📖 0/604 पढिएका पृष्ठहरू
📄 438
وَٱلَّذِيٓ أَوۡحَيۡنَآ إِلَيۡكَ مِنَ ٱلۡكِتَٰبِ هُوَ ٱلۡحَقُّ مُصَدِّقًا لِّمَا بَيۡنَ يَدَيۡهِۗ إِنَّ ٱللَّهَ بِعِبَادِهِۦ لَخَبِيرُۢ بَصِيرٌ ٣١ ثُمَّ أَوۡرَثۡنَا ٱلۡكِتَٰبَ ٱلَّذِينَ ٱصۡطَفَيۡنَا مِنۡ عِبَادِنَاۖ فَمِنۡهُمۡ ظَالِمٌ لِّنَفۡسِهِۦ وَمِنۡهُم مُّقۡتَصِدٌ وَمِنۡهُمۡ سَابِقُۢ بِٱلۡخَيۡرَٰتِ بِإِذۡنِ ٱللَّهِۚ ذَٰلِكَ هُوَ ٱلۡفَضۡلُ ٱلۡكَبِيرُ ٣٢ جَنَّٰتُ عَدۡنٍ يَدۡخُلُونَهَا يُحَلَّوۡنَ فِيهَا مِنۡ أَسَاوِرَ مِن ذَهَبٍ وَلُؤۡلُؤًاۖ وَلِبَاسُهُمۡ فِيهَا حَرِيرٌ ٣٣ وَقَالُواْ ٱلۡحَمۡدُ لِلَّهِ ٱلَّذِيٓ أَذۡهَبَ عَنَّا ٱلۡحَزَنَۖ إِنَّ رَبَّنَا لَغَفُورٌ شَكُورٌ ٣٤ ٱلَّذِيٓ أَحَلَّنَا دَارَ ٱلۡمُقَامَةِ مِن فَضۡلِهِۦ لَا يَمَسُّنَا فِيهَا نَصَبٌ وَلَا يَمَسُّنَا فِيهَا لُغُوبٌ ٣٥ وَٱلَّذِينَ كَفَرُواْ لَهُمۡ نَارُ جَهَنَّمَ لَا يُقۡضَىٰ عَلَيۡهِمۡ فَيَمُوتُواْ وَلَا يُخَفَّفُ عَنۡهُم مِّنۡ عَذَابِهَاۚ كَذَٰلِكَ نَجۡزِي كُلَّ كَفُورٍ ٣٦ وَهُمۡ يَصۡطَرِخُونَ فِيهَا رَبَّنَآ أَخۡرِجۡنَا نَعۡمَلۡ صَٰلِحًا غَيۡرَ ٱلَّذِي كُنَّا نَعۡمَلُۚ أَوَلَمۡ نُعَمِّرۡكُم مَّا يَتَذَكَّرُ فِيهِ مَن تَذَكَّرَ وَجَآءَكُمُ ٱلنَّذِيرُۖ فَذُوقُواْ فَمَا لِلظَّٰلِمِينَ مِن نَّصِيرٍ ٣٧ إِنَّ ٱللَّهَ عَٰلِمُ غَيۡبِ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ إِنَّهُۥ عَلِيمُۢ بِذَاتِ ٱلصُّدُورِ ٣٨
35:31
وَٱلَّذِيٓ أَوۡحَيۡنَآ إِلَيۡكَ مِنَ ٱلۡكِتَٰبِ هُوَ ٱلۡحَقُّ مُصَدِّقًا لِّمَا بَيۡنَ يَدَيۡهِۗ إِنَّ ٱللَّهَ بِعِبَادِهِۦ لَخَبِيرُۢ بَصِيرٌ ٣١
र यो किताब जुन हामीले तपार्इंतिर वह्यको रूपमा पठाएका छौं, यो बिल्कुल सत्य छ जसले यसभन्दा पहिलाका किताबहरूको पनि पुष्टि गर्दछ, अल्लाह आफ्ना सेवकहरूको सबै कुरासित अवगत र सबै देख्नेवाला छ ।
35:32
ثُمَّ أَوۡرَثۡنَا ٱلۡكِتَٰبَ ٱلَّذِينَ ٱصۡطَفَيۡنَا مِنۡ عِبَادِنَاۖ فَمِنۡهُمۡ ظَالِمٌ لِّنَفۡسِهِۦ وَمِنۡهُم مُّقۡتَصِدٌ وَمِنۡهُمۡ سَابِقُۢ بِٱلۡخَيۡرَٰتِ بِإِذۡنِ ٱللَّهِۚ ذَٰلِكَ هُوَ ٱلۡفَضۡلُ ٱلۡكَبِيرُ ٣٢
अनि हामीले ती मानिसहरूलाई यस किताबको उत्तराधिकारी बनायौं, जसलाई आफ्ना सेवकहरूमध्ये रोज्यौं । उनीहरूमध्ये केही त आफैंले आफूमाथि अत्याचार गर्दछन् र उनीहरूमध्ये केही मध्यम श्रेणीका छन् र अल्लाहको आदेशले तिनीहरूमध्ये केही असल कर्ममा वृद्धि गर्दै गइरहन्छन् । यही नै ठूलो उपकार हो ।
35:33
جَنَّٰتُ عَدۡنٍ يَدۡخُلُونَهَا يُحَلَّوۡنَ فِيهَا مِنۡ أَسَاوِرَ مِن ذَهَبٍ وَلُؤۡلُؤًاۖ وَلِبَاسُهُمۡ فِيهَا حَرِيرٌ ٣٣
(ती मानिसहरूको निम्ति) सधैं रहने बगैंचाहरू (छन्), जसमा उनीहरू प्रवेश गर्नेछन् । त्यहाँ उनीहरूलाई सुनका कङ्गनहरू र मोतीको आभूषण पहिराइनेछ । र त्यहाँ उनीहरूको बस्त्र रेशमको हुनेछ ।
35:34
وَقَالُواْ ٱلۡحَمۡدُ لِلَّهِ ٱلَّذِيٓ أَذۡهَبَ عَنَّا ٱلۡحَزَنَۖ إِنَّ رَبَّنَا لَغَفُورٌ شَكُورٌ ٣٤
र उनीहरूले भन्नेछन्ः ‘‘अल्लाहको धेरै–धेरै कृपा छ जसले हामीबाट दुःख (चिन्ता) हटाइदियो । निश्चय नै हाम्रो पालनकर्ता अत्यन्तै क्षमाशील, बडो गुणग्राही छ ।
35:35
ٱلَّذِيٓ أَحَلَّنَا دَارَ ٱلۡمُقَامَةِ مِن فَضۡلِهِۦ لَا يَمَسُّنَا فِيهَا نَصَبٌ وَلَا يَمَسُّنَا فِيهَا لُغُوبٌ ٣٥
जसले हामीलाई आफ्नो कृपाले सधैं बस्ने घरमा उतारेको छ । यहाँ नत हामीलाई कुनै कष्ट हुनेछ र न हामीलाई थकाइ नै लाग्नेछ ।’’
35:36
وَٱلَّذِينَ كَفَرُواْ لَهُمۡ نَارُ جَهَنَّمَ لَا يُقۡضَىٰ عَلَيۡهِمۡ فَيَمُوتُواْ وَلَا يُخَفَّفُ عَنۡهُم مِّنۡ عَذَابِهَاۚ كَذَٰلِكَ نَجۡزِي كُلَّ كَفُورٍ ٣٦
र जुन मानिसहरूले कुफ्र गरे, उनीहरूको लागि नर्कको आगो छ, नत उनीहरूलाई मृत्यु आउनेछ कि मरिहालुन् र न उनको सजाय नै उनीहरूबाट हल्का गरिनेछ । हामीले हरेक काफिरलाई यस्तै सजाय दिने गर्दछौं ।
35:37
وَهُمۡ يَصۡطَرِخُونَ فِيهَا رَبَّنَآ أَخۡرِجۡنَا نَعۡمَلۡ صَٰلِحًا غَيۡرَ ٱلَّذِي كُنَّا نَعۡمَلُۚ أَوَلَمۡ نُعَمِّرۡكُم مَّا يَتَذَكَّرُ فِيهِ مَن تَذَكَّرَ وَجَآءَكُمُ ٱلنَّذِيرُۖ فَذُوقُواْ فَمَا لِلظَّٰلِمِينَ مِن نَّصِيرٍ ٣٧
र उनीहरू त्यसमा कराउनेछन् कि ‘‘हे हाम्रो पालनकर्ता ! हामीहरूलाई (यहाँबाट) निकालिहाल ! (अब) हामीले असल कर्म गर्नेछौं, नकि त्यो जुन अघि गर्ने गर्दथ्यौं’’ । (अल्लाहले भन्नेछ) के ‘‘हामीले तिमीलाई यति उमेर दिएका थिएनौं कि त्यसमा जे सोच्न चाहन्थ्यौ सोचिहाल्थ्यौ, र तिम्रो पासमा सचेतकर्ता पनि आयो । तसर्थ अब स्वाद चाखिराख यस्ता अत्याचारीहरूको कोही मद्दतगार (सहायक) छैन ।’’
35:38
إِنَّ ٱللَّهَ عَٰلِمُ غَيۡبِ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ إِنَّهُۥ عَلِيمُۢ بِذَاتِ ٱلصُّدُورِ ٣٨
निःसन्देह अल्लाह आकाशहरू र धरतीमा लुकेका अदृश्य कुरा जान्नेवाला छ । उसले त हृदयभित्रको कुरासम्म पनि जान्दछ ।
العربيةEnglishBahasa IndonesiaTürkçeРусскийفارسیFrançaisاردوবাংলাDeutschEspañol中文हिन्दीPortuguêsItalianoภาษาไทยPolskiNederlandsShqipKiswahiliO'zbekதமிழ்MelayuBosanskiSoomaaliAzərbaycanکوردی한국어日本語SvenskaDanskNorskپښتوമലയാളംසිංහලTamazightHausaአማርኛБългарскиТоҷикӣҚазақшаFilipinoسنڌيYorùbáFulfuldeТатарчаئۇيغۇرچەКыргызчаਪੰਜਾਬੀJawaతెలుగుမြန်မာગુજરાતીOromoमराठीTiếng ViệtMalagasyНохчийнWolofދިވެހިಕನ್ನಡУкраїнськаΕλληνικάქართულიខ្មែរدریQafar afMaranaoनेपाली
पवित्र कुरान
Friday, August 28, 2026
Don't forget us in your sincere prayers







