📖 0/604 पढिएका पृष्ठहरू
📄 507
सूरा मुहम्मद
bismillah
ٱلَّذِينَ كَفَرُواْ وَصَدُّواْ عَن سَبِيلِ ٱللَّهِ أَضَلَّ أَعۡمَٰلَهُمۡ  ۝١ وَٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ وَءَامَنُواْ بِمَا نُزِّلَ عَلَىٰ مُحَمَّدٍ وَهُوَ ٱلۡحَقُّ مِن رَّبِّهِمۡ كَفَّرَ عَنۡهُمۡ سَيِّـَٔاتِهِمۡ وَأَصۡلَحَ بَالَهُمۡ  ۝٢ ذَٰلِكَ بِأَنَّ ٱلَّذِينَ كَفَرُواْ ٱتَّبَعُواْ ٱلۡبَٰطِلَ وَأَنَّ ٱلَّذِينَ ءَامَنُواْ ٱتَّبَعُواْ ٱلۡحَقَّ مِن رَّبِّهِمۡۚ كَذَٰلِكَ يَضۡرِبُ ٱللَّهُ لِلنَّاسِ أَمۡثَٰلَهُمۡ  ۝٣ فَإِذَا لَقِيتُمُ ٱلَّذِينَ كَفَرُواْ فَضَرۡبَ ٱلرِّقَابِ حَتَّىٰٓ إِذَآ أَثۡخَنتُمُوهُمۡ فَشُدُّواْ ٱلۡوَثَاقَ فَإِمَّا مَنَّۢا بَعۡدُ وَإِمَّا فِدَآءً حَتَّىٰ تَضَعَ ٱلۡحَرۡبُ أَوۡزَارَهَاۚ ذَٰلِكَۖ وَلَوۡ يَشَآءُ ٱللَّهُ لَٱنتَصَرَ مِنۡهُمۡ وَلَٰكِن لِّيَبۡلُوَاْ بَعۡضَكُم بِبَعۡضٍۗ وَٱلَّذِينَ قُتِلُواْ فِي سَبِيلِ ٱللَّهِ فَلَن يُضِلَّ أَعۡمَٰلَهُمۡ  ۝٤ سَيَهۡدِيهِمۡ وَيُصۡلِحُ بَالَهُمۡ  ۝٥ وَيُدۡخِلُهُمُ ٱلۡجَنَّةَ عَرَّفَهَا لَهُمۡ  ۝٦ يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِن تَنصُرُواْ ٱللَّهَ يَنصُرۡكُمۡ وَيُثَبِّتۡ أَقۡدَامَكُمۡ  ۝٧ وَٱلَّذِينَ كَفَرُواْ فَتَعۡسًا لَّهُمۡ وَأَضَلَّ أَعۡمَٰلَهُمۡ  ۝٨ ذَٰلِكَ بِأَنَّهُمۡ كَرِهُواْ مَآ أَنزَلَ ٱللَّهُ فَأَحۡبَطَ أَعۡمَٰلَهُمۡ  ۝٩ ۞ أَفَلَمۡ يَسِيرُواْ فِي ٱلۡأَرۡضِ فَيَنظُرُواْ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلَّذِينَ مِن قَبۡلِهِمۡۖ دَمَّرَ ٱللَّهُ عَلَيۡهِمۡۖ وَلِلۡكَٰفِرِينَ أَمۡثَٰلُهَا  ۝١٠ ذَٰلِكَ بِأَنَّ ٱللَّهَ مَوۡلَى ٱلَّذِينَ ءَامَنُواْ وَأَنَّ ٱلۡكَٰفِرِينَ لَا مَوۡلَىٰ لَهُمۡ  ۝١١
सूरा मुहम्मद
bismillah
47:1
ٱلَّذِينَ كَفَرُواْ وَصَدُّواْ عَن سَبِيلِ ٱللَّهِ أَضَلَّ أَعۡمَٰلَهُمۡ  ۝١
जसले इन्कार गरे र (अरु व्यक्तिलाई) अल्लाहको मार्गबाट रोके, अल्लाहले उनीहरूका कर्महरूलाई नष्ट पारिदियो ।
47:2
وَٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ وَءَامَنُواْ بِمَا نُزِّلَ عَلَىٰ مُحَمَّدٍ وَهُوَ ٱلۡحَقُّ مِن رَّبِّهِمۡ كَفَّرَ عَنۡهُمۡ سَيِّـَٔاتِهِمۡ وَأَصۡلَحَ بَالَهُمۡ  ۝٢
र जसले विश्वास गरे र असल कर्म गरिरहे र जुन (किताब) मुहम्मदमाथि अवतरित भएको छ, त्यसलाई मानिराखे, र त्यो नै उनको पालनकर्ताबाट सत्य धर्म हो । त अल्लाहले उनीहरूका गुनाहलाई (पापलाई) हटाइदियो र उनीहरूको अवस्था सुधारिदियो ।
47:3
ذَٰلِكَ بِأَنَّ ٱلَّذِينَ كَفَرُواْ ٱتَّبَعُواْ ٱلۡبَٰطِلَ وَأَنَّ ٱلَّذِينَ ءَامَنُواْ ٱتَّبَعُواْ ٱلۡحَقَّ مِن رَّبِّهِمۡۚ كَذَٰلِكَ يَضۡرِبُ ٱللَّهُ لِلنَّاسِ أَمۡثَٰلَهُمۡ  ۝٣
यो यस कारण हो कि जुन मानिसहरूले इन्कार गरे उनीहरूले असत्यको अनुशरण गरे, र ईमान ल्याउनेहरूले सत्यमा हिंडे, जो उनको पालकर्ताको तर्फबाट छ । यसै प्रकार अल्लाहले मानिसहरूको निम्ति उनीहरूको उदाहरण वर्णन गर्दछ ।
47:4
فَإِذَا لَقِيتُمُ ٱلَّذِينَ كَفَرُواْ فَضَرۡبَ ٱلرِّقَابِ حَتَّىٰٓ إِذَآ أَثۡخَنتُمُوهُمۡ فَشُدُّواْ ٱلۡوَثَاقَ فَإِمَّا مَنَّۢا بَعۡدُ وَإِمَّا فِدَآءً حَتَّىٰ تَضَعَ ٱلۡحَرۡبُ أَوۡزَارَهَاۚ ذَٰلِكَۖ وَلَوۡ يَشَآءُ ٱللَّهُ لَٱنتَصَرَ مِنۡهُمۡ وَلَٰكِن لِّيَبۡلُوَاْ بَعۡضَكُم بِبَعۡضٍۗ وَٱلَّذِينَ قُتِلُواْ فِي سَبِيلِ ٱللَّهِ فَلَن يُضِلَّ أَعۡمَٰلَهُمۡ  ۝٤
अतः जब इन्कार गर्नेहरूसित तिम्रो भिडन्त हुन्छ त (उनीहरूको) गर्दन छिनालिदेऊ यहाँसम्म कि जब उनीहरूलाई राम्ररी थिचिसकेपछि (बाँच्नेहरूलाई) मजबूतसँग बाँधेर पक्राउ गर, अनि पछि या त उपकार गरी छाडिदेऊ अथवा दण्ड दिएर, यहाँसम्म कि शत्रुले लडाईको हतियार आफ्नो हातबाट राखिदिओस् । यो (हुकुम यादराख) यदि अल्लाहले चाहेको भए (अन्य प्रकारले) उनीहरूसित स्वयम् प्रतिशोध लिइहाल्थ्यो । तर उसले चाह्यो कि तिम्रो एउटाको अर्कोसित परीक्षा लेओस् । जुन मानिसहरू अल्लाहको बाटोमा मारिए उनका कर्महरूलाई कहिल्यै खेर फालिनेछैन ।
47:5
سَيَهۡدِيهِمۡ وَيُصۡلِحُ بَالَهُمۡ  ۝٥
उनीहरूलाई (सोझो) बाटो देखाउने छ र उनको अवस्था ठीक पार्नेछ ।
47:6
وَيُدۡخِلُهُمُ ٱلۡجَنَّةَ عَرَّفَهَا لَهُمۡ  ۝٦
र उनीहरूलाई त्यस स्वर्गमा जससित उनीहरूलाई परिचित गराइसकेको छ, प्रवेश गर्नेछ ।
47:7
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِن تَنصُرُواْ ٱللَّهَ يَنصُرۡكُمۡ وَيُثَبِّتۡ أَقۡدَامَكُمۡ  ۝٧
हे ईमानवालाहरू ! यदि तिमिले अल्लाहको धर्मको मद्दत गर्नेछौ भने उसले पनि तिम्रो मद्दत गर्नेछ र तिम्रो पाइलालाई सुदृढ बनाउने छ ।
47:8
وَٱلَّذِينَ كَفَرُواْ فَتَعۡسًا لَّهُمۡ وَأَضَلَّ أَعۡمَٰلَهُمۡ  ۝٨
र जो काफिर भए । उनीहरूकै निम्ति विनाश छ र अल्लाह उनीहरूका कर्महरूलाई नष्ट पारिदिनेछ ।
47:9
ذَٰلِكَ بِأَنَّهُمۡ كَرِهُواْ مَآ أَنزَلَ ٱللَّهُ فَأَحۡبَطَ أَعۡمَٰلَهُمۡ  ۝٩
यो यसकारण कि अल्लाहले जुन कुरो अवतरित गर्यो, उनीहरूले त्यसलाई अप्रिय ठाने, तब अल्लाहले उनीहरूको कर्महरूलाई व्यर्थ पारिदियो ।
47:10
۞ أَفَلَمۡ يَسِيرُواْ فِي ٱلۡأَرۡضِ فَيَنظُرُواْ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلَّذِينَ مِن قَبۡلِهِمۡۖ دَمَّرَ ٱللَّهُ عَلَيۡهِمۡۖ وَلِلۡكَٰفِرِينَ أَمۡثَٰلُهَا  ۝١٠
के उनीहरूले धरतीमा हिंड्डुल गर्दै यो देखेनन् कि जुन मानिसहरू उनीहरूभन्दा पहिला थिए उनीहरूको परिणाम कस्तो भयो ? अल्लाहले उनीहरूलाई नष्ट पारिदियो इन्कार गर्नेहरूलाई यस्तै सजाय हुनेछ ।
47:11
ذَٰلِكَ بِأَنَّ ٱللَّهَ مَوۡلَى ٱلَّذِينَ ءَامَنُواْ وَأَنَّ ٱلۡكَٰفِرِينَ لَا مَوۡلَىٰ لَهُمۡ  ۝١١
यो यसकारण कि जो मोमिन छन् उनीहरूको संरक्षक स्वयम् अल्लाह हो र काफिरहरूको कोही संरक्षक छैन ।


📚 26 📄507 / 604



M Mishary Rashid Alafasy
M Mahmoud Khalil Al-Husary
A Abdurrahman As-Sudais
M Mohamed Siddiq Al-Minshawi
A Abdul Basit Abdul Samad
A Ali Al-Hudhaify
A Ahmed ibn Ali al-Ajamy
A Abu Bakr Ash-Shaatree
M Muhammad Ayyoub
A Abdullah Basfar
A Abdullah Al-Juhani
M Maher Al Muaiqly
0:00
0:00
-

पवित्र कुरान


Thursday, October 15, 2026

Don't forget us in your sincere prayers