📖 0/604 पढिएका पृष्ठहरू
📄 562
सूरा अल-मुल्क

सूरा अल-मुल्क

67:1
تَبَٰرَكَ ٱلَّذِي بِيَدِهِ ٱلۡمُلۡكُ وَهُوَ عَلَىٰ كُلِّ شَيۡءٍ قَدِيرٌ ١
त्यो जसको हातमा राज्यसत्ता छ, बडो कल्याणकारी छ, र जो हरेक कुरामा सामथ्र्यवान छ ।
67:2
ٱلَّذِي خَلَقَ ٱلۡمَوۡتَ وَٱلۡحَيَوٰةَ لِيَبۡلُوَكُمۡ أَيُّكُمۡ أَحۡسَنُ عَمَلًاۚ وَهُوَ ٱلۡعَزِيزُ ٱلۡغَفُورُ ٢
जसले मृत्यु र जीवनलाई यसकारण सृष्टि गरेको छ, कि तिम्रो परीक्षा गरोस्, कि तिमीमध्ये राम्रो काम को गर्दछ ? र ऊ अधिपत्यशाली र क्षमाशील छ ।
67:3
ٱلَّذِي خَلَقَ سَبۡعَ سَمَٰوَٰتٍ طِبَاقًاۖ مَّا تَرَىٰ فِي خَلۡقِ ٱلرَّحۡمَٰنِ مِن تَفَٰوُتٍۖ فَٱرۡجِعِ ٱلۡبَصَرَ هَلۡ تَرَىٰ مِن فُطُورٍ ٣
जसले माथि सातवटा आकाशहरू बनायो त हेर्नेवाला अल्लाह–रहमानको रचनामा कुनै विसंगति देख्ने छैन । दोस्रो पटक दृष्टि उठाएर हेर के कुनै चिरा दृष्टिगोचर हुन्छ
67:4
ثُمَّ ٱرۡجِعِ ٱلۡبَصَرَ كَرَّتَيۡنِ يَنقَلِبۡ إِلَيۡكَ ٱلۡبَصَرُ خَاسِئًا وَهُوَ حَسِيرٌ ٤
फेरि दोहोर्याएर दुई–दुई पटक देखिलेऊ, तिम्रो दृष्टि तिम्रो तर्फ अपमानित र कमजोर भएर फर्की आउनेछ ।
67:5
وَلَقَدۡ زَيَّنَّا ٱلسَّمَآءَ ٱلدُّنۡيَا بِمَصَٰبِيحَ وَجَعَلۡنَٰهَا رُجُومًا لِّلشَّيَٰطِينِۖ وَأَعۡتَدۡنَا لَهُمۡ عَذَابَ ٱلسَّعِيرِ ٥
निःसन्देह हामीले आकाशलाई संसारको प्रकाशका लागि भव्य दीपबाट सजायौं, र उनीहरूलाई शैतानलाई हान्ने माध्यम बनायौं, र शैतानहरूको लागि हामीले नर्कको सजाय तयार गरिराखेका छौं ।
67:6
وَلِلَّذِينَ كَفَرُواْ بِرَبِّهِمۡ عَذَابُ جَهَنَّمَۖ وَبِئۡسَ ٱلۡمَصِيرُ ٦
र जसले आफ्नो पालनकर्तासित कुफ्र गरे, उनीहरूको निम्ति नर्कको यातना छ, र त्यो धेरै नराम्रो ठाउँ हो ।
67:7
إِذَآ أُلۡقُواْ فِيهَا سَمِعُواْ لَهَا شَهِيقًا وَهِيَ تَفُورُ ٧
जब त्यसमा यिनीहरू हालिनेछन्, तब त्यसको चित्कारको आवाज सुन्नेछन् र त्यसले भडकिरहेको हुनेछ ।
67:8
تَكَادُ تَمَيَّزُ مِنَ ٱلۡغَيۡظِۖ كُلَّمَآ أُلۡقِيَ فِيهَا فَوۡجٌ سَأَلَهُمۡ خَزَنَتُهَآ أَلَمۡ يَأۡتِكُمۡ نَذِيرٌ ٨
यस्तो लाग्छ कि क्रोधले च्यातिजान्छ जब यसमा कुनै समूह हालिनेछ ऊसित नर्कका द्धारपालेहरूले सोध्नेछन्, ‘‘के तिम्रो पासमा कोही सावधान गर्नेवाला आएन ?’’
67:9
قَالُواْ بَلَىٰ قَدۡ جَآءَنَا نَذِيرٌ فَكَذَّبۡنَا وَقُلۡنَا مَا نَزَّلَ ٱللَّهُ مِن شَيۡءٍ إِنۡ أَنتُمۡ إِلَّا فِي ضَلَٰلٍ كَبِيرٍ ٩
उनीहरूले भन्नेछन्ः (किन होइन), अवश्य सावधान गर्नेवाला आएको थियो । तर हामीले उसलाई असत्य ठहरायौं र भन्यौं कि अल्लाहले त कुनै कुरा अवतरित गरेकै छैन । तिमी त ठूलो भ्रममा परिराखेका छौ ।
67:10
وَقَالُواْ لَوۡ كُنَّا نَسۡمَعُ أَوۡ نَعۡقِلُ مَا كُنَّا فِيٓ أَصۡحَٰبِ ٱلسَّعِيرِ ١٠
र भन्नेछन्ः यदि हामीले सुन्ने र बुझ्ने भएको भए नारकीहरूमध्येका हुने थिएनौं ।
67:11
فَٱعۡتَرَفُواْ بِذَنۢبِهِمۡ فَسُحۡقًا لِّأَصۡحَٰبِ ٱلسَّعِيرِ ١١
यसप्रकार उनीहरूले आफ्ना अपराधहरूलाई स्वीकार गर्नेछन् । तसर्थ अब यी नारकीहरू टाढा रहुन् ।
67:12
إِنَّ ٱلَّذِينَ يَخۡشَوۡنَ رَبَّهُم بِٱلۡغَيۡبِ لَهُم مَّغۡفِرَةٌ وَأَجۡرٌ كَبِيرٌ ١٢
निःसंदेह जुन मानिसहरू परोक्षमा आफ्नो पालनकर्तासित डरने गर्दछन् । उनीहरूको निम्ति क्षमा र ठूलो प्रतिफल छ ।
العربيةEnglishBahasa IndonesiaTürkçeРусскийفارسیFrançaisاردوবাংলাDeutschEspañol中文हिन्दीPortuguêsItalianoภาษาไทยPolskiNederlandsShqipKiswahiliO'zbekதமிழ்MelayuBosanskiSoomaaliAzərbaycanکوردی한국어日本語SvenskaDanskNorskپښتوമലയാളംසිංහලTamazightHausaአማርኛБългарскиТоҷикӣҚазақшаFilipinoسنڌيYorùbáFulfuldeТатарчаئۇيغۇرچەКыргызчаਪੰਜਾਬੀJawaతెలుగుမြန်မာગુજરાતીOromoमराठीTiếng ViệtMalagasyНохчийнWolofދިވެހިಕನ್ನಡУкраїнськаΕλληνικάქართულიខ្មែរدریQafar afMaranaoनेपाली
पवित्र कुरान
Tuesday, September 1, 2026
Don't forget us in your sincere prayers







