📖 0/604 पढिएका पृष्ठहरू
📄 418
सूरा अल-अहजाब

सूरा अल-अहजाब

33:1
يَٰٓأَيُّهَا ٱلنَّبِيُّ ٱتَّقِ ٱللَّهَ وَلَا تُطِعِ ٱلۡكَٰفِرِينَ وَٱلۡمُنَٰفِقِينَۚ إِنَّ ٱللَّهَ كَانَ عَلِيمًا حَكِيمًا ١
हे पैगम्बर । अल्लाहसित डराइराख्नुस् र काफिर र मुनाफिकहरूको (कपटीहरूको) भनाईमा नलाग्नुस् । निःसंदेह अल्लाह ठूलो सर्वज्ञाता र तत्वदर्शी छ ।
33:2
وَٱتَّبِعۡ مَا يُوحَىٰٓ إِلَيۡكَ مِن رَّبِّكَۚ إِنَّ ٱللَّهَ كَانَ بِمَا تَعۡمَلُونَ خَبِيرًا ٢
र त्यस कुराको अनुशरण गर्नु जुन तपार्इंको पालनकर्ताको तर्फबाट तपाईंलाई वह्य गरिन्छ । निःसन्देह अल्लाह तपार्इंको सबै कर्महरूसित अवगत छ ।
33:3
وَتَوَكَّلۡ عَلَى ٱللَّهِۚ وَكَفَىٰ بِٱللَّهِ وَكِيلًا ٣
र तपाईंले अल्लाहमाथि नै भरोसा गर्नुस् । ऊ भरोसाको निम्ति पर्याप्त छ ।
33:4
مَّا جَعَلَ ٱللَّهُ لِرَجُلٍ مِّن قَلۡبَيۡنِ فِي جَوۡفِهِۦۚ وَمَا جَعَلَ أَزۡوَٰجَكُمُ ٱلَّٰٓـِٔي تُظَٰهِرُونَ مِنۡهُنَّ أُمَّهَٰتِكُمۡۚ وَمَا جَعَلَ أَدۡعِيَآءَكُمۡ أَبۡنَآءَكُمۡۚ ذَٰلِكُمۡ قَوۡلُكُم بِأَفۡوَٰهِكُمۡۖ وَٱللَّهُ يَقُولُ ٱلۡحَقَّ وَهُوَ يَهۡدِي ٱلسَّبِيلَ ٤
अल्लाहले कुनै व्यक्तिको छातीभित्र दुई मुटु बनाएको छैन र न उसले तिम्रा पत्नीहरूलाई जसलाई तिमीले आमा भनिहाल्छौ, तिम्रो साँच्चैआमा बनायो, र उसले तिमीले मुखले भनेको छोराहरूलाई वास्तविक छोराहरू बनाएन । यी तिम्रा मुखका कुराहरू हुन्, किन्तु अल्लाहले साँचो कुरा भन्दछ र उसैले सोझो मार्ग देखाउँछ ।
33:5
ٱدۡعُوهُمۡ لِأٓبَآئِهِمۡ هُوَ أَقۡسَطُ عِندَ ٱللَّهِۚ فَإِن لَّمۡ تَعۡلَمُوٓاْ ءَابَآءَهُمۡ فَإِخۡوَٰنُكُمۡ فِي ٱلدِّينِ وَمَوَٰلِيكُمۡۚ وَلَيۡسَ عَلَيۡكُمۡ جُنَاحٌ فِيمَآ أَخۡطَأۡتُم بِهِۦ وَلَٰكِن مَّا تَعَمَّدَتۡ قُلُوبُكُمۡۚ وَكَانَ ٱللَّهُ غَفُورًا رَّحِيمًا ٥
उनीहरूलाई (धर्मपुत्रलाई) उनीहरूका वास्तविक पिताहरूको नामबाट जोडेर पुकार । अल्लाहकहाँ यही पूरा न्यायसँगत कुरा हो । र यदि तिमीलाई उनीहरूको वास्तविक पिताको ज्ञान छैन भने धर्ममा उनीहरू तिम्रा धर्मभाइ र मित्र पनि हुन् । यस प्रसंगमा तिमीबाट कुनै भूल वा गल्ती भएको हुन्छ भने त्यसमा तिमीमाथि कुनै पाप छैन, किन्तु जसको संकल्प तिम्रो हृदयले गरिहाल्यो, त्यसको पाप लाग्दछ । र अल्लाह अत्यन्त क्षमाशील दयावान छ ।
33:6
ٱلنَّبِيُّ أَوۡلَىٰ بِٱلۡمُؤۡمِنِينَ مِنۡ أَنفُسِهِمۡۖ وَأَزۡوَٰجُهُۥٓ أُمَّهَٰتُهُمۡۗ وَأُوْلُواْ ٱلۡأَرۡحَامِ بَعۡضُهُمۡ أَوۡلَىٰ بِبَعۡضٍ فِي كِتَٰبِ ٱللَّهِ مِنَ ٱلۡمُؤۡمِنِينَ وَٱلۡمُهَٰجِرِينَ إِلَّآ أَن تَفۡعَلُوٓاْ إِلَىٰٓ أَوۡلِيَآئِكُم مَّعۡرُوفًاۚ كَانَ ذَٰلِكَ فِي ٱلۡكِتَٰبِ مَسۡطُورًا ٦
नबीको हक मोमिनमाथि स्वयं उनीहरूको आफ्नो (प्राणहरू) भन्दा बढी छ र नबीका पत्नीहरू उनीहरूकी (मोमिनहरूकी) आमा हुन् ! र अल्लाहको विधान अनुसार, सामान्य मोमिन् र मोहाजिरहरूको अपेक्षा (नबीका) नातेदारहरू आपसमा एक–अर्कासित धेरै हकदार छन् । यो अर्कै कुरा हो कि तिमीलाई आफ्ना साथीहरूसँग राम्रो व्यवहार गर्नुको अनुमति प्राप्त छ । यो आदेश अल्लाहको किताबमा लेखिएको छ ।
العربيةEnglishBahasa IndonesiaTürkçeРусскийفارسیFrançaisاردوবাংলাDeutschEspañol中文हिन्दीPortuguêsItalianoภาษาไทยPolskiNederlandsShqipKiswahiliO'zbekதமிழ்MelayuBosanskiSoomaaliAzərbaycanکوردی한국어日本語SvenskaDanskNorskپښتوമലയാളംසිංහලTamazightHausaአማርኛБългарскиТоҷикӣҚазақшаFilipinoسنڌيYorùbáFulfuldeТатарчаئۇيغۇرچەКыргызчаਪੰਜਾਬੀJawaతెలుగుမြန်မာગુજરાતીOromoमराठीTiếng ViệtMalagasyНохчийнWolofދިވެހިಕನ್ನಡУкраїнськаΕλληνικάქართულიខ្មែរدریQafar afMaranaoनेपाली
पवित्र कुरान
Thursday, August 27, 2026
Don't forget us in your sincere prayers







