📖 0/604 पढिएका पृष्ठहरू
📄 188
كَيۡفَ يَكُونُ لِلۡمُشۡرِكِينَ عَهۡدٌ عِندَ ٱللَّهِ وَعِندَ رَسُولِهِۦٓ إِلَّا ٱلَّذِينَ عَٰهَدتُّمۡ عِندَ ٱلۡمَسۡجِدِ ٱلۡحَرَامِۖ فَمَا ٱسۡتَقَٰمُواْ لَكُمۡ فَٱسۡتَقِيمُواْ لَهُمۡۚ إِنَّ ٱللَّهَ يُحِبُّ ٱلۡمُتَّقِينَ ٧ كَيۡفَ وَإِن يَظۡهَرُواْ عَلَيۡكُمۡ لَا يَرۡقُبُواْ فِيكُمۡ إِلًّا وَلَا ذِمَّةًۚ يُرۡضُونَكُم بِأَفۡوَٰهِهِمۡ وَتَأۡبَىٰ قُلُوبُهُمۡ وَأَكۡثَرُهُمۡ فَٰسِقُونَ ٨ ٱشۡتَرَوۡاْ بِـَٔايَٰتِ ٱللَّهِ ثَمَنًا قَلِيلًا فَصَدُّواْ عَن سَبِيلِهِۦٓۚ إِنَّهُمۡ سَآءَ مَا كَانُواْ يَعۡمَلُونَ ٩ لَا يَرۡقُبُونَ فِي مُؤۡمِنٍ إِلًّا وَلَا ذِمَّةًۚ وَأُوْلَٰٓئِكَ هُمُ ٱلۡمُعۡتَدُونَ ١٠ فَإِن تَابُواْ وَأَقَامُواْ ٱلصَّلَوٰةَ وَءَاتَوُاْ ٱلزَّكَوٰةَ فَإِخۡوَٰنُكُمۡ فِي ٱلدِّينِۗ وَنُفَصِّلُ ٱلۡأٓيَٰتِ لِقَوۡمٍ يَعۡلَمُونَ ١١ وَإِن نَّكَثُوٓاْ أَيۡمَٰنَهُم مِّنۢ بَعۡدِ عَهۡدِهِمۡ وَطَعَنُواْ فِي دِينِكُمۡ فَقَٰتِلُوٓاْ أَئِمَّةَ ٱلۡكُفۡرِ إِنَّهُمۡ لَآ أَيۡمَٰنَ لَهُمۡ لَعَلَّهُمۡ يَنتَهُونَ ١٢ أَلَا تُقَٰتِلُونَ قَوۡمًا نَّكَثُوٓاْ أَيۡمَٰنَهُمۡ وَهَمُّواْ بِإِخۡرَاجِ ٱلرَّسُولِ وَهُم بَدَءُوكُمۡ أَوَّلَ مَرَّةٍۚ أَتَخۡشَوۡنَهُمۡۚ فَٱللَّهُ أَحَقُّ أَن تَخۡشَوۡهُ إِن كُنتُم مُّؤۡمِنِينَ ١٣
9:7
كَيۡفَ يَكُونُ لِلۡمُشۡرِكِينَ عَهۡدٌ عِندَ ٱللَّهِ وَعِندَ رَسُولِهِۦٓ إِلَّا ٱلَّذِينَ عَٰهَدتُّمۡ عِندَ ٱلۡمَسۡجِدِ ٱلۡحَرَامِۖ فَمَا ٱسۡتَقَٰمُواْ لَكُمۡ فَٱسۡتَقِيمُواْ لَهُمۡۚ إِنَّ ٱللَّهَ يُحِبُّ ٱلۡمُتَّقِينَ ٧
मुश्रिकहरूको कुनै सन्धिको जिम्मेवारी अल्लाह र त्यसको रसूलमाथि कसरी बाँकी रहनसक्छ ? तर उनीहरूको कुरा यसबाट अलग्गै छ, जसले तिमीसित मस्जिदे हरामको (कअ्बाको) समीपमा गरेका थिए, जबसम्म उनीहरू तिमीसित सन्धिको निर्वाह गर्दछन्, तिमी पनि उनीहरूसित निर्वाह गर । निश्चय नै अल्लाह सत्यनिष्ठहरूलाई प्रेम गर्दछ ।
9:8
كَيۡفَ وَإِن يَظۡهَرُواْ عَلَيۡكُمۡ لَا يَرۡقُبُواْ فِيكُمۡ إِلًّا وَلَا ذِمَّةًۚ يُرۡضُونَكُم بِأَفۡوَٰهِهِمۡ وَتَأۡبَىٰ قُلُوبُهُمۡ وَأَكۡثَرُهُمۡ فَٰسِقُونَ ٨
उनीहरूको वाचाको के विश्वास गर्न सकिन्छ ? यदि यिनीहरू तिमीमाथि प्रभावी हुन्छन् भने न त निकटताको मर्यादा गर्दछन् न सम्झौता र वचनको । आफ्नो मुखले त तिमीलाई खुशी पार्दछन् तर उनको हृदयले मान्दैनन्, उनीहरूमध्ये धेरैजसो अवज्ञाकारी छन् ।
9:9
ٱشۡتَرَوۡاْ بِـَٔايَٰتِ ٱللَّهِ ثَمَنًا قَلِيلًا فَصَدُّواْ عَن سَبِيلِهِۦٓۚ إِنَّهُمۡ سَآءَ مَا كَانُواْ يَعۡمَلُونَ ٩
उनीहरूले अल्लाहका आयतहरूलाई थोरै मूल्यमा बेचिदिएका छन् र उसको मार्गबाट रोकदैछन् । ती साह्रै नराम्रा छन् जसले यो गरिराखेका छन् ।
9:10
لَا يَرۡقُبُونَ فِي مُؤۡمِنٍ إِلًّا وَلَا ذِمَّةًۚ وَأُوْلَٰٓئِكَ هُمُ ٱلۡمُعۡتَدُونَ ١٠
यिनीहरू त कुनै मोमिनको बारेमा नत नाता रिश्तालाई विचार गर्दछन् र न कुनै वचनलाई । र यी सीमा नाघ्नेहरू नै हुन् ।
9:11
فَإِن تَابُواْ وَأَقَامُواْ ٱلصَّلَوٰةَ وَءَاتَوُاْ ٱلزَّكَوٰةَ فَإِخۡوَٰنُكُمۡ فِي ٱلدِّينِۗ وَنُفَصِّلُ ٱلۡأٓيَٰتِ لِقَوۡمٍ يَعۡلَمُونَ ١١
अहिले पनि यिनीहरूले प्रायश्चित गर्छन् र नियमित नमाजÞ कायम गर्दछन् र जÞकात दिन्छन्, त धर्ममा तिम्रा दाजुभाइ हुन् । र हामी त जान्ने, बुझ्नेहरूको लागि आफ्ना आयत प्रष्टरूपमा बर्णन गरिराखेका छौं ।
9:12
وَإِن نَّكَثُوٓاْ أَيۡمَٰنَهُم مِّنۢ بَعۡدِ عَهۡدِهِمۡ وَطَعَنُواْ فِي دِينِكُمۡ فَقَٰتِلُوٓاْ أَئِمَّةَ ٱلۡكُفۡرِ إِنَّهُمۡ لَآ أَيۡمَٰنَ لَهُمۡ لَعَلَّهُمۡ يَنتَهُونَ ١٢
र यदि यिनीहरू सन्धि–सम्झौता पश्चात पनि आफ्ना शपथहरू तोड्दछन् र तिम्रो धर्मको खिल्ली उडाउँछन् भने तिमी पनि यी (अधर्मका) नायकहरूसित युद्ध गर । उनीहरूका शपथ केही होइन, सम्भव छ कि यसप्रकार उनीहरूले आफ्नो क्रियाकलापको परित्याग गरुन् ।
9:13
أَلَا تُقَٰتِلُونَ قَوۡمًا نَّكَثُوٓاْ أَيۡمَٰنَهُمۡ وَهَمُّواْ بِإِخۡرَاجِ ٱلرَّسُولِ وَهُم بَدَءُوكُمۡ أَوَّلَ مَرَّةٍۚ أَتَخۡشَوۡنَهُمۡۚ فَٱللَّهُ أَحَقُّ أَن تَخۡشَوۡهُ إِن كُنتُم مُّؤۡمِنِينَ ١٣
तिमीहरू युद्ध गर्न किन तयार हुँदैनौ, जसले आफ्ना शपथलाई तोडे र पैगम्बरलाई घरबाट निकाल्ने प्रयासमा छन् । र स्वयं नै पहिलोपटक उनीहरूले तिमीहरू विरुद्ध (युद्धको) पहल गरे । के तिमी उनीसित डर मान्छौ ? यदि तिमी मोमिन् हौ भने यसको धेरै हकदार अल्लाह छ कि तिमी उनीसित डर मान ।
العربيةEnglishBahasa IndonesiaTürkçeРусскийفارسیFrançaisاردوবাংলাDeutschEspañol中文हिन्दीPortuguêsItalianoภาษาไทยPolskiNederlandsShqipKiswahiliO'zbekதமிழ்MelayuBosanskiSoomaaliAzərbaycanکوردی한국어日本語SvenskaDanskNorskپښتوമലയാളംසිංහලTamazightHausaአማርኛБългарскиТоҷикӣҚазақшаFilipinoسنڌيYorùbáFulfuldeТатарчаئۇيغۇرچەКыргызчаਪੰਜਾਬੀJawaతెలుగుမြန်မာગુજરાતીOromoमराठीTiếng ViệtMalagasyНохчийнWolofދިވެހިಕನ್ನಡУкраїнськаΕλληνικάქართულიខ្មែរدریQafar afMaranaoनेपाली
पवित्र कुरान
Sunday, August 23, 2026
Don't forget us in your sincere prayers







