अत-तौबा · 5/129
अनुवाद उच्चारण — अत-तौबा
فَإِذَا انسَلَخَ الْأَشْهُرُ الْحُرُمُ فَاقْتُلُوا الْمُشْرِكِينَ حَيْثُ وَجَدتُّمُوهُمْ وَخُذُوهُمْ وَاحْصُرُوهُمْ وَاقْعُدُوا لَهُمْ كُلَّ مَرْصَدٍ ۚ فَإِن تَابُوا وَأَقَامُوا الصَّلَاةَ وَآتَوُا الزَّكَاةَ فَخَلُّوا سَبِيلَهُمْ ۚ إِنَّ اللَّهَ غَفُورٌ رَّحِيمٌ ۝٥
Fa izansalakhal Ashhurul Hurumu faqtulul mushrikeena haisu wajattumoohum wa khuzoohum wahsuroohum qaq`udoo lahum kulla marsad; fa-in taaboo wa aqaamus Salaata wa aatawuz Zakaata fakhalloo sabeelahum; innal laaha Ghafoorur Raheem
📖 नेपाली अर्थ
अनि पवित्र महीनाहरू बितिसकेपछि, मुश्रिकहरूलाई जहाँसुकै फेला परे मारिहाल, उनीहरूलाई समात र उनीहरूलाई घेरामा लिइहाल र उनको लागि प्रत्येक घाटीमा बसिराख । तर यदि तिनीहरू प्रायश्चित गर्छन् र नमाज कायम गर्छन् र जÞकात दिन्छन् भने उनीहरूको बाटो छाडिदेऊ । निश्चय नै अल्लाह बडो क्षमाशील, दयावान् छ ।

🎧 सुन्नुहोस्


📜 आयत 3-7 — अत-तौबा

3وَأَذَانٌ مِّنَ اللَّهِ وَرَسُولِهِ إِلَى النَّاسِ يَوْمَ الْحَجِّ الْأَكْبَرِ أَنَّ اللَّهَ بَرِيءٌ مِّنَ الْمُشْرِكِينَ ۙ وَرَسُولُهُ ۚ فَإِن تُبْتُمْ فَهُوَ خَيْرٌ لَّكُمْ ۖ وَإِن تَوَلَّيْتُمْ فَاعْلَمُوا أَنَّكُمْ غَيْرُ مُعْجِزِي اللَّهِ ۗ وَبَشِّرِ الَّذِينَ كَفَرُوا بِعَذَابٍ أَلِيمٍ
र अल्लाह र उसको रसूलको तर्फबाट मानिसहरूलाई ठूलो हजको दिन स्पष्ट जानकारी छ कि अल्लाह र उसको रसूल पनि मुश्रिकहरूबाट बिरक्त छन्, र यदि अहिले पनि तिमीले प्रायश्चित गर्छौ भने तिम्रो निम्ति राम्रो हुनेछ र यदि तिमी मान्दैनौ भने जानिहाल कि तिमी अल्लाहलाई कदापि हराउन सक्दैनौ र काफिरहरूलाई कष्टदायक सजायको समाचार सुनाइदिनुस् ।
4إِلَّا الَّذِينَ عَاهَدتُّم مِّنَ الْمُشْرِكِينَ ثُمَّ لَمْ يَنقُصُوكُمْ شَيْئًا وَلَمْ يُظَاهِرُوا عَلَيْكُمْ أَحَدًا فَأَتِمُّوا إِلَيْهِمْ عَهْدَهُمْ إِلَىٰ مُدَّتِهِمْ ۚ إِنَّ اللَّهَ يُحِبُّ الْمُتَّقِينَ
तर ती मुश्रिकहरू बाहेक जोसित तिम्रो सन्धि भइसकेको छ, र उनीहरूले तिमीलाई अलिकति पनि कुनै प्रकारको नोक्सानी पुर्याएका छैनन्, न त कसैलाई तिम्रो विरोधमा मद्दत गरेका छन्, त तिमी पनि उनीहरूको सन्धिको अवधि उनीहरूको साथमा पुरा गर, अल्लाह आत्मसंयमीहरूलाई मित्र ठान्दछ ।
5فَإِذَا انسَلَخَ الْأَشْهُرُ الْحُرُمُ فَاقْتُلُوا الْمُشْرِكِينَ حَيْثُ وَجَدتُّمُوهُمْ وَخُذُوهُمْ وَاحْصُرُوهُمْ وَاقْعُدُوا لَهُمْ كُلَّ مَرْصَدٍ ۚ فَإِن تَابُوا وَأَقَامُوا الصَّلَاةَ وَآتَوُا الزَّكَاةَ فَخَلُّوا سَبِيلَهُمْ ۚ إِنَّ اللَّهَ غَفُورٌ رَّحِيمٌ
अनि पवित्र महीनाहरू बितिसकेपछि, मुश्रिकहरूलाई जहाँसुकै फेला परे मारिहाल, उनीहरूलाई समात र उनीहरूलाई घेरामा लिइहाल र उनको लागि प्रत्येक घाटीमा बसिराख । तर यदि तिनीहरू प्रायश्चित गर्छन् र नमाज कायम गर्छन् र जÞकात दिन्छन् भने उनीहरूको बाटो छाडिदेऊ । निश्चय नै अल्लाह बडो क्षमाशील, दयावान् छ ।
6وَإِنْ أَحَدٌ مِّنَ الْمُشْرِكِينَ اسْتَجَارَكَ فَأَجِرْهُ حَتَّىٰ يَسْمَعَ كَلَامَ اللَّهِ ثُمَّ أَبْلِغْهُ مَأْمَنَهُ ۚ ذَٰلِكَ بِأَنَّهُمْ قَوْمٌ لَّا يَعْلَمُونَ
र यदि मुश्रिकहरूमध्ये कसैले तिमीसँग शरण माँग्दछ भने तिमीले उसलाई शरण दिइहाल, ताकि उसले अल्लाहको बाणी सुनिहालोस् । त्यस पश्चात उसलाई उसको सुरक्षित स्थानमा पुर्याइदेऊ, किनभने उनीहरू त्यस्ता मानिसहरू हुन् जो अज्ञानी छन् ।
7كَيْفَ يَكُونُ لِلْمُشْرِكِينَ عَهْدٌ عِندَ اللَّهِ وَعِندَ رَسُولِهِ إِلَّا الَّذِينَ عَاهَدتُّمْ عِندَ الْمَسْجِدِ الْحَرَامِ ۖ فَمَا اسْتَقَامُوا لَكُمْ فَاسْتَقِيمُوا لَهُمْ ۚ إِنَّ اللَّهَ يُحِبُّ الْمُتَّقِينَ
मुश्रिकहरूको कुनै सन्धिको जिम्मेवारी अल्लाह र त्यसको रसूलमाथि कसरी बाँकी रहनसक्छ ? तर उनीहरूको कुरा यसबाट अलग्गै छ, जसले तिमीसित मस्जिदे हरामको (कअ्बाको) समीपमा गरेका थिए, जबसम्म उनीहरू तिमीसित सन्धिको निर्वाह गर्दछन्, तिमी पनि उनीहरूसित निर्वाह गर । निश्चय नै अल्लाह सत्यनिष्ठहरूलाई प्रेम गर्दछ ।
अत-तौबाकुरान अनुक्रमणिका
129आयत
MedinanRevelation
5आयत

अनुवाद — अत-तौबा 5

सूरा अत-तौबा आयत 5 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि पवित्र महीनाहरू बितिसकेपछि, मुश्रिकहरूलाई जहाँसुकै फेला परे मारिहाल, उनीहरूलाई…

सूरा आयत 5/129 — अत-तौबा التوبة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अत-तौबा सुन्नुहोस्, अत-तौबा अनुवाद, अत-तौबा mp3, अत-तौबा pdf. आयत 3–7. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers