सूरा अल-फुरकान अरबी र नेपाली
सूरा अल-फुरकान पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (77 आयत — مكية). अल-फुरकान सुन्नुहोस्, अल-फुरकान अनुवाद, अल-फुरकान mp3, अल-फुरकान pdf.सूरा अल-फुरकान पढ्नुहोस् र सुन्नुहोस्
🎧 आयत
M
Mishary Rashid Alafasy
✓
Mishary Rashid Alafasy
✓
M
Mahmoud Khalil Al-Husary
✓
Mahmoud Khalil Al-Husary
✓
A
Abdurrahman As-Sudais
✓
Abdurrahman As-Sudais
✓
M
Mohamed Siddiq Al-Minshawi
✓
Mohamed Siddiq Al-Minshawi
✓
A
Abdul Basit Abdul Samad
✓
Abdul Basit Abdul Samad
✓
A
Ali Al-Hudhaify
✓
Ali Al-Hudhaify
✓
A
Ahmed ibn Ali al-Ajamy
✓
Ahmed ibn Ali al-Ajamy
✓
A
Abu Bakr Ash-Shaatree
✓
Abu Bakr Ash-Shaatree
✓
M
Muhammad Ayyoub
✓
Muhammad Ayyoub
✓
A
Abdullah Basfar
✓
Abdullah Basfar
✓
A
Abdullah Al-Juhani
✓
Abdullah Al-Juhani
✓
M
Maher Al Muaiqly
✓
Maher Al Muaiqly
✓
—
x1
تَبَارَكَ الَّذِي نَزَّلَ الْفُرْقَانَ عَلَىٰ عَبْدِهِ لِيَكُونَ لِلْعَالَمِينَ نَذِيرًا ١
📖 अनुवाद
आयत 1
बडो बरकतवाला छ त्यो अल्लाह जसले यो ‘‘फुर्कान’’ आफ्नो भक्तमाथि अवतरित गर्यो, ताकि संसारका मानिसहरूलाई डराउन सकोस् ।
الَّذِي لَهُ مُلْكُ السَّمَاوَاتِ وَالْأَرْضِ وَلَمْ يَتَّخِذْ وَلَدًا وَلَمْ يَكُن لَّهُ شَرِيكٌ فِي الْمُلْكِ وَخَلَقَ كُلَّ شَيْءٍ فَقَدَّرَهُ تَقْدِيرًا ٢
📖 अनुवाद
आयत 2
उही अल्लाहको सत्ता छ आकाशहरू र धर्तीमा र उसको नकुनै सन्तान छ र नत सत्तामा उसको कोही साझेदार छ । त्यसले प्रत्येक वस्तुलाई सृष्टि गर्यो, र त्यसलाई ठीक क्रममा व्यवस्थित गर्यो ।
وَاتَّخَذُوا مِن دُونِهِ آلِهَةً لَّا يَخْلُقُونَ شَيْئًا وَهُمْ يُخْلَقُونَ وَلَا يَمْلِكُونَ لِأَنفُسِهِمْ ضَرًّا وَلَا نَفْعًا وَلَا يَمْلِكُونَ مَوْتًا وَلَا حَيَاةً وَلَا نُشُورًا ٣
📖 अनुवाद
आयत 3
तिनीहरूले अल्लाह बाहेक अरुलाई पूज्य बनाएका छन्, जसले कुनै कुराको सृष्टि गर्दैनन्, बरु तिनीहरू स्वयम् सृष्टि गरिएका छन् ! उनीहरूलाई नत आफ्नो हानिको अधिकार प्राप्त छ नत लाभको । र उनीहरूलाई नत मृत्युको अधिकार प्राप्त छ नत जीवनको । र नत पुनः जीवित भई उठ्ने कुराको ।
وَقَالَ الَّذِينَ كَفَرُوا إِنْ هَٰذَا إِلَّا إِفْكٌ افْتَرَاهُ وَأَعَانَهُ عَلَيْهِ قَوْمٌ آخَرُونَ ۖ فَقَدْ جَاءُوا ظُلْمًا وَزُورًا ٤
📖 अनुवाद
आयत 4
र काफिरहरूले भन्दछन्ः कि यो (कुरआन) त उनैले बनाएको मनगढन्त कुरा हो, र अन्य मानिसहरूले यस काममा उसको सहायता गरेका हुन् । यी मानिसहरू वास्तवमा ठूलो अत्याचार र झूठको धरातलमा झरी सकेका छन् ।
وَقَالُوا أَسَاطِيرُ الْأَوَّلِينَ اكْتَتَبَهَا فَهِيَ تُمْلَىٰ عَلَيْهِ بُكْرَةً وَأَصِيلًا ٥
📖 अनुवाद
आयत 5
र यो पनि भन्दछन्ः कि यो त अघिका मानिसहरूका कथाहरू हुन, जसलाई उसले लेखाइराखेको छ बस उही बिहान साँझ उनीहरू अगाडि पढेर सुनाइन्छ ।
قُلْ أَنزَلَهُ الَّذِي يَعْلَمُ السِّرَّ فِي السَّمَاوَاتِ وَالْأَرْضِ ۚ إِنَّهُ كَانَ غَفُورًا رَّحِيمًا ٦
📖 अनुवाद
आयत 6
भनिदिनुस् त्यसलाई त उसले अवतरित गरेको छ, जो आकाशहरू र धर्तीमा लुकेका सबै कुरा जान्दछ । निःसन्देह ऊ बडो, क्षमाशिल, अत्यन्त दयावान छ ।
وَقَالُوا مَالِ هَٰذَا الرَّسُولِ يَأْكُلُ الطَّعَامَ وَيَمْشِي فِي الْأَسْوَاقِ ۙ لَوْلَا أُنزِلَ إِلَيْهِ مَلَكٌ فَيَكُونَ مَعَهُ نَذِيرًا ٧
📖 अनुवाद
आयत 7
र उनीहरू भन्दछन्ः कि यो कस्तो पैगम्बर हो जसले कि खाना खान्छ र बजारहरूमा हिड्डुल गर्दछ । यसको नजिक (हिदायतको निम्ति) कुनै स्वर्गदूत किन पठाइदैन कि ऊ पनि यसको साथ लागेर डराउनेवाला बन्थ्यो ।
أَوْ يُلْقَىٰ إِلَيْهِ كَنزٌ أَوْ تَكُونُ لَهُ جَنَّةٌ يَأْكُلُ مِنْهَا ۚ وَقَالَ الظَّالِمُونَ إِن تَتَّبِعُونَ إِلَّا رَجُلًا مَّسْحُورًا ٨
📖 अनुवाद
आयत 8
वा यसतिर कुनै खजाना पठाइन्थ्यो वा यसको कुनै बगैचा हुन्थ्यो जसबाट खान्थ्यो, र ती अत्याचारिहरूले भन्दछन्ः कि तिमी त यस्तो व्यक्तिको पछाडि हिँडिराखेका छौ जो जादूबाट प्रभावित छ ।
انظُرْ كَيْفَ ضَرَبُوا لَكَ الْأَمْثَالَ فَضَلُّوا فَلَا يَسْتَطِيعُونَ سَبِيلًا ٩
📖 अनुवाद
आयत 9
हेर्नुस् त ! यिनीहरूले तपाईको बारेमा कस्ता कस्ता कुरा गर्दछन् । तसर्थ त्यसबाट यिनीहरू आफै पथविचलित भइरहेका छन् र कुनै हालतमा सही मार्ग प्राप्त गर्न सक्तैनन् ।
تَبَارَكَ الَّذِي إِن شَاءَ جَعَلَ لَكَ خَيْرًا مِّن ذَٰلِكَ جَنَّاتٍ تَجْرِي مِن تَحْتِهَا الْأَنْهَارُ وَيَجْعَل لَّكَ قُصُورًا ١٠
📖 अनुवाद
आयत 10
अल्लाह धेरै बरकतावाला छ, जसले यदि चाहेको भए तपाईलाई यिनीहरूले भनेको भन्दा राम्रा बगैचाहरू प्रदान गर्दथ्यो जसमुनि नहरहरू बगिराखेका हुन्छन् र तपाईको निम्ति महल पनि बनाइदिने थियो ।
بَلْ كَذَّبُوا بِالسَّاعَةِ ۖ وَأَعْتَدْنَا لِمَن كَذَّبَ بِالسَّاعَةِ سَعِيرًا ١١
📖 अनुवाद
आयत 11
कुरो यो छ कि यिनीहरूले त कियामतलाई नै झूठो भनिराखेका छन् । र हामीले कियामतलाई झूठो भन्नेहरूको निम्ति नर्कमा आगो तयार राखेका छौं ।
إِذَا رَأَتْهُم مِّن مَّكَانٍ بَعِيدٍ سَمِعُوا لَهَا تَغَيُّظًا وَزَفِيرًا ١٢
📖 अनुवाद
आयत 12
जब त्यसले (नर्कले) उनीहरूलाई टाढाबाट देख्नेछ, तब यिनीहरूले उसको भयङ्कर रिसको चित्कार सुन्नेछन् ।
وَإِذَا أُلْقُوا مِنْهَا مَكَانًا ضَيِّقًا مُّقَرَّنِينَ دَعَوْا هُنَالِكَ ثُبُورًا ١٣
📖 अनुवाद
आयत 13
र जब यिनीहरू नर्कको कुनै साङ्गुरो ठाउँमा जंजीरमा हात पछाडि बाँधिएर फालिनेछन् तब (यिनीहरूले) त्यहाँ आफ्नो लागि मृत्युलाई पुकारने छन् ।
لَّا تَدْعُوا الْيَوْمَ ثُبُورًا وَاحِدًا وَادْعُوا ثُبُورًا كَثِيرًا ١٤
📖 अनुवाद
आयत 14
(उनी सित भनिनेछ) आज एउटा मृत्युलाई मात्र न पुकार, धेरै मृत्युहरूलाई पुकार ।
قُلْ أَذَٰلِكَ خَيْرٌ أَمْ جَنَّةُ الْخُلْدِ الَّتِي وُعِدَ الْمُتَّقُونَ ۚ كَانَتْ لَهُمْ جَزَاءً وَمَصِيرًا ١٥
📖 अनुवाद
आयत 15
तपाई भनिदिनुस् ! कि के यो उत्तम हो वा त्योे सधैंको जन्नत (स्वर्ग), जसको आत्मसंयमिहरूसित वाचा गरिएको छ । जो उनीहरूको (कर्मको) प्रतिफल हो र उनीहरूले बस्ने स्थान हुनेछ ।
لَّهُمْ فِيهَا مَا يَشَاءُونَ خَالِدِينَ ۚ كَانَ عَلَىٰ رَبِّكَ وَعْدًا مَّسْئُولًا ١٦
📖 अनुवाद
आयत 16
(त्यहाँ) तिनीहरू जे चाहन्छन्, उनीहरूको निम्ति त्यो उपलब्ध हुनेछ, सधैं त्यसमा बास गर्नेछन् । यो तिम्रो पालनकर्ताको जिम्मा यस्तो वचन हो जुन प्रार्थनीय छ ।
وَيَوْمَ يَحْشُرُهُمْ وَمَا يَعْبُدُونَ مِن دُونِ اللَّهِ فَيَقُولُ أَأَنتُمْ أَضْلَلْتُمْ عِبَادِي هَٰؤُلَاءِ أَمْ هُمْ ضَلُّوا السَّبِيلَ ١٧
📖 अनुवाद
आयत 17
र जुन दिन अल्लाहले यिनीहरूलाई र अल्लाह बाहेक यिनीहरूले जसको पूजा गर्दछन्, एकत्रित गरेर सोध्नेछ, कि के तिमीले मेरा यी सृष्टिहरूलाई विचलित गरेका थियौ वा यिनीहरू स्वयम् मार्गविचलित भएका थिए
قَالُوا سُبْحَانَكَ مَا كَانَ يَنبَغِي لَنَا أَن نَّتَّخِذَ مِن دُونِكَ مِنْ أَوْلِيَاءَ وَلَٰكِن مَّتَّعْتَهُمْ وَآبَاءَهُمْ حَتَّىٰ نَسُوا الذِّكْرَ وَكَانُوا قَوْمًا بُورًا ١٨
📖 अनुवाद
आयत 18
उनीहरूले जवाफ दिनेछन्ः कि पवित्र छौ तिमी, हामीलाई यो कुरा उचित थिएन कि तिमीलाई छाडी अरु कसैलाई पक्षधर (स्रष्टा) बनाऔं, कुरो यो छ कि तिमीले नै उनीहरूलाई र उनीहरूका बाबु बाजेलाई अत्यधिक सुख सामग्री प्रदान गर्यौ यहाँसम्म कि उनीहरूले तिम्रो उपदेशलाई बिर्सिदिए र यिनीहरू नष्ट हुनेहरू नै थिए ।
فَقَدْ كَذَّبُوكُم بِمَا تَقُولُونَ فَمَا تَسْتَطِيعُونَ صَرْفًا وَلَا نَصْرًا ۚ وَمَن يَظْلِم مِّنكُمْ نُذِقْهُ عَذَابًا كَبِيرًا ١٩
📖 अनुवाद
आयत 19
(काफिरहरू !) उनीहरूले त तिमीलाई तिम्रो सबै कुरामा झुठ्लाएका थिए । अब न तिमीमा यातनामा परिवर्तन गर्ने शक्ति छ र नकुनै सहायता नै पाउन सक्तछौ । र तिमीहरूमध्ये जस–जसले पनि अत्याचार गरेका छन् तिनलाई हामीले ठूलो यातनाको स्वाद चखाउँनेछौं ।
وَمَا أَرْسَلْنَا قَبْلَكَ مِنَ الْمُرْسَلِينَ إِلَّا إِنَّهُمْ لَيَأْكُلُونَ الطَّعَامَ وَيَمْشُونَ فِي الْأَسْوَاقِ ۗ وَجَعَلْنَا بَعْضَكُمْ لِبَعْضٍ فِتْنَةً أَتَصْبِرُونَ ۗ وَكَانَ رَبُّكَ بَصِيرًا ٢٠
📖 अनुवाद
आयत 20
हामीले तपाईभन्दा पहिला जति पैगम्बरहरू पठाएका छौं, सबै खाना खानथे र बजारहरूमा हिंड्डुल गर्दथे र हामीले तिमीहरूमध्ये हरेकलाई एक अर्काको निम्ति परीक्षाको माध्यम बनायौं । के तिमीले धैर्य गर्दछौ ? तिम्रो पालनकर्ताले सबै (कुरा) देख्दछ ।
۞ وَقَالَ الَّذِينَ لَا يَرْجُونَ لِقَاءَنَا لَوْلَا أُنزِلَ عَلَيْنَا الْمَلَائِكَةُ أَوْ نَرَىٰ رَبَّنَا ۗ لَقَدِ اسْتَكْبَرُوا فِي أَنفُسِهِمْ وَعَتَوْا عُتُوًّا كَبِيرًا ٢١
📖 अनुवाद
आयत 21
र जुन मानिसहरूले हामीसित भेट्ने आशा राख्दैनन्, भन्दछन् कि हाम्रो निम्ति फरिश्ताहरू (स्वर्गदूत) किन उतारिएनन्? वा हामी आफ्नो पालनकर्तालाई (किन) आफ्नो आँखाले दैख्दैनौं ? यिनीहरूले आफैलाई ठूलो अहंकारी सम्झेका छन् र ठूलो विद्रोह गरिराखेका छन् ।
يَوْمَ يَرَوْنَ الْمَلَائِكَةَ لَا بُشْرَىٰ يَوْمَئِذٍ لِّلْمُجْرِمِينَ وَيَقُولُونَ حِجْرًا مَّحْجُورًا ٢٢
📖 अनुवाद
आयत 22
जुन दिन तिनीहरू फरिश्ताहरूलाई देख्नेछन् त्यो दिन अपराधीहरूको निम्ति कुनै खुशीको कुरा हुनेछैन र उनीहरू पुकार्ने छन् हामी बंचित नै वंचित भएका छौं ।
وَقَدِمْنَا إِلَىٰ مَا عَمِلُوا مِنْ عَمَلٍ فَجَعَلْنَاهُ هَبَاءً مَّنثُورًا ٢٣
📖 अनुवाद
आयत 23
र उनीहरूले जे–जे कर्म गरेका थिए त्यसतर्फ ध्यानाकर्षण भएमा हामीले तिनलाई व्यर्थ बनाइदिनेछौं ।
أَصْحَابُ الْجَنَّةِ يَوْمَئِذٍ خَيْرٌ مُّسْتَقَرًّا وَأَحْسَنُ مَقِيلًا ٢٤
📖 अनुवाद
आयत 24
हो त्यस दिन जन्नतमा बस्नेहरूको बासस्थान राम्रो हुनेछ र आराम गर्ने ठाउँ पनि राम्रो हुनेछ ।
وَيَوْمَ تَشَقَّقُ السَّمَاءُ بِالْغَمَامِ وَنُزِّلَ الْمَلَائِكَةُ تَنزِيلًا ٢٥
📖 अनुवाद
आयत 25
र जुन दिन आकाश बादलको साथ फाट्ने (च्यात्ने) छ र फरिश्ताहरू निरन्तर अवतरित गराइनेछन् ।
الْمُلْكُ يَوْمَئِذٍ الْحَقُّ لِلرَّحْمَٰنِ ۚ وَكَانَ يَوْمًا عَلَى الْكَافِرِينَ عَسِيرًا ٢٦
📖 अनुवाद
आयत 26
त्यस दिन वास्तविक राज्य अल्लाहको हुनेछ । र इन्कार गर्नेहरूलाई त्यो दिन धेरै कठिन हुनेछ ।
وَيَوْمَ يَعَضُّ الظَّالِمُ عَلَىٰ يَدَيْهِ يَقُولُ يَا لَيْتَنِي اتَّخَذْتُ مَعَ الرَّسُولِ سَبِيلًا ٢٧
📖 अनुवाद
आयत 27
त्यस दिन अत्याचारीले आफ्नो हात टोक्नेछ र भन्नेछः कि म रसूलको मार्गमा हिंडेको भए कति राम्रो हुने थियो ।
يَا وَيْلَتَىٰ لَيْتَنِي لَمْ أَتَّخِذْ فُلَانًا خَلِيلًا ٢٨
📖 अनुवाद
आयत 28
अफशोच ! मैले अमुक व्यक्तिलाई मित्र नबनाएको भए राम्रो हुने थियो ।
لَّقَدْ أَضَلَّنِي عَنِ الذِّكْرِ بَعْدَ إِذْ جَاءَنِي ۗ وَكَانَ الشَّيْطَانُ لِلْإِنسَانِ خَذُولًا ٢٩
📖 अनुवाद
आयत 29
त्यसले त मलाई त्यसपछि विचलित पारिदियो जबकि निर्देशन मेरो पासमा आइसकेको थियो । र शैतानले त समय आएपछि मनुष्यलाई धोखा दिने नै हो ।
وَقَالَ الرَّسُولُ يَا رَبِّ إِنَّ قَوْمِي اتَّخَذُوا هَٰذَا الْقُرْآنَ مَهْجُورًا ٣٠
📖 अनुवाद
आयत 30
र पैगम्बरले भन्ने छन् कि हे मेरो पालनकर्ता निःसन्देह मेरो जातिबन्धुले यस कुरआनलाई त्यागिराखेका थिए ।
وَكَذَٰلِكَ جَعَلْنَا لِكُلِّ نَبِيٍّ عَدُوًّا مِّنَ الْمُجْرِمِينَ ۗ وَكَفَىٰ بِرَبِّكَ هَادِيًا وَنَصِيرًا ٣١
📖 अनुवाद
आयत 31
र यसैप्रकार हामीले प्रत्येक नबी (संदेष्टा) को निम्ति अपराधीहरूमध्येबाट शत्रु बनायौं । र मार्गदर्शन तथा सहायताको निम्ति त तिम्रो पालनहार नै पर्याप्त छ ।
وَقَالَ الَّذِينَ كَفَرُوا لَوْلَا نُزِّلَ عَلَيْهِ الْقُرْآنُ جُمْلَةً وَاحِدَةً ۚ كَذَٰلِكَ لِنُثَبِّتَ بِهِ فُؤَادَكَ ۖ وَرَتَّلْنَاهُ تَرْتِيلًا ٣٢
📖 अनुवाद
आयत 32
र जुन मानिसहरूले इन्कार गरे, उनीहरूको भनाई छ, कि उसमाथि सम्पूर्ण कुरआन एकैपटक किन अवतरित गरिएन ? यसकारण हामीले (अलि–अलि उतार्यौं) ताकि यसद्वारा तिम्रो हृदयलाई दृढ राखौं र हामीले यसलाई रुकी–रुकी नै पढेर सुनाएका हौं ।
وَلَا يَأْتُونَكَ بِمَثَلٍ إِلَّا جِئْنَاكَ بِالْحَقِّ وَأَحْسَنَ تَفْسِيرًا ٣٣
📖 अनुवाद
आयत 33
र यिनीहरूले तपाई सामु जुन उदाहरण ल्याउँने छन्, हामीले त्यसको सही र धेरै राम्रो जवाफ तपाईलाई बताइदिनेछौं ।
الَّذِينَ يُحْشَرُونَ عَلَىٰ وُجُوهِهِمْ إِلَىٰ جَهَنَّمَ أُولَٰئِكَ شَرٌّ مَّكَانًا وَأَضَلُّ سَبِيلًا ٣٤
📖 अनुवाद
आयत 34
जुन मानिसहरू घोप्टो पारी नर्कतिर एकत्रित गरिनेछन्, उनीहरू नराम्रो बासस्थानवाला र पूरै विचलित बाटोवाला हुनेछन् ।
وَلَقَدْ آتَيْنَا مُوسَى الْكِتَابَ وَجَعَلْنَا مَعَهُ أَخَاهُ هَارُونَ وَزِيرًا ٣٥
📖 अनुवाद
आयत 35
र निःसन्देह हामीले मूसालाई किताब प्रदान गर्यौं र उनका सहयात्री भाइ हारूनलाई (मन्त्री) सहायक बनायौं ।
فَقُلْنَا اذْهَبَا إِلَى الْقَوْمِ الَّذِينَ كَذَّبُوا بِآيَاتِنَا فَدَمَّرْنَاهُمْ تَدْمِيرًا ٣٦
📖 अनुवाद
आयत 36
र भन्यौं कि तिमी दुवै ती मानिसहरूतिर जाऊ, जसले हाम्रो आयतहरूलाई असत्य भनिरहेका छन् । फेरि हामीले उनीहरूलाई पूरै नष्ट गरिहाल्यौं ।
وَقَوْمَ نُوحٍ لَّمَّا كَذَّبُوا الرُّسُلَ أَغْرَقْنَاهُمْ وَجَعَلْنَاهُمْ لِلنَّاسِ آيَةً ۖ وَأَعْتَدْنَا لِلظَّالِمِينَ عَذَابًا أَلِيمًا ٣٧
📖 अनुवाद
आयत 37
र ‘‘नूहको’’ जातिबन्धुले पनि जब पैगम्बरहरूलाई झूठा भने, तब हामीले उनलाई डुबाइदियौं र उनीहरूलाइ मानिसहरूको निम्ति शिक्षा लिने निशानी बनाइदियौं र अत्याचारीहरूको निम्ति हामीले दुःखद् यातना तयार गरिसकेका छौं ।
وَعَادًا وَثَمُودَ وَأَصْحَابَ الرَّسِّ وَقُرُونًا بَيْنَ ذَٰلِكَ كَثِيرًا ٣٨
📖 अनुवाद
आयत 38
र ‘‘आद’’ र ‘‘समूद’’ का जातिबन्धुहरू र इनारवालाहरू र उनीहरूको बीचमा भएका धेरै समूहहरूलाई पनि नष्ट गरिहाल्यौं ।
وَكُلًّا ضَرَبْنَا لَهُ الْأَمْثَالَ ۖ وَكُلًّا تَبَّرْنَا تَتْبِيرًا ٣٩
📖 अनुवाद
आयत 39
र सबैलाई (सम्झाउनको) निम्ति हामीले उदाहरण बयान गर्यौं र फेरिः प्रत्येकलाई हामीले नष्ट गरिदियौं ।
وَلَقَدْ أَتَوْا عَلَى الْقَرْيَةِ الَّتِي أُمْطِرَتْ مَطَرَ السَّوْءِ ۚ أَفَلَمْ يَكُونُوا يَرَوْنَهَا ۚ بَلْ كَانُوا لَا يَرْجُونَ نُشُورًا ٤٠
📖 अनुवाद
आयत 40
यिनीहरूले त्यस बस्तीको नजिकबाट पनि अवागमन गरिराखेका छन्, जसमाथि नराम्रो वृष्टि गराइएको थियो, तत्पश्चात पनि के उनीहरूले त्यसलाई देखिराखेका छैनन्,? (होइन) बरु वास्तविकता यो हो कि उनीहरू दोस्रो पटक जीवित भई उठ्ने आशा नै गरिराखेका छैनन्
وَإِذَا رَأَوْكَ إِن يَتَّخِذُونَكَ إِلَّا هُزُوًا أَهَٰذَا الَّذِي بَعَثَ اللَّهُ رَسُولًا ٤١
📖 अनुवाद
आयत 41
र यिनीहरूले जब तपाईलाई देख्छन्, (त्यतिखेर) तपाईको उपहास गर्दछन्, कि के यही त्यो मानिस हो, जसलाई अल्लाहले पैगम्बर (संदेष्टा) बनाएर पठाएको छ
إِن كَادَ لَيُضِلُّنَا عَنْ آلِهَتِنَا لَوْلَا أَن صَبَرْنَا عَلَيْهَا ۚ وَسَوْفَ يَعْلَمُونَ حِينَ يَرَوْنَ الْعَذَابَ مَنْ أَضَلُّ سَبِيلًا ٤٢
📖 अनुवाद
आयत 42
यसले त हामीलाई हाम्रा पूज्यहरूबाट विमुख नै पारिदिने थियो, यदि हामी उनीहरूमा दृढ नभएको भए र तिनीहरूले जब यातना देख्नेछन् तब शीघ्र नै उनीहरूलाई थाहा भइहाल्ने छ, कि मार्गबाट को पूरै विचलित भएको थियो ।
أَرَأَيْتَ مَنِ اتَّخَذَ إِلَٰهَهُ هَوَاهُ أَفَأَنتَ تَكُونُ عَلَيْهِ وَكِيلًا ٤٣
📖 अनुवाद
आयत 43
के तपाईले त्यस व्यक्तिलाई पनि देख्नुभयो, जसले आफ्नो इच्छापूर्तिलाई नै आफ्नो पूज्य बनाइरहेको छ, त के तपाई त्यसको जिम्मेदार बन्नु हुनेछ
أَمْ تَحْسَبُ أَنَّ أَكْثَرَهُمْ يَسْمَعُونَ أَوْ يَعْقِلُونَ ۚ إِنْ هُمْ إِلَّا كَالْأَنْعَامِ ۖ بَلْ هُمْ أَضَلُّ سَبِيلًا ٤٤
📖 अनुवाद
आयत 44
के तपाईले यही सोच्नु्हुन्छ कि उनीहरूमध्ये धेरैले सुन्दछन्, र बुझ्दछन् ? उनीहरू त एकदम चौपायाहरू जस्तै छन्, बरु तिनीहरूभन्दा पनि धेरै पथभ्रष्ट ।
أَلَمْ تَرَ إِلَىٰ رَبِّكَ كَيْفَ مَدَّ الظِّلَّ وَلَوْ شَاءَ لَجَعَلَهُ سَاكِنًا ثُمَّ جَعَلْنَا الشَّمْسَ عَلَيْهِ دَلِيلًا ٤٥
📖 अनुवाद
आयत 45
के तपाईले देख्नु भएन कि तपाईको पालनहारले छाँयालाई कसरी लम्ब्याएर फिजाइदिनु भएकोछ र यदि त्यसले चाहेको भए (छाँयालाई) स्थिर राख्न सक्दथ्यो । अनि सूर्यलाई त्यसमाथि प्रमाण बनाइदियौं ।
ثُمَّ قَبَضْنَاهُ إِلَيْنَا قَبْضًا يَسِيرًا ٤٦
📖 अनुवाद
आयत 46
अनि हामीले त्यसलाई बिस्तारै–बिस्तारै आफ्नोतर्फ तानिहाल्यौं ।
وَهُوَ الَّذِي جَعَلَ لَكُمُ اللَّيْلَ لِبَاسًا وَالنَّوْمَ سُبَاتًا وَجَعَلَ النَّهَارَ نُشُورًا ٤٧
📖 अनुवाद
आयत 47
र उही त हो, जसले रातलाई तिम्रो निम्ति पर्दा (वस्त्र) र निद्रालाई सर्वथा विश्राम बनायो र दिनलाई व्युंझि उठ्ने समय बनायो ।
وَهُوَ الَّذِي أَرْسَلَ الرِّيَاحَ بُشْرًا بَيْنَ يَدَيْ رَحْمَتِهِ ۚ وَأَنزَلْنَا مِنَ السَّمَاءِ مَاءً طَهُورًا ٤٨
📖 अनुवाद
आयत 48
र उहि त हो, जसले आफ्नो दयालुताको वर्षा अगाडि हावाहरूलाई खुशीयालीको सूचना दिन पठाउँछ र हामीले आकाशबाट पवित्र पानीको वृष्टि गर्दछौं ।
لِّنُحْيِيَ بِهِ بَلْدَةً مَّيْتًا وَنُسْقِيَهُ مِمَّا خَلَقْنَا أَنْعَامًا وَأَنَاسِيَّ كَثِيرًا ٤٩
📖 अनुवाद
आयत 49
ताकि यसबाट मृत शहरलाई जीवित गरौं, र त्यसलाई धेरै जसो चौपायाहरू र मानिसहरूलाई जसलाई हामीले सृष्टि गरेकाछौं पिलाऔं ।
وَلَقَدْ صَرَّفْنَاهُ بَيْنَهُمْ لِيَذَّكَّرُوا فَأَبَىٰ أَكْثَرُ النَّاسِ إِلَّا كُفُورًا ٥٠
📖 अनुवाद
आयत 50
र निःसंदेह हामीले यस (कुरआन) लाई विभिन्न तरिकाले मानिसहरूमा वर्णन गर्यौं ताकि उनीहरू ध्यान दिउन् । तर धेरै जसो मानिसहरूले कृतध्न भएर त्यसलाई मानेनन् ।
وَلَوْ شِئْنَا لَبَعَثْنَا فِي كُلِّ قَرْيَةٍ نَّذِيرًا ٥١
📖 अनुवाद
आयत 51
र यदि हामीले चाहेको भए हरेक बस्तीमा एक–एक डराउनेवाला पठाइदिन्थ्यौं ।
فَلَا تُطِعِ الْكَافِرِينَ وَجَاهِدْهُم بِهِ جِهَادًا كَبِيرًا ٥٢
📖 अनुवाद
आयत 52
तसर्थ तपाई इन्कार गर्नेहरूको भनाई नमान्नुस् र यस (कुरआन) द्वारा उनीहरूसित पूरै शक्तिको साथ ठूलो जिहाद गर्नुस् ।
۞ وَهُوَ الَّذِي مَرَجَ الْبَحْرَيْنِ هَٰذَا عَذْبٌ فُرَاتٌ وَهَٰذَا مِلْحٌ أُجَاجٌ وَجَعَلَ بَيْنَهُمَا بَرْزَخًا وَحِجْرًا مَّحْجُورًا ٥٣
📖 अनुवाद
आयत 53
र उहि त हो, जसले दुई सागरलाई मिलाइराखेको छ, एउटा मीठो छ, तिर्खा मेटाउनेवाला र अर्को नुनिलो छ छाति पोल्नेवाला, र दुवैको बीचमा एउटा पर्दा र बलियो अवरोध बनाइदियो ।
وَهُوَ الَّذِي خَلَقَ مِنَ الْمَاءِ بَشَرًا فَجَعَلَهُ نَسَبًا وَصِهْرًا ۗ وَكَانَ رَبُّكَ قَدِيرًا ٥٤
📖 अनुवाद
आयत 54
र उही त हो, जसले पानीबाट मनुष्यको सृष्टि गर्यो । अनि उसलाई वंशानुगत सम्बन्धहरू र ससुराली नातावाला बनायो । र निःसन्देह तिम्रो पालनहार बडो सामथ्र्यवान छ ।
وَيَعْبُدُونَ مِن دُونِ اللَّهِ مَا لَا يَنفَعُهُمْ وَلَا يَضُرُّهُمْ ۗ وَكَانَ الْكَافِرُ عَلَىٰ رَبِّهِ ظَهِيرًا ٥٥
📖 अनुवाद
आयत 55
यिनीहरू अल्लाहलाई छाडि यस्तोको पूजा गर्दछन्, कि जसले उनलाई नत फाइदा पुर्याउन सक्छ नत नोक्सान, र काफिरहरू त छदैछन् आफ्नो पालनकर्ताको विरोधी र अरुको (शैतानको) मदद गर्नेवाला ।
وَمَا أَرْسَلْنَاكَ إِلَّا مُبَشِّرًا وَنَذِيرًا ٥٦
📖 अनुवाद
आयत 56
र हामीले त तपाईलाई एउटा शुभसूचना दिनेवाला र सचेतकर्ता बनाएर पठाएका छौं ।
قُلْ مَا أَسْأَلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ إِلَّا مَن شَاءَ أَن يَتَّخِذَ إِلَىٰ رَبِّهِ سَبِيلًا ٥٧
📖 अनुवाद
आयत 57
भनिदिनुस् कि म यस कुरआन पुर्याउने कामको निम्ति तिमीसित कुनै पारिश्रमिक माग्दिन । (यस बाहेक कि) जसले चाहन्छ आफ्नो पालनकर्तातिर जाने मार्ग अपनाइहालोस् ।
وَتَوَكَّلْ عَلَى الْحَيِّ الَّذِي لَا يَمُوتُ وَسَبِّحْ بِحَمْدِهِ ۚ وَكَفَىٰ بِهِ بِذُنُوبِ عِبَادِهِ خَبِيرًا ٥٨
📖 अनुवाद
आयत 58
त्यस (अल्लाह)माथि भरोसा गर जो अमर छ र उसको पवित्रताको गुणगान गर र ऊ आफ्ना दासहरूका पापहरूको पूर्ण जानकारी राख्दछ ।
الَّذِي خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ وَمَا بَيْنَهُمَا فِي سِتَّةِ أَيَّامٍ ثُمَّ اسْتَوَىٰ عَلَى الْعَرْشِ ۚ الرَّحْمَٰنُ فَاسْأَلْ بِهِ خَبِيرًا ٥٩
📖 अनुवाद
आयत 59
उसैले आकाशहरू र धरतीलाई र जे जति उनीहरूको बीचमा छ ६ दिनमा सृष्टि गर्यो, अनि सिंहासन (अर्श) माथि उच्च भयो, ऊ बडो दयावान छ, तसर्थ उसको बारेमा कुनै जानकारसँग सोध ।
وَإِذَا قِيلَ لَهُمُ اسْجُدُوا لِلرَّحْمَٰنِ قَالُوا وَمَا الرَّحْمَٰنُ أَنَسْجُدُ لِمَا تَأْمُرُنَا وَزَادَهُمْ نُفُورًا ۩ ٦٠
📖 अनुवाद
आयत 60
जब यिनीसित भनिन्छः कि अल्लाह–रहमानलाई ढोग तब उनीहरू भन्छन्ः कि रहमान भनेको के हो ? के जसको बारेमा तपाई भन्नुहुन्छ, उसैलाई हामीले ढोगौं ? र यस आमन्त्रणले उनको घृणालाई अझ बृद्धि गरिदिन्छ ।
تَبَارَكَ الَّذِي جَعَلَ فِي السَّمَاءِ بُرُوجًا وَجَعَلَ فِيهَا سِرَاجًا وَقَمَرًا مُّنِيرًا ٦١
📖 अनुवाद
आयत 61
त्यो बडो कल्याणकारी छ, जसले आकाशमा बुर्ज (नक्षत्र) बनायो र त्यसमा एउटा सूर्य र एउटा टल्किराखेको चन्द्र बनायो ।
وَهُوَ الَّذِي جَعَلَ اللَّيْلَ وَالنَّهَارَ خِلْفَةً لِّمَنْ أَرَادَ أَن يَذَّكَّرَ أَوْ أَرَادَ شُكُورًا ٦٢
📖 अनुवाद
आयत 62
र उसैले रात र दिनलाई एक अर्काको पछि लागिरहनेवाला बनायो, त्यस व्यक्तिको उपदेशको लागि जो चेतना चाहन्छ वा कृतज्ञ हुन चाहन्छ ।
وَعِبَادُ الرَّحْمَٰنِ الَّذِينَ يَمْشُونَ عَلَى الْأَرْضِ هَوْنًا وَإِذَا خَاطَبَهُمُ الْجَاهِلُونَ قَالُوا سَلَامًا ٦٣
📖 अनुवाद
आयत 63
अल्लाहका प्रिय दासहरू ती हुन् जो धरतीमा नम्रतापूर्वक हिंड्छन् र जब अज्ञानीहरू उनीहरूको सम्मुख अज्ञानतापूर्ण कुरा गर्दछन् त उनीहरूले सलाम होस् भन्दछन् ।
وَالَّذِينَ يَبِيتُونَ لِرَبِّهِمْ سُجَّدًا وَقِيَامًا ٦٤
📖 अनुवाद
आयत 64
र जो आफ्नो पालनकर्ताको अगाडि ढोग्दै र उभिनेगरी रातहरू व्यतीत गर्दछन् ।
وَالَّذِينَ يَقُولُونَ رَبَّنَا اصْرِفْ عَنَّا عَذَابَ جَهَنَّمَ ۖ إِنَّ عَذَابَهَا كَانَ غَرَامًا ٦٥
📖 अनुवाद
आयत 65
र जसले यो प्रार्थना गर्दछन्ः कि हे हाम्रो पालनकर्ता ! नर्कको यातनालाई हामीबाट टाढा गरिदेऊ । निश्चय नै उसको यातना धेरै दुःखदायी छ ।
إِنَّهَا سَاءَتْ مُسْتَقَرًّا وَمُقَامًا ٦٦
📖 अनुवाद
आयत 66
र निश्चय नै त्यो बस्ने दृष्टिकोणले नराम्रो छ र स्थानको दृष्टिकोणले पनि ।
وَالَّذِينَ إِذَا أَنفَقُوا لَمْ يُسْرِفُوا وَلَمْ يَقْتُرُوا وَكَانَ بَيْنَ ذَٰلِكَ قَوَامًا ٦٧
📖 अनुवाद
आयत 67
र जसले खर्चगर्दा न अपव्यय गर्दछन् र नत कन्जूस्याई बरु उनीहरू यी दुवैको बीचमा रही संतुलित खर्च गर्दछन् ।
وَالَّذِينَ لَا يَدْعُونَ مَعَ اللَّهِ إِلَٰهًا آخَرَ وَلَا يَقْتُلُونَ النَّفْسَ الَّتِي حَرَّمَ اللَّهُ إِلَّا بِالْحَقِّ وَلَا يَزْنُونَ ۚ وَمَن يَفْعَلْ ذَٰلِكَ يَلْقَ أَثَامًا ٦٨
📖 अनुवाद
आयत 68
र जसले अल्लाहको साथमा कुनै अर्को पूज्यलाई पुकार्दैनन् र नाहक कुनै जीवलाई जसको हत्यालाई अल्लाहले वर्जित गरेको छ, मार्दैनन् । र न उनीहरू व्यभिचार गर्दछन् । र जसले यो काम गर्नेछ, गम्भीर पापको दण्डमा पर्नेछ ।
يُضَاعَفْ لَهُ الْعَذَابُ يَوْمَ الْقِيَامَةِ وَيَخْلُدْ فِيهِ مُهَانًا ٦٩
📖 अनुवाद
आयत 69
कियामतको दिन उसलाई दुईगुणा यातना हुनेछ र ऊ अपमानित भई सधैं त्यसमा रहनेछ ।
إِلَّا مَن تَابَ وَآمَنَ وَعَمِلَ عَمَلًا صَالِحًا فَأُولَٰئِكَ يُبَدِّلُ اللَّهُ سَيِّئَاتِهِمْ حَسَنَاتٍ ۗ وَكَانَ اللَّهُ غَفُورًا رَّحِيمًا ٧٠
📖 अनुवाद
आयत 70
तर ती मानिसहरू बाहेक जसले तौबा (प्रायश्चित) गरे र विश्वास गरे र असल कर्म गरे, त यस्ता मानिसहरूको पापहरूलाई अल्लाह सत्कर्महरूमा परिणत गरिदिनेछ र अल्लाह त अत्यन्त क्षमाशिल दयावान छ ।
وَمَن تَابَ وَعَمِلَ صَالِحًا فَإِنَّهُ يَتُوبُ إِلَى اللَّهِ مَتَابًا ٧١
📖 अनुवाद
आयत 71
र जसले तौबा गर्यो र असल कर्म गर्यो त निःसन्देह त्यो अल्लाहतिर नै प्रवृत हुन्छ ।
وَالَّذِينَ لَا يَشْهَدُونَ الزُّورَ وَإِذَا مَرُّوا بِاللَّغْوِ مَرُّوا كِرَامًا ٧٢
📖 अनुवाद
आयत 72
र जो झूठो साक्षी दिदैनन् र जब कुनै व्यर्थका कुराहरूको समीप आउँछन्, त सज्जनता पूर्वक गइहाल्छन् ।
وَالَّذِينَ إِذَا ذُكِّرُوا بِآيَاتِ رَبِّهِمْ لَمْ يَخِرُّوا عَلَيْهَا صُمًّا وَعُمْيَانًا ٧٣
📖 अनुवाद
आयत 73
र जब उनीहरूलाई पालनकर्ताका आयतहरू सुनाइन्छ त ती (आयतहरू) माथि उनीहरूले अन्धा र बहिरा जस्तो हुँदैनन् ।
وَالَّذِينَ يَقُولُونَ رَبَّنَا هَبْ لَنَا مِنْ أَزْوَاجِنَا وَذُرِّيَّاتِنَا قُرَّةَ أَعْيُنٍ وَاجْعَلْنَا لِلْمُتَّقِينَ إِمَامًا ٧٤
📖 अनुवाद
आयत 74
र विन्ति गर्दछन् कि हे पालनकर्ता ! हामीलाई हाम्रा आफ्ना पत्नीहरूबाट र सन्तानहरूबाट आँखाको शीतलता प्रदान गर र हामीलाई आत्मसंयमीहरूको नायक बनाइदेऊ ।
أُولَٰئِكَ يُجْزَوْنَ الْغُرْفَةَ بِمَا صَبَرُوا وَيُلَقَّوْنَ فِيهَا تَحِيَّةً وَسَلَامًا ٧٥
📖 अनुवाद
आयत 75
यिनीहरू नै हुन कि जसलाई उनीहरूको धैर्यको प्रति दानस्वरूप (स्वर्गमा) अग्ला–अग्ला महल प्रदान गरिनेछ र त्यहाँ (स्वर्गदूत) उनीहरूलाई दुआ र सलामको साथ स्वागत गर्नेछन् ।
خَالِدِينَ فِيهَا ۚ حَسُنَتْ مُسْتَقَرًّا وَمُقَامًا ٧٦
📖 अनुवाद
आयत 76
त्यसमा तिनीहरू सधैं रहनेछन् र त्यो बासको निम्ति साह्रै राम्रो र उत्तम ठाउँ हो ।
قُلْ مَا يَعْبَأُ بِكُمْ رَبِّي لَوْلَا دُعَاؤُكُمْ ۖ فَقَدْ كَذَّبْتُمْ فَسَوْفَ يَكُونُ لِزَامًا ٧٧
📖 अनुवाद
आयत 77
भनिदिनुस् कि यदि तिम्रो प्रार्थना (पुकार) नभएको भए मेरो पालनकर्ताले तिम्रो कुनै वास्ता गर्ने थिएन । तिमीले त झूठो भनिसकेका छौ तसर्थ त्यसको यातना अवश्य नै तिमीसँग (आई) टाँसिनेछ ।
पढ्नुहोस् सूरा अल-फुरकान नेपाली – अनुवाद, उच्चारण र अडियो
पवित्र कुरान
Tuesday, August 18, 2026
Don't forget us in your sincere prayers

