सूरा फातिर अरबी र नेपाली

सूरा फातिर पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (45 आयत — مكية). फातिर सुन्नुहोस्, फातिर अनुवाद, फातिर mp3, फातिर pdf.

सूरा फातिर पढ्नुहोस् र सुन्नुहोस्

🎧 आयत
M Mishary Rashid Alafasy
M Mahmoud Khalil Al-Husary
A Abdurrahman As-Sudais
M Mohamed Siddiq Al-Minshawi
A Abdul Basit Abdul Samad
A Ali Al-Hudhaify
A Ahmed ibn Ali al-Ajamy
A Abu Bakr Ash-Shaatree
M Muhammad Ayyoub
A Abdullah Basfar
A Abdullah Al-Juhani
M Maher Al Muaiqly
x1
الْحَمْدُ لِلَّهِ فَاطِرِ السَّمَاوَاتِ وَالْأَرْضِ جَاعِلِ الْمَلَائِكَةِ رُسُلًا أُولِي أَجْنِحَةٍ مَّثْنَىٰ وَثُلَاثَ وَرُبَاعَ ۚ يَزِيدُ فِي الْخَلْقِ مَا يَشَاءُ ۚ إِنَّ اللَّهَ عَلَىٰ كُلِّ شَيْءٍ قَدِيرٌ ۝١
📖 अनुवाद आयत 1
सम्पूर्ण प्रशंसाहरू अल्लाहकै लागि छन्, जो आकाशहरू र धरतीको स्रष्टा हो । (र) दुई–दुई, तीन–तीन, चार–चार पखेटा भएको फरिश्ताहरूलाई सन्देशवाहक बनाउनेवाला हो । उसले (आफ्नो) सृष्टिमा जस्तो चाहन्छ, अभिवृद्धि गर्दछ । निश्चय नै अल्लाहलाई हरेक कुराको सामथ्र्य छ ।
مَّا يَفْتَحِ اللَّهُ لِلنَّاسِ مِن رَّحْمَةٍ فَلَا مُمْسِكَ لَهَا ۖ وَمَا يُمْسِكْ فَلَا مُرْسِلَ لَهُ مِن بَعْدِهِ ۚ وَهُوَ الْعَزِيزُ الْحَكِيمُ ۝٢
📖 अनुवाद आयत 2
अल्लाहले आफ्नो दया मानिसहरूको लागि खोलिदिन्छ भने त्यसलाई बन्द गर्नेवाला कोही छैन् र यदि बन्द गरिदिन्छ भने ऊ पश्चात त्यसलाई कोही खोल्नेवाला छैन । ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।
يَا أَيُّهَا النَّاسُ اذْكُرُوا نِعْمَتَ اللَّهِ عَلَيْكُمْ ۚ هَلْ مِنْ خَالِقٍ غَيْرُ اللَّهِ يَرْزُقُكُم مِّنَ السَّمَاءِ وَالْأَرْضِ ۚ لَا إِلَٰهَ إِلَّا هُوَ ۖ فَأَنَّىٰ تُؤْفَكُونَ ۝٣
📖 अनुवाद आयत 3
हे मानिसहरू ! तिमीमाथि जुन अनुकम्पा अल्लाहले गरेको छ, त्यसलाई स्मरण गर । के अल्लाह बाहेक कोही अरु स्रष्टा छ, जसले तिमीलाई आकाश र धरतीबाट जीविका प्रदान गर्दछ ? उस बाहेक कोही पूज्य छैन । त्यसो भए तिमी कता मार्गविचलित भइराखेका छौ
وَإِن يُكَذِّبُوكَ فَقَدْ كُذِّبَتْ رُسُلٌ مِّن قَبْلِكَ ۚ وَإِلَى اللَّهِ تُرْجَعُ الْأُمُورُ ۝٤
📖 अनुवाद आयत 4
र यदि उनीहरूले तपाईंलाई झूठो भन्छन् भने तपाईंभन्दा अगाडि पनि कैयन् रसूलहरूलाई झूठा भनिएको थियो । र (सबै) काम अल्लाहतिर नै फर्काइनेछ ।
يَا أَيُّهَا النَّاسُ إِنَّ وَعْدَ اللَّهِ حَقٌّ ۖ فَلَا تَغُرَّنَّكُمُ الْحَيَاةُ الدُّنْيَا ۖ وَلَا يَغُرَّنَّكُم بِاللَّهِ الْغَرُورُ ۝٥
📖 अनुवाद आयत 5
हे मानिसहरू ! अल्लाहको वचन सत्य छ । अतः सांसारिक जीवनले तिमीलाई धोकामा नपारोस् र न त्यस धोकेबाज शैतानले अल्लाहको विषयमा तिमीलाई धोकामा पारोस् ।
إِنَّ الشَّيْطَانَ لَكُمْ عَدُوٌّ فَاتَّخِذُوهُ عَدُوًّا ۚ إِنَّمَا يَدْعُو حِزْبَهُ لِيَكُونُوا مِنْ أَصْحَابِ السَّعِيرِ ۝٦
📖 अनुवाद आयत 6
यादराख शैतान तिम्रो शत्रु हो । तिमीले उसलाई शत्रु नै ठान । त्यसले त आफ्नो गिरोहलाई केवल यसकारणले बोलाइराखेको छ कि उनीहरू नर्कको आगोमा शम्मिलित हुनेछन् ।
الَّذِينَ كَفَرُوا لَهُمْ عَذَابٌ شَدِيدٌ ۖ وَالَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ لَهُم مَّغْفِرَةٌ وَأَجْرٌ كَبِيرٌ ۝٧
📖 अनुवाद आयत 7
ती मानिसहरू जसले कि इन्कार गरे उनीहरूको निम्ति कठोर सजाय छ । किन्तु जसले ईमान ल्याए र असल कर्म गरे उनीहरूको निम्ति क्षमा र ठूलो प्रतिफल छ ।
أَفَمَن زُيِّنَ لَهُ سُوءُ عَمَلِهِ فَرَآهُ حَسَنًا ۖ فَإِنَّ اللَّهَ يُضِلُّ مَن يَشَاءُ وَيَهْدِي مَن يَشَاءُ ۖ فَلَا تَذْهَبْ نَفْسُكَ عَلَيْهِمْ حَسَرَاتٍ ۚ إِنَّ اللَّهَ عَلِيمٌ بِمَا يَصْنَعُونَ ۝٨
📖 अनुवाद आयत 8
अनि के त्यो व्यक्ति जसको लागि उसको नराम्रो कर्म आकर्षक बनाइएको छ र जसलाई उसले राम्रो देखदैछ ? निश्चय नै अल्लाह जसलाई चाहन्छ, मार्गबाट वञ्चित राख्दछ र जसलाई चाहन्छ सोझो बाटो देखाउँछ ! तसर्थ उनीहरूको निम्ति अफसोच गर्दा–गर्दै तपाईं प्राण जोखिममा नपार्नुस् । अल्लाहले राम्रोसँग जान्दछ, जे उनीहरूले गरिराखेका छन् ।
وَاللَّهُ الَّذِي أَرْسَلَ الرِّيَاحَ فَتُثِيرُ سَحَابًا فَسُقْنَاهُ إِلَىٰ بَلَدٍ مَّيِّتٍ فَأَحْيَيْنَا بِهِ الْأَرْضَ بَعْدَ مَوْتِهَا ۚ كَذَٰلِكَ النُّشُورُ ۝٩
📖 अनुवाद आयत 9
र अल्लाहले नै हावाहरू चलाउँछ र तिनले बादलहरूलाई उचाल्छन्, अनि हामीले त्यसलाई कुनै शुष्क भू–भागतिर लग्छौं, र त्यसबाट हामीले मृत धरतीलाई जीवित गरिदिन्छौं । यसै प्रकार मानिसहरूलाई पनि दोहर्याएर जीवित भई उठ्नु पर्नेछ ।
مَن كَانَ يُرِيدُ الْعِزَّةَ فَلِلَّهِ الْعِزَّةُ جَمِيعًا ۚ إِلَيْهِ يَصْعَدُ الْكَلِمُ الطَّيِّبُ وَالْعَمَلُ الصَّالِحُ يَرْفَعُهُ ۚ وَالَّذِينَ يَمْكُرُونَ السَّيِّئَاتِ لَهُمْ عَذَابٌ شَدِيدٌ ۖ وَمَكْرُ أُولَٰئِكَ هُوَ يَبُورُ ۝١٠
📖 अनुवाद आयत 10
यदि कसैले सम्मान चाहन्छ भने सम्पूर्ण सम्मान अल्लाहकै लागि हो । उसैतिर सबै राम्रा पवित्र वचनहरू पुग्दछन् र असल कर्मले उनलाई माथि उठाउँछ । र जुन मानिसहरूले नराम्रा षडयन्त्र रच्दछन्, उनीहरूको निम्ति कठोर यातना छ र उनीहरूको यो षडयन्त्र मेटिएर जानेछ ।
وَاللَّهُ خَلَقَكُم مِّن تُرَابٍ ثُمَّ مِن نُّطْفَةٍ ثُمَّ جَعَلَكُمْ أَزْوَاجًا ۚ وَمَا تَحْمِلُ مِنْ أُنثَىٰ وَلَا تَضَعُ إِلَّا بِعِلْمِهِ ۚ وَمَا يُعَمَّرُ مِن مُّعَمَّرٍ وَلَا يُنقَصُ مِنْ عُمُرِهِ إِلَّا فِي كِتَابٍ ۚ إِنَّ ذَٰلِكَ عَلَى اللَّهِ يَسِيرٌ ۝١١
📖 अनुवाद आयत 11
मानिसहरू हो ! अल्लाहले तिमीलाई माटोबाट अनि वीर्यबाट सृष्टि गर्यो, अनि तिमीलाई जोडा–जोडा (लोग्ने–स्वास्नी) बनायो । स्त्री गर्भवती हुनु र बच्चा जन्मनु सबै उसको जानकारीमा हुन्छ । र जुन बढी आयु कसैले प्राप्त गर्दछ र जे–जति कसैको आयुमा कमी हुन्छ, यो सबै किताबमा लेखिएको हुन्छ । यो सबै अल्लाहको निम्ति सरल छ ।
وَمَا يَسْتَوِي الْبَحْرَانِ هَٰذَا عَذْبٌ فُرَاتٌ سَائِغٌ شَرَابُهُ وَهَٰذَا مِلْحٌ أُجَاجٌ ۖ وَمِن كُلٍّ تَأْكُلُونَ لَحْمًا طَرِيًّا وَتَسْتَخْرِجُونَ حِلْيَةً تَلْبَسُونَهَا ۖ وَتَرَى الْفُلْكَ فِيهِ مَوَاخِرَ لِتَبْتَغُوا مِن فَضْلِهِ وَلَعَلَّكُمْ تَشْكُرُونَ ۝١٢
📖 अनुवाद आयत 12
र दुई सागर एकै जस्तो हुँदैनन्, एउटा (को पानी) मिठो स्वादिलो छ, तिर्खा मिटाउँछ पिउनमा रुचिकर छ र अर्का (को पानी) नुनिलो छ, बेस्वाद र तिमीले प्रत्येकबाट ताजा मासु खान्छौ र आभूषण निकाल्दछौ, जुन तिमीले पहिरन्छौ । र तिमीले हेर्दछौ कि ठूल–ठूला डुङ्गाहरूले पानीलाई चिर्दै गइराखेका छन्, ताकि (यसबाट) तिमीले उसको उदार अनुग्रह खोज, र तिमी उसप्रति आभरी बन ।
يُولِجُ اللَّيْلَ فِي النَّهَارِ وَيُولِجُ النَّهَارَ فِي اللَّيْلِ وَسَخَّرَ الشَّمْسَ وَالْقَمَرَ كُلٌّ يَجْرِي لِأَجَلٍ مُّسَمًّى ۚ ذَٰلِكُمُ اللَّهُ رَبُّكُمْ لَهُ الْمُلْكُ ۚ وَالَّذِينَ تَدْعُونَ مِن دُونِهِ مَا يَمْلِكُونَ مِن قِطْمِيرٍ ۝١٣
📖 अनुवाद आयत 13
उसले रातलाई दिनमा प्रविष्ट गराउँदछ र दिनलाई रातमा प्रविष्ट गराउँदछ । र उसले सूर्य र चन्द्रलाई काममा लगाइराखेको छ । प्रत्येक कुरो एक निर्धारित समयमा चलिराखेको छ । यही अल्लाह तिम्रो सबैको पालनकर्ता हो । उसैको सत्ता छ, उसबाहेक तिमीले जसलाई पुकार्दछौ, उनीहरू त खजूरको गेडोको बोक्रा बराबर पनि (कुनै कुराको) मालिक छैनन् ।
إِن تَدْعُوهُمْ لَا يَسْمَعُوا دُعَاءَكُمْ وَلَوْ سَمِعُوا مَا اسْتَجَابُوا لَكُمْ ۖ وَيَوْمَ الْقِيَامَةِ يَكْفُرُونَ بِشِرْكِكُمْ ۚ وَلَا يُنَبِّئُكَ مِثْلُ خَبِيرٍ ۝١٤
📖 अनुवाद आयत 14
यदि तिमी उनीहरूलाई पुकार्दछौ भने उनीहरू तिम्रो पुकार सुन्ने छैनन् । र यदि (मानिलिउँ) सुनि पनि हालेछन् भने तिम्रो कुरालाई स्वीकार गर्न सक्ने छैनन् र कियामतको दिन उनीहरूले तिम्रो यस शिर्क ठहराउने कुरोबाट इन्कार गर्नेछन्, र तपाईंलाई कसैले अल्लाह झैं खबरहरू दिनेछैन ।
۞ يَا أَيُّهَا النَّاسُ أَنتُمُ الْفُقَرَاءُ إِلَى اللَّهِ ۖ وَاللَّهُ هُوَ الْغَنِيُّ الْحَمِيدُ ۝١٥
📖 अनुवाद आयत 15
हे मानिसहरू! तिमी अल्लाहको मुखापेक्षी (भिखारी) हौ र अल्लाह त निष्पृह, र सर्वगुणवान छ ।
إِن يَشَأْ يُذْهِبْكُمْ وَيَأْتِ بِخَلْقٍ جَدِيدٍ ۝١٦
📖 अनुवाद आयत 16
यदि उसले चाहने हो भने तिमीलाई मेटाउन सक्छ र एउटा नयाँ सृष्टि बनाउन सक्छ ।
وَمَا ذَٰلِكَ عَلَى اللَّهِ بِعَزِيزٍ ۝١٧
📖 अनुवाद आयत 17
र यो कुरा अल्लाहको निम्ति केही कठिन छैन ।
وَلَا تَزِرُ وَازِرَةٌ وِزْرَ أُخْرَىٰ ۚ وَإِن تَدْعُ مُثْقَلَةٌ إِلَىٰ حِمْلِهَا لَا يُحْمَلْ مِنْهُ شَيْءٌ وَلَوْ كَانَ ذَا قُرْبَىٰ ۗ إِنَّمَا تُنذِرُ الَّذِينَ يَخْشَوْنَ رَبَّهُم بِالْغَيْبِ وَأَقَامُوا الصَّلَاةَ ۚ وَمَن تَزَكَّىٰ فَإِنَّمَا يَتَزَكَّىٰ لِنَفْسِهِ ۚ وَإِلَى اللَّهِ الْمَصِيرُ ۝١٨
📖 अनुवाद आयत 18
कुनै भारी बोक्नेले अर्काको भारी बोक्ने छैन । र यदि कोही भारीले थिचिएको व्यक्तिले आफ्नो भारी बोक्न अरुलाई बोलाउने छ भने त्यसबाट उसले केही पनि उठाउने छैन, यद्यपि त्यो निकटकै सम्बन्धि नै किन नहोस् । तपाईंले त ती मानिसहरूलाई मात्र सावधान गर्न सक्नु हुन्छ, जो नदेखिकन् पनि आफ्नो पालनकर्तासित डराउँछन् र नियमित नमाज पढ्दै गर्छन् र जो व्यक्ति पवित्र बन्दछ त्यो आफ्नो निम्ति नै पवित्र हुनेछ । र अल्लाहतिर नै फर्केर जानुपर्ने छ ।
وَمَا يَسْتَوِي الْأَعْمَىٰ وَالْبَصِيرُ ۝١٩
📖 अनुवाद आयत 19
र अन्धो र आँखा देखने (मानिस) समान छैनन् ।
وَلَا الظُّلُمَاتُ وَلَا النُّورُ ۝٢٠
📖 अनुवाद आयत 20
र नत अँध्यारो र उज्यालो
وَلَا الظِّلُّ وَلَا الْحَرُورُ ۝٢١
📖 अनुवाद आयत 21
र न छायाँ र घाम
وَمَا يَسْتَوِي الْأَحْيَاءُ وَلَا الْأَمْوَاتُ ۚ إِنَّ اللَّهَ يُسْمِعُ مَن يَشَاءُ ۖ وَمَا أَنتَ بِمُسْمِعٍ مَّن فِي الْقُبُورِ ۝٢٢
📖 अनुवाद आयत 22
र जीवित र मृत बराबर हुनसक्दैनन् । अल्लाहले जसलाई चाहन्छ, सुनाइदिन्छ र तपाईंले उनीहरूलाई जो चिहानहरूमा छन्, सुनाउन सक्नुहुन्न ।
إِنْ أَنتَ إِلَّا نَذِيرٌ ۝٢٣
📖 अनुवाद आयत 23
तपाईं त मात्र सचेतकर्ता हौ ।
إِنَّا أَرْسَلْنَاكَ بِالْحَقِّ بَشِيرًا وَنَذِيرًا ۚ وَإِن مِّنْ أُمَّةٍ إِلَّا خَلَا فِيهَا نَذِيرٌ ۝٢٤
📖 अनुवाद आयत 24
हामीले नै तपाईंलाई सत्यको साथ शुभसूचना सुनाउनेवाला र डर देखाउनेवाला बनाएर पठाएका छौं, र कुनै समुदाय यस्तो भएन जसमा कुनै डराउनेवाला भएको नहोस् ।
وَإِن يُكَذِّبُوكَ فَقَدْ كَذَّبَ الَّذِينَ مِن قَبْلِهِمْ جَاءَتْهُمْ رُسُلُهُم بِالْبَيِّنَاتِ وَبِالزُّبُرِ وَبِالْكِتَابِ الْمُنِيرِ ۝٢٥
📖 अनुवाद आयत 25
र यदि उनीहरूले तपाईंलाई झूठा भन्छन् भने जो उनीभन्दा पहिला थिए उनीहरूले पनि झूठा भनिसकेका छन् । उनीहरूको रसूलले पनि उनको पासमा स्पष्ट प्रमाण, चमत्कार र अल्लाहको किताब लिएर आएका थिए ।
ثُمَّ أَخَذْتُ الَّذِينَ كَفَرُوا ۖ فَكَيْفَ كَانَ نَكِيرِ ۝٢٦
📖 अनुवाद आयत 26
अनि मैले इन्कारीहरूलाई समातिहालें, तसर्थ मेरो सजाय कस्तो रह्यो ।
أَلَمْ تَرَ أَنَّ اللَّهَ أَنزَلَ مِنَ السَّمَاءِ مَاءً فَأَخْرَجْنَا بِهِ ثَمَرَاتٍ مُّخْتَلِفًا أَلْوَانُهَا ۚ وَمِنَ الْجِبَالِ جُدَدٌ بِيضٌ وَحُمْرٌ مُّخْتَلِفٌ أَلْوَانُهَا وَغَرَابِيبُ سُودٌ ۝٢٧
📖 अनुवाद आयत 27
के तपाईंले यसलाई देख्नु भएन कि अल्लाहले आकाशबाट पानी बर्सायो अनि त्यसबाट हामीले अनेक रङ्गका फलहरू उत्पन्न गर्यौं र पहाडहरूको पनि अनेक भाग छन् सेता र राता विभिन्न रङ्गका धर्काहरू पाइन्छन् र (कोही) धेरै कालो पनि ।
وَمِنَ النَّاسِ وَالدَّوَابِّ وَالْأَنْعَامِ مُخْتَلِفٌ أَلْوَانُهُ كَذَٰلِكَ ۗ إِنَّمَا يَخْشَى اللَّهَ مِنْ عِبَادِهِ الْعُلَمَاءُ ۗ إِنَّ اللَّهَ عَزِيزٌ غَفُورٌ ۝٢٨
📖 अनुवाद आयत 28
र यस्तै मानिसहरू, जनावरहरू र चौपायाहरूमा पनि कैयन् प्रकारका रङ्गहरू छन् । र अल्लाहसित उसका तिनै सेवकहरू डर मान्छन् जो ज्ञानी छन् । निश्चय नै अल्लाह अधिपत्यशाली, क्षमाशील छ ।
إِنَّ الَّذِينَ يَتْلُونَ كِتَابَ اللَّهِ وَأَقَامُوا الصَّلَاةَ وَأَنفَقُوا مِمَّا رَزَقْنَاهُمْ سِرًّا وَعَلَانِيَةً يَرْجُونَ تِجَارَةً لَّن تَبُورَ ۝٢٩
📖 अनुवाद आयत 29
जुन मानिसहरूले अल्लाहको किताब पढ्दछन् र नमाज नटुटाइकन पढ्छन् र जेजति हामीले उनीहरूलाई प्रदान गरेका छौं, त्यसबाट प्रत्यक्ष र परोक्षरूपले खर्च गर्दछन्, तिनीहरू त्यस्तो व्यापारको उम्मेदवार छन् जुन कि कहिल्यै घाटामा हुनेछैन ।
لِيُوَفِّيَهُمْ أُجُورَهُمْ وَيَزِيدَهُم مِّن فَضْلِهِ ۚ إِنَّهُ غَفُورٌ شَكُورٌ ۝٣٠
📖 अनुवाद आयत 30
किनभने (अल्लाह) उनीहरूलाई पूरा–पूर प्रतिफल दिनेछ र आफ्नो उदार अनुग्रहले केही बढी पनि दिनेछ । निःसन्देह ऊ धेरै क्षमाशील र गुणग्राही छ ।
وَالَّذِي أَوْحَيْنَا إِلَيْكَ مِنَ الْكِتَابِ هُوَ الْحَقُّ مُصَدِّقًا لِّمَا بَيْنَ يَدَيْهِ ۗ إِنَّ اللَّهَ بِعِبَادِهِ لَخَبِيرٌ بَصِيرٌ ۝٣١
📖 अनुवाद आयत 31
र यो किताब जुन हामीले तपार्इंतिर वह्यको रूपमा पठाएका छौं, यो बिल्कुल सत्य छ जसले यसभन्दा पहिलाका किताबहरूको पनि पुष्टि गर्दछ, अल्लाह आफ्ना सेवकहरूको सबै कुरासित अवगत र सबै देख्नेवाला छ ।
ثُمَّ أَوْرَثْنَا الْكِتَابَ الَّذِينَ اصْطَفَيْنَا مِنْ عِبَادِنَا ۖ فَمِنْهُمْ ظَالِمٌ لِّنَفْسِهِ وَمِنْهُم مُّقْتَصِدٌ وَمِنْهُمْ سَابِقٌ بِالْخَيْرَاتِ بِإِذْنِ اللَّهِ ۚ ذَٰلِكَ هُوَ الْفَضْلُ الْكَبِيرُ ۝٣٢
📖 अनुवाद आयत 32
अनि हामीले ती मानिसहरूलाई यस किताबको उत्तराधिकारी बनायौं, जसलाई आफ्ना सेवकहरूमध्ये रोज्यौं । उनीहरूमध्ये केही त आफैंले आफूमाथि अत्याचार गर्दछन् र उनीहरूमध्ये केही मध्यम श्रेणीका छन् र अल्लाहको आदेशले तिनीहरूमध्ये केही असल कर्ममा वृद्धि गर्दै गइरहन्छन् । यही नै ठूलो उपकार हो ।
جَنَّاتُ عَدْنٍ يَدْخُلُونَهَا يُحَلَّوْنَ فِيهَا مِنْ أَسَاوِرَ مِن ذَهَبٍ وَلُؤْلُؤًا ۖ وَلِبَاسُهُمْ فِيهَا حَرِيرٌ ۝٣٣
📖 अनुवाद आयत 33
(ती मानिसहरूको निम्ति) सधैं रहने बगैंचाहरू (छन्), जसमा उनीहरू प्रवेश गर्नेछन् । त्यहाँ उनीहरूलाई सुनका कङ्गनहरू र मोतीको आभूषण पहिराइनेछ । र त्यहाँ उनीहरूको बस्त्र रेशमको हुनेछ ।
وَقَالُوا الْحَمْدُ لِلَّهِ الَّذِي أَذْهَبَ عَنَّا الْحَزَنَ ۖ إِنَّ رَبَّنَا لَغَفُورٌ شَكُورٌ ۝٣٤
📖 अनुवाद आयत 34
र उनीहरूले भन्नेछन्ः ‘‘अल्लाहको धेरै–धेरै कृपा छ जसले हामीबाट दुःख (चिन्ता) हटाइदियो । निश्चय नै हाम्रो पालनकर्ता अत्यन्तै क्षमाशील, बडो गुणग्राही छ ।
الَّذِي أَحَلَّنَا دَارَ الْمُقَامَةِ مِن فَضْلِهِ لَا يَمَسُّنَا فِيهَا نَصَبٌ وَلَا يَمَسُّنَا فِيهَا لُغُوبٌ ۝٣٥
📖 अनुवाद आयत 35
जसले हामीलाई आफ्नो कृपाले सधैं बस्ने घरमा उतारेको छ । यहाँ नत हामीलाई कुनै कष्ट हुनेछ र न हामीलाई थकाइ नै लाग्नेछ ।’’
وَالَّذِينَ كَفَرُوا لَهُمْ نَارُ جَهَنَّمَ لَا يُقْضَىٰ عَلَيْهِمْ فَيَمُوتُوا وَلَا يُخَفَّفُ عَنْهُم مِّنْ عَذَابِهَا ۚ كَذَٰلِكَ نَجْزِي كُلَّ كَفُورٍ ۝٣٦
📖 अनुवाद आयत 36
र जुन मानिसहरूले कुफ्र गरे, उनीहरूको लागि नर्कको आगो छ, नत उनीहरूलाई मृत्यु आउनेछ कि मरिहालुन् र न उनको सजाय नै उनीहरूबाट हल्का गरिनेछ । हामीले हरेक काफिरलाई यस्तै सजाय दिने गर्दछौं ।
وَهُمْ يَصْطَرِخُونَ فِيهَا رَبَّنَا أَخْرِجْنَا نَعْمَلْ صَالِحًا غَيْرَ الَّذِي كُنَّا نَعْمَلُ ۚ أَوَلَمْ نُعَمِّرْكُم مَّا يَتَذَكَّرُ فِيهِ مَن تَذَكَّرَ وَجَاءَكُمُ النَّذِيرُ ۖ فَذُوقُوا فَمَا لِلظَّالِمِينَ مِن نَّصِيرٍ ۝٣٧
📖 अनुवाद आयत 37
र उनीहरू त्यसमा कराउनेछन् कि ‘‘हे हाम्रो पालनकर्ता ! हामीहरूलाई (यहाँबाट) निकालिहाल ! (अब) हामीले असल कर्म गर्नेछौं, नकि त्यो जुन अघि गर्ने गर्दथ्यौं’’ । (अल्लाहले भन्नेछ) के ‘‘हामीले तिमीलाई यति उमेर दिएका थिएनौं कि त्यसमा जे सोच्न चाहन्थ्यौ सोचिहाल्थ्यौ, र तिम्रो पासमा सचेतकर्ता पनि आयो । तसर्थ अब स्वाद चाखिराख यस्ता अत्याचारीहरूको कोही मद्दतगार (सहायक) छैन ।’’
إِنَّ اللَّهَ عَالِمُ غَيْبِ السَّمَاوَاتِ وَالْأَرْضِ ۚ إِنَّهُ عَلِيمٌ بِذَاتِ الصُّدُورِ ۝٣٨
📖 अनुवाद आयत 38
निःसन्देह अल्लाह आकाशहरू र धरतीमा लुकेका अदृश्य कुरा जान्नेवाला छ । उसले त हृदयभित्रको कुरासम्म पनि जान्दछ ।
هُوَ الَّذِي جَعَلَكُمْ خَلَائِفَ فِي الْأَرْضِ ۚ فَمَن كَفَرَ فَعَلَيْهِ كُفْرُهُ ۖ وَلَا يَزِيدُ الْكَافِرِينَ كُفْرُهُمْ عِندَ رَبِّهِمْ إِلَّا مَقْتًا ۖ وَلَا يَزِيدُ الْكَافِرِينَ كُفْرُهُمْ إِلَّا خَسَارًا ۝٣٩
📖 अनुवाद आयत 39
उही हो जसले तिमीलाई धरतीमा आबाद गर्यो । अब जोसुकैले इन्कार गर्नेछ, उसको इन्कारको नोक्सानी उसैलाई नै हुनेछ । इन्कार गर्नेवालाहरूको इन्कार उनीहरूको पालनकर्ताको प्रकोप नै बढाउँदछ, र इन्कार गर्नेवालाहरूको लागि इन्कार घाटामा नै अझै वृद्धिको कारण बन्दछ ।
قُلْ أَرَأَيْتُمْ شُرَكَاءَكُمُ الَّذِينَ تَدْعُونَ مِن دُونِ اللَّهِ أَرُونِي مَاذَا خَلَقُوا مِنَ الْأَرْضِ أَمْ لَهُمْ شِرْكٌ فِي السَّمَاوَاتِ أَمْ آتَيْنَاهُمْ كِتَابًا فَهُمْ عَلَىٰ بَيِّنَتٍ مِّنْهُ ۚ بَلْ إِن يَعِدُ الظَّالِمُونَ بَعْضُهُم بَعْضًا إِلَّا غُرُورًا ۝٤٠
📖 अनुवाद आयत 40
तपाईंले भन्नुस् कि तिमीले आफूले ठहराएका साझेदारहरूको अवस्था बताऊ, जसलाई तिमीले अल्लाहलाई छोडेर पूज्ने गर्दथ्यौ ?’’ मलाई देखाऊ कि उनीहरूले धरतीको कुनचाहिँ भाग सृष्टि गरेका छन् वा आकाशहरूमा उनीहरूको कुनै भागिदारी छ ?’’ वा हामीले उनीहरूलाई कुनै किताब प्रदान गर्यौं कि, उसको स्पष्ट प्रमाण उनीहरूको पक्षमा होस् ? (होइन) बरु ती अत्याचारीहरू आपसमा एक अर्कासित मात्र धोकाको कुराहरूका वाचा गरिराखेका छन् ।
۞ إِنَّ اللَّهَ يُمْسِكُ السَّمَاوَاتِ وَالْأَرْضَ أَن تَزُولَا ۚ وَلَئِن زَالَتَا إِنْ أَمْسَكَهُمَا مِنْ أَحَدٍ مِّن بَعْدِهِ ۚ إِنَّهُ كَانَ حَلِيمًا غَفُورًا ۝٤١
📖 अनुवाद आयत 41
यो निश्चित छ कि अल्लाहले नै आकाशहरू र धरतीलाई थामिराखेको छ कि उनीहरू नहटुन्, यदि (आफ्नो ठाउँबाट) उनीहरू हटे भने अल्लाह बाहेक कोही पनि उनीहरूलाई थाम्न सक्दैन । ऊ बडो सहनशील क्षमा गर्नेवाला छ ।
وَأَقْسَمُوا بِاللَّهِ جَهْدَ أَيْمَانِهِمْ لَئِن جَاءَهُمْ نَذِيرٌ لَّيَكُونُنَّ أَهْدَىٰ مِنْ إِحْدَى الْأُمَمِ ۖ فَلَمَّا جَاءَهُمْ نَذِيرٌ مَّا زَادَهُمْ إِلَّا نُفُورًا ۝٤٢
📖 अनुवाद आयत 42
र यिनीहरूले (काफिरहरूले) अल्लाहसमक्ष ठूलो–ठूलो शपथ खान्छन् कि यदि उनको पासमा कोही सचेतकर्ता आउँछ भने यिनीहरू हरेक समुदायभन्दा बढी सोझो मार्गमा हुनेछन्, तर जब उनको पासमा सचेतकर्ता आयो तब उससित उनीहरूको घृणा नै बढ्यो ।
اسْتِكْبَارًا فِي الْأَرْضِ وَمَكْرَ السَّيِّئِ ۚ وَلَا يَحِيقُ الْمَكْرُ السَّيِّئُ إِلَّا بِأَهْلِهِ ۚ فَهَلْ يَنظُرُونَ إِلَّا سُنَّتَ الْأَوَّلِينَ ۚ فَلَن تَجِدَ لِسُنَّتِ اللَّهِ تَبْدِيلًا ۖ وَلَن تَجِدَ لِسُنَّتِ اللَّهِ تَحْوِيلًا ۝٤٣
📖 अनुवाद आयत 43
संसारमा आफूलाई ठूलो ठान्नुको कारण र उनको खराब कार्यबाट ती नराम्रो कर्मको हानि ती काम गर्नेहरूमाथि नै पर्छ । त के यिनीहरू त्यसैको प्रतीक्षा गरिराखेका छन् ? जुन पहिलाका मानिसहरूसँग हुने गरेको थियो । तसर्थ तिमीले अल्लाहको कानूनमा कदापि कुनै परिवर्तन पाउने छैनौ र न तिमी अल्लाहको कानूनलाई कहिल्यै परिवर्तित भइराखेको पाउनेछौ ।
أَوَلَمْ يَسِيرُوا فِي الْأَرْضِ فَيَنظُرُوا كَيْفَ كَانَ عَاقِبَةُ الَّذِينَ مِن قَبْلِهِمْ وَكَانُوا أَشَدَّ مِنْهُمْ قُوَّةً ۚ وَمَا كَانَ اللَّهُ لِيُعْجِزَهُ مِن شَيْءٍ فِي السَّمَاوَاتِ وَلَا فِي الْأَرْضِ ۚ إِنَّهُ كَانَ عَلِيمًا قَدِيرًا ۝٤٤
📖 अनुवाद आयत 44
के उनीहरूले धरतीमा घुमफिर गर्दैनन् । जसबाट देखुन् कि उनीहरूको परिणाम के भयो ? जो यिनीभन्दा पहिला थिए र यिनीहरूभन्दा शक्तिमा धेरै बढी थिए । र अल्लाह यस्तो छैन कि आकाशहरूमा र धरतीमा कुनै कुराले उसलाई हराइदेओस् । ऊ ठूलो सर्वज्ञ, सामथ्र्यवान छ ।
وَلَوْ يُؤَاخِذُ اللَّهُ النَّاسَ بِمَا كَسَبُوا مَا تَرَكَ عَلَىٰ ظَهْرِهَا مِن دَابَّةٍ وَلَٰكِن يُؤَخِّرُهُمْ إِلَىٰ أَجَلٍ مُّسَمًّى ۖ فَإِذَا جَاءَ أَجَلُهُمْ فَإِنَّ اللَّهَ كَانَ بِعِبَادِهِ بَصِيرًا ۝٤٥
📖 अनुवाद आयत 45
र यदि अल्लाहले मानिसहरूलाई उनीहरूको आचरणको कारण समात्न थालेको भए धरतीको कुनै जीवधारीलाई पनि छोडने थिएन । तर अल्लाहले उनीहरूलाई एक निश्चित समयसम्म अवसर दिएको छ । अनि जब उनीहरूको निर्धारित समय आइपुग्नेछ त निश्चय नै अल्लाह आफ्ना सेवकहरूलाई हेरिसक्ने छ ।
← 34 फातिर (35/114) 36 →
पढ्नुहोस् सूरा फातिर नेपाली – अनुवाद, उच्चारण र अडियो

35فاطر Fatir 📚 45 आयत مكية



पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers