फातिर · 13/45
अनुवाद उच्चारण — फातिर
يُولِجُ اللَّيْلَ فِي النَّهَارِ وَيُولِجُ النَّهَارَ فِي اللَّيْلِ وَسَخَّرَ الشَّمْسَ وَالْقَمَرَ كُلٌّ يَجْرِي لِأَجَلٍ مُّسَمًّى ۚ ذَٰلِكُمُ اللَّهُ رَبُّكُمْ لَهُ الْمُلْكُ ۚ وَالَّذِينَ تَدْعُونَ مِن دُونِهِ مَا يَمْلِكُونَ مِن قِطْمِيرٍ ۝١٣
Yoolijul laila fin nahaari wa yoolijun nahaara fil laili wa sakhkharash shamsa wal qamara kulluny yajree li ajalim musammaa; zaalikumul lahuu Rabbukum lahul mulk; wallazeena tad`oona min doonihee maa yamlikoona min qitmeer
📖 नेपाली अर्थ
उसले रातलाई दिनमा प्रविष्ट गराउँदछ र दिनलाई रातमा प्रविष्ट गराउँदछ । र उसले सूर्य र चन्द्रलाई काममा लगाइराखेको छ । प्रत्येक कुरो एक निर्धारित समयमा चलिराखेको छ । यही अल्लाह तिम्रो सबैको पालनकर्ता हो । उसैको सत्ता छ, उसबाहेक तिमीले जसलाई पुकार्दछौ, उनीहरू त खजूरको गेडोको बोक्रा बराबर पनि (कुनै कुराको) मालिक छैनन् ।
🎧 सुन्नुहोस्

📜 आयत 11-15 — फातिर

11وَاللَّهُ خَلَقَكُم مِّن تُرَابٍ ثُمَّ مِن نُّطْفَةٍ ثُمَّ جَعَلَكُمْ أَزْوَاجًا ۚ وَمَا تَحْمِلُ مِنْ أُنثَىٰ وَلَا تَضَعُ إِلَّا بِعِلْمِهِ ۚ وَمَا يُعَمَّرُ مِن مُّعَمَّرٍ وَلَا يُنقَصُ مِنْ عُمُرِهِ إِلَّا فِي كِتَابٍ ۚ إِنَّ ذَٰلِكَ عَلَى اللَّهِ يَسِيرٌ
मानिसहरू हो ! अल्लाहले तिमीलाई माटोबाट अनि वीर्यबाट सृष्टि गर्यो, अनि तिमीलाई जोडा–जोडा (लोग्ने–स्वास्नी) बनायो । स्त्री गर्भवती हुनु र बच्चा जन्मनु सबै उसको जानकारीमा हुन्छ । र जुन बढी आयु कसैले प्राप्त गर्दछ र जे–जति कसैको आयुमा कमी हुन्छ, यो सबै किताबमा लेखिएको हुन्छ । यो सबै अल्लाहको निम्ति सरल छ ।
12وَمَا يَسْتَوِي الْبَحْرَانِ هَٰذَا عَذْبٌ فُرَاتٌ سَائِغٌ شَرَابُهُ وَهَٰذَا مِلْحٌ أُجَاجٌ ۖ وَمِن كُلٍّ تَأْكُلُونَ لَحْمًا طَرِيًّا وَتَسْتَخْرِجُونَ حِلْيَةً تَلْبَسُونَهَا ۖ وَتَرَى الْفُلْكَ فِيهِ مَوَاخِرَ لِتَبْتَغُوا مِن فَضْلِهِ وَلَعَلَّكُمْ تَشْكُرُونَ
र दुई सागर एकै जस्तो हुँदैनन्, एउटा (को पानी) मिठो स्वादिलो छ, तिर्खा मिटाउँछ पिउनमा रुचिकर छ र अर्का (को पानी) नुनिलो छ, बेस्वाद र तिमीले प्रत्येकबाट ताजा मासु खान्छौ र आभूषण निकाल्दछौ, जुन तिमीले पहिरन्छौ । र तिमीले हेर्दछौ कि ठूल–ठूला डुङ्गाहरूले पानीलाई चिर्दै गइराखेका छन्, ताकि (यसबाट) तिमीले उसको उदार अनुग्रह खोज, र तिमी उसप्रति आभरी बन ।
13يُولِجُ اللَّيْلَ فِي النَّهَارِ وَيُولِجُ النَّهَارَ فِي اللَّيْلِ وَسَخَّرَ الشَّمْسَ وَالْقَمَرَ كُلٌّ يَجْرِي لِأَجَلٍ مُّسَمًّى ۚ ذَٰلِكُمُ اللَّهُ رَبُّكُمْ لَهُ الْمُلْكُ ۚ وَالَّذِينَ تَدْعُونَ مِن دُونِهِ مَا يَمْلِكُونَ مِن قِطْمِيرٍ
उसले रातलाई दिनमा प्रविष्ट गराउँदछ र दिनलाई रातमा प्रविष्ट गराउँदछ । र उसले सूर्य र चन्द्रलाई काममा लगाइराखेको छ । प्रत्येक कुरो एक निर्धारित समयमा चलिराखेको छ । यही अल्लाह तिम्रो सबैको पालनकर्ता हो । उसैको सत्ता छ, उसबाहेक तिमीले जसलाई पुकार्दछौ, उनीहरू त खजूरको गेडोको बोक्रा बराबर पनि (कुनै कुराको) मालिक छैनन् ।
14إِن تَدْعُوهُمْ لَا يَسْمَعُوا دُعَاءَكُمْ وَلَوْ سَمِعُوا مَا اسْتَجَابُوا لَكُمْ ۖ وَيَوْمَ الْقِيَامَةِ يَكْفُرُونَ بِشِرْكِكُمْ ۚ وَلَا يُنَبِّئُكَ مِثْلُ خَبِيرٍ
यदि तिमी उनीहरूलाई पुकार्दछौ भने उनीहरू तिम्रो पुकार सुन्ने छैनन् । र यदि (मानिलिउँ) सुनि पनि हालेछन् भने तिम्रो कुरालाई स्वीकार गर्न सक्ने छैनन् र कियामतको दिन उनीहरूले तिम्रो यस शिर्क ठहराउने कुरोबाट इन्कार गर्नेछन्, र तपाईंलाई कसैले अल्लाह झैं खबरहरू दिनेछैन ।
15۞ يَا أَيُّهَا النَّاسُ أَنتُمُ الْفُقَرَاءُ إِلَى اللَّهِ ۖ وَاللَّهُ هُوَ الْغَنِيُّ الْحَمِيدُ
हे मानिसहरू! तिमी अल्लाहको मुखापेक्षी (भिखारी) हौ र अल्लाह त निष्पृह, र सर्वगुणवान छ ।
फातिरकुरान अनुक्रमणिका
45आयत
MeccanRevelation
13आयत

अनुवाद — फातिर 13

सूरा फातिर आयत 13 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उसले रातलाई दिनमा प्रविष्ट गराउँदछ र दिनलाई रातमा प्रविष्ट गराउँदछ…

सूरा आयत 13/45 — फातिर فاطر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: फातिर सुन्नुहोस्, फातिर अनुवाद, फातिर mp3, फातिर pdf. आयत 11–15. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers