📖 0/604 पढिएका पृष्ठहरू
📄 36
لَّا يُؤَاخِذُكُمُ ٱللَّهُ بِٱللَّغۡوِ فِيٓ أَيۡمَٰنِكُمۡ وَلَٰكِن يُؤَاخِذُكُم بِمَا كَسَبَتۡ قُلُوبُكُمۡۗ وَٱللَّهُ غَفُورٌ حَلِيمٌ  ۝٢٢٥ لِّلَّذِينَ يُؤۡلُونَ مِن نِّسَآئِهِمۡ تَرَبُّصُ أَرۡبَعَةِ أَشۡهُرٍۖ فَإِن فَآءُو فَإِنَّ ٱللَّهَ غَفُورٌ رَّحِيمٌ  ۝٢٢٦ وَإِنۡ عَزَمُواْ ٱلطَّلَٰقَ فَإِنَّ ٱللَّهَ سَمِيعٌ عَلِيمٌ  ۝٢٢٧ وَٱلۡمُطَلَّقَٰتُ يَتَرَبَّصۡنَ بِأَنفُسِهِنَّ ثَلَٰثَةَ قُرُوٓءٍۚ وَلَا يَحِلُّ لَهُنَّ أَن يَكۡتُمۡنَ مَا خَلَقَ ٱللَّهُ فِيٓ أَرۡحَامِهِنَّ إِن كُنَّ يُؤۡمِنَّ بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِۚ وَبُعُولَتُهُنَّ أَحَقُّ بِرَدِّهِنَّ فِي ذَٰلِكَ إِنۡ أَرَادُوٓاْ إِصۡلَٰحًاۚ وَلَهُنَّ مِثۡلُ ٱلَّذِي عَلَيۡهِنَّ بِٱلۡمَعۡرُوفِۚ وَلِلرِّجَالِ عَلَيۡهِنَّ دَرَجَةٌۗ وَٱللَّهُ عَزِيزٌ حَكِيمٌ  ۝٢٢٨ ٱلطَّلَٰقُ مَرَّتَانِۖ فَإِمۡسَاكُۢ بِمَعۡرُوفٍ أَوۡ تَسۡرِيحُۢ بِإِحۡسَٰنٍۗ وَلَا يَحِلُّ لَكُمۡ أَن تَأۡخُذُواْ مِمَّآ ءَاتَيۡتُمُوهُنَّ شَيۡـًٔا إِلَّآ أَن يَخَافَآ أَلَّا يُقِيمَا حُدُودَ ٱللَّهِۖ فَإِنۡ خِفۡتُمۡ أَلَّا يُقِيمَا حُدُودَ ٱللَّهِ فَلَا جُنَاحَ عَلَيۡهِمَا فِيمَا ٱفۡتَدَتۡ بِهِۦۗ تِلۡكَ حُدُودُ ٱللَّهِ فَلَا تَعۡتَدُوهَاۚ وَمَن يَتَعَدَّ حُدُودَ ٱللَّهِ فَأُوْلَٰٓئِكَ هُمُ ٱلظَّٰلِمُونَ  ۝٢٢٩ فَإِن طَلَّقَهَا فَلَا تَحِلُّ لَهُۥ مِنۢ بَعۡدُ حَتَّىٰ تَنكِحَ زَوۡجًا غَيۡرَهُۥۗ فَإِن طَلَّقَهَا فَلَا جُنَاحَ عَلَيۡهِمَآ أَن يَتَرَاجَعَآ إِن ظَنَّآ أَن يُقِيمَا حُدُودَ ٱللَّهِۗ وَتِلۡكَ حُدُودُ ٱللَّهِ يُبَيِّنُهَا لِقَوۡمٍ يَعۡلَمُونَ  ۝٢٣٠
2:225
لَّا يُؤَاخِذُكُمُ ٱللَّهُ بِٱللَّغۡوِ فِيٓ أَيۡمَٰنِكُمۡ وَلَٰكِن يُؤَاخِذُكُم بِمَا كَسَبَتۡ قُلُوبُكُمۡۗ وَٱللَّهُ غَفُورٌ حَلِيمٌ  ۝٢٢٥
अल्लाह अपरिपक्व शपथको कारण तिमीहरूलाई समात्दैन तर जुन शपथ जानीबुझी खान्छौं, त्यसको पकड गर्नेछ । र अल्लाह परम् क्षमाशील अति सहनशील छ ।
2:226
لِّلَّذِينَ يُؤۡلُونَ مِن نِّسَآئِهِمۡ تَرَبُّصُ أَرۡبَعَةِ أَشۡهُرٍۖ فَإِن فَآءُو فَإِنَّ ٱللَّهَ غَفُورٌ رَّحِيمٌ  ۝٢٢٦
जुन मानिसहरू आफ्ना स्वास्नीहरूसित तिनीहरूसंग सम्बन्ध नराख्ने शपथ खान्छन्, तिनीहरूलाई अधिकतम् चार महिनासम्मको अवधि छ, फेरि यदि अवधिपछि तिनी फर्कन्छन् भने निःसन्देह अल्लाह क्षमादान गर्ने दयावान् छ ।
2:227
وَإِنۡ عَزَمُواْ ٱلطَّلَٰقَ فَإِنَّ ٱللَّهَ سَمِيعٌ عَلِيمٌ  ۝٢٢٧
र, यदि तलाक (सम्बन्ध विच्छेद) कै निश्चय गरिहाल्छन्, भने अल्लाह सुन्ने र जान्नेवाला छ ।
2:228
وَٱلۡمُطَلَّقَٰتُ يَتَرَبَّصۡنَ بِأَنفُسِهِنَّ ثَلَٰثَةَ قُرُوٓءٍۚ وَلَا يَحِلُّ لَهُنَّ أَن يَكۡتُمۡنَ مَا خَلَقَ ٱللَّهُ فِيٓ أَرۡحَامِهِنَّ إِن كُنَّ يُؤۡمِنَّ بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِۚ وَبُعُولَتُهُنَّ أَحَقُّ بِرَدِّهِنَّ فِي ذَٰلِكَ إِنۡ أَرَادُوٓاْ إِصۡلَٰحًاۚ وَلَهُنَّ مِثۡلُ ٱلَّذِي عَلَيۡهِنَّ بِٱلۡمَعۡرُوفِۚ وَلِلرِّجَالِ عَلَيۡهِنَّ دَرَجَةٌۗ وَٱللَّهُ عَزِيزٌ حَكِيمٌ  ۝٢٢٨
र तलाकप्राप्त स्वास्नी मानिसले आफूलाई तीन पटक रजस्वलासम्म रोकिराखुन् । तिनीहरूका लागि यो इजाजत छैन कि जे तिनको गर्भमा अल्लाहले सृष्टि गरेको छ त्यसलाई लुकाउन् यदि तिनीहरूलाई अल्लाह र कयामतको दिनमाथि आस्था छ र तिनका पतिहरू यस अवधिमा तिनलाई फर्काउन चाहन्छन् भने तिनीहरूले तिनलाई आफ्नो पत्नीत्वमा फिर्ता लिन पूरा हकदार छन्, यदि उनीहरू समझदारी गर्न चाहन्छन् । र, नियमानुसार स्वास्नीलाई पुरुषहरूमाथि अधिकार उस्तै छ जस्तो पुरुषहरूलाई स्वास्नीहरूमाथि छ । र, अल्लाह सर्वशक्तिमान र सर्वज्ञान सम्पन्न छ ।
2:229
ٱلطَّلَٰقُ مَرَّتَانِۖ فَإِمۡسَاكُۢ بِمَعۡرُوفٍ أَوۡ تَسۡرِيحُۢ بِإِحۡسَٰنٍۗ وَلَا يَحِلُّ لَكُمۡ أَن تَأۡخُذُواْ مِمَّآ ءَاتَيۡتُمُوهُنَّ شَيۡـًٔا إِلَّآ أَن يَخَافَآ أَلَّا يُقِيمَا حُدُودَ ٱللَّهِۖ فَإِنۡ خِفۡتُمۡ أَلَّا يُقِيمَا حُدُودَ ٱللَّهِ فَلَا جُنَاحَ عَلَيۡهِمَا فِيمَا ٱفۡتَدَتۡ بِهِۦۗ تِلۡكَ حُدُودُ ٱللَّهِ فَلَا تَعۡتَدُوهَاۚ وَمَن يَتَعَدَّ حُدُودَ ٱللَّهِ فَأُوْلَٰٓئِكَ هُمُ ٱلظَّٰلِمُونَ  ۝٢٢٩
यी तलाकहरू (पारपाचुके) दुई पटक गर्न सकिन्छ त्यसपश्चात या त तिनीहरूलाई (स्वास्नीलाई) राम्रो तरिकाले (पत्नीत्वमा) राख्नु अथवा सदव्यवहारको साथ विदा गर्नु र यो अनुचित छ कि जुन कुरा तिमीले तिनीहरूलाई दिसकेका छौ, त्यसमध्ये केही फिर्ता लेऊ । हो ! यो आर्कै कुरा हो कि दुवैलाई अल्लाहबाट निर्धारित गरिएका सीमाहरूको पालना नगर्न सक्ने संभावनाबाट डर होओस् यसर्थ यदि तिमीहरूलाई यो डर छ कि अल्लाहद्वारा निर्धारित सीमा कायम राख्न सक्दैनन् भने पत्नीले (पतिबाट) मुक्त हुन पाएको बदला केही दिनुमा दुवैलाई कुनै पाप लाग्दैन । यी अल्लाहबाट निर्धारित गरिएका सीमाहरू हुन्, खबरदार ! तिनीभन्दा बाहिर नजानु र जुन मानिसहरू अल्लाहका सीमाहरू उल्लंघन गर्छन्, तिनीहरू अत्याचारी हुन् ।
2:230
فَإِن طَلَّقَهَا فَلَا تَحِلُّ لَهُۥ مِنۢ بَعۡدُ حَتَّىٰ تَنكِحَ زَوۡجًا غَيۡرَهُۥۗ فَإِن طَلَّقَهَا فَلَا جُنَاحَ عَلَيۡهِمَآ أَن يَتَرَاجَعَآ إِن ظَنَّآ أَن يُقِيمَا حُدُودَ ٱللَّهِۗ وَتِلۡكَ حُدُودُ ٱللَّهِ يُبَيِّنُهَا لِقَوۡمٍ يَعۡلَمُونَ  ۝٢٣٠
फेरि यदि पतिले तेस्रो पटक तलाक दिन्छ भने त्यसपछि जबसम्म ती स्वास्नी मानिसले कुनै अर्को मानिससँग विवाह नगरिहालोस् । पहिलो पतिको निम्ति स्वीकार्य हुँदैन । र यदि दोस्रो पतिले पनि (आफ्नो इच्छाले) तलाक दिन्छ भने स्वास्नी र उसको पहिलो पतिले पुनर्विवाह गर्न सक्दछन्, यसमा दुवैमाथि कुनै गुनाह छैन, यस शर्तमा कि दुवैलाई विश्वास होस् कि अल्लाहका सीमाहरू कायम राख्न सक्ने छन् । यी अल्लाहका सीमाहरू हुन्, जसलाई उसले जान्न चाहने मानिसहरूको निम्ति वर्णन गर्दछ ।


📚 2 📄36 / 604



M Mishary Rashid Alafasy
M Mahmoud Khalil Al-Husary
A Abdurrahman As-Sudais
M Mohamed Siddiq Al-Minshawi
A Abdul Basit Abdul Samad
A Ali Al-Hudhaify
A Ahmed ibn Ali al-Ajamy
A Abu Bakr Ash-Shaatree
M Muhammad Ayyoub
A Abdullah Basfar
A Abdullah Al-Juhani
M Maher Al Muaiqly
0:00
0:00
-

पवित्र कुरान


Thursday, October 1, 2026

Don't forget us in your sincere prayers