सूरा अल-मुजादिला अरबी र नेपाली

सूरा अल-मुजादिला पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (22 आयत — مدنية). अल-मुजादिला सुन्नुहोस्, अल-मुजादिला अनुवाद, अल-मुजादिला mp3, अल-मुजादिला pdf.

सूरा अल-मुजादिला पढ्नुहोस् र सुन्नुहोस्

🎧 आयत
M Mishary Rashid Alafasy
M Mahmoud Khalil Al-Husary
A Abdurrahman As-Sudais
M Mohamed Siddiq Al-Minshawi
A Abdul Basit Abdul Samad
A Ali Al-Hudhaify
A Ahmed ibn Ali al-Ajamy
A Abu Bakr Ash-Shaatree
M Muhammad Ayyoub
A Abdullah Basfar
A Abdullah Al-Juhani
M Maher Al Muaiqly
x1
قَدْ سَمِعَ اللَّهُ قَوْلَ الَّتِي تُجَادِلُكَ فِي زَوْجِهَا وَتَشْتَكِي إِلَى اللَّهِ وَاللَّهُ يَسْمَعُ تَحَاوُرَكُمَا ۚ إِنَّ اللَّهَ سَمِيعٌ بَصِيرٌ ۝١
📖 अनुवाद आयत 1
(हे पैगम्बर !) अल्लाहले त्यस स्त्रीको कुरा सुनिहाल्यो, जसले आफ्नो पतिको विषयमा तपाईसित विवाद गरिराखेकी थिई र अल्लाहसित गुनासो गरिाखेकी थिई । अल्लाहले तिमी दुवैको प्रश्नोत्तर सुनिराखेको थियो । निश्चय नै अल्लाह सबै कुरा सुन्नेवाला, देख्नेवाला छ ।
الَّذِينَ يُظَاهِرُونَ مِنكُم مِّن نِّسَائِهِم مَّا هُنَّ أُمَّهَاتِهِمْ ۖ إِنْ أُمَّهَاتُهُمْ إِلَّا اللَّائِي وَلَدْنَهُمْ ۚ وَإِنَّهُمْ لَيَقُولُونَ مُنكَرًا مِّنَ الْقَوْلِ وَزُورًا ۚ وَإِنَّ اللَّهَ لَعَفُوٌّ غَفُورٌ ۝٢
📖 अनुवाद आयत 2
तिमीहरूमध्ये जसले आफ्ना स्त्रीहरूसंग जिहार गरिहाल्छन् (अर्थात उनीहरूलाई आमा भनिहाल्छन्) तिनीहरू उनीहरूका वास्तविक आमा भइहाल्दैनन् । उनीहरूका आमा त ती नै हुन् जसको पेटबाट उनीहरू जन्मेका छन् । निश्चय नै उनीहरू एउटा अनुचित र असत्य कुरा भन्दछन् (र) अल्लाह बडो दया गर्नेवाला र क्षमाशील छ ।
وَالَّذِينَ يُظَاهِرُونَ مِن نِّسَائِهِمْ ثُمَّ يَعُودُونَ لِمَا قَالُوا فَتَحْرِيرُ رَقَبَةٍ مِّن قَبْلِ أَن يَتَمَاسَّا ۚ ذَٰلِكُمْ تُوعَظُونَ بِهِ ۚ وَاللَّهُ بِمَا تَعْمَلُونَ خَبِيرٌ ۝٣
📖 अनुवाद आयत 3
जसले आफ्नो स्त्रीहरूलाई आमा भनिहाल्दछन्, अनि आफ्नो भनाईतिर पश्चाताप गर्छन् भने उनीहरू पुनः सहवास गर्नुभन्दा पहिला एउटा दास मुक्त गर्नु अनिवार्य छ । यसबाट तिमीलाई उपदेश गरिन्छ र तिमीले जे गर्दछौ, अल्लाहलाई सबै थाहा छ ।
فَمَن لَّمْ يَجِدْ فَصِيَامُ شَهْرَيْنِ مُتَتَابِعَيْنِ مِن قَبْلِ أَن يَتَمَاسَّا ۖ فَمَن لَّمْ يَسْتَطِعْ فَإِطْعَامُ سِتِّينَ مِسْكِينًا ۚ ذَٰلِكَ لِتُؤْمِنُوا بِاللَّهِ وَرَسُولِهِ ۚ وَتِلْكَ حُدُودُ اللَّهِ ۗ وَلِلْكَافِرِينَ عَذَابٌ أَلِيمٌ ۝٤
📖 अनुवाद आयत 4
हो, जसलाई दास प्राप्त हुँदैन, त्यसले सहवासभन्दा पहिला निरन्तर दुई महिनासम्म व्रत बसोस् र जसलाई यसको पनि सामथ्र्य छैन त, त्यसले साठी (गरिब) पराश्रितहरूलाई भोजन गराओस् । यो यसकारण हो ताकि तिमी अल्लाह र उसको रसूलको आज्ञाकारी बन । यी अल्लाहद्धारा निर्धारित सीमाहरू हुन् र नमान्नेहरूको निम्ति कष्टदायक यातना छ ।
إِنَّ الَّذِينَ يُحَادُّونَ اللَّهَ وَرَسُولَهُ كُبِتُوا كَمَا كُبِتَ الَّذِينَ مِن قَبْلِهِمْ ۚ وَقَدْ أَنزَلْنَا آيَاتٍ بَيِّنَاتٍ ۚ وَلِلْكَافِرِينَ عَذَابٌ مُّهِينٌ ۝٥
📖 अनुवाद आयत 5
निःसंदेह जुन मानिसहरूले अल्लाह र उसको रसूलको विरोध गर्दछन्, उनीहरू अपमानित गरिनेछन्, जुन तरिकाले कि उनीभन्दा पहिला अपमानित गरिएका थिए, र हामीले स्पष्ट र खुल्ला आयतहरू अवतरित गरिदिएका छौं । र जसले मान्दैनन् उनीहरूलाई अपमानजनक यातना छ ।
يَوْمَ يَبْعَثُهُمُ اللَّهُ جَمِيعًا فَيُنَبِّئُهُم بِمَا عَمِلُوا ۚ أَحْصَاهُ اللَّهُ وَنَسُوهُ ۚ وَاللَّهُ عَلَىٰ كُلِّ شَيْءٍ شَهِيدٌ ۝٦
📖 अनुवाद आयत 6
जुन दिन अल्लाहले उनीहरूलाई उठाउनेछ फेरि जुन काम उनीहरूले गर्दथे त्यसबाट उनीहरूलाई अवगत गराउनेछ । अल्लाहले ती सबैलाई गिनिराखको छ जुन यिनीहरूले बिर्सिसकेछन् र अल्लाह प्रत्येक कुरा जान्दछ ।
أَلَمْ تَرَ أَنَّ اللَّهَ يَعْلَمُ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ ۖ مَا يَكُونُ مِن نَّجْوَىٰ ثَلَاثَةٍ إِلَّا هُوَ رَابِعُهُمْ وَلَا خَمْسَةٍ إِلَّا هُوَ سَادِسُهُمْ وَلَا أَدْنَىٰ مِن ذَٰلِكَ وَلَا أَكْثَرَ إِلَّا هُوَ مَعَهُمْ أَيْنَ مَا كَانُوا ۖ ثُمَّ يُنَبِّئُهُم بِمَا عَمِلُوا يَوْمَ الْقِيَامَةِ ۚ إِنَّ اللَّهَ بِكُلِّ شَيْءٍ عَلِيمٌ ۝٧
📖 अनुवाद आयत 7
के तिमीलाई थाहा छैन कि जे–जति आकाशहरूमा छ र जे–जति धरतीमा छ, अल्लाहलाई सबै थाहा छ । कुनै पनि तीनजना मानिसहरूको गुप्त वार्ता यस्तो हुँदैन जसमा चौथो अल्लाह नहोस् र न पाँचजना मानिसहरूको हुन्छ, जसमा छैठौं त्यो नहोस् । न यसभन्दा कमको न यसभन्दा बढिको किन्तु त्यो उनीहरूको साथमा हुन्छ, तिनीहरू जहाँ भएपनि, अनि जे–जति पनि उनीहरूले गरेका होलान्, कयामतको दिन उसले उनीहरूलाई उनको कार्यबाट अवगत गराइहाल्नेछ । निश्चय नै अल्लाहलाई हरेक कुराको ज्ञान छ ।
أَلَمْ تَرَ إِلَى الَّذِينَ نُهُوا عَنِ النَّجْوَىٰ ثُمَّ يَعُودُونَ لِمَا نُهُوا عَنْهُ وَيَتَنَاجَوْنَ بِالْإِثْمِ وَالْعُدْوَانِ وَمَعْصِيَتِ الرَّسُولِ وَإِذَا جَاءُوكَ حَيَّوْكَ بِمَا لَمْ يُحَيِّكَ بِهِ اللَّهُ وَيَقُولُونَ فِي أَنفُسِهِمْ لَوْلَا يُعَذِّبُنَا اللَّهُ بِمَا نَقُولُ ۚ حَسْبُهُمْ جَهَنَّمُ يَصْلَوْنَهَا ۖ فَبِئْسَ الْمَصِيرُ ۝٨
📖 अनुवाद आयत 8
के तिमीले उनीहरूलाई देखेनौ ? जसलाई कानेखुसी गर्नबाट मनाही गरिएको थियो । उनी फेरि पनि त्यो मनाही गरिएको काम गर्न थाले र परस्परमा पापको, अत्याचारको र रसूलको अवज्ञाको कानेखुसी गर्दछन् र जब तिम्रो नजिकमा आउँदछन्, त तिमीलाई ती शब्दमा सलाम गर्दछन् । जुन शब्द अल्लाहले तिम्रो अभिवादनको लागि भनेन, र आफ्नो मनमा भन्दछन् कि जे–जति हामीले भन्दछौं, त्यसमा अल्लाहले हामीलाई सजाय किन दिंदैन ? उनीहरूको निम्ति नर्क नै पर्याप्त सजाय हो, जसमा उनीहरू प्रविष्ट हुनेछन् । त्यो त साह्रै नराम्रो ठाउँ हो ।
يَا أَيُّهَا الَّذِينَ آمَنُوا إِذَا تَنَاجَيْتُمْ فَلَا تَتَنَاجَوْا بِالْإِثْمِ وَالْعُدْوَانِ وَمَعْصِيَتِ الرَّسُولِ وَتَنَاجَوْا بِالْبِرِّ وَالتَّقْوَىٰ ۖ وَاتَّقُوا اللَّهَ الَّذِي إِلَيْهِ تُحْشَرُونَ ۝٩
📖 अनुवाद आयत 9
हे मोमिनहरू ! जब तिमी आपसमा कानेखुसी गर्दछौ त यी कानेखुसीहरू गुनाह र अतिक्रमण र रसूलको अवज्ञाको लागी नहोउन् । बरु नेकी र सहनशीलताको विषयमा आपसमा एकान्तवार्ता गर र त्यस अल्लाहसित डर मानिराख जसको नजिक तिमी एकत्रित हुनेछौ ।
إِنَّمَا النَّجْوَىٰ مِنَ الشَّيْطَانِ لِيَحْزُنَ الَّذِينَ آمَنُوا وَلَيْسَ بِضَارِّهِمْ شَيْئًا إِلَّا بِإِذْنِ اللَّهِ ۚ وَعَلَى اللَّهِ فَلْيَتَوَكَّلِ الْمُؤْمِنُونَ ۝١٠
📖 अनुवाद आयत 10
नराम्रा कानेखुसीहरू त शैतानको काम हो । ताकि यसबाट मोमिनहरू दुःखी होउन्, यद्यपि अल्लाहको आदेश बिना उसले उनीहरूलाई केही हानि पुर्याउन सक्दैन । र मोमिनहरूले अल्लाहमाथि नै भरोसा गर्नु उचित हो ।
يَا أَيُّهَا الَّذِينَ آمَنُوا إِذَا قِيلَ لَكُمْ تَفَسَّحُوا فِي الْمَجَالِسِ فَافْسَحُوا يَفْسَحِ اللَّهُ لَكُمْ ۖ وَإِذَا قِيلَ انشُزُوا فَانشُزُوا يَرْفَعِ اللَّهُ الَّذِينَ آمَنُوا مِنكُمْ وَالَّذِينَ أُوتُوا الْعِلْمَ دَرَجَاتٍ ۚ وَاللَّهُ بِمَا تَعْمَلُونَ خَبِيرٌ ۝١١
📖 अनुवाद आयत 11
मोमिनहरू ! जब तिमीहरूलाई भनिन्छ कि सभामा ठाउँ फराकिलो पार त फराकिलो गरी बस । अल्लाहले तिमीलाई फराकिलोपना प्रदान गर्नेछ र जब भनिन्छ कि उभिहाल्नु त उभिहाल । तिमीहरूमध्ये जसले ईमान ल्याएका छन् र जसलाई ज्ञान प्रदान गरिएको छ, अल्लाहले उनीहरूको दर्जा उच्च गर्नेछ, र अल्लाह तिम्रो सम्पूर्ण कामहरूलाई जान्दछ ।
يَا أَيُّهَا الَّذِينَ آمَنُوا إِذَا نَاجَيْتُمُ الرَّسُولَ فَقَدِّمُوا بَيْنَ يَدَيْ نَجْوَاكُمْ صَدَقَةً ۚ ذَٰلِكَ خَيْرٌ لَّكُمْ وَأَطْهَرُ ۚ فَإِن لَّمْ تَجِدُوا فَإِنَّ اللَّهَ غَفُورٌ رَّحِيمٌ ۝١٢
📖 अनुवाद आयत 12
हे मोमिनहरू ! जब तिमीले पैगम्बरको कानमा कुनै कुरा भन्न चाहन्छौ त त्यस कुरालाई भन्नुभन्दा पहिला केही दान गर्नेगर । यो तिम्रो निम्ति धेरै राम्रो र पवित्रताको कुरा हो र यदि दानको सामथ्र्य छैन भने त अल्लाह क्षमाशील र कृपालु छ ।
أَأَشْفَقْتُمْ أَن تُقَدِّمُوا بَيْنَ يَدَيْ نَجْوَاكُمْ صَدَقَاتٍ ۚ فَإِذْ لَمْ تَفْعَلُوا وَتَابَ اللَّهُ عَلَيْكُمْ فَأَقِيمُوا الصَّلَاةَ وَآتُوا الزَّكَاةَ وَأَطِيعُوا اللَّهَ وَرَسُولَهُ ۚ وَاللَّهُ خَبِيرٌ بِمَا تَعْمَلُونَ ۝١٣
📖 अनुवाद आयत 13
के तिमी आफ्नो गुप्तवार्ताभन्दा पहिला दान दिनुबाट तर्सिहाल्यौ ? अनि जब तिमीले यस्तो गरेनौ र अल्लाहले तिमीलाई क्षमा गरिदियो त नमाज पढ्ने गर र जकात (धर्मदाय) दिंदै गर र अल्लाह र उसको रसूलको आज्ञापालन गर्नेगर । र जे–जति तिमीले गर्दछौ, अल्लाहलाई त्यो सबै थाहा छ ।
۞ أَلَمْ تَرَ إِلَى الَّذِينَ تَوَلَّوْا قَوْمًا غَضِبَ اللَّهُ عَلَيْهِم مَّا هُم مِّنكُمْ وَلَا مِنْهُمْ وَيَحْلِفُونَ عَلَى الْكَذِبِ وَهُمْ يَعْلَمُونَ ۝١٤
📖 अनुवाद आयत 14
के तिमीले ती मानिसहरूलाई देखेनौ ? जसले यस्ता मानिसहरूसित मित्रता गरे जसमाथि अल्लाहको प्रकोप भएको छ ? ती कपटीहरू न तिमीमध्येका हुन र न उनीहरूमध्येका, र उनीहरू जानी–जानी झूठो कुराको कसम खान्छन् ।
أَعَدَّ اللَّهُ لَهُمْ عَذَابًا شَدِيدًا ۖ إِنَّهُمْ سَاءَ مَا كَانُوا يَعْمَلُونَ ۝١٥
📖 अनुवाद आयत 15
अल्लाहले उनीहरूको निम्ति कठोर यातना तयार गरिसकेको छ । निश्चय नै उनीहरूले जे गरिराखेका छन् त्यो नराम्रो हो ।
اتَّخَذُوا أَيْمَانَهُمْ جُنَّةً فَصَدُّوا عَن سَبِيلِ اللَّهِ فَلَهُمْ عَذَابٌ مُّهِينٌ ۝١٦
📖 अनुवाद आयत 16
उनीहरूले आफ्ना कसमहरूलाई सुरक्षा कवच बनाइराखेका छन् । अतः उनीहरू अल्लाहको मार्गबाट मानिसहरूलाई रोक्दछन् । तसर्थ उनीहरूका निमित्त तिरस्कारपूर्ण यातना छ ।
لَّن تُغْنِيَ عَنْهُمْ أَمْوَالُهُمْ وَلَا أَوْلَادُهُم مِّنَ اللَّهِ شَيْئًا ۚ أُولَٰئِكَ أَصْحَابُ النَّارِ ۖ هُمْ فِيهَا خَالِدُونَ ۝١٧
📖 अनुवाद आयत 17
अल्लाह को यातनाबाट बचाउनको निम्ति न उनीहरूको धन सम्पत्ति उनीहरूको काम आउनेछ र न उनीहरूका सन्तान । उनीहरू नर्कबासी हुन् । त्यसैमा उनीहरू सधै रहनेछन् ।
يَوْمَ يَبْعَثُهُمُ اللَّهُ جَمِيعًا فَيَحْلِفُونَ لَهُ كَمَا يَحْلِفُونَ لَكُمْ ۖ وَيَحْسَبُونَ أَنَّهُمْ عَلَىٰ شَيْءٍ ۚ أَلَا إِنَّهُمْ هُمُ الْكَاذِبُونَ ۝١٨
📖 अनुवाद आयत 18
जुन दिन अल्लाहले ती सबैलाई जीवित पारी उठाउनेछ त उनीहरूले उसको सामु पनि यस्तै प्रकारले कसम खानेछन्, जुन प्रकारले तिम्रो अगाडि कसम खान्छन् र ठान्छन् कि उनीहरू पनि कुनै आधारमा छन् । हेर, निश्चय नै तिनीहरू नै झूठा हुन् ।
اسْتَحْوَذَ عَلَيْهِمُ الشَّيْطَانُ فَأَنسَاهُمْ ذِكْرَ اللَّهِ ۚ أُولَٰئِكَ حِزْبُ الشَّيْطَانِ ۚ أَلَا إِنَّ حِزْبَ الشَّيْطَانِ هُمُ الْخَاسِرُونَ ۝١٩
📖 अनुवाद आयत 19
शैतानले उनीहरूलाई नियन्त्रणमा लिइसकेको छ । अतः उसले अल्लाहको स्मरणलाई उनीहरूबाट बिर्साइसकेको छ । यिनीहरू शैतानको समूह हुन् यसमा शंका छैन कि शैतानको समूह नै घाटामा पर्नेवाला छ ।
إِنَّ الَّذِينَ يُحَادُّونَ اللَّهَ وَرَسُولَهُ أُولَٰئِكَ فِي الْأَذَلِّينَ ۝٢٠
📖 अनुवाद आयत 20
निःसंदेह जसले अल्लाह र उसको रसूलको विरोध गर्दछन्, उनीहरू सबभन्दा बढी अपमानितहरूमध्येका हुन् ।
كَتَبَ اللَّهُ لَأَغْلِبَنَّ أَنَا وَرُسُلِي ۚ إِنَّ اللَّهَ قَوِيٌّ عَزِيزٌ ۝٢١
📖 अनुवाद आयत 21
अल्लाहले लेखिसकेको छ कि निःसंदेह म र मेरा रसूल नै विजयी रहनेछौं । निःसन्देह अल्लाह शक्तिमान र अधिपत्यशाली छ ।
لَّا تَجِدُ قَوْمًا يُؤْمِنُونَ بِاللَّهِ وَالْيَوْمِ الْآخِرِ يُوَادُّونَ مَنْ حَادَّ اللَّهَ وَرَسُولَهُ وَلَوْ كَانُوا آبَاءَهُمْ أَوْ أَبْنَاءَهُمْ أَوْ إِخْوَانَهُمْ أَوْ عَشِيرَتَهُمْ ۚ أُولَٰئِكَ كَتَبَ فِي قُلُوبِهِمُ الْإِيمَانَ وَأَيَّدَهُم بِرُوحٍ مِّنْهُ ۖ وَيُدْخِلُهُمْ جَنَّاتٍ تَجْرِي مِن تَحْتِهَا الْأَنْهَارُ خَالِدِينَ فِيهَا ۚ رَضِيَ اللَّهُ عَنْهُمْ وَرَضُوا عَنْهُ ۚ أُولَٰئِكَ حِزْبُ اللَّهِ ۚ أَلَا إِنَّ حِزْبَ اللَّهِ هُمُ الْمُفْلِحُونَ ۝٢٢
📖 अनुवाद आयत 22
जसले अल्लाह र कयामतको दिनमाथि आस्था राख्दछन्, उनीहरूलाई अल्लाह र उसको रसूलका दुश्मनहरूसित मित्रता गरेको तपाईले पाउनु हुन्न । चाहे उनीहरू तिनीहरूका बाबु वा छोरा वा भाइ वा उनको खलककै मानिसहरू किन नहोउन् । यिनै ती मानिसहरू हुन्, जसको हृदयमा अल्लाहले ईमान लेखिदिएको छ र अदृश्य अनुकम्पाले उनीहरूको सहायता गरेको छ र उसले उनीहरूलाई त्यस्ता स्वर्गहरूमा जसमुनि नहरहरू बगिराखेका छन्, प्रवेश गराउने छ, यिनी सधैं त्यसमा रहनेछन् । अल्लाह उनीहरूसित, र उनीहरू अल्लाहसित खुशी छन् । यही समूह अल्लाहको जमाअत (समूह) हो । र सुनिराख कि अल्लाहकै जमाअत नै सफल समूह हुनेछ ।
← 57 अल-मुजादिला (58/114) 59 →
पढ्नुहोस् सूरा अल-मुजादिला नेपाली – अनुवाद, उच्चारण र अडियो

58المجادلة Al-Mujadilah 📚 22 आयत مدنية



पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers