अल-फुरकान · 61/77
अनुवाद उच्चारण — अल-फुरकान
تَبَارَكَ الَّذِي جَعَلَ فِي السَّمَاءِ بُرُوجًا وَجَعَلَ فِيهَا سِرَاجًا وَقَمَرًا مُّنِيرًا ۝٦١
Tabaarakal lazee ja`ala fis samaaa`i buroojanw wa ja`ala feehaa siraajanw wa qamaram muneeraa
📖 नेपाली अर्थ
त्यो बडो कल्याणकारी छ, जसले आकाशमा बुर्ज (नक्षत्र) बनायो र त्यसमा एउटा सूर्य र एउटा टल्किराखेको चन्द्र बनायो ।

🎧 सुन्नुहोस्


📜 आयत 59-63 — अल-फुरकान

59الَّذِي خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ وَمَا بَيْنَهُمَا فِي سِتَّةِ أَيَّامٍ ثُمَّ اسْتَوَىٰ عَلَى الْعَرْشِ ۚ الرَّحْمَٰنُ فَاسْأَلْ بِهِ خَبِيرًا
उसैले आकाशहरू र धरतीलाई र जे जति उनीहरूको बीचमा छ ६ दिनमा सृष्टि गर्यो, अनि सिंहासन (अर्श) माथि उच्च भयो, ऊ बडो दयावान छ, तसर्थ उसको बारेमा कुनै जानकारसँग सोध ।
60وَإِذَا قِيلَ لَهُمُ اسْجُدُوا لِلرَّحْمَٰنِ قَالُوا وَمَا الرَّحْمَٰنُ أَنَسْجُدُ لِمَا تَأْمُرُنَا وَزَادَهُمْ نُفُورًا ۩
जब यिनीसित भनिन्छः कि अल्लाह–रहमानलाई ढोग तब उनीहरू भन्छन्ः कि रहमान भनेको के हो ? के जसको बारेमा तपाई भन्नुहुन्छ, उसैलाई हामीले ढोगौं ? र यस आमन्त्रणले उनको घृणालाई अझ बृद्धि गरिदिन्छ ।
61تَبَارَكَ الَّذِي جَعَلَ فِي السَّمَاءِ بُرُوجًا وَجَعَلَ فِيهَا سِرَاجًا وَقَمَرًا مُّنِيرًا
त्यो बडो कल्याणकारी छ, जसले आकाशमा बुर्ज (नक्षत्र) बनायो र त्यसमा एउटा सूर्य र एउटा टल्किराखेको चन्द्र बनायो ।
62وَهُوَ الَّذِي جَعَلَ اللَّيْلَ وَالنَّهَارَ خِلْفَةً لِّمَنْ أَرَادَ أَن يَذَّكَّرَ أَوْ أَرَادَ شُكُورًا
र उसैले रात र दिनलाई एक अर्काको पछि लागिरहनेवाला बनायो, त्यस व्यक्तिको उपदेशको लागि जो चेतना चाहन्छ वा कृतज्ञ हुन चाहन्छ ।
63وَعِبَادُ الرَّحْمَٰنِ الَّذِينَ يَمْشُونَ عَلَى الْأَرْضِ هَوْنًا وَإِذَا خَاطَبَهُمُ الْجَاهِلُونَ قَالُوا سَلَامًا
अल्लाहका प्रिय दासहरू ती हुन् जो धरतीमा नम्रतापूर्वक हिंड्छन् र जब अज्ञानीहरू उनीहरूको सम्मुख अज्ञानतापूर्ण कुरा गर्दछन् त उनीहरूले सलाम होस् भन्दछन् ।
अल-फुरकानकुरान अनुक्रमणिका
77आयत
MeccanRevelation
61आयत

अनुवाद — अल-फुरकान 61

सूरा अल-फुरकान आयत 61 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यो बडो कल्याणकारी छ, जसले आकाशमा बुर्ज (नक्षत्र) बनायो र…

सूरा आयत 61/77 — अल-फुरकान الفرقان (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-फुरकान सुन्नुहोस्, अल-फुरकान अनुवाद, अल-फुरकान mp3, अल-फुरकान pdf. आयत 59–63. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers