📖 0/604 पढिएका पृष्ठहरू
📄 249
सूरा अर-राद

सूरा अर-राद

13:1
الٓمٓرۚ تِلۡكَ ءَايَٰتُ ٱلۡكِتَٰبِۗ وَٱلَّذِيٓ أُنزِلَ إِلَيۡكَ مِن رَّبِّكَ ٱلۡحَقُّ وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يُؤۡمِنُونَ ١
अलिफ, लाम, मिम, रा, यी कुरआनका आयत हुन्, र जुनसुकै तपाईतर्फ तपाईको पालनहारबाट उतारिएकोछ, सबै सत्य हुन् । तापनि अधिकांश व्यक्तिहरू ईमान ल्याउदैनन् ।
13:2
ٱللَّهُ ٱلَّذِي رَفَعَ ٱلسَّمَٰوَٰتِ بِغَيۡرِ عَمَدٍ تَرَوۡنَهَاۖ ثُمَّ ٱسۡتَوَىٰ عَلَى ٱلۡعَرۡشِۖ وَسَخَّرَ ٱلشَّمۡسَ وَٱلۡقَمَرَۖ كُلٌّ يَجۡرِي لِأَجَلٍ مُّسَمًّىۚ يُدَبِّرُ ٱلۡأَمۡرَ يُفَصِّلُ ٱلۡأٓيَٰتِ لَعَلَّكُم بِلِقَآءِ رَبِّكُمۡ تُوقِنُونَ ٢
अल्लाह त्यो नै हो जसले आकाशहरूलाई बिना खम्बा ठड्याइदिएको छ, जसलाई तिमी देखिरहेका छौ, फेरि ऊ अर्श (सिंहासन) माथि उच्च भयो । उसैले सूर्य र चन्द्रलाई आफ्नो अधीनमा राखी राखेको छ । हरेक निश्चित प्रक्रियामा गतिशील छन्, उसैले सबै कार्यको उपाय गर्छ । उसले आफ्ना प्रमाण–प्रतीकहरू स्पष्टरूपमा बयान गरिरहेको छ, कि तिमी आफ्नो पालनहारसँगको भेटलाई विश्वास गरिहाल ।
13:3
وَهُوَ ٱلَّذِي مَدَّ ٱلۡأَرۡضَ وَجَعَلَ فِيهَا رَوَٰسِيَ وَأَنۡهَٰرًاۖ وَمِن كُلِّ ٱلثَّمَرَٰتِ جَعَلَ فِيهَا زَوۡجَيۡنِ ٱثۡنَيۡنِۖ يُغۡشِي ٱلَّيۡلَ ٱلنَّهَارَۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٍ لِّقَوۡمٍ يَتَفَكَّرُونَ ٣
उसैले धर्ती फैलाएर ओछ्याई दिएको छ, र त्यसमा पहाड़ र खोलाहरू निर्माण गरिदिएको छ, र त्यसमा किसिम किसिमका फल–फूलहरूका जोडा–जोडा दोहोरो–दोहोरो उत्पन्न गरिदिएको छ । उसैले रातलाई दिनबाट छिपाइदिन्छ, निःसंन्देह सोच्ने, बुझ्नेहरूका लागि यसमा धेरै (प्रतीक) चिन्हहरू छन् ।
13:4
وَفِي ٱلۡأَرۡضِ قِطَعٌ مُّتَجَٰوِرَٰتٌ وَجَنَّٰتٌ مِّنۡ أَعۡنَٰبٍ وَزَرۡعٌ وَنَخِيلٌ صِنۡوَانٌ وَغَيۡرُ صِنۡوَانٍ يُسۡقَىٰ بِمَآءٍ وَٰحِدٍ وَنُفَضِّلُ بَعۡضَهَا عَلَىٰ بَعۡضٍ فِي ٱلۡأُكُلِۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٍ لِّقَوۡمٍ يَعۡقِلُونَ ٤
र पृथ्वीमा भिन्न–भिन्न प्रकारका टुक्रा एक अर्कासंग मिल्दाजुल्दा छन् । र अंगूरका बगैचाहरू छन्, र खेतहरू छन्, र खजूरका बोटहरू छन, हाङ्गा भएका र कुनै यस्ता छन् जसमा कुनै हाङ्गा छैनन्, सबैलाई एउटै पानी पिलाइन्छ, तैपनि म एउटालाई अर्को फलमाथि उच्चता प्रदान गर्दछु । यसमा वुद्धिमानहरूका लागि धेरै चिन्हहरू छन् ।
13:5
۞ وَإِن تَعۡجَبۡ فَعَجَبٌ قَوۡلُهُمۡ أَءِذَا كُنَّا تُرَٰبًا أَءِنَّا لَفِي خَلۡقٍ جَدِيدٍۗ أُوْلَٰٓئِكَ ٱلَّذِينَ كَفَرُواْ بِرَبِّهِمۡۖ وَأُوْلَٰٓئِكَ ٱلۡأَغۡلَٰلُ فِيٓ أَعۡنَاقِهِمۡۖ وَأُوْلَٰٓئِكَ أَصۡحَٰبُ ٱلنَّارِۖ هُمۡ فِيهَا خَٰلِدُونَ ٥
यदि तिमीलाई आश्चर्य लाग्छ भने वास्तवमा उनको यो भनाई अजीब छ कि जब हामी माटो भइहाल्छौं तब के हामी नयाँ जन्ममा हुनेछौं । यिनीहरू नै हुन् जसले आफ्नो पालनहारमाथि कुफ्र गरेका छन् , यही नै हुन जसका घाँटीहरूमा पापी पट्टा हुनेछन् र यही नै हुन् जो नर्क (जन्नहम) मा रहनेवाला हुन्, जो यसमा संधै संधैका लागि रहनेछन् ।
العربيةEnglishBahasa IndonesiaTürkçeРусскийفارسیFrançaisاردوবাংলাDeutschEspañol中文हिन्दीPortuguêsItalianoภาษาไทยPolskiNederlandsShqipKiswahiliO'zbekதமிழ்MelayuBosanskiSoomaaliAzərbaycanکوردی한국어日本語SvenskaDanskNorskپښتوമലയാളംසිංහලTamazightHausaአማርኛБългарскиТоҷикӣҚазақшаFilipinoسنڌيYorùbáFulfuldeТатарчаئۇيغۇرچەКыргызчаਪੰਜਾਬੀJawaతెలుగుမြန်မာગુજરાતીOromoमराठीTiếng ViệtMalagasyНохчийнWolofދިވެހިಕನ್ನಡУкраїнськаΕλληνικάქართულიខ្មែរدریQafar afMaranaoनेपाली
पवित्र कुरान
Tuesday, August 25, 2026
Don't forget us in your sincere prayers







