सूरा अत-तहरीम अरबी र नेपाली

सूरा अत-तहरीम पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (12 आयत — مدنية). अत-तहरीम सुन्नुहोस्, अत-तहरीम अनुवाद, अत-तहरीम mp3, अत-तहरीम pdf.

सूरा अत-तहरीम पढ्नुहोस् र सुन्नुहोस्

🎧 आयत
M Mishary Rashid Alafasy
M Mahmoud Khalil Al-Husary
A Abdurrahman As-Sudais
M Mohamed Siddiq Al-Minshawi
A Abdul Basit Abdul Samad
A Ali Al-Hudhaify
A Ahmed ibn Ali al-Ajamy
A Abu Bakr Ash-Shaatree
M Muhammad Ayyoub
A Abdullah Basfar
A Abdullah Al-Juhani
M Maher Al Muaiqly
x1
يَا أَيُّهَا النَّبِيُّ لِمَ تُحَرِّمُ مَا أَحَلَّ اللَّهُ لَكَ ۖ تَبْتَغِي مَرْضَاتَ أَزْوَاجِكَ ۚ وَاللَّهُ غَفُورٌ رَّحِيمٌ ۝١
📖 अनुवाद आयत 1
हे नबी ! जुन कुरोलाई तपाईको निम्ति अल्लाहले बैध ठहराएको छ, त्यसलाई तपाईले किन अवैध गर्नु हुन्छ ? के तपाईले आफ्नो पत्नीहरूको सहमति लिन चाहनुहुन्छ ? र अल्लाह बडो क्षमाशील, अत्यन्त दयावान छ ।
قَدْ فَرَضَ اللَّهُ لَكُمْ تَحِلَّةَ أَيْمَانِكُمْ ۚ وَاللَّهُ مَوْلَاكُمْ ۖ وَهُوَ الْعَلِيمُ الْحَكِيمُ ۝٢
📖 अनुवाद आयत 2
अल्लाहले तिमीहरूलाई तिम्रा शपथहरूको उम्कने उपाय निर्धारित गरिदिएको छ र अल्लाह नै संरक्षक छ र ऊ सर्वज्ञ र अत्यन्त तत्वदर्शी छ ।
وَإِذْ أَسَرَّ النَّبِيُّ إِلَىٰ بَعْضِ أَزْوَاجِهِ حَدِيثًا فَلَمَّا نَبَّأَتْ بِهِ وَأَظْهَرَهُ اللَّهُ عَلَيْهِ عَرَّفَ بَعْضَهُ وَأَعْرَضَ عَن بَعْضٍ ۖ فَلَمَّا نَبَّأَهَا بِهِ قَالَتْ مَنْ أَنبَأَكَ هَٰذَا ۖ قَالَ نَبَّأَنِيَ الْعَلِيمُ الْخَبِيرُ ۝٣
📖 अनुवाद आयत 3
र स्मरण गर जब पैगम्बरले आफ्नो एउटी पत्नीसित एउटा रहस्यको कुरा गरे तर जब उसले उसलाई प्रचार गरिदियो, र अल्लाहले यसबाट नबीलाई सावधान गराइदियो तब नबीले यस पत्नीलाई त्यो कुरा आँशिक भने र केही भनेनन्, अनि जब उनले तिनलाई बताए त सोध्न थालिन् कि तपाईलाई यो कसले भन्यो । उनले भने कि ‘‘मलाई उसले खबर गरेको छ, जो सबै जान्नेवाला र खबर राख्नेवाला छ ।’’
إِن تَتُوبَا إِلَى اللَّهِ فَقَدْ صَغَتْ قُلُوبُكُمَا ۖ وَإِن تَظَاهَرَا عَلَيْهِ فَإِنَّ اللَّهَ هُوَ مَوْلَاهُ وَجِبْرِيلُ وَصَالِحُ الْمُؤْمِنِينَ ۖ وَالْمَلَائِكَةُ بَعْدَ ذَٰلِكَ ظَهِيرٌ ۝٤
📖 अनुवाद आयत 4
(हे नबीका दुवै पत्नीहरू) यदि तिमी दुवै अल्लाह सामु तौबा गर्दछौ, भने राम्रो छ किनकि निःसन्देह तिम्रा हृदयहरू झुकिसकेछन् र यदि पैगम्बर बिरुद्ध तिमीहरू एक आपसमा सहयोग गर्नेछौ भने अल्लाह उसको संरक्षक छ, र जिब्रील र नेक ईमानवालाहरू पनि, र फरिश्ताहरू पनि उसको सहायता गर्नेछन् ।
عَسَىٰ رَبُّهُ إِن طَلَّقَكُنَّ أَن يُبْدِلَهُ أَزْوَاجًا خَيْرًا مِّنكُنَّ مُسْلِمَاتٍ مُّؤْمِنَاتٍ قَانِتَاتٍ تَائِبَاتٍ عَابِدَاتٍ سَائِحَاتٍ ثَيِّبَاتٍ وَأَبْكَارًا ۝٥
📖 अनुवाद आयत 5
र यदि पैगम्बरले तिमीलाई तलाक दिइहालुन् भने यस कुराको धेरै सम्भावना छ कि उनको पालनकर्ताले तिम्रो सट्टामा उनलाई तिमीभन्दा राम्री पत्नीहरू प्रदान गर्नेछ जो मुस्लिम ईमानवाली, आज्ञाकारीणी, तौबा गर्ने, इबादत (स्तुति) गर्नेवाली, व्रत बस्नेवाली, विधवा र कुमारीहरू पनि हुनेछिन् ।
يَا أَيُّهَا الَّذِينَ آمَنُوا قُوا أَنفُسَكُمْ وَأَهْلِيكُمْ نَارًا وَقُودُهَا النَّاسُ وَالْحِجَارَةُ عَلَيْهَا مَلَائِكَةٌ غِلَاظٌ شِدَادٌ لَّا يَعْصُونَ اللَّهَ مَا أَمَرَهُمْ وَيَفْعَلُونَ مَا يُؤْمَرُونَ ۝٦
📖 अनुवाद आयत 6
हे मोमिनहरू ! स्वयं आफूलाई र आफ्ना घरवालाहरूलाई त्यस आगोबाट बचाऊ, जसको ईन्धन मुनष्य र पत्थर हुनेछन्, जसको लागि कठोर स्वभावका, यस्ता बलशाली फरिश्ताहरू नियुक्त हुनेछन् जसले त्यसमा अल्लाहको अवज्ञा गर्दैनन् बरु जे आदेश पनि दिइन्छ, त्यसलाई कार्यान्वित गर्दछन् ।
يَا أَيُّهَا الَّذِينَ كَفَرُوا لَا تَعْتَذِرُوا الْيَوْمَ ۖ إِنَّمَا تُجْزَوْنَ مَا كُنتُمْ تَعْمَلُونَ ۝٧
📖 अनुवाद आयत 7
काफिरहरू हो ! आज तिमीहरू बहानाहरू नबनाऊ । मात्र तिमीले गर्दै आएका कार्यहरूको प्रतिफल तिमीहरूलाई दिइँदैछ ।
يَا أَيُّهَا الَّذِينَ آمَنُوا تُوبُوا إِلَى اللَّهِ تَوْبَةً نَّصُوحًا عَسَىٰ رَبُّكُمْ أَن يُكَفِّرَ عَنكُمْ سَيِّئَاتِكُمْ وَيُدْخِلَكُمْ جَنَّاتٍ تَجْرِي مِن تَحْتِهَا الْأَنْهَارُ يَوْمَ لَا يُخْزِي اللَّهُ النَّبِيَّ وَالَّذِينَ آمَنُوا مَعَهُ ۖ نُورُهُمْ يَسْعَىٰ بَيْنَ أَيْدِيهِمْ وَبِأَيْمَانِهِمْ يَقُولُونَ رَبَّنَا أَتْمِمْ لَنَا نُورَنَا وَاغْفِرْ لَنَا ۖ إِنَّكَ عَلَىٰ كُلِّ شَيْءٍ قَدِيرٌ ۝٨
📖 अनुवाद आयत 8
हे मोमिनहरू ! अल्लाहको अगाडि तिमीहरूले सत्य पवित्र हृदयले क्षमा याचना गर, आशा छ कि उसले तिम्रा पापहरू तिमीबाट हटाइदिनेछ र तिमीलाई स्वर्गका बागहरूमा, जसमुनि नहरहरू बगरिराखेका छन्, प्रविष्ट गराउनेछ । त्यसदिन अल्लाहले पैगम्बरलाई र ती मानिसहरूलाई, जसले उनको साथ दिएका छन्, निराश गर्नेछैन, (बरु) उनको चमक उनको अगाडि र दायाँतिर (प्रकाश पार्दै) हिंडिरहेको हुनेछ र उनीहरू अल्लाहसित विन्ती गर्नेछन् कि हे पालनकर्ता ! हाम्रो प्रकाश हाम्रो निम्ति पूरा गर र हामीलाई क्षमा गर । निःसन्देह तिमी, प्रत्येक कुरामाथि सामथ्र्यवान छौ ।
يَا أَيُّهَا النَّبِيُّ جَاهِدِ الْكُفَّارَ وَالْمُنَافِقِينَ وَاغْلُظْ عَلَيْهِمْ ۚ وَمَأْوَاهُمْ جَهَنَّمُ ۖ وَبِئْسَ الْمَصِيرُ ۝٩
📖 अनुवाद आयत 9
हे पैगम्बर ! काफिरहरू र मुनाफिकहरूसित लड र उनीहरूमाथि कडाई गर । उनीहरूको बास्स्थान नर्क हो र त्यो साह्रै नराम्रो ठाउँ हो ।
ضَرَبَ اللَّهُ مَثَلًا لِّلَّذِينَ كَفَرُوا امْرَأَتَ نُوحٍ وَامْرَأَتَ لُوطٍ ۖ كَانَتَا تَحْتَ عَبْدَيْنِ مِنْ عِبَادِنَا صَالِحَيْنِ فَخَانَتَاهُمَا فَلَمْ يُغْنِيَا عَنْهُمَا مِنَ اللَّهِ شَيْئًا وَقِيلَ ادْخُلَا النَّارَ مَعَ الدَّاخِلِينَ ۝١٠
📖 अनुवाद आयत 10
अल्लाहले काफिरहरूको निम्ति ‘‘नूहकी’’ पत्नी र ‘‘लूतकी’’ पत्नीको उदाहरण वर्णन गरेको छ । दुवै हाम्रा असल भक्तहरूमध्ये दुईवटा भक्तहरूको घरमा थिइन्, र दुवैले उनीप्रति विश्वासघात गरिन्, तब ती असल भक्तहरूले उनीहरूलाई अल्लाहको सजायबाट बचाउन सकेनन्, र भनियो कि (हे स्त्रीहरू) प्रवेश गर्नेवालाको साथमा तिमी दुवै पनि नर्कमा प्रविष्ट भइहाल ।
وَضَرَبَ اللَّهُ مَثَلًا لِّلَّذِينَ آمَنُوا امْرَأَتَ فِرْعَوْنَ إِذْ قَالَتْ رَبِّ ابْنِ لِي عِندَكَ بَيْتًا فِي الْجَنَّةِ وَنَجِّنِي مِن فِرْعَوْنَ وَعَمَلِهِ وَنَجِّنِي مِنَ الْقَوْمِ الظَّالِمِينَ ۝١١
📖 अनुवाद आयत 11
र मोमिनहरूको निम्ति अल्लाहले ‘‘फिरऔनकी’’ पत्नीको उदाहरण वर्णन गरेको छ, जब कि उनले अल्लाहसित प्रार्थना गरिन् कि हे मेरो पालनकर्ता ! मेरो निम्ति स्वर्गमा आफ्नो नजिक एउटा घर बनाऊ र मलाई फिरऔन र उसको कर्मबाट छुटकारा देऊ, र अत्याचारीहरूबाट मलाई मुक्त गर ।
وَمَرْيَمَ ابْنَتَ عِمْرَانَ الَّتِي أَحْصَنَتْ فَرْجَهَا فَنَفَخْنَا فِيهِ مِن رُّوحِنَا وَصَدَّقَتْ بِكَلِمَاتِ رَبِّهَا وَكُتُبِهِ وَكَانَتْ مِنَ الْقَانِتِينَ ۝١٢
📖 अनुवाद आयत 12
र (अर्को) इम्रानकि छोरी ‘‘मरियमको’’ दृष्टान्त बयान गर्यो जसले आफ्नो सतित्वको रक्षा गरिन्, फेरि हामीले त्यस स्त्रीभित्र आफ्नो तरफबाट रूह फूँकिदियौ, र त्यसले आफ्नो पालनकर्ताको कलाम(वाणी) र उसको किताबहरूलाई सत्य ठान्दथिइन्, र उनी उपासकहरूमध्येकी थिइन् ।
← 65 अत-तहरीम (66/114) 67 →
पढ्नुहोस् सूरा अत-तहरीम नेपाली – अनुवाद, उच्चारण र अडियो

66التحريم At-Tahrim 📚 12 आयत مدنية



पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers