📖 0/604 पढिएका पृष्ठहरू
📄 477
सूरा फुस्सिलत

सूरा फुस्सिलत

41:2
تَنزِيلٌ مِّنَ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ ٢
यो अवतरण गरिएको हो बडो कृपालु, अत्यन्त दयावान्को तर्फबाट ।
41:3
كِتَٰبٌ فُصِّلَتۡ ءَايَٰتُهُۥ قُرۡءَانًا عَرَبِيًّا لِّقَوۡمٍ يَعۡلَمُونَ ٣
(यस्तो) किताब हो जसका आयातहरू स्पष्टरूपले वर्णन भएका छन् । अर्थात अरबी भाषामा कुरआन हो, ती मानिसहरूको निम्ति जो जान्दछन् ।
41:4
بَشِيرًا وَنَذِيرًا فَأَعۡرَضَ أَكۡثَرُهُمۡ فَهُمۡ لَا يَسۡمَعُونَ ٤
जसले खुशीको सन्देश सुनाउँदछ र सचेत पनि गर्दछ । तापनि उनीहरूमध्ये अधिकांश विमुख भए, र उनीहरू सुन्दैनन् ।
41:5
وَقَالُواْ قُلُوبُنَا فِيٓ أَكِنَّةٍ مِّمَّا تَدۡعُونَآ إِلَيۡهِ وَفِيٓ ءَاذَانِنَا وَقۡرٌ وَمِنۢ بَيۡنِنَا وَبَيۡنِكَ حِجَابٌ فَٱعۡمَلۡ إِنَّنَا عَٰمِلُونَ ٥
र उनीहरूले भन्न थाले कि जुन कुरातिर तिमीले हामीलाई आह्वान् गर्दछौ, त्यसको निम्ति त हाम्रा हृदयमा आवरणहरू छन् र हाम्रा कानहरूमा बोझ (भारी) छन् (अर्थात् बहिरापन) र हाम्रो र तिम्रोबीचमा आवरण छ, अतः तिमीले आफ्नो काम गर, हामीले आफ्नो काम गर्दछौं ।
41:6
قُلۡ إِنَّمَآ أَنَا۠ بَشَرٌ مِّثۡلُكُمۡ يُوحَىٰٓ إِلَيَّ أَنَّمَآ إِلَٰهُكُمۡ إِلَٰهٌ وَٰحِدٌ فَٱسۡتَقِيمُوٓاْ إِلَيۡهِ وَٱسۡتَغۡفِرُوهُۗ وَوَيۡلٌ لِّلۡمُشۡرِكِينَ ٦
भनिदिनुस् ‘‘म तिमी जस्तै एउटा मानिस हूँ । मतिर वह्य अवतरण गरिन्छ कि तिमी सबैको पूज्य एउटै अल्लाह हो, तसर्थ तिमी सोझै उसैतिर प्रवृत्त होऊ, र उसैसित पापको क्षमायाचना गर र यी मुश्रिकहरूको लागि ठूलो विनाश छ ।
41:7
ٱلَّذِينَ لَا يُؤۡتُونَ ٱلزَّكَوٰةَ وَهُم بِٱلۡأٓخِرَةِ هُمۡ كَٰفِرُونَ ٧
जसले जकात दिदैनन् र आखिरतबाट पनि इन्कार गर्दछन् ।
41:8
إِنَّ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ لَهُمۡ أَجۡرٌ غَيۡرُ مَمۡنُونٍ ٨
बिना शंका जसले ईमान ल्याए र राम्रा कर्म गरे, उनीहरूको निम्ति यस्तो पुरस्कार छ जसको क्रम टुट्दैन ।’’
41:9
۞ قُلۡ أَئِنَّكُمۡ لَتَكۡفُرُونَ بِٱلَّذِي خَلَقَ ٱلۡأَرۡضَ فِي يَوۡمَيۡنِ وَتَجۡعَلُونَ لَهُۥٓ أَندَادًاۚ ذَٰلِكَ رَبُّ ٱلۡعَٰلَمِينَ ٩
भनिदिनुस् किः के ‘‘तिमीले उसलाई नकारिराखेका छौ र उसको साझेदार ठहराउँछौ जसले धरतीलाई दुई दिनमा सृष्टि गर्यो ऊ त सम्पूर्ण जगतको पालनकर्ता हो ।
41:10
وَجَعَلَ فِيهَا رَوَٰسِيَ مِن فَوۡقِهَا وَبَٰرَكَ فِيهَا وَقَدَّرَ فِيهَآ أَقۡوَٰتَهَا فِيٓ أَرۡبَعَةِ أَيَّامٍ سَوَآءً لِّلسَّآئِلِينَ ١٠
र उसले धरतीमा त्यसमाथि पहाड़ बनायो र धरतीमा बरकत (खानेकुरा) राख्यो र त्यसमा बस्नेहरूको लागि जीविकाको सामग्री निश्चित गर्यो । यो सबै चार दिनमा सम्पन्न भयो, प्रश्न गर्नेहरूको निम्ति समानरूपले ।
41:11
ثُمَّ ٱسۡتَوَىٰٓ إِلَى ٱلسَّمَآءِ وَهِيَ دُخَانٌ فَقَالَ لَهَا وَلِلۡأَرۡضِ ٱئۡتِيَا طَوۡعًا أَوۡ كَرۡهًا قَالَتَآ أَتَيۡنَا طَآئِعِينَ ١١
अनि ऊ आकाशतिर उच्च भयो, त्यो धुवाँ थियो त उसले त्यसलाई र धरतीलाई आदेश दियो, कि दुवै आऊ (चाहे) खुशीले चाहे नाखुशीले । त उनीहरूले भने, कि हामी प्रसन्नतापूर्वक उपस्थित छौं ।
العربيةEnglishBahasa IndonesiaTürkçeРусскийفارسیFrançaisاردوবাংলাDeutschEspañol中文हिन्दीPortuguêsItalianoภาษาไทยPolskiNederlandsShqipKiswahiliO'zbekதமிழ்MelayuBosanskiSoomaaliAzərbaycanکوردی한국어日本語SvenskaDanskNorskپښتوമലയാളംසිංහලTamazightHausaአማርኛБългарскиТоҷикӣҚазақшаFilipinoسنڌيYorùbáFulfuldeТатарчаئۇيغۇرچەКыргызчаਪੰਜਾਬੀJawaతెలుగుမြန်မာગુજરાતીOromoमराठीTiếng ViệtMalagasyНохчийнWolofދިވެހިಕನ್ನಡУкраїнськаΕλληνικάქართულიខ្មែរدریQafar afMaranaoनेपाली
पवित्र कुरान
Saturday, August 29, 2026
Don't forget us in your sincere prayers







