फातिर · 31/45
अनुवाद उच्चारण — फातिर
وَالَّذِي أَوْحَيْنَا إِلَيْكَ مِنَ الْكِتَابِ هُوَ الْحَقُّ مُصَدِّقًا لِّمَا بَيْنَ يَدَيْهِ ۗ إِنَّ اللَّهَ بِعِبَادِهِ لَخَبِيرٌ بَصِيرٌ ۝٣١
Wallaeee awhainaaa ilaika minal Kitaabi huwal haqqu musaddiqal limaa baina yadayh; innal laaha bi`ibaadihee la khabeerum Baseer
📖 नेपाली अर्थ
र यो किताब जुन हामीले तपार्इंतिर वह्यको रूपमा पठाएका छौं, यो बिल्कुल सत्य छ जसले यसभन्दा पहिलाका किताबहरूको पनि पुष्टि गर्दछ, अल्लाह आफ्ना सेवकहरूको सबै कुरासित अवगत र सबै देख्नेवाला छ ।

🎧 सुन्नुहोस्


📜 आयत 29-33 — फातिर

29إِنَّ الَّذِينَ يَتْلُونَ كِتَابَ اللَّهِ وَأَقَامُوا الصَّلَاةَ وَأَنفَقُوا مِمَّا رَزَقْنَاهُمْ سِرًّا وَعَلَانِيَةً يَرْجُونَ تِجَارَةً لَّن تَبُورَ
जुन मानिसहरूले अल्लाहको किताब पढ्दछन् र नमाज नटुटाइकन पढ्छन् र जेजति हामीले उनीहरूलाई प्रदान गरेका छौं, त्यसबाट प्रत्यक्ष र परोक्षरूपले खर्च गर्दछन्, तिनीहरू त्यस्तो व्यापारको उम्मेदवार छन् जुन कि कहिल्यै घाटामा हुनेछैन ।
30لِيُوَفِّيَهُمْ أُجُورَهُمْ وَيَزِيدَهُم مِّن فَضْلِهِ ۚ إِنَّهُ غَفُورٌ شَكُورٌ
किनभने (अल्लाह) उनीहरूलाई पूरा–पूर प्रतिफल दिनेछ र आफ्नो उदार अनुग्रहले केही बढी पनि दिनेछ । निःसन्देह ऊ धेरै क्षमाशील र गुणग्राही छ ।
31وَالَّذِي أَوْحَيْنَا إِلَيْكَ مِنَ الْكِتَابِ هُوَ الْحَقُّ مُصَدِّقًا لِّمَا بَيْنَ يَدَيْهِ ۗ إِنَّ اللَّهَ بِعِبَادِهِ لَخَبِيرٌ بَصِيرٌ
र यो किताब जुन हामीले तपार्इंतिर वह्यको रूपमा पठाएका छौं, यो बिल्कुल सत्य छ जसले यसभन्दा पहिलाका किताबहरूको पनि पुष्टि गर्दछ, अल्लाह आफ्ना सेवकहरूको सबै कुरासित अवगत र सबै देख्नेवाला छ ।
32ثُمَّ أَوْرَثْنَا الْكِتَابَ الَّذِينَ اصْطَفَيْنَا مِنْ عِبَادِنَا ۖ فَمِنْهُمْ ظَالِمٌ لِّنَفْسِهِ وَمِنْهُم مُّقْتَصِدٌ وَمِنْهُمْ سَابِقٌ بِالْخَيْرَاتِ بِإِذْنِ اللَّهِ ۚ ذَٰلِكَ هُوَ الْفَضْلُ الْكَبِيرُ
अनि हामीले ती मानिसहरूलाई यस किताबको उत्तराधिकारी बनायौं, जसलाई आफ्ना सेवकहरूमध्ये रोज्यौं । उनीहरूमध्ये केही त आफैंले आफूमाथि अत्याचार गर्दछन् र उनीहरूमध्ये केही मध्यम श्रेणीका छन् र अल्लाहको आदेशले तिनीहरूमध्ये केही असल कर्ममा वृद्धि गर्दै गइरहन्छन् । यही नै ठूलो उपकार हो ।
33جَنَّاتُ عَدْنٍ يَدْخُلُونَهَا يُحَلَّوْنَ فِيهَا مِنْ أَسَاوِرَ مِن ذَهَبٍ وَلُؤْلُؤًا ۖ وَلِبَاسُهُمْ فِيهَا حَرِيرٌ
(ती मानिसहरूको निम्ति) सधैं रहने बगैंचाहरू (छन्), जसमा उनीहरू प्रवेश गर्नेछन् । त्यहाँ उनीहरूलाई सुनका कङ्गनहरू र मोतीको आभूषण पहिराइनेछ । र त्यहाँ उनीहरूको बस्त्र रेशमको हुनेछ ।
फातिरकुरान अनुक्रमणिका
45आयत
MeccanRevelation
31आयत

अनुवाद — फातिर 31

सूरा फातिर आयत 31 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र यो किताब जुन हामीले तपार्इंतिर वह्यको रूपमा पठाएका छौं,…

सूरा आयत 31/45 — फातिर فاطر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: फातिर सुन्नुहोस्, फातिर अनुवाद, फातिर mp3, फातिर pdf. आयत 29–33. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers