फातिर · 7/45
अनुवाद उच्चारण — फातिर
الَّذِينَ كَفَرُوا لَهُمْ عَذَابٌ شَدِيدٌ ۖ وَالَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ لَهُم مَّغْفِرَةٌ وَأَجْرٌ كَبِيرٌ ۝٧
Allazeena kafaroo lahum `azaabun shadeed; wallazeena aamanoo wa `amilus saalihaati lahum maghfiratunw wa ajrun kabeer
📖 नेपाली अर्थ
ती मानिसहरू जसले कि इन्कार गरे उनीहरूको निम्ति कठोर सजाय छ । किन्तु जसले ईमान ल्याए र असल कर्म गरे उनीहरूको निम्ति क्षमा र ठूलो प्रतिफल छ ।
🎧 सुन्नुहोस्

📜 आयत 5-9 — फातिर

5يَا أَيُّهَا النَّاسُ إِنَّ وَعْدَ اللَّهِ حَقٌّ ۖ فَلَا تَغُرَّنَّكُمُ الْحَيَاةُ الدُّنْيَا ۖ وَلَا يَغُرَّنَّكُم بِاللَّهِ الْغَرُورُ
हे मानिसहरू ! अल्लाहको वचन सत्य छ । अतः सांसारिक जीवनले तिमीलाई धोकामा नपारोस् र न त्यस धोकेबाज शैतानले अल्लाहको विषयमा तिमीलाई धोकामा पारोस् ।
6إِنَّ الشَّيْطَانَ لَكُمْ عَدُوٌّ فَاتَّخِذُوهُ عَدُوًّا ۚ إِنَّمَا يَدْعُو حِزْبَهُ لِيَكُونُوا مِنْ أَصْحَابِ السَّعِيرِ
यादराख शैतान तिम्रो शत्रु हो । तिमीले उसलाई शत्रु नै ठान । त्यसले त आफ्नो गिरोहलाई केवल यसकारणले बोलाइराखेको छ कि उनीहरू नर्कको आगोमा शम्मिलित हुनेछन् ।
7الَّذِينَ كَفَرُوا لَهُمْ عَذَابٌ شَدِيدٌ ۖ وَالَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ لَهُم مَّغْفِرَةٌ وَأَجْرٌ كَبِيرٌ
ती मानिसहरू जसले कि इन्कार गरे उनीहरूको निम्ति कठोर सजाय छ । किन्तु जसले ईमान ल्याए र असल कर्म गरे उनीहरूको निम्ति क्षमा र ठूलो प्रतिफल छ ।
8أَفَمَن زُيِّنَ لَهُ سُوءُ عَمَلِهِ فَرَآهُ حَسَنًا ۖ فَإِنَّ اللَّهَ يُضِلُّ مَن يَشَاءُ وَيَهْدِي مَن يَشَاءُ ۖ فَلَا تَذْهَبْ نَفْسُكَ عَلَيْهِمْ حَسَرَاتٍ ۚ إِنَّ اللَّهَ عَلِيمٌ بِمَا يَصْنَعُونَ
अनि के त्यो व्यक्ति जसको लागि उसको नराम्रो कर्म आकर्षक बनाइएको छ र जसलाई उसले राम्रो देखदैछ ? निश्चय नै अल्लाह जसलाई चाहन्छ, मार्गबाट वञ्चित राख्दछ र जसलाई चाहन्छ सोझो बाटो देखाउँछ ! तसर्थ उनीहरूको निम्ति अफसोच गर्दा–गर्दै तपाईं प्राण जोखिममा नपार्नुस् । अल्लाहले राम्रोसँग जान्दछ, जे उनीहरूले गरिराखेका छन् ।
9وَاللَّهُ الَّذِي أَرْسَلَ الرِّيَاحَ فَتُثِيرُ سَحَابًا فَسُقْنَاهُ إِلَىٰ بَلَدٍ مَّيِّتٍ فَأَحْيَيْنَا بِهِ الْأَرْضَ بَعْدَ مَوْتِهَا ۚ كَذَٰلِكَ النُّشُورُ
र अल्लाहले नै हावाहरू चलाउँछ र तिनले बादलहरूलाई उचाल्छन्, अनि हामीले त्यसलाई कुनै शुष्क भू–भागतिर लग्छौं, र त्यसबाट हामीले मृत धरतीलाई जीवित गरिदिन्छौं । यसै प्रकार मानिसहरूलाई पनि दोहर्याएर जीवित भई उठ्नु पर्नेछ ।
फातिरकुरान अनुक्रमणिका
45आयत
MeccanRevelation
7आयत

अनुवाद — फातिर 7

सूरा फातिर आयत 7 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : ती मानिसहरू जसले कि इन्कार गरे उनीहरूको निम्ति कठोर सजाय…

सूरा आयत 7/45 — फातिर فاطر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: फातिर सुन्नुहोस्, फातिर अनुवाद, फातिर mp3, फातिर pdf. आयत 5–9. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers