सूरा अल-मुनाफिकून अरबी र नेपाली
सूरा अल-मुनाफिकून पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (11 आयत — مدنية). अल-मुनाफिकून सुन्नुहोस्, अल-मुनाफिकून अनुवाद, अल-मुनाफिकून mp3, अल-मुनाफिकून pdf.सूरा अल-मुनाफिकून पढ्नुहोस् र सुन्नुहोस्
🎧 आयत
M
Mishary Rashid Alafasy
✓
Mishary Rashid Alafasy
✓
M
Mahmoud Khalil Al-Husary
✓
Mahmoud Khalil Al-Husary
✓
A
Abdurrahman As-Sudais
✓
Abdurrahman As-Sudais
✓
M
Mohamed Siddiq Al-Minshawi
✓
Mohamed Siddiq Al-Minshawi
✓
A
Abdul Basit Abdul Samad
✓
Abdul Basit Abdul Samad
✓
A
Ali Al-Hudhaify
✓
Ali Al-Hudhaify
✓
A
Ahmed ibn Ali al-Ajamy
✓
Ahmed ibn Ali al-Ajamy
✓
A
Abu Bakr Ash-Shaatree
✓
Abu Bakr Ash-Shaatree
✓
M
Muhammad Ayyoub
✓
Muhammad Ayyoub
✓
A
Abdullah Basfar
✓
Abdullah Basfar
✓
A
Abdullah Al-Juhani
✓
Abdullah Al-Juhani
✓
M
Maher Al Muaiqly
✓
Maher Al Muaiqly
✓
—
x1
إِذَا جَاءَكَ الْمُنَافِقُونَ قَالُوا نَشْهَدُ إِنَّكَ لَرَسُولُ اللَّهِ ۗ وَاللَّهُ يَعْلَمُ إِنَّكَ لَرَسُولُهُ وَاللَّهُ يَشْهَدُ إِنَّ الْمُنَافِقِينَ لَكَاذِبُونَ ١
📖 अनुवाद
आयत 1
हे मुहम्मद (सल्लल्लाहो अलैहे वसल्लम) ! जब मुनाफिकहरू तपाई सामु आउँदछन् तब भन्दछन् कि हामी साक्षी छौं कि निश्चय नै तपाई अल्लाहको रसूल हुनुहुन्छ । अल्लाह जान्दछ कि निश्चय नै तपाई उसको रसूल हुनुहुन्छ तर अल्लाह गवाही दिन्छ कि यी मुनाफिकहरू एकदमै झूठा छन् ।
اتَّخَذُوا أَيْمَانَهُمْ جُنَّةً فَصَدُّوا عَن سَبِيلِ اللَّهِ ۚ إِنَّهُمْ سَاءَ مَا كَانُوا يَعْمَلُونَ ٢
📖 अनुवाद
आयत 2
उनीहरूले आफ्नो शपथहरूलाई कवच बनाइसकेका छन् । यसप्रकार उनीहरूले अल्लाहको मार्गबाट रोकिए । निश्चय नै त्यो नराम्रो काम छ जुन यिनीहरूले गरिराखेका छन् ।
ذَٰلِكَ بِأَنَّهُمْ آمَنُوا ثُمَّ كَفَرُوا فَطُبِعَ عَلَىٰ قُلُوبِهِمْ فَهُمْ لَا يَفْقَهُونَ ٣
📖 अनुवाद
आयत 3
यो यसकारण कि यिनीहरूले ईमान ल्याएपछि फेरि काफिर भइहाले, तसर्थ उनीहरूको हृदयमा छाप लगाइदिइयो अब यिनीहरूले बुझ्दैनन् ।
۞ وَإِذَا رَأَيْتَهُمْ تُعْجِبُكَ أَجْسَامُهُمْ ۖ وَإِن يَقُولُوا تَسْمَعْ لِقَوْلِهِمْ ۖ كَأَنَّهُمْ خُشُبٌ مُّسَنَّدَةٌ ۖ يَحْسَبُونَ كُلَّ صَيْحَةٍ عَلَيْهِمْ ۚ هُمُ الْعَدُوُّ فَاحْذَرْهُمْ ۚ قَاتَلَهُمُ اللَّهُ ۖ أَنَّىٰ يُؤْفَكُونَ ٤
📖 अनुवाद
आयत 4
तपाईले उनीहरूलाई जब देख्नुहुन्छ त उनका शरीर तपाईलाई राम्रो लाग्दछन् र यदि तिनीहरूले कुरा गर्दछन् त उनका कुरा तपाई सुनी राख्नुहुन्छ । यसरी जस्तो कि उनीहरू काठहरू (थाम) हुन् जसलाई भित्ताको सहारामा उभ्याइएको छ । प्रत्येक ठूलो स्वरलाई उनीहरूले आफ्नै विरुद्धमा ठान्दछन् । तिनै वास्तविक शत्रु हुन् । अतः उनीहरूबाट पन्छिएर बस, अल्लाह उनीहरूलाई समाप्त गरोस् । उनीहरू विमुख भई कहाँ गइराखेका छन् ।
وَإِذَا قِيلَ لَهُمْ تَعَالَوْا يَسْتَغْفِرْ لَكُمْ رَسُولُ اللَّهِ لَوَّوْا رُءُوسَهُمْ وَرَأَيْتَهُمْ يَصُدُّونَ وَهُم مُّسْتَكْبِرُونَ ٥
📖 अनुवाद
आयत 5
जब उनीसित भनिन्छ कि आऊ अल्लाहका रसूल तिम्रो निम्ति क्षमा माँगुन्, त टाउको हल्लाइदिन्छन् र तपाईले देख्नुहुनेछ कि घमण्ड गर्दै मुख फर्काइहाल्दछन् ।
سَوَاءٌ عَلَيْهِمْ أَسْتَغْفَرْتَ لَهُمْ أَمْ لَمْ تَسْتَغْفِرْ لَهُمْ لَن يَغْفِرَ اللَّهُ لَهُمْ ۚ إِنَّ اللَّهَ لَا يَهْدِي الْقَوْمَ الْفَاسِقِينَ ٦
📖 अनुवाद
आयत 6
तपाईले उनको निम्ति क्षमा माँग्नु वा नमाँग्नु, दुवै समान छ । अल्लाहले उनलाई कहिल्यै क्षमा गर्दैन । निःसन्देह अल्लाहले यस्ता अवज्ञाकारीहरूलाई मार्गदर्शन प्रदान गर्दैन ।
هُمُ الَّذِينَ يَقُولُونَ لَا تُنفِقُوا عَلَىٰ مَنْ عِندَ رَسُولِ اللَّهِ حَتَّىٰ يَنفَضُّوا ۗ وَلِلَّهِ خَزَائِنُ السَّمَاوَاتِ وَالْأَرْضِ وَلَٰكِنَّ الْمُنَافِقِينَ لَا يَفْقَهُونَ ٧
📖 अनुवाद
आयत 7
यिनै मानिस हुन् जसले भन्दछन्ः कि जो अल्लाहको रसूलको साथमा रहन्छन्, उनीमाथि खर्च नगर, ताकि उनीहरू स्वयं यताउता छरिउन् । जबकि आकाशहरू र धरतीका सबै खजाना अल्लाहकै हुन् तर मुनाफिकहरू बुझ्दैनन् ।
يَقُولُونَ لَئِن رَّجَعْنَا إِلَى الْمَدِينَةِ لَيُخْرِجَنَّ الْأَعَزُّ مِنْهَا الْأَذَلَّ ۚ وَلِلَّهِ الْعِزَّةُ وَلِرَسُولِهِ وَلِلْمُؤْمِنِينَ وَلَٰكِنَّ الْمُنَافِقِينَ لَا يَعْلَمُونَ ٨
📖 अनुवाद
आयत 8
उनीहरू भन्दछन्ः कि यदि हामीले फर्केर मदिना जान्छौं भने अधिक मर्यादावालाहरूले अपमानितलाई त्यहाँबाट निकालिदिनेछन् हेर इज्जत र प्रतिष्ठा त अल्लाह र उसको रसूल र मोमिनहरूको निम्ति छ, तर ती मुनाफिकहरूले जान्दैनन् ।
يَا أَيُّهَا الَّذِينَ آمَنُوا لَا تُلْهِكُمْ أَمْوَالُكُمْ وَلَا أَوْلَادُكُمْ عَن ذِكْرِ اللَّهِ ۚ وَمَن يَفْعَلْ ذَٰلِكَ فَأُولَٰئِكَ هُمُ الْخَاسِرُونَ ٩
📖 अनुवाद
आयत 9
हे मोमिनहरू ! तिम्रा माल, सम्पत्ति र सन्तानले तिमीलाई अल्लाहको स्मरणबाट गाफिल (अचेत) नबनाइदेओस् र जसले यस्तो गर्नेछ त्यसले घाटा बेहोर्ने छ ।
وَأَنفِقُوا مِن مَّا رَزَقْنَاكُم مِّن قَبْلِ أَن يَأْتِيَ أَحَدَكُمُ الْمَوْتُ فَيَقُولَ رَبِّ لَوْلَا أَخَّرْتَنِي إِلَىٰ أَجَلٍ قَرِيبٍ فَأَصَّدَّقَ وَأَكُن مِّنَ الصَّالِحِينَ ١٠
📖 अनुवाद
आयत 10
र जे हामीले तिमीलाई प्रदान गरेका छौं, त्यसबाट खर्चगर यसभन्दा अगाडि कि तिमीमध्ये कसैको मृत्यु आइहालोस् र (त्यसबेला) भन्न थालोस् कि हे मेरो पालनकर्ता अरु समय किन दिएनौ ? म दान गर्दथें र असल मानिसहरूमा शम्मिलित भइहाल्थें ।
وَلَن يُؤَخِّرَ اللَّهُ نَفْسًا إِذَا جَاءَ أَجَلُهَا ۚ وَاللَّهُ خَبِيرٌ بِمَا تَعْمَلُونَ ١١
📖 अनुवाद
आयत 11
तर अल्लाहले कुनै व्यक्तिलाई जब उसको निर्धारित समय आइपुग्दछ तब कदापि मोहलत दिंदैन । र जे तिमीले गर्दछौ अल्लाह त्यो सबैबाट अवगत छ ।
पढ्नुहोस् सूरा अल-मुनाफिकून नेपाली – अनुवाद, उच्चारण र अडियो
पवित्र कुरान
Tuesday, August 18, 2026
Don't forget us in your sincere prayers

