📖 0/604 पढिएका पृष्ठहरू
📄 15
अल-बकरा

अल-बकरा

2:94
قُلۡ إِن كَانَتۡ لَكُمُ ٱلدَّارُ ٱلۡأٓخِرَةُ عِندَ ٱللَّهِ خَالِصَةً مِّن دُونِ ٱلنَّاسِ فَتَمَنَّوُاْ ٱلۡمَوۡتَ إِن كُنتُمۡ صَٰدِقِينَ ٩٤
(हे मुहम्मद) भनिदिनु कि यदि परलोकको घर अरु मानिस बाहेक तिम्रा निम्ति नै निर्धारित छ, त आऊ आफ्नो सत्यताको प्रमाणमा मृत्युको प्रार्थना गर ।
2:95
وَلَن يَتَمَنَّوۡهُ أَبَدَۢا بِمَا قَدَّمَتۡ أَيۡدِيهِمۡۚ وَٱللَّهُ عَلِيمُۢ بِٱلظَّٰلِمِينَ ٩٥
तर आफ्ना अघिका कार्यहरू हेरेर तिनीहरू कदापि मृत्युको कामना गर्दैनन् । अल्लाह अत्याचारीहरूलाई राम्रोसंग जान्दछ ।
2:96
وَلَتَجِدَنَّهُمۡ أَحۡرَصَ ٱلنَّاسِ عَلَىٰ حَيَوٰةٍ وَمِنَ ٱلَّذِينَ أَشۡرَكُواْۚ يَوَدُّ أَحَدُهُمۡ لَوۡ يُعَمَّرُ أَلۡفَ سَنَةٍ وَمَا هُوَ بِمُزَحۡزِحِهِۦ مِنَ ٱلۡعَذَابِ أَن يُعَمَّرَۗ وَٱللَّهُ بَصِيرُۢ بِمَا يَعۡمَلُونَ ٩٦
बरु हे नबी ! तिनीहरू सबभन्दा बढी जीवनप्रति मोह राख्नेहरू हुन् । र यो मोह तिनीहरूमा अल्लाहसँग अरुको साझेदारी ठहराउनेहरूभन्दा पनि बढी हुन्छ । तिनीहरूमध्ये हरेकले एक–एक हजार वर्षसम्म बाँच्ने इच्छा राख्दछ । तर यो लामो उमेरले पनि तिनलाई सजायबाट मुक्त गराउन सक्दैन, र जुन काम यिनीहरू गर्दछन् त्यसलाई अल्लाहले राम्रोसित देखिरहेको छ ।
2:97
قُلۡ مَن كَانَ عَدُوًّا لِّـجِبۡرِيلَ فَإِنَّهُۥ نَزَّلَهُۥ عَلَىٰ قَلۡبِكَ بِإِذۡنِ ٱللَّهِ مُصَدِّقًا لِّمَا بَيۡنَ يَدَيۡهِ وَهُدًى وَبُشۡرَىٰ لِلۡمُؤۡمِنِينَ ٩٧
हे मुहम्मद (स.अ.) भनिदिनुः कि जो जिब्राइलको शत्रु हो, जसले अल्लाहको सन्देशलाई उसको आदेशानुसार तपाईको हृदयमा उतारेको हो, जुन सन्देशले उनीहरूको (अघिका) ग्रन्थहरूलाई प्रमाणित गर्दछ र आस्थावानहरूका निम्ति मार्गदर्शक र शुभसन्देश हो । (त अल्लाह पनि तिनीहरूको शत्रु हो)
2:98
مَن كَانَ عَدُوًّا لِّلَّهِ وَمَلَٰٓئِكَتِهِۦ وَرُسُلِهِۦ وَجِبۡرِيلَ وَمِيكَىٰلَ فَإِنَّ ٱللَّهَ عَدُوٌّ لِّلۡكَٰفِرِينَ ٩٨
(हे पैगम्बर !) जुन व्यक्ति अल्लाहको र उसका दूतहरूको, र जिब्राईल र मिकाईलको शत्रु हो र त्यस्ता नास्तिकहरूको अल्लाह स्वयम् दुश्मन हो ।
2:99
وَلَقَدۡ أَنزَلۡنَآ إِلَيۡكَ ءَايَٰتِۭ بَيِّنَٰتٍۖ وَمَا يَكۡفُرُ بِهَآ إِلَّا ٱلۡفَٰسِقُونَ ٩٩
र, निःसदेह हामीले तपाईको नजिकमा ठोस तर्कहरू पठाएका छौं जसलाई पापीहरू बाहेक अरु कोही नकार्न सक्दैन ।
2:100
أَوَكُلَّمَا عَٰهَدُواْ عَهۡدًا نَّبَذَهُۥ فَرِيقٌ مِّنۡهُمۚ بَلۡ أَكۡثَرُهُمۡ لَا يُؤۡمِنُونَ ١٠٠
तिनीहरूले जब–जब कुनै वाचा गर्दछन् तब–तब तिनीहरूमध्ये एक वा अर्को समूहले त्यसलाई भङ्ग गरिदिन्छ । वास्तविकता यो हो कि तिनीहरूमध्ये धेरैजसो आस्था नभएका हुन् ।
2:101
وَلَمَّا جَآءَهُمۡ رَسُولٌ مِّنۡ عِندِ ٱللَّهِ مُصَدِّقٌ لِّمَا مَعَهُمۡ نَبَذَ فَرِيقٌ مِّنَ ٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ كِتَٰبَ ٱللَّهِ وَرَآءَ ظُهُورِهِمۡ كَأَنَّهُمۡ لَا يَعۡلَمُونَ ١٠١
तिनीहरूतिर जहिलेसुकै अल्लाहबाट कुनै पैगम्बर (सन्देशवाहक) तिनीहरूको ग्रन्थको पुष्टि गर्ने गरी आयो, त ग्रन्थ मान्नेहरूको एउटा समूहले अल्लाहको किताबतिर यसरी पिठ्यँ पछाडि फर्कायो, कि मानौ तिनीहरूलाई केही थाहा नै थिएन ।
العربيةEnglishBahasa IndonesiaTürkçeРусскийفارسیFrançaisاردوবাংলাDeutschEspañol中文हिन्दीPortuguêsItalianoภาษาไทยPolskiNederlandsShqipKiswahiliO'zbekதமிழ்MelayuBosanskiSoomaaliAzərbaycanکوردی한국어日本語SvenskaDanskNorskپښتوമലയാളംසිංහලTamazightHausaአማርኛБългарскиТоҷикӣҚазақшаFilipinoسنڌيYorùbáFulfuldeТатарчаئۇيغۇرچەКыргызчаਪੰਜਾਬੀJawaతెలుగుမြန်မာગુજરાતીOromoमराठीTiếng ViệtMalagasyНохчийнWolofދިވެހިಕನ್ನಡУкраїнськаΕλληνικάქართულიខ្មែរدریQafar afMaranaoनेपाली
पवित्र कुरान
Wednesday, August 19, 2026
Don't forget us in your sincere prayers







