📖 0/604 पढिएका पृष्ठहरू
📄 242
۞ وَمَآ أُبَرِّئُ نَفۡسِيٓۚ إِنَّ ٱلنَّفۡسَ لَأَمَّارَةُۢ بِٱلسُّوٓءِ إِلَّا مَا رَحِمَ رَبِّيٓۚ إِنَّ رَبِّي غَفُورٌ رَّحِيمٌ ٥٣ وَقَالَ ٱلۡمَلِكُ ٱئۡتُونِي بِهِۦٓ أَسۡتَخۡلِصۡهُ لِنَفۡسِيۖ فَلَمَّا كَلَّمَهُۥ قَالَ إِنَّكَ ٱلۡيَوۡمَ لَدَيۡنَا مَكِينٌ أَمِينٌ ٥٤ قَالَ ٱجۡعَلۡنِي عَلَىٰ خَزَآئِنِ ٱلۡأَرۡضِۖ إِنِّي حَفِيظٌ عَلِيمٌ ٥٥ وَكَذَٰلِكَ مَكَّنَّا لِيُوسُفَ فِي ٱلۡأَرۡضِ يَتَبَوَّأُ مِنۡهَا حَيۡثُ يَشَآءُۚ نُصِيبُ بِرَحۡمَتِنَا مَن نَّشَآءُۖ وَلَا نُضِيعُ أَجۡرَ ٱلۡمُحۡسِنِينَ ٥٦ وَلَأَجۡرُ ٱلۡأٓخِرَةِ خَيۡرٌ لِّلَّذِينَ ءَامَنُواْ وَكَانُواْ يَتَّقُونَ ٥٧ وَجَآءَ إِخۡوَةُ يُوسُفَ فَدَخَلُواْ عَلَيۡهِ فَعَرَفَهُمۡ وَهُمۡ لَهُۥ مُنكِرُونَ ٥٨ وَلَمَّا جَهَّزَهُم بِجَهَازِهِمۡ قَالَ ٱئۡتُونِي بِأَخٍ لَّكُم مِّنۡ أَبِيكُمۡۚ أَلَا تَرَوۡنَ أَنِّيٓ أُوفِي ٱلۡكَيۡلَ وَأَنَا۠ خَيۡرُ ٱلۡمُنزِلِينَ ٥٩ فَإِن لَّمۡ تَأۡتُونِي بِهِۦ فَلَا كَيۡلَ لَكُمۡ عِندِي وَلَا تَقۡرَبُونِ ٦٠ قَالُواْ سَنُرَٰوِدُ عَنۡهُ أَبَاهُ وَإِنَّا لَفَٰعِلُونَ ٦١ وَقَالَ لِفِتۡيَٰنِهِ ٱجۡعَلُواْ بِضَٰعَتَهُمۡ فِي رِحَالِهِمۡ لَعَلَّهُمۡ يَعۡرِفُونَهَآ إِذَا ٱنقَلَبُوٓاْ إِلَىٰٓ أَهۡلِهِمۡ لَعَلَّهُمۡ يَرۡجِعُونَ ٦٢ فَلَمَّا رَجَعُوٓاْ إِلَىٰٓ أَبِيهِمۡ قَالُواْ يَٰٓأَبَانَا مُنِعَ مِنَّا ٱلۡكَيۡلُ فَأَرۡسِلۡ مَعَنَآ أَخَانَا نَكۡتَلۡ وَإِنَّا لَهُۥ لَحَٰفِظُونَ ٦٣
12:53
۞ وَمَآ أُبَرِّئُ نَفۡسِيٓۚ إِنَّ ٱلنَّفۡسَ لَأَمَّارَةُۢ بِٱلسُّوٓءِ إِلَّا مَا رَحِمَ رَبِّيٓۚ إِنَّ رَبِّي غَفُورٌ رَّحِيمٌ ٥٣
(यूसुफले भने) म आफ्नो पवित्रताको बखान गर्दिन, निःसंकोच यो भन्न सक्छु कि मनले त नराम्रो कुरालाई वढ़ावा दिने गर्दछ । तर मेरो पालनकर्ताले दया गरेमा कुरो बेग्लै हुन्छ । वस्तुतः मेरो पालनकर्ता धेरै दया गर्नेवाला र ज्यादै कृपा गर्नेवाला छ ।
12:54
وَقَالَ ٱلۡمَلِكُ ٱئۡتُونِي بِهِۦٓ أَسۡتَخۡلِصۡهُ لِنَفۡسِيۖ فَلَمَّا كَلَّمَهُۥ قَالَ إِنَّكَ ٱلۡيَوۡمَ لَدَيۡنَا مَكِينٌ أَمِينٌ ٥٤
राजाले आदेश दियो ‘‘उसलाई मेरो नजिक ल्याऊ’’ कि म उसलाई आफ्नो खास कार्यको लागि नियुक्त गरुँला । फेरि बादशाहले (राजाले) जब उनीसंग कुराकानी गरे, त्यसपछि बादशाहले भन्यो ‘‘तपाई म कहाँ आजैदेखि प्रतिष्ठित र सम्मानित हुनुहुन्छ’’ ।
12:55
قَالَ ٱجۡعَلۡنِي عَلَىٰ خَزَآئِنِ ٱلۡأَرۡضِۖ إِنِّي حَفِيظٌ عَلِيمٌ ٥٥
यूसुफले भने, तपाईले मलाई राष्ट्रको ढुकुटीपाल नियुक्त गर्नुहोस् म त्यसलाई रक्षा गर्नेवाला तथा त्यसबाट चनाखो रहुँला ।
12:56
وَكَذَٰلِكَ مَكَّنَّا لِيُوسُفَ فِي ٱلۡأَرۡضِ يَتَبَوَّأُ مِنۡهَا حَيۡثُ يَشَآءُۚ نُصِيبُ بِرَحۡمَتِنَا مَن نَّشَآءُۖ وَلَا نُضِيعُ أَجۡرَ ٱلۡمُحۡسِنِينَ ٥٦
यसरी मैले यूसुफलाई राष्ट्रको अख्तियारी दिएँ उनी जहाँ पनि चाहे अनुसार रहन र गर्न सक्ने भए । म जसलाई चाहन्छु त्यसलाई आफ्नो दया पुर्याइदिन्छु । म राम्रो कार्य गर्नेवालाको राम्रोपनालाई त्यसै खेर जान दिन्न ।
12:57
وَلَأَجۡرُ ٱلۡأٓخِرَةِ خَيۡرٌ لِّلَّذِينَ ءَامَنُواْ وَكَانُواْ يَتَّقُونَ ٥٧
निःसन्देह ईमानदार र डर मान्नेवालाहरूको अन्तिम पुण्य अत्यन्त वेश छ ।
12:58
وَجَآءَ إِخۡوَةُ يُوسُفَ فَدَخَلُواْ عَلَيۡهِ فَعَرَفَهُمۡ وَهُمۡ لَهُۥ مُنكِرُونَ ٥٨
यूसुफको दाजुभाइ आए र यूसुफनिर गए अनि उनले उनीहरूलाई चिने, तर तिनीहरूले चिन्न सकेनन् ।
12:59
وَلَمَّا جَهَّزَهُم بِجَهَازِهِمۡ قَالَ ٱئۡتُونِي بِأَخٍ لَّكُم مِّنۡ أَبِيكُمۡۚ أَلَا تَرَوۡنَ أَنِّيٓ أُوفِي ٱلۡكَيۡلَ وَأَنَا۠ خَيۡرُ ٱلۡمُنزِلِينَ ٥٩
जब उनले तिनीहरूलाई सामग्री प्रदान गर्नु भयो त भन्नु भयो ‘‘तिमी आफ्नो भाइलाई पनि ल्याऊ जुन तिम्रो पिताबाट छ । के तिमीले देखेनौ ? कि म पूरा नापजोख गरी दिन्छु र म राम्रो आतिथ्य सत्कार पनि गर्दछु ।
12:60
فَإِن لَّمۡ تَأۡتُونِي بِهِۦ فَلَا كَيۡلَ لَكُمۡ عِندِي وَلَا تَقۡرَبُونِ ٦٠
फेरि यदि तिमीहरूले उसलाई मेरो नजिक ल्याएनौं भने तब तिमीहरूलाई मेरो तर्फबाट केही खाद्यान्न मिल्दैन बरु तिमीहरू मेरो नजिक कदापि नआउनु ।
12:61
قَالُواْ سَنُرَٰوِدُ عَنۡهُ أَبَاهُ وَإِنَّا لَفَٰعِلُونَ ٦١
उनीहरूले भनेः कि ठीक छ हामी उसको पितालाई यसबापत राजी गर्नेछौं र पूरा प्रयत्न गरौंला’’ ।
12:62
وَقَالَ لِفِتۡيَٰنِهِ ٱجۡعَلُواْ بِضَٰعَتَهُمۡ فِي رِحَالِهِمۡ لَعَلَّهُمۡ يَعۡرِفُونَهَآ إِذَا ٱنقَلَبُوٓاْ إِلَىٰٓ أَهۡلِهِمۡ لَعَلَّهُمۡ يَرۡجِعُونَ ٦٢
र आफ्ना सेवकहरूलाई भन्नु भयो ‘‘कि यिनीहरूको रकम र सामान बोराहरूमा राखिदिनु, कि जब उनीहरू आफ्नो घरपरिवारमा पुगुन् र त्यसलाई चिनुन् तब धेरै सम्भव छ कि तिनीहरू फर्केर आउन् ।
12:63
فَلَمَّا رَجَعُوٓاْ إِلَىٰٓ أَبِيهِمۡ قَالُواْ يَٰٓأَبَانَا مُنِعَ مِنَّا ٱلۡكَيۡلُ فَأَرۡسِلۡ مَعَنَآ أَخَانَا نَكۡتَلۡ وَإِنَّا لَهُۥ لَحَٰفِظُونَ ٦٣
जब उनीहरू फर्केर आफ्नो पितानिर पुगे, अनि भन्न थालेः, कि पिताजी हाम्रो लागि खाद्यान्न सामग्री रोकिदिइएको छ । त्यसकारण हाम्रो भाइलाई हाम्रो साथ जान दिनुस्, त्यसबाट हामीलाई खाद्यान्न सामग्री मिलोस् । र हामी उसको पूरा सुरक्षा गर्नेछौं ।
العربيةEnglishBahasa IndonesiaTürkçeРусскийفارسیFrançaisاردوবাংলাDeutschEspañol中文हिन्दीPortuguêsItalianoภาษาไทยPolskiNederlandsShqipKiswahiliO'zbekதமிழ்MelayuBosanskiSoomaaliAzərbaycanکوردی한국어日本語SvenskaDanskNorskپښتوമലയാളംසිංහලTamazightHausaአማርኛБългарскиТоҷикӣҚазақшаFilipinoسنڌيYorùbáFulfuldeТатарчаئۇيغۇرچەКыргызчаਪੰਜਾਬੀJawaతెలుగుမြန်မာગુજરાતીOromoमराठीTiếng ViệtMalagasyНохчийнWolofދިވެހިಕನ್ನಡУкраїнськаΕλληνικάქართულიខ្មែរدریQafar afMaranaoनेपाली
पवित्र कुरान
Tuesday, August 25, 2026
Don't forget us in your sincere prayers







