فِي جَنَّاتٍ وَعُيُونٍ ۝١٥
📖 अनुवाद आयत 15
निश्चय नै संयमीहरू स्वर्गका बगैंचाहरूमा हुनेछन् ।
آخِذِينَ مَا آتَاهُمْ رَبُّهُمْ ۚ إِنَّهُمْ كَانُوا قَبْلَ ذَٰلِكَ مُحْسِنِينَ ۝١٦
📖 अनुवाद आयत 16
र जुन जुन कुराहरू उनको पालनकर्ताले दिइराखेको हुन्छ उनीले लिइराखेका हुनेछन् । निश्चय नै उनीहरू त यसभन्दा पहिला नै असल कार्य गर्नेहरू थिए ।
كَانُوا قَلِيلًا مِّنَ اللَّيْلِ مَا يَهْجَعُونَ ۝١٧
📖 अनुवाद आयत 17
उनीहरू रातको थोरै भागमा सुत्ने गर्दथे ।
وَبِالْأَسْحَارِ هُمْ يَسْتَغْفِرُونَ ۝١٨
📖 अनुवाद आयत 18
र रातको अन्तिम पहर (भोर)मा क्षमा प्रार्थना गर्नेगर्दथे ।
وَفِي أَمْوَالِهِمْ حَقٌّ لِّلسَّائِلِ وَالْمَحْرُومِ ۝١٩
📖 अनुवाद आयत 19
र उनको सम्पत्तिमा माँग्नेवाला र निर्धनहरूको हक थियो ।
وَفِي الْأَرْضِ آيَاتٌ لِّلْمُوقِنِينَ ۝٢٠
📖 अनुवाद आयत 20
र ईमान राख्नेवालाहरूको निम्ति धरतीमा धेरै निशानीहरू छन् ।
وَفِي أَنفُسِكُمْ ۚ أَفَلَا تُبْصِرُونَ ۝٢١
📖 अनुवाद आयत 21
र स्वयं तिम्रो व्यक्तित्वमा पनि, त के तिमीले देख्दैनौ
وَفِي السَّمَاءِ رِزْقُكُمْ وَمَا تُوعَدُونَ ۝٢٢
📖 अनुवाद आयत 22
र तिम्रो रोजी र जुन कुराको तिमीलाई वचन दिइएको छ सबै आकाशमा छ ।
فَوَرَبِّ السَّمَاءِ وَالْأَرْضِ إِنَّهُ لَحَقٌّ مِّثْلَ مَا أَنَّكُمْ تَنطِقُونَ ۝٢٣
📖 अनुवाद आयत 23
तसर्थ आकाशहरू र धरतीको स्वामीको कसम त्यो विश्वास योग्य छ त्यसतै जुन प्रकारले तिमी कुरा गर्दछौ ।
هَلْ أَتَاكَ حَدِيثُ ضَيْفِ إِبْرَاهِيمَ الْمُكْرَمِينَ ۝٢٤
📖 अनुवाद आयत 24
के इब्राहीमका प्रतिष्ठित अतिथिहरूको वृत्तान्त पनि तिमीछेउ पुगेको छ ।
إِذْ دَخَلُوا عَلَيْهِ فَقَالُوا سَلَامًا ۖ قَالَ سَلَامٌ قَوْمٌ مُّنكَرُونَ ۝٢٥
📖 अनुवाद आयत 25
जब उनीहरू उनको पासमा आए तब भनेः ‘‘सलाम छ तिमीमाथि’’ उनले पनि भने ‘‘सलाम छ तपाईहरूलाई पनि’’ । (देखेपछि) मनमा भने (यी त) अपरिचित मानिसहरू हुन् ।
فَرَاغَ إِلَىٰ أَهْلِهِ فَجَاءَ بِعِجْلٍ سَمِينٍ ۝٢٦
📖 अनुवाद आयत 26
तब आफ्नो घर गई एउटा (पोलिएको) मोटो बाछो(को मासु) ल्याए ।
فَقَرَّبَهُ إِلَيْهِمْ قَالَ أَلَا تَأْكُلُونَ ۝٢٧
📖 अनुवाद आयत 27
र (खानाको निम्ति) उनीहरूको अगाडि राखिदिए । र भन्न थाले कि तपाईहरू किन खानुहुन्न
فَأَوْجَسَ مِنْهُمْ خِيفَةً ۖ قَالُوا لَا تَخَفْ ۖ وَبَشَّرُوهُ بِغُلَامٍ عَلِيمٍ ۝٢٨
📖 अनुवाद आयत 28
अनि उनले मनैमनमा उनीहरूसित डर महसूस गरे । उनीहरूले भने कि डर नमान्नुस् र उनलाई (इब्राहीमलाई) एउटा ज्ञानवान केटोको मंगलसूचना दिए ।
فَأَقْبَلَتِ امْرَأَتُهُ فِي صَرَّةٍ فَصَكَّتْ وَجْهَهَا وَقَالَتْ عَجُوزٌ عَقِيمٌ ۝٢٩
📖 अनुवाद आयत 29
अनि उनकी स्वास्नी आश्चार्यचकित भई अगाडि बढिन् र आफ्नो निधारमा पिट्दै भनिन् कि म त एक बूढी र बाँझ हूँ
قَالُوا كَذَٰلِكِ قَالَ رَبُّكِ ۖ إِنَّهُ هُوَ الْحَكِيمُ الْعَلِيمُ ۝٣٠
📖 अनुवाद आयत 30
उनीहरूले भने हो यस्तै नै तिम्रो पालनकर्ताको आदेश छ । निःसंदेह ऊ बडो तत्वदर्शी र ज्ञानवान छ ।
۞ قَالَ فَمَا خَطْبُكُمْ أَيُّهَا الْمُرْسَلُونَ ۝٣١
📖 अनुवाद आयत 31
(इब्राहीमले) भनेः कि ‘‘हे अल्लाहका दूत तिम्रो अभिप्राय के हो ?’’
قَالُوا إِنَّا أُرْسِلْنَا إِلَىٰ قَوْمٍ مُّجْرِمِينَ ۝٣٢
📖 अनुवाद आयत 32
उनीहरूले भनेः कि ‘‘हामीहरू अपराधी समूहतर्फ पठाइएका हौं ।
لِنُرْسِلَ عَلَيْهِمْ حِجَارَةً مِّن طِينٍ ۝٣٣
📖 अनुवाद आयत 33
ताकि उनीहरूमाथि कंकडी बर्साऔं ।
مُّسَوَّمَةً عِندَ رَبِّكَ لِلْمُسْرِفِينَ ۝٣٤
📖 अनुवाद आयत 34
जो तपाईको पालनकर्ताको तर्फबाट निशान लगाइएका छन् ती सीमाको अतिक्रमणकारीको लागि ।’’
فَأَخْرَجْنَا مَن كَانَ فِيهَا مِنَ الْمُؤْمِنِينَ ۝٣٥
📖 अनुवाद आयत 35
अनि त्यहाँ जति ईमानवालाहरू थिए उनीहरूलाई, हामीले निकालिहाल्यौं ।
فَمَا وَجَدْنَا فِيهَا غَيْرَ بَيْتٍ مِّنَ الْمُسْلِمِينَ ۝٣٦
📖 अनुवाद आयत 36
र हामीले त्यहाँ मुसलमानको एउटा घर मात्र भेट्टायौं ।
وَتَرَكْنَا فِيهَا آيَةً لِّلَّذِينَ يَخَافُونَ الْعَذَابَ الْأَلِيمَ ۝٣٧
📖 अनुवाद आयत 37
र जुन मानिसहरू दुःखद् यातनासित डराउँदछन्, उनीहरूको निम्ति त्यहाँ निशानी छोडिदियौं ।
وَفِي مُوسَىٰ إِذْ أَرْسَلْنَاهُ إِلَىٰ فِرْعَوْنَ بِسُلْطَانٍ مُّبِينٍ ۝٣٨
📖 अनुवाद आयत 38
र ‘‘मूसा(अलैहिस्सलाम)’’ (को वृतान्त) मा पनि (निशानी छ) जब कि हामीले उनलाई फिरऔनतिर स्पष्ट प्रमाणकासाथ पठायौं ।
فَتَوَلَّىٰ بِرُكْنِهِ وَقَالَ سَاحِرٌ أَوْ مَجْنُونٌ ۝٣٩
📖 अनुवाद आयत 39
तब त्यसले आफ्नो शक्ति (घमण्ड) ले विमुख भइहाल्यो र भन्न थाल्यो, यो त जादूगर हो वा दिवाना
فَأَخَذْنَاهُ وَجُنُودَهُ فَنَبَذْنَاهُمْ فِي الْيَمِّ وَهُوَ مُلِيمٌ ۝٤٠
📖 अनुवाद आयत 40
तब हामीले उसलाई र उसका लावालस्करलाई समातिहाल्यौं र उनीहरूलाई समुन्द्रमा फ्याकिहाल्यौं र त्यसको काम नै निन्दनीय थियो ।
وَفِي عَادٍ إِذْ أَرْسَلْنَا عَلَيْهِمُ الرِّيحَ الْعَقِيمَ ۝٤١
📖 अनुवाद आयत 41
यस्तै ‘‘आद’’ (को वृतान्त) मा पनि (निशानी छ), जब हामीले उनीहरूमाथि अशुभ वायु चलायौं ।
مَا تَذَرُ مِن شَيْءٍ أَتَتْ عَلَيْهِ إِلَّا جَعَلَتْهُ كَالرَّمِيمِ ۝٤٢
📖 अनुवाद आयत 42
त्यो जुन जुन कुरामाथि चल्यो, त्यसलाई जिर्णशिर्ण हाड जस्तो चूरा–चूरा गरेर छाडिदियो ।
وَفِي ثَمُودَ إِذْ قِيلَ لَهُمْ تَمَتَّعُوا حَتَّىٰ حِينٍ ۝٤٣
📖 अनुवाद आयत 43
र ‘‘समूद’’ (को वृतान्त) मा पनि (निशानी छ) जब उनीसित भनियो कि एक समयसम्म फाइदा उठाइहाल ।
فَعَتَوْا عَنْ أَمْرِ رَبِّهِمْ فَأَخَذَتْهُمُ الصَّاعِقَةُ وَهُمْ يَنظُرُونَ ۝٤٤
📖 अनुवाद आयत 44
तर उनीहरूले आफ्नो पालनकर्ताको आदेशको उल्लंघन गरे, अनि हेर्दाहेर्दै उनीहरूलाई कडक चट्याङ्गले समाप्त गरिदियो ।
فَمَا اسْتَطَاعُوا مِن قِيَامٍ وَمَا كَانُوا مُنتَصِرِينَ ۝٤٥
📖 अनुवाद आयत 45
अनि उनीहरू नउठ्न सके र नत बदला लिन सके ।
وَقَوْمَ نُوحٍ مِّن قَبْلُ ۖ إِنَّهُمْ كَانُوا قَوْمًا فَاسِقِينَ ۝٤٦
📖 अनुवाद आयत 46
र यसभन्दा पहिला (हामीले) ‘‘नूह(अलैहिस्सलाम)को’’ जातिबन्धुलाई पनि (समाप्त गरिसकेका थियौं) निश्चय नै उनीहरू ठूलो अवज्ञाकारी थिए ।
وَالسَّمَاءَ بَنَيْنَاهَا بِأَيْدٍ وَإِنَّا لَمُوسِعُونَ ۝٤٧
📖 अनुवाद आयत 47
र आकाशलाई हामीले आफ्नो शक्तिद्वारा बनायौं र निश्चितरूपले हामीमा ठूलो सामथ्र्य छ ।
وَالْأَرْضَ فَرَشْنَاهَا فَنِعْمَ الْمَاهِدُونَ ۝٤٨
📖 अनुवाद आयत 48
र धरतीलाई हामीले भूईं बनायौं तसर्थ (हेर) हामीले कति राम्ररी बनायौं ।
وَمِن كُلِّ شَيْءٍ خَلَقْنَا زَوْجَيْنِ لَعَلَّكُمْ تَذَكَّرُونَ ۝٤٩
📖 अनुवाद आयत 49
र हामीले प्रत्येक कुराको जोडा बनायौं ताकि तिमीले उपदेश ग्रहण गर ।
فَفِرُّوا إِلَى اللَّهِ ۖ إِنِّي لَكُم مِّنْهُ نَذِيرٌ مُّبِينٌ ۝٥٠
📖 अनुवाद आयत 50
अतः तिमी अल्लाहतिर छिटै लाग । निश्चयनै म उसको तर्फबाट तिम्रो निम्ति एउटा प्रत्यक्ष सावधान गर्नेवाला हूँ ।
وَلَا تَجْعَلُوا مَعَ اللَّهِ إِلَٰهًا آخَرَ ۖ إِنِّي لَكُم مِّنْهُ نَذِيرٌ مُّبِينٌ ۝٥١
📖 अनुवाद आयत 51
र अल्लाहको साथ अन्य कसैलाई पूज्य नबनाऊ । म उसको तर्फबाट तिम्रो निम्ति एउटा प्रत्यक्ष डर देखाउनेवाला हूँ ।
كَذَٰلِكَ مَا أَتَى الَّذِينَ مِن قَبْلِهِم مِّن رَّسُولٍ إِلَّا قَالُوا سَاحِرٌ أَوْ مَجْنُونٌ ۝٥٢
📖 अनुवाद आयत 52
यस्तै यिनीहरूभन्दा पहिलेका मानिसहरूको पासमा जुन पैगम्बर आउँथ्यो उनीहरूले उनलाई जादूगर वा दीवाना भन्दथे ।
أَتَوَاصَوْا بِهِ ۚ بَلْ هُمْ قَوْمٌ طَاغُونَ ۝٥٣
📖 अनुवाद आयत 53
के यिनीहरूले एकअर्कालाई यस कुराको निम्ति इच्छाउँदै (उपदेश दिदै) गएका छन् ? (होइन) बरु यिनीहरू सबै अवज्ञाकारी हुन् ।
فَتَوَلَّ عَنْهُمْ فَمَا أَنتَ بِمَلُومٍ ۝٥٤
📖 अनुवाद आयत 54
तपाईले यिनीहरूबाट पन्छिनुस् । तपाईलाई दोषारोपण हुनेछैन ।
وَذَكِّرْ فَإِنَّ الذِّكْرَىٰ تَنفَعُ الْمُؤْمِنِينَ ۝٥٥
📖 अनुवाद आयत 55
र उपदेश गर्दैगर्नुस् किनकि उपदेशले मोमिनहरूलाई लाभ पुर्याउँछ ।
وَمَا خَلَقْتُ الْجِنَّ وَالْإِنسَ إِلَّا لِيَعْبُدُونِ ۝٥٦
📖 अनुवाद आयत 56
मैले जिन्न र मानिसहरूलाई यसकारण मात्र सृष्टि गरेको छु ताकि मेरो उपासना गरुन् ।
مَا أُرِيدُ مِنْهُم مِّن رِّزْقٍ وَمَا أُرِيدُ أَن يُطْعِمُونِ ۝٥٧
📖 अनुवाद आयत 57
म उनीहरूबाट जीविका चाहन्न र न यो चाहन्छु कि मलाई खुवाउन् ।
إِنَّ اللَّهَ هُوَ الرَّزَّاقُ ذُو الْقُوَّةِ الْمَتِينُ ۝٥٨
📖 अनुवाद आयत 58
अल्लाह आफै जीविका प्रदान गर्नेवाला शक्तिशाली, दृढ छ ।
فَإِنَّ لِلَّذِينَ ظَلَمُوا ذَنُوبًا مِّثْلَ ذَنُوبِ أَصْحَابِهِمْ فَلَا يَسْتَعْجِلُونِ ۝٥٩
📖 अनुवाद आयत 59
अतः जसले अत्याचार गरेका छन् उनीहरूको निम्ति पनि सजायको भाग निर्धारित छ, जुन प्रकार उनीहरूका साथीहरूको निम्ति निर्धारित थियो । अतः उनीहरू मसित हतार नगरुन् ।
فَوَيْلٌ لِّلَّذِينَ كَفَرُوا مِن يَوْمِهِمُ الَّذِي يُوعَدُونَ ۝٦٠
📖 अनुवाद आयत 60
जुन दिनको यी काफिरहरूसित वाचा गरिन्छ, त्यसबाट उनको निम्ति खराबी छ ।
← 50 अज-जारियात (51/114) 52 →
पढ्नुहोस् सूरा अज-जारियात नेपाली – अनुवाद, उच्चारण र अडियो

51الذاريات Adh-Dhariyat 📚 60 आयत مكية



पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers