सूरा अज-जुखरुफ अरबी र नेपाली
सूरा अज-जुखरुफ पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (89 आयत — مكية). अज-जुखरुफ सुन्नुहोस्, अज-जुखरुफ अनुवाद, अज-जुखरुफ mp3, अज-जुखरुफ pdf.सूरा अज-जुखरुफ पढ्नुहोस् र सुन्नुहोस्
🎧 आयत
M
Mishary Rashid Alafasy
✓
Mishary Rashid Alafasy
✓
M
Mahmoud Khalil Al-Husary
✓
Mahmoud Khalil Al-Husary
✓
A
Abdurrahman As-Sudais
✓
Abdurrahman As-Sudais
✓
M
Mohamed Siddiq Al-Minshawi
✓
Mohamed Siddiq Al-Minshawi
✓
A
Abdul Basit Abdul Samad
✓
Abdul Basit Abdul Samad
✓
A
Ali Al-Hudhaify
✓
Ali Al-Hudhaify
✓
A
Ahmed ibn Ali al-Ajamy
✓
Ahmed ibn Ali al-Ajamy
✓
A
Abu Bakr Ash-Shaatree
✓
Abu Bakr Ash-Shaatree
✓
M
Muhammad Ayyoub
✓
Muhammad Ayyoub
✓
A
Abdullah Basfar
✓
Abdullah Basfar
✓
A
Abdullah Al-Juhani
✓
Abdullah Al-Juhani
✓
M
Maher Al Muaiqly
✓
Maher Al Muaiqly
✓
—
x1
إِنَّا جَعَلْنَاهُ قُرْآنًا عَرَبِيًّا لَّعَلَّكُمْ تَعْقِلُونَ ٣
📖 अनुवाद
आयत 3
हामीले यसलाई अरबी भाषाको कुरआन बनायौं ताकि तिमीहरू बुझ्नसक ।
وَإِنَّهُ فِي أُمِّ الْكِتَابِ لَدَيْنَا لَعَلِيٌّ حَكِيمٌ ٤
📖 अनुवाद
आयत 4
र निश्चय नै यो लौहे महफूजमा अङ्कित छ, र हाम्रो पासमा धेरै उच्चकोटिको, तत्वदर्शीताले परिपूर्ण छ ।
أَفَنَضْرِبُ عَنكُمُ الذِّكْرَ صَفْحًا أَن كُنتُمْ قَوْمًا مُّسْرِفِينَ ٥
📖 अनुवाद
आयत 5
के यस कारणले कि तिमी उल्लंघनकारी हौ, हामीले तिमीलाई उपदेश गर्न छाडिदिन्छौं ।
وَكَمْ أَرْسَلْنَا مِن نَّبِيٍّ فِي الْأَوَّلِينَ ٦
📖 अनुवाद
आयत 6
हामीले पहिलाका मानसिहरूमा पनि कैयन् पैगम्बरहरू पठाएका थियौं ।
وَمَا يَأْتِيهِم مِّن نَّبِيٍّ إِلَّا كَانُوا بِهِ يَسْتَهْزِئُونَ ٧
📖 अनुवाद
आयत 7
जो रसूल उनीहरूको पासमा आए, उनीहरूले उसको उपहास नै गर्दथे ।
فَأَهْلَكْنَا أَشَدَّ مِنْهُم بَطْشًا وَمَضَىٰ مَثَلُ الْأَوَّلِينَ ٨
📖 अनुवाद
आयत 8
अन्ततः हामीले तिनीहरूलाई समातेर नष्ट गरिदियौं जुन उनीहरूभन्दा धेरै शक्तिशाली थिए र पहिलाका मानिसहरूको उदाहरण गुज्रिसकेको छ ।
وَلَئِن سَأَلْتَهُم مَّنْ خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ لَيَقُولُنَّ خَلَقَهُنَّ الْعَزِيزُ الْعَلِيمُ ٩
📖 अनुवाद
आयत 9
यदि तपाईले उनीहरूसित सोध्नुहुन्छ कि ‘‘आकाशहरू र धरतीलाई कसले सृष्टि गर्यो ?’’ त उनीहरूले अवश्य नै भन्नेछन्ः कि ‘‘तिनीहरूलाई अत्यन्त अधिपत्यशाली, सर्वज्ञाता (अल्लाह)ले सृष्टि गरेको छ ।’’
الَّذِي جَعَلَ لَكُمُ الْأَرْضَ مَهْدًا وَجَعَلَ لَكُمْ فِيهَا سُبُلًا لَّعَلَّكُمْ تَهْتَدُونَ ١٠
📖 अनुवाद
आयत 10
उही हो जसले तिम्रो निम्ति धरतीलाई ओछ्यान बनायो र त्यसमा तिम्रो निम्ति मार्गहरू बनायो ताकि तिमीले बाटो पाउन सक ।
وَالَّذِي نَزَّلَ مِنَ السَّمَاءِ مَاءً بِقَدَرٍ فَأَنشَرْنَا بِهِ بَلْدَةً مَّيْتًا ۚ كَذَٰلِكَ تُخْرَجُونَ ١١
📖 अनुवाद
आयत 11
उसैले आकाशबाट एउटा अनुमान अनुसार पानी झार्यो, र हामीले उसद्वारा मृत शहरलाई जीवित पार्यौं । यसै प्रकार तिमीहरू पनि निकालिने छौ ।
وَالَّذِي خَلَقَ الْأَزْوَاجَ كُلَّهَا وَجَعَلَ لَكُم مِّنَ الْفُلْكِ وَالْأَنْعَامِ مَا تَرْكَبُونَ ١٢
📖 अनुवाद
आयत 12
जसले विभिन्न कुराहरूका जोडाहरू बनायो र तिम्रो निम्ति ती डुङ्गाहरू र जनावर बनायो जसमाथि तिमी सवारी गर्दछौ ।
لِتَسْتَوُوا عَلَىٰ ظُهُورِهِ ثُمَّ تَذْكُرُوا نِعْمَةَ رَبِّكُمْ إِذَا اسْتَوَيْتُمْ عَلَيْهِ وَتَقُولُوا سُبْحَانَ الَّذِي سَخَّرَ لَنَا هَٰذَا وَمَا كُنَّا لَهُ مُقْرِنِينَ ١٣
📖 अनुवाद
आयत 13
ताकि तिमी उनीहरूको पिठ्युँमा दृढ भई बस्न सक, अनि यादगर आफ्नो पालनकर्ताको अनुकम्पालाई, जब तिमी उनीहरूमाथि राम्रो सँग बसिहाल्छौ र सतुति गरः ‘‘महिमावान छ त्यो जसले यसलाई हाम्रो वशमा गरिदियो, अन्यथा हामीले त यसलाई नियन्त्रणमा गर्नसक्ने थिएनौं ।’’
وَإِنَّا إِلَىٰ رَبِّنَا لَمُنقَلِبُونَ ١٤
📖 अनुवाद
आयत 14
र निश्चित छ हामी आफ्नो पालनकर्तातिर फर्केर जानेवाला छौं ।’’
وَجَعَلُوا لَهُ مِنْ عِبَادِهِ جُزْءًا ۚ إِنَّ الْإِنسَانَ لَكَفُورٌ مُّبِينٌ ١٥
📖 अनुवाद
आयत 15
र उनीहरूले उसका दासहरूमध्येबाट केहीलाई उसको अंश (सन्तान) निर्धारित गरे । निश्चय नै मनुष्य खुलारूपमा कृतध्न छ ।
أَمِ اتَّخَذَ مِمَّا يَخْلُقُ بَنَاتٍ وَأَصْفَاكُم بِالْبَنِينَ ١٦
📖 अनुवाद
आयत 16
के उसले आफ्नो सृष्टिमध्येबाट आफ्नो निम्ति छोरीहरू रोज्यो, र तिमीलाई छोराहरू प्रदान गर्यो ।
وَإِذَا بُشِّرَ أَحَدُهُم بِمَا ضَرَبَ لِلرَّحْمَٰنِ مَثَلًا ظَلَّ وَجْهُهُ مُسْوَدًّا وَهُوَ كَظِيمٌ ١٧
📖 अनुवाद
आयत 17
जब उनीहरूमध्ये कसैलाई त्यस कुराको सूचना दिइन्छ, जसको उदाहरण उसले अल्लाहको निम्ति वर्णन गरेको छ, तब उसको अनुहार कालो भइहाल्छ र शोकशोकालु भइहाल्छ ।
أَوَمَن يُنَشَّأُ فِي الْحِلْيَةِ وَهُوَ فِي الْخِصَامِ غَيْرُ مُبِينٍ ١٨
📖 अनुवाद
आयत 18
के (अल्लाहका सन्तान छोरीहरू छन्) जो आभूषणमा पालिन्छ र जसले वादविवाद र झगडामा आफ्ना कुरा स्पष्ट गर्न सक्दैन
وَجَعَلُوا الْمَلَائِكَةَ الَّذِينَ هُمْ عِبَادُ الرَّحْمَٰنِ إِنَاثًا ۚ أَشَهِدُوا خَلْقَهُمْ ۚ سَتُكْتَبُ شَهَادَتُهُمْ وَيُسْأَلُونَ ١٩
📖 अनुवाद
आयत 19
र उनीहरूले फरिश्ताहरूलाई, जो कि अल्लाहका भक्त हुन्, स्त्री ठानिहाले । के उनीहरूको जन्मेको समयमा यिनी उपस्थित थिए ? उनीहरूको यो गवाही लेखिनेछ र यस कुराबारे उनीहरूसित सोधपूछ गरिनेछ ।
وَقَالُوا لَوْ شَاءَ الرَّحْمَٰنُ مَا عَبَدْنَاهُم ۗ مَّا لَهُم بِذَٰلِكَ مِنْ عِلْمٍ ۖ إِنْ هُمْ إِلَّا يَخْرُصُونَ ٢٠
📖 अनुवाद
आयत 20
र भन्दछन्ः कि ‘‘यदि अल्लाहले चाहेको भए, हामीहरूले उनीहरूलाई पूज्दैनथ्यौं ।’’ उनीहरूलाई यसको केही ज्ञान छैन, उनीहरू त मात्र अटकलबाजी गरिराखेका छन् ।
أَمْ آتَيْنَاهُمْ كِتَابًا مِّن قَبْلِهِ فَهُم بِهِ مُسْتَمْسِكُونَ ٢١
📖 अनुवाद
आयत 21
‘‘के हामीले उनीहरूलाई यसभन्दा अगाडि कुनै किताब दिएका थियौं, जसलाई यिनीहरूले दृढतापूर्वक समातेका छन् ।
بَلْ قَالُوا إِنَّا وَجَدْنَا آبَاءَنَا عَلَىٰ أُمَّةٍ وَإِنَّا عَلَىٰ آثَارِهِم مُّهْتَدُونَ ٢٢
📖 अनुवाद
आयत 22
होइन बरु यिनीहरू त भन्दछन् कि ‘‘हामीले आफ्ना बबुबाजेलाई एउटा धर्मको मार्गमा पाएका छौं । र हामी उनैका पदचिन्हमा हिंडिराखेका छौं ।’’
وَكَذَٰلِكَ مَا أَرْسَلْنَا مِن قَبْلِكَ فِي قَرْيَةٍ مِّن نَّذِيرٍ إِلَّا قَالَ مُتْرَفُوهَا إِنَّا وَجَدْنَا آبَاءَنَا عَلَىٰ أُمَّةٍ وَإِنَّا عَلَىٰ آثَارِهِم مُّقْتَدُونَ ٢٣
📖 अनुवाद
आयत 23
र यसै प्रकार हामी जुनसुकै बस्तीमा यसभन्दा पहिला कुनै सावधान गर्नेवाला पठायौं त त्यहाँका सम्पन्न मानिसहरूले मात्र यहि भनेः कि ‘‘हामीले आफ्ना बाबुबाजेलाई एउटा धार्मिक मार्गमा पाएका छौं र हामीले उनैका पदचिन्हमा उनीहरूको अनुशरण गर्नेछौं ।’’
۞ قَالَ أَوَلَوْ جِئْتُكُم بِأَهْدَىٰ مِمَّا وَجَدتُّمْ عَلَيْهِ آبَاءَكُمْ ۖ قَالُوا إِنَّا بِمَا أُرْسِلْتُم بِهِ كَافِرُونَ ٢٤
📖 अनुवाद
आयत 24
(पैगम्बरले) भने पनि कि ‘‘के यदि म त्यसभन्दा उत्तम (लक्ष्यसम्म पुग्ने) मार्गदर्शन लिएर आएको छु, जसमा तिमीले आफ्नो बाबुबाजेलाई पाएका छौं तैपनि ? उनीहरूले भन्न थालेः कि ‘‘जुन तिमीलाई दिएर पठाइएको छ हामीले त्यसको इन्कारी छौं ।’’
فَانتَقَمْنَا مِنْهُمْ ۖ فَانظُرْ كَيْفَ كَانَ عَاقِبَةُ الْمُكَذِّبِينَ ٢٥
📖 अनुवाद
आयत 25
अनि हामीले उनीसित बदला लियौं । त हेरिहाल कि झूठा भन्नेहरूको परिणाम कस्तो भयो
وَإِذْ قَالَ إِبْرَاهِيمُ لِأَبِيهِ وَقَوْمِهِ إِنَّنِي بَرَاءٌ مِّمَّا تَعْبُدُونَ ٢٦
📖 अनुवाद
आयत 26
जब इब्राहीम(अलैहिस्सलाम)ले आफ्नो पिता र आफ्नो जातिबन्धुसित भनेः कि ‘‘तिमीले जसलाई पूज्दछौ, उनीहरूसित मेरो कुनै सरोकार छैन
إِلَّا الَّذِي فَطَرَنِي فَإِنَّهُ سَيَهْدِينِ ٢٧
📖 अनुवाद
आयत 27
हो, जसले मलाई सृष्टि गरेको छ, त्यसले मलाई सोझो बाटो पनि देखाउनेछ ।’’
وَجَعَلَهَا كَلِمَةً بَاقِيَةً فِي عَقِبِهِ لَعَلَّهُمْ يَرْجِعُونَ ٢٨
📖 अनुवाद
आयत 28
र (इब्राहीम) यही कुरा आफ्ना सन्ततिमा छोडेर गए, ताकि उनीहरू शिर्क नगरुन् ।
بَلْ مَتَّعْتُ هَٰؤُلَاءِ وَآبَاءَهُمْ حَتَّىٰ جَاءَهُمُ الْحَقُّ وَرَسُولٌ مُّبِينٌ ٢٩
📖 अनुवाद
आयत 29
बरु मैले यिनीहरू र यिनीहरूको पूर्वजलाई साँसारिक जीवनको सुख प्रदान गरिराखें, यहाँसम्म कि उनीहरूको पासमा सत्य र स्पष्टरूपले व्याख्या गर्ने रसूल (सन्देष्टा) आइपुग्यो ।
وَلَمَّا جَاءَهُمُ الْحَقُّ قَالُوا هَٰذَا سِحْرٌ وَإِنَّا بِهِ كَافِرُونَ ٣٠
📖 अनुवाद
आयत 30
र जब उनीहरूको पासमा सत्य आयो त भन्नथालेः कि ‘‘यो त जादू हो । र हामीले यसलाई मान्दैनौं ।’’
وَقَالُوا لَوْلَا نُزِّلَ هَٰذَا الْقُرْآنُ عَلَىٰ رَجُلٍ مِّنَ الْقَرْيَتَيْنِ عَظِيمٍ ٣١
📖 अनुवाद
आयत 31
र भन्न थालेः कि ‘‘यो कुरआन यी दुवै बस्तीहरूमध्ये कुनै ठूलो मानिसमाथि किन अवतरित गरिएन ?’’
أَهُمْ يَقْسِمُونَ رَحْمَتَ رَبِّكَ ۚ نَحْنُ قَسَمْنَا بَيْنَهُم مَّعِيشَتَهُمْ فِي الْحَيَاةِ الدُّنْيَا ۚ وَرَفَعْنَا بَعْضَهُمْ فَوْقَ بَعْضٍ دَرَجَاتٍ لِّيَتَّخِذَ بَعْضُهُم بَعْضًا سُخْرِيًّا ۗ وَرَحْمَتُ رَبِّكَ خَيْرٌ مِّمَّا يَجْمَعُونَ ٣٢
📖 अनुवाद
आयत 32
के उनीहरूले तपाईको पालनकर्ताको दयालुतालाई विभाजित गर्दछन् ? सांसारिक जीवनमा उनीहरूको जीवनयापनको साधन हामीले नै उनीहरूको बीचमा बाँडेका छौं, र हामीले उनीहरूमध्ये केही मानिसहरूलाई केही अन्य मानिसहरूभन्दा श्रेणीहरूको दृष्टिले उच्च राखेका छौं, ताकि उनीहरूले एक–अर्काको मातहतमा रहुन् । र तपाईको पालनकर्ताको दयालुता त्यसभन्दा धेरै उत्तम छ जसलाई उनीहरूले समेटिराखेका छन् ।
وَلَوْلَا أَن يَكُونَ النَّاسُ أُمَّةً وَاحِدَةً لَّجَعَلْنَا لِمَن يَكْفُرُ بِالرَّحْمَٰنِ لِبُيُوتِهِمْ سُقُفًا مِّن فِضَّةٍ وَمَعَارِجَ عَلَيْهَا يَظْهَرُونَ ٣٣
📖 अनुवाद
आयत 33
र यदि यस कुराको सम्भावना नभएको भए कि सबै मानिसहरू एउटै समुदाय भइहाल्नेछन्, त जुन मानिसहरूले अल्लाहको इन्कार गर्दछन् हामीले उनीहरूको घरका छतहरू चाँदीको बनाइदिन्थ्यौं र सीढ़ीहरूलाई पनि जसबाट उनीहरू चढ्छन् ।
وَلِبُيُوتِهِمْ أَبْوَابًا وَسُرُرًا عَلَيْهَا يَتَّكِئُونَ ٣٤
📖 अनुवाद
आयत 34
र उनीहरूको घरका ढोकाहरू र ती तख्ताहरू पनि जसमाथि उनीहरू ताकिया लगाएर बस्दछन् ।
وَزُخْرُفًا ۚ وَإِن كُلُّ ذَٰلِكَ لَمَّا مَتَاعُ الْحَيَاةِ الدُّنْيَا ۚ وَالْآخِرَةُ عِندَ رَبِّكَ لِلْمُتَّقِينَ ٣٥
📖 अनुवाद
आयत 35
र सुनद्वारा पनि, यो सब मात्र सांसारिक जीवनको अस्थायी सुख सामग्री हुन् र परलोक त तपाईको पालनकर्ताकहाँ संयमीहरूको निम्ति हो ।
وَمَن يَعْشُ عَن ذِكْرِ الرَّحْمَٰنِ نُقَيِّضْ لَهُ شَيْطَانًا فَهُوَ لَهُ قَرِينٌ ٣٦
📖 अनुवाद
आयत 36
र जुन मानिस अल्लाहको स्मरणबाट आँखा चिम्लन्छ, हामीले उसको निम्ति एउटा शैतान नियुक्त गरिदिन्छौं, अनि उही उसको साथी हुन्छ ।
وَإِنَّهُمْ لَيَصُدُّونَهُمْ عَنِ السَّبِيلِ وَيَحْسَبُونَ أَنَّهُم مُّهْتَدُونَ ٣٧
📖 अनुवाद
आयत 37
र यिनिहरूले उनलाई मार्गबाट रोक्छन् र उनीहरूले ठान्दछन् कि सही मार्गमा छन् ।
حَتَّىٰ إِذَا جَاءَنَا قَالَ يَا لَيْتَ بَيْنِي وَبَيْنَكَ بُعْدَ الْمَشْرِقَيْنِ فَبِئْسَ الْقَرِينُ ٣٨
📖 अनुवाद
आयत 38
यहाँसम्म कि जब ऊ हाम्रो पासमा आउनेछ तब भन्नेछ कि ‘‘काश ! तिम्रो र मेरोबीच पूर्व र पश्चिमको दूरी भएको भए ! तिमी धेरै नराम्रो साथी हौ ।’’
وَلَن يَنفَعَكُمُ الْيَوْمَ إِذ ظَّلَمْتُمْ أَنَّكُمْ فِي الْعَذَابِ مُشْتَرِكُونَ ٣٩
📖 अनुवाद
आयत 39
र जब तिमी अत्याचारी ठह्रियौ त आज यो कुराले तिमीलाई कुनै लाभ पुर्याउन सक्नेछैन कि यातनामा तिमी एक–अर्काको साझेदार हौ ।
أَفَأَنتَ تُسْمِعُ الصُّمَّ أَوْ تَهْدِي الْعُمْيَ وَمَن كَانَ فِي ضَلَالٍ مُّبِينٍ ٤٠
📖 अनुवाद
आयत 40
के तिमीले बहिरालाई सुनाउन सक्दछौ वा अन्धालाई र जो स्पष्ट मार्गविचलनमा छ, उनलाई बाटो देखाउन सक्दछौ
فَإِمَّا نَذْهَبَنَّ بِكَ فَإِنَّا مِنْهُم مُّنتَقِمُونَ ٤١
📖 अनुवाद
आयत 41
अनि यदि हामीले तिमीलाई यहाँबाट उठाई पनि हाल्यौं तैपनि हामीले उनीसित बदला लिएर नै छाड्नेछौं ।
أَوْ نُرِيَنَّكَ الَّذِي وَعَدْنَاهُمْ فَإِنَّا عَلَيْهِم مُّقْتَدِرُونَ ٤٢
📖 अनुवाद
आयत 42
वा हामीले तिमीलाई त्यो चीज देखाउनेछौं । जसको हामीले उनीसित वाचा गरेका छौं । हामीलाई उनीहरूमाथि पूरा सामथ्र्य छ ।
فَاسْتَمْسِكْ بِالَّذِي أُوحِيَ إِلَيْكَ ۖ إِنَّكَ عَلَىٰ صِرَاطٍ مُّسْتَقِيمٍ ٤٣
📖 अनुवाद
आयत 43
जुन वह्य तपाईतिर पठाइएको छ त्यसलाई बलियो गरी समातिराख्नुस् । निश्चय नै तपाई सोझो मार्गमा हुनुहुन्छ ।
وَإِنَّهُ لَذِكْرٌ لَّكَ وَلِقَوْمِكَ ۖ وَسَوْفَ تُسْأَلُونَ ٤٤
📖 अनुवाद
आयत 44
निश्चय नै त्यो आफैमा तपाईको निम्ति र तिम्रो कौमको लागि उपदेश हो । र शीघ्र नै तिमी सबैसित सोधिनेछ ।
وَاسْأَلْ مَنْ أَرْسَلْنَا مِن قَبْلِكَ مِن رُّسُلِنَا أَجَعَلْنَا مِن دُونِ الرَّحْمَٰنِ آلِهَةً يُعْبَدُونَ ٤٥
📖 अनुवाद
आयत 45
र (हे मुहम्मद !) जुन संदेष्टाहरू हामीले तपाईभन्दा पहिला पठाएका थियौं उनको बारेमा सोध्नुस् कि के हामीले अल्लाह बाहेक पनि कोही पूजनीय निर्धारित गरेका थियौं, जसको उपासना गरियोस्
وَلَقَدْ أَرْسَلْنَا مُوسَىٰ بِآيَاتِنَا إِلَىٰ فِرْعَوْنَ وَمَلَئِهِ فَقَالَ إِنِّي رَسُولُ رَبِّ الْعَالَمِينَ ٤٦
📖 अनुवाद
आयत 46
र हामीले ‘‘मूसा (अलैहिस्सलाम) लाई’’ आफ्ना निशानीहरू दिएर ‘‘फिरऔन’’ र उसका दरबारीयाहरूतिर पठायौं, ‘‘त (मूसा गएर) भने म समस्त दुनियाँको पालनकर्ताको रसूल हूँ ।’’
فَلَمَّا جَاءَهُم بِآيَاتِنَا إِذَا هُم مِّنْهَا يَضْحَكُونَ ٤٧
📖 अनुवाद
आयत 47
जब उनी तिनीहरूको पासमा हाम्रा निशानीहरू लिएर आए त उनीहरू निशानीहरूको उपहास गर्न थाले ।
وَمَا نُرِيهِم مِّنْ آيَةٍ إِلَّا هِيَ أَكْبَرُ مِنْ أُخْتِهَا ۖ وَأَخَذْنَاهُم بِالْعَذَابِ لَعَلَّهُمْ يَرْجِعُونَ ٤٨
📖 अनुवाद
आयत 48
र हामीले उनीहरूलाई जुन निशानी पनि देखाउन्थ्यौं, त्यो पहिलो निशानीभन्दा ठूलो हुन्थ्यो, र हामीले उनलाई यातनामा समातिहाल्यौं ताकि तिनीहरू (इन्कारबाट) फर्कुन् ।
وَقَالُوا يَا أَيُّهَ السَّاحِرُ ادْعُ لَنَا رَبَّكَ بِمَا عَهِدَ عِندَكَ إِنَّنَا لَمُهْتَدُونَ ٤٩
📖 अनुवाद
आयत 49
र उनीहरूले भन्न थाले कि ‘‘हे जादूगर ! त्यो वचन जुन उसले हाम्रो निम्ति तिमीसित गरेको छ, त्यसको लागि आफ्नो पालनकर्तासित प्रार्थना गर । विश्वास गर हामी सोझो मार्गमा लाग्नेछौं ।’’
فَلَمَّا كَشَفْنَا عَنْهُمُ الْعَذَابَ إِذَا هُمْ يَنكُثُونَ ٥٠
📖 अनुवाद
आयत 50
अनि जब हामीले उनीहरूबाट त्यो यातना हटाइदियौं त उनीहरूले त्यसै बखत आफ्नो प्रतिज्ञा तोडिदिए ।
وَنَادَىٰ فِرْعَوْنُ فِي قَوْمِهِ قَالَ يَا قَوْمِ أَلَيْسَ لِي مُلْكُ مِصْرَ وَهَٰذِهِ الْأَنْهَارُ تَجْرِي مِن تَحْتِي ۖ أَفَلَا تُبْصِرُونَ ٥١
📖 अनुवाद
आयत 51
र फिरऔनले आफ्नो कौमको माझमा झ्याली पिटायो र भन्योः कि ‘‘हे मेरा कौमका मानिसहरू ! के मिश्रको राज्य मेरो होइन ? र यी नहरहरू जो मेरो महलहरूमुनि बगिराखेका छन् ? के तिमीले देख्दैनौ
أَمْ أَنَا خَيْرٌ مِّنْ هَٰذَا الَّذِي هُوَ مَهِينٌ وَلَا يَكَادُ يُبِينُ ٥٢
📖 अनुवाद
आयत 52
बरु म त्यो व्यक्ति जसको कुनै इज्जत छैन र स्पष्ट बोल्न पनि सक्दैन उसभन्दा राम्रो छु ।’’
فَلَوْلَا أُلْقِيَ عَلَيْهِ أَسْوِرَةٌ مِّن ذَهَبٍ أَوْ جَاءَ مَعَهُ الْمَلَائِكَةُ مُقْتَرِنِينَ ٥٣
📖 अनुवाद
आयत 53
अच्छा उसमाथि सुनका कङ्गन किन आएनन् वा फरिश्ताहरू नै एकत्रित भएर उसको साथमा आउँथे
فَاسْتَخَفَّ قَوْمَهُ فَأَطَاعُوهُ ۚ إِنَّهُمْ كَانُوا قَوْمًا فَاسِقِينَ ٥٤
📖 अनुवाद
आयत 54
उसले आफ्नो कौमका मानिसहरूलाई मूर्ख बनायो, र उनीहरूले उसकै कुरा मानिहाले । निश्चय नै उनीहरू अवज्ञाकारी मानिसहरू थिए ।
فَلَمَّا آسَفُونَا انتَقَمْنَا مِنْهُمْ فَأَغْرَقْنَاهُمْ أَجْمَعِينَ ٥٥
📖 अनुवाद
आयत 55
फेरि जब उनीहरूले हामीलाई क्रोध दिलाए त हामीले उनीहरूसित बदला लियौं र हामीले ती सबैलाई डुबाइदियौं ।
فَجَعَلْنَاهُمْ سَلَفًا وَمَثَلًا لِّلْآخِرِينَ ٥٦
📖 अनुवाद
आयत 56
अतः हामीले उनीहरूलाई बितिसकेका गरिदियौं र पछि आउनेहरूको निम्ति शिक्षाप्रद उदाहरण बनाइदियौं ।
۞ وَلَمَّا ضُرِبَ ابْنُ مَرْيَمَ مَثَلًا إِذَا قَوْمُكَ مِنْهُ يَصِدُّونَ ٥٧
📖 अनुवाद
आयत 57
र जब मरियमको छोराको उदाहरण दिइयो, त हेर, त्यसबाट तिम्रो कौमका मानिसहरू (खुशीबाट) चिच्याउन थाले ।
وَقَالُوا أَآلِهَتُنَا خَيْرٌ أَمْ هُوَ ۚ مَا ضَرَبُوهُ لَكَ إِلَّا جَدَلًا ۚ بَلْ هُمْ قَوْمٌ خَصِمُونَ ٥٨
📖 अनुवाद
आयत 58
र उनीहरूले भन्नथालेः कि हाम्रा उपास्यहरू राम्रा छन् वा उनी (मसीह) ? उनीहरूले यो कुरा तिमीसित झगडाको निम्ति भने, बरु उनीहरू त झगडा गर्ने खालकै मानिसहरू हुन् ।
إِنْ هُوَ إِلَّا عَبْدٌ أَنْعَمْنَا عَلَيْهِ وَجَعَلْنَاهُ مَثَلًا لِّبَنِي إِسْرَائِيلَ ٥٩
📖 अनुवाद
आयत 59
उनी (ईसा, मसीह) त यस्ता मानिस नै थिए, जसमाथि हामीले अनुकम्पा गर्यौं र उनलाई हामीले इस्राईलको सन्ततिको निम्ति एउटा आदर्श बनायौं ।
وَلَوْ نَشَاءُ لَجَعَلْنَا مِنكُم مَّلَائِكَةً فِي الْأَرْضِ يَخْلُفُونَ ٦٠
📖 अनुवाद
आयत 60
यदि हामीले चाहेको भए तिमीहरूको सट्टा फरिश्ताहरू सृष्टि गरिदिन्थ्यौं, जो धरतीमा उत्तराधिकारी हुन्थे ।
وَإِنَّهُ لَعِلْمٌ لِّلسَّاعَةِ فَلَا تَمْتَرُنَّ بِهَا وَاتَّبِعُونِ ۚ هَٰذَا صِرَاطٌ مُّسْتَقِيمٌ ٦١
📖 अनुवाद
आयत 61
निःसन्देह उनी (ईसा मसीह) कियामतका निशानी हुन् । तसर्थ तिमीहरू कियामतमाथि शंका नगर र मेरो कुरा मान । यही सोझो बाटो हो ।
وَلَا يَصُدَّنَّكُمُ الشَّيْطَانُ ۖ إِنَّهُ لَكُمْ عَدُوٌّ مُّبِينٌ ٦٢
📖 अनुवाद
आयत 62
र शैतानले तिमीलाई रोकी नदेओस् त्यो त तिम्रो खुल्लारूपमा शत्रु हो ।
وَلَمَّا جَاءَ عِيسَىٰ بِالْبَيِّنَاتِ قَالَ قَدْ جِئْتُكُم بِالْحِكْمَةِ وَلِأُبَيِّنَ لَكُم بَعْضَ الَّذِي تَخْتَلِفُونَ فِيهِ ۖ فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ ٦٣
📖 अनुवाद
आयत 63
र जब ‘‘ईसा(अलैहिस्सलाम)ले’’ चमत्कारहरू लिएर आए तब उनले भनेः ‘‘म तिम्रो पासमा तत्वदर्शिता लिएर आएको छु र केही यस्ता कुराहरू तिमीहरूलाई स्पष्ट गरिदिऊँ जसमा तिमीले मतभेद गर्दछौ यसर्थ तिमी अल्लाहसंग डर र मेरो कुरा मान ।
إِنَّ اللَّهَ هُوَ رَبِّي وَرَبُّكُمْ فَاعْبُدُوهُ ۚ هَٰذَا صِرَاطٌ مُّسْتَقِيمٌ ٦٤
📖 अनुवाद
आयत 64
अतः अल्लाह नै मेरो र तिम्रो पालनकर्ता हो, तसर्थ तिमीसबै उसैको उपसना गर । यही सोझो बाटो हो ।’’
فَاخْتَلَفَ الْأَحْزَابُ مِن بَيْنِهِمْ ۖ فَوَيْلٌ لِّلَّذِينَ ظَلَمُوا مِنْ عَذَابِ يَوْمٍ أَلِيمٍ ٦٥
📖 अनुवाद
आयत 65
फेरि इस्राईलका सन्ततिहरूमध्येका धेरै समूहरूले आपसमा विवाद गरे । तसर्थ बर्बादी छ, एउटा दुःखद दिनको यातनाबाट, ती मानिसहरूको निम्ति जसले अत्याचार गरे ।
هَلْ يَنظُرُونَ إِلَّا السَّاعَةَ أَن تَأْتِيَهُم بَغْتَةً وَهُمْ لَا يَشْعُرُونَ ٦٦
📖 अनुवाद
आयत 66
यिनीहरू मात्र यस कुराको प्रतीक्षामा छन् कि कियामत उनीहरूमाथि अचानक (एक्कासी) आइपरोस् र उनीहरूलाई थाहासम्म नहोस् ।
الْأَخِلَّاءُ يَوْمَئِذٍ بَعْضُهُمْ لِبَعْضٍ عَدُوٌّ إِلَّا الْمُتَّقِينَ ٦٧
📖 अनुवाद
आयत 67
त्यस दिन घनिष्ट मित्रहरू पनि एक अर्काको शत्रु बन्न पुग्नेछन्, मात्र संयमीहरू बाहेक ।
يَا عِبَادِ لَا خَوْفٌ عَلَيْكُمُ الْيَوْمَ وَلَا أَنتُمْ تَحْزَنُونَ ٦٨
📖 अनुवाद
आयत 68
‘‘हे मेरो भक्तहरू ! आज न तिमीलाई कुनै भय वा हैरानी छ र न तिमी शोकाकुल हुनछौ ।’’
الَّذِينَ آمَنُوا بِآيَاتِنَا وَكَانُوا مُسْلِمِينَ ٦٩
📖 अनुवाद
आयत 69
जुन मानिसहरूले हाम्रा आयतहरूमाथि ईमान ल्याए र उनी (आज्ञाकारी) मुस्लिम थिए ।
ادْخُلُوا الْجَنَّةَ أَنتُمْ وَأَزْوَاجُكُمْ تُحْبَرُونَ ٧٠
📖 अनुवाद
आयत 70
‘‘तिमी र तिम्रा पत्नीहरू हर्षितरूपले स्वर्गमा प्रवेश गरिहाल ।’’
يُطَافُ عَلَيْهِم بِصِحَافٍ مِّن ذَهَبٍ وَأَكْوَابٍ ۖ وَفِيهَا مَا تَشْتَهِيهِ الْأَنفُسُ وَتَلَذُّ الْأَعْيُنُ ۖ وَأَنتُمْ فِيهَا خَالِدُونَ ٧١
📖 अनुवाद
आयत 71
उनीहरूको चारैतिर सुनका तश्तरीहरू र प्यालाहरू गुज्रनेछन् र त्यहाँ ती सबै कुरा हुनेछन् जो मन र आँखालाई रुच्छन् र आनन्दित गर्दछन् । ‘‘तिमी त्यसमा सदैव रहनेछौ ।’’
وَتِلْكَ الْجَنَّةُ الَّتِي أُورِثْتُمُوهَا بِمَا كُنتُمْ تَعْمَلُونَ ٧٢
📖 अनुवाद
आयत 72
र यो उही स्वर्ग हो, जसको तिमी उत्तराधिकारी बनाइएका छौ, तिम्रा कर्महरूको बदलामा ।
لَكُمْ فِيهَا فَاكِهَةٌ كَثِيرَةٌ مِّنْهَا تَأْكُلُونَ ٧٣
📖 अनुवाद
आयत 73
यहाँ तिम्रो लागि धेरै प्रकारका स्वादिष्ट फलहरू छन् जुन तिमीले खाइरहने छौ ।’’
إِنَّ الْمُجْرِمِينَ فِي عَذَابِ جَهَنَّمَ خَالِدُونَ ٧٤
📖 अनुवाद
आयत 74
निःसंदेह पापीहरू सधैं नर्कको यातनामा रहनेछन् ।
لَا يُفَتَّرُ عَنْهُمْ وَهُمْ فِيهِ مُبْلِسُونَ ٧٥
📖 अनुवाद
आयत 75
त्यो यातना उनीहरूमाथि कहिल्यै पनि हल्का हुनेछैन्, र उनीहरू त्यसैमा निराश परिरहनेछन् ।
وَمَا ظَلَمْنَاهُمْ وَلَٰكِن كَانُوا هُمُ الظَّالِمِينَ ٧٦
📖 अनुवाद
आयत 76
र हामीले उनीमाथि अत्याचार गरेनौं, उनीहरू त स्वयं अत्याचारी थिए ।
وَنَادَوْا يَا مَالِكُ لِيَقْضِ عَلَيْنَا رَبُّكَ ۖ قَالَ إِنَّكُم مَّاكِثُونَ ٧٧
📖 अनुवाद
आयत 77
उनीहरूले चिच्याई–चिच्याई भन्ने छन्ः कि ‘‘हे मालिक ! तिम्रो पालनकर्ता हामीलाई मृत्यु देओस् ।’’ उसले भन्नेछ ‘‘तिमी सधैं यसैमा रहनेछौ ।’’
لَقَدْ جِئْنَاكُم بِالْحَقِّ وَلَٰكِنَّ أَكْثَرَكُمْ لِلْحَقِّ كَارِهُونَ ٧٨
📖 अनुवाद
आयत 78
हामीले त तिम्रो पासमा सत्य लिएर आयौं, किन्तु तिमीमध्ये धेरै मानिसहरूले सत्यसँग घृणा गर्दथे
أَمْ أَبْرَمُوا أَمْرًا فَإِنَّا مُبْرِمُونَ ٧٩
📖 अनुवाद
आयत 79
के उनीहरूले कुनै कुराको दृढ प्रतिज्ञा गरिसकेका छन् ? त हामीले पनि निश्चय गरिनेवाला छौं ।
أَمْ يَحْسَبُونَ أَنَّا لَا نَسْمَعُ سِرَّهُمْ وَنَجْوَاهُم ۚ بَلَىٰ وَرُسُلُنَا لَدَيْهِمْ يَكْتُبُونَ ٨٠
📖 अनुवाद
आयत 80
के उनीहरूले ठान्दछन् कि हामीले उनीहरूका गोप्य कुरा र उनीहरूका कानेखुसीलाई सुन्दैनौं ? निश्चितरूपले हो, यो सबै हामी सुन्दछौं र हामीले पठाएको फरिश्ताहरू उनीहरूको पासमा सबै कुराहरू लेख्दैछन् ।’’
قُلْ إِن كَانَ لِلرَّحْمَٰنِ وَلَدٌ فَأَنَا أَوَّلُ الْعَابِدِينَ ٨١
📖 अनुवाद
आयत 81
तपाई भनिदिनुस् कि ‘‘यदि अल्लाहको कोही सन्तान भएको भए त सबैभन्दा पहिले म पूज्दथें ।
سُبْحَانَ رَبِّ السَّمَاوَاتِ وَالْأَرْضِ رَبِّ الْعَرْشِ عَمَّا يَصِفُونَ ٨٢
📖 अनुवाद
आयत 82
यिनीहरूले जे–जति वर्णन गर्दछन्, आकाशहरू र धरती र अर्शको स्वामी त्यसभन्दा धेरै उच्च र पवित्र छ ।’’
فَذَرْهُمْ يَخُوضُوا وَيَلْعَبُوا حَتَّىٰ يُلَاقُوا يَوْمَهُمُ الَّذِي يُوعَدُونَ ٨٣
📖 अनुवाद
आयत 83
अब तपाईले उनीहरूलाई यिनै बहस र छलफल र खेलहरूमा छोडिदिनुस् । यहाँसम्म कि जुन दिनको उनीसित वाचा गरिन्छ, त्यसलाई देखिहालुन् ।
وَهُوَ الَّذِي فِي السَّمَاءِ إِلَٰهٌ وَفِي الْأَرْضِ إِلَٰهٌ ۚ وَهُوَ الْحَكِيمُ الْعَلِيمُ ٨٤
📖 अनुवाद
आयत 84
उही आकाशहरूमा पूज्य छ र धरतीमा पनि उही पूजनीय छ र ऊ ठूलो तत्वदर्शी र सर्वज्ञ छ ।
وَتَبَارَكَ الَّذِي لَهُ مُلْكُ السَّمَاوَاتِ وَالْأَرْضِ وَمَا بَيْنَهُمَا وَعِندَهُ عِلْمُ السَّاعَةِ وَإِلَيْهِ تُرْجَعُونَ ٨٥
📖 अनुवाद
आयत 85
ऊ ठूलो बरकतवाला (कल्याणकारी) हो, जसको अधिकारमा आकाशहरू र धरती र जे–जति ती दुवैको बीचमा छन् सबै छन् । र उसैको पासमा कयामतको समयको ज्ञान छ र उसैतिर तिमी फर्कने छौ ।
وَلَا يَمْلِكُ الَّذِينَ يَدْعُونَ مِن دُونِهِ الشَّفَاعَةَ إِلَّا مَن شَهِدَ بِالْحَقِّ وَهُمْ يَعْلَمُونَ ٨٦
📖 अनुवाद
आयत 86
अल्लाह बाहेक जसलाई उनीहरूले पुकार्दछन् उनीहरूलाई सिफारिशको कुनै पनि अधिकार छैन, मात्र उसैलाई यो अधिकार प्राप्त छ जो सत्यलाई स्वीकार गर्दछन्, र उनीहरूलाई ज्ञान पनि छ ।
وَلَئِن سَأَلْتَهُم مَّنْ خَلَقَهُمْ لَيَقُولُنَّ اللَّهُ ۖ فَأَنَّىٰ يُؤْفَكُونَ ٨٧
📖 अनुवाद
आयत 87
यदि तपाईले उनीहरूसित सोध्नु हुन्छ कि ‘‘उनीहरूलाई कसले सृष्टि गर्यो ?’’ त उनीहरूले अवश्य भन्नेछन् कि ‘‘अल्लाहले’’ । त यिनीहरू कहाँ (विमुख भई) भौतारिराखेका छन्
وَقِيلِهِ يَا رَبِّ إِنَّ هَٰؤُلَاءِ قَوْمٌ لَّا يُؤْمِنُونَ ٨٨
📖 अनुवाद
आयत 88
र उस (पैगम्बर)को यो भनाई कि ‘‘हे पालनकर्ता ! यिनीहरू यस्ता मानिस हुन् जसले ईमान ल्याउँदैनन् ।’’
فَاصْفَحْ عَنْهُمْ وَقُلْ سَلَامٌ ۚ فَسَوْفَ يَعْلَمُونَ ٨٩
📖 अनुवाद
आयत 89
त उनीहरूबाट तपाई विमुख भइहाल्नुस् र भन्नुस् ‘‘सलाम छ तिमीहरूलाई !’’ अन्ततः शीघ्र नै उनीहरूले थाहा पाइहाल्नेछन् ।
पढ्नुहोस् सूरा अज-जुखरुफ नेपाली – अनुवाद, उच्चारण र अडियो
पवित्र कुरान
Tuesday, August 18, 2026
Don't forget us in your sincere prayers

