📖 0/604 पढिएका पृष्ठहरू
📄 208
सूरा युनुस

सूरा युनुस

10:1
الٓرۚ تِلۡكَ ءَايَٰتُ ٱلۡكِتَٰبِ ٱلۡحَكِيمِ ١
अलिफ–लाम–रा, यो ठूलो बिवेचनाको किताबका आयतहरू हुन् ।
10:2
أَكَانَ لِلنَّاسِ عَجَبًا أَنۡ أَوۡحَيۡنَآ إِلَىٰ رَجُلٍ مِّنۡهُمۡ أَنۡ أَنذِرِ ٱلنَّاسَ وَبَشِّرِ ٱلَّذِينَ ءَامَنُوٓاْ أَنَّ لَهُمۡ قَدَمَ صِدۡقٍ عِندَ رَبِّهِمۡۗ قَالَ ٱلۡكَٰفِرُونَ إِنَّ هَٰذَا لَسَٰحِرٌ مُّبِينٌ ٢
के मानिसहरूलाई आश्चर्य लाग्यो कि हामीले तिनीहरूमध्येबाट नै एउटा मानिसलाई आदेश पठायौं कि मानिसहरूलाई चेतावनी सुनाइदेऊ र ईमान भएकाहरूलाई शुभसन्देश दिइहाल कि उनीहरूको पालनकर्ताकहाँ उनीहरूलाई पूरा प्रतिफल र उच्च स्थान प्राप्त हुनेछ । काफिरहरूले भने कि यो मानिस स्पष्टरूपमा जादूगर हो ।
10:3
إِنَّ رَبَّكُمُ ٱللَّهُ ٱلَّذِي خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ فِي سِتَّةِ أَيَّامٍ ثُمَّ ٱسۡتَوَىٰ عَلَى ٱلۡعَرۡشِۖ يُدَبِّرُ ٱلۡأَمۡرَۖ مَا مِن شَفِيعٍ إِلَّا مِنۢ بَعۡدِ إِذۡنِهِۦۚ ذَٰلِكُمُ ٱللَّهُ رَبُّكُمۡ فَٱعۡبُدُوهُۚ أَفَلَا تَذَكَّرُونَ ٣
निःसन्देह तिम्रो पालनकर्ता त अल्लाह नै हो, जसले आकाश र पृथ्वीलाई छ (६) दिनमा सृष्टि गर्यो । अनि आफू सिंहासनमाथि उच्च भयो । उसैले प्रत्येक कुराको प्रबन्ध र सञ्चालन गर्दछ । कसैले (उसको समीपमा) उसको अनुमति प्राप्त नगरिकन सिफारिश गर्न सक्तैन । यही अल्लाह तिम्रो पालनकर्ता हो, तसर्थ उसैको पूजा गर । के तिमीहरू अझै उपदेश ग्रहण गर्दैनौ ।
10:4
إِلَيۡهِ مَرۡجِعُكُمۡ جَمِيعًاۖ وَعۡدَ ٱللَّهِ حَقًّاۚ إِنَّهُۥ يَبۡدَؤُاْ ٱلۡخَلۡقَ ثُمَّ يُعِيدُهُۥ لِيَجۡزِيَ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ بِٱلۡقِسۡطِۚ وَٱلَّذِينَ كَفَرُواْ لَهُمۡ شَرَابٌ مِّنۡ حَمِيمٍ وَعَذَابٌ أَلِيمُۢ بِمَا كَانُواْ يَكۡفُرُونَ ٤
तिमी सबैले फर्केर उसैको समीप जानु छ । अल्लाहको वाचा सत्य छ । निःसन्देह उसैले सृष्टिको प्रक्रिया प्रारम्भ गर्दछ र निरन्तरता प्रदान गर्दछ ताकि ईमानवाला र सत्कर्म गर्नेहरूलाई न्यायोचितरूपले पुरस्कार प्रदान गर्न सकोस् । र जो काफिर छन् तिनीहरूको निम्ति अत्यन्त उम्ली रहेको पिउने पानी र कष्टदायक सजाय हुनेछ त्यस इन्कारको बदलामा जुन उनीहरूले गरे ।
10:5
هُوَ ٱلَّذِي جَعَلَ ٱلشَّمۡسَ ضِيَآءً وَٱلۡقَمَرَ نُورًا وَقَدَّرَهُۥ مَنَازِلَ لِتَعۡلَمُواْ عَدَدَ ٱلسِّنِينَ وَٱلۡحِسَابَۚ مَا خَلَقَ ٱللَّهُ ذَٰلِكَ إِلَّا بِٱلۡحَقِّۚ يُفَصِّلُ ٱلۡأٓيَٰتِ لِقَوۡمٍ يَعۡلَمُونَ ٥
ऊ अल्लाह नै त हो जसले सूर्यलाई प्रकाशमान र चन्द्रलाई ज्योतिमय बनायो र यसको लागि विभिन्न स्थितिहरू स्थापित गर्यो, ताकि तिमीले वर्षहरूको गणना र हिसाब थाहा पाउने गर । यी सबै कुराहरू अल्लाहले सत्यको साथ सृष्टि गरेको छ । बुझ्नेहरूको लागि उसले आफ्ना आयतहरू स्पष्टरूपमा वर्णन गर्दैछ ।
10:6
إِنَّ فِي ٱخۡتِلَٰفِ ٱلَّيۡلِ وَٱلنَّهَارِ وَمَا خَلَقَ ٱللَّهُ فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ لَأٓيَٰتٍ لِّقَوۡمٍ يَتَّقُونَ ٦
निःसन्देह रात र दिनको एक अर्कापछि आगमन र जुन कुराहरू अल्लाहले आकाश र पृथ्वीमा सृष्टि गरेको छ सबैमा अल्लाहसँग डर मान्नेहरूको लागि निशानीहरू छन् ।
العربيةEnglishBahasa IndonesiaTürkçeРусскийفارسیFrançaisاردوবাংলাDeutschEspañol中文हिन्दीPortuguêsItalianoภาษาไทยPolskiNederlandsShqipKiswahiliO'zbekதமிழ்MelayuBosanskiSoomaaliAzərbaycanکوردی한국어日本語SvenskaDanskNorskپښتوമലയാളംසිංහලTamazightHausaአማርኛБългарскиТоҷикӣҚазақшаFilipinoسنڌيYorùbáFulfuldeТатарчаئۇيغۇرچەКыргызчаਪੰਜਾਬੀJawaతెలుగుမြန်မာગુજરાતીOromoमराठीTiếng ViệtMalagasyНохчийнWolofދިވެހިಕನ್ನಡУкраїнськаΕλληνικάქართულიខ្មែរدریQafar afMaranaoनेपाली
पवित्र कुरान
Sunday, August 23, 2026
Don't forget us in your sincere prayers







