📖 0/604 पढिएका पृष्ठहरू
📄 187
सूरा अत-तौबा
सूरा अत-तौबा
9:1
بَرَآءَةٌ مِّنَ ٱللَّهِ وَرَسُولِهِۦٓ إِلَى ٱلَّذِينَ عَٰهَدتُّم مِّنَ ٱلۡمُشۡرِكِينَ ١
अल्लाह र उसको रसूलको तर्फबाट विरक्तिको घोषणा छ ती मुश्रिकहरूको बारेमा जोसंग तिमीले सम्झौता र सन्धि गरेका थियौ ।
9:2
فَسِيحُواْ فِي ٱلۡأَرۡضِ أَرۡبَعَةَ أَشۡهُرٍ وَٱعۡلَمُوٓاْ أَنَّكُمۡ غَيۡرُ مُعۡجِزِي ٱللَّهِ وَأَنَّ ٱللَّهَ مُخۡزِي ٱلۡكَٰفِرِينَ ٢
(हे मुशरिकहरू !) तिमी धर्तीमा (मुलुकमा) चार महीनासम्म हिंडडुल गरिहाल र जानीराख कि तिमी अल्लाहको नियन्त्रणभन्दा बाहिर जान सक्दैनौ, र यो (पनि याद रहोस्) कि अल्लाहले काफिरहरूलाई अपमानित गर्नेवाला छ ।
9:3
وَأَذَٰنٌ مِّنَ ٱللَّهِ وَرَسُولِهِۦٓ إِلَى ٱلنَّاسِ يَوۡمَ ٱلۡحَجِّ ٱلۡأَكۡبَرِ أَنَّ ٱللَّهَ بَرِيٓءٌ مِّنَ ٱلۡمُشۡرِكِينَ وَرَسُولُهُۥۚ فَإِن تُبۡتُمۡ فَهُوَ خَيۡرٌ لَّكُمۡۖ وَإِن تَوَلَّيۡتُمۡ فَٱعۡلَمُوٓاْ أَنَّكُمۡ غَيۡرُ مُعۡجِزِي ٱللَّهِۗ وَبَشِّرِ ٱلَّذِينَ كَفَرُواْ بِعَذَابٍ أَلِيمٍ ٣
र अल्लाह र उसको रसूलको तर्फबाट मानिसहरूलाई ठूलो हजको दिन स्पष्ट जानकारी छ कि अल्लाह र उसको रसूल पनि मुश्रिकहरूबाट बिरक्त छन्, र यदि अहिले पनि तिमीले प्रायश्चित गर्छौ भने तिम्रो निम्ति राम्रो हुनेछ र यदि तिमी मान्दैनौ भने जानिहाल कि तिमी अल्लाहलाई कदापि हराउन सक्दैनौ र काफिरहरूलाई कष्टदायक सजायको समाचार सुनाइदिनुस् ।
9:4
إِلَّا ٱلَّذِينَ عَٰهَدتُّم مِّنَ ٱلۡمُشۡرِكِينَ ثُمَّ لَمۡ يَنقُصُوكُمۡ شَيۡـًٔا وَلَمۡ يُظَٰهِرُواْ عَلَيۡكُمۡ أَحَدًا فَأَتِمُّوٓاْ إِلَيۡهِمۡ عَهۡدَهُمۡ إِلَىٰ مُدَّتِهِمۡۚ إِنَّ ٱللَّهَ يُحِبُّ ٱلۡمُتَّقِينَ ٤
तर ती मुश्रिकहरू बाहेक जोसित तिम्रो सन्धि भइसकेको छ, र उनीहरूले तिमीलाई अलिकति पनि कुनै प्रकारको नोक्सानी पुर्याएका छैनन्, न त कसैलाई तिम्रो विरोधमा मद्दत गरेका छन्, त तिमी पनि उनीहरूको सन्धिको अवधि उनीहरूको साथमा पुरा गर, अल्लाह आत्मसंयमीहरूलाई मित्र ठान्दछ ।
9:5
فَإِذَا ٱنسَلَخَ ٱلۡأَشۡهُرُ ٱلۡحُرُمُ فَٱقۡتُلُواْ ٱلۡمُشۡرِكِينَ حَيۡثُ وَجَدتُّمُوهُمۡ وَخُذُوهُمۡ وَٱحۡصُرُوهُمۡ وَٱقۡعُدُواْ لَهُمۡ كُلَّ مَرۡصَدٍۚ فَإِن تَابُواْ وَأَقَامُواْ ٱلصَّلَوٰةَ وَءَاتَوُاْ ٱلزَّكَوٰةَ فَخَلُّواْ سَبِيلَهُمۡۚ إِنَّ ٱللَّهَ غَفُورٌ رَّحِيمٌ ٥
अनि पवित्र महीनाहरू बितिसकेपछि, मुश्रिकहरूलाई जहाँसुकै फेला परे मारिहाल, उनीहरूलाई समात र उनीहरूलाई घेरामा लिइहाल र उनको लागि प्रत्येक घाटीमा बसिराख । तर यदि तिनीहरू प्रायश्चित गर्छन् र नमाज कायम गर्छन् र जÞकात दिन्छन् भने उनीहरूको बाटो छाडिदेऊ । निश्चय नै अल्लाह बडो क्षमाशील, दयावान् छ ।
9:6
وَإِنۡ أَحَدٌ مِّنَ ٱلۡمُشۡرِكِينَ ٱسۡتَجَارَكَ فَأَجِرۡهُ حَتَّىٰ يَسۡمَعَ كَلَٰمَ ٱللَّهِ ثُمَّ أَبۡلِغۡهُ مَأۡمَنَهُۥۚ ذَٰلِكَ بِأَنَّهُمۡ قَوۡمٌ لَّا يَعۡلَمُونَ ٦
र यदि मुश्रिकहरूमध्ये कसैले तिमीसँग शरण माँग्दछ भने तिमीले उसलाई शरण दिइहाल, ताकि उसले अल्लाहको बाणी सुनिहालोस् । त्यस पश्चात उसलाई उसको सुरक्षित स्थानमा पुर्याइदेऊ, किनभने उनीहरू त्यस्ता मानिसहरू हुन् जो अज्ञानी छन् ।
العربيةEnglishBahasa IndonesiaTürkçeРусскийفارسیFrançaisاردوবাংলাDeutschEspañol中文हिन्दीPortuguêsItalianoภาษาไทยPolskiNederlandsShqipKiswahiliO'zbekதமிழ்MelayuBosanskiSoomaaliAzərbaycanکوردی한국어日本語SvenskaDanskNorskپښتوമലയാളംසිංහලTamazightHausaአማርኛБългарскиТоҷикӣҚазақшаFilipinoسنڌيYorùbáFulfuldeТатарчаئۇيغۇرچەКыргызчаਪੰਜਾਬੀJawaతెలుగుမြန်မာગુજરાતીOromoमराठीTiếng ViệtMalagasyНохчийнWolofދިވެހިಕನ್ನಡУкраїнськаΕλληνικάქართულიខ្មែរدریQafar afMaranaoनेपाली
पवित्र कुरान
Saturday, October 10, 2026
Don't forget us in your sincere prayers













