🔥 0 दिन लगातार
📖 लामो सूरा — साना भागहरूमा विभाजित (128 आयत)
📚 सबै सूराहरू
30%
🎤 आफ्नो आवाज रेकर्ड गर्न कुनै पनि आयत छेउको माइक्रोफोन आइकनमा 🎙️ थिच्नुहोस्, त्यसपछि सुन्नुहोस् र क्वारीसँग तुलना गर्नुहोस्।
0/128
16:1 🔁 0/5
أَتَىٰٓ أَمۡرُ ٱللَّهِ فَلَا تَسۡتَعۡجِلُوهُۚ سُبۡحَٰنَهُۥ وَتَعَٰلَىٰ عَمَّا يُشۡرِكُونَ  ۝١
Ataaa amrullaahi falaa tasta`jilooh; Subhaanahoo wa Ta`aalaa `ammaa yushrikoon
अल्लाहको आदेश (सजाय) आइपुग्यो, (काफिरहरू) यसको निम्ति हतार नगर, ऊ पवित्र छ र जसलाई अल्लाहको साझेदार ठहराउँदछन् तिनीभन्दा अल्लाह उच्च छ ।
🎤 तपाईंको रेकर्डिङ:
16:2 🔁 0/5
يُنَزِّلُ ٱلۡمَلَٰٓئِكَةَ بِٱلرُّوحِ مِنۡ أَمۡرِهِۦ عَلَىٰ مَن يَشَآءُ مِنۡ عِبَادِهِۦٓ أَنۡ أَنذِرُوٓاْ أَنَّهُۥ لَآ إِلَٰهَ إِلَّآ أَنَا۠ فَٱتَّقُونِ  ۝٢
Yunazzilul malaaa `ikata birroohi min amrihee `alaa mai yashaaa`u min `ibaadiheee an anzirooo annahoo laaa ilaaha illaaa ana fattaqoon
उसैले फरिश्ताहरूलाई सन्देश दिई आफ्नो आदेशले आफ्ना भक्तहरूमध्येबाट, जसलाई चाहन्छ त्यसको नजिक पठाउँछ । मानिसहरूलाई सचेत गर्न ! कि म (अल्लाह) बाहेक कोही अर्को सत्य पूजनीय छैन, तसर्थ मसित डर ।
🎤 तपाईंको रेकर्डिङ:
16:3 🔁 0/5
خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ بِٱلۡحَقِّۚ تَعَٰلَىٰ عَمَّا يُشۡرِكُونَ  ۝٣
Khalaqas samaawaati wal arda bilhaqq; Ta`aalaa `ammaa yushrikoon
उसैले आकाशहरूलाई र पृथ्वीलाई बुद्धिमत्ताले सृष्टि गरेको छ । ऊ त्यसबाट मुक्त छ जुन मुश्रिकहरूले गर्दछन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:4 🔁 0/5
خَلَقَ ٱلۡإِنسَٰنَ مِن نُّطۡفَةٍ فَإِذَا هُوَ خَصِيمٌ مُّبِينٌ  ۝٤
Khalaqal insaana min nutfatin fa izaa huwa khaseemum mubeen
उसले मानिसलाई शुक्राणु (वीर्य) बाट सृष्टि गर्यो, तर तिनीले झगडालु बन्न थाले ।
🎤 तपाईंको रेकर्डिङ:
16:5 🔁 0/5
وَٱلۡأَنۡعَٰمَ خَلَقَهَاۖ لَكُمۡ فِيهَا دِفۡءٌ وَمَنَٰفِعُ وَمِنۡهَا تَأۡكُلُونَ  ۝٥
Wal an `amaa khalaqahaa; lakum feehaa dif`unw wa manaafi`u wa minhaa taakuloon
चौपायाहरूलाई पनि उसैले सृष्टि गरेको छ, जसबाट तिमीहरूलाई गर्म पहिरन प्राप्त हुन्छ र अन्य धेरै फाइदाहरू छन् र यिनीहरूमध्ये केहीलाई तिमीले खान्छौ पनि ।
🎤 तपाईंको रेकर्डिङ:
16:6 🔁 0/5
وَلَكُمۡ فِيهَا جَمَالٌ حِينَ تُرِيحُونَ وَحِينَ تَسۡرَحُونَ  ۝٦
Wa lakum feehaa jamaalun heena tureehoona wa heena tasrahoon
र यिनीहरूबाट घरको रौनक पनि हुन्छ, चराउन लैजाँदा र चराएर घर फर्काएर ल्याउँदा पनि ।
🎤 तपाईंको रेकर्डिङ:
16:7 🔁 0/5
وَتَحۡمِلُ أَثۡقَالَكُمۡ إِلَىٰ بَلَدٍ لَّمۡ تَكُونُواْ بَٰلِغِيهِ إِلَّا بِشِقِّ ٱلۡأَنفُسِۚ إِنَّ رَبَّكُمۡ لَرَءُوفٌ رَّحِيمٌ  ۝٧
Wa tahmilu asqaalakum ilaa baladil lam takoonoo baaligheehi illaa bishiqqil anfus; inna Rabbakum la Ra`oofur Raheem
र तिनीहरूले तिम्रो भारी ती शहरहरूसम्म बोक्छन्, जहाँ तिमी ठूलो दुःख नगरी पुग्न सक्दैनौं । यसमा कुनै सन्देह छैन कि तिम्रो पालनकर्ता अत्यन्त कृपालु, धेरै दयावान छ ।
🎤 तपाईंको रेकर्डिङ:
16:8 🔁 0/5
وَٱلۡخَيۡلَ وَٱلۡبِغَالَ وَٱلۡحَمِيرَ لِتَرۡكَبُوهَا وَزِينَةًۚ وَيَخۡلُقُ مَا لَا تَعۡلَمُونَ  ۝٨
Walkhaila wal bighaala wal hameera litarkaboohaa wa zeenah; wa yakhluqu maa laa ta`lamoon
र उसैले घोडा र खच्चड तथा गधहाहरूको सृष्टि गर्यो ताकि तिमीहरू उनीहरूमाथि चढि सवारी गर्न सक, र तिनीहरू तिम्रा शोभा पनि हुन् र उसले अन्य कुराहरू पनि सृष्टि गर्दछ जसबारे तिमीलाई थाहा छैन ।
🎤 तपाईंको रेकर्डिङ:
16:9 🔁 0/5
وَعَلَى ٱللَّهِ قَصۡدُ ٱلسَّبِيلِ وَمِنۡهَا جَآئِرٌۚ وَلَوۡ شَآءَ لَهَدَىٰكُمۡ أَجۡمَعِينَ  ۝٩
Wa `alal laahi qasdus sabeeli wa minhaa jaaa`ir; wa law shaaa`a lahadaakum ajma`een
र सोझो बाटो त अल्लाहसम्म पुग्दछ र केही मार्गहरू बाङ्गो पनि छन् । र यदि उसले चाहेको भए तिमी सबैलाई सोझो बाटोमा हिंडाउन सक्थ्यो ।
🎤 तपाईंको रेकर्डिङ:
16:10 🔁 0/5
هُوَ ٱلَّذِيٓ أَنزَلَ مِنَ ٱلسَّمَآءِ مَآءًۖ لَّكُم مِّنۡهُ شَرَابٌ وَمِنۡهُ شَجَرٌ فِيهِ تُسِيمُونَ  ۝١٠
Huwal lazeee anzala minas samaaa`i maaa`al lakum minhu sharaabunw wa minhu shajarun feehi tuseemoon
उसैले आकाशहरूबाट तिम्रो फाइदाको लागि पानी बर्षायो जसलाई तिमीले पिउँछौं र त्यसबाट उब्जेका रुखहरूबाट तिमी आफ्ना चौपायाहरू चराउँछौं ।
🎤 तपाईंको रेकर्डिङ:
16:11 🔁 0/5
يُنۢبِتُ لَكُم بِهِ ٱلزَّرۡعَ وَٱلزَّيۡتُونَ وَٱلنَّخِيلَ وَٱلۡأَعۡنَٰبَ وَمِن كُلِّ ٱلثَّمَرَٰتِۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَةً لِّقَوۡمٍ يَتَفَكَّرُونَ  ۝١١
Yumbitu lakum bihiz zar`a wazzaitoona wanna kheela wal-a`naaba wa min kullis samaraat, inna fee zaalika la Aayatal liqawminy yatafakkaroon
त्यही पानीबाट उसले तिम्रो निम्ति बाली र जैतून, खजूर र अंगूर र प्रत्येक प्रकारको फल उमार्छ निःसन्देह सोच र बिचार गर्नेहरूको निमित्त यसमा ठूलो निशानी छ ।
🎤 तपाईंको रेकर्डिङ:
16:12 🔁 0/5
وَسَخَّرَ لَكُمُ ٱلَّيۡلَ وَٱلنَّهَارَ وَٱلشَّمۡسَ وَٱلۡقَمَرَۖ وَٱلنُّجُومُ مُسَخَّرَٰتُۢ بِأَمۡرِهِۦٓۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٍ لِّقَوۡمٍ يَعۡقِلُونَ  ۝١٢
Wa sakkhkhara lakumul laila wannahaara wash shamsa walqamara wannujoomu musakhkharaatum bi amrih; inna fee zaalika la Aayaatil liqawminy ya`qiloon
उसैले राती र दिन तथा सूर्य र चन्द्रलाई तिम्रो अधीन गर्यो र उसैको आदेशको अधीनमा ताराहरू पनि (काममा लागेका) छन् निःसन्देह बुद्धिमानहरूको लागि यसमा धेरै निशानीहरू छन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:13 🔁 0/5
وَمَا ذَرَأَ لَكُمۡ فِي ٱلۡأَرۡضِ مُخۡتَلِفًا أَلۡوَٰنُهُۥٓۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَةً لِّقَوۡمٍ يَذَّكَّرُونَ  ۝١٣
Wa maa zara a lakum fil ardi mukhtalifan alwaanuh; inna fee zaalika la Aayatal liqawminy yazakkaroon
अरु पनि विभिन्न प्रकारका रङ्गीचङ्गी कुराहरू उसले धर्तीमा तिम्रो लागि सृष्टि गरेको छ । उपदेश ग्रहण गर्नेहरूको निम्ति यसमा धेरै निशानीहरू छन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:14 🔁 0/5
وَهُوَ ٱلَّذِي سَخَّرَ ٱلۡبَحۡرَ لِتَأۡكُلُواْ مِنۡهُ لَحۡمًا طَرِيًّا وَتَسۡتَخۡرِجُواْ مِنۡهُ حِلۡيَةً تَلۡبَسُونَهَاۖ وَتَرَى ٱلۡفُلۡكَ مَوَاخِرَ فِيهِ وَلِتَبۡتَغُواْ مِن فَضۡلِهِۦ وَلَعَلَّكُمۡ تَشۡكُرُونَ  ۝١٤
Wa Huwal lazee sakhkharal bahra litaakuloo minhu lahman tariyyanw wa tastakhrijoo minhu hilyatan talbasoonahaa wa taral fulka mawaakhira feehi wa litabtaghoo min fadlihee wa la`allakum tashkuroon
र उसले समुद्रलाई पनि तिम्रो अधीनमा गर्यो जसबाट ताजा मासु खान सक र त्यसबाट गहना (इत्यादि) निकाल जसलाई तिमीले लगाउँछौं र तिमीले देख्छौ कि डुङ्गाहरूले समुद्रमा पानी पन्छ्याउँदै अगाडि बढ्छन् र यस कारण पनि ताकि तिमीले अल्लाहको कृपाले जीविका खोज्न सक र जसबाट सम्भव छ तिमी उसप्रति आभार प्रकट गर ।
🎤 तपाईंको रेकर्डिङ:
16:15 🔁 0/5
وَأَلۡقَىٰ فِي ٱلۡأَرۡضِ رَوَٰسِيَ أَن تَمِيدَ بِكُمۡ وَأَنۡهَٰرًا وَسُبُلًا لَّعَلَّكُمۡ تَهۡتَدُونَ  ۝١٥
Wa alqaa fil ardi rawaasiya an tameeda bikum wa anhaaranw wa sublulal la `allakum tahtadoon
र उसैले धर्तीमा पहाडहरू उभ्याइदियो जसबाट तिमीलाई लिएर नहल्लीयोस् र नहरहरू र बाटोहरू बनायो ताकि एक ठाउँबाट अर्को ठाँउसम्म जान सक ।
🎤 तपाईंको रेकर्डिङ:
16:16 🔁 0/5
وَعَلَٰمَٰتٍۚ وَبِٱلنَّجۡمِ هُمۡ يَهۡتَدُونَ  ۝١٦
Wa `alaamaat; wa bin najmi hum yahtadoon
अरु पनि (बाटोहरूमा) चिन्हहरू बनाइदियो र मानिसहरूले ताराहरूबाट पनि मार्गहरू पत्ता लगाउँछन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:17 🔁 0/5
أَفَمَن يَخۡلُقُ كَمَن لَّا يَخۡلُقُۚ أَفَلَا تَذَكَّرُونَ  ۝١٧
Afamany yakhluqu kamallaa yakhluq; afalaa tazak karoon
तसर्थ जसले सृष्टि गर्यो, के त्यो यस्तो छ जसले केही पनि सृष्टि गर्न सक्दैन ? अनि तिमीले विचार किन गर्दैनौ
🎤 तपाईंको रेकर्डिङ:
16:18 🔁 0/5
وَإِن تَعُدُّواْ نِعۡمَةَ ٱللَّهِ لَا تُحۡصُوهَآۗ إِنَّ ٱللَّهَ لَغَفُورٌ رَّحِيمٌ  ۝١٨
Wa in ta`uddoo ni`matal laahi laa tuhsoohaa; innal laaha la Ghafoorur Raheem
र यदि तिमी अल्लाहका कृपाहरू गन्न चाहन्छौ भने गन्न सक्दैनौ । निःसन्देह अल्लाह बड़ो क्षमाशील र परम दयालु छ ।
🎤 तपाईंको रेकर्डिङ:
16:19 🔁 0/5
وَٱللَّهُ يَعۡلَمُ مَا تُسِرُّونَ وَمَا تُعۡلِنُونَ  ۝١٩
Wallaahu ya`lamu maa tusirroona wa maa tu`linoon
र जे जति तिमीले लुकाउँछौ र जे–जति प्रकट गर्दछौ अल्लाहलाई सबै थाहा छ ।
🎤 तपाईंको रेकर्डिङ:
16:20 🔁 0/5
وَٱلَّذِينَ يَدۡعُونَ مِن دُونِ ٱللَّهِ لَا يَخۡلُقُونَ شَيۡـًٔا وَهُمۡ يُخۡلَقُونَ  ۝٢٠
Wallazeena yad`oona min doonil laahi laa yakhluqoona shai`anw wa hum yukhlaqoon
र जस, जसलाई यिनीहरू अल्लाह बाहेक पुकार्दछन्, तिनीहरूले कुनै पनि कुरा बनाउन सक्दैनन् बरु स्वयं उनीहरू अरुबाट बनाइएका छन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:21 🔁 0/5
أَمۡوَٰتٌ غَيۡرُ أَحۡيَآءٍۖ وَمَا يَشۡعُرُونَ أَيَّانَ يُبۡعَثُونَ  ۝٢١
Amwaatun ghairu ahyaaa`inw wa maa yash`uroona aiyaana yub`asoon
(तिनीहरू) लाश हुन्, जिउँदा होइनन् तिनीहरूलाई यो पनि थाहा छैन कि कहिले उठाइनेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:22 🔁 0/5
إِلَٰهُكُمۡ إِلَٰهٌ وَٰحِدٌۚ فَٱلَّذِينَ لَا يُؤۡمِنُونَ بِٱلۡأٓخِرَةِ قُلُوبُهُم مُّنكِرَةٌ وَهُم مُّسۡتَكۡبِرُونَ  ۝٢٢
Illahukum Ilaahunw Waahid; fallazeena laa yu`minoona bil Aakhirati quloobuhum munkiratunw wa hum mustakbiroon
तिमी सबैको पूजनीय एक मात्र अल्लाह हो, जो आखिरतमाथि ईमान राख्दैनन् तिनीहरूका हृदय अवज्ञाकारी छन् र तिनीहरू स्वयम् घमन्डी भइराखेका छन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:23 🔁 0/5
لَا جَرَمَ أَنَّ ٱللَّهَ يَعۡلَمُ مَا يُسِرُّونَ وَمَا يُعۡلِنُونَۚ إِنَّهُۥ لَا يُحِبُّ ٱلۡمُسۡتَكۡبِرِينَ  ۝٢٣
Laa jarama annal laaha ya`lamu maa yusirrona wa ma yu`linoon; innahoo laa yuhibbul mustakbireen
यिनीहरूले जे लुकाउँछन् र जे प्रकट गर्छन अल्लाहलाई अवश्य त्यसबारे थाहा हुन्छ । उसले घमण्डीहरूलाई कहिल्यै रुचाउँदैन ।
🎤 तपाईंको रेकर्डिङ:
16:24 🔁 0/5
وَإِذَا قِيلَ لَهُم مَّاذَآ أَنزَلَ رَبُّكُمۡ قَالُوٓاْ أَسَٰطِيرُ ٱلۡأَوَّلِينَ  ۝٢٤
Wa izaa qeela lahum maazaaa anzala Rabbukum qaaloo asaateerul awwaleen
र जब यी (काफिरहरूलाई) भनिन्छः कि ‘‘तिम्रो पालनकर्ताले के उतारेको छ ? त भन्दछन्ः’’ कि त्यो त पहिलाका मानिसहरूका कथाहरू हुन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:25 🔁 0/5
لِيَحۡمِلُوٓاْ أَوۡزَارَهُمۡ كَامِلَةً يَوۡمَ ٱلۡقِيَٰمَةِ وَمِنۡ أَوۡزَارِ ٱلَّذِينَ يُضِلُّونَهُم بِغَيۡرِ عِلۡمٍۗ أَلَا سَآءَ مَا يَزِرُونَ  ۝٢٥
Liyahmilooo awzaarahum kaamilatany Yawmal Qiyaamati wa min awzaaril lazeena yudilloonahum bighairi `ilm; alaa saaa`a maa yaziroon
यसैको परिणाम हुनेछ कि तिनीहरूले कियामतको दिन आफ्नो सम्पूर्ण बोझ आफै बोक्ने छन् र जसलाई यिनले ज्ञान नभइकन् मार्गविचलित गर्दछन्, तिनीहरूको पनि भारी बोक्ने छन् हेर त कस्तो नराम्रा वोझ उठाइराखेका छन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:26 🔁 0/5
قَدۡ مَكَرَ ٱلَّذِينَ مِن قَبۡلِهِمۡ فَأَتَى ٱللَّهُ بُنۡيَٰنَهُم مِّنَ ٱلۡقَوَاعِدِ فَخَرَّ عَلَيۡهِمُ ٱلسَّقۡفُ مِن فَوۡقِهِمۡ وَأَتَىٰهُمُ ٱلۡعَذَابُ مِنۡ حَيۡثُ لَا يَشۡعُرُونَ  ۝٢٦
Qad makaral lazeena min qablihim fa atal laahu bunyaa nahum minal qawaa`idi fakharra `alaihimus saqfu min fawqihim wa ataahumul `azaabu min haisu laa yash`uroon
यिनीभन्दा पहिलाका मानिसले पनि (यस्तै) षड्यन्त्रहरू गरेका थिए, अन्तमा अल्लाहले तिनीहरूको कल्पनाका महलहरूलाई जगबाटै उखेलिदियो र तिनीहरूमाथि घरका छतहरू खसे र यिनीहरूलाई त्यस्तो ठाउँबाट सजाय आयो जसबारे उनलाई अनुमान पनि थिएन ।
🎤 तपाईंको रेकर्डिङ:
16:27 🔁 0/5
ثُمَّ يَوۡمَ ٱلۡقِيَٰمَةِ يُخۡزِيهِمۡ وَيَقُولُ أَيۡنَ شُرَكَآءِيَ ٱلَّذِينَ كُنتُمۡ تُشَٰٓقُّونَ فِيهِمۡۚ قَالَ ٱلَّذِينَ أُوتُواْ ٱلۡعِلۡمَ إِنَّ ٱلۡخِزۡيَ ٱلۡيَوۡمَ وَٱلسُّوٓءَ عَلَى ٱلۡكَٰفِرِينَ  ۝٢٧
Summa Yawmal Qiyaamati yukhzeehim wa yaqoolu aina shurakaaa`iyal lazeena kuntum tushaaaqqoona feehim; qaalal lazeena ootul `ilma innal khizyal Yawma wassooo`a `alal kaafireen
अनि उसले तिनीहरूलाई कियामतको दिन पनि अपमानित गर्नेछ र भन्ने छः ‘‘कि मेरा ती साझेदारहरू कहाँ छन् जसको बारेमा तिमीहरूले विवाद गर्दथ्यो ?’’ जुन मानिसहरूलाई ज्ञान प्रदान गरिएको थियो तिनीहरूले भन्नेछन् कि आज काफिरहरूलाई अपमान र लज्जाले छोपेको छ ।
🎤 तपाईंको रेकर्डिङ:
16:28 🔁 0/5
ٱلَّذِينَ تَتَوَفَّىٰهُمُ ٱلۡمَلَٰٓئِكَةُ ظَالِمِيٓ أَنفُسِهِمۡۖ فَأَلۡقَوُاْ ٱلسَّلَمَ مَا كُنَّا نَعۡمَلُ مِن سُوٓءِۭۚ بَلَىٰٓۚ إِنَّ ٱللَّهَ عَلِيمُۢ بِمَا كُنتُمۡ تَعۡمَلُونَ  ۝٢٨
Allazeena tatawaf faahu mul malaaa`ikatu zaalimeee anfusihim fa alqawus salama maa kunnaa na`malu min sooo`; balaaa innal laaha `aleemum bimaa kuntum ta`maloon
तिनीहरू जो आफूमाथि अत्याचार गर्दछन् जब फरिशताहरूले तिनीहरूका ज्यान निकाल्न थाल्छन् त तिनीहरू नतमस्तक र आज्ञाकारी भइहाल्छन् (भन्दछन्ः) कि हामीले कुनै नराम्रो काम गर्दैनथ्यौं । तर जे–जति तिमीले गर्ने गर्दथ्यौ अल्लाहलाई राम्ररी थाहा छ ।
🎤 तपाईंको रेकर्डिङ:
16:29 🔁 0/5
فَٱدۡخُلُوٓاْ أَبۡوَٰبَ جَهَنَّمَ خَٰلِدِينَ فِيهَاۖ فَلَبِئۡسَ مَثۡوَى ٱلۡمُتَكَبِّرِينَ  ۝٢٩
Fadkhulooo abwaaba jahannama khaalideena feeha falabi`sa maswal mutakab bireen
तसर्थ नर्कका ढोकाहरूमा तिमीहरू प्रवेश गरिहाल, सधैं त्यसमा रहनेछौ, घमण्ड गर्नेहरूको लागि कति नराम्रो बासस्थान हो ।
🎤 तपाईंको रेकर्डिङ:
16:30 🔁 0/5
۞ وَقِيلَ لِلَّذِينَ ٱتَّقَوۡاْ مَاذَآ أَنزَلَ رَبُّكُمۡۚ قَالُواْ خَيۡرًاۗ لِّلَّذِينَ أَحۡسَنُواْ فِي هَٰذِهِ ٱلدُّنۡيَا حَسَنَةٌۚ وَلَدَارُ ٱلۡأٓخِرَةِ خَيۡرٌۚ وَلَنِعۡمَ دَارُ ٱلۡمُتَّقِينَ  ۝٣٠
Wa qeela lillazeenat taqaw maazaaa anzala Rabbukum; qaaloo khairaa; lillazeena absanoo fee haazihid dunyaa hasanah; wa la Daarul Aakhirati khair; wa lani`ma daarul muttaqeen
र (जब) सहनशीलसित सोधिन्छः कि तिम्रो पालनकर्ताले के उत्तारेको छ त भन्दछन् कि अत्यन्त राम्रा, जुन मानिसहरूले भलाई गरे तिनीहरूको निम्ति यस संसारमा पनि भलाई छ र आखिरतको घर त अवश्य धेरै राम्रो छ, र संयमीहरूको घर अत्यन्त राम्रो छ ।
🎤 तपाईंको रेकर्डिङ:
16:31 🔁 0/5
جَنَّٰتُ عَدۡنٍ يَدۡخُلُونَهَا تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُۖ لَهُمۡ فِيهَا مَا يَشَآءُونَۚ كَذَٰلِكَ يَجۡزِي ٱللَّهُ ٱلۡمُتَّقِينَ  ۝٣١
Jannaatu `Adniny yadkhuloonahaa tajree min tahtihal anhaaru lahum feehaa maa yashaaa`oon; kazaalika yajzil laahul muttaqeen
स्थाई बगैंचाहरू छन् जसमा तिनीहरू प्रवेश गर्नेछन्, तिनीहरूतल नहरहरू बगिराखेका छन् त्यहाँ जे चाहन्छन् तिनीहरूको निम्ति उपलब्ध हुनेछन् । अल्लाहले संयमीहरूलाई यस्तै प्रतिफल दिनेछ ।
🎤 तपाईंको रेकर्डिङ:
16:32 🔁 0/5
ٱلَّذِينَ تَتَوَفَّىٰهُمُ ٱلۡمَلَٰٓئِكَةُ طَيِّبِينَ يَقُولُونَ سَلَٰمٌ عَلَيۡكُمُ ٱدۡخُلُواْ ٱلۡجَنَّةَ بِمَا كُنتُمۡ تَعۡمَلُونَ  ۝٣٢
Allazeena tatawaf faahumul malaaa`ikatu taiyibeena yaqooloona salaamun `alai kumud khulul Jannata bimaa kuntum ta`maloon
जब फरिश्ताहरूले तिनीहरूका आत्मा निकाल्न थाल्छन् र यिनीहरू (शीर्कबाट) पवित्र हुन्छन्, भन्दछन तिम्रो लागि कुशलता नै कुशलता छ र भन्दछन् कि जुन कार्य तिमीले गर्ने गर्दथ्यो, त्यसको फलस्वरूप स्वर्गमा प्रवेश गरिहाल ।
🎤 तपाईंको रेकर्डिङ:
16:33 🔁 0/5
هَلۡ يَنظُرُونَ إِلَّآ أَن تَأۡتِيَهُمُ ٱلۡمَلَٰٓئِكَةُ أَوۡ يَأۡتِيَ أَمۡرُ رَبِّكَۚ كَذَٰلِكَ فَعَلَ ٱلَّذِينَ مِن قَبۡلِهِمۡۚ وَمَا ظَلَمَهُمُ ٱللَّهُ وَلَٰكِن كَانُوٓاْ أَنفُسَهُمۡ يَظۡلِمُونَ  ۝٣٣
Hal yanzuroona illaaa an taatiyahumul malaaa`ikatu aw yaatiya amru Rabbik; kazaalika fa`alal lazeena min qablihim; wa maa zalamahumul laahu wa laakin kaanoo anfusahum yazlimoon
के यिनी यस कुराको प्रतीक्षमा छन् कि फरिश्ताहरू उनको समीप (प्राण निकाल्न) आउन् वा तिम्रो पालनकर्ताको आदेश आइपुगोस् । यस्तैे तिनीहरूले पनि गरेका थिए जो उनीभन्दा पहिला थिए र अल्लाहले उनीहरूमाथि कुनै अत्याचार गरेन, बरु तिनीहरू आफैले आफूहरूमाथि अत्याचार गर्दथे ।
🎤 तपाईंको रेकर्डिङ:
16:34 🔁 0/5
فَأَصَابَهُمۡ سَيِّـَٔاتُ مَا عَمِلُواْ وَحَاقَ بِهِم مَّا كَانُواْ بِهِۦ يَسۡتَهۡزِءُونَ  ۝٣٤
Fa asaabahum saiyi aatu maa `amiloo wa haaqa bihim maa kaano bihee yastahzi`oon
तसर्थ तिनीहरूको नराम्रो कामको परिणाम तिनीहरूलाई प्राप्त भयो र जुन कुराको तिनीहरूले हाँसो गर्ने गर्दथे, त्यसले तिनीहरूलाई घेरिहाल्यो ।
🎤 तपाईंको रेकर्डिङ:
16:35 🔁 0/5
وَقَالَ ٱلَّذِينَ أَشۡرَكُواْ لَوۡ شَآءَ ٱللَّهُ مَا عَبَدۡنَا مِن دُونِهِۦ مِن شَيۡءٍ نَّحۡنُ وَلَآ ءَابَآؤُنَا وَلَا حَرَّمۡنَا مِن دُونِهِۦ مِن شَيۡءٍۚ كَذَٰلِكَ فَعَلَ ٱلَّذِينَ مِن قَبۡلِهِمۡۚ فَهَلۡ عَلَى ٱلرُّسُلِ إِلَّا ٱلۡبَلَٰغُ ٱلۡمُبِينُ  ۝٣٥
Wa qaalal lazeena ashrakoo law shaaa`al laahu ma `abadnaa min doonihee min shai`in nahnu wa laaa aabaaa`unaa wa laa harramnaa min doonihee min shai`; kazaalika fa`alal lazeena min qablihim fahal `alar Rusuli illal balaaghul mubeen
मुश्रिकहरूले भने कि अल्लाहले चाहेको भए हामीले र हाम्रा बाबुबाजेले उसबाहेक अरु कसैको पूजा गर्ने थिएनन् र नत हामीले उसको आदेश बिना कुनै कुरालाई हराम (वर्जित) ठहराउँथ्यौं । (हे पैगम्बर !) यस्तै प्रकारले यिनीहरूभन्दा अगाडिका मानिसहरूले पनि गरेका थिए, तसर्थ पैगम्बरहरूको जिम्मामा मात्र स्पष्टरूपले सन्देश पुर्याइदिनु बाहेक अरु केही छ
🎤 तपाईंको रेकर्डिङ:
16:36 🔁 0/5
وَلَقَدۡ بَعَثۡنَا فِي كُلِّ أُمَّةٍ رَّسُولًا أَنِ ٱعۡبُدُواْ ٱللَّهَ وَٱجۡتَنِبُواْ ٱلطَّٰغُوتَۖ فَمِنۡهُم مَّنۡ هَدَى ٱللَّهُ وَمِنۡهُم مَّنۡ حَقَّتۡ عَلَيۡهِ ٱلضَّلَٰلَةُۚ فَسِيرُواْ فِي ٱلۡأَرۡضِ فَٱنظُرُواْ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلۡمُكَذِّبِينَ  ۝٣٦
Wa laqad ba`asnaa fee kulli ummatir Rasoolan ani`budul laaha wajtanibut Taaghoota faminhum man hadal laahu wa minhum man haqqat `alaihid dalaalah; faseeroo fil ardi fanzuroo kaifa kaana `aaqibatul mukazzibeen
हामीले हरेक समुदायमा पैगम्बर पठायौं कि मानिसहरू अल्लाहकै पूजा गरुन्, र उस बाहेक अन्य समस्त पुज्यहरूलाई त्यागिहालुन् अनि तिनीहरूमध्ये केही यस्ता छन्, जसलाई अल्लाहले मार्ग दर्शन गर्याे र केही यस्ता छन जो मार्गविचलनमा परे । तसर्थ तिमी स्वयम् पृथ्वीमा घुमफिर गरेर हेरिहाल कि (सत्यलाई) झूठो भन्नेहरूको परिणाम कस्तो भयो
🎤 तपाईंको रेकर्डिङ:
16:37 🔁 0/5
إِن تَحۡرِصۡ عَلَىٰ هُدَىٰهُمۡ فَإِنَّ ٱللَّهَ لَا يَهۡدِي مَن يُضِلُّۖ وَمَا لَهُم مِّن نَّٰصِرِينَ  ۝٣٧
In tahris `alaa hudaahum fa innal laaha laa yahdee mai yudillu wa maa lahum min naasireen
यद्यपि तपाई यी काफिरहरूको पथप्रदर्शनको लागि इच्छुक भए पनि जसलाई अल्लाहले पथविचलित गर्छ, त्यसलाई मार्गदर्शन दिने गर्दैन, र यस्ता मानिसहरूको कोही सहायता गर्ने पनि हुँदैन ।
🎤 तपाईंको रेकर्डिङ:
16:38 🔁 0/5
وَأَقۡسَمُواْ بِٱللَّهِ جَهۡدَ أَيۡمَٰنِهِمۡ لَا يَبۡعَثُ ٱللَّهُ مَن يَمُوتُۚ بَلَىٰ وَعۡدًا عَلَيۡهِ حَقًّا وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يَعۡلَمُونَ  ۝٣٨
Wa aqsamoo billaahi jahda aimaanihim laa yab`asul laahu mai yamoot; balaa wa`dan `alaihi haqqanw wa laakinna aksaran naasi laa ya`lamoon
तिनीहरूले ठूल–ठूला शपथहरू खाएर भन्छन् कि मरेकाहरूलाई अल्लाहले जीवित गर्दैन । किन होइन ! अवश्य जिन्दा गर्नेछ । यो अल्लाहको एउटा सत्य वचन हो जसलाई उसले अवश्य पूरा गर्नेछ तर अधिकतर मानिसहरू जान्दैनन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:39 🔁 0/5
لِيُبَيِّنَ لَهُمُ ٱلَّذِي يَخۡتَلِفُونَ فِيهِ وَلِيَعۡلَمَ ٱلَّذِينَ كَفَرُوٓاْ أَنَّهُمۡ كَانُواْ كَٰذِبِينَ  ۝٣٩
Liyubaiyina lahumul lazee yakhtalifoona feehi wa liya`lamal lazeena kafarooo annahum kaanoo kaazibeen
त्यसकारण पनि कि जुन कुरामा यिनीहरूले विवाद गर्दथे, त्यस कुरालाई स्पष्टसँग अल्लाहले वर्णन गरोस् र यस कारण पनि कि काफिरहरूले जानिहालुन् कि तिनीहरू झूठा थिए ।
🎤 तपाईंको रेकर्डिङ:
16:40 🔁 0/5
إِنَّمَا قَوۡلُنَا لِشَيۡءٍ إِذَآ أَرَدۡنَٰهُ أَن نَّقُولَ لَهُۥ كُن فَيَكُونُ  ۝٤٠
Innamaa qawlunaa lisha y`in izaa aradnaahu an naqoola lahoo kun fa yakoon
जब हामीले कुनै कुराको इच्छा गर्दछौं त यति मात्र भनिदिन्छौं कि ‘‘भइहाल’’ अनि त्यो भइहाल्छ ।
🎤 तपाईंको रेकर्डिङ:
16:41 🔁 0/5
وَٱلَّذِينَ هَاجَرُواْ فِي ٱللَّهِ مِنۢ بَعۡدِ مَا ظُلِمُواْ لَنُبَوِّئَنَّهُمۡ فِي ٱلدُّنۡيَا حَسَنَةًۖ وَلَأَجۡرُ ٱلۡأٓخِرَةِ أَكۡبَرُۚ لَوۡ كَانُواْ يَعۡلَمُونَ  ۝٤١
Wallazeena haajaroo fil laahi mim ba`di maa zulimoo lanubawwi` annahum fiddunyaa hasanatanw wa la ajrul Aakhirati akbar; law kaanoo ya`lamoon
र जुन मानिसहरूले अत्याचार सहेपछि अल्लाहको बाटोमा घरद्वार छाड़े, हामीले तिनीहरूलाई संसारमा राम्रोभन्दा राम्रो घर दिनेछौं, र आखिरतको पुरस्कार त निकै ठूलो छ तर काश ! तिनीहरूले बुझ्दथे ।
🎤 तपाईंको रेकर्डिङ:
16:42 🔁 0/5
ٱلَّذِينَ صَبَرُواْ وَعَلَىٰ رَبِّهِمۡ يَتَوَكَّلُونَ  ۝٤٢
Allazeena sabaroo wa `alaa Rabbihim yatawak kaloon
(अर्थात) ती मानिसहरू जसले धैर्य गरे र आफ्नो पालनकर्तामाथि नै भरोसा गर्दैरहे ।
🎤 तपाईंको रेकर्डिङ:
16:43 🔁 0/5
وَمَآ أَرۡسَلۡنَا مِن قَبۡلِكَ إِلَّا رِجَالًا نُّوحِيٓ إِلَيۡهِمۡۖ فَسۡـَٔلُوٓاْ أَهۡلَ ٱلذِّكۡرِ إِن كُنتُمۡ لَا تَعۡلَمُونَ  ۝٤٣
Wa maaa arsalnaa min qablika illaa rijaalan nooheee ilaihim; fas`alooo ahlaz zikri in kuntum laa ta`lamoon
र हामीले तपाईभन्दा पहिला पनि पुरुषहरूलाई नै पैगम्बर बनाएर पठाउने गरेका थियौं, जिनीहरूमाथि हामीले आफ्नो आदेश पठाउने गर्दथ्यौं । यदि तिमीहरूलाई थाहा छैन भने किताबका ज्ञाताहरूसित सोधिहाल ।
🎤 तपाईंको रेकर्डिङ:
16:44 🔁 0/5
بِٱلۡبَيِّنَٰتِ وَٱلزُّبُرِۗ وَأَنزَلۡنَآ إِلَيۡكَ ٱلذِّكۡرَ لِتُبَيِّنَ لِلنَّاسِ مَا نُزِّلَ إِلَيۡهِمۡ وَلَعَلَّهُمۡ يَتَفَكَّرُونَ  ۝٤٤
Bilbaiyinaati waz Zubur; wa anzalnaaa ilaikaz Zikra litubaiyina linnaasi maa nuzzila ilaihim wa la`allahum yatafakkaroon
प्रमाणहरू र किताबहरू दिएर र अब हामीले तपाईलाई पनि यो किताब प्रदान गरेका छौं, जसबाट मानिसहरूलाई जे प्रदान गरेका छौं तपाईले स्पष्ट गरी वर्णन गर्नुस्, सम्भव छ तिनीहरूले विचार गरुन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:45 🔁 0/5
أَفَأَمِنَ ٱلَّذِينَ مَكَرُواْ ٱلسَّيِّـَٔاتِ أَن يَخۡسِفَ ٱللَّهُ بِهِمُ ٱلۡأَرۡضَ أَوۡ يَأۡتِيَهُمُ ٱلۡعَذَابُ مِنۡ حَيۡثُ لَا يَشۡعُرُونَ  ۝٤٥
Afa aminal lazeena makarus saiyi aati ai yakhsifal laahu bihimul arda aw yaaa tiyahumul `azaabu min haisu laa yash`uroon
के तिनीहरू जसले कि अत्यन्त नराम्रा षडयन्त्र गर्दछन्, यसबाट आफूलाई सुरक्षित ठान्दछन् कि अल्लाहले पृथ्वीमा उनीहरूलाई धसाइहालोस् अथवा उनीतर्फ यस्तो ठाउँबाट सजाय आइपुगोस् जसबारे उनलाई अनुमान पनि नहोस् ।
🎤 तपाईंको रेकर्डिङ:
16:46 🔁 0/5
أَوۡ يَأۡخُذَهُمۡ فِي تَقَلُّبِهِمۡ فَمَا هُم بِمُعۡجِزِينَ  ۝٤٦
Aw yaakhuzahum fee taqallubihim famaa hum bi mu`jizeen
वा उनीहरूलाई हिंडडुलगर्दा समातिहालोस्, तिनीहरूले अल्लाहलाई कुनै हालतमा पनि हैरान गर्न सक्तैनन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:47 🔁 0/5
أَوۡ يَأۡخُذَهُمۡ عَلَىٰ تَخَوُّفٍ فَإِنَّ رَبَّكُمۡ لَرَءُوفٌ رَّحِيمٌ  ۝٤٧
Aw yaakhuzahum `alaa takhawwuf; fa inna Rabbakum la Ra`oofur Raheem
वा तिनीहरूमा सजायको भय उत्पन्न गराएर समातिहालोस् । निःसन्देह तिम्रो पालनकर्ता अत्यन्त कृपालु (र) परम दयालु छ ।
🎤 तपाईंको रेकर्डिङ:
16:48 🔁 0/5
أَوَلَمۡ يَرَوۡاْ إِلَىٰ مَا خَلَقَ ٱللَّهُ مِن شَيۡءٍ يَتَفَيَّؤُاْ ظِلَٰلُهُۥ عَنِ ٱلۡيَمِينِ وَٱلشَّمَآئِلِ سُجَّدًا لِّلَّهِ وَهُمۡ دَٰخِرُونَ  ۝٤٨
Awa lam yaraw ilaa maa khalaqal laahu min shai`iny-yatafaiya`u zilaaluhoo `anil yameeni washshamaaa` ili sujjadal lillaahi wa hum daakhiroon
के तिनीहरूले अल्लाहका प्राणीहरूमध्ये कसैलाई पनि देखेनन्, जसका छाँयाहरू दाँयाबाट र बाँयाबाट झुकेर अल्लाहको अगाडि ढोग्छन् र आफ्नो व्याकुलता प्रदर्शन गर्दछन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:49 🔁 0/5
وَلِلَّهِۤ يَسۡجُدُۤ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِ مِن دَآبَّةٍ وَٱلۡمَلَٰٓئِكَةُ وَهُمۡ لَا يَسۡتَكۡبِرُونَ  ۝٤٩
Wa lillaahi yasjudu maa fis samaawaati wa maa fil ardi min daaabbatinw walma laaa`ikatu wa hum laa yastakbiroon
निश्चितरूपले सबै प्राणीहरू जो आकाशहरू र पृथ्वीमा छन्, अल्लाहको अगाडि ढोग्छन् र फरिश्ताहरू पनि र यिनीहरू अलिकति पनि घमण्ड गर्दैनन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:50 🔁 0/5
يَخَافُونَ رَبَّهُم مِّن فَوۡقِهِمۡ وَيَفۡعَلُونَ مَا يُؤۡمَرُونَ۩  ۝٥٠
yakhaafoona Rabbahum min fawqihim wa yaf`aloona maa yu`maroon
र आफ्नो पालनकर्ताबाट जो तिनीहरूभन्दा माथि छ, तर्सन्छन् र जुन कुरोको तिनीहरूलाई आदेश हुन्छ त्यसको पालना गर्दछन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:51 🔁 0/5
۞ وَقَالَ ٱللَّهُ لَا تَتَّخِذُوٓاْ إِلَٰهَيۡنِ ٱثۡنَيۡنِۖ إِنَّمَا هُوَ إِلَٰهٌ وَٰحِدٌ فَإِيَّٰيَ فَٱرۡهَبُونِ  ۝٥١
Wa qaalal laahu laa tatta khizooo ilaahainis naini innamaa Huwa Ilaahunw Waahid; fa iyyaaya farhaboon
अल्लाहको आदेश भइसकेको छ कि दुईवटा पूज्य नबनाऊ, पूजनीय उहि एउटा मात्र छ, तसर्थ मसित मात्र तिमीहरू डर भय मान ।
🎤 तपाईंको रेकर्डिङ:
16:52 🔁 0/5
وَلَهُۥ مَا فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَلَهُ ٱلدِّينُ وَاصِبًاۚ أَفَغَيۡرَ ٱللَّهِ تَتَّقُونَ  ۝٥٢
Wa lahoo maa fis samaawaati wal ardi wa lahud deenu waasibaa; afaghairal laahi tattaqoon
जेजति आकाशहरूमा र जेजति पृथ्वीमा छन्, सबै उसैको हो, र उसैको इबादत (उपासना) आवश्यक छ, अनि के तिमी अल्लाह बाहेक अरुहरूसित तर्सन्छौ
🎤 तपाईंको रेकर्डिङ:
16:53 🔁 0/5
وَمَا بِكُم مِّن نِّعۡمَةٍ فَمِنَ ٱللَّهِۖ ثُمَّ إِذَا مَسَّكُمُ ٱلضُّرُّ فَإِلَيۡهِ تَجۡـَٔرُونَ  ۝٥٣
Wa maa bikum minni`matin faminal laahi summa izaa massakumud durru fa ilaihi taj`aroon
असल कुराहरू जे जति तिमीले पाएका छौ सबै अल्लाहबाटै प्रदान गरिएका हुन् । अहिले पनि जब तिमीलाई कुनै कष्ट पुग्दछ तब उसैको अगाडि प्रार्थना गर्दछौ ।
🎤 तपाईंको रेकर्डिङ:
16:54 🔁 0/5
ثُمَّ إِذَا كَشَفَ ٱلضُّرَّ عَنكُمۡ إِذَا فَرِيقٌ مِّنكُم بِرَبِّهِمۡ يُشۡرِكُونَ  ۝٥٤
Summaa izaa kashafad durra `ankum izaa fareequm minkum bi Rabbihim yushrikoon
अनि जब उसले तिमीलाई कष्टबाट मुक्त गरिदिन्छ त तिमीहरूमध्ये केहीले अल्लाहको साझेदार ठहराउन थाल्छन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:55 🔁 0/5
لِيَكۡفُرُواْ بِمَآ ءَاتَيۡنَٰهُمۡۚ فَتَمَتَّعُواْ فَسَوۡفَ تَعۡلَمُونَ  ۝٥٥
Liyakfuroo bimaa aatainaahum; fatamatta`oo, faswfa ta`lamoon
कि जुन राम्रा कुराहरू हामीले उनलाई प्रदान गरेका छौं त्यसप्रति कृतघ्नता प्रकट गरुन्, हो केही सांसारिक फाइदाहरू लिइहाल, तर यादराख छिट्टै तिमीलाई थाहा भइहाल्नेछ ।
🎤 तपाईंको रेकर्डिङ:
16:56 🔁 0/5
وَيَجۡعَلُونَ لِمَا لَا يَعۡلَمُونَ نَصِيبًا مِّمَّا رَزَقۡنَٰهُمۡۗ تَٱللَّهِ لَتُسۡـَٔلُنَّ عَمَّا كُنتُمۡ تَفۡتَرُونَ  ۝٥٦
Wa yaj`aloona limaa laa ya`lamoona naseebam mimmaa razaqnnaahum; tallaahi latus`alunaa `ammaa kuntum taftaroon
र हामीद्वारा प्रदान गरिएका कुराहरूमध्ये यस्ताको भाग निर्धारित गर्छन् जसबारे केही थाहा छैन । अल्लाहको सौगन्ध छ ! जुन असत्य कुराहरूको रचना गर्दछौंं त्यसबारे तिमीसित अवश्य नै सोधपूछ हुनेछ ।
🎤 तपाईंको रेकर्डिङ:
16:57 🔁 0/5
وَيَجۡعَلُونَ لِلَّهِ ٱلۡبَنَٰتِ سُبۡحَٰنَهُۥ وَلَهُم مَّا يَشۡتَهُونَ  ۝٥٧
Wa yaj`aloona lillaahil banaati Subhaanahoo wa lahum maa yashtahoon
ऊ यस कुराबाट मुक्त र महान छ जो उनीहरूले अल्लाहको लागि केटीहरू निर्धारित गर्दछन् र आफ्नो निम्ति (छोराहरू) जुनकि तिनीहरूलाई राम्रो लाग्छ, आफ्नो भाग लगाउँछन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:58 🔁 0/5
وَإِذَا بُشِّرَ أَحَدُهُم بِٱلۡأُنثَىٰ ظَلَّ وَجۡهُهُۥ مُسۡوَدًّا وَهُوَ كَظِيمٌ  ۝٥٨
Wa izaa bushshira ahaduhum bil unsaa zalla wajhuhoo muswaddanw wa huwa kazeem
जब तिनीहरूमध्ये कसैलाई छोरी (जन्मेको) समाचार प्राप्त हुन्छ, त उसको अनुहार (दुःखले) कालो भइहाल्छ र उसको हृदय दुःखी भइहाल्छ
🎤 तपाईंको रेकर्डिङ:
16:59 🔁 0/5
يَتَوَٰرَىٰ مِنَ ٱلۡقَوۡمِ مِن سُوٓءِ مَا بُشِّرَ بِهِۦٓۚ أَيُمۡسِكُهُۥ عَلَىٰ هُونٍ أَمۡ يَدُسُّهُۥ فِي ٱلتُّرَابِۗ أَلَا سَآءَ مَا يَحۡكُمُونَ  ۝٥٩
yatawaaraa minal qawmimin sooo`i maa bushshira bih; a-yumsikuhoo `alaa hoonin am yadussuhoo fit turaab; alaa saaa`a maa yahkumoon
र यस नराम्रो समाचारबाट अन्य मानिसहरूबाट लुक्दै हिंड्छ र सोच्दछ कि अपमान सहेर यसलाई जीवित रहन देओस् वा जमिनमुनि गाडिदेओस् । हेर, यिनीहरूले कस्तो नराम्रो निर्णय गर्दछन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:60 🔁 0/5
لِلَّذِينَ لَا يُؤۡمِنُونَ بِٱلۡأٓخِرَةِ مَثَلُ ٱلسَّوۡءِۖ وَلِلَّهِ ٱلۡمَثَلُ ٱلۡأَعۡلَىٰۚ وَهُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ  ۝٦٠
Lillazeena laa yu`minoona bil Aakhirati masalus saw`i wa lillaahil masalul a`laa; wa Huwal `Azeezul Hakeem
जसले आखिरतमाथि आस्था राख्दैनन् तिनै नराम्रा उदाहरण हुन्, अल्लाहको लागि त उच्च विशेषता छ ऊ सर्वशक्तिमान, र बुद्धिमत्ता सम्पन्न छ ।
🎤 तपाईंको रेकर्डिङ:
16:61 🔁 0/5
وَلَوۡ يُؤَاخِذُ ٱللَّهُ ٱلنَّاسَ بِظُلۡمِهِم مَّا تَرَكَ عَلَيۡهَا مِن دَآبَّةٍ وَلَٰكِن يُؤَخِّرُهُمۡ إِلَىٰٓ أَجَلٍ مُّسَمًّىۖ فَإِذَا جَآءَ أَجَلُهُمۡ لَا يَسۡتَـٔۡخِرُونَ سَاعَةً وَلَا يَسۡتَقۡدِمُونَ  ۝٦١
Wa law yu`aakhizul laahun naasa bizulminhim maa taraka `alaihaa min daaabbatinw wa laakiny yu`akhkhiruhum ilaaa ajalim musamman fa izaa jaaa`a ajaluhum laa yastaakhiroona saa`atanw wa laa yastaqdimoon
यदि मान्छेहरूका पापको कारण महान अल्लाह उनीलाई समात्थ्यो भने त पृथ्वीमा एउटा पनि सजीव प्राणी रहदैन्थ्यो । तर उसले त एक निश्चित समयसम्म छूट दिने गरेको छ जब त्यो समय आइपुग्छ त तिनी एकछिन अघि पछि हुन सक्दैनन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:62 🔁 0/5
وَيَجۡعَلُونَ لِلَّهِ مَا يَكۡرَهُونَۚ وَتَصِفُ أَلۡسِنَتُهُمُ ٱلۡكَذِبَ أَنَّ لَهُمُ ٱلۡحُسۡنَىٰۚ لَا جَرَمَ أَنَّ لَهُمُ ٱلنَّارَ وَأَنَّهُم مُّفۡرَطُونَ  ۝٦٢
Wa yaj`aloona lillaahi maa yakrahoona wa tasifu alsinatuhumul kaziba anna lahumul husnaa laa jarama anna lahumun Naara wa annahum mufratoon
र यिनीहरूले अल्लाहको निम्ति यस्ता कुरा साबित गर्छन, जुन तिनीहरूलाई राम्रो लाग्दैन, र उनले जिब्रोले झूठो बोल्दै जान्छन् कि उनलाई भलाई हुनेछ । सन्देह छैन कि तिनीहरूको निम्ति आगो (तैयार) छ र यिनीहरू नर्कमा सबभन्दा अगाडि पठाइनेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:63 🔁 0/5
تَٱللَّهِ لَقَدۡ أَرۡسَلۡنَآ إِلَىٰٓ أُمَمٍ مِّن قَبۡلِكَ فَزَيَّنَ لَهُمُ ٱلشَّيۡطَٰنُ أَعۡمَٰلَهُمۡ فَهُوَ وَلِيُّهُمُ ٱلۡيَوۡمَ وَلَهُمۡ عَذَابٌ أَلِيمٌ  ۝٦٣
Tallaahi laqad arsalnaaa ilaaa umamim min qablika fazayyana lahumush Shaitaanu a`maalahum fahuwa waliyyuhumul yawma wa lahum `azaabun aleem
अल्लाहको सौगन्ध छ ! हामीले तिमीभन्दा अगाडिका समुदायहरूतिर पनि आफ्ना पैगम्बरहरू पठायौं । तर शैतानले तिनीहरूका (नराम्रा) क्रियाकलाप सिंगारेर देखायो, तसर्थ आज पनि त्यही तिनीहरूको मित्र छ र तिनीहरूको निम्ति कष्टदायक सजाय छ ।
🎤 तपाईंको रेकर्डिङ:
16:64 🔁 0/5
وَمَآ أَنزَلۡنَا عَلَيۡكَ ٱلۡكِتَٰبَ إِلَّا لِتُبَيِّنَ لَهُمُ ٱلَّذِي ٱخۡتَلَفُواْ فِيهِ وَهُدًى وَرَحۡمَةً لِّقَوۡمٍ يُؤۡمِنُونَ  ۝٦٤
Wa maaa anzalnaa `alaikal Kitaaba illaa litubaiyina lahumul lazikh talafoo feehi wa hudanw wa rahmatal liqawminy yu`minoon
र हामीले तपाईमाथि यो किताब यसकारण उतारेका छौं कि जुन कुराहरूमा यिनीहरूको विवाद छ ती सबैलाई तपाईले स्पष्ट गरिदिनुस् र यो मोमिनहरूको लागि मार्गदर्शन र वरदान हो ।
🎤 तपाईंको रेकर्डिङ:
16:65 🔁 0/5
وَٱللَّهُ أَنزَلَ مِنَ ٱلسَّمَآءِ مَآءً فَأَحۡيَا بِهِ ٱلۡأَرۡضَ بَعۡدَ مَوۡتِهَآۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَةً لِّقَوۡمٍ يَسۡمَعُونَ  ۝٦٥
Wallaahu anzala minas samaaa`i maaa`an fa ahyaa bihil arda ba`da mawtihaa; inna fee zaalika la aayatal liqaw miny yasma`oon
र अल्लाहले आकाशहरूबाट पानी बर्षाएर धर्तीलाई त्यसको मृत्यु पश्चात जीवित गर्दछ । निःसन्देह यसमा सुन्नेहरूको लागि निशानी छ ।
🎤 तपाईंको रेकर्डिङ:
16:66 🔁 0/5
وَإِنَّ لَكُمۡ فِي ٱلۡأَنۡعَٰمِ لَعِبۡرَةًۖ نُّسۡقِيكُم مِّمَّا فِي بُطُونِهِۦ مِنۢ بَيۡنِ فَرۡثٍ وَدَمٍ لَّبَنًا خَالِصًا سَآئِغًا لِّلشَّٰرِبِينَ  ۝٦٦
Wa inna lakum fil an`aami la`ibrah; nusqeekum mimmmaa fee butoonihee mim baini farsinw wa damil labanann khaalisan saaa`ighallish shaaribeen
तिम्रो निम्ति चौपायाहरूमा पनि ठूलो शिक्षा छ, किनकि तिनीहरूका पेटमा जुन गोबर र रगत छ, त्यसबाट हामीले तिमीलाई विशुद्ध दूध खुवाउँछौं, जुन पिउनेहरूको निम्ति सुपाच्य र रुचिकर छ ।
🎤 तपाईंको रेकर्डिङ:
16:67 🔁 0/5
وَمِن ثَمَرَٰتِ ٱلنَّخِيلِ وَٱلۡأَعۡنَٰبِ تَتَّخِذُونَ مِنۡهُ سَكَرًا وَرِزۡقًا حَسَنًاۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَةً لِّقَوۡمٍ يَعۡقِلُونَ  ۝٦٧
Wa min samaraatin nakheeli wal a`nnaabi tattakhizoona minhu sakaranw wa rizqann hasanaa; inna fee zaalika la Aayatal liqawminy ya`qiloon
र खजूर र अंगूरका फलहरूबाट पनि तिनीहरूबाट कडा पेयपदार्थ बनाउँदछौं र राम्रो जीविका पनि, जसले बुझ्दछन् तिनीहरूका निम्ति यी कुराहरूमा धेरै ठूलो निशानी छ ।
🎤 तपाईंको रेकर्डिङ:
16:68 🔁 0/5
وَأَوۡحَىٰ رَبُّكَ إِلَى ٱلنَّحۡلِ أَنِ ٱتَّخِذِي مِنَ ٱلۡجِبَالِ بُيُوتًا وَمِنَ ٱلشَّجَرِ وَمِمَّا يَعۡرِشُونَ  ۝٦٨
Wa awhaa Rabbuka ilannnabli anit takhizee minal jabaali buyootanw wa minash shajari wa mimmaa ya`rishoon
तपाईको पालनकर्ताले माहुरीलाई आदेश गर्यो कि पहाड़हरूमा रुखहरूमा र मानिसले बनाएका अग्ला–अग्ला निवास स्थानहरूमा चाका बनाऊ ।
🎤 तपाईंको रेकर्डिङ:
16:69 🔁 0/5
ثُمَّ كُلِي مِن كُلِّ ٱلثَّمَرَٰتِ فَٱسۡلُكِي سُبُلَ رَبِّكِ ذُلُلًاۚ يَخۡرُجُ مِنۢ بُطُونِهَا شَرَابٌ مُّخۡتَلِفٌ أَلۡوَٰنُهُۥ فِيهِ شِفَآءٌ لِّلنَّاسِۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَةً لِّقَوۡمٍ يَتَفَكَّرُونَ  ۝٦٩
Summma kulee min kullis samaraati faslukee subula Rabbiki zululaa; yakhruju mim butoonihaa sharaabum mukh talifun alwaanuhoo feehi shifaaa`ul linnaas, innna fee zaalika la Aayatal liqawminy yatafakkaroon
र हरेक किसिमको फलफूल खाऊ र आफ्नो पालनकर्ताको सरलमार्गमा हिड्ने गर । उनको पेटबाट रंग बिरंगी पिउने कुरा निस्कन्छ जसका विभिन्न रङ्गहरू हुन्छन् र त्यसमा मानिसहरूको कैयौं उपचार छ । निःसन्देह चिन्तन गर्नेहरूको निम्ति उसमा पनि ठूलो निशानी छ ।
🎤 तपाईंको रेकर्डिङ:
16:70 🔁 0/5
وَٱللَّهُ خَلَقَكُمۡ ثُمَّ يَتَوَفَّىٰكُمۡۚ وَمِنكُم مَّن يُرَدُّ إِلَىٰٓ أَرۡذَلِ ٱلۡعُمُرِ لِكَيۡ لَا يَعۡلَمَ بَعۡدَ عِلۡمٍ شَيۡـًٔاۚ إِنَّ ٱللَّهَ عَلِيمٌ قَدِيرٌ  ۝٧٠
Wallaahu khalaqakum suma tatawaffaakum; wa minkum many-yuradu ilaaa arzalil `umuri likai laa ya`lama ba`da `ilmin shai`aa; innal laaha `Aleemun Qadeer
अल्लाहले नै तिम्रो सृष्टि गरेको छ, अनि उसैले तिमीलाई मृत्यु दिनेछ, र तिमीहरूमध्ये केही यस्ता छन् कि निकै कमजोर बृद्ध अवस्थामा पुग्छन् र (धेरै कुराहरू) को ज्ञान हासिल गरेपछि पनि अनभिज्ञ भइहाल्छन् । निःसन्देह अल्लाह ज्ञाता र शक्तिसम्पन्न छ ।
🎤 तपाईंको रेकर्डिङ:
16:71 🔁 0/5
وَٱللَّهُ فَضَّلَ بَعۡضَكُمۡ عَلَىٰ بَعۡضٍ فِي ٱلرِّزۡقِۚ فَمَا ٱلَّذِينَ فُضِّلُواْ بِرَآدِّي رِزۡقِهِمۡ عَلَىٰ مَا مَلَكَتۡ أَيۡمَٰنُهُمۡ فَهُمۡ فِيهِ سَوَآءٌۚ أَفَبِنِعۡمَةِ ٱللَّهِ يَجۡحَدُونَ  ۝٧١
Wallaahu faddala ba`dakum `alaa ba`din fir rizq; famal lazeena fuddiloo biraaaddee rizqihim `alaa maa malakat aimaanuhum fahum feehi sawaaa`; afabini`matil laahi yajhadoon
अल्लाहले नै जीविकामा केहीलाई केहीमाथि प्रधानता प्रदान गरेको छ, त जुन मानिसहरूलाई प्रधानता प्राप्त छ, तिनीहरूले आफ्नो जीविका आफ्नो अधीनका मानिसहरूलाई दिँदैनन् कि सबै समान भइहालुन्, तसर्थ के यिनीहरू अल्लाहबाट प्रदान गरिएका उपहारहरूबाट इन्कार गर्नेछन्
🎤 तपाईंको रेकर्डिङ:
16:72 🔁 0/5
وَٱللَّهُ جَعَلَ لَكُم مِّنۡ أَنفُسِكُمۡ أَزۡوَٰجًا وَجَعَلَ لَكُم مِّنۡ أَزۡوَٰجِكُم بَنِينَ وَحَفَدَةً وَرَزَقَكُم مِّنَ ٱلطَّيِّبَٰتِۚ أَفَبِٱلۡبَٰطِلِ يُؤۡمِنُونَ وَبِنِعۡمَتِ ٱللَّهِ هُمۡ يَكۡفُرُونَ  ۝٧٢
Wallaahu ja`ala lakum min anfusikum azwaajanw wa ja`ala lakum min azwaajikum baneena wa hafadatanw wa razaqakum minat yaiyibaat; afabil baatili yu`minoona wa bini`matil laahi hum yakkfuroon
अल्लाहले नै तिमीमध्येबाट तिम्रो निम्ति जोड़ीहरूको सृष्टि गर्यो र स्वास्नीबाट तिम्रा छोराहरू र नातीहरूको सृष्टि गर्यो र खानाको निम्ति तिमीलाई राम्रा राम्रा खानेकुरा दियो, त के यिनीहरूले तैपनि झूठ कुराहरूमा विश्वास राख्दछन् र अल्लाहबाट दिएका उपहारहरूप्रति कृतध्नता प्रकट गर्नेछन्
🎤 तपाईंको रेकर्डिङ:
16:73 🔁 0/5
وَيَعۡبُدُونَ مِن دُونِ ٱللَّهِ مَا لَا يَمۡلِكُ لَهُمۡ رِزۡقًا مِّنَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ شَيۡـًٔا وَلَا يَسۡتَطِيعُونَ  ۝٧٣
Wa ya`budoona min doonil laahi maa laa yamliku lahum rizqam minas samaawaati wal ardi shai`anw wa laa yastatee`oon
र तिनीहरूले अल्लाह बाहेक यस्ता कुराहरूको पूजा गर्दछन् जसले कि तिनीहरूलाई आकाशहरू र धर्तीमा जीविका प्रदान गर्न अलिकति पनि अधिकार राख्दैनन् र न क्षमता राख्दछन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:74 🔁 0/5
فَلَا تَضۡرِبُواْ لِلَّهِ ٱلۡأَمۡثَالَۚ إِنَّ ٱللَّهَ يَعۡلَمُ وَأَنتُمۡ لَا تَعۡلَمُونَ  ۝٧٤
Falaa tadriboo lillaahil amsaal; innal laaha ya`lamu wa antum laa ta`lamoon
तसर्थ अल्लाहको बारेमा (गलत) उदाहरणहरू नबनाऊ । अल्लाहलाई मात्र थाहा छ र तिमीहरू जान्दैनौ ।
🎤 तपाईंको रेकर्डिङ:
16:75 🔁 0/5
۞ ضَرَبَ ٱللَّهُ مَثَلًا عَبۡدًا مَّمۡلُوكًا لَّا يَقۡدِرُ عَلَىٰ شَيۡءٍ وَمَن رَّزَقۡنَٰهُ مِنَّا رِزۡقًا حَسَنًا فَهُوَ يُنفِقُ مِنۡهُ سِرًّا وَجَهۡرًاۖ هَلۡ يَسۡتَوُۥنَۚ ٱلۡحَمۡدُ لِلَّهِۚ بَلۡ أَكۡثَرُهُمۡ لَا يَعۡلَمُونَ  ۝٧٥
Darabal laahu masalan `abdam mammlookal laa yaqdiru `alaa shai`inw wa marrazaqnaahu mminnaa rizqan hasanan fahuwa yunfiqu minhu sirranw wa jahra; hal yasta-woon; alhamdu lillaah; bal aksaruhum laa ya`lamoon
अल्लाहले एउटा अर्काे उदाहरण वर्णन गर्दछ कि एउटा दास छ, जो अर्काको अधीनमा छ र उसलाई कुनै कुरामाथि अधिकार प्राप्त छैन र एउटा यस्तो मानिस छ, जसलाई हामीले आफूकहाँबाट उचित धन–सम्पत्ति प्रदान गरेका छौं, र उसले त्यसबाट लुकिछिपि र खुल्ला रूपमा खर्च गर्दछ । त के दुवैजना एक समान छन् ? (कदापि होइन) सम्पूर्ण प्रशंसाहरू अल्लाहका लागि नै छन् तर यिनीहरूमध्ये अधिकतरले बुझ्दैनन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:76 🔁 0/5
وَضَرَبَ ٱللَّهُ مَثَلًا رَّجُلَيۡنِ أَحَدُهُمَآ أَبۡكَمُ لَا يَقۡدِرُ عَلَىٰ شَيۡءٍ وَهُوَ كَلٌّ عَلَىٰ مَوۡلَىٰهُ أَيۡنَمَا يُوَجِّههُّ لَا يَأۡتِ بِخَيۡرٍ هَلۡ يَسۡتَوِي هُوَ وَمَن يَأۡمُرُ بِٱلۡعَدۡلِ وَهُوَ عَلَىٰ صِرَٰطٍ مُّسۡتَقِيمٍ  ۝٧٦
Wa darabal laahu masalar rajulaini ahaduhumaaa abkamu laa yaqdiru `alaa shai`inw wa huwa kallun `alaa mawlaahu ainamaa yuwajjihhu laa yaati bikhairin hal yastawee huwa wa many-yaamuru bil`adli wa huwa `alaa Siraatim MMustaqeem
अल्लाहले एउटा अर्काे उदाहरण पनि वर्णन गर्दछ, दुईजना मानिसहरूको । त्यसमध्ये एउटा लाटो छ कुनै कुरामाथि उसलाई अधिकार प्राप्त छैन अपितु ऊ आफ्नो मालिकमाथि एउटा अनावश्यक बोझ (भारी) छ । त्यसलाई जहाँ पठाए पनि उसले कुनै भलो कुरो ल्याउँदैन, के यस्तो (लाटो बहिरो) र त्यो मान्छे जो (सुन्दछ, बोल्दछ र) मानिसहरूलाई इन्साफ गर्न आदेश दिन्छ र स्वयं सोझो बाटोमो हिंडीराखेछ, दुवै समान हुन्छन् र
🎤 तपाईंको रेकर्डिङ:
16:77 🔁 0/5
وَلِلَّهِ غَيۡبُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ وَمَآ أَمۡرُ ٱلسَّاعَةِ إِلَّا كَلَمۡحِ ٱلۡبَصَرِ أَوۡ هُوَ أَقۡرَبُۚ إِنَّ ٱللَّهَ عَلَىٰ كُلِّ شَيۡءٍ قَدِيرٌ  ۝٧٧
Wa lillaahi ghaibus samaawaati wal ard; wa maaa amrus Saa`ati illaa kalamhil basari aw huwa aqrab; innal laaha `alaaa kulli shai`in Qadeer
आकाश र पृथ्वीको गोप्यता मात्र अल्लाहलाई नै थाहा छ कियामतको आगमन यस्तै छ जस्तो आँखाको झिम्काई, बरु त्योभन्दा पनि छिटो, निःसन्देह हरेक कुरोमा अल्लाह शक्ति सम्पन्न सामथ्र्यवान छ ।
🎤 तपाईंको रेकर्डिङ:
16:78 🔁 0/5
وَٱللَّهُ أَخۡرَجَكُم مِّنۢ بُطُونِ أُمَّهَٰتِكُمۡ لَا تَعۡلَمُونَ شَيۡـًٔا وَجَعَلَ لَكُمُ ٱلسَّمۡعَ وَٱلۡأَبۡصَٰرَ وَٱلۡأَفۡـِٔدَةَ لَعَلَّكُمۡ تَشۡكُرُونَ  ۝٧٨
Wallaahu akhrajakum mim butooni ummahaatikum laa ta`lamoona shai`anw wa ja`ala lakumus sam`a wal absaara wal af`idata la`allakum tashkuroon
अल्लाहले नै तिमीलाई तिम्रा आमाहरूको पेटबाट निकाल्यो जबकि तिमीलाई केही पनि थाहा थिएन । र उसैले तिमीलाई श्रवणक्षमता र हेर्ने क्षमता र हृदय (र यिनीहरू बाहेक अन्य अङ्गहरू) प्रदान गर्यो कि तिमीले उसप्रति कृतज्ञता प्रकट गर्न सक ।
🎤 तपाईंको रेकर्डिङ:
16:79 🔁 0/5
أَلَمۡ يَرَوۡاْ إِلَى ٱلطَّيۡرِ مُسَخَّرَٰتٍ فِي جَوِّ ٱلسَّمَآءِ مَا يُمۡسِكُهُنَّ إِلَّا ٱللَّهُۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٍ لِّقَوۡمٍ يُؤۡمِنُونَ  ۝٧٩
Alam yaraw ilat tairi musakhkharaatin fee jawwis samaaa`i maa yumsikuhunna illal laah; inna fee zaalika la Aayaatil liqawminy yu`minoon
के तिनीहरूले चराहरूलाई देखेनन् जो आज्ञाकारी भएर आकाशको हावामा घेरिएर (उडिराख्दछन्) तिनीहरूलाई मात्र अल्लाहले नै थामिराखेको छ । निःसन्देह ईमान भएकाहरूको लागि यसमा ठूला निशानीहरू छन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:80 🔁 0/5
وَٱللَّهُ جَعَلَ لَكُم مِّنۢ بُيُوتِكُمۡ سَكَنًا وَجَعَلَ لَكُم مِّن جُلُودِ ٱلۡأَنۡعَٰمِ بُيُوتًا تَسۡتَخِفُّونَهَا يَوۡمَ ظَعۡنِكُمۡ وَيَوۡمَ إِقَامَتِكُمۡ وَمِنۡ أَصۡوَافِهَا وَأَوۡبَارِهَا وَأَشۡعَارِهَآ أَثَٰثًا وَمَتَٰعًا إِلَىٰ حِينٍ  ۝٨٠
Wallaahu ja`ala lakum min juloodil an`aami buyootan tastakhif foonahaa yawma za`nikum wa yawma iqaamatikum wa min aswaafihaa wa awbaarihaa wa ash`aarihaaa asaasanw wa mataa`an ilaa been
र अल्लाहले नै तिम्रो निम्ति तिम्रा घरहरूमा शान्तिस्थल बनायो र उसैले चौपायाको छालाहरूबाट तिम्रो निम्ति पाल (बासस्थान) बनायो, जसलाई तिमीले हल्का र सानो पाउँदछौं, जब तिमी यात्रा गर्दछौ र कुनै ठाउँमा बास बस्दा काममा ल्याउँछौ र उनीहरूको ऊन र नरम कपाल र रौंहरूबाट तिमीहरूले सुविधाजनक सामानहरू तयार गर्दछौ जुनकि एउटा निर्धारित समयसम्म काम लाग्छन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:81 🔁 0/5
وَٱللَّهُ جَعَلَ لَكُم مِّمَّا خَلَقَ ظِلَٰلًا وَجَعَلَ لَكُم مِّنَ ٱلۡجِبَالِ أَكۡنَٰنًا وَجَعَلَ لَكُمۡ سَرَٰبِيلَ تَقِيكُمُ ٱلۡحَرَّ وَسَرَٰبِيلَ تَقِيكُم بَأۡسَكُمۡۚ كَذَٰلِكَ يُتِمُّ نِعۡمَتَهُۥ عَلَيۡكُمۡ لَعَلَّكُمۡ تُسۡلِمُونَ  ۝٨١
Wallaahu ja`ala lakum mimmaa khalaqa zilaalanw wa ja`ala lakum minal jibaali aknaananw wa ja`ala lakum saraabeela taqeekumul harra wa saraabeela taqeekum baasakum; kazaalika yutimmu ni`matahoo alaikum la`allakum tuslimoon
अल्लाहले नै तिम्रो लागि आफूले सृष्टि गरेका कुराहरूबाट छायाँ बनायो र उसैले पहाडहरूमा तिम्रो लागि गुफाहरू बनायो र वस्त्रहरू (पनि) जसले तिमीलाई गरमीबाट बचाउँछन् र (यस्ता) वस्त्रहरू (पनि) जसले तिमीलाई युद्धको बेला काम लाग्छन्, र रक्षा गर्दछन् । यस्तै प्रकारले अल्लाह आफ्नो कृपा तिमीमाथि पूरा गर्दछ कि तिमी आज्ञाकारी बन्न सक ।
🎤 तपाईंको रेकर्डिङ:
16:82 🔁 0/5
فَإِن تَوَلَّوۡاْ فَإِنَّمَا عَلَيۡكَ ٱلۡبَلَٰغُ ٱلۡمُبِينُ  ۝٨٢
Fa in tawallaw fa innamaa `alaikal balaaghul mubeen
तैपनि यदि यिनीहरू विमुख भइरहन्छन् भने (हे पैगम्बर !) तपाईको काम मात्र स्पष्टरूपले सुनाइदिनु नै हो ।
🎤 तपाईंको रेकर्डिङ:
16:83 🔁 0/5
يَعۡرِفُونَ نِعۡمَتَ ٱللَّهِ ثُمَّ يُنكِرُونَهَا وَأَكۡثَرُهُمُ ٱلۡكَٰفِرُونَ  ۝٨٣
Ya`rifoona ni`matal laahi summa yunkiroonahaa wa aksaruhumul kaafiroon
यिनीहरू अल्लाहका अमूल्य उपहार जान्दछन्, तर (जानी जानी) तिनलाई नकार्दछन् अपितु यिनीहरूमध्ये अक्सर कृतध्न छन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:84 🔁 0/5
وَيَوۡمَ نَبۡعَثُ مِن كُلِّ أُمَّةٍ شَهِيدًا ثُمَّ لَا يُؤۡذَنُ لِلَّذِينَ كَفَرُواْ وَلَا هُمۡ يُسۡتَعۡتَبُونَ  ۝٨٤
Wa yawma nab`asu min kulli ummatin shaheedan summa laa yu`zanu lillazeena kafaroo wa laa hum yusta`taboon
र जुन दिन हामीले प्रत्येक समुदायमध्येबाट साक्षी उभ्याउने छौं, त न काफिरहरूलाई (बोल्न) अनुमति दिइनेछ र नत उनीहरूको पश्चाताप स्वीकार गरिनेछ ।
🎤 तपाईंको रेकर्डिङ:
16:85 🔁 0/5
وَإِذَا رَءَا ٱلَّذِينَ ظَلَمُواْ ٱلۡعَذَابَ فَلَا يُخَفَّفُ عَنۡهُمۡ وَلَا هُمۡ يُنظَرُونَ  ۝٨٥
Wa izaa ra al lazeena zalamul `azaaba falaa yukhaf fafu `anhum wa laa hum yunzaroon
र जब यी अत्याचारीहरूले सजाय देख्नेछन्, फेरि नत उनीहरूको सजायमा कुनै कमी गरिने छ, र नत उनीहरूलाई मोहलत दिइनेछ ।
🎤 तपाईंको रेकर्डिङ:
16:86 🔁 0/5
وَإِذَا رَءَا ٱلَّذِينَ أَشۡرَكُواْ شُرَكَآءَهُمۡ قَالُواْ رَبَّنَا هَٰٓؤُلَآءِ شُرَكَآؤُنَا ٱلَّذِينَ كُنَّا نَدۡعُواْ مِن دُونِكَۖ فَأَلۡقَوۡاْ إِلَيۡهِمُ ٱلۡقَوۡلَ إِنَّكُمۡ لَكَٰذِبُونَ  ۝٨٦
Wa izaa ra al lazeena ashrakoo shurakaaa`ahum qaaloo Rabbana haaa`ulaaa`i shurakaaa`unal lazeena kunnaa nad`oo min doonika fa alqaw ilaihimul qawla innakum lakaaziboon
र जब मुश्रिकहरूले आफूले साझेदार बनाएकाहरूलाई देख्नेछन्, त भन्नेछन्ः कि हे हाम्रो पालनकर्ता ! यी तिनै साझेदार हुन् जसलाई हामीले तिमी बाहेक पुकार्ने गर्दथ्यौ, त तिनीहरूले उनीहरूसित भन्नेछन्ः कि तिमी विल्कुलै झूठा हौ ।
🎤 तपाईंको रेकर्डिङ:
16:87 🔁 0/5
وَأَلۡقَوۡاْ إِلَى ٱللَّهِ يَوۡمَئِذٍ ٱلسَّلَمَۖ وَضَلَّ عَنۡهُم مَّا كَانُواْ يَفۡتَرُونَ  ۝٨٧
Wa alqaw ilal laahi yawma`izinis salama wa dalla `anhum maa kaanoo yaftaroon
त्यस दिन यिनीहरू सबै बेबसभई अल्लाहको सामु टाउको निहुराई दिनेछन् र जुन कुरा उनीहरूले झूठ रच्ने गर्दथे, सबै तिनीहरूबाट हराउनेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:88 🔁 0/5
ٱلَّذِينَ كَفَرُواْ وَصَدُّواْ عَن سَبِيلِ ٱللَّهِ زِدۡنَٰهُمۡ عَذَابًا فَوۡقَ ٱلۡعَذَابِ بِمَا كَانُواْ يُفۡسِدُونَ  ۝٨٨
Allazeena kafaroo wa saddoo `an sabeelil laahi zidnaahum `azaaban fawqal `azaabi bimaa kaanoo yufsidoon
जुन मानिसहरूले कुफ्र गरे र अल्लाहको बाटोबाट रोके, हामीले उनीहरूलाई सजायमाथि सजाय दिँदै जानेछौं, उनीहरूको उद्दण्डताको कारणले यो बदला हुनेछे ।
🎤 तपाईंको रेकर्डिङ:
16:89 🔁 0/5
وَيَوۡمَ نَبۡعَثُ فِي كُلِّ أُمَّةٍ شَهِيدًا عَلَيۡهِم مِّنۡ أَنفُسِهِمۡۖ وَجِئۡنَا بِكَ شَهِيدًا عَلَىٰ هَٰٓؤُلَآءِۚ وَنَزَّلۡنَا عَلَيۡكَ ٱلۡكِتَٰبَ تِبۡيَٰنًا لِّكُلِّ شَيۡءٍ وَهُدًى وَرَحۡمَةً وَبُشۡرَىٰ لِلۡمُسۡلِمِينَ  ۝٨٩
Wa yawma nab`asu fee kulli ummmatin shaheedan `alaihim min anfusihim wa ji`naa bika shaheedan `alaa haaa`ulaaa`; wa nazzalnaa `alaikal Kitaaba tibyaanal likulli shai`inw wa hudanw wa rahmatanw wa bushraa lilmuslimeen
र जुन दिन हामीले प्रत्येक समुदायबाट स्वयं उनीमाथि साक्षी उभ्याउने छौं, र (हे पैगम्बर) तपाईलाई यिनीहरूमाथि साक्षी बनाएर ल्याउने छौं, र हामीले तपाईमाथि (यस्तो) किताब उतारेका छौं कि यसमा हरेक कुराको वर्णन बिस्तारपूर्वक छ । र मुसलमानहरूको लागि मार्गदर्शन र दया तथा शुभसन्देश
🎤 तपाईंको रेकर्डिङ:
16:90 🔁 0/5
۞ إِنَّ ٱللَّهَ يَأۡمُرُ بِٱلۡعَدۡلِ وَٱلۡإِحۡسَٰنِ وَإِيتَآيِٕ ذِي ٱلۡقُرۡبَىٰ وَيَنۡهَىٰ عَنِ ٱلۡفَحۡشَآءِ وَٱلۡمُنكَرِ وَٱلۡبَغۡيِۚ يَعِظُكُمۡ لَعَلَّكُمۡ تَذَكَّرُونَ  ۝٩٠
Innal laaha yaamaru bil `adli wal ihsaani wa eetaaa`i zil qurbaa wa yanhaa `anil fahshaaa`i wal munkari walbagh-i` ya`izukum la`allakum tazakkkaroon
अल्लाहले तिमीलाई न्याय र भलाई गर्न र नजिकका मानिसहरूलाई सहायता दिने आदेश गर्दछ र अमर्यादित र अनुचित कर्महरूबाट र अन्याय र नराम्रा काम गर्नबाट मनाही गर्दछ उसले स्वयम् तिमीलाई निर्देशित गर्दछ कि तिमीले उपदेश ग्रहण गर ।
🎤 तपाईंको रेकर्डिङ:
16:91 🔁 0/5
وَأَوۡفُواْ بِعَهۡدِ ٱللَّهِ إِذَا عَٰهَدتُّمۡ وَلَا تَنقُضُواْ ٱلۡأَيۡمَٰنَ بَعۡدَ تَوۡكِيدِهَا وَقَدۡ جَعَلۡتُمُ ٱللَّهَ عَلَيۡكُمۡ كَفِيلًاۚ إِنَّ ٱللَّهَ يَعۡلَمُ مَا تَفۡعَلُونَ  ۝٩١
Wa awfoo bi Ahdil laahi izaa `aahattum wa laa tanqudul aimaana ba`da tawkeedihaa wa qad ja`altumul laaha `alaikum kafeelaa; innal laaha ya`lamu maa taf`aloon
र अल्लाहको वचनलाई पालना गर जब तिमी एक–आपसमा करार गर्दछौ र जब पक्का कसमहरू खान्छौ त तिनलाई नतोड किनभने तिमीले अल्लाहलाई आफ्नो जमानतदार निर्धारित गरिसकेका छौ । जे–जति तिमीले गर्दछौ अल्लाह त्यसलाई राम्ररी जान्दछ ।
🎤 तपाईंको रेकर्डिङ:
16:92 🔁 0/5
وَلَا تَكُونُواْ كَٱلَّتِي نَقَضَتۡ غَزۡلَهَا مِنۢ بَعۡدِ قُوَّةٍ أَنكَٰثًا تَتَّخِذُونَ أَيۡمَٰنَكُمۡ دَخَلَۢا بَيۡنَكُمۡ أَن تَكُونَ أُمَّةٌ هِيَ أَرۡبَىٰ مِنۡ أُمَّةٍۚ إِنَّمَا يَبۡلُوكُمُ ٱللَّهُ بِهِۦۚ وَلَيُبَيِّنَنَّ لَكُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِ مَا كُنتُمۡ فِيهِ تَخۡتَلِفُونَ  ۝٩٢
Wa laa takoonoo kallatee naqadat ghazlahaa mim ba`di quwwatin ankaasaa; tattakhizoona aimaanakum dakhlalam bainakum an takoona ummatun hiya arbaa min ummah; innnamaa yablookumul laahu bih; wa la yubaiyinanna lakum yawmal Qiyaamati maa kuntum fee takhtalifoon
र त्यस आईमाई जस्तो नहुनु जसले परिश्रमले त धागो कात्यो, फेरि त्यसलाई चुँडालेर टुक्रा–टुक्रा गरिहाल्यो । तिमीले आफ्ना शपथहरूलाई आपसमा यस कुराको माध्यम बनाउन नथाल, कि एक समूह अर्को समूहभन्दा बढि शक्तिशाली हुन पुगोस् । कुरो मात्र यही छ कि अल्लाहले यस वाचाबाट तिम्रो परीक्षा लिइरहेको छ र जुन कुराहरूमा तिमीले विवाद गर्दछौ, कियामतको दिन अल्लाहले तिनीहरूको वास्तविकता तिमीहरूमाथि प्रकट गर्नेछ ।
🎤 तपाईंको रेकर्डिङ:
16:93 🔁 0/5
وَلَوۡ شَآءَ ٱللَّهُ لَجَعَلَكُمۡ أُمَّةً وَٰحِدَةً وَلَٰكِن يُضِلُّ مَن يَشَآءُ وَيَهۡدِي مَن يَشَآءُۚ وَلَتُسۡـَٔلُنَّ عَمَّا كُنتُمۡ تَعۡمَلُونَ  ۝٩٣
Wa law shaaa`al laahu laja`alakum ummmatanw waahidatanw wa laakiny yudillu many-yashaaa`u wa yahdee many-yashaaa`; wa latus`alunna `ammaa kuntum ta`maloon
यदि अल्लाहले चाहेको भए, तिमी (सबै) लाई एउटै समूहमा राखिहाल्दथ्यो तर त्यसले जसलाई चाहन्छ, पथविचलित गर्दछ र जसलाई चाहन्छ मार्गदर्शन गर्दछ । जुन क्रियाकलाप तिमीले गर्दछौ तिनीहरूको बारेमा तिमीसित अवश्य नै सोधिनेछ ।
🎤 तपाईंको रेकर्डिङ:
16:94 🔁 0/5
وَلَا تَتَّخِذُوٓاْ أَيۡمَٰنَكُمۡ دَخَلَۢا بَيۡنَكُمۡ فَتَزِلَّ قَدَمُۢ بَعۡدَ ثُبُوتِهَا وَتَذُوقُواْ ٱلسُّوٓءَ بِمَا صَدَدتُّمۡ عَن سَبِيلِ ٱللَّهِ وَلَكُمۡ عَذَابٌ عَظِيمٌ  ۝٩٤
Wa laa tattakhizooo aimaanakum dakhalam bainakum ftazilla qadamum ba`da subootihaa wa tazooqus sooo`a bimmaa sadattum `an sabeelil laahi wa lakum `azaabun `azeem
र आफ्ना शपथहरूलाई तिमीहरूले परस्पर विश्वासघातको माध्यम नबनाऊ कि तिम्रा पाइलाहरू दृढ भएपछि पनि अस्थिर हुनथालुन् र तिमीमाथि अजाब आइजाओस् यस कारणले कि तिमीले मानिसहरूलाई अल्लाहको बाटोबाट रोक्यौ, तिमीलाई ठूलो गम्भिर सजाय हुनेछ ।
🎤 तपाईंको रेकर्डिङ:
16:95 🔁 0/5
وَلَا تَشۡتَرُواْ بِعَهۡدِ ٱللَّهِ ثَمَنًا قَلِيلًاۚ إِنَّمَا عِندَ ٱللَّهِ هُوَ خَيۡرٌ لَّكُمۡ إِن كُنتُمۡ تَعۡلَمُونَ  ۝٩٥
Wa laa tashtaroo bi `ahdil laahi samanan qaleelaa; innamaa `indal laahi huwa khairul lakum in kuntum ta`lamoon
तिमीले अल्लाहसित गरेको वाचालाई थोरै मोलमा बेच्ने नगर । यादराख अल्लाहको नजिकको वस्तु नै तिम्रो लागि अति उत्तम छ, यदि तिमीमा ज्ञान छ भने ।
🎤 तपाईंको रेकर्डिङ:
16:96 🔁 0/5
مَا عِندَكُمۡ يَنفَدُ وَمَا عِندَ ٱللَّهِ بَاقٍۗ وَلَنَجۡزِيَنَّ ٱلَّذِينَ صَبَرُوٓاْ أَجۡرَهُم بِأَحۡسَنِ مَا كَانُواْ يَعۡمَلُونَ  ۝٩٦
maa `indakum yanfadu wa maa `indal laahi baaq; wa lanajziyannal lazeena sabarooo ajjrahum bi ahsani maa kaanoo ya`maloon
जे जति तिम्रो पासमा छ, त्यो खतम भइहाल्छ, र जे अल्लाहलको पासमा छ, त्यो बाँकी रहन्छ र धैर्यधारण गर्ने जुन मानिसहरू छन् तिनीहरूलाई हामीले उनीहरूका कर्महरूको राम्रो पुरस्कार अवश्य दिनेछौं ।
🎤 तपाईंको रेकर्डिङ:
16:97 🔁 0/5
مَنۡ عَمِلَ صَٰلِحًا مِّن ذَكَرٍ أَوۡ أُنثَىٰ وَهُوَ مُؤۡمِنٌ فَلَنُحۡيِيَنَّهُۥ حَيَوٰةً طَيِّبَةًۖ وَلَنَجۡزِيَنَّهُمۡ أَجۡرَهُم بِأَحۡسَنِ مَا كَانُواْ يَعۡمَلُونَ  ۝٩٧
Man `amila saaliham min zakarin aw unsaa wa huwa mu`minun falanuhyiyannahoo hayaatan taiiyibatanw wa lanajzi yannnahum ajrahum bi ahsani maa kaanoo ya`maloon
जुन व्यक्तिले सत्कर्म गर्दछ, पुरुष होस् वा स्त्री, र त्यो मोमिन पनि छ, त हामीले उसलाई (संसारमा) पवित्र (र) आरामको जीवन प्रदान गर्नेछौं र (आखिरतमा) तिनीहरूको राम्रो कार्यको अत्यन्त राम्रो बदला पनि अवश्य नै दिनेछौं ।
🎤 तपाईंको रेकर्डिङ:
16:98 🔁 0/5
فَإِذَا قَرَأۡتَ ٱلۡقُرۡءَانَ فَٱسۡتَعِذۡ بِٱللَّهِ مِنَ ٱلشَّيۡطَٰنِ ٱلرَّجِيمِ  ۝٩٨
Fa izaa qara tal Quraana fasta`iz billaahi minashh Shai taanir rajeem
जब तिमी कुरआन पढ्न थाल्छौं त तिरस्कृत शैतानसित अल्लाहबाट रक्षा माँग्नेगर ।
🎤 तपाईंको रेकर्डिङ:
16:99 🔁 0/5
إِنَّهُۥ لَيۡسَ لَهُۥ سُلۡطَٰنٌ عَلَى ٱلَّذِينَ ءَامَنُواْ وَعَلَىٰ رَبِّهِمۡ يَتَوَكَّلُونَ  ۝٩٩
Innahoo laisa lahoo sultaanun `alal lazeena aamanoo wa `alaa Rabbihim yatawakkaloon
ईमानवालाहरू र आफ्नो पालनकर्तामाथि भरोसा राख्नेहरूमाथि त्यसको (शैतानको) केही सामर्थ लाग्दैन ।
🎤 तपाईंको रेकर्डिङ:
16:100 🔁 0/5
إِنَّمَا سُلۡطَٰنُهُۥ عَلَى ٱلَّذِينَ يَتَوَلَّوۡنَهُۥ وَٱلَّذِينَ هُم بِهِۦ مُشۡرِكُونَ  ۝١٠٠
Innnamaa sultaanuhoo `alal lazeena yatawallawnahoo wallazeena hum bihee mushrikoon
हो त्यसको अधिकार तिनीहरूमाथि मात्र लाग्छ, जसले उसलाई आफ्नो साथी बनाउँदछन् र उसको (प्रेरणाको) कारणले अल्लाहसँग अरुलाई साझेदार निर्धारित गर्दछन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:101 🔁 0/5
وَإِذَا بَدَّلۡنَآ ءَايَةً مَّكَانَ ءَايَةٍ وَٱللَّهُ أَعۡلَمُ بِمَا يُنَزِّلُ قَالُوٓاْ إِنَّمَآ أَنتَ مُفۡتَرِۭۚ بَلۡ أَكۡثَرُهُمۡ لَا يَعۡلَمُونَ  ۝١٠١
Wa izaa baddalnaaa Aayatam makaana Aayatinw wal laahu a`lamu bimaa yunazzilu qaalooo innamaa anta muftar; bal aksaruhum laa ya`lamoon
र जब हामीले कुनै आयतलाई कुनै अन्य आयतको ठाउँमा राख्छौं र अल्लाहले जे जति उतार्ने गर्दछ त्यसलाई उसले राम्ररी जान्दछ, अनि यिनीहरू भन्दछन्ः कि तिमीले त (त्यसै) आफ्नो तर्फबाट रचेर ल्याउँछौ । कुरो यो छ कि तिनीहरूमध्ये अधिकांश अनभिज्ञ छन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:102 🔁 0/5
قُلۡ نَزَّلَهُۥ رُوحُ ٱلۡقُدُسِ مِن رَّبِّكَ بِٱلۡحَقِّ لِيُثَبِّتَ ٱلَّذِينَ ءَامَنُواْ وَهُدًى وَبُشۡرَىٰ لِلۡمُسۡلِمِينَ  ۝١٠٢
Qul nazzalahoo Roohul Qudusi mir Rabbika bilhaqqi liyusabbital lazeena aamanoo wa hudanw wa bushraa lilmuslimeen
भनिदिनुस्ः कि यसलाई रूहुल कुद्दुस् फरिश्ता (जिब्राइल) तिम्रो पालनकर्ताको तर्फबाट सत्यताको साथ लिएर आएका छन्, ताकि यसबाट अल्लाहले आज्ञापालन गर्नेहरूको ईमानलाई सृदृढ गरोस्, र (यसबाट) मुसलमानहरूको मार्गदर्शन र कल्याण भइजाओस् ।
🎤 तपाईंको रेकर्डिङ:
16:103 🔁 0/5
وَلَقَدۡ نَعۡلَمُ أَنَّهُمۡ يَقُولُونَ إِنَّمَا يُعَلِّمُهُۥ بَشَرٌۗ لِّسَانُ ٱلَّذِي يُلۡحِدُونَ إِلَيۡهِ أَعۡجَمِيٌّ وَهَٰذَا لِسَانٌ عَرَبِيٌّ مُّبِينٌ  ۝١٠٣
Wa laqad na`lamu annahum yaqooloona innamaa yu`allimuhoo bashar; lisaanul lazee yulhidoona ilaihi a`ja miyyunw wa haaza lisaanun `Arabiyyum mubeen
हामीलाई राम्ररी थाहा छ कि यिनीहरूले भन्दछन्ः कि यस (पैगम्बर) लाई एउटा व्यक्तिले सिकाएर जान्छ तर जसको तर्फ यिनीहरूले दुष्टतापूर्वक संकेत गर्दछन् त्यसको भाषा त अजमी हो र यो कुरआन स्पष्ट अरबी भाषामा छ ।
🎤 तपाईंको रेकर्डिङ:
16:104 🔁 0/5
إِنَّ ٱلَّذِينَ لَا يُؤۡمِنُونَ بِـَٔايَٰتِ ٱللَّهِ لَا يَهۡدِيهِمُ ٱللَّهُ وَلَهُمۡ عَذَابٌ أَلِيمٌ  ۝١٠٤
Innal lazeena laa yu`minoona bi Aayaatil laahi laa yahdehimul laahu wa lahum `azaabun aleem
जुन, मानिसहरूले अल्लाहका आयतहरूमाथि आस्था राख्दैनन्, तिनीहरूलाई अल्लाहले मार्गदर्शन गर्दैन, र तिनीहरूको निम्ति कष्टदायक सजाय छ ।
🎤 तपाईंको रेकर्डिङ:
16:105 🔁 0/5
إِنَّمَا يَفۡتَرِي ٱلۡكَذِبَ ٱلَّذِينَ لَا يُؤۡمِنُونَ بِـَٔايَٰتِ ٱللَّهِۖ وَأُوْلَٰٓئِكَ هُمُ ٱلۡكَٰذِبُونَ  ۝١٠٥
Innamaa yaftaril kazibal lazeena laa yu`minoona bi Aayaatil laahi wa ulaaa`ika humul kaaziboon
झूठ आक्षेप त तिनै मानिसहरूले लगाउने गर्दछन जसलाई अल्लाहका आयतहरूमाथि आस्था हुँदैन र तिनै झूठा हुन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:106 🔁 0/5
مَن كَفَرَ بِٱللَّهِ مِنۢ بَعۡدِ إِيمَٰنِهِۦٓ إِلَّا مَنۡ أُكۡرِهَ وَقَلۡبُهُۥ مُطۡمَئِنُّۢ بِٱلۡإِيمَٰنِ وَلَٰكِن مَّن شَرَحَ بِٱلۡكُفۡرِ صَدۡرًا فَعَلَيۡهِمۡ غَضَبٌ مِّنَ ٱللَّهِ وَلَهُمۡ عَذَابٌ عَظِيمٌ  ۝١٠٦
man kafara billaahi mim ba`di eemaanihee illaa man ukriha wa qalbuhoo mutmma`innum bil eemaani wa laakim man sharaha bilkufri sadran fa`alaihim ghadabum minal laahi wa lahum `azaabun `azeem
जुन मानिसले ईमान ल्याएपछि अल्लाहसँग कुफ्र गर्दछ, मात्र त्यो बाहेक जसलाई बाध्य गरिन्छ, र उसको हृदय ईमानकोसाथ दृढ हुन्छ, परन्तु त्यो जसले हृदय खोलेर कुफ्र गर्दछ, त यस्तामाथि अल्लाहको क्रोध छ, र तिनीहरूलाई अत्यन्त कडा सजाय हुनेछ ।
🎤 तपाईंको रेकर्डिङ:
16:107 🔁 0/5
ذَٰلِكَ بِأَنَّهُمُ ٱسۡتَحَبُّواْ ٱلۡحَيَوٰةَ ٱلدُّنۡيَا عَلَى ٱلۡأٓخِرَةِ وَأَنَّ ٱللَّهَ لَا يَهۡدِي ٱلۡقَوۡمَ ٱلۡكَٰفِرِينَ  ۝١٠٧
Zaalika bi annahumus tahabbul hayaatad dunyaa `alal Aakhirati wa annal laaha laa yahdil qawmal kaafireen
यो यस कारणले कि उनीहरूले सांसारिक जीवनलाई आखिरतको दाँजोमा प्रिय ठाने निःसन्देह अल्लाहले काफिरहरूलाई मार्गदर्शन गर्दैन ।
🎤 तपाईंको रेकर्डिङ:
16:108 🔁 0/5
أُوْلَٰٓئِكَ ٱلَّذِينَ طَبَعَ ٱللَّهُ عَلَىٰ قُلُوبِهِمۡ وَسَمۡعِهِمۡ وَأَبۡصَٰرِهِمۡۖ وَأُوْلَٰٓئِكَ هُمُ ٱلۡغَٰفِلُونَ  ۝١٠٨
Ulaaa`ikal lazeena taba`al laahu `alaa quloobihim wa sam`ihim wa absaarihim wa ulaaa`ika humul ghaafiloon
यिनै मानिसहरू हुन्, जसका हृदयहरूमा र कानहरूमा र आखाँहरूमा अल्लाहले छाप लगाइदिएको छ, र यिनै लापरवाहीमा परिरहेका छन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:109 🔁 0/5
لَا جَرَمَ أَنَّهُمۡ فِي ٱلۡأٓخِرَةِ هُمُ ٱلۡخَٰسِرُونَ  ۝١٠٩
Laa jarama annnahum fil Aakhirati humul khassiroon
यसमा कुनै सन्देह छैन, कि यिनीहरूले परलोकमा ठूलो हानि बेहोर्ने छन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:110 🔁 0/5
ثُمَّ إِنَّ رَبَّكَ لِلَّذِينَ هَاجَرُواْ مِنۢ بَعۡدِ مَا فُتِنُواْ ثُمَّ جَٰهَدُواْ وَصَبَرُوٓاْ إِنَّ رَبَّكَ مِنۢ بَعۡدِهَا لَغَفُورٌ رَّحِيمٌ  ۝١١٠
Summa inna Rabbaka lillazeena haajaroo mim ba`dimaa futinoo summma jaahadoo wa sabaroo inna Rabbaka mim ba`dihaa la Ghafoorur Raheem
अनि जुन मानिसहरूले कष्टहरू भोगेर आफ्नो वतन छाडे, अनि जिहाद गरे र स्थिर रहे, तिम्रो पालनकर्ता तिनीहरूलाई निःसन्देह यी (परीक्षाहरू) पश्चात क्षमादिने र दया गर्नेवाला छ ।
🎤 तपाईंको रेकर्डिङ:
16:111 🔁 0/5
۞ يَوۡمَ تَأۡتِي كُلُّ نَفۡسٍ تُجَٰدِلُ عَن نَّفۡسِهَا وَتُوَفَّىٰ كُلُّ نَفۡسٍ مَّا عَمِلَتۡ وَهُمۡ لَا يُظۡلَمُونَ  ۝١١١
Yawma taatee kullu nafsin tujaadilu `an nafsihaa wa tuwaffaa kullu nafsim maa `amilat wa hum laa yuzlamoon
जुन दिन हरेक प्राणी आफ्नो स्वार्थको लागि लडाइझगडा गर्दै आउँछ र प्रत्येक व्यक्तिलाई उसको क्रियाकलापको पूरा–पूरा प्रतिफल दिइनेछ, र कसैमाथि बिल्कुल अन्याय हुनेछैन ।
🎤 तपाईंको रेकर्डिङ:
16:112 🔁 0/5
وَضَرَبَ ٱللَّهُ مَثَلًا قَرۡيَةً كَانَتۡ ءَامِنَةً مُّطۡمَئِنَّةً يَأۡتِيهَا رِزۡقُهَا رَغَدًا مِّن كُلِّ مَكَانٍ فَكَفَرَتۡ بِأَنۡعُمِ ٱللَّهِ فَأَذَٰقَهَا ٱللَّهُ لِبَاسَ ٱلۡجُوعِ وَٱلۡخَوۡفِ بِمَا كَانُواْ يَصۡنَعُونَ  ۝١١٢
Wa darabal laahu masalan qaryatan kaanat aaminatam mutma`innatany yaaateehaa rizquhaa rghadam min kulli makaanin fakafarat bi an`umil laahi fa azaaqahal laahu libaasal joo`i walkhawfi bimaa kaanoo yasna`oon
अल्लाहले एउटा बस्तीको उदाहरण वर्णन गर्दछ जुन पूर्णशान्ति र सुरक्षामा थियो, प्रत्येक दिशाबाट उसको जीविकाको परिपूर्ति हुन्थ्यो फेरि अल्लाहको वरदानहरूप्रति उसले कृतध्नता प्रकट गर्यो, अनि अल्लाहले तिनीहरूको क्रियाकलापको कारणले बदलामा तिनीहरूलाई भूख र डरको स्वाद चखाइहाल्यो ।
🎤 तपाईंको रेकर्डिङ:
16:113 🔁 0/5
وَلَقَدۡ جَآءَهُمۡ رَسُولٌ مِّنۡهُمۡ فَكَذَّبُوهُ فَأَخَذَهُمُ ٱلۡعَذَابُ وَهُمۡ ظَٰلِمُونَ  ۝١١٣
Wa laqad jaaa`ahum Rasoolum minhum fakazzaboohu fa akhazahumul `azaabu wa hum zaalimoon
उनीहरूको पासमा उनीहरूमध्ये एउटा पैगम्बर आयो तैपनि तिनीहरूले उसलाई झूठा भने, तसर्थ उनीहरूलाई सजाय आइसमात्यो र तिनीहरू अत्याचारी नै थिए ।
🎤 तपाईंको रेकर्डिङ:
16:114 🔁 0/5
فَكُلُواْ مِمَّا رَزَقَكُمُ ٱللَّهُ حَلَٰلًا طَيِّبًا وَٱشۡكُرُواْ نِعۡمَتَ ٱللَّهِ إِن كُنتُمۡ إِيَّاهُ تَعۡبُدُونَ  ۝١١٤
Fakuloo mimmaa razaqa kumul laahu halaalan taiyibanw washkuroo ni`matal laahi in kuntum iyyaahu ta`budoon
अल्लाहले तिमीहरूलाई जुन पवित्र जीविका प्रदान गरेको छ, त्यसलाई खाऊ र अल्लाहबाट प्रदान गरिएका पुरस्कारहरूप्रति आभार प्रकट गर, यदि तिमी उसैको उपासना गर्दछौ भने ।
🎤 तपाईंको रेकर्डिङ:
16:115 🔁 0/5
إِنَّمَا حَرَّمَ عَلَيۡكُمُ ٱلۡمَيۡتَةَ وَٱلدَّمَ وَلَحۡمَ ٱلۡخِنزِيرِ وَمَآ أُهِلَّ لِغَيۡرِ ٱللَّهِ بِهِۦۖ فَمَنِ ٱضۡطُرَّ غَيۡرَ بَاغٍ وَلَا عَادٍ فَإِنَّ ٱللَّهَ غَفُورٌ رَّحِيمٌ  ۝١١٥
Innamaa harrma `alai kumul maitata waddama wa lahmal khinzeeri wa maaa uhilla lighairil laahi bihee famanid turra ghaira baaghinw wa laa `aadin fa innal laaha Ghafoorur Raheem
उसले तिम्रो लागि मुर्दा जनावर र रगत र सुंगुरको मासु हराम (वर्जित) गरेको छ र जुन कुरामा अल्लाह बाहेक कुनै अन्यको नाम पुकारिन्छ तर हो (त्यस अवस्था बाहेक) यदि कोही बाध्य हुन्छ तर यस शर्तमा मात्र कि ऊ स्वयम् त्यसको इच्छुक नहोस् र सीमाभन्दा अगाडि जान नखोजोस्, त निःसन्देह अल्लाह क्षमादाता र दयावान छ ।
🎤 तपाईंको रेकर्डिङ:
16:116 🔁 0/5
وَلَا تَقُولُواْ لِمَا تَصِفُ أَلۡسِنَتُكُمُ ٱلۡكَذِبَ هَٰذَا حَلَٰلٌ وَهَٰذَا حَرَامٌ لِّتَفۡتَرُواْ عَلَى ٱللَّهِ ٱلۡكَذِبَۚ إِنَّ ٱلَّذِينَ يَفۡتَرُونَ عَلَى ٱللَّهِ ٱلۡكَذِبَ لَا يُفۡلِحُونَ  ۝١١٦
Wa laa taqooloo limaa tasifu alsinatukumul kaziba haaza halaalunw wa haazaa haraamul litaftaroo `alal laahil kazib; innal lazeena yaftaroona `alal laahil kaziba laa yuflihoon
आफ्नो मुखबाट कुनै झूठ कुरा नगर कि यो (हलाल) पवित्र छ र यो त्याज्य छ ताकि अल्लाहमाथि झूठो कुराको सम्बन्ध जोड्नथाल, सम्झी राख जुन मानिसहरू अल्लाहमाथि झूठो कुराको सम्बन्ध गाँस्दछन्, उनीहरू सफल हुनेछैनन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:117 🔁 0/5
مَتَٰعٌ قَلِيلٌ وَلَهُمۡ عَذَابٌ أَلِيمٌ  ۝١١٧
Mata`un qaleelunw wa lahum `azaabun aleem
तिमीलाई फाईदा त अलिकति मात्र प्राप्त हुन्छ, तर तिनीहरूलाई नै कष्ट दायक सजाय (धेरै) हुनेछ ।
🎤 तपाईंको रेकर्डिङ:
16:118 🔁 0/5
وَعَلَى ٱلَّذِينَ هَادُواْ حَرَّمۡنَا مَا قَصَصۡنَا عَلَيۡكَ مِن قَبۡلُۖ وَمَا ظَلَمۡنَٰهُمۡ وَلَٰكِن كَانُوٓاْ أَنفُسَهُمۡ يَظۡلِمُونَ  ۝١١٨
Wa `alal lazeena haadoo harramnaa ma qasasnaa `alaika min qablu wa maa zalamanaahum wa laakin kaanoo anfusahum wa laakin kaanoo anfusahum yazlimoon
र जुन कुराहरू हामीले यहूदिहरूमाथि हराम गरिदिएका थियौं त्यसलाई पहिले नै तपाईलाई सुनाइसकेका छौं । र हामीले उनीहरूमाथि कुनै अत्याचार गरेनौं, बरु तिनीहरूले नै आफूमाथि अन्याय गर्ने गर्दथे ।
🎤 तपाईंको रेकर्डिङ:
16:119 🔁 0/5
ثُمَّ إِنَّ رَبَّكَ لِلَّذِينَ عَمِلُواْ ٱلسُّوٓءَ بِجَهَٰلَةٍ ثُمَّ تَابُواْ مِنۢ بَعۡدِ ذَٰلِكَ وَأَصۡلَحُوٓاْ إِنَّ رَبَّكَ مِنۢ بَعۡدِهَا لَغَفُورٌ رَّحِيمٌ  ۝١١٩
Summma inna Rabbaka lillazeena `amilus sooo`a bijahaalatin summa taaboo mim ba`di zaaalika wa aslahoo inna Rabbaka mim ba`dihaa la Ghafoorur Raheem
जुन मानिसहरूले अज्ञानतावश नराम्रा काम गरे, अनि प्रायश्चित गर्दछन् र सुध्रन्छन् भने तपाईको पालनकर्ताले उनीहरूलाई क्षमा र कृपा गर्नेवाला छ ।
🎤 तपाईंको रेकर्डिङ:
16:120 🔁 0/5
إِنَّ إِبۡرَٰهِيمَ كَانَ أُمَّةً قَانِتًا لِّلَّهِ حَنِيفًا وَلَمۡ يَكُ مِنَ ٱلۡمُشۡرِكِينَ  ۝١٢٠
Inna Ibraaheema kaana ummatan qaanital lillaahi Haneefanw wa lam yakuminal mushrikeen
निःसन्देह इब्राहीम नेतृत्वकर्ता र आदर्श पुरुष अल्लाहप्रति आज्ञाकारी र एकतर्फी निःस्वार्थी थिए, उनी अल्लाहको साथ अरुलाई साझेदार ठह्राउनेमध्येबाट थिएनन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:121 🔁 0/5
شَاكِرًا لِّأَنۡعُمِهِۚ ٱجۡتَبَىٰهُ وَهَدَىٰهُ إِلَىٰ صِرَٰطٍ مُّسۡتَقِيمٍ  ۝١٢١
Shaakiral li an`umih; ijtabaahu wa hadaahu ilaa Siraatim Muustaqeem
अल्लाहले प्रदान गरेका नेअ्मतहरू (पुरस्कार) प्रति आभारी थिए । अल्लाहले उनलाई रोजेको थियो र सोझो बाटोमा हिँडाएको थियो ।
🎤 तपाईंको रेकर्डिङ:
16:122 🔁 0/5
وَءَاتَيۡنَٰهُ فِي ٱلدُّنۡيَا حَسَنَةًۖ وَإِنَّهُۥ فِي ٱلۡأٓخِرَةِ لَمِنَ ٱلصَّٰلِحِينَ  ۝١٢٢
Wa aatainaahu fid dunyaa hasanah; wa innahoo fil Aakhirati laminas saaliheen
हामीले उनलाई संसारमा पनि असल कुरा प्रदान गर्यौं र उनी परलोकमा पनि सत्यनिष्ठहरूमा हुनेछन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:123 🔁 0/5
ثُمَّ أَوۡحَيۡنَآ إِلَيۡكَ أَنِ ٱتَّبِعۡ مِلَّةَ إِبۡرَٰهِيمَ حَنِيفًاۖ وَمَا كَانَ مِنَ ٱلۡمُشۡرِكِينَ  ۝١٢٣
Summma awhainaa ilaika anit tabi` Millata Ibraaheema haneefaa; wa maa kaana minal mushrikeen
फेरि हामीले तपाईतिर सन्देश (वह्य) पठायौं, ताकि तपाईले इब्राहीमको धर्मको अनुशरण गर्नुस्, जुन मुश्रिकहरूमध्ये थिएनन् ।
🎤 तपाईंको रेकर्डिङ:
16:124 🔁 0/5
إِنَّمَا جُعِلَ ٱلسَّبۡتُ عَلَى ٱلَّذِينَ ٱخۡتَلَفُواْ فِيهِۚ وَإِنَّ رَبَّكَ لَيَحۡكُمُ بَيۡنَهُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِ فِيمَا كَانُواْ فِيهِ يَخۡتَلِفُونَ  ۝١٢٤
Innnamaa ju`ilas Sabtu `alal lazeenakhtalafoo feeh; wa inna Rabbaka la yahkumu bainahum Yawmal Qiyaamati feemaa kaanoo feehi yakhtalifoon
हप्ताको (शनिवारको) दिनको महानता तिनीहरूको लागि मात्र अनिवार्य गरिएको थियो, जसले त्यसमा विवाद उठाएका थिए । कुरो यो छ कि तपाईको पालनकर्ताले नै कियामतको दिन ती विवादहरूको निरोपण गर्नेछ ।
🎤 तपाईंको रेकर्डिङ:
16:125 🔁 0/5
ٱدۡعُ إِلَىٰ سَبِيلِ رَبِّكَ بِٱلۡحِكۡمَةِ وَٱلۡمَوۡعِظَةِ ٱلۡحَسَنَةِۖ وَجَٰدِلۡهُم بِٱلَّتِي هِيَ أَحۡسَنُۚ إِنَّ رَبَّكَ هُوَ أَعۡلَمُ بِمَن ضَلَّ عَن سَبِيلِهِۦ وَهُوَ أَعۡلَمُ بِٱلۡمُهۡتَدِينَ  ۝١٢٥
Ud`u ilaa sabeeli Rabbika bilhikmati walmaw `izatil hasanati wa jaadilhum billatee hiya ahsan; inna Rabbaka huwa a`almu biman dalla `an sabeelihee wa Huwa a`lamu bilmuhtadeen
(हे पैगम्बर !) मानिसहरूलाई बुद्धिमत्ता र असल उपदेशले आफ्नो पालनकर्ताको बाटोतिर बोलाउनुस् र सधै राम्रो तरिकाले तिनीहरूसित कुरा गर्नुस्, जो उसको बाटोबाट विचलित छन् तपाईको पालनकर्ताले तिनलाई पनि राम्ररी जान्दछ र जो सही मार्गमा हिड्नेहरू छन् उनीहरूलाई पनि राम्ररी जान्दछ ।
🎤 तपाईंको रेकर्डिङ:
16:126 🔁 0/5
وَإِنۡ عَاقَبۡتُمۡ فَعَاقِبُواْ بِمِثۡلِ مَا عُوقِبۡتُم بِهِۦۖ وَلَئِن صَبَرۡتُمۡ لَهُوَ خَيۡرٌ لِّلصَّٰبِرِينَ  ۝١٢٦
Wa in `aaqabtum fa`aaqiboo bimisli maa `ooqibtum bihee wa la`in sabartum lahuwa khairul lissaabireen
र यदि बदला लिन्छौ भने, त्यति मात्र, जति कष्ट तिमीलाई उनीहरूबाट पुगेको छ, र यदि धैर्य गर्छौ भने, त त्यो धैर्य गर्नेहरूको लागि धेरै राम्रो हो ।
🎤 तपाईंको रेकर्डिङ:
16:127 🔁 0/5
وَٱصۡبِرۡ وَمَا صَبۡرُكَ إِلَّا بِٱللَّهِۚ وَلَا تَحۡزَنۡ عَلَيۡهِمۡ وَلَا تَكُ فِي ضَيۡقٍ مِّمَّا يَمۡكُرُونَ  ۝١٢٧
Wasbir wa maa sabruka illaa billaah; wa laa tahzan `alaihim wa laa taku fee daiqim mimmaa yamkuroon
तपाईले धैर्य नै गर्ने भए पनि अल्लाहको मद्दत बिना धैर्य गर्न सक्दैनौ, र उनीहरूको बारेमा दुःखी नहुनु र जुन नराम्रो चाल यिनीहरू चालिराखेछन् त्यसबाट हृदय सानो नगर्नु ।
🎤 तपाईंको रेकर्डिङ:
16:128 🔁 0/5
إِنَّ ٱللَّهَ مَعَ ٱلَّذِينَ ٱتَّقَواْ وَّٱلَّذِينَ هُم مُّحۡسِنُونَ  ۝١٢٨
Innal laaha ma`al lazeenat taqaw wal lazeena hum muhsinoon
निश्चित मान कि जो आत्मसंयमी र असल छन्, अल्लाह मात्र उनीसँग छ ।
🎤 तपाईंको रेकर्डिङ:
💡 लुकेको शब्दलाई अस्थायी रूपमा देखाउन ट्याप गर्नुहोस् — तपाईंको प्रगति स्वतः बचत हुन्छ।

🎉
🎊 राम्रो! कण्ठ पूरा भयो
Mishary Rashid Alafasy
Mahmoud Khalil Al-Husary
Abdurrahman As-Sudais
Mohamed Siddiq Al-Minshawi
Abdul Basit Abdul Samad
Ali Al-Hudhaify
Ahmed ibn Ali al-Ajamy
Abu Bakr Ash-Shaatree
Muhammad Ayyoub
Abdullah Basfar
Abdullah Al-Juhani
Maher Al Muaiqly
0:00
0:00
-

पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers